-
Notifications
You must be signed in to change notification settings - Fork 0
/
Copy pathMRK.json
1 lines (1 loc) · 224 KB
/
MRK.json
1
{"chapters":[{"id":0,"title":"पुस्तक परिचय","verses":[{"id":1,"text":"मर्कूसचाहिँ येशूका बाह्र जना चेलाहरूमध्ये प्रमुख चेला सिमोन पत्रुसका घनिष्ठ सहयोगी थिए। पत्रुसले मर्कूसलाई “मेरो छोरो” भनेका छन् (१ पत्रुस ५:१३)। मर्कूस बारनाबासका आफन्त र पावल प्रेरितका सहयोगी पनि थिए (प्रेरित १२:२५; कलस्सी ४:१०; २ तिमोथी ४:११)।"},{"id":2,"text":"मर्कूस आफै पहिला बाह्र चेलाहरूमध्ये एक जना नभए पनि, तिनले येशूको जीवनको विषयमा सीधै पत्रुसबाट सिके। मुख्य गरी मर्कूसले आफ्नो सुसमाचार पत्रुसले तिनलाई भनेअनुसार लेखे। धेरैजसो बाइबलका विद्वानहरूको विचार यो छ कि मर्कूसले रोमी साम्राज्यको राजधानी रोम सहरमा यो सुसमाचार लेखे। जस्तो मत्तीले विशेष गरी यहूदी पाठकहरूका लागि आफ्नो सुसमाचार लेखे, त्यस्तै मर्कूसले विशेष गरी रोमीहरूका लागि यो सुसमाचार लेखे। चार वटा सुसमाचारमा मर्कूसको सुसमाचार सबभन्दा पहिले लेखिएको सुसमाचार थियो (हेर्नोस् मत्तीको परिचय)। मर्कूसको सुसमाचार ईस्वी सम्बत् ५५ र ६५ को बीचमा, अर्थात् येशूको मृत्यु भएको झण्डै तीस वर्षपछि लेखिएको थियो। मत्ती र लूकाले पनि मर्कूसको सुसमाचारमा लेखिएका धेरै कुरा आ-आफ्ना सुसमाचारहरूमा गाभेका थिए। वास्तवमा, प्राय: मर्कूसको पूरा सुसमाचार मत्तीको सुसमाचारमा गाभिएको छ।"}]},{"id":1,"title":"मर्कूस 1","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/MRK/1-2ae2dfaf13b57f1e2f1e8fc41ab45d35.mp3?version_id=1483","verses":[{"id":1,"text":"परमेश्वरका पुत्र येशू ख्रीष्टको सुसमाचारको आरम्भ। "},{"id":2,"text":"यशैया अगमवक्ताको पुस्तकमा यसरी लेखिएको छ: \n“हेर, म मेरो दूतलाई तिम्रो अगिअगि पठाउँछु,\nजसले तिम्रो मार्ग तयार गर्नेछ।"},{"id":3,"text":"उजाड-स्थानमा एक जना कराउनेको आवाज, \n‘परमप्रभुको मार्ग तयार पार,\nउहाँका पथ सोझा बनाओ’।”"},{"id":4,"text":"बप्तिस्मा-दिने यूहन्ना पापमोचनको लागि पश्चात्तापको बप्तिस्मा प्रचार गर्दै उजाड-स्थानमा देखा परे। "},{"id":5,"text":"समस्त यहूदिया देश र यरूशलेमका सबै बासिन्दाहरू तिनीकहाँ निस्किआए। र तिनीहरूले आ-आफ्ना पाप स्वीकार गर्दै तिनीबाट यर्दन नदीमा बप्तिस्मा लिए। "},{"id":6,"text":"यूहन्नाले ऊँटको रौँबाट बुनेको लुगा लाउँथे, र कम्मरमा छालाको पटुका बाँध्थे, र सलह र वन-मह खान्थे।"},{"id":7,"text":"तिनले यसो भन्दै प्रचार गरे, “जो मपछि आउनुहुन्छ उहाँ मभन्दा शक्तिशाली हुनुहुन्छ, अनि निहुरेर उहाँका जुत्ताका फित्ता फुकाउने लायकको म छैनँ। "},{"id":8,"text":"मैले तिमीहरूलाई पानीले बप्तिस्मा दिएको छु, तर उहाँले तिमीहरूलाई पवित्र आत्माले बप्तिस्मा दिनुहुनेछ।”"},{"id":9,"text":"अब ती दिनमा येशू गालीलको नासरतबाट आउनुभयो, र यूहन्नाबाट यर्दन नदीमा बप्तिस्मा लिनुभयो। "},{"id":10,"text":"पानीबाट उक्लिआउनेबित्तिकै उहाँले स्वर्ग उघ्रिएको र पवित्र आत्मालाई ढुकुरको रूपमा आफूमाथि ओर्लंदैगर्नुभएको देख्नुभयो। "},{"id":11,"text":"अनि स्वर्गबाट यस्तो एउटा आवाज भयो, “तिमी मेरा प्रिय पुत्र हौ, तिमीसँग म अति प्रसन्न छु।”"},{"id":12,"text":"पवित्र आत्माले उहाँलाई तुरुन्तै उजाड-स्थानमा लैजानुभयो। "},{"id":13,"text":"शैतानबाट परीक्षित हुँदै उहाँ चालीस दिन उजाड-स्थानमा रहनुभयो। उहाँ जङ्गली जनावरहरूसँग रहनुभयो, र स्वर्गदूतहरूले उहाँको सेवा-टहल गरे।"},{"id":14,"text":"अब यूहन्ना पक्राउमा परेपछि परमेश्वरको सुसमाचार प्रचार गर्दै येशू गालीलमा आउनुभयो। "},{"id":15,"text":"उहाँले भन्नुभयो, <red>“समय पूरा भएको छ, र परमेश्वरको राज्य नजिक आइपुगेको छ। पश्चात्ताप गर, र सुसमाचारमा विश्वास गर।” </red>"},{"id":16,"text":"गालील-समुद्रको किनार-किनारै जाँदैहुनुहुँदा उहाँले सिमोन र तिनका भाइ अन्द्रियासलाई समुद्रमा जाल हानिरहेका देख्नुभयो। किनकि तिनीहरू जालहारी थिए। "},{"id":17,"text":"येशूले तिनीहरूलाई भन्नुभयो, <red>“मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका जालहारी बनाउनेछु।”</red>"},{"id":18,"text":"तिनीहरूले तुरुन्तै आफ्ना जालहरू छोड़े, र उहाँको पछि लागे।"},{"id":19,"text":"अनि अलि पर गएपछि उहाँले जब्दियाका दुई छोरा याकूब र यूहन्नालाई डुङ्गामा बसी जाल तुनिरहेका देख्नुभयो। "},{"id":20,"text":"उहाँले तुरुन्त तिनीहरूलाई बोलाउनुभयो, र तिनीहरू आफ्ना पिता जब्दियालाई ज्यामीहरूका साथ डुङ्गामा छोड़ेर उहाँको पछि लागे।"},{"id":21,"text":"तब उहाँहरू कफर्नहुममा जानुभयो, र तुरुन्तै शबाथ-दिनमा सभाघरमा पसी उहाँले शिक्षा दिन लाग्नुभयो। "},{"id":22,"text":"अनि तिनीहरू उहाँका शिक्षामा चकित भए। किनकि उहाँले तिनीहरूलाई शास्त्रीहरूले जस्तो होइन, तर अधिकारसँग सिकाउनुभयो। "},{"id":23,"text":"त्यही बेला त्यस सभाघरमा अशुद्ध आत्मा भएको एक जना मान्छे थियो। "},{"id":24,"text":"त्यसले यसो भन्दै चिच्च्यायो, “हे नासरतका येशू, हामीलाई तपाईंसँग के सरोकार? के तपाईं हामीलाई सर्वनाश पार्नलाई आउनुभएको हो? म तपाईंलाई चिन्छु, तपाईं परमेश्वरका पवित्र जन हुनुहुन्छ।” "},{"id":25,"text":"तर येशूले त्यसलाई यसो भन्दै हकार्नुभयो, <red>“चूप लाग्, र त्यसबाट निस्किजा।”</red>"},{"id":26,"text":"त्यस मान्छेलाई लछारपछार पार्दै त्यो अशुद्ध आत्मा ठूलो स्वरले चिच्च्याएर त्यस मान्छेबाट निस्किगयो।"},{"id":27,"text":"तब सबै जनाले अचम्म माने, र तिनीहरू यसो भन्दै आपसमा सोधासोध गर्न लागे, “यो के हो? यो त नयाँ शिक्षा रहेछ। यिनले त अधिकारसँग अशुद्ध आत्माहरूलाई पनि आज्ञा गर्छन्, र तिनीहरूले यिनका आज्ञा मान्दारहेछन्।” "},{"id":28,"text":"अनि चाँड़ै नै येशूको कीर्ति गालीलको इलाका वरिपरि चारैतिर फैलियो।"},{"id":29,"text":"अब उहाँ तुरुन्तै सभाघरबाट निस्केर याकूब र यूहन्नाका साथमा सिमोन र अन्द्रियासको घरमा पस्नुभयो। "},{"id":30,"text":"सिमोनकी सासू जरोले थला परेकी थिइन्, र तिनीहरूले झट्टै उहाँलाई तिनको विषयमा भने। "},{"id":31,"text":"उहाँले नजिक आएर तिनको हात समाती तिनलाई उठाउनुभयो, र जरोले तिनलाई छोडिहाल्यो। अनि तिनले उहाँहरूको सेवा गरिन्।"},{"id":32,"text":"त्यो साँझ घाम डुबेपछि मानिसहरूले उहाँकहाँ बिरामीहरू र भूत लागेकाहरू जम्मैलाई ल्याए। "},{"id":33,"text":"सारा सहर नै घरको ढोकामा जम्मा भएको थियो। "},{"id":34,"text":"अनेक किसिमका रोगले ग्रस्त भएका धेरै बिरामीहरूलाई उहाँले निको पार्नुभयो, र धेरै भूतहरूलाई निकाल्नुभयो, तर भूतहरूले उहाँलाई चिनेका हुनाले उहाँले तिनीहरूलाई बोल्न दिनुभएन।"},{"id":35,"text":"बिहान उज्यालो हुनभन्दा धेरै अघि उठेर उहाँ बाहिर एकान्त ठाउँमा जानुभयो, र त्यहाँ प्रार्थना गर्नुभयो। "},{"id":36,"text":"सिमोन र तिनीसँग हुनेहरू उहाँलाई खोज्दैगए। "},{"id":37,"text":"उहाँलाई भेट्टाएपछि तिनीहरूले भने, “सबैले तपाईंलाई खोजिरहेका छन्।”"},{"id":38,"text":"तब उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“आओ, हामीहरू नजिकका अरू सहरहरूमा जाऔं, र त्यहाँ पनि म प्रचार गर्न पाऊँ, किनकि यसैको निम्ति म आएको हुँ।” </red>"},{"id":39,"text":"अनि सारा गालीलमा तिनीहरूका सभाघरहरूमा प्रचार गर्दै र भूतहरूलाई निकाल्दै उहाँ हिँड्नुभयो।"},{"id":40,"text":"अनि एक जना कुष्ठरोगी उहाँकहाँ आएर घुँड़ा टेक्दै यसो भनेर बिन्ती गर्यो, “तपाईंले इच्छा गर्नुभयो भने मलाई निको पार्न सक्नुहुन्छ।”"},{"id":41,"text":"तब दयाले भरिएर उहाँले आफ्नो हात पसारी त्यसलाई छुनुभयो, र त्यसलाई भन्नुभयो, <red>“म इच्छा गर्दछु, तिमी निको भइजाऊ।”</red>"},{"id":42,"text":"त्यति नै बेला त्यसको कुष्ठरोग त्यसबाट हट्यो, र त्यो निको भइहाल्यो।"},{"id":43,"text":"अनि उहाँले त्यसलाई कड़ा आज्ञा दिएर यसो भनी तुरुन्तै पठाउनुभयो, "},{"id":44,"text":"<red>“हेर, तिमीले यो कसैलाई नभन्नू, तर गएर तिमी आफैलाई पूजाहारीकहाँ देखाऊ र तिमी निको भएकोमा मानिसहरूका प्रमाणको लागि मोशाको आज्ञाबमोजिम बलि चढ़ाऊ।” </red>"},{"id":45,"text":"तर त्यो निस्केर गयो, अनि यस विषयमा खुल्लमखुल्ला प्रचार गर्न लाग्यो, र येशू फेरि सहरमा खुलस्त प्रवेश गर्न सक्नुभएन, र एकान्त ठाउँहरूमा रहनुभयो। तर मानिसहरू चारैतिरबाट उहाँकहाँ आए।"}]},{"id":2,"title":"मर्कूस 2","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/MRK/2-4b1c83223e59aaa06582858e78a3a902.mp3?version_id=1483","verses":[{"id":1,"text":"केही दिनपछि उहाँ कफर्नहुम फर्कनुभयो, अनि मानिसहरूले उहाँ घरमा हुनुहुन्छ भन्ने सुने। "},{"id":2,"text":"अनि यति धेरै मानिसहरू जम्मा भए कि तिनीहरू त्यहाँ अटाएनन्, यहाँसम्म कि ढोकाको बाहिर पनि ठाउँ भएन, र उहाँले तिनीहरूलाई परमेश्वरको वचन प्रचार गर्दैहुनुहुन्थ्यो। "},{"id":3,"text":"अनि चार जनाले बोकेको एक जना पक्षाघातीलाई लिएर मानिसहरू उहाँकहाँ आए। "},{"id":4,"text":"भीड़को कारणले येशूको नजिक त्यस मानिसलाई पुर्याउन नसक्दा तिनीहरूले उहाँ हुनुभएको ठाउँको माथिको छाना खोले, र उघारिएको ठाउँबाट पक्षाघातीलाई त्यो सुतेको खाटसमेत तल ओह्रालिदिए। "},{"id":5,"text":"येशूले तिनीहरूको विश्वास देखेर त्यस पक्षाघातीलाई भन्नुभयो, <red>“ए छोरा, तिम्रा पापहरू क्षमा भए।”</red>"},{"id":6,"text":"तर त्यहाँ केही शास्त्रीहरू बसिरहेका थिए, र आफ्ना मनमा यसो भनेर विचार गरिरहेका थिए, "},{"id":7,"text":"“यस मानिसले किन यसरी बोल्दछ? यो त ईश्वर-निन्दा हो। केवल एक, अर्थात् परमेश्वरले बाहेक अरू कसले पाप क्षमा गर्न सक्छ?”"},{"id":8,"text":"अनि तिनीहरू आपसमा यसरी विचार गर्दैछन् भन्ने येशूले तुरुन्तै आफ्नो आत्मामा थाहा पाएर तिनीहरूलाई भन्नुभयो, <red>“किन तिमीहरू आफ्ना मनमा यस्तो विचार गर्दैछौ? </red>"},{"id":9,"text":"<red>पक्षाघातीलाई ‘तिम्रा पापहरू क्षमा भए’ भन्नु, कि ‘उठ, तिम्रो खाट उठाएर हिँड़’ भन्नु, कुनचाहिँ सजिलो छ?</red>"},{"id":10,"text":"<red>तर मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान।”</red> तब उहाँले त्यस पक्षाघातीलाई भन्नुभयो, "},{"id":11,"text":"<red>“म तिमीलाई भन्दछु, उठ, तिम्रो खाट उठाऊ, र घर जाऊ।”</red>"},{"id":12,"text":"त्यो उठ्यो, र तुरुन्तै खाट उठाएर सबैका सामुन्नेबाट गइहाल्यो। यहाँसम्म कि, सबै जना आश्चर्य-चकित भए, र “हामीले यस्तो त कहिल्यै देखेका छैनौं” भन्दै तिनीहरूले परमेश्वरको महिमा गरे।"},{"id":13,"text":"उहाँ फेरि एक पल्ट समुद्रको किनारमा जानुभयो। अनि मानिसहरूको एउटा ठूलो भीड उहाँकहाँ आयो, र उहाँले तिनीहरूलाई शिक्षा दिनुभयो। "},{"id":14,"text":"त्यसपछि जाँदैगर्दा उहाँले अल्फयसका छोरा लेवीलाई कर उठाउनेहरूको ठाउँमा बसिरहेका देख्नुभयो र तिनलाई भन्नुभयो, <red>“मेरो पछि लाग।”</red> तिनी उठेर उहाँको पछि लागे।"},{"id":15,"text":"उहाँ लेवीको घरमा भोजन गर्न बस्नुहुँदा कर उठाउने धेरै जना र पापीहरू पनि येशू र उहाँका चेलाहरूका साथमा बसिरहेका थिए। किनकि उहाँलाई पछ्याउनेहरू धेरै थिए। "},{"id":16,"text":"उहाँ पापीहरू र कर उठाउनेहरूसँग खाइरहनुभएको देखेर फरिसी दलका शास्त्रीहरूले उहाँका चेलाहरूलाई भने, “तिनी किन कर उठाउनेहरू र पापीहरूसँग बसेर खान्छन्?”"},{"id":17,"text":"यो सुनेर येशूले तिनीहरूलाई भन्नुभयो, <red>“निरोगीहरूलाई वैद्यको खाँचो पर्दैन, तर रोगीहरूलाई मात्र पर्छ। म धर्मीहरूलाई होइन, तर पापीहरूलाई बोलाउन आएको हुँ।”</red>"},{"id":18,"text":"यूहन्नाका चेलाहरू र फरिसीहरू उपवास बस्तथिए। मानिसहरूले आएर उहाँलाई भने, “यूहन्नाका चेलाहरू र फरिसीका चेलाहरू उपवास बस्तछन्, तर तपाईंका चेलाहरू किन उपवास बस्दैनन्?”"},{"id":19,"text":"येशूले तिनीहरूलाई भन्नुभयो, <red>“के दुलहा तिनीहरूका साथमा रहुञ्जेल जन्तीहरू उपवास बस्छन् र? जहिलेसम्म दुलहा तिनीहरूका साथमा हुन्छन् तिनीहरू उपवास बस्दैनन्।</red>"},{"id":20,"text":"<red>तर समय आउनेछ, जब दुलहा तिनीहरूबाट अलग गराइनेछन्, तब तिनीहरू त्यस दिन उपवास बस्नेछन्।</red>"},{"id":21,"text":"<red>“कसैले पुरानो लुगामा नयाँ कपड़ाको टालो हाल्दैन, नत्रता टालेको कपड़ा फाटिनिस्कन्छ, अर्थात् नयाँ पुरानोबाट फाटेर निस्कन्छ, र फटाइ झन् नराम्रो हुनेछ।</red>"},{"id":22,"text":"<red>अनि कसैले नयाँ दाखमद्य पुरानो छालाको मशकमा हाल्दैन, नत्रता त्यस दाखमद्यले छालाका मशकहरू फुटाइदिन्छ, र दाखमद्य र मशक पनि नष्ट हुन्छन्। तर नयाँ दाखमद्यचाहिँ नयैँ भाँड़ामा हालिन्छ।”</red>"},{"id":23,"text":"एक शबाथ-दिन उहाँ अन्नका खेतहरूबाट भएर जाँदैहुनुहुन्थ्यो। त्यताबाट जाँदा उहाँका चेलाहरूले हिँड्दाहिँड्दै अन्नका बाला टिप्न लागे।"},{"id":24,"text":"यो देखेर फरिसीहरूले उहाँलाई भने, “हेर्नुहोस्, शबाथ-दिनमा जे गर्नु अनुचित छ तिनीहरू किन त्यही गर्दछन्?”"},{"id":25,"text":"उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“जब दाऊद र तिनीसँग हुनेहरू खाँचोमा परेका र भोकाएका थिए तब दाऊदले के गरे? के तिमीहरूले कहिल्यै पढ़ेका छैनौ? </red>"},{"id":26,"text":"<red>प्रधान पूजाहारी अबियाथारको पालोमा परमेश्वरको भवनमा तिनी पसे, र परमेश्वरलाई चढ़ाइएको रोटी खाए, जो पूजाहारीले बाहेक अरूले खान अनुचित छ, र त्यो रोटी तिनको साथमा हुनेहरूलाई पनि दिए।” </red>"},{"id":27,"text":"तिनीहरूलाई उहाँले भन्नुभयो, <red>“शबाथ-दिन मानिसको लागि बनेको हो, मानिस शबाथ-दिनको निम्ति होइन।</red>"},{"id":28,"text":"<red>यसैकारण मानिसको पुत्र शबाथ-दिनको पनि प्रभु हो।” </red>"}]},{"id":3,"title":"मर्कूस 3","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/MRK/3-51ded0b95770f3bdf81afb0ec452a7ba.mp3?version_id=1483","verses":[{"id":1,"text":"पछिबाट फेरि उहाँ सभाघरमा पस्नुभयो। त्यहाँ सुकेको हात भएको एक जना मानिस थियो। "},{"id":2,"text":"कतै उहाँले त्यसलाई शबाथ-दिनमा निको पार्नुहुन्छ कि भनी उहाँलाई दोष लाउन मानिसहरू उहाँको चेवामा थिए। "},{"id":3,"text":"तब उहाँले सुकेको हात भएको मानिसलाई भन्नुभयो, <red>“यता आऊ।”</red>"},{"id":4,"text":"उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“शबाथ-दिनमा भलो गर्नु कि खराबी गर्नु, प्राण बचाउनु कि नाश गर्नु, कुनचाहिँ उचित छ?”</red> तर तिनीहरू चूप लागिरहे।"},{"id":5,"text":"तिनीहरूका हृदयको कठोरतामा दुःखित भई क्रोधित भएर उहाँले तिनीहरू सबैलाई हेर्नुभयो अनि त्यस मानिसलाई भन्नुभयो, <red>“तिम्रो हात पसार।”</red> त्यसले हात पसार्यो र त्यसको हात निको भयो। "},{"id":6,"text":"तब निस्केर गई उहाँलाई कसरी नाश पारौं भनी फरिसीहरूले तुरुन्तै हेरोदीहरूसँग उहाँको विरुद्धमा मतो गरे।"},{"id":7,"text":"त्यसपछि येशू आफ्ना चेलाहरूसँग समुद्रतिर जानुभयो, र गालीलबाट मानिसहरूको ठूलो भीड उहाँको पछि लाग्यो। "},{"id":8,"text":"यहूदिया, यरूशलेम, इदुमिआ, यर्दनपारी र टुरोस र सीदोनका वरिपरिबाट मानिसहरूको ठूलो भीड उहाँका अचम्मका कामको कीर्ति सुनेर उहाँकहाँ आयो। "},{"id":9,"text":"भीड़ले उहाँलाई नमिचोस् भनी उहाँले आफ्ना चेलाहरूलाई आफ्नो निम्ति एउटा डुङ्गा तयार पार्न लगाउनुभयो।"},{"id":10,"text":"उहाँले धेरैलाई निको पार्नुभएको हुनाले रोग लागेका सबैले उहाँलाई छोऔं भनेर ठेलमठेला गर्दथे। "},{"id":11,"text":"जब अशुद्ध आत्माहरूले उहाँलाई देख्दथे, तब उहाँको अगि घोप्टो परेर यसो भन्दै कराउँथे, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।” "},{"id":12,"text":"तर उहाँलाई प्रकट नगर्नू भनी तिनीहरूलाई उहाँले कड़ा हुकुम दिनुभयो।"},{"id":13,"text":"त्यसपछि येशू डाँड़ामा उक्लनुभयो, र उहाँले चाहनुभएका जतिलाई बोलाउनुभयो, र तिनीहरू उहाँकहाँ आए। "},{"id":14,"text":"आफूसँग रहन र प्रचार गर्न पठाउनलाई उहाँले बाह्र जनालाई नियुक्त गर्नुभयो, "},{"id":15,"text":"र तिनीहरूलाई भूतहरू निकाल्ने अधिकार पनि दिनुभयो। "},{"id":16,"text":"ती बाह्र प्रेरितहरू यी नै हुन्: सिमोन, जसको नाउँ उहाँले पत्रुस राख्नुभयो, "},{"id":17,"text":"जब्दियाका छोरा याकूब र याकूबका भाइ यूहन्ना। उहाँले तिनीहरूलाई बोअनर्गेश, अर्थात् गर्जनका छोराहरू भन्ने नाउँ दिनुभयो। "},{"id":18,"text":"अन्द्रियास, फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्फयसका छोरा याकूब, र थेदियस, सिमोन कनानी, "},{"id":19,"text":"र यहूदा इस्करियोत जसले उहाँलाई धोका दियो।"},{"id":20,"text":"त्यसपछि येशू फेरि घरतिर जानुभयो। फेरि भीड जम्मा भयो, यहाँसम्म कि उहाँहरूले भोजन खान पनि पाउनुभएन। "},{"id":21,"text":"जब येशूका परिवारले यो सुने, तब उहाँलाई लैजानलाई उनीहरू निस्के, किनकि उहाँको मन ठेगानमा छैन भनी उनीहरू भन्थे।"},{"id":22,"text":"यरूशलेमबाट आएका व्यवस्थाका शास्त्रीहरूले भने, “त्यसमा बालजिबुल भूत छ, र भूतहरूको मालिकद्वारा नै त्यसले भूतहरू निकाल्दछ।” "},{"id":23,"text":"तर उहाँले तिनीहरूलाई आफूकहाँ बोलाएर दृष्टान्तहरूमा भन्नुभयो, <red>“शैतानले शैतानलाई कसरी निकाल्न सक्छ?</red>"},{"id":24,"text":"<red>कुनै राज्यको आपसमा फूट भयो भने त्यो राज्य टिक्न सक्दैन।</red>"},{"id":25,"text":"<red>कुनै घरको पनि आपसमा फूट भयो भने त्यो घर टिक्न सक्नेछैन।</red>"},{"id":26,"text":"<red>यदि शैतानले शैतानकै विरुद्धमा खड़ा भएर फाटो ल्याएको छ भने त्यो टिक्न सक्दैन, तर त्यसको अन्त्य आइसकेको हुन्छ।</red>"},{"id":27,"text":"<red>कसैले बलियो मानिसको घरमा पसेर उसको धनमाल लुट्न सक्दैन जबसम्म त्यसले त्यो बलियो मानिसलाई पहिला बाँध्दैन। तब पो त्यसले उसको घर लुट्न सक्छ।</red>"},{"id":28,"text":"<red>साँच्चै, म तिमीहरूलाई भन्दछु, मानिसहरूका सबै पाप र ईश्वर-निन्दा क्षमा गरिनेछन्,</red>"},{"id":29,"text":"<red>तर पवित्र आत्माको विरुद्धमा निन्दा गर्नेलाई कदापि क्षमा हुनेछैन, तर त्यो अनन्त पापकर्मको दोषी ठहर्छ।’ </red>"},{"id":30,"text":"उहाँले यो वचन भन्नुभयो, किनकि “उसमा अशुद्ध आत्मा छ” भनी तिनीहरूले भनेका थिए।"},{"id":31,"text":"तब उहाँकी आमा र उहाँका भाइहरू त्यहाँ आए, र बाहिरै खड़ा भएर उहाँलाई डाकिपठाए। "},{"id":32,"text":"भीड उहाँको वरिपरि बसिरहेको थियो र तिनीहरूले उहाँलाई भने, “हेर्नुहोस्, तपाईंकी आमा र तपाईंका भाइहरू तपाईंलाई बाहिर खोज्दैछन्।”"},{"id":33,"text":"उहाँले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, <red>“मेरी आमा र मेरा भाइहरू को हुन्?”</red>"},{"id":34,"text":"अनि आफ्नो वरिपरि चारैतिर हेरेर उहाँले भन्नुभयो, <red>“हेर, यी नै हुन् मेरी आमा र मेरा भाइहरू।</red>"},{"id":35,"text":"<red>किनकि जसले परमेश्वरको इच्छा पालन गर्छ त्यो नै मेरो भाइ र मेरी बहिनी र मेरी आमा हुन्।”</red>"}]},{"id":4,"title":"मर्कूस 4","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/MRK/4-ef3c3e9fa559c3fe5da1cec72381be4f.mp3?version_id=1483","verses":[{"id":1,"text":"पछिबाट फेरि समुद्रको किनारमा उहाँले शिक्षा दिन लाग्नुभयो। उहाँका चारैपट्टि भीड यति ठूलो भयो कि उहाँ समुद्रमा भएको एउटा डुङ्गामा चढ्नुभयो र त्यसैमा बस्नुभयो। मानिसहरूचाहिँ समुद्रको किनारका पाखामा बसेका थिए।"},{"id":2,"text":"अनि उहाँले तिनीहरूलाई दृष्टान्तहरूमा धेरै कुरा सिकाउनुभयो। उहाँले आफ्नो शिक्षामा तिनीहरूलाई यसो भन्नुभयो: "},{"id":3,"text":"<red>“सुन! हेर, एक जना बीउ छर्ने मानिस बीउ छर्नलाई निस्क्यो।</red>"},{"id":4,"text":"<red>अनि छर्दाखेरि केही बीउ बाटोतिर परे, र ती बीउ चराचुरुङ्गीले आएर खाइहाले।</red>"},{"id":5,"text":"<red>केही बीउ ढुङ्गेनी ठाउँमा परे, जहाँ धेरै माटो थिएन, र माटोको गहिराइ नहुनाले ती छिट्टै उम्रे।</red>"},{"id":6,"text":"<red>घाम निकै चर्केपछि टुसाहरू डढ़िहाले, जरा नलागेकोले ती ओइलिहाले।</red>"},{"id":7,"text":"<red>केही बीउचाहिँ काँढ़ाहरूका बीचमा परे। काँढ़ाहरू बढ़े, र बोट निसासिए, अनि तिनमा फल लागेनन्।</red>"},{"id":8,"text":"<red>तर केही बीउ असल जमिनमा परे, र उम्रँदै र बढ्दैगएर तीस गुणा, साठी गुणा र सय गुणा फल दिए।”</red>"},{"id":9,"text":"अनि उहाँले भन्नुभयो, <red>“जसको सुन्ने कान छ, त्यसले सुनोस्।”</red>"},{"id":10,"text":"जब उहाँ एकलै हुनुभयो, तब बाह्र जना चेलाहरू र उहाँको वरिपरि भएकाहरूले उहाँलाई दृष्टान्तको विषयमा सोधे। "},{"id":11,"text":"उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“परमेश्वरका राज्यको रहस्य तिमीहरूलाई दिइएको छ, तर बाहिरकाहरूलाई भने सबै कुरा दृष्टान्तमा भनिन्छ,</red>"},{"id":12,"text":"<red>कि तिनीहरू हेर्न त हेर्छन्, तर देख्दैनन्,</red>\n<red>सुन्न त सुन्छन्, तर बुझ्दैनन्,</red>\n<red>नत्रता तिनीहरूले पश्चात्ताप गर्नेथिए,</red>\n<red>र तिनीहरूको पाप क्षमा हुनेथियो।” </red>"},{"id":13,"text":"उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“तिमीहरू यस दृष्टान्तको अर्थ बुझ्दैनौ? त्यसो भए अरू सब दृष्टान्तहरूका अर्थ कसरी बुझ्नेछौ?</red>"},{"id":14,"text":"<red>बीउ छर्नेले वचन छर्दछ।</red>"},{"id":15,"text":"<red>कोही मानिसहरू बाटोतिर छरिएका बीउजस्तै छन्। जब तिनीहरूले वचन सुन्छन्, तब तुरुन्तै शैतान आउँछ, र तिनीहरूमा छरिएको वचन लगिहाल्छ।</red>"},{"id":16,"text":"<red>त्यसै गरी ढुङ्गेनी ठाउँमा छरिएकाहरू यी नै हुन्, जसले जब वचन सुन्छन् तब खुसीसाथ तुरुन्तै त्यो ग्रहण गर्छन्।</red>"},{"id":17,"text":"<red>तर तिनीहरूको आफ्नो जरा नलागेकोले ती थोरै बेर मात्र टिक्छन्। तर जब वचनको कारण सङ्कष्ट वा सतावट आउँछ, तिनीहरू तुरुन्तै लड़िहाल्छन्।</red>"},{"id":18,"text":"<red>काँढ़ाहरूका बीचमा छरिएका ती नै हुन्, जसले वचन सुन्छन्,</red>"},{"id":19,"text":"<red>तर यस संसारको फिक्री र धनको मोह र अरू थोकको लालच आएर वचनलाई निसासिदिन्छन्। ती फलवन्त हुँदैनन्।</red>"},{"id":20,"text":"<red>तर असल जमिनमा छरिएकाहरू ती हुन्, जसले वचन सुन्छन्, र ग्रहण गर्छन्, र फल दिन्छन् तीस गुणा, साठी गुणा र सय गुणा।” </red>"},{"id":21,"text":"उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“के कसैले बत्ती बालेर पाथीमुनि वा खाटमुनि राख्न भनेर भित्र ल्याउँछ? के सामदानमाथि राख्न भनेर होइन र?</red>"},{"id":22,"text":"<red>कुनै थोक लुकाएर राख्न सकिँदैन जो प्रकट गरिनेछैन, अनि कुनै थोक गुप्त छैन जो प्रकाशमा ल्याइनेछैन।</red>"},{"id":23,"text":"<red>यदि कुनै मानिसको सुन्ने कान छ भने त्यसले सुनोस्।”</red>"},{"id":24,"text":"उहाँले तिनीहरूलाई फेरि भन्नुभयो, <red>“तिमीहरू जे सुन्छौ, त्यसमा ध्यान देओ। किनकि जुन नापले तिमीहरू दिन्छौ त्यही नापमा तिमीहरूले पाउँछौ। र तिमीहरूलाई झन् बढ़ी दिइनेछ। </red>"},{"id":25,"text":"<red>किनभने जससँग छ त्यसलाई दिइनेछ, र जससँग छैन त्यससँग भएको पनि त्यसबाट खोसिनेछ।” </red>"},{"id":26,"text":"उहाँले भन्नुभयो, <red>“परमेश्वरको राज्य यस्तो हो— कुनै एक जना मानिसले जमिनमा बीउ छर्छ,</red>"},{"id":27,"text":"<red>र ऊ सुते पनि, जागा रहे पनि रातदिन त्यो बीउचाहिँ टुसाउँछ र बढ्छ, तर त्यो कसरी बढ्छ, सो उसले जान्दैन।</red>"},{"id":28,"text":"<red>जमिन आफैले उमार्छ, पहिले टुसा, त्यसपछि बाला, तब बालामा पूरा दाना लाग्छ।</red>"},{"id":29,"text":"<red>तर जब अन्न पाक्छ, तब तुरुन्तै उसले हँसिया लगाउन थाल्छ, किनभने फसलको बेला आइपुगेको हुन्छ।” </red>"},{"id":30,"text":"उहाँले फेरि भन्नुभयो, <red>“परमेश्वरका राज्यको तुलना केसँग गरौं? अथवा कुन दृष्टान्तमा यसको व्याख्या गरौं? </red>"},{"id":31,"text":"<red>यो त रायोको बीउको दाना जस्तो छ, जो जमिनमा छरिन्छ। पृथ्वीभरिमा सबै बीउहरूमा साना भए तापनि</red>"},{"id":32,"text":"<red>जब त्यो छरिन्छ, तब त्यो बढ्छ, र सबै सागपातहरूभन्दा त्यो ठूलो हुन्छ, र त्यसले ठूला-ठूला हाँगाहरू हाल्छ, र आकाशका पक्षीहरूले त्यसका छहारीमा गुँड़ लाउँछन्।”</red>"},{"id":33,"text":"तिनीहरूले बुझ्न सकेसम्म उहाँले यस्तै धेरै दृष्टान्तहरू भनेर तिनीहरूलाई वचन सुनाउनुभयो। "},{"id":34,"text":"दृष्टान्तविना उहाँ तिनीहरूसँग बोल्नुभएन, तर आफ्ना निज चेलाहरूलाई उहाँले गुप्तमा सबैको अर्थ खोलिदिनुहुन्थ्यो।"},{"id":35,"text":"त्यो दिन साँझ परेपछि उहाँले चेलाहरूलाई भन्नुभयो, <red>“आओ, हामी पारिपट्टि जाऔं।”</red>"},{"id":36,"text":"अनि भीड़सँग बिदा लिएपछि, उहाँ जुन डुङ्गामा बस्नुभएको थियो त्यसैमा उहाँलाई चेलाहरूले आफ्नासाथ लगे। र अरू-अरू डुङ्गाहरू पनि उहाँको साथमा थिए। "},{"id":37,"text":"अनि त्यहाँ ठूलो हुरी-बतास चल्यो, र छालहरू डुङ्गामा बज्रन लागे, यहाँसम्म कि डुङ्गा पानीले भरिन लाग्यो। "},{"id":38,"text":"उहाँ आफैचाहिँ डुङ्गाको पछिल्लो भागमा एउटा सिरानी लाएर निदाइरहनुभएको थियो। तिनीहरूले उहाँलाई यसो भन्दै बिउँझाए, “गुरुज्यू, हामी डुब्न लाग्यौं भन्ने के तपाईंलाई वास्ता छैन?”"},{"id":39,"text":"तब उहाँ बिउँझनुभयो, र बतासलाई हप्काउनुभयो, र समुद्रका छालहरूलाई भन्नुभयो, <red>“शान्त हो! रोकिजा!”</red> अनि बतास थामियो र ठूलो सन्नाटा छायो।"},{"id":40,"text":"उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“तिमीहरू किन यसरी भयभीत हुन्छौ? तिमीहरूमा विश्वास छैन?”</red>"},{"id":41,"text":"तिनीहरू साह्रै भयभीत भए र आपसमा भन्न लागे, “यिनी को हुन्? बतास र समुद्रले पनि यिनको हुकुम मान्छन्।”"}]},{"id":5,"title":"मर्कूस 5","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/MRK/5-2ebcaa4a809a849f94f653cba902e476.mp3?version_id=1483","verses":[{"id":1,"text":"अनि उहाँहरू समुद्रको पारिपट्टि गेरासेनसको मुलुकमा आउनुभयो। "},{"id":2,"text":"येशू डुङ्गाबाट बाहिर निस्कनेबित्तिकै चिहानबाट अशुद्ध आत्मा लागेको एक जना मानिसले उहाँलाई भेट्यो। "},{"id":3,"text":"त्यो चिहानहरू हुँदो बस्दथ्यो। कसैले पनि त्यसलाई साङ्लाले समेत बाँध्न सक्दैनथ्यो। "},{"id":4,"text":"किनकि त्यो धेरै पल्ट नेल र साङ्लाहरूले बाँधिएको थियो, र पनि त्यसले साङ्लाहरू टुक्रा-टुक्रा पारी छिनाल्थ्यो। कुनै मानिसले पनि त्यसलाई वशमा पार्न सकेको थिएन। "},{"id":5,"text":"त्यो रात र दिन सधैँ चिहानहरू र डाँड़ाहरूमा कराउँदै आफूले आफैलाई ढुङ्गाले काट्दै हिँड्थ्यो।"},{"id":6,"text":"अनि जब त्यसले येशूलाई टाढ़ैबाट देख्यो तब दौड़ेर आयो, र उहाँलाई दण्डवत् गर्यो। "},{"id":7,"text":"अनि ठूलो सोरले चिच्च्याएर त्यसले भन्यो, “हे सर्वोच्च परमेश्वरका पुत्र येशू, तपाईंको मसँग के सरोकार? म परमेश्वरमा शपथ खाएर तपाईंलाई बिन्ती गर्दछु, कि मलाई दुःख नदिनुहोस्।” "},{"id":8,"text":"किनकि उहाँले त्यसलाई भन्नुभएको थियो, <red>“ए अशुद्ध आत्मा, त्यस मानिसबाट निस्किआइज।”</red>"},{"id":9,"text":"अनि उहाँले त्यसलाई सोध्नुभयो, <red>“तेरो नाउँ के हो?”</red>त्यसले उहाँलाई भन्यो, “मेरो नाउँ त फौज हो, किनकि हामी धेरै छौं।” "},{"id":10,"text":"ती भूतात्माहरूलाई त्यस इलाकाबाहिर ननिकालिदिनुहोस् भनी त्यसले उहाँलाई आग्रहपूर्वक बिन्ती गर्यो।"},{"id":11,"text":"त्यहाँ नजिकैको डाँडामा सुँगुरको एक ठूलो बगाल चरिरहेको थियो। "},{"id":12,"text":"ती भूतात्माहरूले यसो भनी उहाँलाई बिन्ती गरे, “हामीलाई सुँगुरहरूकहाँ जान दिनुहोस्, र हामी तीभित्र पस्छौं।” "},{"id":13,"text":"तब उहाँले तिनीहरूलाई अनुमति दिनुभयो, र अशुद्ध आत्माहरू बाहिर निस्केर सुँगुरहरूभित्र पसे, अनि करीब दुई हजार सुँगुरको त्यो बगाल भिरालोबाट समुद्रतिर हुर्रिदैगए, र समुद्रमा डुबेर मरे।"},{"id":14,"text":"ती सुँगुर चराउनेहरू भागे, र सहर र गाउँ-गाउँमा खबर दिए। र के भएको हो सो हेर्न मानिसहरू त्यहाँ आए। "},{"id":15,"text":"तब तिनीहरू येशूकहाँ आए, र देखे कि त्यो भूत लागेको मानिस ठीक मनको भएर लुगा लगाई बसिरहेको थियो। यो देखेर तिनीहरू डराए। "},{"id":16,"text":"अनि जसले यो देखेका थिए, तिनीहरूले भूत लागेको मानिस र सुँगुरहरूलाई के भएको थियो सो बताइदिए। "},{"id":17,"text":"अनि तिनीहरूको इलाकाबाट गइहाल्नुहोस् भनी मानिसहरूले येशूलाई बिन्ती गर्न लागे।"},{"id":18,"text":"उहाँ डुङ्गामा पस्न लाग्नुहुँदा त्यो भूत लागेको मानिसले उहाँसँग रहनलाई बिन्ती गर्यो। "},{"id":19,"text":"तर उहाँले त्यसलाई अनुमति दिनुभएन, तर त्यसलाई भन्नुभयो, <red>“तिमी आफ्नो घरमा गएर तिम्रा मित्रहरूलाई प्रभुले तिम्रो निम्ति गर्नुभएको महान् काम र तिमीलाई देखाउनुभएको ठूलो दयाको वर्णन गरिदेऊ।”</red>"},{"id":20,"text":"अनि त्यो मानिस हिँड़िहाल्यो, र येशूले त्यसको निम्ति कति ठूलो काम गरिदिनुभएको थियो सो डेकापोलिसभरि प्रचार गर्न लाग्यो, र सबै मानिसहरूले अचम्म माने।"},{"id":21,"text":"जब येशू फेरि डुङ्गामा समुद्रको पारिपट्टि जानुभयो, तब एउटा ठूलो भीड उहाँको वरिपरि भेला भयो। उहाँचाहिँ समुद्रको किनारमा हुनुहुन्थ्यो। "},{"id":22,"text":"सभाघरका शासकहरूमध्ये याइरस नाउँका एक जना उहाँकहाँ आए, र उहाँलाई देखेर उहाँका पाउमा घोप्टो परे, "},{"id":23,"text":"र यसो भनेर बिन्ती गरे, “मेरी सानी छोरी मर्न लागेकी छे, आएर त्यसमाथि तपाईंका हात राखिदिनुहोस्, र त्यो निको होस् र बाँचोस्।” "},{"id":24,"text":"तब येशू तिनीसँग जानुभयो।एउटा ठूलो भीड उहाँको पछि लाग्यो, र मानिसहरू उहाँको वरिपरि ठेलमठेला गर्न लागे। "},{"id":25,"text":"अनि बाह्र वर्ष अघिदेखि रगत बग्ने रोग भएकी एउटी स्त्री त्यहाँ थिई। "},{"id":26,"text":"त्यसले धेरै वैद्यहरूका हातबाट अनेक कष्ट पाएर आफूसँग भएका सारा धनसम्पत्ति खर्च गरेर पनि निको नभई बरु झन् खराब हालतमा पुगेकी थिई। "},{"id":27,"text":"येशूको विषयमा त्यसले सुनेकी थिई, र भीड़को पछिल्तिरबाट आएर उहाँको वस्त्र त्यसले छोई। "},{"id":28,"text":"किनकि त्यसले मनमनै भनी, “मैले उहाँको वस्त्र मात्र छोएँ भने पनि म निको हुनेछु।” "},{"id":29,"text":"अनि तुरुन्त त्यसको रगत बग्ने बन्द भइहाल्यो, र आफ्नो शरीरको रोग निको भएको त्यसले थाहा पाई।"},{"id":30,"text":"आफूबाट शक्ति बाहिर निस्केको झट्टै येशूले थाहा पाएर भीड़मा पछिल्तिर फर्केर सोध्नुभयो, <red>“कसले मेरो वस्त्र छोयो?” </red>"},{"id":31,"text":"चेलाहरूले उहाँलाई भने, “भीड़ले ठेलमठेला गरेको त तपाईंले देख्नुभएकै छ, र पनि तपाईं भन्नुहुन्छ “कसले मलाई छोयो?”"},{"id":32,"text":"उहाँलाई छुने को हो भनी उहाँले चारैतिर हेर्न लाग्नुभयो। "},{"id":33,"text":"तब आफूलाई जे भएको थियो सो थाहा पाएर त्यो स्त्री डरले काम्दै आएर येशूको अगि घोप्टो परी, र उहाँलाई सबै सत्य कुरा भनिदिई। "},{"id":34,"text":"तब उहाँले त्यसलाई भन्नुभयो, <red>“ए छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। शान्तिसाथ जाऊ। तिम्रो रोग निको होस्।”</red>"},{"id":35,"text":"उहाँ बोल्दैहुनुहुँदा, शासकको घरबाट मानिसहरू आएर भने, “तपाईंकी छोरी त मरी। गुरुज्यूलाई अब अरू कष्ट किन दिनुहुन्छ?”"},{"id":36,"text":"तर तिनीहरूले गरेका कुराहरूलाई ध्यान नदिई येशूले सभाघरका शासकलाई भन्नुभयो, <red>“नडराऊ, विश्वास मात्र गर।”</red>"},{"id":37,"text":"अनि उहाँले पत्रुस, याकूब र याकूबका भाइ यूहन्नालाई बाहेक अरू कसैलाई पनि आफ्नो साथ आउन अनुमति दिनुभएन। "},{"id":38,"text":"उहाँहरू सभाघरका शासकको घरमा आउनुभयो, अनि उहाँले खैलाबैला गर्नेहरू, रुनेहरू र ठूलो सोरले बिलौना गर्नेहरूलाई देख्नुभयो। "},{"id":39,"text":"भित्र पसेर उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“तिमीहरू किन खैलाबैला गर्छौ र रुन्छौ? ठिटी मरेकी छैन, तर सुतिरहेकी छे।”</red>"},{"id":40,"text":"तर तिनीहरू उहाँको कुरामाथि हाँसे।तब उहाँले तिनीहरू सबैलाई बाहिर निकाल्नुभयो, र ठिटीका बुबा र आमा र उहाँसँग हुनेहरूलाई साथमा लिएर ठिटी भएको ठाउँभित्र जानुभयो। "},{"id":41,"text":"अनि ठिटीको हात समातेर उहाँले त्यसलाई भन्नुभयो, <red>“तालिता कूमी,”</red> जसको अर्थ हो, <red>“ए बालिका, म तिमीलाई भन्दछु, उठ।”</red>"},{"id":42,"text":"अनि ठिटी तुरुन्तै उठी, र हिँड्डुल गर्न लागी। त्यो बाह्र वर्षकी थिई। अनि त्यति नै बेला तिनीहरू आश्चर्यचकित भए। "},{"id":43,"text":"उहाँले तिनीहरूलाई यो कसैले थाहा नपाओस् भन्ने कड़ा आज्ञा दिनुभयो। अनि बालिकालाई चाहिँ केही खान दिनू भनी तिनीहरूलाई भन्नुभयो।"}]},{"id":6,"title":"मर्कूस 6","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/MRK/6-a697a5456b8a5de873af55dbe8fbf211.mp3?version_id=1483","verses":[{"id":1,"text":"त्यहाँबाट निस्केर उहाँ आफ्नै नगरमा फर्कनुभयो। उहाँका चेलाहरू उहाँको पछि लागे। "},{"id":2,"text":"शबाथ-दिनमा उहाँले सभाघरमा शिक्षा दिन लाग्नुभयो। धेरै जना सुन्नेहरूले छक्क परेर भने, “यस मानिसले यी सब कहाँबाट पायो? यिनलाई दिइएको यो ज्ञान कस्तो हो? यिनका हातबाट भएका कार्यहरू कति शक्तिशाली? "},{"id":3,"text":"के यिनी त्यही सिकर्मी होइनन् र? के यिनी त मरियमका छोरा तथा याकूब, योसेफ, यहूदा र सिमोनका दाजु होइनन् र? के यिनका बहिनीहरू पनि हामीसँगै छैनन् र?” अनि तिनीहरू उहाँसँग चिढ़िए।"},{"id":4,"text":"तब येशूले तिनीहरूलाई भन्नुभयो, <red>“अगमवक्तालाई आफ्नो देश र आफ्नो नातादारहरूका बीचमा र आफ्नै घरमा बाहेक अन्त कहीँ अनादर हुँदैन।” </red>"},{"id":5,"text":"र उहाँले त्यहाँ कुनै-कुनै रोगीहरूमाथि आफ्ना हात राखेर तिनीहरूलाई निको पार्ने कामबाहेक अरू कुनै शक्तिशाली काम गर्न सक्नुभएन। "},{"id":6,"text":"तिनीहरूको अविश्वास देखेर उहाँ छक्क पर्नुभयो।अनि उहाँ गाउँ-गाउँमा शिक्षा दिँदैजानुभयो।"},{"id":7,"text":"उहाँले बाह्र जनालाई आफूकहाँ बोलाउनुभयो, र तिनीहरूलाई दुई-दुई गरी पठाउनुभयो। तिनीहरूलाई अशुद्ध आत्माहरूमाथि अधिकार पनि दिनुभयो। "},{"id":8,"text":"तिनीहरूलाई उहाँले यस्तो आज्ञा दिनुभयो: <red>“यात्राको निम्ति साथमा केही नबोक्नू, न त रोटी, न झोला, न खल्तीमा पैसा, तर एउटा लट्ठी मात्र बोक्नू।</red>"},{"id":9,"text":"<red>जुत्ता लाउनू, तर अरू बढ़ी दौरा नबोक्नू।” </red>"},{"id":10,"text":"उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“जब कुनै घरमा पसौला, जबसम्म त्यस गाउँबाट निस्कँदैनौ तबसम्म त्यहीँ नै बस।</red>"},{"id":11,"text":"<red>यदि कुनै ठाउँमा तिमीहरूको स्वागत भएन भने, र मानिसहरूले तिमीहरूको वचन सुन्न इन्कार गरे भने, त्यस ठाउँबाट तिमीहरू निस्कँदा तिनीहरूका विरुद्धमा गवाहीको लागि आफ्नो पैतालाको धुलो टकटक्याइदिनू।”</red>"},{"id":12,"text":"तब तिनीहरू निस्केर गई मानिसहरूले पश्चात्ताप गरून् भनी प्रचार गरे। "},{"id":13,"text":"तिनीहरूले धेरै भूतहरूलाई निकाले, र धेरै रोगीहरूलाई तेलले अभिषेक गरेर निको पारे।"},{"id":14,"text":"हेरोद राजाले येशूको कीर्ति सुने, किनकि उहाँको नाउँ प्रचलित भएको थियो। कतिले भन्थे, “बप्तिस्मा-दिने यूहन्ना मरेकाबाट जीवित भएछन्, यसैले त तिनीद्वारा यस्ता शक्तिका काम भइरहेछन्।”"},{"id":15,"text":"तर अरूहरूले भने, “यिनी एलिया हुन्।”र अझै अरूहरूले भने, “यिनी त प्राचीन समयका अगमवक्ताहरूजस्तै एक अगमवक्ता हुन्।”"},{"id":16,"text":"तर जब हेरोदले यो सुने तब उनले भने, “यूहन्ना, जसको शिर मैले काट्न लगाएँ, त्यही बौरिउठेछ।”"},{"id":17,"text":"किनभने हेरोदले आफ्नो भाइ फिलिपकी पत्नी हेरोदियासको खातिर यूहन्नालाई पक्रन लाएर तिनलाई बाँधी झ्यालखानमा हालेका थिए, किनभने उनले हेरोदियासलाई विवाह गरेका थिए। "},{"id":18,"text":"किनकि यूहन्नाले हेरोदलाई यसो भनेका थिए, “आफ्नो भाइकी श्रीमती राख्नु तपाईंलाई न्यायसङ्गत छैन।” "},{"id":19,"text":"यसैले हेरोदियासले तिनीमाथि ईख राखेकी थिइन्, र तिनलाई मार्न चाहन्थिन्, तर सकेकी थिइनन्। "},{"id":20,"text":"किनकि यूहन्नालाई एक धर्मात्मा र पवित्र मानिस भनी ठानेर हेरोद तिनीसँग डराउँथे, र तिनलाई सुरक्षित राखेका थिए। यूहन्नाको शिक्षा सुन्दा उनी साह्रै विचलित हुन्थे, तापनि खुसीसित सुन्थे।"},{"id":21,"text":"तर अनुकूल मौका त्यस बेला आयो, जब हेरोदले आफ्नो जन्मोत्सवमा आफ्ना उच्च पदाधिकारीहरू, अधिकृतहरू र गालीलका मुख्य-मुख्य मानिसहरूलाई ठूलो भोज दिए। "},{"id":22,"text":"किनकि जब हेरोदियासकी आफ्नै छोरी भित्र आएर नाची, तब तिनले हेरोद र उनका अतिथिहरूलाई खुसी तुल्याई। अनि राजाले त्यस केटीलाई भने, “तिमीलाई जे इच्छा लाग्छ सो माग, र म तिमीलाई दिनेछु।” "},{"id":23,"text":"तिनले शपथ खाएर त्यसलाई भने, “तिमी मसँग जे माग्छ्यौ म मेरो आधा राज्यसम्म पनि तिमीलाई दिनेछु।”"},{"id":24,"text":"अनि त्यसले बाहिर निस्केर आफ्नी आमालाई सोधी, “म के मागूँ?”तिनले भनिन्, “बप्तिस्मा-दिने यूहन्नाको शिर।”"},{"id":25,"text":"त्यो झट्टै आतुरीसाथ भित्र राजाकहाँ गई, र यसो भनेर मागी, “हजूरले अहिले मलाई बप्तिस्मा-दिने यूहन्नाको शिर थालमा दिनुहोस् भन्ने म इच्छा गर्दछु।”"},{"id":26,"text":"राजा अत्यन्तै दुःखित भए, तर उनले आफ्नो शपथ र भोजमा बस्ने अतिथिहरूका खातिर त्यस केटीलाई दिएको वचन तोड्न चाहेनन्। "},{"id":27,"text":"राजाले तुरुन्तै गारदको एक जना सिपाहीलाई पठाएर यूहन्नाको शिर ल्याउने हुकुम दिए। अनि त्यसले झ्यालखानमा गएर यूहन्नाको शिर काट्यो, "},{"id":28,"text":"र तिनको शिर थालमा ल्याएर केटीलाई दियो, र केटीले त्यो त्यसकी आमालाई दिई। "},{"id":29,"text":"यूहन्नाका चेलाहरूले जब यो कुरा सुने तब तिनीहरू आएर तिनको लाश उठाएर चिहानमा लगेर राखे।"},{"id":30,"text":"अनि प्रेरितहरू येशूकहाँ भेला भए, र तिनीहरूले जे-जे गरेका थिए र सिकाएका थिए, ती सबै उहाँलाई बयान गरे। "},{"id":31,"text":"उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“तिमीहरू आफै पनि मसँग एकान्त ठाउँमा आओ, र केही थकाइ मार।”</red> किनकि त्यहाँ आउनेजानेहरू धेरै थिए, र उहाँहरूलाई खानसम्म पनि फुर्सद थिएन।"},{"id":32,"text":"अनि उहाँहरू डुङ्गामा सुटुक्क एउटा एकान्त ठाउँमा जानुभयो। "},{"id":33,"text":"धेरै मानिसहरूले उहाँहरू गइरहनुभएको देखे, र धेरैले चिने, अनि सबै सहरहरूबाट पैदलै दौड़ेर त्यता गए, र उहाँहरूलाई उछिनेर अगाडि पुगे। "},{"id":34,"text":"जब उहाँ किनारमा उत्रनुभयो तब उहाँले एउटा ठूलो भीड देख्नुभयो, र उहाँले तिनीहरूलाई टिठ्याउनुभयो। किनकि तिनीहरू गोठालो नभएका भेड़ाहरूजस्ता थिए। र उहाँले तिनीहरूलाई धेरै कुरा सिकाउन लाग्नुभयो।"},{"id":35,"text":"अनि जब दिन धेरै ढल्क्यो तब उहाँका चेलाहरूले उहाँकहाँ आएर भने, “यो एकान्त ठाउँ छ, र अब दिन धेरै ढल्किसक्यो। "},{"id":36,"text":"मानिसहरूलाई बिदा दिनुहोस्, र तिनीहरूले वरपरका बस्ती र गाउँहरूमा गएर आफ्ना लागि केही खानेकुरा किनून्।”"},{"id":37,"text":"तर उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“तिमीहरूले नै तिनीहरूलाई केही खान देओ।”</red>तर तिनीहरूले उहाँलाई भने, “के हामीले गएर दुई सय दिनारको रोटी किनेर तिनीहरूलाई खान दिने र?”"},{"id":38,"text":"उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“तिमीहरूसँग कति वटा रोटी छन्? गएर हेर।” </red>अनि पत्ता लाएपछि तिनीहरूले भने, “पाँच रोटी र दुई वटा माछा।”"},{"id":39,"text":"अनि उहाँले मानिसहरूलाई हरियो चउरमा दल बाँधेर बस्ने हुकुम गर्नुभयो। "},{"id":40,"text":"तिनीहरू सय-सय र पचास-पचासका ताँती लागेर बसे। "},{"id":41,"text":"उहाँले ती पाँच रोटी र दुई वटा माछा लिएर स्वर्गतिर हेरी आशीर्वाद दिनुभयो, र ती रोटीहरू भाँच्नुभयो अनि मानिसहरूका अगाडि राखिदेऊन् भनेर चेलाहरूलाई दिनुभयो, र ती दुई माछा पनि उहाँले सबैलाई बाँड़िदिनुभयो। "},{"id":42,"text":"अनि सबैले खाए, र तृप्त भए। "},{"id":43,"text":"पछिबाट चेलाहरूले रोटी र माछाका उब्रेका टुक्राहरू बाह्र डालाभरि उठाए। "},{"id":44,"text":"रोटी खाने पुरुषहरू पाँच हजार थिए।"},{"id":45,"text":"अनि उहाँले तुरुन्तै आफ्ना चेलाहरूलाई डुङ्गामा चढ़ेर पारि बेथसेदामा उहाँभन्दा अघि जान अह्राउनुभयो, र त्यतिञ्जेल उहाँले चाहिँ भीड़लाई बिदा दिनुभयो। "},{"id":46,"text":"तिनीहरूसँग बिदा भएपछि उहाँचाहिँ डाँड़ामा प्रार्थना गर्न जानुभयो।"},{"id":47,"text":"साँझ पर्दा डुङ्गा समुद्रको बीचमा थियो, र उहाँचाहिँ एकलै पाखामा हुनुहुन्थ्यो। "},{"id":48,"text":"चेलाहरूलाई डुङ्गा ख्याउन कष्ट भइरहेको उहाँले देख्नुभयो, किनभने बतास तिनीहरूका विपरीत थियो। तीन बजे बिहानतिर उहाँ तिनीहरूकहाँ समुद्रमाथि हिँड्दैआउनुभयो, र तिनीहरूलाई उछिनेर जान लाग्नुहुँदा "},{"id":49,"text":"तिनीहरूले उहाँलाई समुद्रमाथि हिँड़िरहनुभएको देखेर प्रेत हो भन्ठाने, र तिनीहरू चिच्च्याए। "},{"id":50,"text":"किनकि उहाँलाई देखेर सबै डराएका थिए।तर झट्टै उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“ढाड़स गर, म हुँ, नडराओ।”</red>"},{"id":51,"text":"अनि उहाँ तिनीहरूकहाँ डुङ्गाभित्र चढ्नुभयो, र बतास थामिहाल्यो। अनि तिनीहरू अत्यन्त अचम्मित भए, "},{"id":52,"text":"किनकि तिनीहरूले रोटीका विषयको कुरा बुझेकै थिएनन्, तर तिनीहरूको हृदय कठोर भएको थियो।"},{"id":53,"text":"समुद्र पार भएपछि उहाँहरू गनेसरेतको मुलुकमा आइपुग्नुभयो, र तिनीहरूले डुङ्गा किनारमा लगाए। "},{"id":54,"text":"जब उहाँहरू डुङ्गाबाट निस्कनुभयो तब उत्तिखेरै मानिसहरूले येशूलाई चिनिहाले, "},{"id":55,"text":"र छेउछाउका समस्त गाउँ हुँदो तिनीहरू दगुरिगए, र जहाँ येशू हुनुहुन्छ भनी सुने त्यहाँ बिरामीहरूलाई बिछ्याउनामा राखेर ल्याउन लागे। "},{"id":56,"text":"अनि गाउँहरूमा वा सहरहरूमा वा बस्तीहरूमा जहाँ-जहाँ उहाँ पस्नुभयो, मानिसहरूले रोगीहरूलाई बजार-बजारमा राखिदिए, र उहाँका वस्त्रको छेउ मात्र पनि छुन पाऔं भनी तिनीहरूले उहाँलाई बिन्ती गरे, र जतिले छोए तिनीहरू सबै निको भए।"}]},{"id":7,"title":"मर्कूस 7","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/MRK/7-3dc6444d19e9f5df844aa81de22ad983.mp3?version_id=1483","verses":[{"id":1,"text":"यरूशलेमबाट आएका फरिसीहरू र शास्त्रीहरू येशूका चारैतिर भेला भए। "},{"id":2,"text":"येशूका कतिपय चेलाहरूले अशुद्ध हात, अर्थात् नधोएको हातले खाएका तिनीहरूले देखे। "},{"id":3,"text":"फरिसीहरू र सबै यहूदीहरू तिनीहरूका पुर्खाहरूले दिएका परम्पराअनुसार हात नधोई भोजन खाँदैनन्। "},{"id":4,"text":"बजारबाट आएपछि स्नान गरेर शुद्ध नभई तिनीहरू खाँदैनन्। यति मात्र होइन, तिनीहरूले यस्ता धेरै अरू परम्परा मान्दछन्, अर्थात् कचौराहरू, भाँड़ाहरू र काँसोका भाँड़ाहरू धुने परम्परा।"},{"id":5,"text":"तब फरिसीहरू र शास्त्रीहरूले उहाँलाई सोधे, “तपाईंका चेलाहरू पितापुर्खाले राखिदिएका परम्परामा किन चल्दैनन्, तर अशुद्ध हातले खान्छन्?”"},{"id":6,"text":"तब उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“यशैयाले तिमी कपटीहरूका विषयमा ठीकसँग यसरी अगमवाणी गरे, जस्तो लेखिएको छ,</red>\n<red>‘यस जातिले मलाई ओठले मात्र आदर गर्छ, </red>\n<red>तर तिनीहरूको हृदय मदेखि टाढ़ा छ। </red>"},{"id":7,"text":"<red>तिनीहरू व्यर्थमा मेरो उपासना गर्दछन्,</red>\n<red>तर तिनीहरूका शिक्षा मानिसहरूले सिकाएका विधि मात्र हुन्।’</red>"},{"id":8,"text":"<red>तिमीहरू परमेश्वरको आज्ञालाई त्यागेर मानिसहरूका परम्परा मान्छौ।” </red>"},{"id":9,"text":"उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“तिमीहरू आफ्ना परम्परा मान्नलाई कति धूर्ततासँग परमेश्वरको आज्ञालाई टारिदिन्छौ।</red>"},{"id":10,"text":"<red>किनभने मोशाले भनेका छन्, ‘आफ्ना आमा-बुबालाई आदर गर, र जसले आमा-बुबाको विरुद्धमा दुष्ट कुरा बोल्छ त्यो मारिनैपर्छ।’</red>"},{"id":11,"text":"<red>यदि कुनै मानिसले आफ्ना बुबा वा आमालाई ‘मबाट जे-जति मद्दत तपाईंहरूलाई मिल्नुपर्ने त्यो कुर्बान हो,’ (अर्थात् परमेश्वरलाई चढ़ाइएको) भन्छ भने, </red>"},{"id":12,"text":"<red>तिमीहरू त्यसलाई आफ्ना आमा-बुबाको निम्ति फेरि केही गर्न दिँदैनौ।</red>"},{"id":13,"text":"<red>यसरी तिमीहरू आफ्नो चलिआएको परम्परालाई कायम राखेर परमेश्वरको वचनलाई चाहिँ रद्द तुल्याउँछौ। अनि यस्तै अनेक कामहरू तिमीहरू गर्दछौ।”</red>"},{"id":14,"text":"उहाँले मानिसहरूलाई फेरि आफूकहाँ बोलाएर तिनीहरूलाई भन्नुभयो, <red>“तिमीहरू सबैले मेरा कुरा सुन र बुझ। </red>"},{"id":15,"text":"<red>यस्तो केही कुरा छैन जो बाहिरबाट मानिसभित्र पसेर त्यसलाई अशुद्ध पार्न सक्छ, तर मानिसबाट बाहिर निस्कने कुराहरूले नै मानिसलाई अशुद्ध पार्छ।</red>"},{"id":16,"text":"[<red>जसको सुन्ने कान छ त्यसले सुनोस्।”</red>]"},{"id":17,"text":"मानिसहरूलाई छोड़ेर घरभित्र पसेपछि उहाँका चेलाहरूले उहाँलाई यस दृष्टान्तको विषयमा सोधे। "},{"id":18,"text":"उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“के तिमीहरू पनि अझै अबुझ छौ? जे बाहिरबाट मानिसभित्र पस्छ त्यसले उसलाई अशुद्ध पार्न सक्दैन भनेर तिमीहरू जान्दैनौ?</red>"},{"id":19,"text":"<red>किनकि त्यो उसको हृदयमा होइन, तर पेटभित्र पस्तछ, र बाहिर निस्किहाल्छ।</red> (यसरी उहाँले सबै भोजन शुद्ध हो भनी बताइदिनुभयो।)"},{"id":20,"text":"उहाँले भन्नुभयो, <red>“मानिसबाट जे बाहिर निस्कन्छ त्यसैले मानिसलाई अशुद्ध पार्छ।</red>"},{"id":21,"text":"<red>किनकि भित्रबाट, अर्थात् मानिसको हृदयबाट खराब विचार, व्यभिचार, चोरी, हत्या, परस्त्रीगमन,</red>"},{"id":22,"text":"<red>लोभ, दुष्टता, छल, छाडापन, ईर्ष्या, निन्दा, घमण्ड, मूर्खता निस्कन्छन्।</red>"},{"id":23,"text":"<red>यी सबै दुष्ट कुराहरू भित्रबाट निस्कन्छन्, र मानिसलाई अशुद्ध पार्छन्।</red>"},{"id":24,"text":"त्यहाँबाट उठेर उहाँ टुरोस र सीदोनका सीमातिर गएर एउटा घरभित्र पस्नुभयो। यो कुरा कसैले थाहा नपाओस् भन्ने उहाँ चाहनुहुन्थ्यो, तर उहाँ गुप्त रहन सक्नुभएन। "},{"id":25,"text":"त्यसै बेला एउटी स्त्रीले उहाँको विषयमा सुनी र आएर उहाँको पाउमा परी— त्यस स्त्रीको छोरीलाई अशुद्ध आत्मा लागेको थियो। "},{"id":26,"text":"त्यो सिरियाको फोनिकेमा जन्मेकी एउटी ग्रीक स्त्री थिई। त्यस स्त्रीले आफ्नी छोरीबाट भूत निकालिदेऊन् भनी उहाँलाई बिन्ती गरी।"},{"id":27,"text":"उहाँले त्यसलाई भन्नुभयो, <red>“पहिले छोराछोरीहरूलाई खान देऊ, किनकि छोराछोरीहरूका रोटी लिएर कुकुरहरूलाई फालिदिनु उचित होइन।”</red>"},{"id":28,"text":"तर त्यसले उहाँलाई भनी, “हो प्रभु, तर कुकुरहरूले पनि त छोराछोरीहरूले टेबिलमुनि खसालेका टुक्राहरू खान्छन्।”"},{"id":29,"text":"उहाँले त्यसलाई भन्नुभयो, <red>“तिमीले यसो भनेको कारण नै तिमी घर जाऊ। तिम्री छोरीबाट भूत निस्केर गएको छ।”</red>"},{"id":30,"text":"त्यो घरमा गई र छोरीलाई खाटमा सुतिरहेकी भेट्टाई र त्यसबाट भूतचाहिँ निस्किसकेको थियो।"},{"id":31,"text":"टुरोसको इलाकाबाट निस्केर उहाँ सीदोन भएर डेकापोलिसका सिमानाका बीचबाट हुँदै गालील-समुद्रमा जानुभयो। "},{"id":32,"text":"त्यहाँ मानिसहरूले एक जना बहिरो र गूँगो मानिसलाई उहाँकहाँ ल्याए, र त्यसमाथि हात राखिदिनोस् भनी उहाँलाई बिन्ती गरे।"},{"id":33,"text":"त्यसलाई भीड़बाट अलग्गै एकान्तमा लगेर येशूले आफ्ना औँला त्यसका कानमा लगाउनुभयो। त्यसपछि थुकेर त्यसको जिब्रो छुनुभयो। "},{"id":34,"text":"अनि स्वर्गतिर हेरेर लामो सास लिई त्यसलाई भन्नुभयो, <red>“इफ्फाता,”</red> अर्थात् <red>“खोलिजा।”</red>"},{"id":35,"text":"त्यति नै बेला त्यसका कान खोलिए, र त्यसको जिब्रोको बन्धन फुक्यो, र त्यो स्पष्ट बोल्न लाग्यो।"},{"id":36,"text":"<red>“यो कसैलाई नभन्नू,”</red> भनी उहाँले तिनीहरूलाई आज्ञा दिनुभयो। तर जति-जति उहाँले मानिसहरूलाई आज्ञा दिनुहुन्थ्यो, झन् बढ़ी उत्साहसाथ तिनीहरूले यसको घोषणा गर्दथे। "},{"id":37,"text":"मानिसहरू आश्चर्यले अत्यन्तै चकित भए, र भन्न लागे, “उहाँले सबै कुरा असल गर्नुभएको छ। उहाँले बहिरालाई सुन्ने र गूँगालाई बोल्नेसम्म पनि तुल्याउनुहुन्छ।”"}]},{"id":8,"title":"मर्कूस 8","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/MRK/8-97d3fac081688a575fb9ef983dff6927.mp3?version_id=1483","verses":[{"id":1,"text":"ती दिनमा फेरि एउटा ठूलो भीड जम्मा भयो, तर तिनीहरूसित खानेकुरो केही थिएन। तब येशूले चेलाहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो, "},{"id":2,"text":"<red>“यस भीड़लाई म टिठ्याउँछु, किनभने यिनीहरू मसँग रहेका आज तीन दिन भयो, र यिनीहरूसित खानलाई केही छैन।</red>"},{"id":3,"text":"<red>अनि यदि यिनीहरूलाई भोकै घर पठाएँ भने यिनीहरू बाटोमै मूर्च्छा पर्नेछन्। यिनीहरूमध्ये कोही-कोही टाढ़ाबाट आएका छन्।”</red>"},{"id":4,"text":"उहाँका चेलाहरूले उहाँलाई भने, “यस निर्जन स्थानमा यिनीहरूलाई कसरी रोटी खुवाउने?”"},{"id":5,"text":"उहाँले तिनीहरूलाई सोध्नुभयो, <red>“तिमीहरूसित कति वटा रोटी छन्?”</red>तिनीहरूले भने, “सात वटा”"},{"id":6,"text":"उहाँले भीड़लाई भूइँमा बस्ने हुकुम दिनु भएर, सात वटा रोटी हातमा लिई धन्यवाद दिनुभएपछि रोटी भाँच्नुभयो, र मानिसहरूका अगि राख्न भनी चेलाहरूलाई दिनुभयो, र तिनीहरूले मानिसहरूका अगि राखिदिए। "},{"id":7,"text":"तिनीहरूसित केही ससाना माछाहरू पनि थिए, र उहाँले आशीर्वाद दिएर ती पनि तिनीहरूका अगाडि राख्न लाउनुभयो। "},{"id":8,"text":"अनि मानिसहरूले खाए, र तृप्त भए। अनि उब्रेका टुक्राहरू तिनीहरूले सात डालाभरि उठाए। "},{"id":9,"text":"त्यहाँ प्राय: चार हजार मानिसहरू थिए। "},{"id":10,"text":"उहाँले तिनीहरूलाई बिदा गरी पठाउनुभयो, अनि उहाँचाहिँ आफ्ना चेलाहरूसँग तुरुन्तै डुङ्गामा चढ़ेर दलमनुथाको क्षेत्रमा जानुभयो।"},{"id":11,"text":"फरिसीहरू उहाँकहाँ आएर उहाँसँग बहस गर्न लागे, र उहाँलाई परीक्षा गर्नलाई स्वर्गबाट एउटा चिन्ह मागे।"},{"id":12,"text":"आफ्नो आत्मामा लामो सास लिएर उहाँले भन्नुभयो, <red>“यस पुस्ताले किन चिन्ह खोज्छ? साँच्चै, म तिमीहरूलाई भन्दछु, यस पुस्तालाई कुनै चिन्ह दिइनेछैन।” </red>"},{"id":13,"text":"अनि तिनीहरूलाई छोडी उहाँ फेरि डुङ्गामा चढ़ेर पारिपट्टि जानुभयो।"},{"id":14,"text":"चेलाहरूले साथमा रोटी बोक्न बिर्सेका थिए, र डुङ्गामा तिनीहरूसित एउटै मात्र रोटी थियो। "},{"id":15,"text":"येशूले चेलाहरूलाई यसो भनेर चेताउनी दिनुभयो, <red>“तिमीहरू फरिसीहरूको खमिर र हेरोदको खमिरदेखि सतर्क रहो।” </red>"},{"id":16,"text":"तर तिनीहरूका साथमा रोटी नभएकोले येशूले यसो भन्नुभएको हो भनी तिनीहरूले आपसमा बहस गर्न लागे।"},{"id":17,"text":"येशूले यो थाहा पाएर तिनीहरूलाई भन्नुभयो, <red>“तिमीहरूसित रोटी छैन भनी किन तिमीहरू बहस गर्दछौ? के तिमीहरू अझै पनि देख्दैनौ वा बुझ्दैनौ? के तिमीहरूको मन कठोर भएको छ?</red>"},{"id":18,"text":"<red>आँखा भए तापनि के तिमीहरू देख्दैनौ? कान भए तापनि के तिमीहरू सुन्दैनौ? के तिमीहरूलाई याद छैन, </red>"},{"id":19,"text":"<red>जब मैले पाँच वटा रोटी ती पाँच हजारका बीचमा भाँचेथें, तब कति डालाभरि टुक्राटाक्रीहरू तिमीहरूले उठाएका थियौ?”</red>तिनीहरूले उहाँलाई जवाफ दिए, “बाह्र।”"},{"id":20,"text":"<red>“अनि जब ती सात वटा रोटी चार हजारका बीचमा भाँचेको थिएँ, तब कति डालाभरि टुक्राटाक्रीहरू तिमीहरूले उठाएका थियौ?”</red>तिनीहरूले उहाँलाई भने, “सात।”"},{"id":21,"text":"उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“तब के तिमीहरू अझै बुझ्दैनौ?” </red>"},{"id":22,"text":"त्यसपछि उहाँ बेथसेदा आउनुभयो, र मानिसहरूले एउटा अन्धो मानिसलाई उहाँकहाँ ल्याए, र त्यसलाई छोइदिनुहोस् भनी उहाँसँग बिन्ती गरे। "},{"id":23,"text":"उहाँले त्यस अन्धो मानिसको हात समातेर त्यसलाई गाउँबाट बाहिर ल्याउनुभयो, र त्यसका आँखामा थुकेर त्यसमाथि आफ्ना हात राखी त्यसलाई सोध्नुभयो, <red>“के तिमी केही देख्छौ?” </red>"},{"id":24,"text":"अनि माथितिर हेरेर त्यसले भन्यो, “म मानिसहरूलाई रूखहरूजस्तै हिँड़िरहेका देख्छु।”"},{"id":25,"text":"तब उहाँले फेरि त्यसका आँखामा हात राख्नुभयो, र त्यसले एक टक लाएर हेर्यो। त्यसले आफ्नो दृष्टि प्राप्त गर्यो र सबै थोक छर्लङ्ग देख्न लाग्यो। "},{"id":26,"text":"तब उहाँले त्यसलाई गाउँतिर नपस्ने हुकुम गरी त्यसको घरमा पठाउनुभयो।"},{"id":27,"text":"येशू र उहाँका चेलाहरू कैसरिया फिलिप्पीका गाउँहरूमा जानुभयो। बाटोमा जाँदैगर्दा उहाँले आफ्ना चेलाहरूलाई यसो भनेर सोध्नुभयो, <red>“मानिसहरूले के भन्छन्, म को हुँ?” </red>"},{"id":28,"text":"तिनीहरूले उहाँलाई भने, “कसैले भन्छन्, ‘बप्तिस्मा-दिने यूहन्ना।’ अरूहरूले ‘एलिया,’ अनि अरू कतिले भन्छन्, ‘अगमवक्ताहरूमध्ये एक जना’।”"},{"id":29,"text":"तब उहाँले तिनीहरूलाई सोध्नुभयो, <red>“तर तिमीहरूचाहिँ के भन्छौ, म को हुँ?” </red>पत्रुसले उत्तर दिएर उहाँलाई भने, “तपाईं ख्रीष्ट हुनुहुन्छ।”"},{"id":30,"text":"उहाँले तिनीहरूलाई उहाँको विषयमा कसैलाई केही नभन्नू भनी आज्ञा दिनुभयो!"},{"id":31,"text":"“मानिसको पुत्रले धेरै दुःख भोग्नु, र धर्म-गुरुहरू, मुख्य पूजाहारीहरू र शास्त्रीहरूबाट इन्कार गरिनु र मारिनु अनि तीन दिनपछि जीवित भई उठ्नु आवश्यक छ” भनेर उहाँले तिनीहरूलाई सिकाउन लाग्नुभयो। "},{"id":32,"text":"यसरी उहाँले यो कुरा प्रष्टै भन्नुभयो। तर यो सुनेर पत्रुसले उहाँलाई एकातिर लगेर हकार्न लागे।"},{"id":33,"text":"तर फर्केर आफ्ना चेलाहरूलाई हेरी, पत्रुसलाई उहाँले यसो भनेर हप्काउनुभयो, <red>“ए शैतान, मबाट हटिजा, किनकि तेरो मन परमेश्वरपट्टि छैन, तर मानिसपट्टि छ।”</red>"},{"id":34,"text":"तब उहाँले आफ्ना चेलाहरूका साथमा भीड़लाई आफूकहाँ बोलाएर तिनीहरूलाई भन्नुभयो, <red>“कोही मानिस मपछि लाग्ने इच्छा गर्दछ भने त्यसले आफूलाई इन्कार गरोस्, र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्।</red>"},{"id":35,"text":"<red>किनकि जसले आफ्नो प्राण बचाउने इच्छा गर्दछ, त्यसले त्यो गुमाउनेछ, तर मेरो र सुसमाचारको निम्ति आफ्नो प्राण गुमाउनेले त्यो बचाउनेछ।</red>"},{"id":36,"text":"<red>किनभने मानिसले सारा जगत् हात पारेर आफ्नो प्राण गुमायो भने त्यसलाई के फाइदा हुन्छ?</red>"},{"id":37,"text":"<red>अथवा मानिसले आफ्नो प्राणको सट्टामा के दिन सक्छ?</red>"},{"id":38,"text":"<red>अनि यस व्यभिचारी र पापी पुस्तामा जो मदेखि र मेरो वचनदेखि शर्माउँछ, मानिसको पुत्र पनि आफ्ना पिताको महिमामा पवित्र दूतहरूसँग आउँदा त्यसदेखि शर्माउनेछ।”</red>"}]},{"id":9,"title":"मर्कूस 9","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/MRK/9-a634d833e978a0f6642afda9dcbb87c5.mp3?version_id=1483","verses":[{"id":1,"text":"अनि उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“साँच्चै, म तिमीहरूलाई भन्दछु, यहाँ उभिएकाहरूमध्ये कोही-कोही छन्, जसले परमेश्वरको राज्य शक्तिमा आएको नदेखुञ्जेल कुनै किसिमले मृत्यु चाख्नेछैनन्। </red>"},{"id":2,"text":"त्यसको छ दिनपछि येशूले पत्रुस, याकूब र यूहन्नालाई उहाँको साथ लिई एउटा उच्च पहाड़मा लैजानुभयो। त्यहाँ उहाँहरू मात्र हुनुहुन्थ्यो, अनि तिनीहरूका सामुन्ने उहाँको रूप बद्लियो।"},{"id":3,"text":"अनि उहाँका वस्त्र उज्ज्वल र अति सेता भए, यस्तो कि पृथ्वीमा कसैले पनि धोएर त्यतिको सेतो पार्न सक्दैन। "},{"id":4,"text":"त्यहाँ तिनीहरूकहाँ एलिया र मोशा देखा परे, र उनीहरू येशूसँग बातचीत गरिरहेका थिए।"},{"id":5,"text":"पत्रुसले येशूलाई भने, “गुरुज्यू, हामी यहाँ भएको असल भयो। हामी यहाँ तीन वटा वासस्थान बनाऔं, एउटा तपाईंको निम्ति, एउटा मोशाको निम्ति र एउटा एलियाको निम्ति।” "},{"id":6,"text":"तिनीहरू ज्यादै डराएको कारणले के भन्ने हो सो तिनले जानेनन्।"},{"id":7,"text":"अनि एउटा बादल आएर तिनीहरूलाई ढाक्यो, र बादलबाट एउटा आवाज निस्क्यो, “यिनी मेरा प्रिय पुत्र हुन्, तिमीहरूले उनको वचन सुन।”"},{"id":8,"text":"अनि झट्टै वरिपरि हेर्दा तिनीहरूले आफ्ना साथमा येशूलाई बाहेक अरू कसैलाई देखेनन्।"},{"id":9,"text":"उहाँहरू पहाड़बाट ओर्लंदैगर्नुहुँदा येशूले तिनीहरूलाई “मानिसको पुत्र मृतकबाट पुनरुत्थान नहोउञ्जेल तिनीहरूले जे देखेका थिए त्यो कसैलाई नभन्नू भनी आज्ञा दिनुभयो। "},{"id":10,"text":"तिनीहरूले त्यो कुरा आफ्नो मनमा राखे, तर मृतकबाट पुनरुत्थान हुनु भनेको के हो भनी आपसमा बातचीत गर्न लागे।"},{"id":11,"text":"अनि तिनीहरूले उहाँलाई यसो भनेर सोधे, “पहिला एलिया आउनुपर्छ भनी व्यवस्थाका शास्त्रीहरू किन भन्छन्?”"},{"id":12,"text":"येशूले भन्नुभयो, <red>“निश्चय नै, एलिया पहिले आउँछन्, र सबै कुराको पुनर्स्थापना गर्छन्। तर मानिसको पुत्रले धेरै कष्ट भोगेर अरूबाट तिरस्कृत हुनेछ भनी कसरी धर्मशास्त्रमा लेखिएको छ त?</red>"},{"id":13,"text":"<red>तर म तिमीहरूलाई भन्दछु, एलिया आइसकेका छन्, र उनको विषयमा लेखिएबमोजिम उनीसँग जे मन पर्यो तिनीहरूले त्यसै गरे।”</red>"},{"id":14,"text":"उहाँहरू अरू चेलाहरूकहाँ फर्किआउँदा तिनीहरूलाई एउटा ठूलो भीड़ले घेरिराखेको र तिनीहरूसँग शास्त्रीहरूले बहस गरिरहेका उहाँहरूले देख्नुभयो। "},{"id":15,"text":"जम्मै भीड़ले उहाँलाई देख्ने बित्तिकै साह्रै आश्चर्य माने, र उहाँकहाँ दौड़ेर गई उहाँलाई अभिवादन गरे।"},{"id":16,"text":"उहाँले तिनीहरूलाई सोध्नुभयो, <red>“तिमीहरू यिनीहरूसँग केको बहस गर्दैछौ?”</red>"},{"id":17,"text":"भीड़बाट एक जनाले उहाँलाई जवाफ दियो, “गुरुज्यू, मेरो छोरालाई गूँगो पार्ने आत्मा लागेको छ, र तपाईंकहाँ ल्याएको छु। "},{"id":18,"text":"जब यसले मेरो छोरालाई पक्रन्छ, त्यसलाई भूइँमा पछार्छ, र त्यसले मुखबाट फीँज काढ्छ, र त्यसले दाह्रा किट्न लाग्छ, र त्यो अरट्ठै पर्छ। मैले तपाईंका चेलाहरूलाई त्यो भूतात्मा निकालिदेऊन् भनी बिन्ती गरें, तर तिनीहरूले सकेनन्।”"},{"id":19,"text":"तब उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, <red>“ए अविश्वासी पुस्ता, म कहिलेसम्म तिमीहरूसँग रहुँला? तिमीहरूलाई कति सहूँ? त्यसलाई मकहाँ ल्याओ।”</red>"},{"id":20,"text":"तिनीहरूले त्यस केटालाई उहाँकहाँ ल्याए। येशूलाई देख्ने बित्तिकै त्यस आत्माले केटालाई लछारपछार पार्यो, र त्यो भूइँमा पछारिएर फीँज काढ्दै लड़ीबड़ी गर्न लाग्यो।"},{"id":21,"text":"उहाँले त्यसका बाबुलाई सोध्नुभयो, <red>“कहिलेदेखि यसलाई यस्तो भएको हो?”</red>तिनले भने, “बाल्यकालदेखि नै। "},{"id":22,"text":"यसलाई नाश गर्न त्यस आत्माले घरीघरी यसलाई आगो र पानीमा पनि फालेको छ। यदि तपाईंले केही गर्न सक्नुहुन्छ भने, दया गरी हामीलाई मद्दत गरिदिनुहोस्।”"},{"id":23,"text":"येशूले तिनलाई भन्नुभयो, <red>“‘तपाईंले सक्नुहुन्छ!’ भनी के भनेको? विश्वास गर्नेको लागि त सबै कुरा सम्भव छ।”</red>"},{"id":24,"text":"तब झट्टै केटाको बाबुले कराएर भने, “म विश्वास गर्दछु। मेरो अविश्वासमा मलाई सहायता गर्नुहोस्।”"},{"id":25,"text":"तब भीड एकसाथ दगुरी आएको देखेर उहाँले त्यस अशुद्ध आत्मालाई यसो भनेर हप्काउनुभयो, <red>“ए गूँगो र बहिरो आत्मा, म तँलाई हुकुम गर्दछु, त्यसबाट निस्केर आइज, र फेरि कहिल्यै त्यसभित्र नपस्।”</red>"},{"id":26,"text":"अनि चिच्च्याएर त्यस केटालाई साह्रै लछारपछार पारी त्यो आत्मा निस्क्यो, र त्यो केटो मुर्दासरि भयो, यहाँसम्म कि धेरैले त त्यो मरेछ भनी ठाने। "},{"id":27,"text":"तर येशूले त्यसको हात समातेर त्यसलाई जुरुक्क उठाउनुभयो, र त्यो उठ्यो।"},{"id":28,"text":"अनि जब उहाँ घरमा जानुभयो तब उहाँका चेलाहरूले गुप्तमा उहाँलाई यसो भनी सोधे, “हामीले त्यसलाई किन निकाल्न सकेनौं?”"},{"id":29,"text":"उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“यस किसिमको चाहिँ प्रार्थनाले बाहेक अरू कुनै उपायले धपाउन सकिँदैन।”</red>"},{"id":30,"text":"अनि त्यहाँबाट निस्केर उहाँहरू गालील भएर जानुभयो। यो कुरा कसैले थाहा नपाओस् भन्ने उहाँको इच्छा थियो, "},{"id":31,"text":"किनकि उहाँले आफ्ना चेलाहरूलाई शिक्षा दिँदैहुनुहुन्थ्यो। उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“मानिसको पुत्र मानिसहरूका हातमा सुम्पिदिइनेछ, र तिनीहरूले उसलाई मार्नेछन्, र ऊ मारिएको तीन दिनपछि फेरि जीवित भई उठ्नेछ।”</red>"},{"id":32,"text":"तर उहाँले भन्नुभएको यो कुरा तिनीहरूले बुझेनन्, र उहाँसँग सोध्न डराए।"},{"id":33,"text":"उहाँहरू कफर्नहुममा आउनुभयो, र घरमा हुँदा उहाँले तिनीहरूलाई सोध्नुभयो, <red>“बाटोमा तिमीहरूले के बहस गरिरहेका थियौ?”</red>"},{"id":34,"text":"तर तिनीहरू चूप रहे, किनकि बाटोमा तिनीहरूले “हामीमा सबैभन्दा महान् को हो?” भनी आपसमा बहस गरेका थिए।"},{"id":35,"text":"तब उहाँ बस्नुभयो, र बाह्रै जनालाई बोलाउनुभयो, र तिनीहरूलाई भन्नुभयो, <red>“कोही मानिस पहिलो हुने इच्छा गर्छ भने, त्यो सबैभन्दा पछिल्लो र सबैको सेवक हुनुपर्छ।” </red>"},{"id":36,"text":"अनि एक जना सानो बालकलाई लिएर उहाँले त्यसलाई तिनीहरूका बीचमा राख्नुभयो, र त्यसलाई काखमा लिएर उहाँले तिनीहरूलाई भन्नुभयो, "},{"id":37,"text":"<red>“जसले यस्ता साना बालकहरूमध्ये एक जनालाई मेरो नाउँमा ग्रहण गर्छ त्यसले मलाई नै ग्रहण गर्छ, र जसले मलाई ग्रहण गर्छ त्यसले मलाई होइन, तर मलाई पठाउनुहुनेलाई ग्रहण गर्छ।”</red>"},{"id":38,"text":"यूहन्नाले उहाँलाई भने, “गुरुज्यू, एक जना मान्छेले तपाईंको नाउँमा भूतहरू निकालिरहेको हामीले देख्यौं। हामीले त्यसलाई त्यसो गर्न मनाही गर्यौं, किनकि त्यो हामीलाई पछ्याउने मान्छे होइन।”"},{"id":39,"text":"तर येशूले भन्नुभयो, <red>“त्यसलाई मनाही नगर, किनकि मेरो नाउँमा शक्तिको काम गर्नेले तुरुन्तै मेरो विरुद्धमा खराब बोल्नेछैन।</red>"},{"id":40,"text":"<red>किनकि जो हाम्रो विरुद्धमा छैन, त्यो हाम्रो पक्षमा छ। </red>"},{"id":41,"text":"<red>किनभने जसले तिमीहरू ख्रीष्टका हौ भनेर तिमीहरूलाई मेरो नाउँमा एक कचौरा पानी पिउन देला, साँच्चै म तिमीहरूलाई भन्दछु, त्यसले कुनै किसिमले आफ्नो इनाम गुमाउनेछैन। </red>"},{"id":42,"text":"<red>“जसले ममाथि विश्वास गर्ने यी सानाहरूमध्ये एक जनालाई बाधा देला, त्यसको निम्ति त बरु एउटा ठूलो जाँतोको ढुङ्गा त्यसको घिच्रोमा झुण्ड्याएर त्यसलाई समुद्रमा फालिदिनु असल हुनेथियो।</red>"},{"id":43,"text":"<red>यदि तिम्रो हातले तिमीलाई बाधा दिन्छ भने त्यसलाई काटिदेऊ। दुई हात भएर नरकको ननिभ्ने आगोमा जानुभन्दा डुँड़ो भएर जीवनमा पस्नु तिम्रो निम्ति असल हो। </red> [ "},{"id":44,"text":"<red>नरकमा त न कीराहरू मर्दछन्, न आगो नै निभ्दछ।</red>] "},{"id":45,"text":"<red>अनि तिम्रो खुट्टाले तिमीलाई बाधा दिन्छ भने त्यसलाई काटिदेऊ। दुई खुट्टा भएर नरकमा फालिनुभन्दा त खोरन्डो भएर जीवनमा पस्नु तिम्रो निम्ति असल हो।</red> [ "},{"id":46,"text":"<red>नरकमा न कीराहरू मर्दछन्, न आगो नै निभ्दछ।</red>] "},{"id":47,"text":"<red>यदि तिम्रो आँखाले तिमीलाई बाधा दिन्छ भने त्यसलाई झिकेर फालिदेऊ। दुई आँखा भएर नरकमा फालिनुभन्दा त एक आँखा भएर परमेश्वरको राज्यमा पस्नु तिम्रो निम्ति असल हो।</red>"},{"id":48,"text":"<red>नरकमा त न कीरा मर्दछन्, न आगो नै निभ्दछ। </red>"},{"id":49,"text":"<red>किनकि प्रत्येकलाई आगोले नै नुनिलो पार्छ।</red>"},{"id":50,"text":"<red>“नून असल हो, तर नूनको स्वाद गयो भने त्यो केले स्वादिलो तुल्याउने? तिमीहरू आफू-आफूमा नून राख, र आपसमा शान्तिमा रहो।”</red>"}]},{"id":10,"title":"मर्कूस 10","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/MRK/10-878bd2f10c83c8801f8e9251771c94f0.mp3?version_id=1483","verses":[{"id":1,"text":"त्यस ठाउँलाई छोड़ेर यर्दन नदीको पारि यहूदियाको इलाकामा येशू जानुभयो र भीड उहाँकहाँ भेला भयो, अनि उहाँको रीतिअनुसार तिनीहरूलाई फेरि उहाँले शिक्षा दिनुभयो।"},{"id":2,"text":"फरिसीहरू उहाँकहाँ आएर उहाँलाई परीक्षा गरी सोधे, “के कोही मानिसले आफ्नी पत्नीसँग विवाहविच्छेद गर्नु न्यायसङ्गत छ?"},{"id":3,"text":"उहाँले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, <red>“मोशाले तिमीहरूलाई के आज्ञा दिएका छन्?”</red>"},{"id":4,"text":"तिनीहरूले भने, “एउटा त्यागपत्र लेखेर मानिसले आफ्नी पत्नीसँग विवाहविच्छेद गर्न सक्छ भनी मोशाले अनुमति दिएका छन्।”"},{"id":5,"text":"तर येशूले तिनीहरूलाई भन्नुभयो, <red>“तिमीहरूका हृदयको कठोरताले गर्दा उनले तिमीहरूलाई यो आज्ञा लेखिदिए।</red>"},{"id":6,"text":"<red>तर सृष्टिको आरम्भदेखि परमेश्वरले तिनीहरूलाई नर र नारी गरी बनाउनुभयो।</red>"},{"id":7,"text":"<red>‘यसैकारण मानिस आफ्ना बुबा र आमालाई छोड़ेर आफ्नी पत्नीसँग मिलिरहन्छ, </red>"},{"id":8,"text":"<red>र ती दुई जना एउटै शरीर हुनेछन्।’ तिनीहरू फेरि दुई होइनन्, तर एउटै शरीर हुन्छन्।</red>"},{"id":9,"text":"<red>यसकारण परमेश्वरले जसलाई एकसाथ जोड्नुभएको छ, मानिसले नछुट्ट्याओस्।” </red>"},{"id":10,"text":"घरमा हुँदा चेलाहरूले फेरि यस विषयमा येशूलाई सोधे। "},{"id":11,"text":"उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“जसले आफ्नी पत्नीसँग विवाहविच्छेद गरेर अर्कीसँग विवाह गर्छ, त्यसले तिनको विरुद्ध व्यभिचार गर्छ। </red>"},{"id":12,"text":"<red>अनि यदि स्त्रीले आफ्नो पतिसँग विवाहविच्छेद गरेर अर्कोसँग विवाह गर्छे भने, तिनले व्यभिचार गर्छे।”</red>"},{"id":13,"text":"मानिसहरूले साना बाल-बालिकाहरूलाई येशूले छोइदेऊन् भन्ने उद्देश्यले उहाँकहाँ ल्याए, तर चेलाहरूले तिनीहरूलाई हकारे। "},{"id":14,"text":"तर यो देखेर येशू रिसाउनुभयो, र तिनीहरूलाई भन्नुभयो, <red>“साना बाल-बालिकाहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक, किनभने परमेश्वरको राज्य यस्तैहरूको हो। </red>"},{"id":15,"text":"<red>साँच्चै म तिमीहरूलाई भन्दछु, जसले परमेश्वरको राज्यलाई एउटा सानो बालकले जस्तै ग्रहण गर्दैन, त्यो कदापि त्यसभित्र पस्नेछैन।” </red>"},{"id":16,"text":"अनि उहाँले तिनीहरूलाई काखमा लिएर तिनीहरूमाथि आफ्नो हात राखी तिनीहरूलाई आशीर्वाद दिनुभयो।"},{"id":17,"text":"येशू बाटोमा जाँदैहुनुहुँदा, एक जना मानिस दौड़ेर आई उहाँको अगि घुँड़ा टेक्यो, र उहाँलाई सोध्यो, “हे असल गुरु, अनन्त जीवन प्राप्त गर्नलाई मैले के गर्नुपर्छ?”"},{"id":18,"text":"येशूले त्यसलाई भन्नुभयो, <red>“तिमी किन मलाई असल भन्छौ? एकमात्र परमेश्वरबाहेक अरू कोही असल छैन।</red>"},{"id":19,"text":"<red>तिमी आज्ञाहरू त जान्दछौ, अर्थात् हत्या नगर्नू, व्यभिचार नगर्नू, नर्चोनू, झूटा गवाही नदिनू, नठग्नू, आफ्ना बुबा र आमालाई आदर गर्नू।” </red>"},{"id":20,"text":"अनि त्यसले उहाँलाई भन्यो, “गुरुज्यू, यी सबै त मैले मेरो युवावस्थादेखि नै पालन गरेको छु।”"},{"id":21,"text":"येशूले त्यसलाई हेर्नुभयो, र त्यसलाई माया गरेर भन्नुभयो, <red>“तिमीलाई अझ एउटा कुराको अभाव छ। जाऊ, र तिम्रा जे-जति छन् बिक्री गर र गरीबहरूलाई देऊ, र तिमीलाई स्वर्गमा सम्पत्ति मिल्नेछ। अनि आएर मेरो पछि लाग।” </red>"},{"id":22,"text":"तर यस कुराले त्यसको अनुहार उदासिलो भयो, र त्यो दुःखित भएर गइहाल्यो, किनभने त्यससित धेरै धन-सम्पत्ति थियो।"},{"id":23,"text":"अनि वरिपरि हेरेर येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, <red>धनीहरूलाई परमेश्वरको राज्यमा पस्नु कति कठिन छ।”</red>"},{"id":24,"text":"उहाँले भन्नुभएको यस कुरामा चेलाहरूले अचम्म माने। तर येशूले फेरि तिनीहरूलाई भन्नुभयो, <red>“बालक हो, धनसम्पत्तिमाथि भरोसा राख्नेहरूलाई परमेश्वरको राज्यभित्र पस्नु कति कठिन छ।</red>"},{"id":25,"text":"<red>धनी मानिसलाई परमेश्वरको राज्यभित्र पस्नुभन्दा त बरु सियोको नाथ्रीबाट ऊँटलाई छिर्न सजिलो हुन्छ।”</red>"},{"id":26,"text":"तिनीहरू ज्यादै अचम्मित भए र उहाँलाई भने, “त्यसो भए को बाँच्न सक्छ?”"},{"id":27,"text":"येशूले तिनीहरूलाई हेरेर भन्नुभयो, <red>“मानिसहरूका निम्ति त यो असम्भव छ, तर परमेश्वरको लागि छैन, किनकि परमेश्वरको निम्ति सबै कुरा सम्भव हुन्छ।”</red>"},{"id":28,"text":"पत्रुसले उहाँलाई भने, “हेर्नुहोस्, हामीले सबै छोड़्यौं, र तपाईंको पछि लागेका छौं।”"},{"id":29,"text":"येशूले भन्नुभयो, <red>“साँच्चै म तिमीहरूलाई भन्दछु, जसले मेरो निम्ति र सुसमाचारको खातिर घर वा दाजुभाइ वा दिदी-बहिनी वा आमा-बुबा वा छोरा-छोरीहरू वा जग्गाजमिन छोड्छ,</red>"},{"id":30,"text":"<red>त्यसले सतावटको साथसाथै सय गुणा बढ़ी घर, दाजुभाइ, दिदी-बहिनी, आमा, छोरा-छोरी र जग्गाजमिन यसै समयमा पाउनेछ, अनि आउँदो युगमा अनन्त जीवन।</red>"},{"id":31,"text":"<red>तर धेरै पहिला हुनेहरू पछिल्ला, र पछिल्ला हुनेहरूचाहिँ पहिला हुनेछन्।” </red>"},{"id":32,"text":"उहाँहरू यरूशलेमतिर जाँदैहुनुहुन्थ्यो, र येशू तिनीहरूका अगिअगि हिँड़िरहनुभएको थियो। चेलाहरू अचम्मित थिए, र अरू पछिपछि आउनेहरू भयभीत थिए। तब उहाँले बाह्रै चेलाहरूलाई फेरि एकातिर लगेर आफूमाथि परिआउने कुराहरू तिनीहरूलाई सुनाउनुभयो। "},{"id":33,"text":"उहाँले भन्नुभयो, <red>“हेर, हामी यरूशलेमतिर जाँदैछौं। त्यहाँ मानिसको पुत्रलाई मुख्य पूजाहारीहरू र शास्त्रीहरूकहाँ सुम्पिदिइनेछ, र तिनीहरूले उसलाई मृत्युदण्ड दिनेछन्, र अन्यजातिहरूका हातमा सुम्पिदिनेछन्।</red>"},{"id":34,"text":"<red>अनि तिनीहरूले उसलाई गिल्ला गर्नेछन् र उसलाई थुक्नेछन्, उसलाई कोर्रा लगाउनेछन् र उसलाई मार्नेछन्। तर तीन दिनपछि ऊ फेरि जीवित भई उठ्नेछ।”</red>"},{"id":35,"text":"जब्दियाका दुई छोराहरू, याकूब र यूहन्ना उहाँकहाँ आएर भने, “गुरुज्यू, हामी तपाईंसँग जे माग्छौं तपाईंले हाम्रा निम्ति गरिदिनुहोस् भन्ने हाम्रो इच्छा छ।”"},{"id":36,"text":"उहाँले तिनीहरूलाई सोध्नुभयो, <red>“तिमीहरूका निम्ति म के गरिदिऊँ भन्ने तिमीहरूको इच्छा छ?”</red>"},{"id":37,"text":"तिनीहरूले उहाँलाई भने, “तपाईंको महिमामा हामीमध्ये एक जना तपाईंको दाहिनेपट्टि र अर्को तपाईंको देब्रेपट्टि बस्न पाउने मन्जूरी हामीलाई दिनुहोस्।”"},{"id":38,"text":"तर येशूले तिनीहरूलाई भन्नुभयो, <red>“तिमीहरू के माग्दछौ सो तिमीहरू जान्दैनौ। के जुन कचौरा म पिउँछु, त्यो तिमीहरू पिउन सक्छौ? अथवा जुन बप्तिस्मा मैले लिएको छु, त्यो बप्तिस्मा तिमीहरू लिन सक्छौ?” </red>"},{"id":39,"text":"तिनीहरूले उहाँलाई भने, “हामी सक्छौं।”येशूले तिनीहरूलाई भन्नुभयो, <red>“जुन कचौरा म पिउँछु त्यो तिमीहरू पिउनेछौ, र जुन बप्तिस्मा मैले लिएको छु त्यो बप्तिस्मा तिमीहरू लिनेछौ।</red>"},{"id":40,"text":"<red>तर मेरो दाहिनेपट्टि र मेरो देब्रेपट्टि बस्न दिनुचाहिँ मैले दिने होइन, यो त जस-जसको निम्ति तयार भइराखेको छ, तिनीहरूकै निम्ति हो।”</red>"},{"id":41,"text":"यो सुनेर दशै जना चेलाहरू याकूब र यूहन्नासँग रिसाए। "},{"id":42,"text":"तब येशूले तिनीहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो, <red>“तिमीहरू जान्दछौ कि अन्यजातिहरूमाथि शासन गर्नेहरूले तिनीहरूमाथि अख्तियार चलाउँछन्। अनि तिनीहरूका ठूलाठालुहरूले तिनीहरूमाथि अधिकार चलाउँछन्। </red>"},{"id":43,"text":"<red>तिमीहरूमा चाहिँ त्यसो हुनुहुँदैन। तर तिमीहरूमा जसले ठूलो हुने इच्छा गर्दछ, त्यो तिमीहरूको सेवक हुनुपर्दछ। </red>"},{"id":44,"text":"<red>अनि तिमीहरूमा जसले पहिलो हुने इच्छा गर्दछ, त्यो सबैको दास हुनैपर्दछ।</red>"},{"id":45,"text":"<red>किनकि मानिसको पुत्र सेवा पाउन होइन, तर सेवा गर्न र धेरैका छुटकाराको मोलको निम्ति आफ्नो प्राण दिन आएको हो।”</red>"},{"id":46,"text":"त्यसपछि उहाँहरू यरीहोमा आउनुभयो, र उहाँ आफ्ना चेलाहरू र ठूलो भीड़सहित यरीहोबाट निस्कनुहुँदा तिमैको छोरो बारतिमै, एक जना अन्धो भिखारी, बाटोको किनारमा बसिरहेको थियो। "},{"id":47,"text":"जब त्यसले उहाँ नासरतका येशू हुनुहुन्छ भन्ने सुन्यो, तब कराएर त्यसले भन्न लाग्यो, “हे येशू, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्।”"},{"id":48,"text":"तब धेरैले त्यसलाई चूप लागोस् भनेर हप्काए। तर त्यो झन् चर्को गरी कराउन लाग्यो, “हे दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्।”"},{"id":49,"text":"तब येशू टक्क अड़िनुभयो र भन्नुभयो, <red>“त्यसलाई बोलाओ।”</red>अनि तिनीहरूले त्यस अन्धालाई यसो भनेर बोलाए, “ढाड़स गर्, उठ्, उहाँले तँलाई बोलाउँदैहुनुहुन्छ।” "},{"id":50,"text":"अनि आफ्नो खास्टो फालेर त्यो जुरुक्क उठ्यो र येशूकहाँ आयो।"},{"id":51,"text":"येशूले त्यसलाई भन्नुभयो, <red>“तिमी के चाहन्छौ, म तिम्रो निम्ति के गरूँ?”</red>त्यस अन्धो मानिसले उहाँलाई भन्यो, “रब्बी, म दृष्टि पाऊँ।”"},{"id":52,"text":"अनि येशूले त्यसलाई भन्नुभयो, <red>“तिम्रो बाटो लाग। तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।”</red> तब तुरुन्तै त्यसले दृष्टि पायो, र बाटोमा येशूको पछिपछि लाग्यो।"}]},{"id":11,"title":"मर्कूस 11","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/MRK/11-3180c169ffabf96de10054fac5102ed3.mp3?version_id=1483","verses":[{"id":1,"text":"जब उहाँहरू यरूशलेमको नजिक जैतून डाँड़ाको छेउमा बेथफागे र बेथानिया भन्ने ठाउँमा आइपुग्नुभयो, तब उहाँले आफ्ना चेलाहरूमध्ये दुई जनालाई यसो भनेर पठाउनुभयो, "},{"id":2,"text":"<red>“तिमीहरूका सामुन्नेको गाउँमा जाओ, र पस्दापस्दै तिमीहरूले अहिलेसम्म कोही मानिस नचढ़ेको एउटा गधाको बछेड़ो भेट्टाउनेछौ। त्यसलाई फुकाएर यहाँ ल्याओ।</red>"},{"id":3,"text":"<red>कसैले तिमीहरूलाई ‘यो के गरेको?’ भन्यो भने, ‘प्रभुलाई यसको खाँचो परेको छ, र उहाँले चाँड़ै फर्काइदिनुहुनेछ’ भन।”</red>"},{"id":4,"text":"तब तिनीहरू गए, र त्यो बछेड़ो खुला गल्लीमा एउटा घरको बाहिरपट्टि ढोकानेर बाँधिएको भेट्टाए, र त्यसलाई फुकाए। "},{"id":5,"text":"त्यहाँ उभिएकाहरूमध्ये कसै-कसैले तिनीहरूलाई सोधे, “बछेड़ोलाई फुकाएर तिमीहरू के गर्दैछौ?” "},{"id":6,"text":"येशूले तिनीहरूलाई अह्राउनुभएजस्तै तिनीहरूले भने, र उनीहरूले तिनीहरूलाई जान दिए। "},{"id":7,"text":"तिनीहरूले बछेड़ो येशूकहाँ ल्याए, र आफ्ना वस्त्रहरू त्यसमाथि राखिदिए, र उहाँ त्यसमाथि सवार हुनुभयो। "},{"id":8,"text":"धेरैले आफ्ना वस्त्रहरू र अरूहरूले मैदानबाट स्याउलाहरू काटेर बाटोमा ओछ्याए। "},{"id":9,"text":"अनि उहाँको अगि-अगि हिड्ने र पछिपछि आउनेहरूले यसो भन्दै जय-ध्वनि लगाए,\n“होसन्ना!\nधन्य उहाँ, जो परमप्रभुको नाउँमा आउनुहुन्छ!"},{"id":10,"text":"धन्य होस्, हाम्रा पिता दाऊदको त्यो आउने राज्य,\nपरमधाममा होसन्ना!”"},{"id":11,"text":"उहाँ यरूशलेममा आएर मन्दिरभित्र पस्नुभयो। अनि उहाँले वरिपरिका सब थोकमाथि नजर गर्नुभएपछि अबेला भएको हुनाले बाह्रै जनाका साथमा उहाँ बेथानिया जानुभयो।"},{"id":12,"text":"भोलिपल्ट उहाँहरू बेथानियाबाट आउनुहुँदा उहाँ भोकाउनुभयो। "},{"id":13,"text":"अनि टाढ़ामा पातले भरिएको एउटा अञ्जीरको रूख देखेर कतै त्यसमा केही फल पाउँछु कि भनेर उहाँ जानुभयो, तर त्यहाँ पुग्नुभएपछि उहाँले रूखमा पातबाहेक केही पाउनुभएन, किनकि त्यस बेला अञ्जीरको फल फल्ने समय भएको थिएन। "},{"id":14,"text":"तब उहाँले त्यस रूखलाई भन्नुभयो, <red>“अब उसो कसैले पनि तँबाट फल नखाओस्।”</red> अनि यो भनेको उहाँका चेलाहरूले सुने।"},{"id":15,"text":"अनि यरूशलेममा पुग्नुभएपछि उहाँ मन्दिरभित्र पस्नुभयो, अनि मन्दिरमा किनबेच गर्नेहरूलाई बाहिर निकाल्नुभयो र पैसा साट्नेका टेबिलहरू र परेवा बेच्नेका बस्ने ठाउँहरू पल्टाइदिनुभयो। "},{"id":16,"text":"उहाँले कसैलाई कुनै थोक मन्दिरबाट लैजान दिनुभएन। "},{"id":17,"text":"अनि उहाँले शिक्षा दिँदै भन्नुभयो, <red>“के यसो लेखिएको छैन, ‘मेरो घर सब जातिहरूका निम्ति प्रार्थनाको घर कहलाइनेछ’? तर तिमीहरूले त यसलाई डाँकूहरूको अड्डा बनाएका छौ।”</red>"},{"id":18,"text":"अनि मुख्य पूजाहारीहरू र शास्त्रीहरूले यो सुनेर उहाँलाई कसरी नाश पारौं भनी उपाय खोज्न लागे। किनभने तिनीहरू उहाँसँग डराउँथे, किनकि सारा भीड़ले उहाँको शिक्षामा अचम्म मानेका थिए।"},{"id":19,"text":"साँझ पर्दा उहाँ सहर बाहिर निस्केर जानुभयो।"},{"id":20,"text":"बिहान त्यहाँबाट पहिलेकै बाटो जानुहुँदा उहाँहरूले त्यस अञ्जीरको रूखलाई जरैबाट सुकेको देख्नुभयो। "},{"id":21,"text":"अनि पत्रुसलाई यो सम्झना भयो, र तिनले उहाँलाई भने, “रब्बी, हेर्नुहोस्, तपाईंले सराप दिनुभएको अञ्जीरको रूख त सुकेछ।”"},{"id":22,"text":"येशूले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, <red>“परमेश्वरमा विश्वास राख।</red>"},{"id":23,"text":"<red>साँच्चै म तिमीहरूलाई भन्दछु, यदि कसैले आफ्नो हृदयमा शङ्का गर्दैन तर आफूले भनेका कुरा पूरा हुन्छ भनी विश्वास गरेर यस पहाड़लाई ‘उखेलिएर तँ समुद्रमा खस्’ भन्यो भने, त्यसको निम्ति त्यस्तै हुनेछ। </red>"},{"id":24,"text":"<red>यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरूले प्रार्थनामा जेसुकै माग्छौ सो पाएका छौं भन्ने विश्वास राख, र त्यो तिमीहरूको हुनेछ।</red>"},{"id":25,"text":"<red>जब तिमीहरू प्रार्थना गर्न खड़ा हुन्छौ, तब कसैको विरुद्धमा तिमीहरूको केही छ भने क्षमा गर, ताकि स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका अपराधहरू क्षमा गरिदेऊन्।</red>"},{"id":26,"text":"[<red>तर क्षमा गरेनौ भने, स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका अपराधहरू क्षमा गर्नुहुनेछैन।”</red>]"},{"id":27,"text":"उहाँहरू फेरि यरूशलेममा आउनुभयो। अनि येशू मन्दिरमा यताउता हिँड़िरहनुहुँदा मुख्य पूजाहारीहरू, शास्त्रीहरू, धर्म-गुरुहरू उहाँकहाँ आए। "},{"id":28,"text":"तिनीहरूले उहाँलाई प्रश्न गरे, “कुन अधिकारले तिमी यी कामहरू गर्दछौ? यी कामहरू गर्ने अधिकार तिमीलाई कसले दियो?”"},{"id":29,"text":"येशूले तिनीहरूलाई भन्नुभयो, <red>“म तिमीहरूलाई एउटा प्रश्न सोध्छु, र तिमीहरूले त्यसको जवाफ देओ, र कुन अधिकारले म यी काम गर्दछु, सो तिमीहरूलाई भन्नेछु।</red>"},{"id":30,"text":"<red>यूहन्नाले दिएको बप्तिस्मा स्वर्गबाट हो कि मानिसबाट, मलाई जवाफ देओ।”</red>"},{"id":31,"text":"तब तिनीहरू यसो भन्दै आपसमा बहस गर्न लागे, “‘स्वर्गबाट’ भनौं भनेता ‘तिमीहरूले उनीमाथि किन विश्वास गरेनौ’ भनी तिनले भन्नेछन्। "},{"id":32,"text":"‘मानिसहरूबाट’ भनौं कि” तर यसो भन्न उनीहरू जनतादेखि डराए। किनकि सबैले यूहन्नालाई साँचो अगमवक्ता भनी ठान्थे।"},{"id":33,"text":"तब तिनीहरूले येशूलाई जवाफ दिएर भने, “हामीलाई थाहा छैन।”येशूले तिनीहरूलाई भन्नुभयो, <red>“म पनि कुन अधिकारद्वारा यी काम गर्दछु, सो तिमीहरूलाई भन्दिनँ।”</red>"}]},{"id":12,"title":"मर्कूस 12","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/MRK/12-5c0fe04ce9f31033a6ca8cb859cdf42c.mp3?version_id=1483","verses":[{"id":1,"text":"उहाँले तिनीहरूलाई दृष्टान्तहरूमा भन्न लाग्नुभयो: <red>“एक जना मानिसले दाखबारी लगाएर त्यसको वरिपरि बार लगाए, र कोलको निम्ति एउटा खाल्डो खने। अनि एउटा मचान बनाएर तिनले दाखबारी मोहीहरूलाई कमाउन दिए, र आफूचाहिँ परदेश लागे। </red>"},{"id":2,"text":"<red>फसलको समयमा तिनले ती मोहीहरूबाट केही फल लिन एक जना नोकरलाई पठाए।</red>"},{"id":3,"text":"<red>तर तिनीहरूले त्यसलाई पक्रेर पिटे र रित्तै हात पठाए।</red>"},{"id":4,"text":"<red>फेरि तिनले तिनीहरूकहाँ अर्को नोकरलाई पठाए, तर तिनीहरूले त्यसको टाउकोमा हिर्काए र त्यसको बेइज्जत गरे।</red>"},{"id":5,"text":"<red>मालिकले अझै अर्कालाई पठाए, तर त्यसलाई तिनीहरूले मारे, र अरू धेरैलाई पनि पठाए, तर तिनीहरूले कसैलाई पिटे र कसैलाई मारे। </red>"},{"id":6,"text":"<red>“तिनको अब एक जना थियो— तिनका प्रिय पुत्र। ‘तिनीहरूले मेरा छोरालाई त आदर गर्लान्’ भनेर सबैभन्दा पछि तिनले उनैलाई तिनीहरूकहाँ पठाए।</red>"},{"id":7,"text":"<red>“तर ती मोहीहरूले आपसमा भने, ‘यो त उत्तराधिकारी हो। आओ, हामी यसलाई मारौं, र हक हाम्रो नै हुनेछ।’</red>"},{"id":8,"text":"<red>अनि तिनीहरूले उनलाई पक्रेर मारे, र दाखबारीको बाहिर फ्याँकिदिए।</red>"},{"id":9,"text":"<red>“तब दाखबारीका मालिकले के गर्नेछन्? तिनी आउनेछन्, र ती मोहीहरूलाई नाश गर्नेछन्, र दाखबारी अरूहरूलाई दिनेछन्।</red>"},{"id":10,"text":"<red>के तिमीहरूले धर्मशास्त्रको यो वचन पढ़ेका छैनौ? </red>\n<red>‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे</red>\n<red>त्यहीचाहिँ कुनाको शिर-ढुङ्गा बन्यो,</red>"},{"id":11,"text":"<red>यो परमप्रभुबाट भएको हो,</red>\n<red>अनि हाम्रो दृष्टिमा यो आश्चर्यमय छ।’</red>"},{"id":12,"text":"त्यसपछि तिनीहरूले उहाँलाई पक्रन खोजे, किनकि यो दृष्टान्त उहाँले तिनीहरूकै विरुद्धमा भन्नुभएको हो भनी तिनीहरूले बुझे। तर तिनीहरू भीड़सँग डराएको कारणले उहाँलाई छोड़ेर गइहाले।"},{"id":13,"text":"पछिबाट उहाँलाई कुरामा फसाऔं भनेर तिनीहरूले फरिसीहरू र हेरोदीहरूमध्येका कोही व्यक्तिहरूलाई उहाँकहाँ पठाए। "},{"id":14,"text":"तिनीहरू आएर उहाँलाई भने, “गुरुज्यू, हामी जान्दछौं, तपाईं साँचो हुनुहुन्छ, र कसैको वास्ता गर्नुहुन्न। किनकि तपाईं मुख हेरेर काम गर्नुहुन्न, तर परमेश्वरको मार्ग साँचो रीतिले सिकाउनुहुन्छ। भन्नुहोस्, कैसरलाई कर तिर्नु न्यायसङ्गत छ कि छैन? "},{"id":15,"text":"हामी कर तिरौं कि नतिरौं?”येशूले तिनीहरूको कपटीपन थाहा पाएर तिनीहरूलाई भन्नुभयो, <red>“तिमीहरू किन मलाई परीक्षा गर्दछौ? एउटा दिनार ल्याएर देखाओ।”</red>"},{"id":16,"text":"तिनीहरूले एउटा सिक्का ल्याए। उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“यो तस्वीर र छाप कसको हो?”</red>तिनीहरूले उहाँलाई भने, “कैसरको।”"},{"id":17,"text":"तब येशूले तिनीहरूलाई भन्नुभयो, <red>“कैसरका चीजहरू कैसरलाई देओ, र परमेश्वरका चीजहरू परमेश्वरलाई।”</red>तिनीहरूले उहाँसँग अचम्म माने।"},{"id":18,"text":"मृतकबाट पुनरुत्थान हुँदैन भन्ने सदुकीहरू उहाँकहाँ आए, अनि उहाँलाई सोधे,"},{"id":19,"text":"“गुरुज्यू, मोशाले हामीलाई लेखिदिएका छन्, कि कसैको दाजु मर्यो र निस्सन्तान भएर पत्नीलाई छोडिराख्यो भने, उसको भाइले त्यस स्त्रीलाई लैजानुपर्छ र आफ्नो दाजुको निम्ति सन्तान खड़ा गर्नुपर्छ।”"},{"id":20,"text":"एउटा परिवारमा सात भाइ थिए। जेठोले एउटी पत्नी ल्यायो, अनि त्यो मानिस निस्सन्तान भएर मर्यो। "},{"id":21,"text":"अब माहिला भाइले त्यस स्त्रीलाई विवाह गर्यो, र त्यो पनि निस्सन्तान भएर मर्यो। अनि साहिँलाले पनि त्यस्तै गर्यो। "},{"id":22,"text":"अनि सातै भाइको सन्तान भएन। सबैभन्दा पछि त्यो स्त्री पनि मरी। "},{"id":23,"text":"अब मृतकहरूको पुनरुत्थानमा तिनीहरूमध्ये त्यो कसकी पत्नी हुन्छे? किनकि ती सातै जनाले त्यसलाई विवाह गरेका थिए।”"},{"id":24,"text":"येशूले तिनीहरूलाई भन्नुभयो, <red>“तिमीहरू भूलमा परेको कारण यही होइन र, कि तिमीहरू न त धर्मशास्त्र जान्दछौ, न परमेश्वरको शक्तिलाई जान्दछौ?</red>"},{"id":25,"text":"<red>किनकि जब मृतकबाट तिनीहरूको पुनरुत्थान हुन्छ, तिनीहरू न त विवाह गर्छन्, न तिनीहरूको विवाह हुन्छ, तर तिनीहरू स्वर्गमा भएका दूतहरूजस्तै हुन्छन्।</red>"},{"id":26,"text":"<red>मृतकहरू जीवित भई उठ्ने कुराको विषयमा के तिमीहरूले मोशाको पुस्तकमा पढ़ेका छैनौ? कि कसरी पोथ्रोको विषयमा लेखिएको खण्डमा परमेश्वरले मोशालाई भन्नुभयो, ‘म अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुँ।’</red>"},{"id":27,"text":"<red>उहाँ मुर्दाहरूका परमेश्वर हुनुहुन्न, तर जिउँदाहरूका हुनुहुन्छ। तिमीहरू एकदमै भूलमा परेका छौ।”</red>"},{"id":28,"text":"शास्त्रीहरूमध्ये एक जना आए, र तिनीहरूलाई आपसमा विवाद गरिरहेका सुने। येशूले मानिसहरूलाई ठीक जवाफ दिनुभएको देखेर तिनले उहाँलाई सोधे, “सबै आज्ञाहरूमा मुख्यचाहिँ कुन हो?”"},{"id":29,"text":"येशूले जवाफ दिनुभयो, <red>“सबैभन्दा मुख्यचाहिँ यो हो: ‘हे इस्राएल सुन्, परमप्रभु हाम्रा परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ। </red>"},{"id":30,"text":"<red>तैंले परमप्रभु आफ्ना परमेश्वरलाई तेरो सारा हृदयले, तेरो सारा प्राणले, तेरो सारा समझले, र तेरो सारा शक्तिले प्रेम गर्।’</red>"},{"id":31,"text":"<red>दोस्रोचाहिँ यो हो, ‘तैंले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्।’ योभन्दा ठूलो आज्ञा अर्को छैन।” </red>"},{"id":32,"text":"त्यस शास्त्रीले उहाँलाई भने, “गुरुज्यू, तपाईंले ठीक भन्नुभयो, परमेश्वर एउटै हुनुहुन्छ, उहाँबाहेक अर्को कोही छैन।"},{"id":33,"text":"उहाँलाई सारा हृदयले, सारा समझले, सारा शक्तिले प्रेम गर्नु, र छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नु सबै होमबलि र बलिदानहरूभन्दा उत्तम हो।”"},{"id":34,"text":"तिनले बुद्धिमानीसाथ जवाफ दिएका देखेर येशूले तिनलाई भन्नुभयो, <red>“तिमी परमेश्वरको राज्यदेखि टाढ़ा छैनौ।”</red> त्यस समयदेखि उहाँलाई प्रश्न गर्ने कसैको साहस भएन।"},{"id":35,"text":"अनि मन्दिरमा सिकाउनुहुँदा येशूले भन्नुभयो, <red>“कसरी ख्रीष्ट दाऊदका पुत्र हुन् भनी व्यवस्थाका शास्त्रीहरू भन्दछन्?</red>"},{"id":36,"text":"<red>किनकि दाऊद आफैले पवित्र आत्माद्वारा भनेका छन्, </red>\n<red>परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, </red>\n<red>‘तिमी मेरो दाहिने हातपट्टि बस,</red>\n<red>जबसम्म म तिम्रा शत्रुहरूलाई</red>\n<red>तिम्रा खुट्टाका पैतालामुनि राख्दिनँ।’</red>"},{"id":37,"text":"<red>जब दाऊद आफैले उनलाई ‘प्रभु’ भन्दछन्, त कहाँबाट उनी तिनका पुत्र भए?”</red>अनि त्यहाँको ठूलो भीड़ले उहाँको वचन खुसीसाथ सुन्यो।"},{"id":38,"text":"तब शिक्षा दिनुहुँदा येशूले भन्नुभयो, <red>“शास्त्रीहरूदेखि होशियार रहो। तिनीहरू लामो वस्त्र लाएर यताउता डुल्न र बजारहरूमा अभिवादन पाउन,</red>"},{"id":39,"text":"<red>तथा सभाघरहरूमा प्रमुख स्थान र भोजहरूमा आदरको स्थान पाउन रुचाउँछन्।</red>"},{"id":40,"text":"<red>तिनीहरू विधवाहरूका घर लुट्छन्, तर लोकाचारको लागि लामो-लामो प्रार्थना गर्दछन्। यस्ता मानिसहरूले अझ बढ़ी दण्ड पाउनेछन्।”</red>"},{"id":41,"text":"अनि उहाँ मन्दिरको भेटी चढ़ाउने ठाउँको सामुन्ने बस्नुभयो, र भीड़ले भेटीपात्रमा भेटी चढ़ाएको हेर्नुभयो। धेरै धनी मानिसहरूले ठूला-ठूला रकम चढ़ाए। "},{"id":42,"text":"अनि एउटी गरीब विधवाले आएर तामाका दुई सिक्का, अर्थात् एक पैसा चढ़ाई।"},{"id":43,"text":"आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“साँच्चै म तिमीहरूलाई भन्दछु, भेटीपात्रमा चढ़ाउनेहरूमध्ये यस गरीब विधवाले सबैभन्दा बढ़ी चढ़ाई।</red>"},{"id":44,"text":"<red>किनभने सबैले आफ्नो-आफ्नो प्रशस्तताबाट चढ़ाए, तर यस स्त्रीले चाहिँ आफ्नो दरिद्रताबाट आफ्नो सारा जीविका नै अर्पण गरी।”</red>"}]},{"id":13,"title":"मर्कूस 13","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/MRK/13-a30d1ee0524e2f142d3d4f46bf491cb0.mp3?version_id=1483","verses":[{"id":1,"text":"जब उहाँ मन्दिरबाट निस्कँदैहुनुहुन्थ्यो, तब उहाँका चेलाहरूमध्ये एक जनाले उहाँलाई भने, “हेर्नुहोस्, गुरुज्यू, कति ठूला-ठूला ढुङ्गाहरू र कति भव्य भवनहरू।”"},{"id":2,"text":"येशूले तिनलाई भन्नुभयो, <red>“यहाँ त एउटा ढुङ्गामाथि अर्को ढुङ्गा नछोडिने गरी सबै भत्काइनेछन्।” </red>"},{"id":3,"text":"अनि उहाँ मन्दिरको सामुन्ने जैतून डाँड़ामा बस्नुहुँदा पत्रुस, याकूब, यूहन्ना र अन्द्रियासले उहाँलाई गुप्तमा सोधे, "},{"id":4,"text":"“हामीलाई भन्नुहोस्, यी घटनाहरू कहिले हुनेछन्? र यी सब कुरा पूरा हुनका निम्ति के चिन्ह हुनेछ?”"},{"id":5,"text":"येशूले तिनीहरूलाई भन्नुभयो, <red>“होशियार रहो, कसैले तिमीहरूलाई भ्रममा नपारोस्।</red>"},{"id":6,"text":"<red>धेरै जना मेरो नाउँमा ‘म उही नै हुँ’ भन्दै आउनेछन्, र तिनीहरूले धेरैलाई भ्रममा पार्नेछन्।</red>"},{"id":7,"text":"<red>जब तिमीहरूले लड़ाइँ र लड़ाइँहरूको हल्ला सुन्नेछौ, तब नडराओ। यस्ता घटनाहरू हुनु आवश्यक छ। तर अन्त्यको दिन आउनु अझ बाँकी नै छ।</red>"},{"id":8,"text":"<red>किनभने जातिको विरुद्धमा जाति, र राज्यको विरुद्धमा राज्य खड़ा हुनेछ। ठाउँ-ठाउँमा भूकम्पहरू जानेछन्, अनिकालहरू हुनेछन्। योचाहिँ स्त्रीलाई प्रसववेदना सुरु भएझैँ सङ्कष्टको आरम्भ हो।</red>"},{"id":9,"text":"<red>“तिमीहरू आफ्ना विषयमा होशियार रहो। तिनीहरूले तिमीहरूलाई अदालतमा सुम्पनेछन्। तिमीहरू सभाघरहरूमा पिटिनेछौ। अनि हाकिमहरू र राजाहरूका सामुन्ने मेरो खातिर तिनीहरूलाई गवाही दिन तिमीहरू खड़ा हुनेछौ।</red>"},{"id":10,"text":"<red>र पहिला सबै जातिहरूलाई सुसमाचार प्रचार गरिनुपर्छ।</red>"},{"id":11,"text":"<red>जब मानिसहरूले तिमीहरूलाई पक्री लगेर मुद्दा चलाउँछन्, तब के बोलौं भनी अघिबाटै फिक्री नगर। तर त्यसै बेला जे तिमीहरूलाई दिइन्छ, त्यही बोल, किनकि बोल्ने तिमीहरू होइनौ, तर पवित्र आत्मा हुनुहुनेछ।</red>"},{"id":12,"text":"<red>“एउटा भाइले अर्को भाइलाई मृत्युको लागि सुम्पनेछ, र त्यसै गरी बाबुले छोरालाई। छोरा-छोरीहरू आमाबाबुहरूका विरुद्धमा खड़ा हुनेछन्, र तिनीहरूलाई मार्न लाउनेछन्।</red>"},{"id":13,"text":"<red>अनि मेरो नाउँको खातिर तिमीहरू सबैबाट घृणित हुनेछौ, तर जो अन्त्यसम्म स्थिर रहन्छ त्यसैको उद्धार हुनेछ। </red>"},{"id":14,"text":"<red>“जब तिमीहरू विनाशकारी घृणित थोकलाई जहाँ हुनु नपर्ने त्यहीँ उभिएको देख्छौ </red> (पढ्नेले बुझोस्), <red>तब यहूदियामा हुनेहरू पहाड़हरूतिर भागून्।</red>"},{"id":15,"text":"<red>घरको कौसीमा हुने तल नओर्लोस्, न त आफ्नो घरबाट केही निकाल्नलाई भित्र पसोस्। </red>"},{"id":16,"text":"<red>खेतमा हुने आफ्नो खास्टो लिन पछाडि नफर्कोस्।</red>"},{"id":17,"text":"<red>तर हाय, ती दिनमा गर्भवती र दूध खुवाउने आमाहरूलाई!</red>"},{"id":18,"text":"<red>त्यो हिउँदमा नहोस् भनी प्रार्थना गर।</red>"},{"id":19,"text":"<red>किनकि ती दिनहरूमा यस्तो महासङ्कष्ट आइपर्नेछ कि परमेश्वरले गर्नुभएको सृष्टिको सुरुदेखि अहिलेसम्म न त यस्तो भएको छ, न कहिल्यै हुनेछ।</red>"},{"id":20,"text":"<red>यदि परमेश्वरले ती दिन नघटाइदिनुभएको भए त कुनै मानिस बाँच्नेथिएन, तर उहाँले चुन्नुभएकाहरूका खातिर ती दिन घटाउनुभएको छ।</red>"},{"id":21,"text":"<red>त्यो बेला कसैले तिमीहरूलाई ‘हेर, ख्रीष्ट यहाँ छन्’ वा ‘त्यहाँ छन्’ भन्यो भने, तिमीहरू विश्वास नगर।</red>"},{"id":22,"text":"<red>किनभने झूटा ख्रीष्टहरू र झूटा अगमवक्ताहरू खड़ा हुनेछन्, अनि सम्भव भए, चुनिएकाहरूलाई भ्रममा पार्न तिनीहरूले चिन्हहरू र आश्चर्यका कामहरू गर्नेछन्। </red>"},{"id":23,"text":"<red>तर तिमीहरूचाहिँ होशियार रहो। हेर, मैले तिमीहरूलाई सबै कुरा अघिबाटै भनिदिएकै छु।</red>"},{"id":24,"text":"<red>“तर ती दिनमा त्यस महासङ्कष्टपछि सूर्य अँध्यारो हुनेछ, र चन्द्रमाले आफ्नो चमक दिनेछैन, </red>"},{"id":25,"text":"<red>ताराहरू आकाशबाट खस्नेछन्, र आकाशमा भएका शक्तिहरू डगमगाउनेछन्।</red>"},{"id":26,"text":"<red>अनि त्यस समयमा मानिसहरूले मानिसको पुत्रलाई शक्ति र महिमासित बादलमा आउँदैगरेको देख्नेछन्। </red>"},{"id":27,"text":"<red>तब उसले स्वर्गदूतहरूलाई पठाउनेछ, र पृथ्वीको अन्त्यदेखि आकाशको अन्त्यसम्म चारै दिशाबाट आफ्ना चुनिएकाहरूलाई भेला गर्नेछ।</red>"},{"id":28,"text":"<red>“अञ्जीरको रूखबाट पाठ सिक: त्यसको हाँगा कमलो भएर पालुवा हाल्ने बित्तिकै ग्रीष्म ऋतु नजिक आएछ भन्ने तिमीहरू थाहा पाउँछौ।</red>"},{"id":29,"text":"<red>यसरी नै तिमीहरूले पनि जब यी घटनाहरू भइरहेका देख्छौ, तब ऊ नजिक छ, ढोकामा नै छ भन्ने जान।</red>"},{"id":30,"text":"<red>साँच्चै म तिमीहरूलाई भन्दछु, यी सबै कुरा भई नसकूञ्जेल यो पुस्ता बितिजानेछैन।</red>"},{"id":31,"text":"<red>स्वर्ग र पृथ्वी बितिजानेछ, तर मेरा वचन कहिल्यै बित्नेछैनन्।</red>"},{"id":32,"text":"<red>“तर त्यस दिन र त्यस घड़ीको विषयमा पिताले बाहेक अरू कसैले जान्दैन, न त स्वर्गमा हुने स्वर्गदूतहरूले न पुत्रले। </red>"},{"id":33,"text":"<red>होशियार रहो, जागा बस र प्रार्थना गर, किनकि त्यो बेला कहिले आउने हो, सो तिमीहरू जान्दैनौ।</red>"},{"id":34,"text":"<red>यो त मालिकले आफ्ना चाकरहरूलाई घरको प्रत्येक काम र दायित्वको जिम्मा दिएर र पालेलाई जागा रहनू भनी आज्ञा दिएर परदेश लागेको जस्तो हो। </red>"},{"id":35,"text":"<red>“यसकारण तिमीहरू पनि जागा रहो, किनकि घरको मालिक बेलुकी, कि आधा रातमा, कि भाले बास्दा, कि बिहान, कहिले आउने हो, सो तिमीहरू जान्दैनौ।</red>"},{"id":36,"text":"<red>नत्रता ऊ अचानक आउँदा उसले तिमीहरूलाई निदाइरहेका भेट्टाउला।</red>"},{"id":37,"text":"<red>जे म तिमीहरूलाई भन्दछु त्यो म सबैलाई भन्दछु, ‘जागा रहो’।”</red>"}]},{"id":14,"title":"मर्कूस 14","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/MRK/14-666ff4e513caee9ff2f49a788d70f6ed.mp3?version_id=1483","verses":[{"id":1,"text":"यसको दुई दिनपछि निस्तार र अखमिरी रोटीको चाड थियो। मुख्य पूजाहारीहरू र शास्त्रीहरू उहाँलाई कसरी छलद्वारा पक्रेर मारौं भन्ने दाउमा थिए।"},{"id":2,"text":"किनभने तिनीहरूले भनेका थिए, “चाड़को बेलामा होइन, नत्रता मानिसहरूमा हूलदङ्गा मच्चिएला।"},{"id":3,"text":"उहाँ बेथानियामा सिमोन कुष्ठरोगीको घरमा खान बस्नुहुँदा एउटी स्त्री विशुद्ध जटामसीको बहुमूल्य अत्तर सिङ्गमरमरको शीशीमा लिएर आई, र त्यो शीशी फुटाएर त्यो सुगन्धित जटामसीको अत्तर उहाँको शिरमा खन्याई।"},{"id":4,"text":"तर कोही-कोहीले रीस गरेर आपसमा भन्न लागे, “यो सुगन्धित अत्तर किन यसरी नोक्सानी गरेको? "},{"id":5,"text":"किनकि यो अत्तर तीन सय चाँदीका सिक्काभन्दा बढ़ीमा बिक्री गरेर गरीबहरूलाई त्यो पैसा दिन सकिन्थ्यो।” अनि तिनीहरूले त्यस स्त्रीलाई झपारे।"},{"id":6,"text":"तर येशूले भन्नुभयो, <red>“छोडिदेओ, किन तिमीहरू यिनलाई सताउँछौ? यिनले मप्रति असल काम गरेकी छे।</red>"},{"id":7,"text":"<red>किनभने गरीबहरू त तिमीहरूसँग सधैँ हुन्छन्, र इच्छा लागेको कुनै पनि समय तिमीहरू तिनीहरूको भलाइ गर्न सक्छौ। तर म त सधैँ तिमीहरूका साथमा हुँदिनँ। </red>"},{"id":8,"text":"<red>यस स्त्रीले जे गर्न सक्थी त्यही गरेकी छे। यिनले मेरो शरीरको दफनको निम्ति अघिबाटै सुगन्धित अत्तर घसेर तयार पारेकी छे।</red>"},{"id":9,"text":"<red>साँच्चै, म तिमीहरूलाई भन्दछु, सारा संसारमा जहाँ-जहाँ यो सुसमाचार प्रचार गरिन्छ, यस स्त्रीले जे गरेकी छे यिनको सम्झनाको लागि यो कार्यको वर्णन गरिनेछ।”</red>"},{"id":10,"text":"तब बाह्र चेलाहरूमध्ये एक जना यहूदा इस्करियोतचाहिँ येशूलाई तिनीहरूका हातमा पक्राइदिनका निम्ति मुख्य पूजाहारीहरूकहाँ गयो। "},{"id":11,"text":"तिनीहरू यो सुनेर खुसी भए, र त्यसलाई पैसा दिने कबूल गरे। अनि उहाँलाई कसरी पक्राऊँ भनी त्यसले अनुकूल मौका खोज्न लाग्यो।"},{"id":12,"text":"अखमिरी रोटीका चाड़को प्रथम दिनमा, जब तिनीहरूले निस्तार-चाड़को थुमा बलिदान चढ़ाउँथे, उहाँका चेलाहरूले उहाँलाई सोधे, “तपाईंको इच्छा के छ? हामी कहाँ गएर तपाईंको निम्ति निस्तार-चाड़को भोज तयार गरौं?”"},{"id":13,"text":"अनि उहाँले आफ्ना चेलाहरूमध्ये दुई जनालाई यसो भनेर पठाउनुभयो, <red>“सहरमा जाओ, र गाग्रोमा पानी बोकेर लैजाने एक जना मानिसले तिमीहरूलाई भेट्नेछ। उसको पछि लाग। </red>"},{"id":14,"text":"<red>त्यो मानिस जहाँ पस्ला त्यस घरका मालिकलाई भन, ‘गुरुज्यू भन्नुहुन्छ, मेरा चेलाहरूसँग निस्तार-चाडको भोज खाने मेरो पाहुना कोठा कहाँ छ?’</red>"},{"id":15,"text":"<red>अनि तिनले तिमीहरूलाई सजिसजाउ गरेर तयार पारिएको माथिल्लो तलाको एउटा ठूलो कोठा देखाउनेछन्, र त्यहीँ तिमीहरूले हाम्रा निम्ति भोज तयार गर।”</red>"},{"id":16,"text":"तब ती चेलाहरू गए, र सहरमा पसे, अनि उहाँले तिनीहरूलाई भन्नुभएजस्तै भेट्टाए, र तिनीहरूले निस्तार-चाड़को भोज तयार गरे।"},{"id":17,"text":"साँझ हुँदा उहाँ बाह्रै जनासँग आउनुभयो। "},{"id":18,"text":"उहाँहरू ढल्केर खानुहुँदैगर्दा येशूले भन्नुभयो, <red>“साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूमध्ये मसँग खाने एक जनाले मलाई धोका दिनेछ।” </red>"},{"id":19,"text":"तिनीहरू दुःखित भए, अनि पालैपालो उहाँलाई “के त्यो म हुँ?” भनी सोध्न लागे।"},{"id":20,"text":"उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“बाह्रैमध्ये एक जना, जसले मसँग थालमा रोटी चोपिरहेछ।</red>"},{"id":21,"text":"<red>किनकि मानिसको पुत्रलाई उसको विषयमा लेखिएबमोजिम हुन्छ, तर धिक्कार त्यस व्यक्तिलाई जसद्वारा मानिसको पुत्रलाई धोका हुन्छ। त्यस मान्छेको त जन्मै नभएको भए असल हुनेथियो।”</red>"},{"id":22,"text":"अनि खाइरहनुहुँदा येशूले रोटी लिनुभयो, आशीर्वाद दिनुभयो र भाँच्नुभयो र तिनीहरूलाई दिँदै भन्नुभयो, <red>“लेओ, यो मेरो शरीर हो।” </red>"},{"id":23,"text":"अनि कचौरा लिएर धन्यवाद दिनुभएपछि उहाँले तिनीहरूलाई दिनुभयो, र तिनीहरू सबैले त्यसबाट पिए। "},{"id":24,"text":"अनि उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति बगाइन्छ। </red>"},{"id":25,"text":"<red>साँच्चै, म तिमीहरूलाई भन्दछु, म दाखको रसबाट त्यस दिनसम्म पिउनेछैनँ, जहिलेसम्म परमेश्वरको राज्यमा त्यो नयाँ गरी पिउँदिनँ।”</red>"},{"id":26,"text":"अनि एउटा भजन गाएर उहाँहरू निस्केर जैतून डाँड़ातिर जानुभयो।"},{"id":27,"text":"येशूले तिनीहरूलाई भन्नुभयो, <red>“तिमीहरू सबै पछि हटिजानेछौ, किनकि यस्तो लेखिएको छ, ‘म गोठालालाई प्रहार गर्नेछु, र भेड़ाहरू तितरबितर हुनेछन्।’ </red>"},{"id":28,"text":"<red>तर म जीवित भई उठेपछि म तिमीहरूभन्दा पहिले गालीलमा जानेछु।” </red>"},{"id":29,"text":"पत्रुसले उहाँलाई भने, “सबै जना पछि हटे तापनि मचाहिँ हट्नेछैनँ।”"},{"id":30,"text":"तब येशूले तिनलाई भन्नुभयो, <red>“साँच्चै, म तिमीहरूलाई भन्दछु, आजकै राती भाले दुई पल्ट बास्न अघि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ।” </red>"},{"id":31,"text":"तर तिनले झन् जोड दिएर भने, “तपाईंसँग म मर्नैपरे तापनि म तपाईंलाई इन्कार गर्नेछैनँ।” अनि तिनीहरू सबैले त्यसै भने।"},{"id":32,"text":"त्यसपछि उहाँहरू गेतसमनी नाउँ भएको ठाउँमा जानुभयो, र उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, <red>“मैले प्रार्थना गरुञ्जेल तिमीहरू यहीँ बस।” </red>"},{"id":33,"text":"तब उहाँले पत्रुस, याकूब र यूहन्नालाई साथमा लैजानुभयो, र उहाँ अत्यन्तै विचलित र ज्यादै खिन्न हुन लाग्नुभयो। "},{"id":34,"text":"उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“मेरो आत्मा मृत्युसम्मै शोकले व्याकुल भएको छ। तिमीहरू यहीँ बस, र जागा रहो।”</red>"},{"id":35,"text":"अनि अलि पर गएर उहाँ भूइँमा घोप्टिनुभयो, र हुन सक्छ भने त्यो घड़ी उहाँबाट टलोस् भनी प्रार्थना गर्नुभयो। "},{"id":36,"text":"अनि उहाँले भन्नुभयो, <red>“अब्बा, पिता, तपाईंको निम्ति सबै कुरा सम्भव छ। यो कचौरा मबाट हटाइदिनुहोस्। तर पनि मैले इच्छा गरेजस्तो होइन, तपाईंले इच्छा गर्नुभएजस्तो होस्।”</red>"},{"id":37,"text":"उहाँ फेरि आउनुहुँदा तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो। उहाँले पत्रुसलाई भन्नुभयो, <red>“सिमोन, के तिमी निदाइरहेछौ? के एक घण्टा पनि जागा बस्न सकेनौ? </red>"},{"id":38,"text":"<red>जागा रहो, अनि प्रार्थना गर, र तिमीहरू परीक्षामा नपर। आत्मा त साँच्चै तयार छ, तर शरीर दुर्बल छ।” </red>"},{"id":39,"text":"फेरि गएर उहाँले दोहोर्याएर त्यही प्रार्थना गर्नुभयो। "},{"id":40,"text":"फेरि आएर उहाँले तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो, किनभने तिनीहरूका आँखा निद्राले साह्रै लट्ठिएका थिए, र उहाँलाई के जवाफ दिने हो, सो जानेनन्।"},{"id":41,"text":"उहाँ तेस्रो पल्ट आउनुभयो, र तिनीहरूलाई भन्नुभयो, <red>“के तिमीहरू अझै निदाउँदैछौ र आराम गरिरहेका छौ? अब भयो, बेला आइपुग्यो। हेर, मानिसको पुत्र पापीहरूका हातमा पक्राउ पर्न लागेको छ।</red>"},{"id":42,"text":"<red>उठ, जाऔं। हेर, मलाई विश्वासघात गर्ने नजिकै छ।”</red>"},{"id":43,"text":"येशू बोल्दैहुनुहुँदा बाह्रै चेलाहरूमध्येको एक जना यहूदा अचानक त्यहाँ देखा पर्यो। मुख्य पूजाहारीहरू, शास्त्रीहरू र धर्म-गुरुहरूले पठाएको एक दल तरवार र लाठो लिएर त्यससँग त्यहाँ आयो।"},{"id":44,"text":"उहाँलाई विश्वासघात गर्नेले तिनीहरूलाई यस्तो एउटा सङ्केत दिएको थियो, “जसलाई म म्वाइँ खाउँला त्यो व्यक्ति तिनै हुन्, तिनलाई पक्र र पहरा दिएर लैजाओ।” "},{"id":45,"text":"अनि सोझै येशूकहाँ गएर यहूदाले भन्यो, “हे रब्बी,” र उहाँलाई म्वाइँ खायो। "},{"id":46,"text":"तब तिनीहरूले येशूलाई समाते र गिरफ्तार गरे। "},{"id":47,"text":"त्यहाँ नजिक उभिनेहरूमध्ये कुनै एउटाले तरवार थुतेर प्रधान पूजाहारीको कमारालाई प्रहार गर्यो, र त्यसको कान च्वाट्ट काटिदियो।"},{"id":48,"text":"येशूले तिनीहरूलाई भन्नुभयो, <red>“के तिमीहरू एउटा डाँकूलाई जस्तै तरवार र लाठोसमेत लिएर मलाई पक्रन आएका छौ?</red>"},{"id":49,"text":"<red>दिनदिन मन्दिरमा सिकाउँदै म तिमीहरूसँग थिएँ, र तिमीहरूले मलाई गिरफ्तार गरेनौ। तर धर्मशास्त्र पूरा होस्।” </red>"},{"id":50,"text":"अनि सबै चेलाहरू उहाँलाई त्यागेर भागे।"},{"id":51,"text":"आफ्नो शरीरलाई एउटा सूती कपड़ाले मात्र बेह्रेको एक जना जवान उहाँको पछि लाग्यो। तिनीहरूले त्यस जवानलाई समाते, "},{"id":52,"text":"तर कपड़ा छोड़ेर त्यो नाङ्गै भाग्यो।"},{"id":53,"text":"तब तिनीहरूले येशूलाई प्रधान पूजाहारीकहाँ लगे, र त्यहाँ सबै मुख्य पूजाहारीहरू, धर्म-गुरुहरू र शास्त्रीहरू जम्मा भएका थिए। "},{"id":54,"text":"पत्रुसचाहिँ टाढ़ैबाट प्रधान पूजाहारीको आँगनभित्र उहाँको पछिपछि लागे, अनि त्यहाँ सिपाहीहरूसँग बसेर तिनी आगो ताप्न लागे।"},{"id":55,"text":"अब मुख्य पूजाहारी र जम्मै महासभाले येशूलाई मार्नको निम्ति उहाँको विरुद्धमा गवाही खोजे, तर केही पाएनन्। "},{"id":56,"text":"धेरैले उहाँको विरुद्धमा झूटो गवाही दिए। तर तिनीहरूले दिएको गवाहीले मेल खाएन।"},{"id":57,"text":"कसै-कसैले उठेर उहाँको विरुद्धमा यसो भन्दै गवाही दिए, "},{"id":58,"text":"“यसले यसो भनेको हामीले सुन्यौं, ‘मानिसको हातले बनाएको यो मन्दिर म भत्काउनेछु, र हातैविना बनाइएको अर्को मन्दिर म तीन दिनमा निर्माण गर्नेछु’।” "},{"id":59,"text":"तर यसमा पनि तिनीहरूको गवाही एकै मतको थिएन।"},{"id":60,"text":"तब प्रधान पूजाहारीले बीचमा खड़ा भएर येशूलाई सोधे, “के तँसँग केही जवाफ छैन? यी मानिसहरूले तेरो विरुद्धमा गवाही दिएको के हो?” "},{"id":61,"text":"तर येशू चूप लाग्नुभयो, र केही जवाफ दिनुभएन।फेरि प्रधान पूजाहारीले उहाँलाई सोधे, “के तँ परमधन्यको पुत्र ख्रीष्ट होस्?”"},{"id":62,"text":"येशूले भन्नुभयो, <red>“म हुँ, अनि तपाईंहरूले मानिसको पुत्रलाई सर्वशक्तिमान्को दाहिने बाहुलीतर्फ बसिरहेको र आकाशका बादलहरूका साथमा आइरहेको देख्नुहुनेछ।”</red>"},{"id":63,"text":"तब प्रधान पूजाहारीले आफ्नो वस्त्र च्यातेर भने, “हामीलाई अरू साक्षीहरूको के दरकार पर्यो र? "},{"id":64,"text":"तिमीहरूले ईश्वर-निन्दा त सुनिहाल्यौ। तिमीहरूको के विचार छ?” अनि तिनीहरू सबैले उहाँलाई मृत्युदण्डको योग्य ठहराए। "},{"id":65,"text":"अनि कोही-कोहीले उहाँलाई थुक्न लागे, र उहाँको मुख छोपेर उहाँलाई थप्पड़ हानेर भने, “अगमवाणी बोल्।” त्यसपछि पहरादारले उहाँलाई आफ्नो जिम्मामा लिए, र उहाँलाई मुक्का हाने।"},{"id":66,"text":"पत्रुस तल आँगनमा हुँदा प्रधान पूजाहारीका नोकर्नीहरूमध्ये एक जना त्यहाँ आई, "},{"id":67,"text":"र पत्रुसलाई आगो तापिरहेका देखेर तिनलाई नियालेर हेरी भनी, “तिमी पनि येशू नासरीसँग थियौ।”"},{"id":68,"text":"तर तिनले यसो भन्दै इन्कार गरे, “तिमीले के भनेकी त्यो न जान्दछु न बुझ्दछु।” अनि तिनी बाहिरको मूल ढोकातिर गए। अनि भाले बास्यो।"},{"id":69,"text":"नोकर्नीले उभिनेहरूसँग फेरि भन्न लागी, “यिनी त तिनीहरूमध्येका एक हुन्।” "},{"id":70,"text":"तर पत्रुसले फेरि इन्कार गरे।तर केही बेरपछि वरपर उभिनेहरूले फेरि पत्रुसलाई भने, “पक्कै, तिमी तिनीहरूमध्येका एक हौ, किनकि तिमी गालीली हौ।”"},{"id":71,"text":"तर तिनले आफूलाई धिक्कार्दै कसम खाएर भन्न लागे, “जसको विषयमा तिमीहरू भन्छौ त्यस मानिसलाई म चिन्दिनँ।”"},{"id":72,"text":"अनि तुरुन्तै दोस्रो पल्ट भाले बास्यो, र पत्रुसलाई येशूले यसो भन्नुभएको कुरा सम्झना भयो, <red>“भाले दुई पल्ट बास्न अघि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ।”</red> अनि त्यस कुरालाई सम्झेर तिनी धुरुधुरु रोए।"}]},{"id":15,"title":"मर्कूस 15","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/MRK/15-2d16056ef43811affc64eaa4681fc904.mp3?version_id=1483","verses":[{"id":1,"text":"बिहान हुने बित्तिकै मुख्य पूजाहारीहरू, धर्म-गुरुहरू, शास्त्रीहरू र जम्मै महासभाले आपसमा सल्लाह गरी येशूलाई बाँधेर लगे, र पिलातसकहाँ सुम्पिदिए।"},{"id":2,"text":"पिलातसले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?”उहाँले उनलाई जवाफ दिनुभयो, <red>“तपाईं नै त्यसो भन्नुहुन्छ।”</red>"},{"id":3,"text":"मुख्य पूजाहारीहरूले उहाँमाथि धेरै कुराको दोष लगाए। "},{"id":4,"text":"पिलातसले उहाँलाई फेरि यसो भनेर सोधे, “के तिमीसित केही जवाफ छैन? हेर, तिम्रो विरुद्धमा तिनीहरूले कति कुराहरूको दोष लगाउँछन्।”"},{"id":5,"text":"तर येशूले फेरि केही जवाफ दिनुभएन, यहाँसम्म कि पिलातस छक्क परे।"},{"id":6,"text":"निस्तार-चाड़को बेला मानिसहरूले मागेको एक जना कैदीलाई तिनीहरूका निम्ति पिलातसले छोड्ने गर्थे। "},{"id":7,"text":"विद्रोहको समयमा हत्या गर्ने विद्रोहीहरू झ्यालखानमा थिए। तीमध्ये बारब्बा नाउँको एक जना त्यहाँ थियो। "},{"id":8,"text":"भीड आयो र पिलातसलाई उनको चलनअनुसार तिनीहरूका निम्ति गरिदेऊन् भनी बिन्ती गर्न लाग्यो।"},{"id":9,"text":"पिलातसले यसो भनेर तिनीहरूलाई प्रश्न गरे, “के म तिमीहरूका निम्ति यहूदीहरूका राजालाई छोडिदिऊँ भन्ने तिमीहरू चाहन्छौ?” "},{"id":10,"text":"किनकि ईर्ष्याले गर्दा नै मुख्य पूजाहारीहरूले येशूलाई उनीकहाँ सुम्पेका हुन् भनी उनलाई थाहा थियो। "},{"id":11,"text":"तर बरु बारब्बालाई तिनीहरूका निम्ति उनले छोडिदेऊन् भनेर मुख्य पूजाहारीहरूले भीड़लाई सुर्याए।"},{"id":12,"text":"पिलातसले फेरि तिनीहरूलाई सोधे,\n“त्यसो भए जसलाई तिमीहरू यहूदीहरूका राजा भन्छौ, उसलाई चाहिँ म के गरूँ त?”"},{"id":13,"text":"तिनीहरू फेरि चिच्च्याए, “त्यसलाई क्रूसमा टाँग्नुहोस्।”"},{"id":14,"text":"पिलातसले तिनीहरूलाई भने, “किन? उसले के अपराध गरेको छ र?”तर झन् साह्रो गरी चिच्च्याएर तिनीहरूले भने, “त्यसलाई क्रूसमा टाँग्नुहोस्।”"},{"id":15,"text":"तब पिलातसले भीड़लाई सन्तुष्ट पार्ने इच्छाले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए, र येशूलाई कोर्रा लाएर क्रूसमा टाँग्न सुम्पिदिए।"},{"id":16,"text":"सिपाहीहरूले उहाँलाई प्रेटोरियन, अर्थात् महलभित्र लगे, र जम्मै पल्टनलाई भेला गराए। "},{"id":17,"text":"अनि तिनीहरूले उहाँलाई बैजनी रङ्गको वस्त्र लगाइदिए, र काँढ़ाहरूको मुकुट गाँथेर उहाँको शिरमा लगाइदिए, "},{"id":18,"text":"अनि “यहूदीहरूका राजाको जय” भन्दै तिनीहरूले उहाँलाई सलाम गर्न लागे। "},{"id":19,"text":"अनि तिनीहरूले उहाँको शिरमा निगालोले हिर्काउँदै उहाँलाई थुके, र घुँड़ा टेकेर उहाँलाई दण्डवत् गरे। "},{"id":20,"text":"अनि येशूको गिल्ला गरिसकेपछि तिनीहरूले बैजनी वस्त्र फुकालिदिए, र उहाँका आफ्नै लुगा लगाइदिए। त्यसपछि तिनीहरूले उहाँलाई क्रूसमा टाँग्नलाई बाहिर लगे।"},{"id":21,"text":"अनि अलेक्जेन्डर र रूफसका बुबा, कुरेनी बासिन्दा सिमोनलाई गाउँबाट आइरहेका तिनीहरूले भेटे, र येशूको क्रूस बोकेर लैजान तिनलाई कर लगाए। "},{"id":22,"text":"त्यसपछि तिनीहरूले येशूलाई गलगथा भन्ने ठाउँमा ल्याए— गलगथाको अर्थ खोपड़ीको स्थान हो। "},{"id":23,"text":"अनि तिनीहरूले उहाँलाई मूर्र मिसाएको दाखमद्य दिए। तर उहाँले त्यो ग्रहण गर्नुभएन। "},{"id":24,"text":"तिनीहरूले उहाँलाई क्रूसमा टाँगे। अनि कसले कुन भाग पाउने सो निश्चय गर्न चिट्ठा हालेर तिनीहरूले उहाँका लुगाहरू आपसमा बाँड़े। "},{"id":25,"text":"तिनीहरूले उहाँलाई क्रूसमा टाँग्दा बिहानको नौ बजेको थियो। "},{"id":26,"text":"उहाँको दोष-पत्रमा “यहूदीहरूका राजा” भन्ने लेखिएको थियो। "},{"id":27,"text":"तिनीहरूले उहाँसँग दुई जना डाँकूहरू क्रूसमा टाँगे— एउटालाई उहाँको दाहिनेपट्टि, र अर्कालाई उहाँको देब्रेपट्टि। "},{"id":28,"text":"[धर्मशास्त्रको वचन यसरी पूरा भयो, “उहाँ अपराधीहरूसँग गनिनुभयो।”]"},{"id":29,"text":"त्यहाँबाट जाने मानिसहरूले आफ्नो मुन्टो हल्लाउँदै यसो भनेर उहाँलाई गिल्ला गरे, “वाह! तँ मन्दिर भत्काएर तीन दिनमा बनाउने, "},{"id":30,"text":"क्रूसबाट ओर्लेर आइज, र आफूलाई बचा।”"},{"id":31,"text":"त्यसै गरी मुख्य पूजाहारीहरूले पनि शास्त्रीहरूसँग यसो भन्दै आपसमा उहाँको ठट्टा गरे, “यसले अरूलाई बचायो, तर आफूलाई चाहिँ बचाउन सक्दैन। "},{"id":32,"text":"यो इस्राएलका राजा, ख्रीष्ट अब क्रूसबाट ओर्लेर आओस्, र हामी त्यो देख्नेछौं र विश्वास गर्नेछौं।” उहाँसँग क्रूसमा टाँगेकाहरूले पनि उहाँको निन्दा गरे।"},{"id":33,"text":"बाह्र बजेदेखि तीन बजेसम्म सारा देशलाई अन्धकारले छोप्यो। "},{"id":34,"text":"तीन बजेतिर यसो भनेर येशू ठूलो सोरले कराउनुभयो, <red>“इलोई, इलोई, लामा सबखथनी?”</red>— जसको अर्थ हो, <red>“हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ?”</red>"},{"id":35,"text":"वरपर उभिनेहरूमध्ये कोही-कोहीले यो सुनेर भने, “सुन, त्यसले एलियालाई बोलाउँदैछ।”"},{"id":36,"text":"अनि एक जनाले दौड़ेर गई एउटा स्पन्ज सिर्कामा पूरै चोपेर एउटा लामो निगालोमा यसो भनेर उहाँलाई पिउन दियो, “हेरौं, कतै एलिया त्यसलाई झार्न आउँछन् कि।” "},{"id":37,"text":"तब येशूले ठूलो सोर निकालेर प्राण त्याग्नुभयो।"},{"id":38,"text":"अनि मन्दिरको पर्दा टुप्पादेखि फेदसम्मै दुई भाग भई च्यातियो। "},{"id":39,"text":"येशूले यसरी प्राण त्याग्नुभएको देखेर उहाँको सामने उभिएका कप्तानले भने, “साँच्चै नै यी मानिस परमेश्वरका पुत्र रहेछन्।”"},{"id":40,"text":"त्यहाँ टाढ़ैबाट हेरिरहने केही स्त्रीहरू पनि थिए। तिनीहरूमध्ये मरियम मग्दलिनी अनि सानोचाहिँ याकूब र योसेफकी आमा मरियम र सलोमी थिए। "},{"id":41,"text":"उहाँ गालीलमा हुनुहुँदा, यिनीहरूले उहाँलाई पछ्याउँथे, र उहाँको सेवा-टहल गर्थे। येशूको साथमा यरूशलेममा आएका अरू धेरै स्त्रीहरू पनि त्यहाँ थिए।"},{"id":42,"text":"तयारीको दिन, अर्थात् शबाथ-दिनको अघिल्लो दिन, साँझ पर्दैथियो। "},{"id":43,"text":"महासभाका प्रतिष्ठित सदस्य अरिमाथियाका योसेफ, जसले परमेश्वरका राज्यको बाटो हेर्दैथिए, तिनले साहसपूर्वक पिलातसकहाँ गएर येशूको लाश मागे। "},{"id":44,"text":"येशू अघि नै मरिसक्नुभएको सुन्दा पिलातस छक्क परे। अनि कप्तानलाई आफूकहाँ बोलाएर उहाँको मृत्यु भएको हो कि होइन भनी सोधपूछ गरे। "},{"id":45,"text":"उहाँको मृत्यु भइसकेको कुरा कप्तानबाट थाहा पाएपछि पिलातसले येशूको मृत शरीर योसेफलाई लैजाने अनुमति दिए। "},{"id":46,"text":"अनि योसेफले मलमलका कपड़ा किने, र लाश तल झारेर कपड़ाले बेह्रे, अनि चट्टानमा खोपेर बनाइएको एउटा चिहानमा राखे। त्यसपछि चिहानको मुखमा तिनले एउटा ढुङ्गा राखिदिए। "},{"id":47,"text":"मरियम मग्दलिनी र योसेफकी आमा मरियमले उहाँलाई राखेको ठाउँ हेरिराखेका थिए।"}]},{"id":16,"title":"मर्कूस 16","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/MRK/16-f15dbcfb2643c6f4dbfeae857896053e.mp3?version_id=1483","verses":[{"id":1,"text":"शबाथ-दिन बितेपछि मरियम मग्दलिनी र याकूबकी आमा मरियम र सलोमीले सुगन्धित द्रव्य येशूको शरीरमा घस्नलाई किने। "},{"id":2,"text":"साताको पहिलो दिनमा बिहानै घाम झुल्कँदा तिनीहरू चिहानमा गए। "},{"id":3,"text":"अनि तिनीहरूले आपसमा भने, “हाम्रा निम्ति चिहानको ढोकाको ढुङ्गा कसले हटाइदेला?"},{"id":4,"text":"अनि मास्तिर हेर्दा तिनीहरूले चिहानको त्यो ढुङ्गा हटाइराखेको देखे। त्यो ढुङ्गा खूब ठूलो थियो। "},{"id":5,"text":"अनि चिहानभित्र पसेर तिनीहरूले सेतो वस्त्र लाएको एक जना जवान मानिसलाई दाहिनेपट्टि बसिरहेको देखे, र तिनीहरू आश्चर्यचकित भए।"},{"id":6,"text":"तर उनले तिनीहरूलाई भने, “आश्चर्य नमान, तिमीहरू नासरतका येशूलाई खोज्दछौ, जो क्रूसमा टाँगिनुभएको थियो। उहाँ जीवित भई उठ्नुभएको छ। उहाँ यहाँ हुनुहुन्न। उहाँलाई राखेको ठाउँ हेर। "},{"id":7,"text":"जाओ, र उहाँका चेलाहरू र पत्रुसलाई भनिदेओ कि उहाँ तिमीहरूका अगिअगि गालीलमा जाँदैहुनुहुन्छ। उहाँले तिमीहरूलाई भन्नुभएबमोजिम तिमीहरू उहाँलाई त्यहाँ देख्नेछौ।” "},{"id":8,"text":"तिनीहरू निस्केर चिहानबाट दौड़े, किनकि डर र आश्चर्यले तिनीहरू कामिरहेका थिए। अनि तिनीहरूले कसैलाई केही भनेनन्, किनकि तिनीहरू डराएका थिए।"},{"id":9,"text":"[हप्ताको पहिलो दिनको बिहानै उहाँ जीवित भई उठ्नुभएपछि उहाँ पहिले मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो। तिनीबाट येशूले सात वटा भूतहरू निकाल्नुभएको थियो। "},{"id":10,"text":"मरियमले गएर उहाँका चेलाहरूलाई यो खबर दिइन्। तिनीहरू विलाप गर्दै रोइरहेका थिए। "},{"id":11,"text":"तर जब येशू जीवित हुनुभयो र मरियमकहाँ देखा पर्नुभयो भन्ने कुरा तिनीहरूले सुने, तब तिनीहरूले पत्याएनन्।"},{"id":12,"text":"त्यसपछि दुई चेलाहरू गाउँतिर गइरहेको बेला तिनीहरूकहाँ उहाँ अर्को रूपमा देखा पर्नुभयो। "},{"id":13,"text":"अनि तिनीहरू फर्केर गई अरूहरूलाई बताए। तर तिनीहरूले उनीहरूलाई पनि विश्वास गरेनन्।"},{"id":14,"text":"पछिबाट उहाँ एघार चेलाहरूकहाँ तिनीहरू भोजनमा बसेको बेला देखा पर्नुभयो। अनि तिनीहरूको अविश्वास र हृदयका कठोरताको लागि उहाँले तिनीहरूलाई हप्काउनुभयो। किनभने उहाँ मृतकबाट जीवित भई उठ्नुभएपछि उहाँलाई देख्नेहरूका कुरा तिनीहरूले विश्वास गरेका थिएनन्।"},{"id":15,"text":"अनि उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर। </red>"},{"id":16,"text":"<red>विश्वास गर्ने र बप्तिस्मा लिनेले उद्धार पाउनेछ, तर विश्वास नगर्ने दोषी ठहरिनेछ।</red>"},{"id":17,"text":"<red>विश्वास गर्नेहरूसँग यी चिन्हहरू हुनेछन्— मेरो नाउँमा तिनीहरूले भूतहरू धपाउनेछन्, तिनीहरूले नयाँ भाषाहरूमा बोल्नेछन्, </red>"},{"id":18,"text":"<red>तिनीहरूले सर्पहरू समात्नेछन् र कुनै विषालु कुरा पिए तापनि कुनै किसिमले त्यसले तिनीहरूको हानि गर्नेछैन। तिनीहरूले रोगीहरूमाथि आफ्ना हात राख्नेछन् र तिनीहरू निको हुनेछन्।</red>"},{"id":19,"text":"तब यसरी तिनीहरूसँग बोलिसक्नुभएपछि प्रभु येशू स्वर्गारोहण हुनुभयो, र परमेश्वरको दाहिने बाहुलीतर्फ विराजमान हुनुभयो।"},{"id":20,"text":"अनि ती चेलाहरूले गएर सबै ठाउँमा प्रचार गरे। प्रभुले तिनीहरूका साथमा काम गर्दैरहनुभयो, र चिन्हहरूद्वारा वचनलाई सुदृढ़ पार्नुभयो। आमेन।]"}]}]}