-
Notifications
You must be signed in to change notification settings - Fork 0
/
Copy pathLAM.json
1 lines (1 loc) · 52.6 KB
/
LAM.json
1
{"chapters":[{"id":0,"title":"पुस्तक परिचय","verses":[{"id":1,"text":"विलापको पुस्तक एक टुटेको हृदयबाट लेखिएको पाँच वटा कविताको पुस्तक हो। यसको लेखक यर्मिया नै हुनुपर्छ भन्ने धेरै जनाको मत छ। लेखकले यरूशलेमको विनाश आफ्नै आँखाले देखेका थिए। यो एउटा गहिरो शोकले व्याप्त भएको लेखोट हो। आजको दिनसम्म पनि यहूदीहरू आफ्नो धार्मिक पात्रोमा त्यो दिनको सम्झना गरी यरूशलेमको विध्वंसको निम्ति विलाप गर्छन्। ५८६ ई.पू. को त्यस राष्ट्रिय विपत्तीको वर्णन यस पुस्तकमा बडो कारुणिक ढङ्गमा गरिएको छ।"}]},{"id":1,"title":"विलाप 1","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/LAM/1-67823ea646dbf42f311cb2368bf6b096.mp3?version_id=1483","verses":[{"id":1,"text":"मानिसहरूले भरिएको सहर अब कस्तो सूनसान भयो। त्यो त एक विधवाजस्तो भएको छ। जो एक पल्ट जाति-जातिहरूमा महान् र प्रदेशहरूमा राजकुमारीजस्तै थियो, अब त्यो दासत्वमा परेको सहर भएको छ।"},{"id":2,"text":"रातभरि त्यो धुरुधुरु रुन्छ, त्यसका गालामा आँसु बगिरहन्छ। त्यसका सबै प्रियहरूमध्ये, त्यसलाई सान्त्वना दिने कोही पनि छैन। त्यसका सबै मित्रहरूले त्यसलाई धोका दिएका छन्,\nर तिनीहरू त्यसका वैरीहरू बनेका छन्।"},{"id":3,"text":"दु:ख र कठोर दासत्वपछि यहूदा प्रवास लगियो। अब त्यो अन्यजातिहरूका बीचमा रहन्छ, त्यसले कुनै विश्रामको स्थान पाउँदैन, त्यसलाई खेदो गर्नेहरू सबैले दु:खको बीचमा त्यसलाई पक्रेका छन्।"},{"id":4,"text":"सियोन जाने बाटोहरूले विलाप गरिरहेका छन्, किनभने ठहराइएका चाड़हरूमा कोही पनि आउँदैन। त्यसका सबै मूल ढोकाहरू उजाड़ छन्, त्यसका पूजाहारीहरू सुस्केरा मार्दछन्। त्यसका कुमारीहरू दु:खित छन्, अनि त्यो कठोर वेदनामा छ।"},{"id":5,"text":"त्यसका शत्रुहरू त्यसका मालिक भएका छन्, त्यसका विरोधीहरू आराममा छन्, त्यसका धेरै पापहरूले गर्दा परमप्रभुले त्यसलाई दु:ख दिनुभएको हो। त्यसका बालकहरू शत्रुहरूका अगि कैदमा लगिएका छन्।"},{"id":6,"text":"सियोनकी छोरीबाट त्यसका सबै गौरव गइहालेका छन्। त्यसका राजकुमारहरू खर्क नपाउने मृगहरूजस्तै छन्। तिनीहरू दुर्बल भएर खेद्नेहरूका अगिअगि भागेका छन्।"},{"id":7,"text":"यरूशलेमले आफ्ना दु:ख र सङ्कष्टका दिनमा उहिले भएका आफ्ना सबै बहुमूल्य कुराहरूको सम्झना गर्छ। जब त्यसका मानिसहरू शत्रुहरूका हातमा परे, त्यसलाई सहायता गर्ने कोही पनि थिएन, त्यसका शत्रुहरूले त्यसलाई हेरे,\nर त्यसको विनाशमा ठट्टा गरे।"},{"id":8,"text":"यरूशलेमले घोर पाप गर्यो, यसैले त्यो अशुद्ध भएको छ। त्यसलाई मान गर्ने सबैले त्यसलाई तुच्छ ठान्दछन्, किनभने तिनीहरूले त्यसको नग्नता देखेका छन्। त्यो आफै सुस्केरा मार्छ र मुख फर्काउँछ।"},{"id":9,"text":"त्यसको अशुद्धपना त्यसको फरियामा टाँसियो, त्यसले आफ्नो आउने दुर्दिनलाई सम्झेन। त्यसको पतन भयङ्कर थियो, त्यसलाई सान्त्वना दिने कोही थिएन। “हे परमप्रभु, मेरो कष्टलाई हेर्नुहोस्, किनभने शत्रु विजयी भएको छ।”"},{"id":10,"text":"त्यसका सबै धन खोस्न शत्रुले आफ्नो हात हालेको छ। जसलाई तपाईंले आफ्नो सभामा पस्न मनाही गर्नुभएको थियो, तिनै अन्यजातिहरू त्यसको पवित्रस्थानमा पसेका त्यसले देख्यो।"},{"id":11,"text":"त्यसका सबै मानिसहरू सुस्केरा मार्दै अन्नको खोजीमा छन्। आफ्नो प्राण बचाउनलाई तिनीहरू खानेकुरासित आफ्ना धन-सम्पत्ति साट्दछन्। “हे परमप्रभु, हेर्नुहोस् र विचार गर्नुहोस्,\nकिनभने म तुच्छ गनिएको छु।”"},{"id":12,"text":"“यताबाट भएर जाने तिमीहरू सबै, के तिमीहरूलाई त्यसको केही वास्ता छैन? चारैतिर हेर र विचार गर, आफ्नो भयानक क्रोधको दिनमा, परमप्रभुले मलाई दिनुभएको कष्टजस्तै अरू कुनै पीडा छ र?"},{"id":13,"text":"“उहाँले उच्चबाट आगो झारिदिनुभयो, त्यो मेरो हड्डीभित्र पठाउनुभयो। उहाँले मेरा खुट्टाको लागि जाल फिँजाउनुभयो, र मलाई फर्काउनुभयो। उहाँले मलाई उजाड़ पारेर दिनभरि नै निर्बल राख्नुभयो।"},{"id":14,"text":"“मेरा पापहरू एक जुवामा बाँधिएका छन्। उहाँकै हातद्वारा ती बाँधिए, ती मेरो काँधमा राखिएका छन्, परमप्रभुले मेरो बल घटाउनुभएको छ। उहाँले मलाई तिनीहरूका हातमा पारिदिनुभयो, जसको म सामना गर्न सक्दिनँ।"},{"id":15,"text":"“परमप्रभुले मेरा सबै योद्धालाई बहिष्कार गर्नुभएको छ, मेरा जवान मानिसहरूलाई धूलोपीठो पार्नलाई मेरो विरुद्धमा उहाँले फौज जम्मा गर्नुभएको छ। उहाँको कोलमा, दाखझैँ परमप्रभुले यहूदाकी कुमारीलाई पेल्नुभएको छ।"},{"id":16,"text":"“यी सबैको कारणले म रुँदैछु, मेरो आँखाबाट आँसुको धारा बग्छ। मलाई सान्त्वना दिन मेरो नजिक कोही छैन, मेरो आत्मा पुनर्जीवित गराउने कोही छैन। मेरा बालकहरू बेसहारा छन्, किनभने शत्रु प्रबल भएको छ।”"},{"id":17,"text":"सियोन बिन्ती गर्नलाई आफ्नो हात पसार्छ, तर त्यसलाई सान्त्वना दिने कोही छैन। परमप्रभुले याकूबको विरुद्धमा त्यसका छिमेकीहरू त्यसका शत्रु होऊन् भनी हुकुम गर्नुभएको छ। तिनीहरूका बीचमा यरूशलेम एक अशुद्ध थोक भएको छ।"},{"id":18,"text":"“परमप्रभु धर्मी हुनुहुन्छ, तरै पनि म उहाँको विरुद्धमा बागी भएको थिएँ। हे सबै जातिहरू, सुन, र मेरो कष्टलाई हेर। मेरा कुमारीहरू र जवान मानिसहरू निष्कासित गरिएका छन्।"},{"id":19,"text":"“मैले आफ्ना प्रेमीहरूलाई बोलाएँ, तर तिनीहरूले मलाई धोका दिए। आफ्नो बल पुनर्प्राप्त गर्नलाई खानेकुरा खोजेर नपाउँदा सहरमा मेरा पूजाहारीहरू र धर्म-गुरुहरू नष्ट भए।"},{"id":20,"text":"“हे परमप्रभु, हेर्नुहोस्, म दु:खमा परेको छु। म साह्रै बागी भएको कारणले मेरो प्राण मभित्र मड़ारिन्छ, मेरो हृदय मभित्र छटपटिन्छ। बाहिर तरवारले शोकित पार्छ,\nभित्र मृत्यु मात्र छ।"},{"id":21,"text":"“मानिसहरूले मेरो सुस्केरा सुनेका छन्, तर मलाई सान्त्वना दिने कोही छैन। मेरा सबै शत्रुहरूले मेरो विपत्तिको कुरा सुनेका छन्। तपाईंले यसो गर्नुभएकोमा तिनीहरू खुशी छन्। तपाईंले घोषणा गर्नुभएको दिन ल्याउनुहोस्,\nर तिनीहरू पनि मैजस्ता होऊन्।"},{"id":22,"text":"“तिनीहरूका सबै दुष्ट कामहरू तपाईंको सामु आऊन्, अनि मेरा सबै पापहरूको कारण मलाई गर्नुभएझैँ तिनीहरूमाथि पनि त्यस्तै व्यवहार गर्नुहोस्। म धेरै सुस्केरा मार्दछु, अनि मेरो मन निर्बल छ।”"}]},{"id":2,"title":"विलाप 2","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/LAM/2-264f09d86bf3b786a2fb3e5f5af6aa6b.mp3?version_id=1483","verses":[{"id":1,"text":"परमप्रभुले आफ्नो रीसमा सियोनकी छोरीलाई कसरी घोर अन्धकारले ढाकिदिनुभएको छ! इस्राएलको गौरवलाई उहाँले आकाशदेखि पृथ्वीमा खसालिदिनुभएको छ। उहाँले आफ्नो रीसको दिनमा आफ्नो पाउदान, सियोनलाई पनि सम्झनुभएको छैन।"},{"id":2,"text":"याकूबका सबै वासस्थानहरूलाई परमप्रभुले कत्ति पनि नटिठ्याएर नाश गर्नुभयो। आफ्नो क्रोधमा उहाँले यहूदाकी छोरीका किल्लाहरू भत्काइदिनुभयो। त्यो राज्य र त्यसका राजकुमारहरूलाई उहाँले भूइँमा ढालेर अपमानित तुल्याउनुभयो।"},{"id":3,"text":"आफ्नो भयङ्कर रीसमा उहाँले इस्राएलका सबै शक्तिलाई\n नाश गर्नुभयो। शत्रुकै सामुन्ने उहाँले आफ्नो दाहिने हात हटाउनुभयो। उहाँको प्रकोप याकूबमाथि चारैतिर भस्म गर्ने आगो जस्तै पर्यो।"},{"id":4,"text":"शत्रुले झैँ उहाँले आफ्नो धनुमा ताँदो चढ़ाउनुभएको छ, विरोधीझैँ उहाँ खड़ा हुनुभएको छ। आँखालाई मन पर्ने जति कुरा प्रिय थिए, ती सबैलाई उहाँले शत्रुलाई झैँ घात गर्नुभएको छ।\nसियोनकी छोरीको पालमा उहाँले आफ्नो रीस आगोझैँ पोखाउनुभएको छ।"},{"id":5,"text":"परमप्रभु शत्रुझैँ हुनुभएको छ, उहाँले इस्राएललाई नष्ट गर्नुभयो। उहाँले इस्राएलका सबै महलहरू नाश गर्नुभयो, त्यसका सबै किल्लाहरू भत्काइदिनुभयो।\nउहाँले यहूदाकी छोरीको शोक र विलाप बढ़ाइदिनुभयो।"},{"id":6,"text":"उहाँले आफ्नो पाल बारीको छाप्रोजस्तै भत्काइदिनुभयो, उहाँले आफ्नो भेट गर्ने ठाउँ नष्ट पार्नुभयो। परमप्रभुले सियोनका तोकिएका चाड़ र शबाथहरू दुवैको सम्झना मेटाइदिनुभयो। आफ्नो भयानक रीसमा उहाँले राजा र पूजाहारी दुवैलाई तिरस्कार गर्नुभयो।"},{"id":7,"text":"परमप्रभुले आफ्नो वेदीलाई अस्वीकार गर्नुभएको छ, आफ्नो पवित्र स्थानलाई त्यागिदिनुभएको छ। त्यसका महलका भित्ताहरू उहाँले शत्रुको हातमा दिनुभएको छ। तिनीहरूले परमप्रभुको भवनमा नै तोकिएको चाड़को दिनमा झैँ विजयको ध्वनि लगाएका छन्।"},{"id":8,"text":"परमप्रभुले सियोनकी छोरीको पर्खाललाई नष्ट गर्ने निश्चय गर्नुभयो। उहाँले फित्ताले त्यो नाप्नुभयो। त्यसलाई नष्ट पार्नदेखि उहाँले आफ्नो हात रोक्नुभएन। उहाँले गढ़ी र पर्खाल दुवैलाई विलाप गर्न लाउनुभयो, ती दुवै एकैसाथ भत्के।"},{"id":9,"text":"त्यसका मूल ढोकाहरू भूइँमै भासिए। उहाँले त्यसका गजबारहरू भत्काएर नष्ट पार्नुभयो। त्यसका राजा र राजकुमारहरू अन्य-जातिहरूका बीचमा निष्कासित छन्,\nर व्यवस्था रहँदैन। अनि त्यसका अगमवक्ताहरूले पनि परमप्रभुबाट केही दर्शन पाउँदैनन्।"},{"id":10,"text":"सियोनकी छोरीका धर्म-गुरुहरू भूइँमा मौन भएर बस्छन्, तिनीहरूले आफ्ना टाउकामा धूलो हालेका छन्,\nर भाङ्ग्रा ओढ़ेका छन्। यरूशलेमका कुमारीहरूले आफ्ना शिर भूइँसम्मै निहुराएका छन्।"},{"id":11,"text":"रोदनको आँसुले मेरो आँखा टट्टाइसक्यो। मेरो प्राण मभित्र मड़ारिन्छ। मेरो प्रजा नष्ट भएको कारणले, नानीहरू र दूध-खाने बालकहरू सहरका गल्लीहरूमा मूर्च्छा खाएको कारणले मेरो हृदय छियाछिया भयो।"},{"id":12,"text":"जब सहरका गल्लीहरूमा घायल मानिसझैँ तिनीहरू मूर्च्छा पर्छन्, जब आफ्ना आमाहरूका काखमा तिनीहरूका प्राण शिथिल हुँदैजान्छन्, तब तिनीहरू आफ्ना आमाहरूलाई भन्छन्, “अन्न र दाखमद्य कहाँ छन्?”"},{"id":13,"text":"हे यरूशलेमकी छोरी, तेरो निम्ति म के भनूँ? म केसित तेरो तुलना गरूँ? हे सियोनकी कन्ये-छोरी, सान्त्वनाको निम्ति तँलाई केसित तुलना गरूँ? तेरो चोट महासमुद्रजस्तै गहिरो छ। कसले तँलाई बिसेक गराउन सक्छ र?"},{"id":14,"text":"तेरा अगमवक्ताहरूले देखेका दर्शनहरू झूटा र मूल्यहीन थिए। तेरो प्रवास हुन नदिन तिनीहरूले तेरो अधर्म प्रकट गरेनन्। तिनीहरूले तेरो निम्ति देखेका दर्शन झूटा र भर्माउने मात्र थिए।"},{"id":15,"text":"तेरो छेउबाट भएर जानेहरू सबैले तँलाई खुच्चिङ गरेर ताली बजाउँछन्। यरूशलेमकी छोरीको विरुद्धमा खिसी गरेर तिनीहरू शिर हल्लाउँछन्:\n“के यो त्यही सहर हो, जो ‘परम सुन्दरी’ र ‘सारा पृथ्वीको आनन्द’ भनी कहलाइन्थ्यो?”"},{"id":16,"text":"तेरा सबै शत्रुहरू तँलाई मुख खोलेर गिल्ला गर्दछन्। तिनीहरूले तँलाई दाह्रा किटेर भन्छन्, “हामीले त्यसलाई नष्ट पार्यौं। अहा, यही दिन हेर्नलाई हामी पर्खिरहेका थियौं, हामीले बाँचेर यो हेर्न पायौं।”"},{"id":17,"text":"परमप्रभुले जे योजना गर्नुभएको थियो, उहिले उहाँले जे घोषणा गर्नुभएको थियो, त्यही वचन उहाँले पूरा गर्नुभयो। दयाविना उहाँले तँलाई पल्टाइदिनुभयो। उहाँले शत्रुलाई तँमाथि आनन्दित तुल्याउनुभयो,\nर तेरा वैरीहरूको शक्ति प्रबल पार्नुभयो।"},{"id":18,"text":"मानिसहरूका हृदय परमप्रभुलाई पुकार्छन्। हे सियोनकी छोरीको पर्खाल, तेरो आँसु नदीजस्तै रातदिन बगा। कत्ति पनि विश्राम नले, तेरो आँखालाई आराम नदे।"},{"id":19,"text":"हरेक पहरको सुरुमा राती उठेर करा। परमप्रभुको उपस्थितिमा नै तेरो हृदय पानीझैँ पोखा। गल्लीका मोड़मा भोकले मूर्च्छा खाने आफ्ना बालकहरूका प्राणको निम्ति\nआफ्नो हात उहाँतिर उठा।"},{"id":20,"text":"“हेर्नुहोस्, हे परमप्रभु, र विचार गर्नुहोस्। कसलाई तपाईंले यस्तो दु:ख दिनुभएको छ? के स्त्रीहरूले आफ्नै गर्भका फल, आफूले जन्माएका बालकहरूलाई खाऊन्? के पूजाहारीहरू र अगमवक्ताहरू परमप्रभुको पवित्रस्थानमा मारिऊन्?"},{"id":21,"text":"“गल्ली-गल्लीका धूलामा बूढ़ा र जवानहरू सोतर पर्छन्। मेरा कुमारीहरू र जवान मानिसहरू तरवारले ढालिएका छन्। आफ्नो रीसको दिनमा तपाईंले तिनीहरूलाई मार्नुभएको छ, नटिठ्याईकनै मार्नुभएको छ।"},{"id":22,"text":"“चाड़मा मानिसहरू भेला भएझैँ, तपाईंले मेरा शत्रुहरूलाई मेरा चारैतिरबाट जम्मा गर्नुभयो। परमप्रभुको रीसको दिनमा न त कोही उम्कन पायो न कोही बाँच्यो। मैले हुर्काएर बढ़ाएकाहरूलाई मेरो शत्रुले नाश गरिदिएको छ।”"}]},{"id":3,"title":"विलाप 3","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/LAM/3-2dd862faeecfd356032d7a8cf5fe2f62.mp3?version_id=1483","verses":[{"id":1,"text":"उहाँका क्रोधको लाठोको दु:ख देख्ने मानिस म नै हुँ।"},{"id":2,"text":"उहाँले मलाई खेद्नुभयो,\nर उज्यालोभन्दा बरु अँध्यारोमा हिँड्न लाउनुभएको छ।"},{"id":3,"text":"वास्तवमा उहाँले आफ्नो हात घरीघरी र दिनभरि नै मेरो विरुद्धमा उठाउनुभएको छ।"},{"id":4,"text":"उहाँले मेरो मासु र छाला गलाइदिनुभएको छ,\nर मेरा हड्डीहरू भाँचिदिनुभएको छ।"},{"id":5,"text":"दु:ख र कष्टद्वारा उहाँले मलाई घेरेर थुन्नुभएको छ।"},{"id":6,"text":"धेरै दिनदेखि मरेको मुर्दाझैँ उहाँले मलाई अँध्यारो ठाउँमा हालिदिनुभएको छ।"},{"id":7,"text":"उम्कन नसकोस् भनी उहाँले मेरा चारैतिर पर्खाल उठाउनुभएको छ। उहाँले मलाई गह्रुङ्गो साङ्लाले बाँध्नुभएको छ।"},{"id":8,"text":"सहायताको लागि म चिच्च्याएर कराउँदछु, तापनि उहाँ मेरो प्रार्थनालाई इन्कार गर्नुहुन्छ।"},{"id":9,"text":"ढुङ्गाका ढिकाहरूले उहाँले मेरो बाटो थुनिदिनुभएको छ, उहाँले मेरो बाटो बाङ्गो-टेढ़ो बनाइदिनुभएको छ।"},{"id":10,"text":"आक्रमण गर्नलाई ढुकिरहने भालू र लुकिरहने सिंहजस्तै,"},{"id":11,"text":"उहाँले मलाई बाटोदेखि तर्काइलानुभयो,\nर फहराएर छियाछिया पार्नुभयो। उहाँले मलाई सहाराहीन तुल्याउनुभयो।"},{"id":12,"text":"उहाँले आफ्नो धनुमा ताँदो चढ़ाउनुभयो,\nर मलाई नै काँड़को तारो बनाउनुभयो।"},{"id":13,"text":"आफ्नो ठोक्रोका काँड़हरूले उहाँले मेरो मुटु छेड़िदिनुभयो।"},{"id":14,"text":"मेरा सबै मानिसहरूका हाँसोको पात्र म बनेको छु,\nर दिनभरि नै तिनीहरूका ठट्टाको गीत बनेको छु।"},{"id":15,"text":"उहाँले मलाई तीतो जड़ीबूटी भरिदिनुभयो,\nर पित्त खुवाइदिनुभयो।"},{"id":16,"text":"उहाँले रोड़ा खुवाएर मेरा दाँत भाँचिदिनुभयो,\nर मलाई धूलोमा कुल्चीमिल्ची गर्नुभयो।"},{"id":17,"text":"शान्ति मेरो जीवनबाट दूर भएको छ। कल्याण के हो, सो मैले बिर्सेको छु।"},{"id":18,"text":"यसैले म भन्छु, “मेरो शान नष्ट भयो, परमप्रभुबाट गरेको आशा पनि टुट्यो।”"},{"id":19,"text":"तीतोपन र पित्त, मेरो दु:ख र फिरन्तेपनलाई सम्झन्छु।"},{"id":20,"text":"म निरन्तर तिनलाई सम्झिरहन्छु,\nर मेरो प्राण मभित्र हताश भएको छ।"},{"id":21,"text":"तर म यो स्मरण गर्दछु, यसैले मलाई आशा दिन्छ:"},{"id":22,"text":"परमप्रभुको महान् प्रेमले गर्दा हामी भस्म भएका छैनौं, उहाँका कृपाको अन्त कहिल्यै हुँदैन।"},{"id":23,"text":"हरेक बिहान उहाँको कृपा नयाँ हुन्छ। तपाईंको विश्वस्तता महान् छ।"},{"id":24,"text":"मेरो प्राणले भन्छ, “परमप्रभु नै मेरो सर्वस्व हुनुहुन्छ, यसैकारण म धैर्यसाथ उहाँको प्रतीक्षा गरिरहन्छु।”"},{"id":25,"text":"परमप्रभुको बाटो हेर्ने, उहाँलाई खोज्नेहरूप्रति परमप्रभु कृपालु हुनुहुन्छ।"},{"id":26,"text":"चूपचापसँग परमप्रभुका उद्धारको बाटो हेर्नु असल हुन्छ।"},{"id":27,"text":"आफ्नो युवावस्थामा नै जुवा बोक्नु मानिसलाई असल हुन्छ।"},{"id":28,"text":"परमप्रभुले यो त्यसमाथि राख्नुभएकोले त्यो एकलै शान्त बसोस्।"},{"id":29,"text":"त्यसले आफ्नो मुखले भूइँ छोओस्, यसरी अझै आशा होस्।"},{"id":30,"text":"आफ्नो गाला हिर्काउनेपट्टि नै त्यसले त्यो फर्काइदेओस्,\nर गिल्ला सहँदैरहोस्।"},{"id":31,"text":"किनभने परमप्रभुले मानिसहरूलाई सधैँको निम्ति फाल्नुहुन्न,"},{"id":32,"text":"उहाँले दु:ख ल्याउनुभए तापनि आफ्नो कृपा देखाउनुहुनेछ, उहाँको कहिल्यै नथामिने प्रेम अति महान् छ।"},{"id":33,"text":"किनभने उहाँले मानिसका सन्तानलाई स्वेच्छाले दु:ख दिनुहुन्न।"},{"id":34,"text":"देशका सबै कैदीहरूलाई खुट्टाले दल्ने,"},{"id":35,"text":"सर्वोच्च परमेश्वरको सामुन्ने कुनै मानिसको हक मिच्ने,"},{"id":36,"text":"कुनै मानिसलाई इन्साफदेखि वञ्चित गर्ने जस्ता कुराहरूलाई परमप्रभु हेर्न सक्नुहुन्न।"},{"id":37,"text":"परमप्रभुले आज्ञा नगरुञ्जेल कसले अह्राएको पूरा भएको छ?"},{"id":38,"text":"के सर्वोच्च परमेश्वरको मुखबाट विपत्ति र राम्रा कुराहरू निस्कँदैनन्?"},{"id":39,"text":"आफ्नो पापका दण्डको निम्ति मरणशील मानिसले किन गनगनाउने?"},{"id":40,"text":"हामी आफ्ना चाल जाँचेर हेरौं,\nर हामी परमप्रभुतिर फर्कौं।"},{"id":41,"text":"हामी हाम्रा हात अनि हृदय स्वर्गका परमेश्वरतिर उठाऔं, अनि भनौं:"},{"id":42,"text":"हामीले पाप गर्यौं, हामी बागी भयौं,\nर तपाईंले क्षमा गर्नुभएको छैन।”"},{"id":43,"text":"तपाईं क्रोधले पूर्ण हुनुभयो,\nर तपाईंले हामीहरूको खेदो गर्नुभयो,\nर दया नगरी हामीलाई मार्नुभयो।"},{"id":44,"text":"तपाईंकहाँ कुनै पनि प्रार्थना नपुगोस् भनेर तपाईंले आफूलाई बादलले छोप्नुभएको छ।"},{"id":45,"text":"तपाईंले हामीलाई जाति-जातिहरूका बीचमा फोहोरको थिग्रो र कसिङ्गरसरह तुल्याउनुभएको छ।"},{"id":46,"text":"“हाम्रा सबै शत्रुहरूले हाम्रा विरुद्धमा मुख ठूलो खोलेर गिल्ला गरेका छन्।"},{"id":47,"text":"आतङ्क र खतरा, उजाड़ र विनाश हामीमाथि आइपरेका छन्।”"},{"id":48,"text":"मेरो प्रजाको सर्वनाश देखेर मेरो आँखाबाट आँसुको धारा बग्छ।"},{"id":49,"text":"मेरा आँखाबाट विनाविश्राम आँसु निरन्तर बगिरहनेछ,"},{"id":50,"text":"जहिलेसम्म परमप्रभुले स्वर्गदेखि तल हेरेर देख्नुहुन्न।"},{"id":51,"text":"मेरो सहरका स्त्रीहरूका दुर्दशा देखेर मलाई दु:ख लाग्छ।"},{"id":52,"text":"विनाकारण भएका मेरा शत्रुहरूले मलाई चरालाई झैँ शिकार गरिहिँड़े।"},{"id":53,"text":"तिनीहरूले मेरो जीवन खाड़लमा अन्त गर्न खोजे र ममाथि ढुङ्गाहरू हाने,"},{"id":54,"text":"पानी मेरो कपालसम्मै आयो, मैले सम्झें, “मेरो अन्त आइपुग्यो।”"},{"id":55,"text":"हे परमप्रभु, खाड़लको गहिराइदेखि मैले तपाईंका नाउँको पुकारा गरें।"},{"id":56,"text":"तपाईंले मेरो बिन्ती सुन्नुभयो, “छुटकाराको निम्ति मेरो पुकारप्रति आफ्नो कान बन्द नगर्नुहोस्।”"},{"id":57,"text":"मैले तपाईंमा पुकारा गर्दा तपाईं मेरो नजिक आउनुभयो,\nर तपाईंले भन्नुभयो, “नडरा।”"},{"id":58,"text":"हे परमप्रभु, मेरो पक्षमा लड़ेर तपाईंले मेरो प्राण बचाउनुभयो।"},{"id":59,"text":"हे परमप्रभु, ममाथि गरिएको अत्याचार तपाईंले देख्नुभएको छ। मेरो न्याय गरिदिनुहोस्।"},{"id":60,"text":"तिनीहरूको बदलाको गहिराइ, मेरो विरुद्धमा गरिएका तिनीहरूका सबै युक्ति तपाईंले देख्नुभएको छ।"},{"id":61,"text":"हे परमप्रभु, तिनीहरूले गरेका निन्दा, मेरो विरुद्धमा रचेका तिनीहरूका सबै युक्ति तपाईंले सुन्नुभएको छ,"},{"id":62,"text":"जुन मेरा विरोधीहरूले दिनभरि मेरो विरुद्धमा कानेखुसी गरेका र भनेका छन्।"},{"id":63,"text":"तिनीहरूलाई हेर्नुहोस्, उठ्दा र बस्दा पनि तिनीहरू आफ्ना गीतमा मेरो ठट्टा गर्छन्।"},{"id":64,"text":"हे परमप्रभु, तिनीहरूका हातले गरेका कामअनुसार तिनीहरूलाई उचित दण्ड दिनुहोस्।"},{"id":65,"text":"तिनीहरूका हृदय छोपिदिनुहोस्,\nर तपाईंको श्राप तिनीहरूमाथि परोस्।"},{"id":66,"text":"तपाईंले तिनीहरूलाई आफ्नो रीसमा खेद्नुहोस्,\nर परमप्रभुको स्वर्गमुनिबाट तिनीहरूलाई नाश गर्नुहोस्।"}]},{"id":4,"title":"विलाप 4","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/LAM/4-faa1fd325c1e47ef28a76d17372ec4d5.mp3?version_id=1483","verses":[{"id":1,"text":"सुनले आफ्नो चमक पूरा हरायो! निखुर सुन फिक्का भयो। पवित्र मणिहरू प्रत्येक मूल बाटोको शिरमा छरिएका छन्।"},{"id":2,"text":"कञ्चन सुनजस्तै सियोनका बहुमूल्य छोराहरू अहिले पूरै कुनै कुमालेका हातले बनाएका माटोका भाँड़ाहरूजस्तै गनिएका छन्!"},{"id":3,"text":"स्यालका माउहरूले पनि आफ्ना थुन निकालेर आफ्ना बच्चाहरूलाई चुस्न दिन्छन्, तर मेरा प्रजा त मरुभूमिका शुतुरमुर्गहरूजस्तै भएका छन्।"},{"id":4,"text":"दूध खाने बालकको जिब्रो तिर्खाले तालुमा टाँसिन्छ। केटाकेटीहरू खानेकुरा माग्छन्, तर कसैले तिनीहरूलाई केही दिँदैनन्।"},{"id":5,"text":"मीठा-मीठा खानेहरू अब गल्ली-गल्लीमा कङ्गाल भएका छन्, बैजनी वस्त्र लाएर बढ़ेकाहरू घुरानमा बसिरहन्छन्।"},{"id":6,"text":"मेरा प्रजाको दण्ड सदोमको भन्दा ठूलो छ, जो कसैको सहायताको हातविना क्षणभरमै फ्याँकियो। "},{"id":7,"text":"त्यसका युवराजहरू हिउँभन्दा सफा र दूधभन्दा सेता थिए, तिनीहरूका शरीर मानिकभन्दा राता थिए, तिनीहरूको रूप नीरहरूजस्ता थिए।"},{"id":8,"text":"अब तिनीहरूको रूप मोसोभन्दा कालो भयो, तिनीहरू गल्लीहरूमा पनि चिनिएका छैनन्। तिनीहरूको छाला हड्डीमा टाँसिएको छ। काठझैँ त्यो सुक्खा भएको छ।"},{"id":9,"text":"भोकले मर्नेहरूभन्दा तरवारले मर्नेहरू सौभाग्यशाली हुन्छन्। जमिनका फलको अभावले तिनीहरू भोकाएर सुक्दैजान्छन्।"},{"id":10,"text":"कोमल हृदयका स्त्रीहरूले आफ्नै \n हातले आफ्ना बालकहरूलाई पकाए। मेरा प्रजाको सर्वनाशमा तिनीहरूका नानीहरू नै आफ्नो आहार भए।"},{"id":11,"text":"परमप्रभुले आफ्नो क्रोध पूरै देखाउनुभयो, उहाँले आफ्नो ज्वलन्त रीस पोखाउनुभयो। उहाँले सियोनमा आगो सल्काउनुभयो। त्यसले गर्दा त्यसका जगहरू भस्म पारिए।"},{"id":12,"text":"कुनै शत्रु यरूशलेमका मूल ढोकाहरूबाट पस्छन् भनी पृथ्वीका कुनै राजा वा संसारको कुनै मानिसले पनि चिताएका थिएनन्।"},{"id":13,"text":"योचाहिँ त्यसका अगमवक्ताहरूका पाप र त्यसका पूजाहारीहरूका अधर्मले भएको हो। तिनीहरूले सहरकै बीचमा धर्मीहरूको रगत बगाए।"},{"id":14,"text":"अहिले तिनीहरू गल्ली-गल्लीमा अन्धाहरूझैँ छामछुम गर्दै डुलिरहन्छन्। तिनीहरू रगतले बिटुला भएका छन्, यतिसम्म कि तिनीहरूका लुगा कसैले छुनलाई साहस गर्दैनन्।"},{"id":15,"text":"मानिसहरू कराएर तिनीहरूलाई भन्छन्, “जाओ, हे अशुद्धहरू! दूर होओ, हामीलाई नछोओ!” जब तिनीहरू भगुवा र फिरन्ता भए, जाति-जातिका मानिसहरूले भने, “अब तिनीहरू हामीसित यहाँ बस्न सक्नेछैनन्।”"},{"id":16,"text":"परमप्रभु आफैले नै तिनीहरूलाई तितरबितर पार्नुभएको छ, उहाँले अब फेरि कहिल्यै तिनीहरूको वास्ता गर्नुहुनेछैन। पूजाहारीहरूलाई आदर देखाइएको छैन, अनि न धर्म-गुरुहरूमाथि केही निगाह गरिएको छ।"},{"id":17,"text":"सहायताको लागि व्यर्थै बाटो हेर्दा आँखा टट्टाए। आफ्नो गढ़बाट हामीले एउटा जातिको बाटो हेरिबस्यौं, जसले हामीलाई बचाउन सकेन।"},{"id":18,"text":"मानिसहरू हाम्रो हरेक पाइलाको पछि लागे,\nर हामी हाम्रा बाटामा हिँड्न सकेनौं। हाम्रो अन्त्य नजिक थियो, हाम्रा दिनहरू खतम भइसकेका थिए, किनभने हाम्रो अन्त्य आइसकेको थियो।"},{"id":19,"text":"हामीलाई खेद्नेहरू आकाशका चीलहरूभन्दा पनि छिटा थिए। तिनीहरूले पहाड़हरूमा हामीलाई खेदे, उजाड़-स्थानमा तिनीहरूले हामीलाई ढुकिबसे। परमप्रभुका अभिषिक्त, हाम्रा प्राणाधार, तिनीहरूका पासोमा परे।"},{"id":20,"text":"उहाँकै रक्षामा अन्यजातिहरूका बीचमा सुरक्षित रहनेछौं भनी हामीले ठानेका थियौं।"},{"id":21,"text":"हे ऊजमा बस्ने एदोमकी छोरी, रमा, तर त्यो कचौरा तँलाई पनि दिइनेछ। तँ मात्तिनेछस्, र नाङ्गो पारिनेछस्।"},{"id":22,"text":"हे सियोनकी छोरी, तेरो अधर्मको दण्ड समाप्त हुनेछ। उहाँले तेरो निकालावासको समय लम्ब्याउनुहुनेछैन। तर हे एदोमकी छोरी, तेरो अधर्मको दण्ड उहाँले तँलाई दिनुहुनेछ, उहाँले तेरा पापहरू प्रकट गर्नुहुनेछ।"}]},{"id":5,"title":"विलाप 5","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/LAM/5-cdc9f6b122400a241d3fa1e444eea9b8.mp3?version_id=1483","verses":[{"id":1,"text":"हे परमप्रभु, हामीमाथि के भएको हो, स्मरण गर्नुहोस्। हाम्रो अपमान हेर्नुहोस्।"},{"id":2,"text":"हाम्रा पैतृक-धन पराईहरूका भए, हाम्रा घर विदेशीहरूका भए।"},{"id":3,"text":"हामी टुहुरा-टुहुरी र पितृहीन भएका छौं, हाम्रा आमाहरू विधवाजस्ता भएका छन्।"},{"id":4,"text":"हामीले आफ्नै पानी पनि किनेर खानुपर्छ, आफ्नै दाउरा पनि किनेर लिनुपर्छ।"},{"id":5,"text":"हामीलाई खेद्नेहरू हाम्रा पाइलामै छन्, हामी थकित छौं, अनि विश्राम छैन।"},{"id":6,"text":"आवश्यक रोटीको निम्ति हामीले आफैलाई मिश्र र अश्शूरमा सुम्पिदियौं।"},{"id":7,"text":"हाम्रा पिता-पुर्खाहरूले पाप गरे, र अब उनीहरू छैनन्, अनि हामी उनीहरूका अधर्मको फल भोग्दछौं।"},{"id":8,"text":"कमाराहरू हामीमाथि शासन गर्छन्, हामीलाई तिनीहरूका हातबाट छुटाउने कोही पनि छैन।"},{"id":9,"text":"उजाड़-स्थानमा भएको तरवारले गर्दा हामीले आफ्ना प्राणलाई खतरामा राखेर पनि रोटी ल्याउनुपर्छ।"},{"id":10,"text":"भोकले गर्दा हाम्रो छाला चुलोझैँ तातिएको छ।"},{"id":11,"text":"सियोनमा स्त्रीहरू,\nर यहूदाका सहरहरूमा कन्ये-केटीहरू भ्रष्ट पारिएका छन्।"},{"id":12,"text":"शासकहरू आ-आफ्ना हातबाट झुण्ड्याइएका छन्, धर्म-गुरुहरूलाई केही सम्मान देखाइएको छैन।"},{"id":13,"text":"जवान मानिसहरूले परिश्रमसाथ जाँतो पिँध्नुपर्दछ, ठिटाहरू दाउराको भारीले थिचिएर लड़बड़ाउँदै हिँड्छन्।"},{"id":14,"text":"बूढ़ाहरू सहरका मूल ढोकामा जम्मा हुन छोड़ेका छन्, जवान मानिसहरूले सङ्गीत छोड़िदिएका छन्।"},{"id":15,"text":"हाम्रा मनबाट आनन्द हटेको छ, हाम्रो नाच शोकमा परिवर्तन भएको छ।"},{"id":16,"text":"हाम्रो शिरबाट मुकुट खसेको छ। हामीलाई धिक्कार, किनभने हामीले पाप गरेका छौं।"},{"id":17,"text":"यसैकारण हाम्रो हृदय निर्बल भएको छ, यिनै कामको कारण हाम्रा आँखा धमिलिएका छन्।"},{"id":18,"text":"सियोन पर्वत उजाड़ भएको छ, स्यालहरू त्यसमा घुमिहिँड्छन्।"},{"id":19,"text":"हे परमप्रभु, तपाईं सदासर्वदै शासन गर्नुहुन्छ। तपाईंको सिंहासन पुस्तौँसम्म रहिरहन्छ।"},{"id":20,"text":"तपाईंले किन हामीलाई सधैँ भुल्नुहुन्छ? तपाईंले किन यति धेरै समयसम्म हामीलाई त्याग्नुहुन्छ?"},{"id":21,"text":"हे परमप्रभु, हामीलाई आफूतिर फर्काउनुहोस्, र हामी फर्किऔं। हाम्रा दिन तादिका दिनझैँ बनाइदिनुहोस्,"},{"id":22,"text":"यदि तपाईंले हामीलाई बिलकुलै इन्कार गर्नुभएको छैन र सम्झन नसक्ने गरी रिसाउनुभएको छैन भने!"}]}]}