-
Notifications
You must be signed in to change notification settings - Fork 0
/
Copy pathNAM.json
1 lines (1 loc) · 21.1 KB
/
NAM.json
1
{"chapters":[{"id":0,"title":"पुस्तक परिचय","verses":[{"id":1,"text":"नहूम नाउँको अर्थ “सान्त्वना” (यहूदाको निम्ति) हो। यिनको विषयमा अरू वर्णन पाइदैन, उनी एलकोशको वासिन्दा थिए।"},{"id":2,"text":"अश्शूर देशले ७२२-७२१ ई.पू. मा इस्राएललाई कैदमा लगे। यो कारणले यहूदा लगायत वरिपरिका राष्ट्रहरूलाई अश्शूरीहरूबाट ठूलो डर भएको थियो।"},{"id":3,"text":"योनाले (योना ३-४ अध्यायमा) निनवेको विध्वंशको बारेमा भविष्यवाणी गरे र फलस्वरूप सम्पूर्ण निनवेवासीहरू आफ्नो पापलाई स्वीकार गर्दै परमप्रभुको अगि पश्चात्ताप गरे र परमप्रभुले तिनीहरूलाई क्षमा गर्नुभयो। तर धेरै समय नबित्दै यिनीहरू एकदमै निर्दयी, विध्वंसकारी र घमण्डी भए। ६१२ ई.पू. नहुँदै यिनीहरूको यो पापहरूले धुरी नाघ्न लाग्यो र परमप्रभुले अश्शूरीहरूलाई शत्रुहरूको हातमा सुम्पिदिनुभयो (१:१४; २:१)। नहूमको भविष्यवाणीका केही अंशहरू निनवेप्रति लक्षित छन्।"},{"id":4,"text":"अध्याय १ मा परमेश्वरको क्रोधको वर्णन, अध्याय २ मा परमेश्वरको क्रोधको प्रकट र अध्याय ३ मा परमेश्वरको क्रोधको औचित्य नै यस पुस्तकका प्रमुख खण्डहरू हुन्।"}]},{"id":1,"title":"नहूम 1","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/NAM/1-59b00e4c80e2087f0a79d4984dd63f6e.mp3?version_id=1483","verses":[{"id":1,"text":"निनवेको विषयमा ईश्वरवाणी। एल्कोशी नहूमले देखेका दर्शनको पुस्तक। "},{"id":2,"text":"परमप्रभु डाही र बदला लिने परमेश्वर हुनुहुन्छ। परमप्रभुले बदला लिनुहुन्छ र क्रोधले भरपूर हुनुहुन्छ। परमप्रभुले आफ्ना दुश्मनहरूलाई बदला लिनुहुन्छ, र शत्रुहरूका लागि क्रोध साँचिराख्नुहुन्छ। "},{"id":3,"text":"परमप्रभु रीस गर्नमा धैर्यवान् हुनुहुन्छ र उहाँ अति शक्तिशाली हुनुहुन्छ। दोषीलाई परमप्रभुले दण्ड नदिई छोड्नुहुन्न। भुमरी र आँधीमा उहाँको बाटो छ, र बादलहरूचाहिँ उहाँका खुट्टाका धूला हुन्। "},{"id":4,"text":"उहाँले हप्काउनुहुँदा समुद्र सुकिहाल्छ। उहाँले सबै नदीहरू सुकाउनुहुन्छ। बाशान र कर्मेल ओइलाउँछन्, र लेबनानका फूलहरू ओइलाएर लोप हुन्छन्। "},{"id":5,"text":"उहाँको सामु पहाड़हरू कम्पायमान हुन्छन्, र पर्वतहरू पग्लन्छन्। उहाँको उपस्थितिमा संसार उजाड़ हुन्छ, जगत् र त्यसमा भएका सबै कुरा थरथर काँप्छन्। "},{"id":6,"text":"उहाँका रीसको अगि को उभिन सक्छ? उहाँको भयङ्कर रीस कसले सहन सक्छ? उहाँको क्रोध आगोझैँ खन्याइन्छ, र उहाँको सामुन्ने चट्टानहरू टुक्रा-टुक्रा पारिन्छन्।"},{"id":7,"text":"परमप्रभु असल हुनुहुन्छ, दु:खको समयमा उहाँ नै शरणस्थान हुनुहुन्छ। उहाँमाथि भरोसा राख्नेहरूको उहाँले हेरविचार गर्नुहुन्छ। "},{"id":8,"text":"तर उहाँले उर्लंदो भलले निनवेलाई खतम गर्नुहुनेछ। उहाँले आफ्ना शत्रुहरूलाई अन्धकारमा खेदिपठाउनुहुनेछ।"},{"id":9,"text":"परमप्रभुको विरुद्धमा उनीहरूले जस्तोसुकै षड्यन्त्र गरे तापनि उहाँले त्यो खतम पारिदिनुहुनेछ। दु:ख दोस्रो पटक आउँदैन। "},{"id":10,"text":"उनीहरू काँढ़ाहरूका बीचमा अलमलिनेछन्, मद्यको मातले लट्ठिनेछन्। उनीहरू सुकेका ठोसाहरूझैँ भस्म हुनेछन्। "},{"id":11,"text":"हे निनवे, तँबाट परमप्रभुको विरुद्धमा युक्ति गर्ने र खराब सल्लाह दिने एक जना निस्केको छ।"},{"id":12,"text":"परमप्रभु यसो भन्नुहुन्छ, “यद्यपि उनीहरू सामर्थी र अनगन्ती छन् तापनि उनीहरू बहिष्कृत हुनेछन्, र बितिजानेछन्। ए यहूदा, मैले तँलाई दु:ख दिएको छु, तापनि अब म फेरि तँलाई दु:ख दिनेछैनँ। "},{"id":13,"text":"अब उनीहरूको जुवा म तेरो काँधबाट भँचाइ दिनेछु, र तेरा बन्धनहरू टुक्रै-टुक्रा पारिदिनेछु।”"},{"id":14,"text":"हे निनवे, परमप्रभुले तेरो बारेमा एउटा आज्ञा दिनुभएको छ: “अब उप्रान्त तेरो नाउँ कायम राख्ने तेरो कोही सन्तान हुनेछैन। तेरा देवताहरूको मन्दिरमा कुँदिएका र ढालेर बनाएका मूर्तिहरू म सर्वनाश गर्नेछु। म तेरो चिहान तयार पार्नेछु, किनकि तँ दुष्ट छस्।”"},{"id":15,"text":"हेर, सुसमाचार ल्याउने र शान्ति घोषणा गर्ने जनका खुट्टाहरू पहाड़हरूमा छन्। हे यहूदा, तिमीले आफ्ना चाड़हरू मनाओ, आफ्ना भाकलहरू पूरा गर। दुष्टहरूले अब उप्रान्त तिमीलाई आक्रमण गर्नेछैनन्। उनीहरू सम्पूर्ण रूपले सर्वनाश हुनेछन्। "}]},{"id":2,"title":"नहूम 2","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/NAM/2-789b88dda23957a2338cdfeb06f53ed2.mp3?version_id=1483","verses":[{"id":1,"text":"हे निनवे, एउटा छापामार तेरो विरुद्धमा बढ्दैछ। किल्लाको सुरक्षा गर्, बाटो राम्ररी हेर्, कम्मर कस्, तेरो पूरा बल लगा।"},{"id":2,"text":"परमप्रभुले याकूबको गौरवलाई इस्राएलको श्रेष्ठताझैँ फेरि फर्काउनुहुनेछ, यद्यपि ध्वंसकहरूले तिनीहरूलाई उजाड़ पारेका छन्, र तिनीहरूका दाखका बोटहरू नष्ट पारेका छन्।"},{"id":3,"text":"त्यसका सिपाहीहरूका ढालहरू राता छन्। त्यसका योद्धाहरूले गाढ़ा लाल पोशाक पहिरेका छन्। ती तयारी पारिएको दिनमा रथहरूका धातु चम्कन्छन्, सल्लोका भालाहरू उजाइएका छन्। "},{"id":4,"text":"रथहरू सड़कमा खूब वेगसित हाँकिन्छन्, र चोकहरूमा तिनीहरू अगि-पछि गर्दै जोडले कुद्छन्। तिनीहरू जलिरहेका राँकाहरूजस्तै देखिन्छन्, तिनीहरू बिजुलीजस्तै वेगले कुद्छन्। "},{"id":5,"text":"त्यसले आफ्ना चुनिएका सेनाहरूलाई हाजिर गराउँछ, तापनि उनीहरू आफ्नो बाटोमा धरमरिन्छन्। उनीहरू आतुरीसाथ सहरको पर्खालतिर दगुर्छन्। रक्षा गर्ने ढाल त्यसकै ठाउँमा राखिन्छ। "},{"id":6,"text":"नदीका बाँधहरू खुला पारिन्छन्। दरबार ढल्छ। "},{"id":7,"text":"यो अवश्यम्भावी छ, सहर निर्वासनमा लगिनेछ। त्यसका दासीहरू छाती पिट्दै ढुकुरहरूझैँ विलाप गर्छन्। "},{"id":8,"text":"निनवेचाहिँ पानीको दहजस्तै छ, त्यसको पानी सुक्दैगइरहेछ। “पख्! पख्।” भनेर कराउँदा पनि कसैले पछि फर्केर हेर्दैन। "},{"id":9,"text":"चाँदी लुट! सुन लुट! त्यसका सबै धन-सम्पत्तिको केही टुङ्गै छैन। "},{"id":10,"text":"त्यो लूटपीट गरियो, लुटियो र नाङ्गो पारियो। हृदयहरू गल्छन्, घुँड़ाहरू काँप्छन्, र सारा शरीरमा पीडा छ, सबै चेहराहरू पहेँला-पहेँला हुन्छन्।"},{"id":11,"text":"साना-साना सिंहहरूलाई खुवाउने गुफा खोइ? जहाँ सिंह र सिंहनी डमरुहरूसमेत नडराई हिँड्दथे। "},{"id":12,"text":"आफ्ना डमरुहरूलाई प्रशस्त हुने गरी सिंहले शिकार मार्थ्यो, र त्यसकी सिंहनीको निम्ति पशुहरूलाई फहराउँथ्यो। त्यसले आफ्ना ओड़ारहरू शिकार गरेर ल्याएका पशुहरूले र आफ्ना गुफाहरू आफ्नो शिकारले भरपूर पार्दथ्यो।"},{"id":13,"text":"सर्वशक्तिमान् परमप्रभु घोषणा गर्नुहुन्छ, “म तेरो विरुद्धमा छु। म तेरा रथहरू धूवैधूवाँ हुने गरी जलाइदिनेछु, र तेरा जवान सिंहहरू तरवारको गाँस हुनेछन्। म तेरो लागि शिकार छोड्नेछैनँ, र तेरा समाचारवाहकका शब्द अब उप्रान्त सुनिनेछैनन्।”"}]},{"id":3,"title":"नहूम 3","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/NAM/3-60d59885d954ce3d30c6d3c05144866e.mp3?version_id=1483","verses":[{"id":1,"text":"रगतको सहरलाई धिक्कार! त्यो झूट र लूटको धनले भरिएको छ, त्यहाँ लूटका शिकारको अन्त हुँदैन। "},{"id":2,"text":"कोर्राहरूको आवाज, पाङ्ग्राहरूको आवाज, घोड़ाहरूका फड्का, रथहरूको ठेलमठेला गर्ने कुदाइ। "},{"id":3,"text":"घोड़चढ़ीहरूको हमला, झल्कने तरवार र चम्कने भाला। मारिएकाहरूको रास, मुर्दाहरूको ढेर, अनगिन्ती लाशहरू— लाशहरूमा मानिसहरू ठोकर खाँदैहिँड्छन्। "},{"id":4,"text":"यी सबै एउटी वेश्या, टुनामुना गर्नेकी एउटी मालिक्नीको निर्लज्ज कामवासनाको कारणले हो, जसले आफ्नो वेश्यापनद्वारा जाति-जातिहरूलाई, र आफ्नो टुनामुनाद्वारा मानिसहरूलाई दास बनाउँथी।"},{"id":5,"text":"सर्वशक्तिमान् परमप्रभु घोषणा गर्नुहुन्छ, “हेर्, म तेरो विरुद्धमा छु। तेरा मुखसम्म तेरा फरियाहरू उचाल्नेछु। जाति-जातिहरूलाई म तेरो नाङ्गोपना, र राज्यहरूलाई तेरो शर्म देखाउनेछु। "},{"id":6,"text":"तँमाथि फोहोर फाल्नेछु, म तँलाई नीच व्यवहार देखाउनेछु, र तँलाई हाँसोको पात्र तुल्याउनेछु। "},{"id":7,"text":"तँलाई देख्ने जत्ति सबै तँदेखि भाग्नेछन्, र भन्नेछन्, ‘निनवे त नष्ट भएको छ। त्यसको निम्ति कसले विलाप गर्ला?’ तँलाई शान्ति दिने व्यक्ति मैले कहाँ पाउने?”"},{"id":8,"text":"के तँ नील नदीको किनारमा अवस्थित नो सहरभन्दा अझ राम्रो छस्? जसको सुरक्षा पानी थियो, त्यसको किल्ला नदी र पर्खालचाहिँ पानी थियो। "},{"id":9,"text":"कूश र मिश्र त्यसको असीम शक्ति थियो, पूत र लिबिया त्यसका मित्रराष्ट्र थिए। "},{"id":10,"text":"तैपनि त्यो कैदमा लगियो र निर्वासनमा गयो। त्यसका ससाना नानीहरू पनि गल्लीहरूमा बजारिएर मरे। त्यसका भारदारहरूमाथि चिट्ठा हालिए, र त्यसका सबै ठूला मानिसहरू साङ्लाले बाँधिए। "},{"id":11,"text":"तँ पनि मतवाला हुनेछस्, तँ लुकेर बस्नेछस्, र शत्रुबाट भाग्नलाई शरणस्थान खोज्नेछस्।"},{"id":12,"text":"तेरा सबै किल्लाहरू पहिला फसल पाकेका अञ्जीरका रूखहरूजस्तै छन्। ती हल्लाउँदा अञ्जीरहरू खानेको मुखैमा खस्छन्। "},{"id":13,"text":"तेरा फौजहरूलाई हेर्, ती सबै स्त्री मात्र छन्। तेरो देशका मूल ढोकाहरू तेरा शत्रुहरूका निम्ति उदाङ्गै छन्। त्यसका गजबारहरू आगोले खाएको छ।"},{"id":14,"text":"घेरामा पर्ने दिनको निम्ति पानी भरेर राख्। तेरा किल्लाहरू बलिया पार्। काम गर्, हिलो खुट्टाले कुल्ची। इँटको काम मरम्मत गर्। "},{"id":15,"text":"त्यहीँ तँलाई आगोले भस्म पार्नेछ, तँलाई तरवारले टुक्र्याउनेछ र सलहहरूले तँलाई स्वाहा पार्नेछन्। फटेङ्ग्राजस्तै अनगन्ती हो, सलहहरूझैँ संख्यामा बढ्। "},{"id":16,"text":"आकाशका ताराहरूभन्दा बढ्ता तैंले आफ्ना व्यापारीहरू बढ़ाएको छस्। तर सलहहरूलेझैँ उनीहरूले देशलाई नाङ्गो पारेर उड़िजान्छन्। "},{"id":17,"text":"तेरा रक्षकहरू त सलहझैँ छन्, तेरा अधिकारीहरू सलहका बथानझैँ छन्, जो जाड़ोको दिनमा पर्खालहरू हुँदो बस्छन्, तर जब घाम लाग्छ, ती सबै उड़िहाल्छन्— कसैले जान्दैन, कता जान्छन्।"},{"id":18,"text":"हे अश्शूरको राजा, तेरा गोठालाहरू निदाएका छन्, तेरा भारदारहरू आराम गरेर पल्टिबस्छन्, तेरा मानिसहरू डाँड़ाकाँड़ातिर छरपष्टै भएका छन्, र उनीहरूलाई भेला गर्ने कोही छैन। "},{"id":19,"text":"तेरो घाउलाई केही कुरोले निको पार्न सक्दैन। तेरो घाउ घातक छ। जति जनाले तेरो विषयमा सुन्छ त्यसले तेरो पतनमा ताली बजाउँछ, किनकि तेरो अन्त्यै नहुने निष्ठुरता कसले भोगेको छैन र?"}]}]}