-
Notifications
You must be signed in to change notification settings - Fork 0
/
Copy pathMIC.json
1 lines (1 loc) · 48.2 KB
/
MIC.json
1
{"chapters":[{"id":0,"title":"पुस्तक परिचय","verses":[{"id":1,"text":"भविष्यवक्ता मीका नाउँको अर्थ “यहोवे जस्तो अरू को छ?” हो। मीकाको विषयमा अरू धेरै जानकारी छैन, तर उनी मोरेशेतका बासिन्दा थिए भनी १:१ मा उल्लेख छ। उनले यो भविष्यवाणी करिव ७५०-६८६ ई.पू. को बीचमा योताम, आहाज र हिजकिया राजाहरूको पालामा गरेका थिए। उनी भविष्यवक्ता यशैया र होशेको समकालीन हुनुपर्दछ। यो भविष्यवाणी यहूदाका जनसाधारणलाई दिइएको थियो, जुन समयमा इस्राएल अश्शूर देशको दासत्वमुनि पर्न लागेको थियो (७३५-७०० ई.पू.)।"},{"id":2,"text":"यस पुस्तकले विशेषगरी तीन वटा सन्देशहरू दिएको छ— १:२—२:१३, अध्याय ३-५ र अध्याय ६-७। हरेक खण्डको सुरुवात “सुन” परमप्रभुले राष्ट्रलाई के भन्नुहुँदैछ भन्ने अर्तिबाट हुँदछ।"},{"id":3,"text":"यस पुस्तकको अध्याय १-२ मा मानिसहरूको असफलता; अध्याय ३ अगुवाहरूको असफलता; अध्याय ४-५ भविष्यमा परमेश्वरको छुटकारा; अध्याय ६-७ असफलताको वर्णन; र अन्तमा अध्याय ७:११-२० मा परमेश्वरको क्षमादानको विषयमा मुख्य खण्डहरू विभाजित भएका छन्।"}]},{"id":1,"title":"मीका 1","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/MIC/1-c22b0f641c5dfdee900a8ae7c71d019b.mp3?version_id=1483","verses":[{"id":1,"text":"यहूदाका राजाहरू योताम, आहाज र हिजकियाका शासनकालमा मोरेशेतमा बस्ने मीकाकहाँ आएको परमप्रभुको वचन— यो दर्शन जो तिनले सामरिया र यरूशलेमको विषयमा देखेका थिए। "},{"id":2,"text":"हे जाति-जातिका मानिस हो, तिमीहरू सबैले सुन। हे पृथ्वी र त्यसमा भएका सबै, ध्यानसित सुन, कि परमप्रभु आफ्नो पवित्र मन्दिरबाट, परमप्रभु परमेश्वर नै तिमीहरूका विरुद्धमा साक्षी होऊन्।"},{"id":3,"text":"हेर, परमप्रभु आफ्नो वासस्थानदेखि आउँदैहुनुहुन्छ। उहाँ तल ओर्लनुहुन्छ र पृथ्वीका उच्च स्थानहरूमा टेक्नुहुन्छ। "},{"id":4,"text":"आगोमा मैन पग्लेजस्तै र भिरालो ठाउँबाट पानी बगेझैँ ती पर्वतहरू उहाँको चरणमुनि पग्लन्छन्, र उपत्यकाहरू टुक्रिन्छन्। "},{"id":5,"text":"यी सबै याकूबको अपराधको कारण र इस्राएलका घरानाका पापको कारणले गर्दा भएका हुन्। याकूबको अपराध के हो त? के त्यो सामरिया होइन? यहूदाको अग्लो स्थान के हो? के त्यो यरूशलेम होइन?"},{"id":6,"text":"“यसकारण म सामरियालाई रोड़ा-ढुङ्गाको थुप्रो र दाखबारी लाउने ठाउँ बनाइदिनेछु। म त्यसका ढुङ्गाहरू बेँसीमा फालिदिनेछु, र त्यसका जगहरू नाङ्गा बनाइदिनेछु। "},{"id":7,"text":"त्यसका सबै मूर्तिहरू टुक्रै-टुक्रा पारिनेछन्। त्यसका सबै मन्दिरका उपहारहरू आगोले जलाइनेछन्। त्यसका सबै मूर्तिहरू म ध्वंस पारिदिनेछु। ती उपहारहरू वेश्याको ज्यालाबाट त्यसले सञ्चय गरेकी हुनाले, वेश्याकै ज्यालाहरूझैँ ती फेरि प्रयोग गरिनेछन्।”"},{"id":8,"text":"यसैकारण म रुँदै विलाप गर्नेछु। म खाली खुट्टाले र नाङ्गै हिँड्नेछु। म स्यालझैँ कराउनेछु र लाटोकोसेरोझैँ विलाप गर्नेछु। "},{"id":9,"text":"किनकि त्यसको घाउ निको हुनेछैन। त्यो यहूदासम्म आएको छ। त्यो मेरो प्रजाको ढोकासम्म पुगेको छ, अर्थात् यरूशलेमसम्मै पुगेको छ। "},{"id":10,"text":"गातमा यो नसुनाओ, रुँदै नरोओ, बेथ-ओप्रामा धूलोमा लुटपुट गर। "},{"id":11,"text":"ए शाफीरमा बस्नेहरू हो, नाङ्गा र लज्जित भएर निस्किजाओ। सानानमा बस्नेहरू बाहिर आउनेछैनन्। बेथ-एजेल शोक गर्दैछ, त्यसको रक्षा गर्ने ठाउँ तिमीहरूबाट लगिएको छ। "},{"id":12,"text":"मारोतमा बस्नेहरू दुखाइले छटपटाइरहेछन्, किनभने यरूशलेमको मूल ढोकासम्मै परमप्रभुबाट विपत्ति आएको छ। "},{"id":13,"text":"हे लाकीशमा बस्नेहरू हो, घोड़ाको दल रथमा कस। सियोनकी छोरीको निम्ति पापको सुरु तिमीहरू नै थियौ, किनकि इस्राएलका अपराधहरू तिमीहरूमा नै भेट्टाइए। "},{"id":14,"text":"यसकारण मोरेशेत-गातलाई बिदाका उपहारहरू तिमीहरूले दिनेछौ। अक्जीबको नगर इस्राएलका राजाहरूलाई धोका दिने प्रमाणित हुनेछ। "},{"id":15,"text":"हे मारेशामा बस्नेहरू हो, म तिमीहरूका विरुद्धमा विजय गर्ने एक जनालाई ल्याउनेछु। तिनी, जो इस्राएलको महिमा हुन्, अदुल्लाममा आउनेछन्। "},{"id":16,"text":"आफ्ना प्यारा बालकहरूका निम्ति तिमीहरूको केश शोकमा मुण्डन गर। सबै कपाल मुड़ाएर गिद्धको झैँ बनाओ, किनकि तिमीहरूका बालकहरू तिमीहरूबाट निर्वासनमा लगिनेछन्।"}]},{"id":2,"title":"मीका 2","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/MIC/2-37b255b3201ffff4eb7c086461b9b13f.mp3?version_id=1483","verses":[{"id":1,"text":"धिक्कार तिनीहरूलाई, जसले अधर्मको युक्ति निकाल्छन्, जो आफ्ना ओछ्यानमा ढल्केर खराब षड्यन्त्र रच्दछन्। बिहान उज्यालो हुने बित्तिकै त्यो काम तिनीहरू गरिहाल्दछन्, किनभने त्यो गर्ने सामर्थ्य तिनीहरूसँग छ। "},{"id":2,"text":"तिनीहरूले खेतहरूको लोभ गरेर ती खोस्छन्, र घरहरूको लोभ गरेर ती कब्जा गर्छन्। तिनीहरूले मानिसको घर तथा उत्तराधिकार ठगेर लिन्छन्।"},{"id":3,"text":"यसैकारण परमप्रभु भन्नुहुन्छ, “म यस प्रजाको निम्ति यस्तो विनाशको योजना रच्दैछु। त्यसबाट तिमीहरू बाँच्न सक्दैनौ। तिमीहरू घमण्डसाथ हिँड्न सक्नेछैनौ, किनकि त्यो एउटा विपत्तिको समय हुनेछ। "},{"id":4,"text":"त्यस दिन मानिसहरूले तिमीहरूलाई हाँसोमा उड़ाउनेछन्। तिनीहरूले यो विलापको गीत गाएर तिमीहरूको खिसी गर्नेछन्,\n‘हामी बिलकुलै नष्ट भयौं। मेरो प्रजाको सम्पत्ति बाँड़िएको छ। उहाँले त्यो खोस्नुहुन्छ। उहाँले हाम्रा जमिनहरू हामीलाई धोका दिनेहरूलाई बाँड़िदिनुहुन्छ’।”"},{"id":5,"text":"यसकारण परमप्रभुको समुदायमा चिट्ठा हालेर जमिन बाँड़िदिने तिमीहरूसित कोही हुनेछैन।"},{"id":6,"text":"“अगमवाणी नगर,” तिनीहरूका अगमवक्ताहरू भन्छन्। “यी कुरासम्बन्धी अगमवाणी नगर।” बेइज्जत हामीमाथि आइपर्नेछैन।” "},{"id":7,"text":"हे याकूबका घराना हो, के यसै भनिओस् त? “के परमप्रभुका आत्मा रिसाउनुभएको छ? के उहाँले यस्तो काम गर्नुहुन्छ र?“के सोझो बाटो हिँड्नेहरूलाई मेरो वचनले असल गर्दैन र? "},{"id":8,"text":"भर्खरै मेरा प्रजा शत्रुहरूझैँ खड़ा भएका छन्। केही परवाह नगरी छेउबाटै जानेहरूबाट तिमीहरूले लड़ाइँबाट फर्कने मानिसहरूले जस्तै मूल्यवान् खास्टो खोसेर लैजान्छौ। "},{"id":9,"text":"मेरा प्रजाका स्त्रीहरूलाई तिनीहरूका आनन्दमय घरहरूबाट तिमीहरू निकालिदिन्छौ। तिनीहरूका बालकहरूबाट मेरो आशिष् सदाको निम्ति तिमीहरू खोसिलैजान्छौ। "},{"id":10,"text":"उठ, गइहाल! किनकि यो तिमीहरूको विश्राम गर्ने ठाउँ होइन, किनभने त्यो दूषित पारिएको छ, केही उपाय नहुने गरी यो नष्ट पारिएको छ। "},{"id":11,"text":"यदि कुनै झूट बोल्ने र छली मानिस ‘म तिम्रो निम्ति धेरै दाखमद्य र मद्यको निम्ति अगमवाणी गर्नेछु” भनेर भन्छ भने, त्यो यस प्रजाको निम्ति उचित अगमवक्ता हुनेछ!"},{"id":12,"text":"“हे याकूब, म निश्चय नै तिमीहरू सबैलाई भेला गर्नेछु। इस्राएलका बचेकाहरूलाई म निश्चय नै जम्मा गर्नेछु। म तिनीहरूलाई गोठमा भेड़ाहरूलाई झैँ र चरनमा बगाललाई झैँ एक ठाउँमा जम्मा गर्नेछु। त्यस ठाउँमा मानिसहरूको भीड़ हुनेछ। "},{"id":13,"text":"बाटो बनाउनुहुने तिनीहरूका अगि जानुहुनेछ। तिनीहरूले ढोका भत्काएर बाहिर निस्केर जानेछन्। तिनीहरूका राजा तिनीहरूका अगाड़ि जानेछन्। परमप्रभु तिनीहरूका अगिअगि हुनुहुनेछ’।"}]},{"id":3,"title":"मीका 3","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/MIC/3-2ddc8b35d870839e413f217b7d184c30.mp3?version_id=1483","verses":[{"id":1,"text":"अनि मैले भनें, “हे याकूबका अगुवाहरू, हे इस्राएलीका घरानाका शासक हो, ध्यानसित सुन। के तिमीहरूले न्याय जान्नुपर्ने होइन र? "},{"id":2,"text":"तिमीहरू, जसले भलाइलाई घृणा गर्छौ र खराबी रुचाउँछौ। तिमीहरू, जसले मेरा प्रजाको छाला काढ्दछौ र तिनीहरूका हाड़देखि मासु निकाल्दछौ। "},{"id":3,"text":"तिमीहरू, जसले मेरा प्रजाको मासु खान्छौ, तिनीहरूका छाला काढ्छौ र हाड़हरू टुक्रा-टुक्रा गरी भाँच्तछौ, र भाँड़ामा हाल्ने र खड्कुँलोमा पकाउने मासुलाई झैँ तिनीहरूलाई टुक्रा-टुक्रा पार्दछौ।”"},{"id":4,"text":"तब तिनीहरूले परमेश्वरको पुकारा गर्नेछन्, तर उहाँले तिनीहरूलाई जवाफ दिनुहुनेछैन। तिनीहरूले दुष्ट्याइँ गरेको कारण त्यस बेला उहाँले आफ्नो मुख तिनीहरूदेखि लुकाउनुहुनेछ।"},{"id":5,"text":"परमप्रभु यसो भन्नुहुन्छ, “मेरो प्रजालाई कुमार्गमा हिँड्न लाउने अगमवक्ताहरूचाहिँ कसैले तिनीहरूलाई खान दिँदा तिनीहरू शान्तिको घोषणा गर्छन्। यदि त्यसले खान दिएन भने, त्यसको विरुद्धमा लड़ाइँ गर्न तिनीहरू तयार गर्छन्। "},{"id":6,"text":"यसकारण तिमीहरूमाथि दर्शनरहितको रात आइपर्नेछ। अन्धकार हुनेछ, तर तिमीहरूले जोखना हेर्न पाउनेछैनौ। अगमवक्ताहरूका निम्ति सूर्य अस्ताउनेछ, र दिनचाहिँ तिनीहरूका निम्ति अँध्यारो हुनेछ। "},{"id":7,"text":"दर्शन देख्नेहरू लज्जित हुनेछन्, र जोखना हेर्नेहरू लाजमा पर्नेछन्। तिनीहरू सबैले आफ्नो मुख छोप्नेछन्, किनभने तिनीहरूले परमेश्वरबाट जवाफ पाउनेछैनन्।”"},{"id":8,"text":"तर म त याकूबलाई तिनको अपराध र इस्राएललाई तिनको पाप जनाइदिनलाई परमप्रभुका आत्माद्वारा शक्ति, न्याय र पराक्रमले पूर्ण छु। "},{"id":9,"text":"हे याकूबका घरानाका अगुवाहरू र इस्राएलका घरानाका शासक हो, यो सुन, तिमीहरू, जसले न्यायलाई घृणा गर्दछौ र सबै ठीक कुरालाई बङ्ग्याउँछौ, "},{"id":10,"text":"जसले रगत बगाई सियोनलाई र दुष्टताद्वारा यरूशलेमलाई निर्माण गर्दछौ। "},{"id":11,"text":"‘त्यसका अगुवाहरू घूस खाएर न्याय गर्दछन्। त्यसका पूजाहारीहरू ज्याला लिएर सिकाउँदछन्। त्यसका अगमवक्ताहरू पैसाको लागि अगमवाणी गर्दछन्। तापनि तिनीहरू परमेश्वरको आड़ लिएर भन्छन्, “के परमप्रभु हाम्रा बीचमा हुनुहुन्न र? हामीमाथि कुनै खराबी आइपर्नेछैन।” "},{"id":12,"text":"यसैकारण तिमीहरूकै कारण सियोन खेतझैँ जोतिनेछ, यरूशलेमचाहिँ ढुङ्गा-रोड़ाको थुप्रो बन्नेछ, मन्दिरको डाँड़ाचाहिँ झाड़ीहरू बढ़ेर आएको ढिस्कोझैँ हुनेछ। "}]},{"id":4,"title":"मीका 4","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/MIC/4-cc91e9bddf79deb5facb3360b0866a2c.mp3?version_id=1483","verses":[{"id":1,"text":"पछिल्ला दिनहरूमा परमप्रभुका मन्दिरको पहाड़चाहिँ पहाड़हरूमा प्रमुखझैँ स्थापित हुनेछ, र त्यो सबै डाँड़ाहरूभन्दा माथि उठाइनेछ, र मानिसहरू त्यहाँ ओइरिएर जानेछन्।"},{"id":2,"text":"धेरै जाति-जातिहरू आएर भन्नेछन्, “आओ, हामीहरू परमप्रभुको पर्वत, याकूबका परमेश्वरको भवनमा जाऔं। उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको मार्गमा हिँड्न सकौं।” व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कनेछन्। "},{"id":3,"text":"उहाँले धेरै मानिसहरूका बीचमा इन्साफ गर्नुहुनेछ, र टाढ़ा-टाढ़ासम्मका बलिया जातिहरूका निम्ति झगड़ाको फैसला गर्नुहुनेछ। तिनीहरूले आफ्ना तरवारहरू पिटेर हलोका फाली र भालाहरू पिटेर छिमल्ने हँसिया बनाउनेछन्। जाति-जातिहरूले एक-अर्काको विरुद्धमा तरवार चलाउनेछैनन्, न त तिनीहरूले फेरि कहिल्यै लड़ाइँ गर्न तालीम लिनेछन्। "},{"id":4,"text":"हरेक मानिस आफ्नो दाखको बोट र आफ्नो नेभाराको बोटमुनि बस्नेछ, र कसैले तिनीहरूलाई डर देखाउनेछैन, किनकि सर्वशक्तिमान् परमप्रभुले नै बोल्नुभएको छ। "},{"id":5,"text":"सबै जातिहरू आ-आफ्ना देवताका नाउँमा हिँडून्, तर हामीचाहिँ सदासर्वदै परमप्रभु हाम्रा परमेश्वरको नाउँमा हिँड्नेछौं।"},{"id":6,"text":"परमप्रभु घोषणा गर्नुहुन्छ, “त्यस दिन म लङ्गड़ाहरूलाई जम्मा गर्नेछु, अनि निर्वासितहरूलाई र जसलाई मैले शोकमा पारेको थिएँ, तिनीहरूलाई म भेला गर्नेछु। "},{"id":7,"text":"लङ्गड़ाहरूलाई एउटा बाँकी भाग र टाढ़ा खेदिएकाहरूलाई एउटा सामर्थी जाति बनाउनेछु। परमप्रभुले तिनीहरूमाथि सियोन पर्वतमा त्यस दिनदेखि उसो सदासर्वदै राज्य गर्नुहुनेछ।"},{"id":8,"text":"तँचाहिँ, ए बगालको धरहरा, सियोनकी छोरीको किल्ला, तँलाई पहिलेको राज्य फेरि फर्काइनेछ, यरूशलेमकी छोरीकहाँ राजपद फेरि आउनेछ।”"},{"id":9,"text":"अब तिमी किन चिच्याई-चिच्याई रुन्छौ। के तिम्रा राजा छैनन्? के तिम्रो सल्लाहकार नष्ट भयो र प्रसववेदनामा परेकी स्त्रीलाई जस्तै तिमीलाई पीडाले पक्रेको छ? "},{"id":10,"text":"हे सियोनकी छोरी, प्रसववेदनामा परेकी स्त्रीझैँ पीडाले छटपटाऊ, किनकि अब तिमीले यो सहर छोड्नैपर्छ र खुल्ल्ला मैदानमा पाल खड़ा गर्नुपर्छ। अब तिमी बेबिलोनमा जानेछौ। त्यहाँ तिमी छुटाइनेछौ। त्यहीँ नै परमप्रभुले तिमीलाई तिम्रा शत्रुहरूका हातबाट छुटकारा दिनुहुनेछ।"},{"id":11,"text":"तर अहिले धेरै जातिहरू तिम्रो विरुद्धमा भेला भएका छन्। तिनीहरू भन्छन्, “त्यो अशुद्ध नै भइरहोस् र हाम्रो अहङ्कारी दृष्टिले सियोनलाई हेरोस्।” "},{"id":12,"text":"तर तिनीहरूले परमप्रभुको विचारलाई जान्दैनन्। तिनीहरूले उहाँको युक्तिलाई बुझ्दैनन्, उहाँ, जसले खलामा बिटाहरू जम्मा गरेझैँ तिनीहरूलाई जम्मा गर्नुहुन्छ।"},{"id":13,"text":"“हे सियोनकी छोरी, उठेर दाइँ गर्, किनकि म तँलाई फलामका सीङहरू दिनेछु, म तँलाई काँसाका खुर दिनेछु, र तैंले धेरै जातिहरूलाई चूर-चूर पार्नेछस्। तिनीहरूका अधर्मको कमाइ र तिनीहरूका सम्पत्ति सारा पृथ्वीका परमप्रभुमा अर्पण गर्नेछस्।”"}]},{"id":5,"title":"मीका 5","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/MIC/5-5475a34cb80966e5d6034996a681e9cc.mp3?version_id=1483","verses":[{"id":1,"text":"हे फौज भएको सहर, तेरा फौजहरूलाई भेला गर्, किनकि हाम्रो विरुद्धमा घेरा हालिएको छ। तिनीहरूले इस्राएलका शासकलाई डण्डाले गालामा हिर्काउनेछन्।"},{"id":2,"text":"“तर ए बेथलेहेम एप्राता, तँ यहूदाका कुलहरूमध्ये सानो भए तापनि तँबाट मेरो निम्ति एक जना निस्कनुहुनेछ, जो इस्राएलका शासक हुनुहुनेछ, जसको सुरु पुरानो समयदेखि, अर्थात् प्राचीनकालदेखि नै छ।” "},{"id":3,"text":"यसकारण जबसम्म प्रसववेदनामा परेकीले जन्माउँदिन र उहाँका दाजुभाइहरू इस्राएलीहरूसँग मिल्न आउँदैनन्, त्यस समयसम्म इस्राएल त्यागिनेछ। "},{"id":4,"text":"उहाँले परमप्रभुको शक्तिमा र परमप्रभु आफ्ना परमेश्वरका नाउँको महत्त्वमा खड़ा भएर आफ्ना बगाललाई चराउनुहुनेछ। अनि तिनीहरू सुरक्षित रहनेछन्, किनकि पृथ्वीको पल्लो छेउसम्मै उहाँको महानता पुग्नेछ। "},{"id":5,"text":"अनि उहाँ तिनीहरूका शान्ति हुनुहुनेछ।जब अश्शूरीहरू हाम्रो देशमा आउँछन् र हाम्रा किल्लाहरूलाई आक्रमण गर्छन्, तब हामी तिनीहरूको विरुद्धमा सात गोठाला अथवा आठ मुखियाहरू खड़ा गर्नेछौं। "},{"id":6,"text":"तिनीहरूले अश्शूर देशलाई तरवारले र निम्रोदको देशलाई नाङ्गो तरवारले शासन गर्नेछन्। जब अश्शूरीहरू हाम्रो देशलाई आक्रमण गर्न आउँछन् र हाम्रो सिमानामा कुल्चन्छन्, तब उहाँले हामीहरूलाई अश्शूरीहरूका हातबाट छुटकारा दिनुहुनेछ। "},{"id":7,"text":"याकूबका बाँकी रहेकाहरूचाहिँ धेरै मानिसहरूका बीचमा परमप्रभुबाट आएको शीत र घाँसमाथि पर्ने झरीझैँ हुनेछन्, जसले न त कुनै मानिसलाई न मानिसजातिलाई पर्खन्छ। "},{"id":8,"text":"याकूबका बाँकी रहेकाहरूचाहिँ जाति-जातिहरू र धेरै मानिसहरूका बीचमा हुनेछन्, जङ्गलका पशुहरूका बीचमा हुने सिंह र भेड़ाबाख्राहरूका बीचमा हुने जवान सिंहजस्ता हुनेछन्, जो लतार्दै र फहराउँदै हिँड्छन्, र कसैले छुटाउन सक्दैन। "},{"id":9,"text":"तिमीहरूको बाहुली आफ्ना शत्रुहरूमाथि विजयमा उठाइनेछ, र तिमीहरूका सबै शत्रुहरू नष्ट हुनेछन्।"},{"id":10,"text":"परमप्रभु घोषणा गर्नुहुन्छ, “त्यस दिन म तिमीहरूका घोड़ाहरूलाई तिमीहरूका बीचबाट नष्ट पार्नेछु, र तिमीहरूका रथहरू विनाश गर्नेछु। "},{"id":11,"text":"म तिमीहरूका देशका सहरहरू नाश गर्नेछु, र तिमीहरूका सबै गढ़ीहरू भत्काइदिनेछु। "},{"id":12,"text":"म तिमीहरूको तन्त्रमन्त्र नष्ट पार्नेछु र तिमीहरूले फेरि कहिल्यै झारफूक गर्नेछैनौ। "},{"id":13,"text":"म तिमीहरूका बीचबाट खोपिएका मूर्तिहरू र चोखा ढुङ्गाहरू नष्ट गर्नेछु। तिमीहरू फेरि कहिल्यै आफ्ना हातले बनाएका कुराहरूका अगि झुक्नेछैनौ। "},{"id":14,"text":"म तिमीहरूका बीचबाट अशेरा देवीका मूर्तिहरू उखेलेर फ्याँकिदिनेछु, र तिमीहरूका सहरहरूलाई भत्काइदिनेछु। "},{"id":15,"text":"मेरा आज्ञा नमान्ने जाति-जातिहरूलाई म मेरो रीस र क्रोधमा साटो लिनेछु।”"}]},{"id":6,"title":"मीका 6","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/MIC/6-6459d2a23e594472973a166a5ca1d654.mp3?version_id=1483","verses":[{"id":1,"text":"परमप्रभु जे भन्नुहुन्छ, सो तिमीहरू ध्यानसित सुन:“खड़ा होओ, र पर्वतहरूका सामु तिमीहरूको उजूर पेश गर, र तिमीहरू के भन्छौ डाँड़ाहरूले सुनून्। "},{"id":2,"text":"हे पर्वत हो, हे पृथ्वीका अनन्त जग हो, परमप्रभुको आरोप ध्यानसित सुन। किनकि आफ्नो प्रजासित उहाँको गुनासो छ, उहाँले इस्राएलमाथि एक अपराधको दोष लाउँदैहुनुहुन्छ।"},{"id":3,"text":"“हे मेरा प्रजा, मैले तिमीहरूलाई के गरें? मैले कसरी तिमीहरूलाई बोझ बोकाएको छु र? मलाई जवाफ देओ। "},{"id":4,"text":"मैले त तिमीहरूलाई मिश्रदेशदेखि माथि ल्याएँ र तिमीहरूलाई दासत्वको देशबाट मोल तिरेर छुटाएँ। तिमीहरूका अगुवा हुनलाई मोशा, हारून र मिरियमलाई पनि मैले पठाएँ। "},{"id":5,"text":"हे मेरा प्रजा, मोआबको राजा बालाकले के सल्लाह गरेको थियो, र बओरको छोरा बालामले त्यसलाई के जवाफ दियो, त्यो स्मरण गर। शित्तीमदेखि गिलगालसम्मैको यात्रालाई सम्झ, ताकि तिमीहरूले परमप्रभुका धार्मिक कामहरूलाई जान्न सक।” "},{"id":6,"text":"के लिएर म परमप्रभुको सामु आऊँ, र उच्च भएका परमेश्वरको सामु निहुरूँ? के एक वर्षे बाछाहरू लिएर होमबलि चढ़ाउनलाई म उहाँको सामु आऊँ? "},{"id":7,"text":"के परमप्रभु हजारौँ भेड़ाहरू र तेलका दश हजार नदीसित प्रसन्न हुनुहुन्छ र? के म आफ्नो अपराधको लागि मेरो जेठो छोरालाई र मेरो प्राणको पापको लागि मेरो शरीरको फललाई चढ़ाऊँ? "},{"id":8,"text":"ए मानिस, जे असल छ, त्यो उहाँले तँलाई देखाउनुभएको छ। र परमप्रभुले तँबाट के चाहनुहुन्छ? केवल यति, ठीकसित काम गर्नू र कृपालाई प्रेम गर्नू र तेरा परमेश्वरसित विनम्र भएर हिँड्नू।"},{"id":9,"text":"ध्यानसित सुन, सहरलाई परमप्रभु बोलाउँदैहुनुहुन्छ— तपाईंका नाउँको भय मान्नु ज्ञान हो— “लाठो र त्यसलाई नियुक्त गर्नेको कुरामा ध्यान देओ। "},{"id":10,"text":"हे दुष्ट घराना हो, के तैंले अधर्मसित प्राप्त गरेको धन-सम्पत्ति र सरापिएको तेरो बेईमान तौल म बिर्सू? "},{"id":11,"text":"के कपटको तराजू र छलका ढकको थैलो राख्नेलाई म निर्दोष तुल्याऊँ? "},{"id":12,"text":"त्यसका धनी मानिसहरू उपद्रवले भरिएका छन्। त्यसका मानिसहरू झूट बोल्छन् र तिनीहरूका जिब्राहरूले छलका कुरा बोल्छन्। "},{"id":13,"text":"यसकारण मैले तेरा पापहरूको कारण तँलाई नाश गर्न थालेको छु। "},{"id":14,"text":"तँ खान त खान्छस्, तर अघाउँदैनस्, र तेरो पेट अझै भोकै रहनेछ। तैंले सञ्चय त गर्छस् तर जोगाउँदैनस्, किनभने जे जोगाउँछस् त्यो म तरवारलाई दिइहाल्नेछु। "},{"id":15,"text":"तैंले रोप्न त रोप्छस्, तर कटनी गर्नेछैनस्। तैंले जैतूनको तेल निकाल्न त निकाल्छस्, तर आफ्नो जीउमा लगाउन पाउनेछैनस्। दाख पेल्न त पेल्छस्, तर दाखमद्य पिउन पाउनेछैनस्। "},{"id":16,"text":"तैंले ओम्रीका कानूनहरू र आहाबको घरानाका सारा काम पालन गरेको छस्, र तँ तिनीहरूका परम्पराको पछि लागेको छस्। यसकारण म तँलाई नाश गर्नेछु, र तेरा मानिसहरूलाई खिसीको पात्र तुल्याउनेछु। तैंले जाति-जातिहरूको गिल्ला सहनुपर्नेछ।” "}]},{"id":7,"title":"मीका 7","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/MIC/7-d29bb8b1493465840f7fcedcf529173e.mp3?version_id=1483","verses":[{"id":1,"text":"मलाई कस्तो कष्ट आइलागेको छ! म दाखबारीका शिला-बाला बटुल्ने समयमा ग्रीष्मऋतुको फल टिप्नेझैँ छु। खानलाई दाखको झुप्पा नै छैन, र मैले चाहेको पहिले पाक्ने अञ्जीर छैनन्। "},{"id":2,"text":"भक्त मानिसहरू पृथ्वीदेखि नष्ट भएका छन्, कुनै सोझो मानिस बाँकी छैन। सबै मानिसहरू हत्या गर्न ढुकिबस्छन्। जाल थापेर हरेक आफ्नै दाजुभाइको शिकार गर्दछ। "},{"id":3,"text":"खराब काम गर्न दुवै हात निपुण छन्। शासकले उपहार माग्दछन्। न्यायकर्ताले घूस लिन्छन्। शक्तिशालीहरूले जे चाह्यो त्यही हुकुम गर्छन्। तिनीहरू सबै एकसाथ युक्ति रच्तछन्। "},{"id":4,"text":"तिनीहरूमध्येको सबैभन्दा असलचाहिँ काँढ़ाजस्तै छ, सबैभन्दा सोझोचाहिँ काँढ़ाको झाँगभन्दा खराब छ। तिमीहरूका पहरादारहरूको दिन आएको छ, अर्थात् त्यो दिन जब परमेश्वरले तिमीहरूलाई भेट गर्न आउनुहुन्छ। अब तिनीहरूलाई खलबलाउने समय भयो। "},{"id":5,"text":"एउटा छिमेकीमाथि भरोसा नगर। एउटा मित्रमाथि विश्वास नगर। आफूसँगै अँगालो मारेर सुत्ने पत्नीसँग पनि होशियार गरेर बोल। "},{"id":6,"text":"किनकि छोराले आफ्नो बुबाको अपमान गर्दछ, छोरी आफ्नी आमाको विरुद्धमा उठ्दछे, बुहारी आफ्नी सासूको विरुद्धमा। मानिसका दुश्मनहरू आफ्नै घरका मानिसहरू हुन्छन्। "},{"id":7,"text":"तर मचाहिँ आशामा परमप्रभुको बाटो हेरिरहन्छु। मलाई बचाउनुहुने परमेश्वरको प्रतीक्षा गर्छु। मेरा परमेश्वरले मेरो बिन्ती सुन्नुहुनेछ।"},{"id":8,"text":"हे मेरो शत्रु, मेरो खिसी गर्दै सन्तुष्ट नहो। म लड़े तापनि उठिहाल्नेछु। म अँध्यारोमा भए तापनि परमप्रभु मेरो ज्योति हुनुहुनेछ। "},{"id":9,"text":"जबसम्म उहाँले मेरो वकालत गर्नुहुन्न, र मेरो हक पक्का गरिदिनुहुन्न, तबसम्म म परमप्रभुको क्रोध सहनेछु, किनभने मैले उहाँकै विरुद्धमा पाप गरेको छु। उहाँले मलाई निकालेर ज्योतिमा ल्याउनुहुनेछ, र म उहाँको धार्मिकता देख्नेछु। "},{"id":10,"text":"तब मेरी शत्रुले, जसले मलाई भनेकी थिई, ‘तेरो परमेश्वर खोइ त?’ त्यसले त्यो देख्नेछे र लाजले भुतुक्क हुनेछे। मेरा आँखाले नै त्यसको पतन देख्नेछन्। अहिले पनि त्यो गल्लीको हिलोझैँ खुट्टामुनि कुल्चिनेछे।"},{"id":11,"text":"तिमीहरूका पर्खाल निर्माण गर्ने दिन, आफ्ना साँधसिमाना टाढ़ासम्म बढ़ाउने दिन आउनेछ। "},{"id":12,"text":"त्यस दिन अश्शूरबाट र मिश्रका सहरहरूबाट, मिश्रदेखि लिएर यूफ्रेटिससम्मका र समुद्रदेखि लिएर समुद्रसम्मका र पर्वतदेखि लिएर पर्वतसम्मका मानिसहरू तिमीहरूकहाँ आउनेछन्। "},{"id":13,"text":"तिनीहरूका कामको फलले गर्दा त्यसका बासिन्दाहरूको कारण पृथ्वी शून्य हुनेछ।"},{"id":14,"text":"तपाईंका प्रजालाई तपाईंको लाठोले चराउनुहोस्, तपाईंका उत्तराधिकारको बगाललाई, जो स्वयम् मलिलो चरनमा र जङ्गलमा बस्तछन्। तिनीहरूलाई उहिलेका दिनमा झैँ बाशान र गिलादमा चरेर खान दिनुहोस्।"},{"id":15,"text":"“तिमीहरू मिश्रदेखि निस्केर आएका दिनहरूझैँ म तिनीहरूलाई मेरा अचम्मका कामहरू देखाउनेछु।”"},{"id":16,"text":"जाति-जातिहरूले देख्नेछन्, लज्जित हुनेछन्। तिनीहरूको सारा शक्ति नै खोसिनेछ। तिनीहरूले आफ्नो मुख हातले छोप्नेछन्, र तिनीहरूका कान बहिरा हुनेछन्। "},{"id":17,"text":"तिनीहरूले साँपले झैँ, जमिनमा घस्रने जन्तुलेझैँ धूलो चाट्नेछन्। आफ्ना गुफाहरूबाट थरथर काम्दै तिनीहरू डरले आउनेछन्। परमप्रभु हाम्रा परमेश्वरकहाँ तिनीहरू भयमा आउनेछन् र तिमीहरूसित डराउनेछन्। "},{"id":18,"text":"तपाईंजस्तो परमेश्वर को छ र, जसले पाप-क्षमा गर्नुहुन्छ, र आफ्नो निज उत्तराधिकारका बाँकी रहेकाहरूको अपराध माफ गरिदिनुहुन्छ? तपाईं सधैँसम्म रीस गर्नुहुन्न, तर कृपा गर्नमा खुशी हुनुहुन्छ। "},{"id":19,"text":"हामीलाई तपाईंले फेरि टिठ्याउनुहुनेछ। तपाईंले हाम्रा पापहरूलाई खुट्टाले कुल्चनुहुनेछ र हाम्रा सबै अधर्म समुद्रको गहिराइमा फालिदिनुहुनेछ। "},{"id":20,"text":"तपाईं याकूबप्रति सत्य रहनुहुनेछ र अब्राहामलाई कृपा देखाउनुहुनेछ, जसरी धेरै अघि तपाईंले शपथ खाएर हाम्रा पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएको थियो।"}]}]}