-
Notifications
You must be signed in to change notification settings - Fork 0
/
Copy pathSNG.json
1 lines (1 loc) · 41.4 KB
/
SNG.json
1
{"chapters":[{"id":0,"title":"पुस्तक परिचय","verses":[{"id":1,"text":"“श्रेष्ठगीत” अथवा “गीतहरूका गीत” प्रेम-गानहरूको संकलन हो। पुरुषले स्त्रीको निम्ति र स्त्रीले पुरुषको निम्ति गाएका गीतहरू। यहूदीहरूले यी गीतहरूलाई परमेश्वर र उनका जनको बीचमा भएको सम्बन्धको चित्र भनेका छन्। त्यसै गरी ख्रीष्टियानहरूले यसभित्र ख्रीष्ट र मण्डलीको चित्र भेट्टाएका छन्। यसलाई हामी पुरुष र स्त्रीको एक अर्काप्रति भएको शारिरीक आकर्षण र एक अर्काप्रति व्यक्त भएको प्रेमको वर्णनको रूपमा लिनसक्छौं। प्रेम र आकर्षण परमेश्वरको नियम र अनुशासनको दायराभित्र आदरणीय हुन्छन् भनी हामी यहाँ देख्न सक्छौं।"}]},{"id":1,"title":"श्रेष्ठगीत 1","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/SNG/1-d9899d1607522542c3166bc292f13ad3.mp3?version_id=1483","verses":[{"id":1,"text":"सोलोमनको आफ्नो श्रेष्ठगीत"},{"id":2,"text":"उहाँले मलाई आफ्नो मुखको चुम्बनले चुम्बन गरून्, किनभने तपाईंको प्रेम दाखमद्यभन्दा पनि उत्तम छ।"},{"id":3,"text":"तपाईंका अत्तरको बास्ना आनन्दप्रद छ, तपाईंको नाउँ खन्याइएको अत्तरझैँ छ। त्यसैकारण कन्येहरूले तपाईंलाई प्रेम गर्नु अचम्मको कुरो होइन!"},{"id":4,"text":"मलाई तपाईंसित लैजानुहोस्— हामी चाँड़ै गरौं! महाराजाले मलाई आफ्नो कोठामा ल्याउनुहोस्।\nहामी तपाईंमा खुशी हुनेछौं र रमाउँछौं। हामी दाखमद्यभन्दा पनि तपाईंको प्रेमको प्रशंसा गर्छौं।\nउनीहरू तपाईंलाई सुहाउँदो माया गर्छन्।"},{"id":5,"text":"म श्यामवर्णकी तर सुन्दरी छु, हे यरूशलेमका छोरी हो, केदारका पालहरूजस्तै कालो,\nर सोलोमनको पालका पर्दाजस्तै।"},{"id":6,"text":"म काली छु भनी छक्क परेर मलाई नहेर, किनकि चर्को घामले मलाई काली बनाएको हो। मेरी आमाका छोराहरू मसित रिसाएकाले मलाई दाखबारीको हेरचाह गर्ने बनाए, तर मेरै आफ्नो दाखबारीको चाहिँ मैले बेवास्ता गरेकी छु।"},{"id":7,"text":"हे मेरा प्रेमी, मलाई बताउनुहोस्, आफ्नो भेड़ाबाख्राका बगाललाई कहाँ चराउनुहुन्छ? अनि दिउँसो ती कहाँ बिसाउँछन् तपाईंका साथीहरूका बगालको छेउमा किन म घुम्टो हालेकी महिलाझैँ हुनु?"},{"id":8,"text":"हे स्त्रीहरूमा असाध्यै सुन्दरी, तिमी आफै यो कुरा जान्दिनौ भने, बगालका पाइलाहरू पछ्याउँदै आफ्ना ससाना बाख्राहरूलाई गोठालाका छाप्रानेर चराऊ।"},{"id":9,"text":"हे मेरी प्यारी, मैले तिमीलाई फारोको रथकी राम्री घोड़ीसित तुलना गरेको छु।"},{"id":10,"text":"कानमा लगाउने लुर्कनले तिम्रा गाला\nर सुनको सिक्रीले सजिएको तिम्रो घाँटी कति राम्रा छन्।"},{"id":11,"text":"हामीले तिम्रो लागि चाँदीको जलप लाएका सुनका लुर्कन बनाउनेछौं।"},{"id":12,"text":"महाराजा आफ्नो टेबिलमा बस्नुहुँदा, मेरो अत्तरले आफ्नो बास्ना फिँजायो।"},{"id":13,"text":"मेरा प्रेमी मेरो छातीमा झुण्डिने मूर्रले भरिएको थैलीजस्तै मलाई लाग्छ।"},{"id":14,"text":"मलाई मेरा प्रेमी एन-गदीका दाखबारीका फुलेको मेहदीको झुप्पाझैँ लाग्छ।"},{"id":15,"text":"हे मेरी प्यारी, तिमी कत्ति सुन्दरी छ्यौ! हो, कत्ति सुन्दरी! तिम्रा आँखाहरू ढुकुरजस्ता छन्।"},{"id":16,"text":"हे मेरा प्रेमी, तपाईं असाध्यै सुन्दर हुनुहुन्छ! हो, कत्ति सुन्दर! र हाम्रो ओछ्यान हरियाली छ।"},{"id":17,"text":"हाम्रो घरका दलिनहरू देवदारुका छन्,\nर छाना सल्लाका हुन्।"}]},{"id":2,"title":"श्रेष्ठगीत 2","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/SNG/2-366e25e170fa09f8df57147775f4aaaa.mp3?version_id=1483","verses":[{"id":1,"text":"म त शारोनको गुलाफ र बेँसीमा उम्रने लिली फूल हुँ,"},{"id":2,"text":"काँढ़ाहरूका माझमा फुलेको लिली फूलझैँ मेरी प्यारी अन्य कन्येहरूका बीचमा छिन्।"},{"id":3,"text":"वनमा भएका रूखहरूमध्ये स्याउको रूखजस्तै पुरुषहरूका बीचमा मेरा प्रेमी हुनुहुन्छ। त्यस छहारीमा म बड़ो आनन्दले बस्छु अनि उहाँको फलको स्वाद मलाई साह्रै मीठो लाग्छ।"},{"id":4,"text":"उहाँले मलाई भोजको गृहमा लानुभएको छ,\nर ममाथि भएको उहाँको झन्डा प्रेम हो।"},{"id":5,"text":"मलाई सजीव पार्न किसमिसको परिकार दिनुहोस्, स्याउले मलाई ताजा बनाउनुहोस् किनभने म प्रेमले शिथिल भएकी छु।"},{"id":6,"text":"उहाँको देब्रे हात मेरो शिरमुनि छ,\nर उहाँको दाहिने हातले मलाई अँगालो हालेको छ।"},{"id":7,"text":"यरूशलेमका छोरीहरू हो, म तिमीहरूलाई आज्ञा गर्छु, मैदानका मुडुली मृग र हरिणहरूको नाउँमा:\nआफूले नचाहेसम्म प्रेमलाई नउठाओ वा नजगाओ।"},{"id":8,"text":"सुन! मेरा प्रेमीको सोर! हेर त! उहाँ आउँदैहुनुहुन्छ, पहाड़हरूमा हामफाल्दै डाँड़ाहरू हुँदो दर्गुदै आउनुहुन्छ।"},{"id":9,"text":"मेरा प्रेमी त एउटा हरिण वा जवान मृगजस्तै हुनुहुन्छ। हेर त! उहाँ हाम्रो पर्खालको पछाड़ि उभिनुभएको छ, उहाँले झ्यालहरूभित्र हेर्दैहुनुहुन्छ, आँखी-झ्यालभित्र चियाउँदैहुनुहुन्छ।"},{"id":10,"text":"मेरा प्रेमी बोल्नुभयो र मलाई भन्नुभयो, “उठ, हे मेरी प्यारी, मेरी सुन्दरी,\nर मसित आऊ।"},{"id":11,"text":"हेर, अब हिउँद बित्यो, वर्षा पनि सिद्धियो।"},{"id":12,"text":"पृथ्वीमा फूलहरू देखा पर्न थाले, गीत गाउने समय आयो,\nर ढुकुर कुर्लेको सोर हाम्रो देशमा सुनिन्छ।"},{"id":13,"text":"अञ्जीरका बोटमा अञ्जीरका हरिया दाना लागेका छन्,\nर दाखबारीमा दाखको फूलले मीठो बास्ना फिँजाउँछ। उठ, मेरी प्यारी, मेरी सुन्दरी,\nर मसित आऊ।”"},{"id":14,"text":"पहरामा गोप्य प्वालहरू हुँदो, भिरालो चट्टानमा बस्ने मेरी ढुकुर, मलाई तिम्रो अनुहार देखाऊ, तिम्रो सोर सुन्न पाऊँ, किनभने तिम्रो सोर मीठो छ,\nर तिम्रो मुहार सुन्दर छ।"},{"id":15,"text":"हाम्रा निम्ति फ्याउराहरू समातिदेऊ, यी ससाना फ्याउराहरू, जसले दाखबारी बिगार्छन्, भरखरै पलाएको हाम्रो दाखबारी।"},{"id":16,"text":"मेरा प्रेमी मेरै हुनुहुन्छ,\nर म उहाँकी हुँ, लिली फूलहरूका बीचमा उहाँ घुमेर हिँड्नुहुन्छ।"},{"id":17,"text":"झिसमिसे बिहान नआएसम्म र छाया हराउँदै नगएसम्म, फर्कनुहोस्, मेरा प्रेमी, भिराला पर्वतहरूतिर हुने हरिण अथवा जवान मृगझैँ हुनुहोस्।"}]},{"id":3,"title":"श्रेष्ठगीत 3","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/SNG/3-4b2f54dc0977530749a3a673582c75d1.mp3?version_id=1483","verses":[{"id":1,"text":"रातभर मेरो ओछ्यानमा मेरो हृदयले प्रेम गरेका प्रेमीलाई मैले खोजें, मैले उहाँलाई खोजें तर भेट्टाइनँ।"},{"id":2,"text":"म अब उठेर सहरतिर लाग्नेछु, गल्ली र चोकहरूतिर। मेरो हृदयले प्रेम गरेका प्रेमीलाई म खोज्नेछु। यसरी मैले उहाँलाई खोजें तर भेट्टाइनँ।"},{"id":3,"text":"सहरमा घुम्दै गरेका पहरेदारहरूले मलाई भेट्टाए। “के तपाईंले मेरो हृदयका प्रेमीलाई देख्नुभयो?”"},{"id":4,"text":"तिनीहरूलाई छोड़ेर अलिक परसम्म मात्र म अगि बढ़ेकी थिएँ कि मेरो हृदयका प्रेमीलाई मैले भेटें। मैले उहाँलाई मेरी आमाको घर, मलाई जन्म दिनुहुनेको कोठामा नल्याउञ्जेलसम्म नछोड़ीकन समातेर राखें।"},{"id":5,"text":"यरूशलेमका छोरीहरू हो, म तिमीहरूलाई आज्ञा गर्दछु, मैदानका मुडुली मृग र हरिणहरूको नाउँमा:\nआफूले नचाहेसम्म प्रेमलाई नउठाओ वा नजगाओ।"},{"id":6,"text":"व्यापारीका सबै मसलाहरूबाट बनिएको मूर्र र धूपले सुगन्धित भएर, उजाड़-स्थानबाट धूवाँको मुस्लाजस्तै, माथि आउँदै गरेका यिनी को हुन्?"},{"id":7,"text":"हेर त! यो त सोलोमनको सवारी पालकी हो, यसलाई इस्राएलका सुयोग्य साठी जना योद्धाहरूले सुरक्षा गरी लिइ हिँड़ेका छन्,"},{"id":8,"text":"सबैले तरवार भिरेका छन्, युद्धमा ती निपुण हुन्, तिनका तरवार छेउमा छन्, रात्रिको त्रासलाई सामना गर्न।"},{"id":9,"text":"राजा सोलोमनले आफ्नै निम्ति बनाउनुभएको पालकी लेबनानबाट झिकाइएका काठबाट बनाइएको हो।"},{"id":10,"text":"उहाँले यसका डन्डा चाँदी र आधार सुनले बनाउनुभयो। यसको बस्ने आसन बैजनी वस्त्रले ढाकियो,\nर यसको भित्री भाग यरूशलेमका छोरीहरूले अति राम्ररी जड़ियो।"},{"id":11,"text":"सियोनका छोरीहरू हो, बाहिर निस्केर आओ, राजा सोलोमनले मुकुट लगाउनुभएको हेर, त्यो मुकुट जुन उहाँकी आमाले विवाहको दिन, उहाँको हृदय रमाएको दिनमा पहिराइदिएकी थिइन्।"}]},{"id":4,"title":"श्रेष्ठगीत 4","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/SNG/4-922d3d19b0ac3dd678bdc1f9401a46fc.mp3?version_id=1483","verses":[{"id":1,"text":"मेरी प्यारी, तिमी साह्रै सुन्दरी छ्यौ! असाध्यै सुन्दरी! घुम्टोभित्र लुकेका तिम्रा आँखा ढुकुरजस्ता छन्, तिम्रा केश गिलाद डाँड़ाको भिरालोबाट झरिरहेका बाख्राको बगालजस्तै छ।"},{"id":2,"text":"तिम्रा दाँत भरखरै कत्रेका, नुहाएर आएका भेड़ाहरूका बथानजस्तै छन्। प्रत्येकको जुम्ल्याहा छ, कुनै पनि एकलो छैन।"},{"id":3,"text":"तिम्रा ओठ राता रिबनजस्ता छन्, तिम्रो मुख अति सुन्दर छ। घुम्टोभित्र तिम्रा गालाहरू दुई फ्याक परेको दारिमजस्तै छन्।"},{"id":4,"text":"तिम्रो घाँटी दाऊदको भव्य धरहराजस्तै छ। त्यहाँ एक हजार ढाल झुण्डाइएका छन्, ती सबै योद्धाहरूका ढाल हुन्।"},{"id":5,"text":"तिम्रा दुई स्तन दुई पाठाजस्तै छन्, लिली फूलका बीचमा चर्ने हरिणका जुम्ल्याहा पाठाजस्तै छन्।"},{"id":6,"text":"झिसमिसे बिहान नआएसम्म र छाया हराउँदै नगएसम्म, म मूर्रको पर्वतमा र धूपको डाँड़ामा जानेछु।"},{"id":7,"text":"मेरी प्यारी, तिमी साह्रै सुन्दरी छ्यौ, तिमीमा कुनै दाग छैन।"},{"id":8,"text":"हे मेरी दुलही, लेबनानबाट मकहाँ आऊ, लेबनानबाट मकहाँ आऊ। अमानाको चुचुरोबाट ओह्रालो झरेर आऊ, सेनीरको टुप्पा, हेर्मोनको टाकुराबाट आऊ, सिंहहरूका ओड़ार र चितुवाहरूका पहाड़ी अखड़ाबाट।"},{"id":9,"text":"तिमीले मेरो हृदय चोरेकी छ्यौ, मेरी बहिनी, मेरी दुलही तिम्रो एउटै नजरले, तिम्रो हारको एउटा रत्नले तिमीले मेरो हृदय चोरेकी छ्यौ।"},{"id":10,"text":"तिम्रो प्रेम कति आनन्ददायी छ, मेरी बहिनी, मेरी दुलही। कुनै दाखमद्यभन्दा पनि तिम्रो प्रेम साह्रै असल,\nर तिम्रो अत्तरको बास्ना कुनै पनि मसलाको भन्दा अति सुगन्धित छ!"},{"id":11,"text":"तिम्रा ओठले महका चाकाबाट जस्तै मिठास चुहाउँछ, हे मेरी दुलही। दूध र मह तिम्रो जिब्रोमुनि छन्। तिम्रा लुगाको बास्ना लेबनानको जस्तै छ।"},{"id":12,"text":"मेरी बहिनी, मेरी दुलही, तिमी बन्द राखिएको बगैँचाजस्तो, छोपिएको मुहानजस्तो, एउटा छाप लगाएकी फुहाराजस्तै छ्यौ।"},{"id":13,"text":"तिम्रा बोटहरू अनारको बगैँचाजस्तै छन्, उत्तम फलहरूले भरिएको बगैँचा— मेहदी र जटामसी,"},{"id":14,"text":"जटामसी र केशर, बोझो र दालचिनी, थरी-थरीका सुगन्धित धूपका रूखहरू, मूर्र र एलवा,\nर सबै किसिमका असल सुगन्धित मसलाहरू।"},{"id":15,"text":"तिमी त बगैँचाको फुहारा, लेबनानबाट बग्दैआएकी पानीको मूल हौ।"},{"id":16,"text":"हे उत्तरको बतास, जाग्। हे दक्षिणको बतास, आइज! मेरो बगैँचाबाट हुँदै बही, यसको बास्ना टाढ़ासम्म पुगोस्। मेरा प्रेमी आफ्नो बगैँचामा आऊन्,\nर यसका उत्तम फलहरू चाखून्।"}]},{"id":5,"title":"श्रेष्ठगीत 5","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/SNG/5-cd66e5bd35077c18d556356fb963670f.mp3?version_id=1483","verses":[{"id":1,"text":"हे मेरी बहिनी, मेरी दुलही, म मेरो बगैँचामा आएँ, मैले मेरो सुगन्धित मसलासमेत मेरो मूर्र बटुलें। मैले मेरो महको चाका र मेरो मह खाएँ। मैले मेरो दाखमद्य र मेरो दूध पिएँ।\nखाओ, हे मित्रहरू हो, र पिओ, अघाउञ्जेल पिओ, प्रेमीहरू हो।"},{"id":2,"text":"म त सुतें, तर हृदयचाहिँ जागै थियो। सुन त, मेरा प्रेमीले ढोका ढकढक्याइरहनुभएको छ। “हे मेरी बहिनी, मेरी प्यारी, ढोका खोल, मेरी निर्दोष ढुकुर। मेरो शिर शीतले भिजेको छ, मेरो कपाल रातीको चिसोले भिजेको छ।”"},{"id":3,"text":"मैले मेरो लुगा फुकालिसकेकी छु, के मैले त्यो फेरि लाउनू? मैले मेरा खुट्टा धोइसकेकी छु के मैले ती फेरि मैला गर्नू?"},{"id":4,"text":"मेरा प्रेमीले छेस्किनी खोल्न हात हाल्दा मेरो हृदय उहाँको लागि धड्कन लाग्यो।"},{"id":5,"text":"मेरा प्रेमीको निम्ति ढोका खोल्न उठें,\nर मेरा हातहरूबाट मूर्र चुहुँदै थियो,\nर मेरा औँलाहरूबाट ढोकाको ताल्चामा मूर्र चुह्यो।"},{"id":6,"text":"मेरा प्रेमीको निम्ति ढोका खोलें तर उहाँ त हिँड़िसक्नु भएछ, त्यहाँ हुनुहुन्नथियो। उहाँको प्रस्थानले मेरो हृदयलाई शोकित बनायो, मैले उहाँलाई खोजें तर भेटिनँ, मैले उहाँलाई पुकारें तर उहाँले जवाफ दिनुभएन।"},{"id":7,"text":"सहरमा घुम्दै गरेका पहरेदारहरूले मलाई भेटे, तिनीहरूले मलाई पिटे र चोटै-चोट पारे, पर्खालका ती पहरेदारहरूले मेरो खास्टो पनि खोसेर लगे।"},{"id":8,"text":"हे यरूशलेमका छोरी हो, म तिमीहरूलाई आज्ञा गर्छु, मेरा प्रेमीलाई भेट्यौ भने, तिमीहरूले के भनौला? म प्रेमले शिथिल भएकी छु भनिदिनू।"},{"id":9,"text":"हे स्त्रीहरूमध्ये अति सुन्दरी, अरूहरूभन्दा तिम्रा प्रेमी कसरी उत्तम छन्? अरूहरूभन्दा तिम्रा प्रेमी कसरी उत्तम छन्, ताकि तिमीले हामीलाई यस्तो आज्ञा गर्छ्यौ?"},{"id":10,"text":"दश हजारमध्ये पनि मेरा प्रेमी श्रेष्ठ, उज्ज्वल र रातो-पिरो हुनुहुन्छ।"},{"id":11,"text":"उहाँको शिर निखुर सुनको छ, उहाँको केश घुम्रिएको र कागजस्तो कालो छ।"},{"id":12,"text":"उहाँका आँखाहरू पानीका खोलाको छेउमा बस्ने ढुकुरहरूजस्ता, दूधले पखालिएको, बहुमूल्य पत्थर जड़िएका जस्ता छन्।"},{"id":13,"text":"उहाँका गालाहरू बास्ना फिँजाउने सुगन्धित मसलाका ड्याङजस्तै छन्। उहाँका ओठ मूर्रको रस चुहाउने लिली फूलहरूजस्ता छन्।"},{"id":14,"text":"उहाँका हात पीतमणि जड़िएका सुनका लहुरोजस्तै छन्। उहाँका पेट नीरहरू जड़ेर सजाइएको, टल्काइएको हस्ती-हाड़जस्तो छ।"},{"id":15,"text":"उहाँका गोड़ा शुद्ध सुनका जगमा बसालिएका सिङ्गमरमरका खामाहरूजस्तै छन्। उहाँको आकार लेबनानजस्तै, त्यसका देवदारुजस्तै उत्तम छ।"},{"id":16,"text":"उहाँको मुख मिठासले नै भरिएको छ, उहाँ पूर्ण रूपले सुन्दर हुनुहुन्छ। उहाँ नै मेरा प्रेमी, मेरा मित्र हुनुहुन्छ, हे यरूशलेमका छोरीहरू हो।"}]},{"id":6,"title":"श्रेष्ठगीत 6","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/SNG/6-d9ff623aa43c12d9774dfa960703a9b8.mp3?version_id=1483","verses":[{"id":1,"text":"हे स्त्रीहरूमध्ये अति सुन्दरी, तिम्रा प्रेमी कहाँ गए? उनी बाटोको कुन मोड़तिर लागे,\nर हामी तिमीसित उनलाई खोजौं?"},{"id":2,"text":"मेरा प्रेमी आफ्नै बगैँचातिर सुगन्धित मसलाका ड्याङमा झर्नुभएको छ, आफ्नो मन भुलाउन र लिली फूलहरू बटुल्न जानुभएको छ।"},{"id":3,"text":"म मेरा प्रेमीको आफ्नै हुँ,\nर मेरा प्रेमी मेरै हुनुहुन्छ। उहाँ लिली फूलहरूका बीचमा मन भुलाउँदैहुनुहुन्छ।"},{"id":4,"text":"हे मेरी प्यारी, तिमी तिर्साजस्तै सुन्दरी र यरूशलेमझैँ राम्री छ्यौ, तिमी झन्डा फहराउँदै गरेका सेनाजस्तै प्रतापी छ्यौ।"},{"id":5,"text":"तिम्रा आँखा मबाट तर्काऊ, तिनले मलाई व्याकुल पार्छन्। तिम्रा केश गिलाद डाँड़ाबाट ओर्लंदै गरेका बाख्राहरूजस्तै छन्।"},{"id":6,"text":"तिम्रा दाँत भरखरै नुहाएर आएका भेड़ाहरूको बगालजस्तै छन्। प्रत्येकको जुम्ल्याहा छ, कुनै पनि एकलो छैन।"},{"id":7,"text":"घुम्टोभित्र तिम्रा गालाहरू दुई फ्याक परेका दारिमजस्तै छन्।"},{"id":8,"text":"चाहे साठी वटा रानी होऊन्, चाहे असी वटा भित्रिनीहरू, चाहे अनगन्ती कन्ये-केटीहरू होऊन्,"},{"id":9,"text":"तर मेरी बिलकुलै ठीक ढुकुर, तिनी विशेष छिन्, तिनकी आमाकी एउटै र मन परेकी छोरी। कन्याहरूले तिनलाई देखे र भाग्यमानी भने, रानीहरू र भित्रिनीहरूले तिनको प्रशंसा गरे।"},{"id":10,"text":"प्रभातझैँ उदय भएकी, चन्द्रमाझैँ सुन्दरी, सूर्यझैँ चहकिलो, ताराहरूले भरिएको आकाशझैँ प्रतापी यिनी को हुन्?"},{"id":11,"text":"बदामका रूख भएका बगैँचातिर म त्यहाँका उब्जनी हेर्न गएँ, बोटहरूमा कोपिला लागेछन् कि, अथवा अनारमा फूल फुलेका छन् भनी म हेर्न गएँ।"},{"id":12,"text":"मैले थाहा पाउन अघि नै मेरो चाहनाले मलाई मेरा मानिसहरूका राजकीय रथहरूतिर लगे।"},{"id":13,"text":"हे शूलम्मी, फर्केर आऊ, फर्केर आऊ, फर्केर आऊ र हामी तिमीलाई एक टक लाएर हेर्न सकौं।\nमहानोमको नाचमा झैँ शूलम्मीलाई तिमीहरू किन एक टक लाएर हेर्न चाहन्छौ?"}]},{"id":7,"title":"श्रेष्ठगीत 7","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/SNG/7-778fda1e3365723a00f1f73d58ba992a.mp3?version_id=1483","verses":[{"id":1,"text":"हे राजकुमारकी छोरी, जुत्ता लाएका तिम्रा खुट्टा कति राम्रा छन्। एउटा निपुण कारीगरले रचेका जस्तै तिम्रा हिसी परेका खुट्टा रत्नझैँ छन्।"},{"id":2,"text":"तिम्रो नाभि गोलो बटुकोजस्तै छ, जसमा मिसाएका दाखमद्यको अभाव कहिल्यै हुँदैन। तिम्रो पेट लिली फूलहरूले घेरिएको गहूँको राशिजस्तै छ।"},{"id":3,"text":"तिम्रा स्तनहरू दुई पाठाहरूजस्तै छन्, हरिणका दुई जुम्ल्याहा पाठाहरूझैँ।"},{"id":4,"text":"तिम्रो घाँटी हस्ती-हाड़को धरहराजस्तै छ, तिम्रा आँखा बाथ-रब्बीमका ढोकाको छेउमा रहेका हेश्बोनका पोखरीहरूजस्ता छन्। तिम्रो नाक दमस्कसतिर फर्केको लेबनानको धरहराजस्तै छ।"},{"id":5,"text":"तिम्रो शिरले कर्मेल डाँड़ाजस्तै तिमीलाई मुकुट लगाइदिएको छ। तिम्रो शिरको केश राजकीय पर्दाझैँ छ। केश राशिले राजा मोहित छन्।"},{"id":6,"text":"तिमी कति सुन्दरी र मनोहर छ्यौ, हे प्रिय, तिम्रो आनन्दमा!"},{"id":7,"text":"तिम्रो शरीरको कद खजूरको रूखजस्तै, र तिम्रा स्तनहरू फलका झुप्पाझैँ छन्।"},{"id":8,"text":"मैले भनें, “म खजूरको रूखमा चढ्नेछु,\nर यसका फल समात्नेछु।” तिम्रा स्तनहरू दाखका झुप्पाहरूजस्तै, तिम्रो सासको बास्ना स्याउको सुगन्धझैँ,"},{"id":9,"text":"र तिम्रो मुख उत्तम दाखमद्यजस्तै होऊन्।\nओठ र दाँतबाट भएर बिस्तारै बग्दै दाखमद्य सीधै मेरा प्रेमीकहाँ पुगोस्।"},{"id":10,"text":"म मेरा प्रेमीकी हुँ,\nर उहाँको तृष्णा मेरै निम्ति छ।"},{"id":11,"text":"आउनुहोस्, मेरा प्रेमी, खेतबारी हुँदो डुल्न जाऔं,\nर राती गाउँतिर वास बसौं।"},{"id":12,"text":"हामी बिहानै दाखबारीमा जाऔं, दाखमा कोपिला लागेर फक्रेका छन् कि,\nर दारिमहरूका फूल लागेछन् कि हेरौं— त्यहाँ म तपाईंलाई मेरो प्रेम दिनेछु।"},{"id":13,"text":"दूधे-फूलहरूले आफ्नो बास्ना फैलाइरहेका छन्, सबै किसिमका स्वादिला फलहरू हाम्रै ढोकामा छन्, नयाँ र पुराना फलहरू, जो मैले तपाईंको निम्ति साँचिराखेकी छु, हे मेरा प्रेमी।"}]},{"id":8,"title":"श्रेष्ठगीत 8","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/SNG/8-eca026a4354bda79c8c5b1c54068ef36.mp3?version_id=1483","verses":[{"id":1,"text":"यदि तपाईं मेरी आमाको स्तन चुसेर हुर्केका मेरो निम्ति दाजुजस्तै हुनुभए त, मैले तपाईंलाई बाहिर भेट्टाएमा म तपाईंलाई चुम्बन गर्नेथिएँ, र कसैले मलाई निन्दा गर्नेथिएन।"},{"id":2,"text":"म तपाईंलाई लिएर मेरी आमाको घरमा लैजाने थिएँ— तिनले मलाई शिक्षा दिएकी हुन्। म तपाईंलाई मसलायुक्त दाखमद्य,\nर मेरा दारिमको ताजा रस पिउनलाई दिनेथिएँ।"},{"id":3,"text":"उहाँको देब्रे हात मेरो शिरमुनि छ,\nर उहाँको दाहिने हातले मलाई अँगालो हालेको छ।"},{"id":4,"text":"यरूशलेमका छोरीहरू हो, म तिमीहरूलाई आज्ञा गर्छु:\nआफूले नचाहेसम्म प्रेमलाई नउठाओ वा नजगाओ।"},{"id":5,"text":"आफ्ना प्रेमीसित अड़ेस लाग्दै उजाड़-स्थानतिरबाट आउने को छ?\nस्याउको रूखमुनि मैले तपाईंलाई उत्तेजित पारें, त्यहीँ तपाईंकी आमाले तपाईंलाई गर्भधारण गरिन्, त्यहीँ तपाईंलाई जन्म दिन तिनलाई सुत्केरी बेथा लागेको थियो।"},{"id":6,"text":"मलाई तपाईंको हृदयमा एउटा छापजस्तै लगाउनुहोस्, तपाईंको पाखुरामा एउटा छापजस्तै, किनभने प्रेमचाहिँ मृत्युजस्तै प्रबल हुन्छ, यसको तृष्णा चिहानजस्तै हठी। त्यो कुनै पनि ज्वालाभन्दा पनि कड़ा दन्केको आगोझैँ दन्किन्छ।"},{"id":7,"text":"थुप्रै पानीका भलले पनि प्रेमलाई मेट्न सक्दैन, खोलाहरूले यसलाई कदापि बगाउन सक्दैनन्। कुनै मानिसले प्रेमको सट्टामा आफ्नो घरको सारा सम्पत्ति नै दिए तापनि त्यो त बिल्कुलै तिरस्कार गरिनेथियो।"},{"id":8,"text":"हाम्री एउटी सानी बहिनी छिन्, तिनका स्तन सानै छन्। तिनलाई विवाह गर्न कोही माग्न आए त्यस दिन हामी के गरौं?"},{"id":9,"text":"यदि तिनी पर्खाल भए त, हामीले तिनीमाथि चाँदीका धरहरा खड़ा गर्नेथियौं। यदि तिनी ढोका भए त, हामी देवदारुका फल्याकले बारेर बन्द गर्ने थियौं।"},{"id":10,"text":"म एक पर्खाल हुँ,\nर मेरा स्तन धरहराजस्तै छन्। त्यसैले म उहाँको नजरमा सन्तुष्टि दिने भएकी छु।"},{"id":11,"text":"बाल-हामोनमा सोलोमनको एउटा दाखबारी थियो, उहाँले आफ्नो बारी अधियाँ लाउनुभयो,\nर अधियाँ लिएका हरेकले फलफूलको सट्टा एक हजार चाँदीका सिक्का बुझाउनुपर्थ्यो।"},{"id":12,"text":"तर मेरो आफ्नै दाखबारी दिने अधिकार त मेरै हो, हे सोलोमन, ती हजार सिक्का तपाईंकै निम्ति हुन्,\nर दुई सय ती फलफूल हुर्काउनेहरूका निम्ति हुन्।"},{"id":13,"text":"आफ्ना मित्रहरूको उपस्थितिमा तिमी बगैँचाहरूमा बस्ने, तिम्रो सोर म सुन्न पाऊँ!"},{"id":14,"text":"बाहिर निस्केर आउनुहोस्, हे मेरा प्रेमी,\nर सुगन्धित मसलाले भरिएका पर्वतहरूमा हुने हरिण अथवा जवान मृगजस्तै हुनुहोस्।"}]}]}