-
Notifications
You must be signed in to change notification settings - Fork 0
/
Copy pathROM.json
1 lines (1 loc) · 157 KB
/
ROM.json
1
{"chapters":[{"id":0,"title":"पुस्तक परिचय","verses":[{"id":1,"text":"पावल (तिनको पहिलेको नाम शाऊल थियो) एक प्रेरित हुन् तर तिनी येशू ख्रीष्टका बाह्र जना चेलाहरू मध्येका थिएनन्। शायद येशू ख्रीष्ट संसारमा हुनुहुँदा पनि पावलको उहाँसँग एक पटक पनि भेट भएको थिएन। तिनी एकदमै भक्त र कट्टर यहूदी गुरु थिए (फिलिप्पी ३:४-६)। जब ख्रीष्टको सुसमाचार फैलिन लाग्यो, तब पावलले कठोरतासाथ विश्वासीहरूलाई सताउन लागे (प्रेरित २२:३-४; २६:९-११)। एक दिन त्यही काममा दमस्कस भन्ने सहरतिर जाँदैगर्दा (अहिले सिरिया भन्ने मध्यपूर्व देशको राजधानी), पावलले अचम्मलाग्दो किसिमले जीवित प्रभु येशू ख्रीष्टको दर्शन पाए (प्रेरित ९:३-९; २२:६-११; २६:१२-१८)। ख्रीष्टले त्यसैबेला देखि तिनलाई प्रेरित नियुक्त गर्नुभयो। अनि त्यही समयदेखि अन्यजाति अर्थात यहूदी मत नमान्नेहरूका बीचमा सुसमाचार प्रचार गर्नलाई येशूले पावललाई पठाउनुभयो। पावलको जीवन र कामको पूर्ण वर्णन प्रेरितको अध्याय नौ मा र अध्याय तेह्रदेखि अट्ठाईससम्ममा पाइन्छ।"},{"id":2,"text":"पावलले तीन पटक प्रचारको यात्रा गरे र एफिसी, फिलिप्पी, थेसलोनिके, कोरिन्थ, टर्की र ग्रीसमा भएका धेरै अरू सहर-सहरमा ख्रीष्टियान मण्डलीहरू स्थापना गरे। यी यात्राहरूमा जाँदाजाँदै आफूले स्थापना गरेका यी नयाँ मण्डलीहरूलाई पावलले पत्र लेखे। पावलले अरू ख्रीष्टियान मण्डलीहरूलाई पनि पत्र लेखे, जस्तै कलस्सी र रोममा भएका मण्डलीहरू, जुन मण्डलीहरूको पावलले स्थापना गरेका थिएनन्। पावलले तिमोथी, तीतस र फिलेमोनलाई व्यक्तिगत चिट्ठीहरू पनि लेखे। ख्रीष्टका शिक्षा बुझ्नलाई र हामी ख्रीष्टियानहरू कस्तो चालमा चल्नुपर्ने हो सो सिक्नलाई यी पत्रहरू हामीलाई अति आवश्यक छन्। चार वटा सुसमाचार लेखिनुभन्दा पहिले यी धेरैजसो पत्रहरू लेखिएका थिए; त्यसकारण यी पत्रहरू नयाँ करारका सबभन्दा पहिले लेखिएका पुस्तकहरू हुन्।"},{"id":3,"text":"रोमीहरूलाई पावलले लेखेको यो पत्र ग्रीसमा भएको कोरिन्थ भन्ने सहरबाट ईस्वी सम्बत् ५५ मा पठाइएको थियो। त्यतिबेला भूमध्यसागर वरपरका देशहरूमाथि रोमी साम्राज्यको अधिकार थियो, जसको राजधानी रोम थियो। आजकाल रोम सहरचाहिँ दक्षिण यूरोपको इटाली देशको राजधानी हो। रोममा भएको मण्डलीलाई कसले स्थापित गरेको थियो भन्ने कुरा अहिलेसम्म केही निश्चित थाहा भएको छैन। तर पावलले यो पत्र लेख्दा रोममा धेरै ख्रीष्टियानहरू थिए जसमध्ये कोही-कोही पहिले यहूदी भएका थिए र अरू कोही-कोही अन्यजाति थिए।"},{"id":4,"text":"प्रचारको अर्को यात्रामा पावल रोममा र त्यहाँबाट स्पेनमा जाने विचार गर्दै थिए (रोमी १५:२३-२४)। तर पावलले यो योजना पूरा गर्न पाएनन्, किनभने यरूशलेम (इस्राएलको राजधानी) मा तिनी पक्राउ परे, र त्यसपछि कैदीको रूपमा मात्र रोममा पुगे। त्यहाँ पावल दुई वर्षसम्म कैदमा बसे। त्यसपछि पावललाई के-के भयो कसैलाई निश्चित थाहा छैन।"},{"id":5,"text":"रोमीहरूलाई लेखेको पावलको यो पत्रको मूल विषय यही हो: सबै मानिसहरू पापी छन्, र मानिसका कामहरू वा परिश्रमद्वारा होइन, तर ख्रीष्टमा विश्वासद्वारा मात्र तिनीहरू परमेश्वरको दृष्टिमा धर्मी ठहराइएर उद्धार र अनन्त जीवन पाउन सक्छन्।"},{"id":6,"text":"नयाँ करारका अरू सबै पुस्तकका लेखकहरू जस्तै, पावलले यो र तिनका अरू पत्रहरू पनि पवित्र आत्माको प्रेरणाद्वारा लेखे। यो पनि भन्न सकिन्छ कि परमेश्वरका पवित्र आत्माले नै बाइबलका सबै पुस्तकहरू लेख्नु भएको छ। यसकारण, जब हामी पावलका पत्रहरू पढ्छौं, हामीले सम्झनु पर्छ कि यी पत्रहरू (र अरू सबै बाइबलका पुस्तकहरू) परमेश्वरले नै लेखिपठाउनुभएका पत्रहरू हुन्। पावलले रोमीहरूलाई लेखेको यो पत्र रोमीहरूका निम्ति मात्र होइन तर हामीहरूका निम्ति पनि हो।"}]},{"id":1,"title":"रोमी 1","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ROM/1-ad8577a84587841df580105615c5b305.mp3?version_id=1483","verses":[{"id":1,"text":"म पावल, येशू ख्रीष्टको दास, प्रेरित हुनलाई बोलाइएको, र परमेश्वरको त्यस सुसमाचारको निम्ति अलग गरिएको हुँ, "},{"id":2,"text":"जुन सुसमाचार उहाँले अघिबाटै आफ्ना अगमवक्ताद्वारा पवित्र धर्मशास्त्रमा प्रतिज्ञा गर्नुभएको थियो।"},{"id":3,"text":"यो सुसमाचार परमेश्वरका पुत्रको विषयमा हो, जसको जन्म शरीरअनुसार दाऊदको वंशबाट भएको थियो। "},{"id":4,"text":"येशू ख्रीष्ट हाम्रा प्रभु मरेकाहरूबाट पुनरुत्थान हुनुभएर पवित्रताको आत्माअनुसार शक्तिमा परमेश्वरका पुत्र ठहरिनुभयो। "},{"id":5,"text":"उहाँका नाउँको खातिर विश्वासद्वारा आउने आज्ञापालन सबै जातिहरूका बीचमा ल्याउनलाई हामीले उहाँद्वारा अनुग्रह र प्रेरितको काम पाएका छौं। "},{"id":6,"text":"तिमीहरू पनि तिनीहरूसँगसँगै येशू ख्रीष्टका हुन बोलाइएका छौ।"},{"id":7,"text":"रोममा भएका तिमीहरू सबै, परमेश्वरका प्रियहरू, जो सन्त हुनलाई बोलाइएका छौ:तिमीहरूलाई परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति।"},{"id":8,"text":"सर्वप्रथम, म मेरा परमेश्वरलाई येशू ख्रीष्टद्वारा तिमीहरू सबैका निम्ति धन्यवाद चढ़ाउँछु, किनकि तिमीहरूका विश्वासको कुरा सारा संसारमा प्रचार भएको छ। "},{"id":9,"text":"म सम्पूर्ण हृदयले उहाँका पुत्रको सुसमाचार प्रचारमा उहाँको सेवा गर्दछु, र परमेश्वर मेरो साक्षी हुनुहुन्छ कि कसरी म निरन्तर मेरा प्रार्थनामा तिमीहरूलाई याद गर्दछु। "},{"id":10,"text":"अनि यो माग्दछु, कि कुनै किसिमले परमेश्वरको इच्छाद्वारा आखिरमा म तिमीहरूकहाँ आउन सफल हुन सकूँ।"},{"id":11,"text":"किनभने तिमीहरूलाई बलिया पार्नलाई केही आत्मिक वरदान तिमीहरूलाई दिन सकूँ भनेर म तिमीहरूलाई भेट्ने उत्कट इच्छा गर्दछु। "},{"id":12,"text":"यसरी तिमीहरूको र मेरो, हाम्रो पारस्परिक विश्वासबाट, हामी दुवैले एक-अर्काबाट प्रोत्साहन पाउन सकौं। "},{"id":13,"text":"भाइ हो, तिमीहरूलाई थाहा होस् भन्ने म चाहन्छु, कि म तिमीहरूका र बाँकी अन्यजातिहरूका बीचमा पनि केही फल बटुल्न सकूँ भनेर तिमीहरूकहाँ आउने धेरै पल्ट इच्छा गरें। तर म अहिलेसम्म रोकिएको छु।"},{"id":14,"text":"ग्रीक होस् वा अरू असभ्य जाति, बुद्धिमान् होस् वा निर्बुद्धि, सबैको म ऋणी छु। "},{"id":15,"text":"यसैले सकेसम्म तिमी रोममा हुनेहरूलाई पनि सुसमाचार प्रचार गर्न म उत्सुक छु।"},{"id":16,"text":"किनकि सुसमाचारसँग म शर्माउँदिनँ। किनभने विश्वास गर्ने प्रत्येकका मुक्तिको निम्ति यो परमेश्वरको शक्ति हो, पहिले यहूदीहरूका निम्ति र अन्यजातिहरूका निम्ति पनि।"},{"id":17,"text":"किनकि सुसमाचारमा परमेश्वरबाट आउने धार्मिकता प्रकट भएको छ, त्यो धार्मिकता जोचाहिँ सम्पूर्ण रूपले विश्वासद्वारा नै आउँछ। यस्तो लेखिएको छ, “धर्मीचाहिँ विश्वासद्वारा नै जिउनेछ।”"},{"id":18,"text":"परमेश्वरको क्रोध ती मानिसहरूका सारा भक्तिहीनता र दुष्टताको विरुद्ध स्वर्गबाट प्रकट भएको छ, जसले सत्यलाई तिनीहरूका अधर्मले दबाइराखेका छन्। "},{"id":19,"text":"परमेश्वरको विषयमा जान्न सकिने कुरा तिनीहरूमा प्रष्टै छ, किनकि परमेश्वरले तिनीहरूलाई त्यो कुरा देखाइदिनुभएको छ। "},{"id":20,"text":"उहाँको अदृश्य गुण, अर्थात् उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै देखिएको छ। यसैले यिनीहरूलाई कुनै किसिमको बहाना छैन।"},{"id":21,"text":"किनकि परमेश्वरलाई चिनेर पनि तिनीहरूले परमेश्वरलाई दिनुपर्ने महिमा दिएनन्, न त धन्यवाद नै चढ़ाए, तर तिनीहरू आफ्ना विचारमा बेकम्मा भए, र तिनीहरूको मूर्ख मन अझ अँध्यारो भयो।"},{"id":22,"text":"बुद्धिमान् छु भन्ने दाबी गरे तापनि तिनीहरू मूर्खै भए, "},{"id":23,"text":"र तिनीहरूले विनाशी मानिस, चराचुरुङ्गी, चारखुट्टे जनावर र घस्रने जीवहरूका मूर्तिका रूपसँग अविनाशी परमेश्वरको महिमा साटफेर गरे।"},{"id":24,"text":"यसकारण परमेश्वरले तिनीहरूलाई तिनीहरूका हृदयका कामवासनाको अशुद्धतामा छोडिदिनुभयो, कि तिनीहरूले आपसमा आफ्ना शरीरको अनादर गरून्। "},{"id":25,"text":"किनकि तिनीहरूले परमेश्वरको सत्यतालाई झूटसँग साटेर सदासर्वदाका परमधन्य सृष्टिकर्तालाई त्यागेर बरु सृष्टि गरिएका थोकहरूको पूजा र सेवा गरे।"},{"id":26,"text":"यसैकारण परमेश्वरले तिनीहरूलाई लाजमर्दो कामुकताको निम्ति छोडिदिनुभयो। तिनीहरूका स्त्रीहरूले आफ्ना स्वाभाविक व्यवहारलाई अस्वाभाविक व्यवहारमा परिवर्तन गरे, "},{"id":27,"text":"र त्यसरी नै स्त्रीतर्फको स्वाभाविक व्यवहार त्यागेर एक-दोस्रातर्फ कामुकताको जलनमा पुरुषहरूले पुरुषहरूसितै निर्लज्ज काम गरे, र आफ्नै शरीरमा आफ्ना कसूरको उचित दण्ड भोगे।"},{"id":28,"text":"यसरी तिनीहरूले परमेश्वरलाई मान्यता दिन नचाहेका हुनाले परमेश्वरले तिनीहरूलाई भ्रष्ट मनका अवस्थामा अनुचित आचरणको निम्ति त्यागिदिनुभयो। "},{"id":29,"text":"तिनीहरू सबै किसिमका बदमाशी, दुष्टता, लोभ, इबीले भरिएका छन्। तिनीहरू डाह, हत्या, झैँझगड़ा, छल, बदख्वाइँले भरिएका हुन्छन्, र तिनीहरू कुरौटे, "},{"id":30,"text":"र बदनाम गर्ने, परमेश्वरलाई घृणा गर्ने, ढीट, अहङ्कारी, अभिमानी, दुष्ट कुरा रचिहिँड्ने, आमा-बुबाको आज्ञापालन नगर्ने, "},{"id":31,"text":"मूर्ख, विश्वासघाती, निर्दयी र क्रूर हुन्छन्। "},{"id":32,"text":"यस्ता काम गर्नेहरू मृत्युको योग्य हुन्छन् भन्ने परमेश्वरको धार्मिक-विधान जान्दाजान्दै पनि तिनीहरू यी काम गर्ने मात्र होइनन्, तर यस्ता गर्नेहरूसँग पूर्ण सहमत पनि हुन्छन्।"}]},{"id":2,"title":"रोमी 2","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ROM/2-354489e40dafcc7075ecc8f8ac922a4b.mp3?version_id=1483","verses":[{"id":1,"text":"यसकारण अर्कालाई दोष लाउने ए मानिस, तिमी जोसुकै भए तापनि, केही बहाना छैन, किनकि जेमा तिमी अर्कालाई दोष लगाउँछौ, त्यसैमा आफै पनि दोषी ठहरिनेछौ, किनभने तिमी दोष लाउनेले पनि त्यही काम गर्छौ।"},{"id":2,"text":"यस्ता काम गर्नेहरूमाथि परमेश्वरको इन्साफ ठीकसँग पर्छ भनेर हामी जान्दछौं। "},{"id":3,"text":"ए मानिस, तिमीले यस्ता काम गर्नेहरूलाई दोष लाउँछौ, र आफै पनि त्यही काम गर्छौ भने, के परमेश्वरको इन्साफबाट उम्कन्छु भन्ने तिमी ठान्छौ? "},{"id":4,"text":"अथवा परमेश्वरको कृपाले तिमीलाई पश्चात्तापमा डोर्याउँछ भन्ने थाहा नपाएर, के तिमी उहाँको दया, सहनशीलता र धैर्यको प्रशस्ततालाई तुच्छ ठान्छौ?"},{"id":5,"text":"तर परमेश्वरको धार्मिक इन्साफ प्रकट हुने त्यस क्रोधका दिनको लागि आफ्नो कठोर र अपश्चात्तापी हृदयले गर्दा तिमीले आफ्नो निम्ति क्रोध थुपारिरहेछौ। "},{"id":6,"text":"किनकि उहाँले हरेक मानिसलाई उसको कामअनुसार दिनुहुनेछ।"},{"id":7,"text":"धैर्यसँग असल काम गरेर महिमा, इज्जत र अमरत्व खोज्नेहरूलाई चाहिँ उहाँले अनन्त जीवन दिनुहुनेछ। "},{"id":8,"text":"तर झगड़ालु, सत्यको पालन नगर्ने, र दुष्टतामा हिँड्नेहरूमाथि चाहिँ क्रोध र रीस पर्नेछ। "},{"id":9,"text":"खराब काम गर्ने हरेक मानिसमाथि सङ्कष्ट र आपद् आइपर्नेछ, पहिले यहूदीमाथि र अन्यजातिहरूमाथि पनि। "},{"id":10,"text":"तर असल काम गर्ने हरेकलाई पहिले यहूदीलाई अनि अन्यजातिलाई पनि गौरव, इज्जत र शान्ति प्राप्त हुनेछ। "},{"id":11,"text":"किनकि परमेश्वरले पक्षपात गर्नुहुन्न।"},{"id":12,"text":"सबै जसले व्यवस्थाविना पाप गरेका छन्, तिनीहरू व्यवस्थाविना नै नष्ट पनि हुनेछन्, र व्यवस्थामुनि रहेर पनि पाप गर्नेहरूको इन्साफ व्यवस्थाद्वारा नै हुनेछ। "},{"id":13,"text":"किनकि व्यवस्था सुन्नेहरू परमेश्वरको सामुन्ने धर्मी ठहरिँदैनन्, तर व्यवस्था पालन गर्नेहरू धर्मी ठहरिनेछन्। "},{"id":14,"text":"किनकि व्यवस्था नहुने अन्यजातिहरू स्वाभावैले व्यवस्थाअनुसारका काम गर्दछन् भने, तिनीहरूको व्यवस्था नभए तापनि तिनीहरू आफ्ना निम्ति आफै व्यवस्था हुन्छन्। "},{"id":15,"text":"व्यवस्थाले चाहेका कुराहरू आफ्ना हृदयमा लेखिएका तिनीहरू देखाउँछन्, र तिनीहरूको आफ्नै विवेकले पनि गवाही दिन्छ, र तिनीहरूका विचारहरूले कहिले तिनीहरूलाई दोष्याउँछन्, र कहिले समर्थन गर्छन्। "},{"id":16,"text":"यो त्यस दिन हुनेछ जब परमेश्वरले मैले प्रचार गरेको सुसमाचारअनुसार येशू ख्रीष्टद्वारा मानिसहरूका गुप्त कुराको इन्साफ गर्नुहुनेछ।"},{"id":17,"text":"तर यदि तिमी यहूदी हुँ भनी व्यवस्थामा भर परेर परमेश्वरसँगको सम्बन्धमा घमण्ड गर्दछौ, "},{"id":18,"text":"र उहाँको इच्छा जान्दछौ, र व्यवस्थाबाट सिकाइएका उत्तम कुराहरू मन्जूर गर्दछौ, "},{"id":19,"text":"र यदि तिमीलाई यो निश्चय छ कि तिमी अन्धाको अगुवा हौ, अन्धकारमा हुनेहरूका निम्ति ज्योति हौ, "},{"id":20,"text":"मूर्खहरूलाई सुधार्छौ, अपरिपक्वहरूलाई शिक्षा दिन्छौ, किनभने व्यवस्थामा नै सम्पूर्ण बुद्धि र सत्यता प्राप्त गरेका छौ— "},{"id":21,"text":"यसरी जब तिमी अरूहरूलाई सिकाउँछौ, त के आफूलाई चाहिँ सिकाउँदैनौ? जब तिमी चोरीको विरुद्धमा प्रचार गर्छौ, के तिमी आफैचाहिँ चोरी गर्छौ? "},{"id":22,"text":"तिमी, जसले व्यभिचार नगर भनी भन्छौ, के तिमी आफै व्यभिचार गर्छौ? तिमी, जो मूर्तिहरू घिनाउँछौ, के तिमी आफै मन्दिरहरू लुट्छौ? "},{"id":23,"text":"तिमी, जो व्यवस्थामा घमण्ड गर्दछौ, के व्यवस्था उल्लङ्घन गरेर परमेश्वरको अनादर गर्छौ? "},{"id":24,"text":"किनभने, लेखिएको छ, “अन्यजातिहरूका बीचमा परमेश्वरको नाउँ तिमीहरूद्वारा नै निन्दित भएको छ।”"},{"id":25,"text":"व्यवस्था पालन गर्दछौ भनेता खतनाबाट साँच्चै लाभ हुन्छ, तर व्यवस्था उल्लङ्घन गर्दछौ भनेता तिम्रो खतना बेखतना हुन्छ। "},{"id":26,"text":"यदि शरीरमा बेखतना भएकोले व्यवस्थाका धार्मिक-विधान पालन गर्दछ भने, के त्यसको बेखतना खतना नै गनिनेछैन र? "},{"id":27,"text":"तब शरीरमा खतना नभएर पनि व्यवस्थाचाहिँ पालन गर्नेहरूले, लिखित व्यवस्था भएका र खतना पनि भएका तिमीहरू व्यवस्था उल्लङ्घन गर्नेहरूलाई दोषी ठहराउँछन्। "},{"id":28,"text":"बाहिरी रूपले मात्र यहूदी हुनेचाहिँ साँचो यहूदी होइन, त्यसरी नै साँचो खतना पनि बाहिरी र शारीरिक कुरा होइन। "},{"id":29,"text":"यहूदी त्यो हो, जो भित्री रूपले यहूदी हो, र साँचो खतनाचाहिँ हृदयको कुरो हो, यो आत्मिक कुरा हो, लिखित व्यवस्थाको कुरा होइन। यस्तो मानिसको प्रशंसा मानिसहरूबाट होइन, तर परमेश्वरबाट हुन्छ।"}]},{"id":3,"title":"रोमी 3","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ROM/3-4be57e23cf81b025161d50342695519c.mp3?version_id=1483","verses":[{"id":1,"text":"अब यहूदीलाई के फाइदा छ त? अथवा खतनाको के मोल? "},{"id":2,"text":"हरप्रकारले यसमा ज्यादै लाभ छ। सर्वप्रथम त परमेश्वरको वाणी यहूदीहरूलाई सुम्पिएको हो। "},{"id":3,"text":"यदि तिनीहरूमध्ये कसैकसैले विश्वास गरेनन् भने, के भयो त? के तिनीहरूको अविश्वासले परमेश्वरको विश्वासयोग्यतालाई रद्द तुल्याउँछ र? "},{"id":4,"text":"त्यसो नहोस्, परमेश्वर सत्य र हरेक मानिस झूटो ठहरिओस्। जस्तो लेखिएको छ,\n“तपाईं आफ्ना वचनमा ठीक ठहरिनुहोस्, र इन्साफ हुँदा तपाईं विजयी हुनुहोस्।”"},{"id":5,"text":"तर हाम्रो अधार्मिकताले परमेश्वरको धार्मिकतालाई प्रकाशमा ल्याउँछ भने, हामी के भनौं? के परमेश्वरको क्रोध हामीमाथि आइपर्दा उहाँले अन्याय गर्नुहुन्छ? (म मानिसले जस्तै तर्क गर्दछु।) "},{"id":6,"text":"कदाचित् होइन! त्यसो भए, परमेश्वरले संसारको इन्साफ कसरी गर्न सक्नुहुन्थ्यो र? "},{"id":7,"text":"तर यदि मेरो झूटले गर्दा परमेश्वरको सत्यता उहाँकै महिमाको निम्ति प्रशस्त हुन्छ भने, किन पापीझैँ इन्साफमा परिरहेको छु? "},{"id":8,"text":"त्यसो भए, असल होस् भनेर खराबी नै किन नगर्ने त? कोही-कोही मानिसहरूले हामी त्यसै भन्छौं भनी हामीलाई निन्दापूर्ण दोष लाउँछन्। तिनीहरूको दोषारोपण न्यायसङ्गतै छ।"},{"id":9,"text":"उसो भए के हामी यहूदीहरू अझ असल छौं त? अवश्य छैनौं, किनकि सबै मानिस, यहूदी र अन्यजातिहरू दुवै पापको वशमा छन् भनी मैले दोष लगाइसकेको छु। "},{"id":10,"text":"जसो लेखिएको छ,\n“धर्मी कोही छैन, एक जना पनि छैन,"},{"id":11,"text":"बुझ्ने कोही छैन, परमेश्वरलाई खोज्ने कोही छैन।"},{"id":12,"text":"ती सबै बरालिएका छन्,\nतिनीहरू एकसाथ बेकम्मा भएका छन्। कसैले असल गर्दैन, असल गर्ने एक जना पनि छैन।”"},{"id":13,"text":"“तिनीहरूका घोक्रा खुला चिहान हुन्,\n तिनीहरू आफ्ना जिब्राले छलका कुरा गर्छन्।” “सर्पको विष तिनीहरूका ओठमा छ।”"},{"id":14,"text":"“तिनीहरूका मुख सराप र तीता कुराले भरिएका छन्।”"},{"id":15,"text":"“तिनीहरूका खुट्टा रक्तपात गर्नलाई छिटा छन्।"},{"id":16,"text":"विनाश र दुर्दशा तिनीहरूको बाटोमा छन्,"},{"id":17,"text":"र शान्तिको बाटो तिनीहरूले चिनेका छैनन्।”"},{"id":18,"text":"“तिनीहरूका आँखाको सामने परमेश्वरको भय छैन।”"},{"id":19,"text":"अब हामी जान्दछौं, जे-जति व्यवस्थाले भन्छ, व्यवस्थामुनि हुनेहरूलाई नै भन्छ, कि हरेक मुख चूप रहोस्, र सारा संसार परमेश्वरको अगि जवाफदेही होस्। "},{"id":20,"text":"यसैकारण व्यवस्थाको कर्मले कोही प्राणी उहाँको दृष्टिमा धर्मी ठहरिनेछैन, किनकि व्यवस्थाद्वारा नै पापको चेतना हुन्छ।"},{"id":21,"text":"तर अब त व्यवस्थाविनै परमेश्वरबाट आउने धार्मिकता प्रकट भएको छ। त्यसैको गवाही व्यवस्था र अगमवक्ताहरूले दिएका छन्। "},{"id":22,"text":"येशू ख्रीष्टमा विश्वास गर्ने सबैमाथि परमेश्वरको धार्मिकता विश्वासद्वारा प्रकट भएको छ। किनभने केही भेद छैन,"},{"id":23,"text":"किनकि सबैले पाप गरेका छन्, र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। "},{"id":24,"text":"परमेश्वरका अनुग्रहको वरदानले ख्रीष्ट येशूमा भएको उद्धारबाट तिनीहरू सित्तैँमा धर्मी ठहरिएका छन्। "},{"id":25,"text":"परमेश्वरले ख्रीष्टलाई उहाँको रगतद्वारा प्रायश्चितको बलिदान स्वरूप प्रस्तुत गर्नुभयो, जुन प्रायश्चित विश्वासद्वारा ग्रहण गर्नुपर्दछ। यो काम परमेश्वरले आफ्नो धार्मिकता देखाउनलाई गर्नुभयो, किनभने उहाँको ईश्वरीय धैर्यमा अगाडिका पापहरूलाई उहाँले वास्ता गर्नुभएको थिएन। "},{"id":26,"text":"परमेश्वर आफै धर्मी हुनुहुन्छ र येशूमा विश्वास राख्नेहरूलाई उहाँले धर्मी ठहराउनुहुन्छ भन्ने कुरा प्रमाण गर्नलाई उहाँले वर्तमान समयमा यो गर्नुभयो।"},{"id":27,"text":"तब हाम्रो घमण्ड कहाँ गयो? त्यसको त ठाउँ नै छैन। कुन सिद्धान्तमा यसो गर्ने त? यो कर्मको सिद्धान्तद्वारा हुने? कदाचित् होइन! यो त विश्वासको सिद्धान्तबाट मात्र हुन सक्छ। "},{"id":28,"text":"यसकारण व्यवस्थाका कर्महरूको पालनविना विश्वासद्वारा नै मानिस धर्मी ठहरिन्छ भनी हामी ठान्छौं। "},{"id":29,"text":"के परमेश्वर केवल यहूदीहरूकै मात्र परमेश्वर हुनुहुन्छ र? के उहाँ अन्यजातिहरूका परमेश्वर हुनुहुन्न? उहाँ अन्यजातिहरूका पनि परमेश्वर हुनुहुन्छ। "},{"id":30,"text":"किनकि परमेश्वर एउटै हुनुहुन्छ। उहाँले खतनावाललाई तिनीहरूका विश्वासको आधारमा र खतना नभएकालाई तिनीहरूको विश्वासद्वारा धर्मी ठहराउनुहुन्छ।"},{"id":31,"text":"तब के हामी यही विश्वासद्वारा व्यवस्थालाई रद्द गर्ने? कदाचित् होइन! बरु हामीहरू त व्यवस्थालाई कायम पो राख्छौं।"}]},{"id":4,"title":"रोमी 4","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ROM/4-7230e21099f6b0783c5b70abfd4fcd50.mp3?version_id=1483","verses":[{"id":1,"text":"अब, शरीरअनुसारका हाम्रा पुर्खा अब्राहामको सम्बन्धमा हामी के भनौं त? "},{"id":2,"text":"यदि अब्राहाम कामद्वारा धर्मी ठहरिएका भए उनलाई घमण्ड गर्ने केही ठाउँ रहनेथियो, तर परमेश्वरको अगाडि त होइन। "},{"id":3,"text":"किनकि पवित्र-शास्त्रले के भन्छ? “अब्राहामले परमेश्वरमाथि विश्वास गरे, र त्यो उनको निम्ति धार्मिकता गनियो।”"},{"id":4,"text":"अब काम गर्नेले जुन ज्याला पाउँछ त्यो दान होइन, तर त्यो उसको पाउने हक हो। "},{"id":5,"text":"जसले कर्मचाहिँ गर्दैन, तर भक्तिहीनलाई धर्मी ठहराउनुहुने परमेश्वरमाथि भरोसा राख्तछ, त्यस्तो मानिसको विश्वास धार्मिकता गनिन्छ। "},{"id":6,"text":"परमेश्वरले कर्मविना नै धार्मिक गन्नुहुने मानिसलाई यी वचनद्वारा दाऊदले धन्यका भन्छन्,"},{"id":7,"text":"“तिनीहरू धन्यका हुन्,\n जसका अपराधहरू क्षमा भएका छन्,\nर जसका पापहरू ढाकिएका छन्।"},{"id":8,"text":"त्यो मानिस धन्यको हो, जसको पापको लेखा परमप्रभुले लिनुहुन्न।”"},{"id":9,"text":"के यो आशीर्वाद खतनावालहरूका निम्ति मात्र हो? कि बेखतनावालहरूका निम्ति पनि हो? अब्राहामको निम्ति त उनको विश्वास नै धार्मिकता गनिएको थियो भनी हामी भन्दछौं। "},{"id":10,"text":"तब कसरी यो उनको निम्ति धार्मिकता गनियो? उनको खतना हुनभन्दा अघि वा पछि? उनको खतना भइसकेपछि होइन, तर अघि। "},{"id":11,"text":"खतना नहुँदै विश्वासद्वारा पाउने धार्मिकताको चिन्ह वा छाप स्वरूप उनले खतना पाएका थिए। खतनाविनै विश्वास गरेर धर्मी गनिएका सबैका उनी पिता होऊन् भन्ने उद्देश्यले यो भएको हो।"},{"id":12,"text":"उनी ती खतनावालहरूका पनि पिता हुन्, जसका खतना भएको मात्र होइन, तर जसले विश्वासको त्यही नमूनालाई पछ्याउँछन्, जुन विश्वास खतना हुन अघि हाम्रा पिता अब्राहाममा थियो।"},{"id":13,"text":"संसारको उत्तराधिकारी हुनलाई अब्राहाम र उनको वंशलाई दिइएको प्रतिज्ञा व्यवस्थाद्वारा आएको होइन, तर विश्वासको धार्मिकताद्वारा आएको हो।"},{"id":14,"text":"यदि व्यवस्था पालन गर्नेहरू मात्र उत्तराधिकारी हुन्छन् भनेता विश्वास रद्द र प्रतिज्ञा व्यर्थ हुन्छ।"},{"id":15,"text":"किनभने व्यवस्थाले क्रोध ल्याउँछ, तर जहाँ व्यवस्था छैन त्यहाँ अपराध पनि हुँदैन।"},{"id":16,"text":"त्यसैले यो प्रतिज्ञा विश्वासमाथि निर्भर गर्दछ, यस हेतुले कि प्रतिज्ञा अनुग्रहमाथि भर परेर अब्राहामका सबै वंशहरूका निम्ति पक्का होस्। यो प्रतिज्ञा व्यवस्था पालन गर्नेहरूका निम्ति मात्र नभएर अब्राहामको जस्तो विश्वासमा हुनेहरूका निम्ति पनि हो, किनकि अब्राहाम हामी सबैका पिता हुन्।"},{"id":17,"text":"जसो लेखिएको छ, “मैले तँलाई धेरै जातिहरूका पिता बनाएको छु।” जुन परमेश्वरमाथि अब्राहामले विश्वास गरे, उहाँको दृष्टिमा उनी हामी सबैका पिता हुन्। उहाँले मरेकाहरूलाई पनि जीवन दिनुहुन्छ, र अस्तित्वमा नभएका थोकहरूलाई बोलाई अस्तित्वमा ल्याउनुहुन्छ।"},{"id":18,"text":"“तेरा सन्तान पनि यस्तै असंख्य हुनेछन्” भनेर परमेश्वरले भन्नुभएअनुसार, आशा पटक्कै नहुँदा पनि अब्राहामले आशा राखी विश्वास गरे, र यसरी उनी धेरै जातिहरूका पिता बने।"},{"id":19,"text":"प्राय: सय वर्ष पुगिसकेका अब्राहाम मरेतुल्य भइसकेको आफ्नो शरीर तथा साराको कोख बाँझो भएको बुझेर पनि विश्वासमा कमजोर भएनन्।"},{"id":20,"text":"परमेश्वरको प्रतिज्ञाबारे कुनै शङ्काले उनलाई डगमगाउन सकेन, तर आफ्नो विश्वासमा दह्रिलो भएर उनले परमेश्वरलाई महिमा दिए। "},{"id":21,"text":"प्रतिज्ञा गर्नुभएको कुरा परमेश्वरले गर्न पनि सक्नुहुन्छ भन्ने अब्राहामलाई पूरा निश्चय थियो। "},{"id":22,"text":"यसैकारण पनि उनको विश्वास “उनको निम्ति धार्मिकता गनियो।” "},{"id":23,"text":"धार्मिकता “गनिएको हो” भन्ने यो वचन उनैको खातिर मात्र लेखिएको होइन, "},{"id":24,"text":"तर हाम्रा निम्ति पनि हो। हामी जसले येशू हाम्रा प्रभुलाई मरेकाहरूबाट जीवित पार्नुहुनेमाथि विश्वास गर्छौं, यो हाम्रा निम्ति पनि गनिनेछ। "},{"id":25,"text":"उहाँ हाम्रा अपराधहरूका निम्ति मारिनुभयो, र हामीलाई धर्मी तुल्याउनलाई जीवित पारिनुभयो।"}]},{"id":5,"title":"रोमी 5","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ROM/5-9d041582b2670fe103170e9c85c8002a.mp3?version_id=1483","verses":[{"id":1,"text":"यसैकारण विश्वासद्वारा धर्मी ठहरिएर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको छ। "},{"id":2,"text":"उहाँद्वारा हामीले यस अनुग्रहमा विश्वासद्वारा प्रवेश पाएका छौं। यस अनुग्रहमा हामी खड़ा छौं, र परमेश्वरका महिमाको सहभागी हुने हाम्रो आशामा हामी रमाउँछौं। "},{"id":3,"text":"यति मात्र होइन, तर हामी आफ्नो सङ्कष्टमा रमाउँछौं, यो जानेर कि सङ्कष्टले सहनशीलता उत्पन्न गराउँछ, "},{"id":4,"text":"सहनशीलताले चरित्र, र चरित्रले आशा उत्पन्न गराउँछ। "},{"id":5,"text":"आशाले हामीलाई निराशा गराउँदैन, किनकि हामीलाई दिइएका पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रा हृदयमा खन्याइएको छ।"},{"id":6,"text":"किनकि हामी दुर्बल हुँदा नै ख्रीष्ट अधर्मीहरूका निम्ति ठीक समयमा मर्नुभयो। "},{"id":7,"text":"धार्मिक मानिसको निम्ति मर्न तयार हुने कोही बिरलै पाइएला, कतै असल मानिसको निम्ति कसैले मर्ने आँट गरी पनि हाल्ला। "},{"id":8,"text":"तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ, कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।"},{"id":9,"text":"यसकारण उहाँको रगतद्वारा धर्मी ठहरिएका हुनाले झन् बढ़ी हामी परमेश्वरको क्रोधबाट उहाँद्वारा बचाइनेछौं। "},{"id":10,"text":"किनकि हामी शत्रु छँदै उहाँका पुत्रको मृत्युद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको थियो भने, झन् बढ़ी अब उहाँसँगै मिलाप भएका हुनाले ख्रीष्टको जीवनद्वारा हामी बचाइनेछौं। "},{"id":11,"text":"यति मात्र होइन, तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरमा हामी रमाउँदै पनि छौं, उहाँद्वारा अब हामीलाई परमेश्वरसँग मिलाप प्राप्त भएको छ।"},{"id":12,"text":"एक जना मानिसद्वारा संसारमा पाप आयो, र पापबाट मृत्यु। यसरी सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्यु फैलियो।"},{"id":13,"text":"व्यवस्था दिइन अघि पनि संसारमा पाप थियो, तर जहाँ व्यवस्था छैन, त्यहाँ पापको लेखा पनि हुँदैन। "},{"id":14,"text":"आदमदेखि लिएर मोशासम्मका मानिसहरूमाथि मृत्युले राज्य गर्यो, तिनीहरूमाथि पनि जसले आदमले गरेजस्तो अपराध गरेका थिएनन्। ती आदमचाहिँ आउनुहुनेको प्रतिरूप थिए।"},{"id":15,"text":"सित्तैँको वरदान र त्यस अपराधमा केही समानता छैन। किनकि एक जना मानिसको अपराधले गर्दा धेरै मरे भनेता झन् बढ़ी परमेश्वरको अनुग्रह र एक जना मानिसको, अर्थात् येशू ख्रीष्टद्वारा आएको सित्तैँको वरदान धेरैका निम्ति प्रशस्त भयो। "},{"id":16,"text":"सित्तैँको वरदानचाहिँ त्यस एक जना मानिसको पापको नतीजाजस्तै होइन। किनकि एउटा अपराधको इन्साफले दण्डको आज्ञा ल्यायो, तर धेरै अपराधका पछि आउने सित्तैँको वरदानले निर्दोषीकरण ल्याउँछ। "},{"id":17,"text":"यदि एउटै मानिसको अपराधले गर्दा त्यस मानिसद्वारा मृत्युले राज्य गर्यो भनेता झन् बढ़ी प्रशस्त अनुग्रह र धार्मिकताका सित्तैँको वरदान पाउनेहरूले एउटै मानिस येशू ख्रीष्टद्वारा जीवनमा राज्य गर्नेछन्।"},{"id":18,"text":"यसैले जसरी एउटै मानिसको अपराधले सबै मानिसहरू दण्डका भागीदार बने, त्यसरी नै एउटै मानिसको धार्मिकताको कामले सबै मानिसका निम्ति धर्मी ठहराएर जीवन ल्याउँछ। "},{"id":19,"text":"किनकि जसरी एउटै मानिसको अनाज्ञाकारिताले धेरै जना पापी बनाइए, त्यसै गरी एकै जनाको आज्ञाकारिताद्वारा धेरै जना धार्मिक बनाइनेछन्।"},{"id":20,"text":"व्यवस्था आयो र अपराधको वृद्धि भयो, तर जहाँ पाप बढ़्यो अनुग्रह झन् बढ़ी मात्रामा बढ़्यो, "},{"id":21,"text":"यस हेतुले कि जसरी पापले मृत्युमा राज्य गर्यो, त्यसै गरी येशू ख्रीष्ट हाम्रा प्रभुद्वारा अनुग्रहले धर्मी ठहराएर अनन्त जीवनसम्म राज्य गरोस्।"}]},{"id":6,"title":"रोमी 6","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ROM/6-e0f61a14932d8be3788bbee9b7f4a6e5.mp3?version_id=1483","verses":[{"id":1,"text":"अब हामी के भनौं? के अनुग्रह प्रशस्त मात्रामा होस् भनेर हामी पापमा लागिरहौं त? "},{"id":2,"text":"त्यसो नहोस्! हामी जो पापको लेखि मर्यौं, त कसरी हामी अझै त्यसैमा जिउनु? "},{"id":3,"text":"के तिमीहरू जान्दैनौ हामी सबै, जतिले ख्रीष्ट येशूमा बप्तिस्मा लियौं, उहाँकै मृत्युमा बप्तिस्मा लिएका थियौं? "},{"id":4,"text":"यसकारण बप्तिस्माद्वारा हामी मृत्युमा उहाँसँगै गाडियौं, ताकि जसरी पिताको महिमाद्वारा ख्रीष्ट मरेकाहरूबाट जीवित पारिनुभयो, त्यसरी हामी पनि नयाँ जीवनको मार्गमा हिँड़ौं।"},{"id":5,"text":"यदि उहाँको मृत्युमा हामी उहाँसँग एउटै भएका छौं भने, उहाँको पुनरुत्थानमा पनि निश्चय नै हामी उहाँसँगै एक हुनेछौं। "},{"id":6,"text":"हामी जान्दछौं कि हाम्रो पुरानो मनुष्यत्व उहाँसँग क्रूसमा टाँगियो, ताकि हाम्रो पापमय शरीर नाश होस्, र अब उसो हामी पापका कमारा नहोऔं। "},{"id":7,"text":"किनभने जो मरेको छ त्यो पापबाट मुक्त भएको छ।"},{"id":8,"text":"तर यदि हामी ख्रीष्टसँग मरेका छौं भनेता उहाँसँग जिउने पनि छौं भन्ने विश्वास गर्दछौं। "},{"id":9,"text":"हामी जान्दछौं कि ख्रीष्ट मरेकाहरूबाट जीवित भएर फेरि मर्नुहुनेछैन। अब उसो उहाँमाथि मृत्युको राज्य हुँदैन। "},{"id":10,"text":"जुन मृत्युमा उहाँ मर्नुभयो त्यो पापको लेखि सधैँको लागि एकै पल्ट मर्नुभयो। तर जुन जीवनमा उहाँ जिउनुहुन्छ, त्यो परमेश्वरको निम्ति जिउनुहुन्छ।"},{"id":11,"text":"यसै गरी तिमीहरूले पनि आफू-आफूलाई पापको लेखि मरेका, तर ख्रीष्ट येशूमा परमेश्वरको लागि जीवित भएका ठान्नुपर्छ। "},{"id":12,"text":"यसकारण शरीरका अभिलाषाअनुसार चल्नु नपरोस् भनी तिमीहरूका मरणशील शरीरमा पापलाई राज्य गर्न नदेओ। "},{"id":13,"text":"आफ्ना शरीरका अङ्गहरू दुष्टताका साधनको रूपमा पाप गर्नलाई समर्पण नगर। तर मृत्युबाट जीवनमा ल्याइएका मानिसहरूजस्तै आफैलाई परमेश्वरकहाँ दिइहाल, र शरीरका अङ्गहरूलाई धार्मिकताका साधनजस्तै परमेश्वरकहाँ समर्पण गर। "},{"id":14,"text":"किनकि पापले तिमीहरूमाथि राज्य गर्नेछैन, किनकि तिमीहरू व्यवस्थाको अधीनमा छैनौ, तर अनुग्रहको अधीनमा छौ।"},{"id":15,"text":"अब के त? के हामी व्यवस्थाको अधीनमा छैनौं, तर अनुग्रहको अधीनमा छौं भनेर पाप गर्ने त? कदापि होइन। "},{"id":16,"text":"के तिमीहरू जान्दैनौ, आज्ञाकारी कमाराको रूपमा आफैलाई जसकहाँ समर्पण गर्छौ, जसको आज्ञा तिमी पालन गर्छौ, त्यसको कमारा पनि हुन्छौ? कि त मृत्युतिर लाने पापको कमारा अथवा धार्मिकतातिर लाने आज्ञाकारिताको? "},{"id":17,"text":"तर परमेश्वरलाई धन्यवाद होस्, कि तिमीहरू, जो एक पल्ट पापका कमारा थियौ अब जुन शिक्षाको नमूनामा तिमीहरू सुम्पिएका थियौ, त्यो हृदयले पालन गर्ने भएका छौ। "},{"id":18,"text":"तिमीहरू पापबाट मुक्त गराइएर धार्मिकताका कमारा बनेका छौ।"},{"id":19,"text":"तिमीहरूमा रहेको मानवीय कमजोरीको कारणले म तिमीहरूले बुझ्न सकिने भाषामा बोलिरहेको छु। किनकि जसरी तिमीहरूले एक पल्ट आफ्ना अङ्गहरूलाई अशुद्धता र झन्-झन् बढ़ी अपराधका निम्ति समर्पण गर्यौ, अब त्यसरी नै पवित्रकरणको निम्ति आफ्ना अङ्गहरूलाई धार्मिकताको निम्ति समर्पण गर। "},{"id":20,"text":"तिमीहरू पापका कमारा भएको बेलामा चाहिँ धार्मिकताको लेखि स्वतन्त्र थियौ। "},{"id":21,"text":"अब जुन कुराहरूमा तिमीहरू अहिले शर्माउँछौ, सो कुराहरूबाट तिमीहरूले के प्रतिफल पायौ? ती कुराहरूको अन्त्यचाहिँ मृत्यु हो। "},{"id":22,"text":"तर अब तिमीहरू पापबाट मुक्त भई परमेश्वरका कमारा भएका छौ, अनि तिमीहरूले पाउने प्रतिफलचाहिँ पवित्रकरण हो, र त्यसको अन्त्यचाहिँ, अनन्त जीवन। "},{"id":23,"text":"किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैँको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो।"}]},{"id":7,"title":"रोमी 7","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ROM/7-b8b6b9f24f4cbba8bd75aaf80f5f1339.mp3?version_id=1483","verses":[{"id":1,"text":"भाइ हो, के तिमीहरू जान्दैनौ— म व्यवस्था जान्नेहरूसँग बोलिरहेछु— कि मानिसको जीवनकालसम्म मात्र व्यवस्था लागू रहन्छ। "},{"id":2,"text":"उदाहरणको लागि, एउटी विवाहिता स्त्री तिनको पति बाँचुञ्जेल आफ्नो पतिसँग कानूनले बाँधिएकी हुन्छिन्, तर यदि तिनको पति मर्यो भने पति सम्बन्धको कानूनबाट तिनी मुक्त हुन्छे। "},{"id":3,"text":"यसै गरी पति जीवित छँदै तिनी अर्को पुरुषसँग बस्न गई भने तिनी व्यभिचारिणी कहलाइन्छिन्। तर पति मर्यो भने तिनी त्यस कानूनबाट मुक्त हुन्छिन्, र अर्को पुरुषसँग विवाह गरी भने पनि तिनी व्यभिचारिणी हुँदिनन्।"},{"id":4,"text":"यसरी मेरा भाइ हो, तिमीहरू पनि ख्रीष्टको शरीरद्वारा व्यवस्थाको लेखि मरेका छौ, ताकि तिमीहरू अर्को मानिस, अर्थात् मृत्युबाट जीवित हुनुभएका ख्रीष्टसँग एक होओ, र हामी परमेश्वरको निम्ति फल फलाऔं। "},{"id":5,"text":"जब हामी पापमय स्वभावमा जीवन बिताइरहेका थियौं, तब मृत्युको फल फलाउनलाई व्यवस्थाले उत्तेजित गराइएका हाम्रा पापमय कुअभिलाषाहरूले हाम्रा अङ्गहरूमा काम गर्दथे। "},{"id":6,"text":"हामीलाई बन्धनमा राख्ने व्यवस्थाको लेखि मरेर हामी अब त्यसदेखि मुक्त भएका छौं, र हामी पुरानो लिखित विधानको अधीनमा होइन, तर पवित्र आत्माको नयाँ जीवनमा सेवा गर्दछौं।"},{"id":7,"text":"हामीले के भन्ने त? व्यवस्था पाप हो? कदापि होइन! यदि व्यवस्था नभए मैले पाप थाहा पाउनेथिइनँ, किनकि “तैंले लोभ नगर्” भनी व्यवस्थाले नभनेको भए लोभ गर्नु के हो सो थाहा पाउनेथिइनँ।"},{"id":8,"text":"तर पापले आज्ञामा मौका पाएर ममा सबै किसिमका लोभ उत्पन्न गरायो। व्यवस्थाविना त पाप मुर्दातुल्य हो। "},{"id":9,"text":"व्यवस्थाविना रहँदा एक पल्ट म जीवित थिएँ, तर आज्ञा आएपछि पाप जागिउठ्यो, र मचाहिँ मरें। "},{"id":10,"text":"जीवनको प्रतिज्ञा दिने त्यही आज्ञाले मेरो निम्ति मृत्यु ल्यायो। "},{"id":11,"text":"किनकि पापले आज्ञाद्वारा मौका पाएर मलाई छल्यो, र त्यसैद्वारा मलाई मार्यो।"},{"id":12,"text":"व्यवस्था पवित्र छ, र आज्ञा पवित्र, न्यायसङ्गत र असल छ।"},{"id":13,"text":"त के जो असल छ, त्यसले मेरो निम्ति मृत्यु ल्यायो त? कदापि होइन! तर पापचाहिँ पापैको रूपमा देखिओस् भनेर असल कुराद्वारा पापले ममा मृत्यु उत्पन्न गराइरहेछ, ताकि आज्ञाद्वारा पाप सम्पूर्ण रूपले पापमय बनोस्।"},{"id":14,"text":"किनकि हामी जान्दछौं कि व्यवस्था आत्मिक हो, तर मचाहिँ शारीरिक छु, र पापैमा बेचिएको छु। "},{"id":15,"text":"म के गर्दछु, त्यो बुझ्दिनँ। किनकि म जे चाहन्छु, त्यो गर्दिनँ। तर त्यही गर्दछु, जो म घृणा गर्दछु।"},{"id":16,"text":"गर्न नचाहेको म गर्दछु भने, व्यवस्था असल छ भनी म सहमत हुन्छु। "},{"id":17,"text":"यसैले अब त्यो गर्ने म होइनँ, तर ममा वास गर्ने पाप हो। "},{"id":18,"text":"किनकि मलाई थाहा छ, कि ममा, अर्थात् मेरो पापमय स्वभावमा केही असल कुराले वास गर्दैन। जे असल छ, त्यो गर्ने इच्छा ममा छ, तर म त्यो पूरा गर्न सक्दिनँ। "},{"id":19,"text":"किनभने असल काम जो म गर्न चाहन्छु, त्यो म गर्दिनँ, तर दुष्ट काम, जो म गर्न चाहन्नँ, त्यही म गर्ने गर्छु। "},{"id":20,"text":"अब म जो इच्छा गर्दिनँ, त्यही गर्छु भने त्यो गर्ने म होइनँ, तर मभित्र वास गर्ने पाप हो।"},{"id":21,"text":"यसरी एउटा नियमले काम गरेको म पाउँछु। जब म भलो गर्न चाहन्छु, तब दुष्टतालाई मेरो नजिकै उपस्थित पाउँछु। "},{"id":22,"text":"किनकि म मेरो अन्तस्करणमा परमेश्वरको व्यवस्थामा आनन्दित हुन्छु, "},{"id":23,"text":"तर मेरा अङ्गहरूमा अर्को नियमले मेरो मनमा रहेको नियमसँग युद्ध गर्दछु, र मेरा अङ्गहरूमा वास गर्ने पापको नियमले मलाई बन्धनमा पार्दछ। "},{"id":24,"text":"हाय, म कस्तो दुःखी मानिस! यस मृत्युको शरीरबाट मलाई कसले छुटाउला? "},{"id":25,"text":"येशू ख्रीष्ट हाम्रा प्रभुद्वारा नै— परमेश्वरलाई धन्यवाद होस्।त्यसैले म स्वयम् आफ्नो मनले त परमेश्वरका व्यवस्थाको सेवा गर्दछु, तर मेरो पापमय स्वभावद्वारा चाहिँ म पापका व्यवस्थाको सेवा गर्दछु।"}]},{"id":8,"title":"रोमी 8","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ROM/8-ab2fb37b78cf23216355ecb4539b5e36.mp3?version_id=1483","verses":[{"id":1,"text":"यसकारण अब ख्रीष्ट येशूमा भएकाहरूलाई दण्डको आज्ञा छैन। "},{"id":2,"text":"पाप र मृत्युको व्यवस्थाबाट मलाई जीवनका आत्माको व्यवस्थाले ख्रीष्ट येशूमा मुक्त पारेको छ। "},{"id":3,"text":"पापमय स्वभावले दुर्बल पारिएको हुनाले व्यवस्थाले जे गर्न सकेन परमेश्वरले गर्नुभयो, अर्थात् उहाँले आफ्ना पुत्रलाई पापमय शरीरको स्वरूपमा पापबलिझैँ पठाउनुभयो। यसरी उहाँले पापलाई शरीरमा नै दण्ड दिनुभयो, "},{"id":4,"text":"यस हेतुले कि व्यवस्थाको उचित आवश्यकता हामीमा पूर्ण होस्, हामी जो पापमय स्वभावअनुसार होइन, तर पवित्र आत्माअनुसार चल्दछौं।"},{"id":5,"text":"किनभने पापमय स्वभावअनुसार चल्नेहरूले शरीरका कुरामा मन लगाउँछन्, तर आत्माअनुसार चल्नेहरूले आत्माका कुरामा मन लगाउँछन्। "},{"id":6,"text":"किनभने, पापमय स्वभावमा मन लगाउनुचाहिँ मृत्यु हो, तर पवित्र आत्मामा मन लगाउनु जीवन र शान्ति हो। "},{"id":7,"text":"किनभने पापमय शरीरतिर लागेको मनचाहिँ परमेश्वरप्रति शत्रुता हो। परमेश्वरका व्यवस्थाको अधीनमा त्यो हुँदैन, न त त्यो कहिल्यै हुन सक्छ। "},{"id":8,"text":"पापमय स्वभावको वशमा हुनेहरूले परमेश्वरलाई प्रसन्न पार्न सक्दैनन्।"},{"id":9,"text":"यदि साँच्चै परमेश्वरका आत्मा तिमीहरूमा वास गर्नुहुन्छ भने, तिमीहरू पापमय स्वभावमा होइन, तर पवित्र आत्मामा हुन्छौ। तर कुनै मानिसमा ख्रीष्टका आत्मा हुनुहुन्न भनेता त्यो उहाँको हुँदैहोइन। "},{"id":10,"text":"यदि ख्रीष्ट तिमीहरूमा हुनुहुन्छ भने, पापको कारणले तिमीहरूका शरीर मरेका भए तापनि तिमीहरूका आत्मा धार्मिकताको कारणले जिउँदा हुन्छन्। "},{"id":11,"text":"तर यदि येशूलाई मरेकाबाट जीवित पार्नुहुनेका आत्मा तिमीहरूमा वास गर्नुहुन्छ भने, ख्रीष्ट येशूलाई मरेकाबाट जीवित पार्नुहुनेले नै तिमीहरूमा वास गर्नुहुने उहाँका आत्माद्वारा तिमीहरूका मरणशील शरीरलाई पनि जीवन दिनुहुनेछ।"},{"id":12,"text":"यसैले त भाइ हो, पापमय स्वभावअनुसार जिउनलाई हामी पापमय स्वभावप्रति बाध्य छैनौं। "},{"id":13,"text":"किनकि पापमय स्वभावअनुसार जिउँछौ भने, तिमीहरू मर्छौ, तर यदि पवित्र आत्माद्वारा शरीरका कार्यहरू तिमीहरूले निर्मूल पार्यौ भने, तिमीहरू जिउनेछौ। "},{"id":14,"text":"किनभने सबै, जो परमेश्वरका आत्माले डोर्याइएका हुन्छन्, तिनीहरू नै परमेश्वरका सन्तान हुन्। "},{"id":15,"text":"किनभने फेरि डरमा पर्नलाई दासत्वको आत्मा तिमीहरूले पाएका छैनौ, तर तिमीहरूले धर्मपुत्र हुने आत्मा पाएका छौ। यसैले जब हामी परमेश्वरलाई “अब्बा, पिता” भनी पुकार्छौं,"},{"id":16,"text":"त्योचाहिँ हामी परमेश्वरका सन्तान हौं भनी पवित्र आत्माले हाम्रो आत्मासँग गवाही दिनुभएको हो। "},{"id":17,"text":"र सन्तान हौं भनेता उत्तराधिकारी पनि हौं, परमेश्वरका उत्तराधिकारी र ख्रीष्टसँग साझे-उत्तराधिकारी। उहाँसँग दुःख भोग्छौं भनेता हामी उहाँसँगै महिमित पनि हुनेछौं।"},{"id":18,"text":"म विचार गर्दछु, कि हामीमा जुन महिमा प्रकट गरिनेछ, त्यससँग वर्तमान समयका कष्टहरू तुलना गर्न योग्य छैनन्। "},{"id":19,"text":"सृष्टि बड़ो उत्कण्ठाले परमेश्वरका पुत्रहरू प्रकट हुने कुराको प्रतीक्षा गर्छ। "},{"id":20,"text":"सृष्टि व्यर्थताको वशमा पारियो, त्यसको आफ्नै इच्छाले होइन, तर उहाँको इच्छाले, जसले त्यसलाई वशमा पार्नुभयो, यसै आशामा,"},{"id":21,"text":"कि सृष्टि त्यसको आफ्नै विनाशको बन्धनबाट मुक्त गराइनेछ, र त्यसले पनि परमेश्वरका सन्तानको महिमित स्वतन्त्रता प्राप्त गर्नेछ।"},{"id":22,"text":"हामी जान्दछौं, सारा सृष्टि अहिलेसम्म एकसाथ प्रसववेदनाको आर्तनाद गरिरहेछ। "},{"id":23,"text":"सृष्टि मात्र होइन, तर हामी आफै पनि, जसमा पवित्र आत्माको पहिलो फल छ, सन्तानको रूपमा ग्रहण गरिनलाई, अर्थात् हाम्रो देहको उद्धारको निम्ति प्रतीक्षा गरेर हामी आफै पनि भित्र-भित्रै आर्तनाद गर्दछौं।"},{"id":24,"text":"किनकि यही आशामा हामीले मुक्ति पाएका थियौं। अब देखिनेचाहिँ आशा त आशा नै होइन। किनकि देखेका कुराको आशा कसले गर्छ र? "},{"id":25,"text":"तर यदि हामी आफूले नदेखेका कुराको आशा गर्छौं भने, धैर्यसाथ हामी त्यसको प्रतीक्षा गर्छौं।"},{"id":26,"text":"त्यसै गरी पवित्र आत्माले पनि हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ। कसरी प्रार्थना गर्नुपर्ने हो हामी जान्दैनौं, तर शब्दहरूमा व्यक्त गर्न नसकिने सुस्केरामा पवित्र आत्माले हाम्रा निम्ति मध्यस्थता गर्नुहुन्छ। "},{"id":27,"text":"र मानिसहरूका हृदयको खोजी गर्नुहुनेले पवित्र आत्माको विचार के हो सो जान्नुहुन्छ, किनकि परमेश्वरको इच्छाअनुसार पवित्र आत्माले सन्तहरूका निम्ति मध्यस्थता गर्नुहुन्छ।"},{"id":28,"text":"हामी जान्दछौं, उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्रायअनुसार बोलाइएकाहरूका निम्ति हरेक कुरामा परमेश्वरले भलाइ नै गर्नुहुन्छ। "},{"id":29,"text":"जस-जसलाई उहाँले पहिलेबाटै चिन्नुभएको छ, उहाँले तिनीहरूलाई आफ्ना पुत्रको रूपसमान बनाउनलाई, धेरै भाइहरूमध्ये उहाँचाहिँ ज्येष्ठ होऊन् भनेर, अघिबाटै नियुक्त गर्नुभयो। "},{"id":30,"text":"जस-जसलाई उहाँले अघिबाटै नियुक्त गर्नुभयो, तिनीहरूलाई उहाँले बोलाउनु पनि भयो, र जस-जसलाई उहाँले बोलाउनुभयो, तिनीहरूलाई उहाँले धर्मी पनि ठहराउनुभयो, र जस-जसलाई धर्मी ठहराउनुभयो तिनीहरूलाई उहाँले महिमित पनि पार्नुभयो।"},{"id":31,"text":"हामीले यसमा के भन्ने त? यदि परमेश्वर हामीतर्फ हुनुहुन्छ भने, हाम्रो विरुद्ध को हुन्छ? "},{"id":32,"text":"जसले आफ्नै निज पुत्रलाई बाँकी राख्नुभएन, तर हामी सबैका निम्ति उहाँलाई दिनुभयो, के उहाँले हामीलाई सबै थोक पनि उहाँकै साथमा दिनुहुनेछैन र? "},{"id":33,"text":"परमेश्वरका चुनिएकाहरूका विरुद्धमा कसले अभियोग लाउनेछ? धर्मी ठहराउने परमेश्वर नै हुनुहुन्छ भने, "},{"id":34,"text":"दण्डको आज्ञा दिने को हो? मर्ने त ख्रीष्ट येशू, हुनुहुन्छ, जो मरेकाहरूबाट जीवित पारिनुभयो, र परमेश्वरको दाहिने बाहुलीतर्फ हुनुहुन्छ, र हाम्रा निम्ति मध्यस्थ पनि गर्नुहुन्छ। "},{"id":35,"text":"कसले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्ने? के सङ्कष्टले, अथवा दुःखले, वा खेदोले, वा अनिकालले, वा नग्नताले, अथवा खतराले वा तरवारले? "},{"id":36,"text":"यस्तो लेखिएको छ,\n“तपाईंको खातिर हामी दिनभरि मारिन्छौं,\nकाटिने भेड़ाहरूजस्तै हामीहरू गनिएका छौं।”"},{"id":37,"text":"होइन, यी सबै कुरामा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरूभन्दा पनि अझ बढ़ी छौं। "},{"id":38,"text":"किनकि म यो पक्का गरी जान्दछु, कि मृत्युले वा जीवनले, स्वर्गदूतहरूले वा प्रधानताहरूले, वर्तमानका कुराहरूले वा पछि हुने कुराहरूले, वा शक्तिहरूले, "},{"id":39,"text":"उचाइले वा गहिराइले, वा सारा सृष्टिमा भएका कुनै पनि कुराले, ख्रीष्ट येशू हाम्रा प्रभुमा भएका परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्नेछैन।"}]},{"id":9,"title":"रोमी 9","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ROM/9-84249e3675a497770c044436cd35f963.mp3?version_id=1483","verses":[{"id":1,"text":"म ख्रीष्टमा साँचो बोलिरहेछु, मैले ढाँटेको छैनँ। मेरो विवेकले पवित्र आत्मामा मलाई गवाही दिन्छ। "},{"id":2,"text":"मेरो हृदयमा असाध्य शोक र मनमा अटूट वेदना छ। "},{"id":3,"text":"म त यहाँसम्म पनि चाहन सक्थें कि मेरा भाइहरू र मेरा जातिको नाताले मेरा कुटुम्बहरूका खातिर म नै श्रापित होऊँ, र ख्रीष्टबाट परित्यक्त होऊँ! "},{"id":4,"text":"तिनीहरू इस्राएलीहरू हुन्, अनि पुत्र हुने अधिकार, महिमाको दर्शन, करार, व्यवस्थाको प्रदान, मन्दिरको आराधना र प्रतिज्ञाहरू तिनीहरूका आफ्नै हुन्।"},{"id":5,"text":"पूर्वजहरू तिनीहरूका नै हुन्, र ख्रीष्ट पनि शरीरअनुसार तिनीहरूकै वंशका हुनुहुन्छ, सर्वोच्च परमेश्वर, जसको युगानयुग स्तुति होस्। आमेन।"},{"id":6,"text":"तर परमेश्वरको वचन विफल भएको होइन। किनकि इस्राएलबाट जन्मेका सबै इस्राएल होइनन्, "},{"id":7,"text":"न त अब्राहामका सन्तान हुँदैमा सबै तिनका छोरा-छोरी हुन्। तर धर्मशास्त्रमा भनेअनुसार, “इसहाकबाट नै तिनीहरूको सन्तान गनिनेछ।”"},{"id":8,"text":"यसको अर्थ, शरीरबाट जन्मेकाहरू परमेश्वरका सन्तान होइनन्, तर करारबाट उत्पन्न भएकाहरू नै अब्राहामका सन्तान हुन्। "},{"id":9,"text":"त्यस प्रतिज्ञाले यसो भन्दछ, “तोकिएको समयमा म फर्केर आउनेछु, र साराको एउटा छोरो हुनेछ।”"},{"id":10,"text":"त्यसो मात्र होइन, जब रिबेकाले एउटै पुरुष हाम्रा पुर्खा इसहाकबाट गर्भधारण गरिन्, "},{"id":11,"text":"र जुम्ल्याहा बालकहरू जन्मनु अघिबाटै, तिनीहरूले कुनै असल वा खराब गर्न अघि नै, कर्मले होइन तर उहाँको बोलावटअनुसार परमेश्वरका चुनाउको उद्देश्य ठहरिओस् भनेर "},{"id":12,"text":"रिबेकालाई यसै भनिएको थियो, “जेठोले कान्छाको सेवा गर्नेछ।”"},{"id":13,"text":"जसो लेखिएको छ, “याकूबलाई मैले प्रेम गरें, तर एसावलाई तुच्छ ठानें।”"},{"id":14,"text":"अब हामी के भनौं? के परमेश्वरमा अन्याय छ त? कदापि होइन! "},{"id":15,"text":"उहाँ मोशालाई भन्नुहुन्छ, “जसमाथि म कृपा गर्न चाहन्छु, त्यसलाई म कृपा गर्नेछु, र जसलाई म टिठ्याउन चाहन्छु, त्यसलाई म टिठाउनेछु।”"},{"id":16,"text":"यसकारण मानिसको इच्छा वा प्रयासमाथि यो निर्भर गर्दैन, तर परमेश्वरको कृपामाथि निर्भर गर्दछ। "},{"id":17,"text":"कि धर्मशास्त्रले फारोलाई भन्छ, “म मेरो शक्ति तँमा देखाऊँ, र सारा पृथ्वीमा मेरो नाउँको घोषणा गरिओस् भन्ने अभिप्रायले मैले तँलाई खड़ा गरें।”"},{"id":18,"text":"यसकारण उहाँले इच्छा गर्नुभएकाहरूलाई उहाँले कृपा गर्नुहुन्छ, र उहाँले इच्छा गर्नुभएकाहरूको हृदयलाई उहाँले कठोर पार्नुहुन्छ।"},{"id":19,"text":"तब तिमी मलाई भन्नेछौ, “परमेश्वरले अझै किन दोष लगाउनुहुन्छ? किनकि उहाँको इच्छालाई कसले विरोध गर्न सक्छ?” "},{"id":20,"text":"तर मानिस भएर परमेश्वरलाई जवाफ लाग्ने तिमी को हौ? के ढालेर बनाएको वस्तुले आफूलाई बनाउनेलाई “मलाई किन यस्तो बनाएको?” भन्छ र?"},{"id":21,"text":"के एउटै माटोको ढिकाबाट एउटा आदरको भाँड़ो, र अर्कोचाहिँ तुच्छ कामको लागि बनाउने माटोमाथि कुमालेको अधिकार छैन र?"},{"id":22,"text":"यदि परमेश्वरले आफ्नो क्रोध प्रकट गर्न र आफ्नो शक्ति प्रदर्शन गर्नलाई विनाशको लागि तयार पारिएको क्रोधका पात्रहरूलाई अत्यन्त धैर्यसाथ सहनुभएको छ भने, के भयो त? "},{"id":23,"text":"यदि महिमाको निम्ति अघिबाटै तयार पार्नुभएको उहाँका कृपा-पात्रहरूलाई आफ्नो महिमाको सम्पत्ति प्रकट गर्नलाई उहाँले यसो गर्नुभयो— "},{"id":24,"text":"अर्थात् हामी, जसलाई यहूदीहरूबाट मात्र होइन, तर अन्यजातिहरूबाट पनि उहाँले बोलाउनुभएको छ भने, के भयो त? "},{"id":25,"text":"जस्तो होशेको पुस्तकमा पनि उहाँ भन्नुहुन्छ,\n“जुनहरू मेरा मानिसहरू थिएनन्,\nतिनीहरूलाई म ‘मेरा प्रजा’ तुल्याउनेछु।\nर जसलाई मैले प्रेम गरेको थिइनँ,\nत्यसलाई म ‘मेरो प्रिय’ भन्नेछु।”"},{"id":26,"text":"“अनि जहाँ ‘तिमीहरू मेरा प्रजा होइनौ।’\nभनी तिनीहरूलाई भनिएको थियो,\nत्यहीँ तिनीहरू ‘जीवित परमेश्वरका सन्तान’ कहलाइनेछन्।”"},{"id":27,"text":"इस्राएलको बारेमा यशैया घोषणा गर्छन्,\n“इस्राएलका सन्तानको संख्या समुद्रको बालुवा जत्तिकै भए पनि,\nबाँकी रहेकाहरूको मात्र उद्धार हुनेछ।"},{"id":28,"text":"किनकि प्रभुले पृथ्वीमा उहाँका दण्डको आज्ञा दृढ़ता र शीघ्रतासाथ पूर्ण गर्नुहुनेछ।”"},{"id":29,"text":"यशैयाले यो भविष्यवाणी गरेका छन्,\n“सेनाहरूका परमप्रभुले हाम्रा निम्ति\nसन्तान नछोड्नुभएको भए\nहामी सदोमजस्तै हुनेथियौं,\nर गमोरासमान बन्नेथियौं।”"},{"id":30,"text":"अब हामी के भनौं? धार्मिकताको पछि नलाग्ने अन्यजातिहरूले धार्मिकता प्राप्त गरेका छन्, अर्थात् विश्वासद्वारा पाइने धार्मिकता। "},{"id":31,"text":"तर व्यवस्थामाथि आधारित भएको धार्मिकताको पछि लाग्ने त्यस इस्राएलले त्यो व्यवस्था पूरा गर्न सकेन। "},{"id":32,"text":"किन सकेन? किनकि धार्मिकता कर्महरूमाथि आधारित छ भन्ठानेर तिनीहरूले विश्वासद्वारा धार्मिकता खोजेनन्। तिनीहरू ठेस लाग्ने ढुङ्गामा ठक्कर खाएर लड़ेका छन्। "},{"id":33,"text":"जस्तो लेखिएको छ,\n“हेर, म सियोनमा एउटा ढुङ्गा राख्तछु,\nजसमा मानिसहरूलाई ठेस लाग्छ,\nएउटा चट्टान, जसले तिनीहरूलाई लड़ाउँछ,\nतर उहाँमा भरोसा राख्ने कोही शर्ममा पारिनेछैन।”"}]},{"id":10,"title":"रोमी 10","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ROM/10-5e5c5844c9523f087a5ac542ee57dba7.mp3?version_id=1483","verses":[{"id":1,"text":"भाइ हो, मेरो आफ्नो हृदयको इच्छा र तिनीहरूका निम्ति परमेश्वरमा मेरो प्रार्थना यही छ, कि तिनीहरूले उद्धार पाऊन्। "},{"id":2,"text":"म यो गवाही दिन्छु कि परमेश्वरप्रति तिनीहरूको जोश त छ, तर यो जोश ज्ञानअनुसार छैन। "},{"id":3,"text":"किनभने परमेश्वरबाट आउने धार्मिकताको विषयमा नजानेर तिनीहरूको आफ्नै धार्मिकता स्थापित गर्न खोज्दा तिनीहरू परमेश्वरका धार्मिकताको अधीनमा रहेनन्। "},{"id":4,"text":"किनभने विश्वास गर्ने धर्मी ठहरिओस् भनेर ख्रीष्ट नै व्यवस्थाको अन्त्य हुनुहुन्छ।"},{"id":5,"text":"मोशा लेख्छन्, “व्यवस्थामा आधारित भएको धार्मिकता पालन गर्ने मानिस त्यसैबाट जिउनेछ।”"},{"id":6,"text":"तर विश्वासमाथि आधारित भएको धार्मिकताले यसो भन्छ, “मन-मनमा यसो नभन, ‘स्वर्गमा को उक्लने’?” (अर्थात् ख्रीष्टलाई तल ल्याउनलाई),"},{"id":7,"text":"वा आफ्नो मनमा यसो पनि नभन, “पातालमा को ओर्लने?” (अर्थात् मरेकाहरूबाट ख्रीष्टलाई माथि ल्याउनलाई)। "},{"id":8,"text":"तर यसले के भन्छ? “वचन तिम्रो नजिकै छ, तिम्रो मुखैमा र तिम्रो हृदयमा,” अर्थात् विश्वासको वचन, जो हामी प्रचार गर्दछौं। "},{"id":9,"text":"किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्यौ, र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्वास गर्यौ भने तिम्रो उद्धार हुनेछ। "},{"id":10,"text":"किनकि मानिसले आफ्नो हृदयले विश्वास गर्छ र ऊ निर्दोष ठहरिन्छ, अनि उसले आफ्नो मुखले स्वीकार गर्छ र उद्धार पाउँछ। "},{"id":11,"text":"धर्मशास्त्र भन्छ, “उहाँमाथि भरोसा राख्ने कोही लाजमा पर्नेछैन।”"},{"id":12,"text":"किनकि यहूदी र अन्यजातिमा केही भेद छैन। उहाँ एउटै प्रभु सबैका प्रभु हुनुहुन्छ, र उहाँलाई पुकार्नेहरू सबैलाई आफ्नो प्रशस्त आशिष् दिनुहुन्छ। "},{"id":13,"text":"किनकि “प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ।”"},{"id":14,"text":"तर जसलाई विश्वास गरेकै छैनन् उहाँलाई मानिसहरूले कसरी पुकार्ने? जसको विषयमा सुनेकै छैनन् उहाँमाथि तिनीहरूले कसरी विश्वास गर्ने? र प्रचारकविना तिनीहरूले कसरी सुन्ने? "},{"id":15,"text":"र कसैले नपठाईकन मानिसहरूले कसरी प्रचार गर्ने? जस्तो लेखिएको छ, “सुसमाचार प्रचार गर्नेहरूका पाउ कति सुन्दर!”"},{"id":16,"text":"तर तिनीहरू सबैले सुसमाचार पालन गरेका छैनन्, किनकि यशैया भन्छन्, “हे प्रभु, हामीबाट सुनेको कुरा कसले विश्वास गरेको छ?”"},{"id":17,"text":"जे सुनिएको छ, त्यसैबाट विश्वास आउँछ र जे सुनिन्छ त्यो ख्रीष्टको प्रचारबाट आउँछ। "},{"id":18,"text":"तर म सोध्दछु, “के तिनीहरूले सुनेका छैनन्?” निश्चय नै तिनीहरूले सुनेका छन्, किनकि\n“तिनीहरूको आवाज सारा पृथ्वीभरि पुगेको छ,\nर तिनीहरूका वचन संसारको पल्लो छेउसम्म पुगेका छन्।”"},{"id":19,"text":"म फेरि सोध्छु, “के इस्राएलले बुझेन?” सर्वप्रथम मोशाले भन्छन्,\n“जो एक जाति नै होइन,\nम तिमीहरूलाई तिनीहरूप्रति डाही तुल्याउनेछु,\nएउटा मूर्ख जातिद्वारा\nम तिमीहरूलाई क्रुद्ध तुल्याउनेछु।”"},{"id":20,"text":"तब यशैयाले साहसपूर्वक भन्दछन्,\n“मलाई नखोज्नेहरूले मलाई भेट्टाएका छन्,\nजसले मेरो खोजी गरेनन् तिनीहरूका माझमा मैले आफैलाई प्रकट गरेकोछु।”"},{"id":21,"text":"तर इस्राएलको विषयमा तिनी भन्छन्,\n“दिनभरि नै अटेरी र विरोधी मानिसहरूप्रति\nमैले मेरो हात पसारेको छु।”"}]},{"id":11,"title":"रोमी 11","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ROM/11-a150980f2c21b7238d933784130cca7a.mp3?version_id=1483","verses":[{"id":1,"text":"यसकारण म सोध्दछु, “के परमेश्वरले आफ्ना मानिसलाई परित्याग गर्नुभएको छ त?” कदापि होइन! किनकि म पनि त अब्राहामको सन्तान, बेन्यामीनका कुलको एक इस्राएली हुँ।"},{"id":2,"text":"परमेश्वरले पहिलेदेखि नै चिन्नुभएका आफ्ना मानिसलाई बहिष्कार गर्नुभएन। के एलियाको विषयमा पवित्र-शास्त्रले भनेको कुरा तिमीहरू जान्दैनौ? उनले इस्राएलको विरुद्धमा परमेश्वरसँग कसरी बिन्ती गर्दछन्, "},{"id":3,"text":"“हे प्रभु, तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारेका छन्, तपाईंका वेदीहरू भत्काइदिएका छन् र म मात्र एकलै छोडिएको छु, र तिनीहरू मेरो प्राणको खोजीमा छन्।”"},{"id":4,"text":"तर उनलाई परमेश्वरको उत्तर के छ? “बालको सामने घुँड़ा नटेक्ने सात हजार मानिसहरू मैले आफ्नो निम्ति राखेको छु।”"},{"id":5,"text":"यसै गरी यस वर्तमान समयमा पनि अनुग्रहद्वारा चुनिएकाहरूको एक बाँकी भाग छ। "},{"id":6,"text":"तर अनुग्रहबाट हो भने यो कर्मको आधारमा होइन, नत्रता अनुग्रह अझ अनुग्रह नै रहनेथिएन।"},{"id":7,"text":"तब के? इस्राएलले जे खोजेको थियो त्यो पाउन असफल भयो। तर चुनिएकाहरूले त्यो प्राप्त गरे। अरू सबैचाहिँ कठोर बने, "},{"id":8,"text":"जस्तो लेखिएको छ:\n“परमेश्वरले तिनीहरूलाई चेतनाहीन आत्मा दिनुभएको छ।\nयस्ता आँखा दिनुभएको छ जसले नदेखून् र यस्ता कान जसले नसुनून्,\nर आजको दिनसम्म पनि तिनीहरू यस्तै छन्,”"},{"id":9,"text":"र दाऊद भन्छन्,\n“तिनीहरूको भोज पासो र धराप बनोस्,\nएउटा भड्खालो र तिनीहरूलाई बदला दिने कुरो होस्।"},{"id":10,"text":"तिनीहरूका आँखा नदेख्नलाई धमिला होऊन्,\nर तिनीहरूका ढाड सधैँ कुप्रा भइरहून्।”"},{"id":11,"text":"यसकारण म सोध्दछु, “के लोट्नलाई तिनीहरूले ठक्कर खाएका हुन्?” कदापि होइन! तर इस्राएलको अपराधद्वारा अन्यजातिहरूमा मुक्ति आएको छ, ताकि इस्राएल पनि मुक्तिको निम्ति डाही बनोस्। "},{"id":12,"text":"अब यदि तिनीहरूको अपराध संसारको निम्ति सम्पत्ति र तिनीहरूको असफलताचाहिँ अन्यजातिहरूका निम्ति सम्पत्ति हुने हो भनेता तिनीहरूको पूर्ण समावेश झन् कति अर्थपूर्ण होला!"},{"id":13,"text":"अब तिमी अन्यजातिहरूलाई भनिरहेछु। अन्यजातिहरूको प्रेरित भएको हुनाले म मेरो सेवालाई महत्त्व दिँदछु, "},{"id":14,"text":"यस आशामा कि मेरो आफ्नै यहूदी जातिलाई डाही बनाउन सकूँ, र तीमध्ये कसै-कसैलाई बचाउन सकूँ। "},{"id":15,"text":"किनकि यदि तिनीहरूको बहिष्कार हुँदा संसारको निम्ति मिलाप भयो भने, के तिनीहरूको पुन:ग्रहण मृत्युबाट जीवन पाएको समान होइन र? "},{"id":16,"text":"यदि मुछेको पीठोको एक अंश प्रथम-भेटीको रूपमा अर्पण गरिएको छ भने, समस्त ढिका पवित्र हुन्छ। यदि जरा पवित्र छ भने हाँगाहरू पनि पवित्र हुन्छन्।"},{"id":17,"text":"तर यदि कुनै हाँगाहरू काटिए र असल जैतूनको जराको रस-भण्डारमा सहभागी हुनलाई तिमी एक जङ्गली जैतून भएर पनि तिनीहरूको ठाउँमा कलमी बाँधियौ भने, "},{"id":18,"text":"ती हाँगाहरूका सामु घमण्ड नगर। यदि घमण्ड नै गर्नु हो भने, यो याद राख, कि जरालाई थाम्ने तिमी होइनौ, तर जराले पो तिमीलाई थाम्छ। "},{"id":19,"text":"तिमी भन्नेछौ, “म कलमी बाँधिन सकूँ भनेर नै हाँगाहरू काटिएका थिए।” "},{"id":20,"text":"ठीकै हो, तिनीहरूको अविश्वासले गर्दा नै हाँगाहरू काटिएका हुन्। तिमीहरूचाहिँ तिम्रो विश्वासले मात्र खड़ा छौ। घमण्ड नगर, तर श्रद्धापूर्ण भय राख। "},{"id":21,"text":"किनभने यदि परमेश्वरले स्वाभाविक हाँगाहरूलाई बाँकी राख्नुभएन भनेता तिमीलाई पनि बाँकी राख्नुहुनेछैन।"},{"id":22,"text":"यसकारण परमेश्वरको दया र कठोरतालाई ध्यानमा राख— पतन भएकाहरूमाथि कड़ा व्यवहार, तर उहाँकै दयामुनि रहिरह्यौ भने तिमीलाई परमेश्वरको दया देखाइनेछ, नत्रता तिमी पनि काटिनेछौ। "},{"id":23,"text":"तिनीहरू पनि अविश्वासमा ढीट भएर बसेनन् भनेता कलमी बाँधिनेछन्। किनभने परमेश्वरले तिनीहरूलाई फेरि पनि कलमी बाँध्न सक्नुहुन्छ। "},{"id":24,"text":"किनभने यदि तिमी प्राकृतिक जङ्गली जैतून भएर पनि काटियौ र प्रकृतिको विरुद्ध एउटा असल जैतूनको बोटमा कलमी बाँधियौ भनेता यी प्राकृतिक हाँगाहरू आफ्नै निज जैतूनकै रूखमा झन् कति बढ़ी कलमी बाँधिएलान्।"},{"id":25,"text":"भाइ हो, आफ्नै अभिमानमा तिमीहरू बुद्धिमान् हुन खोज्छौ कि भनेर तिमीहरू यो रहस्य बुझ भन्ने म चाहन्छु, कि अन्यजातिहरूको संख्या पूर्ण नभएसम्म इस्राएलीहरूको एक अंशमा कठोरता आएको छ। "},{"id":26,"text":"यसरी सारा इस्राएलको उद्धार हुनेछ, जस्तो लेखिएको छ:\n“उद्धारक सियोनबाट आउनुहुनेछ,\nउहाँले याकूबबाट अधर्म हटाउनुहुनेछ।”"},{"id":27,"text":"“अनि तिनीहरूसँग मेरो करार यही हुनेछ,\nजब म तिनीहरूका पाप हरण गर्नेछु।”"},{"id":28,"text":"सुसमाचारको हिसाबले त तिनीहरू तिमीहरूका खातिर परमेश्वरका शत्रुहरू हुन्, तर चुनाउको हिसाबले चाहिँ पूर्वजहरूका खातिर तिनीहरू प्रियहरू हुन्। "},{"id":29,"text":"किनभने परमेश्वरका वरदान र बोलावट अटल छन्। "},{"id":30,"text":"किनकि जसरी तिमीहरू पनि एक पल्ट परमेश्वरको आज्ञापालन नगर्नेहरू थियौ, तर अब तिनीहरूको अनाज्ञाकारिताले गर्दा तिमीहरूले कृपा पाएका छौ। "},{"id":31,"text":"तिमीहरूलाई कृपा देखाइएकोले गर्दा तिनीहरूले पनि कृपा प्राप्त गरून् भनी तिनीहरू अहिले अनाज्ञाकारी भएका छन्। "},{"id":32,"text":"किनभने परमेश्वरको कृपा सबै मानिसहरूमाथि होस् भनेर उहाँले सबैलाई अनाज्ञाकारितामा नै सुम्पनुभएको छ।"},{"id":33,"text":"आहा! परमेश्वरको वैभव र बुद्धि र ज्ञान कति गहिरो!\nउहाँका इन्साफहरू कति अगम\nर उहाँका मार्ग बुझ्न नसकिने!"},{"id":34,"text":"“किनभने प्रभुको मनलाई कसले जानेको छ?\nअथवा उहाँको सल्लाहकार को भएको छ?”"},{"id":35,"text":"“अथवा, कसले उहाँलाई कुनै उपहार दिएको छ र परमेश्वरले उसलाई फिर्ता दिनुपरोस्?”"},{"id":36,"text":"किनकि सबै थोक उहाँबाट, उहाँद्वारा र उहाँकै निम्ति हुन्।\nउहाँलाई नै सदासर्वदा महिमा होस्।\nआमेन।"}]},{"id":12,"title":"रोमी 12","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ROM/12-7e11ea7d9356ace76b64ed713e48d0f0.mp3?version_id=1483","verses":[{"id":1,"text":"यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आ-आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहणयोग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर। "},{"id":2,"text":"यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो, त्यो तिमीहरूले जाँच्न सक।"},{"id":3,"text":"किनभने मलाई दिइएको अनुग्रहद्वारा तिमीहरूमध्ये हरेकलाई म आग्रह गर्दछु, जसले आफूलाई जस्तो सम्झनुपर्छ त्यसभन्दा बढ़ी नसम्झोस्, तर परमेश्वरले हरेकलाई दिनुभएको विश्वासको नापबमोजिम सन्तुलित विचारले सोचोस्। "},{"id":4,"text":"किनकि जसरी हाम्रो एउटै शरीरमा धेरै अङ्ग हुन्छन्, तर सबै अङ्गहरूको एउटै काम हुँदैन,"},{"id":5,"text":"त्यसरी नै हामी जो धेरै छौं, हामी पनि ख्रीष्टमा एउटै शरीर हौं, र प्रत्येक एक-अर्काका अङ्ग हौं। "},{"id":6,"text":"हामीलाई दिइएको अनुग्रहअनुसार अलग-अलग वरदानहरू हामी प्रयोग गरौं। अगमवाणीको हो भने, विश्वासको परिमाणअनुसार,"},{"id":7,"text":"सेवाको हो भने, सेवाको काममा, शिक्षा दिनेले शिक्षा दिने काममा, "},{"id":8,"text":"अर्ती दिनेले अर्ती दिने काममा, दान दिनेले उदारचित्तले, शासन गर्नेले दत्तचित्तसाथ, कृपाको काम गर्नेले खुशीसित।"},{"id":9,"text":"प्रेम निष्कपट होस्। जुन कुरा खराब छ, त्यसलाई घृणा गर। जुन कुरा असल छ, त्यसमा लागिरहो। "},{"id":10,"text":"भातृ-प्रेमसँग एकअर्कालाई प्रेम गर। आफूलाई भन्दा बढ़ी अरूलाई आदर गर। "},{"id":11,"text":"जोशमा पछि नहट। पवित्र आत्मामा प्रज्वलित होओ, प्रभुको सेवा गर्दैरहो। "},{"id":12,"text":"आफ्नो आशामा आनन्द गर, सङ्कष्टमा धैर्य धारण गर, प्रार्थनामा निरन्तर लागिरहो। "},{"id":13,"text":"सन्तहरूको खाँचोमा सहायता देओ, अतिथिसत्कार कायम राख।"},{"id":14,"text":"तिमीहरूको खेदो गर्नेहरूलाई आशीर्वाद देओ, नसराप।"},{"id":15,"text":"आनन्द गर्नेहरूसँग आनन्द गर। रुनेहरूसँग रोओ। "},{"id":16,"text":"एक-अर्कासँग मिलेर बस, अभिमानी नहोओ, तर नम्रहरूसँग सङ्गत गर। कहिल्यै अहङ्कारी नहोओ।"},{"id":17,"text":"कसैलाई खराबको सट्टा खराब नगर। जुन कुरा सबै मानिसहरूका दृष्टिमा आदरणीय छ, तिनमा ध्यान देओ। "},{"id":18,"text":"हुन सक्छ भने, सकेसम्म सबैसँग शान्तिमा बस। "},{"id":19,"text":"प्रिय हो, आफैले कहिल्यै बदला नलेओ, तर परमेश्वरको क्रोधमा छोडिदेओ। किनभने, लेखिएको छ, “बदला लिने काम मेरो हो, म नै बदला लिनेछु,” परमप्रभु भन्नुहुन्छ।"},{"id":20,"text":"बरु, “तिम्रो शत्रु भोकाएको छ भने त्यसलाई खुवाओ, त्यो तिर्खाएको छ भने त्यसलाई पानी देओ। त्यसो गर्नाले तिमीले त्यसको टाउकोमा आगोको भुङ्ग्रो थुपार्नेछौ।”"},{"id":21,"text":"खराबीबाट पराजित नहोओ, तर खराबीलाई भलाइले जित।"}]},{"id":13,"title":"रोमी 13","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ROM/13-1243688ed6545d6c446196d8df4c8af4.mp3?version_id=1483","verses":[{"id":1,"text":"हरेक व्यक्ति शासन गर्ने प्रशासकहरूका अधीनमा बसोस्। परमेश्वरबाट आएको अधिकारबाहेक अरू कुनै अधिकार हुँदैन। जुन प्रशासकहरू छन्, ती परमेश्वरबाटै नियुक्त भएका हुन्। "},{"id":2,"text":"यसकारण प्रशासकहरूका विरुद्धमा खड़ा हुनेले परमेश्वरबाट नियुक्त भएकाहरूको विरोध गर्छ, र जस-जसले विरोध गर्छन्, तिनीहरूले दण्डको आज्ञा पाउनेछन्। "},{"id":3,"text":"किनभने सुकर्मको निम्ति होइन, तर कुकर्मको निम्ति शासकहरूको डर मानिन्छ। के तिमी प्रशासकको डरमा रहन चाहँदैनौ? त्यसो भए, असल काम गर, र तिमीलाई तिनीबाट प्रशंसा मिल्नेछ। "},{"id":4,"text":"किनकि तिम्रो भलाइको निम्ति तिनी परमेश्वरका सेवक हुन्। तर यदि तिमी खराबी गर्छौ भने डर मान, किनभने तिनले तरवार व्यर्थमा भिर्दैनन्। खराब काम गर्नेमाथि परमेश्वरको दण्ड ल्याउने तिनी परमेश्वरका सेवक हुन्। "},{"id":5,"text":"यसकारण परमेश्वरको दण्डबाट बच्नलाई मात्र होइन, तर विवेकको निम्ति पनि तिमी तिनका अधीनमा रहनुपर्छ।"},{"id":6,"text":"यसैकारणले पनि तिमी कर तिर्दछौ। किनकि प्रशासकहरू यसै कामको निम्ति निरन्तर लागिरहेका परमेश्वरका सेवक हुन्।"},{"id":7,"text":"तिर्नुपर्ने कुरा सबैलाई तिर— कर तिर्नुपर्नेलाई कर, महसूल तिर्नुपर्नेलाई महसूल, आदर गर्नुपर्नेलाई आदर, इज्जत गर्नुपर्नेलाई इज्जत गर।"},{"id":8,"text":"आपसमा प्रेम गर्नुबाहेक कसैको केही कुरामा ऋणी नहोओ। किनकि आफ्नो छिमेकीलाई प्रेम गर्नेले व्यवस्था पूरा गरेको हुन्छ। "},{"id":9,"text":"“तैंले व्यभिचार नगर्, तैंले हत्या नगर्, तैंले चोरी नगर्, तैंले लोभ नगर्,” यी आज्ञाहरूबाहेक, र अरू जति आज्ञा छन्, ती सबैको सारांश यसै आज्ञामा पाइन्छ, अर्थात् “तैंले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्।”"},{"id":10,"text":"प्रेमले छिमेकीको खराबी गर्दैन। यसकारण प्रेम गर्नु नै व्यवस्था पूरा गर्नु हो।"},{"id":11,"text":"यसबाहेक यो वर्तमान समय कस्तो छ, सो तिमीहरूलाई थाहा छ। अब निद्राबाट ब्यूँझने ठीक बेला आइपुगेको छ, किनकि हामीले पहिले विश्वास गरेको भन्दा अहिले हाम्रो मुक्ति अझ नजिक छ। "},{"id":12,"text":"रात बितिसक्यो, र दिन नजिकै आइपुगेको छ। यसकारण अन्धकारका काम छोड़ेर हामी ज्योतिका हातहतियार धारण गरौं। "},{"id":13,"text":"दिउँसोजस्तै गरी हामी ठीकसँग चलौं। मोजमज्जामा, पियक्कडपनमा, व्यभिचारमा, भ्रष्टाचारमा, झगड़ामा र डाहमा होइन। "},{"id":14,"text":"तर प्रभु येशू ख्रीष्टलाई धारण गर, र पापमय स्वभावको अभिलाषा पूरा गर्ने कुरामा ध्यान नदेओ।"}]},{"id":14,"title":"रोमी 14","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ROM/14-48e03fb4319fe2c4697d8e81d80874b5.mp3?version_id=1483","verses":[{"id":1,"text":"विश्वासमा कमजोर हुने मानिसलाई ग्रहण गर, तर उसको मतसम्बन्धी कुरामा वाद-विवाद गर्नलाई होइन।"},{"id":2,"text":"कसैले सबै थोक खान हुन्छ भनी विश्वास गर्छ, तर विश्वासमा कमजोर हुनेले चाहिँ सागसब्जी मात्र खान्छ। "},{"id":3,"text":"खानेले नखाने मानिसलाई तुच्छ नठानोस्, र नखानेले खानेलाई दोष नलगाओस्। किनभने परमेश्वरले त्यसलाई ग्रहण गर्नुभएको छ। "},{"id":4,"text":"अर्काको चाकरलाई इन्साफ गर्ने तिमी को हौ? त्यो त आफ्नै मालिकको सामु खड़ा हुन्छ वा पतित हुन्छ। त्यो खड़ा गराइनेछ, किनभने, त्यसका मालिकले त्यसलाई खड़ा गराउन सक्छ।"},{"id":5,"text":"कुनै मानिसले एउटा दिनलाई अर्को दिनभन्दा बढ़ी महत्त्वको मान्छ, अर्को मानिसले सबै दिनलाई समान ठान्छ। हरेक मानिस आफ्नै मनमा पूर्ण रूपले निश्चित हुनुपर्छ। "},{"id":6,"text":"जुन व्यक्तिले कुनै दिनलाई विशेष रूपले पालन गर्छ, त्यसले प्रभुको आदरको निम्ति पालन गर्छ। जुन व्यक्तिले खान्छ, त्यसले प्रभुको निम्ति खान्छ, किनकि त्यसले परमेश्वरलाई धन्यवाद दिन्छ। जुन व्यक्तिले खाँदैन, त्यसले परमेश्वरको आदरको निम्ति खाँदैन र परमेश्वरलाई धन्यवाद दिन्छ। "},{"id":7,"text":"हामी कोही पनि आफ्नै निम्ति बाँच्दैनौं र कोही पनि आफ्नै निम्ति मर्दैनौं। "},{"id":8,"text":"यदि हामी बाँच्छौं भने प्रभुकै निम्ति बाँच्छौं, र मर्छौं भने प्रभुकै निम्ति मर्छौं। "},{"id":9,"text":"चाहे हामी बाँचौं, चाहे मरौं, हामी प्रभुकै हौं। यसैको निम्ति ख्रीष्ट मर्नुभयो र फेरि जीवित हुनुभयो, कि उहाँ मरेकाहरू र जीवितहरू दुवैका प्रभु होऊन्।"},{"id":10,"text":"तिमी किन आफ्नो भाइको इन्साफ गर्छौ? अथवा तिमी आफ्नो भाइलाई किन तुच्छ ठान्छौ? किनभने हामी सबै परमेश्वरका न्याय-आसनको सामने खड़ा हुनेछौं।"},{"id":11,"text":"किनकि लेखिएको छ,\n“प्रभु भन्नुहुन्छ, ‘जस्तो म जीवित छु,\nप्रत्येक घुँड़ा मेरो सामने टेकिनेछ,\nर हरेक जिब्रोले परमेश्वरको प्रशंसा गर्नेछ’।”"},{"id":12,"text":"यसैले हामी हरेकले परमेश्वरलाई आफ्नो लेखा दिनेछौं।"},{"id":13,"text":"यसैकारण हामी एउटाले अर्कालाई अब उसो इन्साफ नगरौं। बरु आफ्नो भाइको बाटोमा ठेस लाग्ने कुरो अथवा बाधा पार्ने कुरो कहिल्यै नराख्ने अठोट गरौं। "},{"id":14,"text":"म जान्दछु, र प्रभु येशूमा मलाई निश्चय छ, कि कुनै कुरा पनि आफैमा अशुद्ध हुँदैन, तर जसले त्यो अशुद्ध ठान्छ, त्यसको निम्ति त्यो अशुद्धै हुन्छ। "},{"id":15,"text":"यदि तिमीले जे खान्छौ त्यस कुराले तिम्रो भाइलाई चोट पार्छ भने, तिमी प्रेममा चलेका हुँदैनौ। जुन भाइको निम्ति ख्रीष्ट मर्नुभयो, तिमीले खाएको कुराबाट उसको नाश नहोस्। "},{"id":16,"text":"यसैकारण तिमीलाई जे असल लाग्छ त्यसलाई अरूले खराब भन्न नदेओ। "},{"id":17,"text":"किनभने परमेश्वरको राज्य भनेको खानु र पिउनु होइन, तर पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्द हो। "},{"id":18,"text":"जसले यस किसिमले ख्रीष्टको सेवा गर्दछ, त्यो परमेश्वरलाई मन पर्ने र मानिसहरूबाट असल ठहरिएको हुन्छ।"},{"id":19,"text":"यसैले हामी ती कुराहरूको अनुसरण गरौं जसले शान्ति ल्याउँछ, अनि एउटाले अर्काको आत्मिक उन्नति गराउँछ। "},{"id":20,"text":"खानेकुराको खातिर परमेश्वरको कामलाई नष्ट नगर। वास्तवमा सबै कुरा शुद्ध छन्, तर आफूले खाएको कुराले अरूलाई बाधा पार्नु अनुचित हो। "},{"id":21,"text":"उचित त यो हुन्छ, कि मासु नखानु, मद्यपान नगर्नु, तथा कुनै यस्तो काम नगर्नु जसद्वारा तिम्रो भाइलाई बाधा हुन्छ।"},{"id":22,"text":"तिमीमा भएको विश्वास परमेश्वर र तिम्रो बीचमा राख। धन्यको हो त्यो मानिस, जसले आफूले उचित ठहराएका कुराको कारणले आफैलाई दोषी ठहराउनुपर्दैन। "},{"id":23,"text":"तर कसैले शङ्का गरेर केही खायो भने त्यो दोषी ठहर्छ, किनकि उसले विश्वाससाथ खाएको छैन। विश्वासबाट उत्पन्न नभएको कुनै पनि कुरा पाप हो।"}]},{"id":15,"title":"रोमी 15","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ROM/15-5237d4090083ee99dfe34eb141f9b9bb.mp3?version_id=1483","verses":[{"id":1,"text":"विश्वासमा दह्रिला हुने हामीले आफैलाई मात्र खुशी पार्ने इच्छा नराखेर दुर्बल मानिसहरूका कमजोरीलाई सहनुपर्छ। "},{"id":2,"text":"हामी प्रत्येकले आफ्नो छिमेकीको आत्मिक सुधार होस् भनेर तिनको भलाइको लागि तिनलाई प्रसन्न राखौं। "},{"id":3,"text":"किनकि ख्रीष्टले पनि आफैलाई प्रसन्न पार्नुभएन। जसो लेखिएको छ, “तपाईंलाई निन्दा गर्नेहरूको निन्दा ममाथि पर्यो।” "},{"id":4,"text":"अघिअघि लेखिएका कुराहरू हाम्रो शिक्षाको निम्ति लेखिएका थिए, यस उद्देश्यले कि पवित्र-शास्त्रबाट आउने स्थिरता र उत्साहद्वारा हामी आशा प्राप्त गर्न सकौं।"},{"id":5,"text":"स्थिरता र उत्साहका परमेश्वरले तिमीहरूलाई ख्रीष्ट येशूसँग एक भएर एक-अर्कासँग एक चित्तका भई जिउन देऊन्, "},{"id":6,"text":"कि एकै मनका भएर एउटै सोरले हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिताको महिमा तिमीहरू गर्न सक।"},{"id":7,"text":"यसकारण परमेश्वरका महिमाको निम्ति ख्रीष्टले तिमीहरूलाई ग्रहण गर्नुभएबमोजिम तिमीहरूले पनि एउटाले अर्कालाई ग्रहण गर। "},{"id":8,"text":"म तिमीहरूलाई भन्दछु, हाम्रा पूर्वजहरूलाई दिइएका प्रतिज्ञाहरूको पुष्टि गर्नका निम्ति परमेश्वरको सत्यतालाई प्रकट गर्न ख्रीष्ट खतना भएकाहरूको दास बन्नुभयो, "},{"id":9,"text":"यस हेतुले कि अन्यजातिहरूले उहाँका कृपाको निम्ति परमेश्वरको महिमा गरून्। जस्तो लेखिएको छ,\n“यसैकारण अन्यजातिहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु,\nर तपाईंका नाउँको स्तुति गाउनेछु।”"},{"id":10,"text":"र फेरि यस्तो भनिएको छ,\n“ए अन्यजाति हो, उहाँको प्रजासँग आनन्द मनाओ।”"},{"id":11,"text":"र फेरि,\n“ए सारा अन्यजाति हो, प्रभुको प्रशंसा गर,\nर सबै मानिसहरूले उहाँको प्रशंसा गरून्।”"},{"id":12,"text":"र फेरि यशैया भन्दछन्,\n“यिशैको वंशबाट एक जना आउनुहुनेछ,\nउहाँले अन्यजातिहरूमाथि शासन गर्नुहुनेछ,\nउहाँमाथि अन्यजातिहरूले आशा राख्नेछन्।”"},{"id":13,"text":"आशाका परमेश्वरले तिमीहरूलाई विश्वासद्वारा सम्पूर्ण आनन्द र शान्तिले भरिपूर्ण गरिदेऊन्, यस हेतुले कि पवित्र आत्माको शक्तिले तिमीहरू आशामा प्रशस्त हुन सक।"},{"id":14,"text":"भाइ हो, मलाई निश्चय छ, कि तिमीहरू आफै पनि भलाइले भरिएका छौ, र सारा ज्ञानमा पूर्ण भई एक-अर्कालाई शिक्षा दिन समर्थ छौ। "},{"id":15,"text":"तर परमेश्वरले मलाई दिनुभएको अनुग्रहको कारणले तिमीहरूलाई फेरि सम्झना गराउन मैले बड़ो साहस गरी कतिपय विषयमा लेखेको छु, "},{"id":16,"text":"यो अनुग्रह अन्यजातिहरूका निम्ति परमेश्वरका सुसमाचारको पूजाहारीले गर्नुपर्ने कर्तव्य पालन गर्नलाई मलाई दिइएको हो, ताकि अन्यजातिहरू पवित्र आत्माद्वारा शुद्ध भएर ग्रहणयोग्य बलि बन्न सकून्।"},{"id":17,"text":"यसकारण परमेश्वरको निम्ति मेरो सेवामा मलाई ख्रीष्ट येशूमा गर्व गर्ने कारण छ। "},{"id":18,"text":"किनभने, वचन र कामले अन्यजातिहरूलाई आज्ञाकारी बनाउनलाई ख्रीष्टले मद्वारा जे गर्नुभएको छ, तीबाहेक कुनै विषयमा बोल्ने आँट म गर्दिनँ। "},{"id":19,"text":"यो काम चिन्हहरू र आश्चर्यकर्महरूको शक्तिले र पवित्र आत्माको शक्तिद्वारा मैले गरेको छु। यसरी मैले यरूशलेमदेखि लिएर इल्लुरिकनसम्मै चारैतिर ख्रीष्टको सुसमाचार सम्पूर्ण रूपले प्रचार गरेको छु। "},{"id":20,"text":"अरू मानिसले बसालेको जगमाथि घर नबनाऊँ भनेर ख्रीष्टको नाउँ नलिएको ठाउँमा सुसमाचार प्रचार गर्ने उत्कट इच्छा मैले राखेको छु, "},{"id":21,"text":"जस्तै यसो लेखिएको छ,\n“उहाँको विषयमा जसलाई कहिल्यै भनिएको छैन,\nतिनीहरूले उहाँलाई देख्नेछन्,\nर उहाँको विषयमा जसले कहिल्यै सुनेका छैनन् तिनीहरूले बुझ्नेछन्।”"},{"id":22,"text":"यसैकारण नै हो, म तिमीहरूकहाँ आउनलाई धेरै पल्ट रोकिएको छु।"},{"id":23,"text":"तर अब यी क्षेत्रहरूमा मेरो निम्ति काम गर्ने अरू ठाउँ नभएका हुनाले, र धेरै वर्षदेखि तिमीहरूकहाँ आउने तृष्णा रहेकोले, "},{"id":24,"text":"म स्पेन जाँदा तिमीहरूलाई भेट्ने आशा राख्दछु, र तिमीहरूसँग केही समयसम्म सङ्गतिको आनन्द लिएपछि तिमीहरूले मलाई मेरो बाँकी यात्रामा मदत दिनेछौ भन्ने आशा राख्तछु। "},{"id":25,"text":"तर अब सन्तहरूलाई सहायता पुर्याउन म यरूशलेमतिर जाँदैछु।"},{"id":26,"text":"किनकि यरूशलेममा हुने सन्तहरूमा जो गरीब छन्, तिनीहरूका निम्ति माकेडोनिया र अखैयाका मण्डलीहरूले केही भेटी दिएका छन्। "},{"id":27,"text":"यो भेटी यिनीहरूले खुशीसाथ जम्मा गरेका थिए, र साँच्चै नै यिनीहरू तिनीहरूका ऋणी पनि छन्। किनकि यदि अन्यजातिहरू तिनीहरूका आत्मिक आशिष्हरूमा सहभागी भएका छन् भने, यिनीहरूले पनि सांसारिक आशिष्हरूद्वारा तिनीहरूको सेवा गर्नुपर्छ।"},{"id":28,"text":"यसकारण यो काम सिद्धयाएर तिनीहरूका निम्ति उठेको यो चन्दा सुम्पिसकेपछि म तिमीहरूकहाँ भएर स्पेन जानेछु। "},{"id":29,"text":"र म जान्दछु, म तिमीहरूकहाँ आउँदा ख्रीष्टका आशिष्को परिपूर्णतामा आउनेछु।"},{"id":30,"text":"भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्ट र पवित्र आत्माको प्रेमद्वारा मेरो निम्ति परमेश्वरसँग प्रार्थना गर्न मसँग घोर प्रयत्न गर भनी म तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु, "},{"id":31,"text":"कि म यहूदियाका अविश्वासीहरूबाट मुक्त हुन सकूँ, र यरूशलेमको निम्ति मेरो सेवा सन्तहरूलाई ग्रहणयोग्य होस्, "},{"id":32,"text":"र परमेश्वरको इच्छाद्वारा आनन्दसँग तिमीहरूकहाँ आएर तिमीहरूसँगको सङ्गतिद्वारा म फेरि ताजा हुन सकूँ। "},{"id":33,"text":"शान्तिका परमेश्वर तिमीहरू सबैसँग रहून्। आमेन।"}]},{"id":16,"title":"रोमी 16","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ROM/16-8193afe28833cec413f19e03fcc4d29a.mp3?version_id=1483","verses":[{"id":1,"text":"किंक्रियामा भएको मण्डलीकी धर्म-सेविका हाम्री बहिनी फिबीको प्रशंसा तिमीहरूको समक्ष गर्दछु। "},{"id":2,"text":"म तिमीहरूलाई निवेदन गर्दछु कि सन्तहरूलाई सुहाउने किसिमले तिनलाई प्रभुमा ग्रहण गर, र तिनलाई चाहिएको कुनै पनि सहायता तिनलाई देओ, किनकि तिनी आफैले धेरैको र मेरो पनि सहायता गरेकी छिन्।"},{"id":3,"text":"प्रिस्का र अकिलास, ख्रीष्ट येशूमा मेरा सहकर्मीहरूलाई अभिवादन।"},{"id":4,"text":"तिनीहरूले मेरो निम्ति आफ्ना जीवन सङ्कष्टमा हाले। तिनीहरूलाई मैले मात्र होइन, तर अन्यजातिका मण्डलीहरू जम्मैले पनि धन्यवाद दिन्छन्।"},{"id":5,"text":"तिनीहरूको घरमा भएको मण्डलीलाई अभिवादन देओ। मेरा प्रिय इपेनितसलाई, जो ख्रीष्टको निम्ति एशियाको पहिलो विश्वासी हुन्, अभिवादन देओ।"},{"id":6,"text":"मरियमलाई, जसले तिमीहरूका बीचमा घोर परिश्रम गरिन्, तिनलाई अभिवादन देओ।"},{"id":7,"text":"एन्ड्रोनिकस र युनियस, मेरा आफन्तहरू र मेरा सङ्गी-कैदीहरूलाई, अभिवादन भनिदेओ। तिनीहरू प्रेरितहरूमध्ये प्रख्यात छन्, र मभन्दा अगाडि ख्रीष्टमा भएका थिए।"},{"id":8,"text":"एम्प्लीआतस, प्रभुमा मेरो प्रियलाई, अभिवादन भनिदेओ।"},{"id":9,"text":"उर्बानस, ख्रीष्टमा हाम्रा सहकर्मी, र मेरा प्रिय मित्र स्ताखुसलाई अभिवादन भनिदेओ।"},{"id":10,"text":"ख्रीष्टको योग्य ठहरिएका अपेल्लेसलाई अभिवादन भनिदेओ। अरिस्तोबुलसको घरकाहरूलाई अभिवादन भनिदेओ।"},{"id":11,"text":"मेरा आफन्त हेरोदियनलाई अभिवादन भनिदेओ। प्रभुमा भएका नर्किससका घरानालाई अभिवादन भनिदेओ।"},{"id":12,"text":"प्रभुमा परिश्रम गर्ने त्रुफेना र त्रोफोसालाई अभिवादन भनिदेओ। प्रभुमा अत्यन्तै परिश्रम गर्ने प्रिय परसीसलाई अभिवादन भनिदेओ।"},{"id":13,"text":"प्रभुमा चुनिएका रूफस र तिनकी आमा, जो मेरी पनि आमा भएकी थिइन्, तिनीहरूलाई अभिवादन भनिदेओ।"},{"id":14,"text":"असिंक्रितस, फ्लेगन, हर्मेस, पत्रोबास, हर्मास, र तिनीहरूसँग भएका भाइहरूलाई अभिवादन भनिदेओ।"},{"id":15,"text":"फिलोलोगस, युलिया, नेरियस र तिनकी बहिनी, र ओलिम्पास, र तिनीहरूसँग भएका सबै सन्तहरूलाई अभिवादन भनिदेओ।"},{"id":16,"text":"एउटाले अर्कालाई पवित्र चुम्बनले अभिवादन गर। ख्रीष्टमा सबै मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्।"},{"id":17,"text":"भाइ हो, म तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु, कि तिमीहरूलाई सिकाइएको धर्म-सिद्धान्तको विरुद्धमा फूट र बाधा-विघ्न सृष्टि गर्नेहरूलाई नजर राख, र तिनीहरूबाट अलग्गै बस। "},{"id":18,"text":"किनभने यस्ताहरूले ख्रीष्ट हाम्रा प्रभुको निम्ति होइन, तर आफ्नै पेटको निम्ति सेवा गर्दछन्, र तिनीहरूको मीठो-मीठो बोली र कुराले सीधासाधाहरूका हृदयलाई धोका दिन्छन्। "},{"id":19,"text":"तिमीहरूको आज्ञाकारिता सबै मानिसहरूमा जाहेरै छ, र तिमीहरूको कारण म आनन्द गर्दछु। तर म चाहन्छु, कि जे असल छ त्यसको निम्ति तिमीहरू बुद्धिमान् होओ, र जे खराब छ त्यसमा दोषरहित रहो।"},{"id":20,"text":"शान्तिका परमेश्वरले चाँड़ै नै शैतानलाई तिमीहरूका खुट्टामुनि कुल्चनुहुनेछ।हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूसँग रहोस्।"},{"id":21,"text":"तिमोथी मेरा सहकर्मी, र मेरा आफन्तहरू लुकियस, यासोन र सोसिपात्रोसले तिमीहरूलाई अभिवादन पठाएका छन्।"},{"id":22,"text":"यो चिट्ठी लेख्ने, म तर्तियसले प्रभुमा तिमीहरूलाई अभिवादन पठाउँदैछु।"},{"id":23,"text":"मेरा मेजमान र सारा मण्डलीलाई सत्कार गर्ने गायसले अभिवादन पठाएका छन्। तिमीहरूलाई अभिवादन छ। सहरका कोषाध्यक्ष इरास्तस र भाइ क्वार्टसले तिमीहरूलाई अभिवादन पठाएका छन्।"},{"id":24,"text":"[हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूसँग रहोस्। आमेन।]"},{"id":25,"text":"अब उहाँलाई, जसले तिमीहरूलाई मेरो सुसमाचार र येशू ख्रीष्टका विषयको प्रचारअनुसार सुदृढ़ गराउन सक्नुहुन्छ, त्यस रहस्यको प्रकाशबमोजिम, जो युग-युगदेखि गुप्त रहेको थियो, "},{"id":26,"text":"तर अब अनन्तका परमेश्वरको आज्ञाअनुसार अगमवक्ताहरूका लेखाइद्वारा प्रकट गरिएको र जनाइएको छ, यस हेतुले कि सबै जातिहरूले विश्वास गरून् र आज्ञापालन गरून्— "},{"id":27,"text":"अद्वितीय सर्वज्ञानी परमेश्वरलाई येशू ख्रीष्टद्वारा सदासर्वदा महिमा होस्। आमेन।"}]}]}