-
Notifications
You must be signed in to change notification settings - Fork 0
/
Copy pathHOS.json
1 lines (1 loc) · 83.1 KB
/
HOS.json
1
{"chapters":[{"id":0,"title":"पुस्तक परिचय","verses":[{"id":1,"text":"होशेको अर्थ हो “मुक्ति” अर्थात् “उद्धार”। होशे भविष्यवक्ताले ई.पू. आठौं शताब्दीको मध्यतिर भविष्यवाणी गरेका थिए। उनले आफ्नो सेवकाइ आमोस भविष्यवक्ताको समयमा वा आमोसपछि सुरु गरेका थिए। होशेको सेवा जम्मा ३८ वर्षसम्म रह्यो। होशे इस्राएलको अन्तिम कष्टपूर्ण समयमा जीवित थिए। ७२२ ई.पू. मा इस्राएल अश्शूरीहरूको दासत्वमुनि आउनअघि होशे इस्राएलको निम्ति अन्तिम भविष्यवक्ता थिए।"},{"id":2,"text":"करारप्रति परमेश्वरको विश्वासयोग्यता र इस्राएलको अविश्वासयोग्यता भन्ने आधारभूत मुख्य विषय नै सम्पूर्ण साना भविष्यवक्ताका पुस्तकहरूले दिन्छन्।"},{"id":3,"text":"होशे १:१ मा भएको राजाहरूको शासनकालको घटनाहरूको विवरण २ राजा २६-३२ अध्यायमा पाइन्छ। ७३३-७३२ ई.पू. मा अश्शूरहरूको साम्राज्यभित्र इस्राएल एउटा कठपुतली राज्य भयो (२ राजा १५:२९)। षडयन्त्र सुरु भएपछि ७२२ ई.पू. मा अश्शूरीहरूद्वारा इस्राएल पराजित भएर कैदमा लगिन्छ (२ राजा १७:१-६; १८:१०-१२)। यही समय अवधिमा होशेले भविष्यवाणी गरेका थिए।"}]},{"id":1,"title":"होशे 1","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/HOS/1-f808f7d0a9bbd82354efa9fa22eae784.mp3?version_id=1483","verses":[{"id":1,"text":"यहूदाका राजाहरू उज्जियाह, योताम, आहाज र हिजकिया अनि येहोआशका छोरा इस्राएलका राजा यारोबामका शासनकालमा बेरीको छोरो होशेकहाँ आएको परमप्रभुको वचन: "},{"id":2,"text":"जब परमप्रभु होशेद्वारा बोल्न लाग्नुभयो, तब परमप्रभुले तिनलाई भन्नुभयो, “जा, गएर एउटी व्यभिचारिणीलाई विवाह गर्, र त्यसको विश्वासघातबाट पैदा भएका सन्तानलाई आफ्ना बना, किनभने यस देशले परमप्रभुलाई त्यागेर अति घोर व्यभिचारको दोषी भएको छ।” "},{"id":3,"text":"यसैले तिनी गएर दिब्लैमकी छोरी गोमेरलाई विवाह गरे, र त्यसले गर्भवती भएर तिनीबाट एक जना छोरा जन्माई।"},{"id":4,"text":"तब परमप्रभुले होशेलाई भन्नुभयो, “त्यसको नाउँ यिजरेल राख्, किनभने चाँड़ै म येहूको घरानालाई यिजरेलमा भएको रक्तपातबापत दण्ड दिनेछु, र इस्राएलको राज्य अन्त्य गरिदिनेछु। "},{"id":5,"text":"त्यस दिन म इस्राएलको धनु यिजरेलको बेँसीमा भाँचिदिनेछु।”"},{"id":6,"text":"गोमेरले फेरि गर्भवती भएर एउटी छोरी जन्माई। तब परमप्रभुले होशेलाई भन्नुभयो, “त्यसको नाउँ लो-रूहामा राख्, किनकि इस्राएलको घरानालाई टिठ्याएर म तिनीहरूलाई फेरि-फेरि क्षमा गर्नेछैनँ। "},{"id":7,"text":"तर म यहूदाको घरानालाई टिठ्याउनेछु। धनु, तरवार, लड़ाइँ, घोड़ा र घोड़चढ़ीहरूद्वारा म तिनीहरूलाई उद्धार गर्नेछैनँ, तर परमप्रभु तिनीहरूका परमेश्वरद्वारा नै म तिनीहरूको उद्धार गर्नेछु।”"},{"id":8,"text":"जब त्यसले लो-रूहामाको दूध छोड़ाई, तब फेरि गर्भवती भएर गोमेरले अर्को एक जना छोरा जन्माई। "},{"id":9,"text":"तब परमप्रभुले भन्नुभयो, “त्यसको नाउँ लो-अम्मी राख्, किनकि तिमीहरू मेरा प्रजा होइनौ, र म तिमीहरूका परमेश्वर होइनँ।"},{"id":10,"text":"“तरै पनि इस्राएलीहरूको संख्या समुद्रको किनारका बालुवाझैँ हुनेछ, जसलाई न त नाप्न न गन्ती गर्न सकिन्छ। जहाँ तिनीहरूलाई ‘तिमीहरू मेरा प्रजा होइनौ’ भनिएको थियो, त्यहाँ तिनीहरू ‘जीवित परमेश्वरका सन्तान’ कहलाइनेछन्। "},{"id":11,"text":"तब यहूदावंशी र इस्राएलीहरू दुवै फेरि एकसाथ मिल्नेछन्, र एउटै नेता नियुक्त गरेर देशबाट निस्कनेछन्, किनभने यिजरेलको दिन महान् हुनेछ।”"}]},{"id":2,"title":"होशे 2","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/HOS/2-151eba1d6eb175c34a26adf4a5063f16.mp3?version_id=1483","verses":[{"id":1,"text":"“तिमीहरू आफ्ना भाइहरूलाई ‘मेरा मानिसहरू’ र बहिनीहरूलाई ‘मेरा प्रिय’ भन।"},{"id":2,"text":"“आफ्नी आमालाई हप्काओ, त्यसलाई हप्काओ, किनकि त्यो मेरी पत्नी होइन, र म त्यसको पति होइनँ। त्यसले आफ्नो अनुहारबाट व्यभिचारीको रूप र आफ्नो स्तनहरूका बीचबाट विश्वासघातलाई हटाओस्, "},{"id":3,"text":"नत्रता म त्यसका लुगाहरू उतारेर त्यो जन्मेको दिनमा जस्तै त्यसलाई नाङ्गै पार्नेछु, र खड़ेरी परेको मरुभूमिजस्तै बनाइदिनेछु र तिर्खाले मार्नेछु। "},{"id":4,"text":"त्यसका छोराछोरीहरूमाथि पनि म टिठ्याउनेछैनँ, किनकि तिनीहरू व्यभिचारका सन्तान हुन्। "},{"id":5,"text":"तिनीहरूकी आमाले विश्वासघात गरेकी छ र तिनीहरूलाई अपमानमा गर्भधारण गरेकी छ। त्यसले भनी, ‘मेरा प्रेमीहरूका पछि म लाग्नेछु, जसले मलाई मेरो अन्नपानी, ऊन, सूती कपड़ा, तेल र दाखमद्य दिन्छन्।’ "},{"id":6,"text":"यसकारण काँढ़े झाँगले त्यसको बाटो म रोकिदिनेछु, र त्यसलाई पर्खालभित्र थुनिदिनेछु र त्यसले बाटो पाउनेछैन। "},{"id":7,"text":"त्यो आफ्ना प्रेमीहरूका पछिपछि कुद्नेछ, तर त्यसले तिनीहरूलाई भेट्टाउनेछैन। त्यसले तिनीहरूलाई खोज्नेछ, तर तिनीहरूलाई पाउनेछैन। तब त्यसले भन्नेछे, ‘म मेरा पहिलेकै पतिकहाँ फर्केर जानेछु, किनकि त्यस बेला मेरो अवस्था अहिलेको भन्दा असल थियो’।"},{"id":8,"text":"मैले नै त्यसलाई अन्न, नयाँ दाखमद्य र तेल दिएको थिएँ, र मैले नै त्यसमाथि सुन र चाँदी खन्याएको थिएँ भन्ने कुरा त्यसले मानिलिइन— जुन तिनीहरूले बाल देवताको निम्ति प्रयोग गरे।"},{"id":9,"text":"“यसकारण अन्न पाक्दा मेरो अन्न, र नयाँ दाखमद्य तयार हुँदा मेरो दाखमद्य म लगिहाल्नेछु। अनि त्यसको नग्नतालाई ढाक्ने मेरो ऊन र सूती कपड़ा खोसेर लैजानेछु। "},{"id":10,"text":"अब म त्यसकै प्रेमीहरूका नजरको सामु त्यसको छाड़ापन उघार्नेछु, र कसैले त्यसलाई मेरो हातबाट छुटाउनेछैन। "},{"id":11,"text":"म त्यसका सबै उत्सवहरू, त्यसका औंसीका चाड़हरू, त्यसका सबै शबाथ-दिनहरू र त्यसका सबै ठहराएका भोजनहरू रोकिदिनेछु। "},{"id":12,"text":"म त्यसका दाखका बोट र त्यसका अञ्जीरका रूखहरू उजाड़ पारिदिनेछु। तिनका विषयमा त्यसले भनेकी छ, ‘यी मेरा प्रेमीहरूले दिएका मेरा ज्याला हुन्।’ म ती बोटहरूलाई एउटा झाड़ी तुल्याइदिनेछु, र वनजन्तुहरूले ती खाइहाल्नेछन्। "},{"id":13,"text":"बाल देवताहरूका निम्ति धूप हालेकी हुनाले म त्यसलाई दण्ड दिनेछु। त्यस बेला त्यो गरगहना पहिरेर आफ्ना प्रेमीका पछिपछि गई, र मलाई बिर्सेकी थिई,” परमप्रभु घोषणा गर्नुहुन्छ।"},{"id":14,"text":"“यसैकारण अब म त्यसलाई फकाएर मरुभूमिमा लानेछु, र त्यससित मायालु कुरा गर्नेछु। "},{"id":15,"text":"त्यहाँ म त्यसलाई त्यसका दाखबारीहरू फिर्ता गर्नेछु, र आकोरको बेँसीलाई चाहिँ आशाको ढोका तुल्याइदिनेछु। त्यहाँ त्यसले आफ्नो युवावस्थाका दिनमा जस्तै र मिश्रदेशबाट आएको दिनमा झैँ गीत गाउनेछ। "},{"id":16,"text":"परमप्रभु घोषणा गर्नुहुन्छ, “त्यस दिन तैंले मलाई ‘मेरा पति’ भन्नेछस्, र ‘मेरा मालिक’ भन्नेछैनस्। "},{"id":17,"text":"म बाल देवताहरूका नाउँ त्यसको मुखबाट हटाइदिनेछु, र तिनीहरूका नाउँको उच्चारण फेरि कहिल्यै हुनेछैन। "},{"id":18,"text":"त्यस दिन म तिनीहरूका निम्ति वनका पशुहरू र आकाशका पक्षीहरू र जमिनमा घस्रने जन्तुहरूसित करार बाँध्नेछु। म धनु, तरवार र लड़ाइँ देशबाट दूर गरिदिनेछु, कि सबै सुरक्षासाथ लेट्न सकून्। "},{"id":19,"text":"म तँलाई सधैँको निम्ति मेरी पत्नी तुल्याउनेछु। म धार्मिकता र न्यायमा दृढ़ प्रेम र माया गरेर तँलाई पत्नी तुल्याउनेछु। "},{"id":20,"text":"म तँलाई ईमानदारीमा मेरी पत्नी तुल्याउनेछु, र तैंले परमप्रभुलाई चिन्नेछस्।”"},{"id":21,"text":"परमप्रभु भन्नुहुन्छ, “त्यस दिन म आकाशलाई जवाफ दिनेछु, र आकाशले पृथ्वीलाई जवाफ दिनेछ। "},{"id":22,"text":"पृथ्वीले अन्न, दाखमद्य र तेललाई जवाफ दिनेछ, अनि तिनीहरूले यिजरेललाई जवाफ दिनेछन्। "},{"id":23,"text":"म मेरो आफ्नो निम्ति म त्यसलाई भूमिमा रोप्नेछु। जसलाई मैले “प्रिय नभएकी” भनेको थिएँ, त्यसलाई म दया देखाउनेछु। जसलाई मैले “तिमीहरू मेरा प्रजा होइनौ” भनेको थिएँ, तिनीहरूलाई म “मेरा प्रजा” भन्नेछु। अनि तिनीहरूले भन्नेछन्, ‘तपाईं हाम्रा परमेश्वर हुनुहुन्छ’।” "}]},{"id":3,"title":"होशे 3","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/HOS/3-bc6d3f54c157fb4094471f4576fb9c8f.mp3?version_id=1483","verses":[{"id":1,"text":"परमप्रभुले मलाई भन्नुभयो, “जा, फेरि गएर तेरी पत्नीलाई तेरो माया देखा, हुन त त्यसलाई अर्को पुरुषले माया गर्छ र त्यो व्यभिचारिणी हो। त्यसलाई माया गर्, जस्तो गरी परमप्रभुले पनि इस्राएलीहरूलाई माया गर्नुहुन्छ, यद्यपि तिनीहरू अन्य देवताहरूतिर लाग्छन् र ती पवित्र दाखका रोटीहरू मन पराउँछन्।”"},{"id":2,"text":"यसैले मैले त्यसलाई पन्ध्र शेकेल ओजनको चाँदी र २.५ मुरी जौ दिएर किनें। "},{"id":3,"text":"तब मैले त्यसलाई भनें, “तिमी धेरै दिनसम्म मसँग बस्नुपर्छ। तिमीले वेश्या काम नगर्नू र कुनै पुरुषसँग घनिष्ठ नबन्नू, र म तिमीसँगै बस्नेछु।”"},{"id":4,"text":"किनभने इस्राएलीहरू धेरै दिनसम्म राजा र राजकुमारविना, बलिदान र चोखा ढुङ्गाविना तथा एपोद र देवताविना रहनेछन्। "},{"id":5,"text":"त्यसपछि इस्राएलीहरू फर्कनेछन्, परमप्रभु आफ्ना परमेश्वरलाई र आफ्ना राजा दाऊदलाई खोज्नेछन्। पछिल्ला दिनहरूमा तिनीहरू भयसित परमप्रभु र उहाँका आशिष्तिर आउनेछन्।"}]},{"id":4,"title":"होशे 4","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/HOS/4-b1f4000f11c9a4d14762806b28dccd32.mp3?version_id=1483","verses":[{"id":1,"text":"इस्राएलीहरू हो, परमप्रभुको वचन सुन, किनकि यस देशका बासिन्दाहरूमाथि परमप्रभुको आरोप छ: “यस देशमा विश्वस्तता छैन, प्रेम छैन र परमेश्वरको मान्यता पनि छैन। "},{"id":2,"text":"यहाँ सराप दिनु, झूट बोल्नु, हत्या, चोरी र व्यभिचार गर्नुबाहेक अरू केही छैन। तिनीहरू सबै सीमा नाघेर हत्यामाथि हत्या गर्छन्। "},{"id":3,"text":"यसैकारण यस देशले विलाप गर्छ, र यसमा बस्ने सबै क्षीण हुन्छन्, र वनका जन्तु, आकाशका पक्षी र समुद्रका माछाहरूसमेत पनि मरिरहेछन्।"},{"id":4,"text":"“तर कसैले आरोप नल्याओस्, कसैले कसैलाई दोष नलगाओस्, किनकि तिमीहरूका मानिसहरू पूजाहारीको विरुद्धमा दोष लगाउनेहरूजस्ता छन्। "},{"id":5,"text":"तिमीहरू रातदिन ठेस खान्छौ, र अगमवक्ताहरू पनि तिमीहरूसितै ठेस खान्छन्। यसरी तिमीहरूकी आमालाई म नाश गर्नेछु— "},{"id":6,"text":"मेरा प्रजा ज्ञानको कमीले गर्दा नष्ट भएका छन्।“तिमीहरूले ज्ञानलाई इन्कार गरेका हुनाले, म पनि तिमीहरूलाई मेरा पूजाहारी हुनदेखि इन्कार गर्नेछु। तिमीहरूले आफ्ना परमेश्वरको व्यवस्थालाई बेवास्ता गरेका हुनाले, म पनि तिमीहरूका छोराछोरीको बेवास्ता गर्नेछु। "},{"id":7,"text":"जति-जति पूजाहारीको संख्या बढ्दैगयो, त्यति-त्यति तिनीहरूले मेरो विरुद्धमा पाप गर्दैगए। तिनीहरूले आफ्नो गौरवलाई नीच कुरासँग साटे। "},{"id":8,"text":"तिनीहरू मेरा प्रजाका पापद्वारा पोसिन्छन् र तिनका दुष्ट्याइँ मन पराउँछन्। "},{"id":9,"text":"जस्ता प्रजा त्यस्तै पूजाहारीहरू हुनेछन्। म दुवैलाई तिनीहरूका चालको निम्ति सजाय दिनेछु, र तिनीहरूका कामहरूको प्रतिफल तिनीहरूलाई दिनेछु।"},{"id":10,"text":"“तिनीहरूले खान त खानेछन् तर अघाउनेछैनन्। तिनीहरूले वेश्यावृत्ति गर्नेछन्, तर तिनीहरूको संख्या बढ्नेछैन, किनभने वेश्यावृत्तिमा मन लगाउनलाई तिनीहरूले परमप्रभुलाई छोड़ेका छन्। "},{"id":11,"text":"पुरानो दाखमद्य र नयाँ दाखमद्यतिर तिनीहरू लागेका छन्, जसले मेरा प्रजाको समझलाई नष्ट गर्दछन्। "},{"id":12,"text":"तिनीहरूले आफ्ना काठका मूर्तिसित सल्लाह लिन्छन्, र तिनीहरूले काठको लहुरोले जवाफ पाउँछन्। वेश्यावृत्ति गर्ने आत्माले तिनीहरूलाई भ्रममा पार्छ, र तिनीहरू आफ्ना परमेश्वरप्रति अविश्वासी भएका छन्। "},{"id":13,"text":"तिनीहरू पर्वतका टाकुराहरू हुँदो बलि चढ़ाउँदछन्, र असल छायाँ दिने फलाँट, लहरे-पीपल र तारपीनका रूखमुनि डाँड़ाहरूमा धूप बाल्छन्। यसकारण तिमीहरूका छोरीहरूले वेश्यावृत्ति गर्छन्, र तिमीहरूका बुहारीहरूले व्यभिचार गर्छन्।"},{"id":14,"text":"“तिमीहरूका छोरीहरू वेश्यावृत्तिमा लागे पनि म तिमीहरूका छोरीहरूलाई दण्ड दिनेछैनँ, र व्यभिचार गर्दा तिमीहरूका बुहारीहरूलाई म दण्ड दिनेछैनँ, किनभने पुरुषहरू आफै पनि वेश्यातिर लागेका छन्, र देवदासीहरूसित बलिदान चढ़ाउँदछन्। समझविनाका मानिसहरूको नाश हुने नै छ।"},{"id":15,"text":"“ए इस्राएल, तैंले व्यभिचार गरे तापनि यहूदा दोषी नहोस्। तिमीहरू गिलगालमा नजाओ, न बेथ-आवनमा जाओ, न ‘परमप्रभु जिउँदो भएझैँ’ भनेर शपथ खाओ। "},{"id":16,"text":"हठी कोरलीझैँ इस्राएलीहरू ढीट छन्। तब कसरी परमप्रभुले तिनीहरूलाई चरनमा थुमालाई चराएझैँ चराउनुहुनेछ र?"},{"id":17,"text":"“एफ्राइम मूर्तिहरूको साथी भएको छ। त्यसलाई छोड़िदेओ। "},{"id":18,"text":"तिनीहरूको मद्य शेष भइसक्दा पनि तिनीहरू वेश्यावृत्तिमा लागि नै रहन्छन्। तिनीहरूका शासकहरू अपमानका कामहरू रुचाउँछन्। "},{"id":19,"text":"आँधीले तिनीहरूलाई बेहेरेर लैजानेछ, र तिनीहरू आफ्ना बलिदानको कारणले गर्दा लज्जित हुनेछन्।”"}]},{"id":5,"title":"होशे 5","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/HOS/5-afde07d5212bf5447390f2242a447024.mp3?version_id=1483","verses":[{"id":1,"text":"“हे पूजाहारी हो, यो कुरा सुन! हे इस्राएलीहरू हो, ध्यान दिएर सुन! हे राजाको घराना हो, ध्यानसित सुन! यो न्यायको फैसला तिमीहरूको विरुद्धमा छ। तिमीहरू मिस्पामा पासो र तबोरमा फिँजाएको जाल भएका छौ। "},{"id":2,"text":"बागीहरू मारकाटमा निकै फसेका छन्। म तिनीहरू सबैलाई अनुशासनमा ल्याउनेछु। "},{"id":3,"text":"म एफ्राइमको विषयमा सबै कुरा जान्दछु, र इस्राएल मबाट लुकेको छैन। हे एफ्राइम तँ वेश्यावृत्तितिर लागेको छस्। इस्राएल भ्रष्ट भएको छ। "},{"id":4,"text":"तिनीहरूका कामहरूले तिनीहरूलाई आफ्ना परमेश्वरतिर फर्कन दिँदैनन्। वेश्यावृत्तिको मन तिनीहरूका हृदयमा छ, र तिनीहरूले परमप्रभुलाई मान्यता दिँदैनन्।"},{"id":5,"text":"“इस्राएलका अहङ्कारले आफ्नै विरुद्धमा गवाही दिन्छ। इस्राएल र एफ्राइम पनि आ-आफ्ना पापमा ठक्कर खान्छन्। यहूदाले पनि तिनीहरूसँगै ठक्कर खानेछ। "},{"id":6,"text":"जब तिनीहरू आफ्ना भेड़ाबाख्रा र गाई-गोरुका बगाल लिएर परमप्रभुलाई खोज्न जान्छन्, तब तिनीहरूले उहाँलाई पाउनेछैनन्। उहाँले आफूलाई तिनीहरूदेखि हटाउनुभएको छ। "},{"id":7,"text":"तिनीहरू परमप्रभुप्रति विश्वासघाती भएका छन्। तिनीहरूले बतासे छोराछोरीहरू जन्माएका छन्। अब औंसीका चाड़हरूले तिनीहरू र तिनीहरूका खेतहरूसमेत तिनीहरूलाई नाश गर्नेछन्।"},{"id":8,"text":"“गिबामा तुरही र रामामा बिगुल फुक। बेथ-आवनमा युद्ध-ध्वनि उठाओ। ए बेन्यामीन, अगुवाइ गर। "},{"id":9,"text":"न्यायको दिनमा एफ्राइम उजाड़ पारिनेछ। जे कुरो निश्चित हुन्छ, त्यो इस्राएलका कुलका बीचमा म घोषणा गर्दछु। "},{"id":10,"text":"यहूदाका अगुवाहरू साँधसिमानाका ढुङ्गा सार्नेहरूजस्ता छन्। म मेरो क्रोध तिनीहरूमाथि पानीको भलझैँ खन्याउनेछु। "},{"id":11,"text":"एफ्राइम थिचोमिचोमा परेको छ, न्यायमा त्यो कुल्चीमिल्ची भएको छ, मूर्तिकोपछि हिँड्नलाई त्यसले अठोट गरेको छ। "},{"id":12,"text":"यसैले म एफ्राइमको निम्ति राती उड्ने पुतलीझैँ र यहूदाका घरानाको निम्ति क्षयतुल्य छु।"},{"id":13,"text":"“जब एफ्राइमले आफ्नो रोग देख्यो र यहूदाले आफ्ना घाउ, तब एफ्राइमले अश्शूरका ठूला राजाकहाँ सहायताको लागि मानिस पठायो। तर त्यसले तँलाई निको पार्न सक्दैन, त्यसले तेरा चोटलाई निको पार्न सक्नेछैन। "},{"id":14,"text":"किनकि म एफ्राइमको निम्ति एउटा सिंहझैँ र यहूदाको निम्ति एउटा ठूलो सिंहझैँ हुनेछु। तिनीहरूलाई टुक्रा-टुक्रा पारेर म बाटो लाग्नेछु, म तिनीहरूलाई बोकेर लानेछु, र तिनीहरूलाई छुटाउने कोही पनि हुनेछैन। "},{"id":15,"text":"जबसम्म तिनीहरूले आफ्ना दोष स्वीकार गर्दैनन्, तबसम्म म फर्केर आफ्नै ठाउँमा रहनेछु। तिनीहरूले मेरो अनुहार खोज्नेछन्। आफ्नो कष्टमा तिनीहरूले मलाई यत्नपूर्वक खोज्नेछन्।”"}]},{"id":6,"title":"होशे 6","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/HOS/6-bdc449be5e3dd77486d0ab90f0fd9a57.mp3?version_id=1483","verses":[{"id":1,"text":"“आओ, हामी परमप्रभुतिर फर्कौं। उहाँले हामीलाई टुक्रा-टुक्रा पार्नुभएको छ, तर उहाँले हामीलाई निको पार्नुहुनेछ। उहाँले चोट पार्नुभएको छ, तर उहाँले हाम्रा चोटहरूमा मलहमपट्टी लाउनुहुनेछ। "},{"id":2,"text":"दुई दिनपछि उहाँले हामीलाई पुनर्जीवित पार्नुहुनेछ, तेस्रो दिन उहाँले हामीलाई पुन: खड़ा गर्नुहुनेछ, र हामी उहाँकै सामने जीवित रहनेछौं। "},{"id":3,"text":"आओ, हामी परमप्रभुलाई मानौं, हामी परमप्रभुलाई मान्नका निम्ति प्रयत्न गरिरहौं। उहाँको आगमन सूर्योदयझैँ निश्चित छ। उहाँ हामीकहाँ वर्षाको झरी, जमिनलाई भिजाउने आखिरी वर्षाझैँ आउनुहुनेछ।”"},{"id":4,"text":"“ए एफ्राइम, म तँलाई के गरूँ? ए यहूदा, म तँलाई के गरूँ? तेरो प्रेम बिहानको कुइरोजस्तै र सखारैको बितिजाने शीतजस्तै छ। "},{"id":5,"text":"यसैकारण मैले तिमीहरूलाई मेरा अगमवक्ताहरूद्वारा टुक्रा-टुक्रा पारेको छु। मैले तिमीहरूलाई मेरा मुखको वचनद्वारा घात गरेको छु। मेरो न्याय तिमीहरूमाथि बिजुलीजस्तै चम्किएको छ। "},{"id":6,"text":"किनभने म बलिदान होइन, दया चाहन्छु, र होमबलिभन्दा परमेश्वरको मान्यता अझ बढ़ी चाहन्छु। "},{"id":7,"text":"तिनीहरूले त आदमले झैँ करार भङ्ग गरेका छन्। त्यहाँ तिनीहरूले मेरो विरुद्धमा विश्वासघातको व्यवहार गरे। "},{"id":8,"text":"गिलाद दुष्ट मानिसहरूको सहर हो। त्यो रगतका पाइलाहरूले भरिएको छ। "},{"id":9,"text":"जसरी लूटपीट गरिहिँड्नेहरू मानिसलाई ढुकिबस्छन्, त्यसरी नै पूजाहारीहरूले गट्ठा बाँधेका छन्। तिनीहरूले शकेम जाने बाटोमा हत्या गर्दछन्। तिनीहरूले निर्लज्ज अपराध गर्दछन्। "},{"id":10,"text":"इस्राएलको घरानामा मैले एक घिनलाग्दो कुरो देखेको छु। एफ्राइमलाई वेश्यावृत्ति दिइएको छ र इस्राएल दूषित पारिएको छ। "},{"id":11,"text":"ए यहूदा, तेरो निम्ति पनि कटनी तोकिएको छ।”"}]},{"id":7,"title":"होशे 7","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/HOS/7-5c8f455ae4a9eb098889649d5fccf1c5.mp3?version_id=1483","verses":[{"id":1,"text":"“जब म मेरा प्रजाको सुदिन फर्काउँछु, जब मेरा मानिसहरूलाई पुनर्स्थापन गर्छु, तब एफ्राइमको भ्रष्टाचार र सामरियाका दुष्ट कामहरू प्रकट हुन्छन्। तिनीहरू झूटा व्यवहार गर्दछन्। चोरहरूले घर फोर्छन्, डाँकूहरूले बाहिर लूटपीट गर्छन्। "},{"id":2,"text":"तर म तिनीहरूका सबै दुष्ट कामहरूलाई याद राख्तछु भनी तिनीहरू विचार गर्दैनन्। तिनीहरूका आफ्नै पापले तिनीहरूलाई घेरेर राखेका छन्। ती कामहरू सधैँ मेरै सामुन्ने छन्।"},{"id":3,"text":"“तिनीहरू आफ्ना दुष्ट कामले राजालाई र आफ्ना झूटले राजकुमारहरूलाई खुशी तुल्याउँछन्। "},{"id":4,"text":"तिनीहरू सबै व्यभिचारी हुन्। तिनीहरू रोटी पकाउनेले गरम पारेका तन्दुरजस्तै छन्, जसको आगो रोटी बनाउनेले मैदा मुछेको समयदेखि नफुलुञ्जेल मिलाउनुपर्दैन। "},{"id":5,"text":"हाम्रा राजाका उत्सवको दिनमा राजकुमारहरू दाखमद्यले मातेर चूर हुन्छन्, र तिनले ठट्टा गर्नेहरूसित हात मिलाउँछन्। "},{"id":6,"text":"तिनीहरू छलसित तिनको अगि जान्छन्। रातभरि तिनीहरूको रीस दन्किरहन्छ, बिहान त्यो बलिरहेको आगोझैँ हुन्छ। "},{"id":7,"text":"तिनीहरू सबै तन्दुरझैँ तातिन्छन्, तिनीहरूले आफ्ना शासकहरूलाई भस्म पार्छन्। तिनीहरूका सबै राजाहरू मारिन्छन्, अनि उनीहरूमध्ये कसैले पनि मेरो पुकारा गर्दैन।"},{"id":8,"text":"“एफ्राइम जाति-जातिहरूसँग मिसिन्छ। एफ्राइम एकातिर मात्र पाकेको रोटीजस्तै छ। "},{"id":9,"text":"विदेशीहरूले त्यसको बल नाश पार्छन्, तर त्यसलाई यो थाहा छैन। त्यसका कपालमा फाटफुट फुलेका केश देखिन लागेका छन्, तर त्यसलाई त्यो ख्यालै छैन। "},{"id":10,"text":"इस्राएलको हठले आफ्नै विरुद्धमा गवाही दिन्छ, तर तिनीहरू परमप्रभु आफ्ना परमेश्वरतिर फर्कंदैनन्, न उहाँको खोजी गर्छन्।"},{"id":11,"text":"“एफ्राइम बुद्धि नभएको एउटा ढुकुरजस्तै छ— सजिलै छकाउन सकिने र विवेकहीन। अहिले मिश्रदेशलाई तिनीहरू पुकारा गर्छन्, अलिपछि अश्शूरमा तिनीहरू जान्छन्। "},{"id":12,"text":"जब तिनीहरू जान्छन्, तब म तिनीहरूमाथि मेरो जाल फिँजाउनेछु। म तिनीहरूलाई आकाशका पक्षीहरूझैँ तल झार्नेछु। जब तिनीहरू बगालमा उड़ेका देख्नेछु, तब म तिनीहरूलाई पक्रनेछु। "},{"id":13,"text":"धिक्कार तिनीहरूलाई, किनभने तिनीहरू मबाट तर्केर गएका छन्। तिनीहरूको सर्वनाश होस्, किनकि तिनीहरू मेरो विरुद्धमा बागी भएका छन्। तिनीहरूलाई मोल तिरेर छुटाउने मेरो चाहना छ, तर तिनीहरूले मेरो विरुद्धमा झूट बोल्छन्। "},{"id":14,"text":"तिनीहरू हृदयले मेरो पुकारा गर्दैनन्, तर आफ्ना ओछ्यानमा विलाप गर्दछन्। अन्न र नयाँ दाखमद्यका निम्ति तिनीहरू भेला हुन्छन्, तर मदेखि भने मुख फर्काउँछन्। "},{"id":15,"text":"मैले तिनीहरूलाई तालीम दिएँ र बलिया बनाएँ, तर तिनीहरू मेरो विरुद्धमा षड्यन्त्र गर्दछन्। "},{"id":16,"text":"तिनीहरू सर्वोच्चतिर फर्कंदैनन्। तिनीहरू धोका दिने धनुझैँ छन्। तिनीहरूका अगुवाहरू आफ्ना अपमानका वचनले गर्दा तरवारले ढालिनेछन्। यसैको निम्ति मिश्रदेशमा तिनीहरूको ठट्टा हुनेछ।”"}]},{"id":8,"title":"होशे 8","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/HOS/8-09cf93394c14252eebb75a4764f7ce08.mp3?version_id=1483","verses":[{"id":1,"text":"“तुरही फुक! एउटा गरुड परमप्रभुको भवनमाथि उड्दैछ, किनभने मानिसहरूले मेरो करार भङ्ग गरेका छन्, र मेरो व्यवस्थाको विरुद्धमा बागी भएका छन्। "},{"id":2,"text":"इस्राएलले मलाई पुकारा गर्छ, ‘हे हाम्रा परमेश्वर, हामी इस्राएलीहरू तपाईंलाई मान्दछौं’। "},{"id":3,"text":"तर जे भलो छ त्यो इस्राएलले इन्कार गरेको छ। एउटा वैरीले त्यसलाई खेद्नेछ। "},{"id":4,"text":"तिनीहरूले मेरो स्वीकृतिविना राजाहरू नियुक्त गर्छन्, तिनीहरूले मेरो स्वीकृतिविना भारदारहरू नियुक्त गर्छन्। तिनीहरूले आफ्नै विनाशको निम्ति आफ्ना सुन र चाँदीबाट आफ्ना लागि मूर्ति बनाउँछन्। "},{"id":5,"text":"ए सामरिया, तेरो बाछाको मूर्ति मिल्काइदे। मेरो रीस तिनीहरूका विरुद्धमा दन्केको छ। तिनीहरू कहिलेसम्म शुद्ध हुनलाई असक्षम रहन्छन्? "},{"id":6,"text":"तिनीहरू इस्राएलका हुन्। यो बाछो कारीगरले बनाएको हो। त्यो त परमेश्वर होइन। सामरियाको त्यो बाछो टुक्रै-टुक्रा पारिनेछ।"},{"id":7,"text":"“तिनीहरू बतास छर्दछन्, र तिनीहरूले भुमरीको कटनी गर्नेछन्। डाँठमा केही बाला लाग्दैन, तिनीहरूको केही फसल रहनेछैन। त्यो पसाइहाले तापनि विदेशीहरूले त्यो निलिहाल्नेछन्। "},{"id":8,"text":"इस्राएल निलिहालियो। त्यो जाति-जातिहरूका बीचमा निकम्मा वस्तुझैँ भएको छ। "},{"id":9,"text":"वन-गधा एकलै यताउता हिँड़िरहेझैँ तिनीहरू अश्शूरमा गए। एफ्राइमले ज्यालामा आफ्ना प्रेमीहरूसँग आफूलाई बेचेको छ। "},{"id":10,"text":"तिनीहरूले आफैलाई जाति-जातिमा बेचे पनि म अब तिनीहरूलाई एकसाथ जम्मा गर्नेछु। शक्तिशाली राजाको अत्याचारमुनि तिनीहरू कमजोर भएर जानेछन्।"},{"id":11,"text":"“एफ्राइमले पापबलिका धेरै वेदीहरूको संख्या बढ़ाए पनि ती त्यसको निम्ति पाप गर्ने वेदीहरू भएका छन्। "},{"id":12,"text":"मैले तिनीहरूका निम्ति धेरै विधिहरू मेरो व्यवस्थामा लेखें, तर तिनीहरूले तिनलाई पराई थोकजस्तै ठाने। "},{"id":13,"text":"मलाई दिइएका बलि तिनीहरू चढ़ाउँछन् अनि मासु तिनीहरू खान्छन्, तर परमप्रभु तिनीहरूसँग खुशी हुनुहुन्न। अब उहाँले तिनीहरूको अधर्म सम्झना गरेर तिनीहरूका पापका निम्ति दण्ड दिनुहुनेछ। तिनीहरू मिश्रदेशमा फर्केर जानेछन्। "},{"id":14,"text":"इस्राएलले आफ्ना सृष्टिकर्तालाई बिर्सेर महलहरू बनाएको छ, यहूदाले धेरै सहरमा किल्लाहरू निर्माण गरेको छ। तर म तिनीहरूका सहरहरूमा आगो लगाइदिनेछु, र त्यसले त्यसका किल्लाहरू भस्म पार्नेछ।”"}]},{"id":9,"title":"होशे 9","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/HOS/9-bf45cb03f224810cfc9a8ca72cb7ceaf.mp3?version_id=1483","verses":[{"id":1,"text":"ए इस्राएल, नरमाओ। अरू जाति-जातिहरूझैँ आनन्दले नरमाओ, किनकि तिमी आफ्ना परमेश्वरप्रति अविश्वासी भएका छौ! अन्नको प्रत्येक खलामा वेश्यावृत्तिको ज्याला लिन तिमीलाई मन पर्छ। "},{"id":2,"text":"अन्नका खला र दाखबारीका कोलले मानिसहरूलाई खुवाउनेछैनन्, नयाँ दाखमद्य तिनीहरूका निम्ति अपुग हुनेछ। "},{"id":3,"text":"तिनीहरू परमप्रभुको देशमा बस्नेछैनन्। एफ्राइम मिश्रदेशमा फर्किजानेछ, र अश्शूरमा अशुद्ध खानेकुरा खानेछ। "},{"id":4,"text":"तिनीहरूले परमप्रभुको सामु अर्घको रूपमा दाखमद्य खनाउनेछैनन्, न त तिनीहरूका बलिदानले उहाँ प्रसन्न हुनुहुनेछ। यस्ता बलिदानहरू तिनीहरूका लागि मरेकाहरूका निम्ति शोक गर्नेको रोटीझैँ हुनेछ। ती खाने सबै अशुद्ध हुनेछन्। यस्ता भोजन तिनीहरूका आफ्नै लागि हुनेछ, त्यो परमप्रभुको मन्दिरमा आउनेछैन।"},{"id":5,"text":"तिमीहरूका नियुक्त चाड़हरूका दिन, परमप्रभुका उत्सवका दिनमा तिमीहरू के गर्नेछौ? "},{"id":6,"text":"तिनीहरू सर्वनाशदेखि भागे तापनि मिश्रदेशले तिनीहरूलाई बटुल्नेछ, र मोपका मानिसहरूले तिनीहरूलाई गाड्नेछन्। तिनीहरूका चाँदीको धन-सम्पत्ति काँढ़ाघारीले पुर्नेछ। तिनीहरूका पालहरू काँढ़ाका झाँगहरूले भरिनेछन्। "},{"id":7,"text":"दण्ड दिने दिनहरू नजिकै छन्, प्रतिशोधका दिनहरू आइरहेछन्। इस्राएलले त्यो थाहा पाऊन्। तिम्रा धेरै पाप र ठूलो वैरभावको कारणले तिम्रो लागि अगमवक्ताचाहिँ मूर्ख र आत्माले प्रेरित भएको मानिसचाहिँ बौलाहासरह हुनेछ। "},{"id":8,"text":"अगमवक्ता मेरा परमेश्वरको साथसाथै एफ्राइमको रखवाली गर्ने हो, तापनि त्यसका सबै बाटोमा पासोहरू थापिएका छन्, र त्यसका परमेश्वरको भवनमा त्यसप्रति दुश्मनी छ। "},{"id":9,"text":"गिबाका दिनमा झैँ तिनीहरू आफूले आफैलाई साह्रै भ्रष्ट पारेका छन्। परमेश्वरले तिनीहरूका अधर्मको सम्झना गर्नुहुनेछ। उहाँले तिनीहरूका पापको दण्ड दिनुहुनेछ। "},{"id":10,"text":"“मैले इस्राएललाई पाउनुचाहिँ उजाड़-स्थानमा दाख पाउनु बराबर थियो। मैले तिमीहरूका पिता-पुर्खालाई देख्नुचाहिँ नेभाराका अगौटे फल देख्नु बराबर थियो। तर जब तिनीहरू बाल-पोरमा गए, तब तिनीहरूले आफैलाई त्यस घिनलाग्दो मूर्तिमा अर्पण गरे, र तिनीहरूले रुचाएको मूर्तिझैँ तिनीहरू घिनलाग्दा भए। "},{"id":11,"text":"एफ्राइमको गौरव पक्षी झैँ उड़िजानेछ। तिनीहरूमा न त कुनै जन्म, न कुनै गर्भवास, न गर्भधारण हुनेछ। "},{"id":12,"text":"तिनीहरूले छोराछोरी पाएर हुर्काए तापनि एउटै बालक पनि नरहने गरी म तिनीहरूलाई निस्सन्तान तुल्याउनेछु। हाय! तिनीहरूलाई, जब म तिनीहरूबाट फर्केर जानेछु! "},{"id":13,"text":"मैले एफ्राइमलाई टुरोसजस्तै सुन्दर स्थलमा रोपिएको देखें, तर एफ्राइमले आफ्नो छोराछोरीहरूलाई संहारको निम्ति डोर्याएर ल्याउनेछ।”"},{"id":14,"text":"हे परमप्रभु, तिनीहरूलाई दिनुहोस्— तपाईं तिनीहरूलाई के दिनुहुन्छ? तिनीहरूको गर्भ तुहोस् र स्तन सुकिजाने होस्।"},{"id":15,"text":"“गिलगालमा गरेका तिनीहरूका सारा खराबीको कारण मैले तिनीहरूलाई घृणा गरें। तिनीहरूका पापका कामले गर्दा म तिनीहरूलाई मेरो भवनबाट लघारिदिनेछु। म तिनीहरूलाई अब कहिल्यै प्रेम गर्नेछैनँ। तिनीहरूका सबै अगुवाहरू बागीहरू हुन्। "},{"id":16,"text":"एफ्राइममाथि प्रहार परेको छ! तिनीहरूको जरो सुक्यो। तिनीहरूमा फल लाग्दैनन्। तिनीहरूले छोराछोरी जन्माए तापनि तिनीहरूका प्रिय बालकहरू म मार्नेछु।"},{"id":17,"text":"मेरा परमेश्वरले तिनीहरूलाई इन्कार गर्नुहुनेछ, किनभने तिनीहरूले उहाँका कुरा पालन गरेका छैनन्। जाति-जातिहरूका बीचमा तिनीहरू फिरन्तेहरू हुनेछन्।"}]},{"id":10,"title":"होशे 10","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/HOS/10-d4b58cc7d4f16651278ec273138b97ec.mp3?version_id=1483","verses":[{"id":1,"text":"इस्राएल फिँजिरहेको दाखको बोट थियो, त्यसले त आफ्नै लागि फल फलायो। फलहरूको संख्या बढ्दैगएअनुसार त्यसले आफ्ना वेदीहरूको संख्या बढ़ायो। आफ्नो देशको उन्नतिअनुसार त्यसले आफ्ना चोखा ढुङ्गाहरू सिँगार्यो। "},{"id":2,"text":"तिनीहरूको हृदय छली छ। अब तिनीहरूले आफ्नो दोषको दण्ड भोग्नैपर्छ। परमप्रभुले तिनीहरूका वेदीहरू नाश गर्नुहुनेछ, तिनीहरूका चोखा ढुङ्गाहरू नाश गरिदिनुहुन्छ।"},{"id":3,"text":"तब तिनीहरूले भन्नेछन्, “हाम्रो राजा छैन, किनभने हामीले परमप्रभुको आदर गरेनौं। यदि हाम्रा निम्ति राजा भए पनि उनले हाम्रा निम्ति के गर्न सक्थे र?” "},{"id":4,"text":"तिनीहरूले धेरै प्रतिज्ञा गर्छन्, झूटा कसम खान्छन् र करारहरू बाँध्छन्। यसैकारण हलो जोतेको भूमिमा विषालु झार उम्रेझैँ न्यायका मुद्दाहरू बढ्छन्। "},{"id":5,"text":"सामरियामा बस्ने मानिसहरू बेथ-आवनका बाछाको मूर्तिको लागि डराउँछन्। त्यसका प्रजाले त्यसको निम्ति शोक गर्नेछन्, र त्यसका मूर्तिपूजक पूजाहारीहरू जसले त्यसको गौरवमा रमाहट गरेथे, तिनीहरूले विलाप गर्नेछन्, किनभने त्यो तिनीहरूबाट प्रवासमा लगिएको छ। "},{"id":6,"text":"ठूला राजाको सौगात स्वरूप त्यो अश्शूरमा लगिनेछ। एफ्राइम लाजमा पारिनेछ, इस्राएलचाहिँ आफ्नै काठका मूर्तिदेखि लज्जित हुनेछ। "},{"id":7,"text":"सामरिया र त्यसका राजाचाहिँ पानीमाथि बग्ने काठको टुक्राझैँ बगिजानेछन्। "},{"id":8,"text":"इस्राएलको पाप, अर्थात् दुष्टताका अल्गा-अल्गा ठाउँहरू नष्ट हुनेछन्। तिनका वेदीहरूमा काँढ़ा र सिउँड़ीहरूले ढाक्नेछन्। तब तिनीहरूले पहाड़हरूलाई भन्नेछन्, “हामीलाई छोप,” अनि डाँड़ाहरूलाई भन्नेछन्, “हामीमाथि खस।” "},{"id":9,"text":"“हे इस्राएल, गिबाको समयदेखि तैंले पाप गर्न सुरु गरिस्, र अझै त्यसैमा लागिरहेको छस्। दुष्ट काम गर्नेहरूका विरुद्धमा लड़ाइँले के गिबामा तिनीहरूलाई भेट्टाएन? "},{"id":10,"text":"जब मेरो इच्छा हुन्छ म तिनीहरूलाई दण्ड दिनेछु। तिनीहरूको दोबर अधर्मको निम्ति जाति-जातिहरूलाई बाँध्न तिनीहरू भेला हुनेछन्। "},{"id":11,"text":"एफ्राइमचाहिँ दाइँ गर्दा रमाउने सधाइएकी कोरली हो। यसकारण त्यसको सुन्दर काँधमा म जुवा हालिदिनेछु। म एफ्राइमलाई हाँक्नेछु। यहूदाले हलो जोत्नुपर्नेछ, र याकूबले डल्लाहरू फोर्नुपर्नेछ। "},{"id":12,"text":"आफ्ना निम्ति धार्मिकताका बीउ रोप, र अचूक प्रेमको कटनी गर। तिमीहरूको बाँझो बारी जोत। किनकि परमप्रभुलाई खोज्ने समय अहिले हो, जबसम्म उहाँ आएर तिमीहरूमाथि धार्मिकताको वृष्टि खन्याउनुहुन्छ। "},{"id":13,"text":"“तर तिमीहरूले त अधर्म रोपेका छौ। तिमीहरूले दुष्टताको कटनी गरेका छौ। तिमीहरूले छलको फल खाएका छौ। तिमीहरूले आफ्नै शक्तिमाथि भर परेका र आफ्नै योद्धाहरूमा भर परेका हुनाले, "},{"id":14,"text":"तिमीहरूका प्रजाको विरुद्धमा युद्धको गर्जन उठ्नेछ, र लड़ाइँमा शल्मनले बेथ-आर्बेललाई नाश गरेझैँ तिमीहरूका सबै गढ़ीहरू नाश गरिनेछन्— जुन समयमा आमाहरू आफ्ना नानीहरूसँगसँगै टुक्रै-टुक्रा पारिए। "},{"id":15,"text":"यसरी हे बेथेल हो, तिमीहरूको अत्यन्त दुष्टाताले गर्दा त्यो आइपर्नेछ। त्यस दिनको उज्यालो हुँदा, इस्राएलका राजालाई बिलकुलै सर्वनाश गरिनेछ।"}]},{"id":11,"title":"होशे 11","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/HOS/11-7b4dd13a089c6de4fcdf3679432184fe.mp3?version_id=1483","verses":[{"id":1,"text":"“जब इस्राएल बालक थियो तब मैले त्यसलाई प्रेम गरें, र मैले आफ्नो पुत्रलाई मिश्रदेशबाट बोलाएँ। "},{"id":2,"text":"तर जति-जति मैले इस्राएललाई बोलाएँ, त्यति-त्यति तिनीहरू मबाट टाढ़ा भए। तिनीहरूले बाल देवताहरूलाई बलि चढ़ाए, र खोपिएका मूर्तिहरूलाई धूप बाले। "},{"id":3,"text":"एफ्राइमलाई हातमा समातेर हिँड्न सिकाउने त म नै थिएँ। तर मैले तिनीहरूलाई निको पारें भनी तिनीहरूले जानेनन्। "},{"id":4,"text":"मैले तिनीहरूलाई मानिसजातिको मायाको डोरी, प्रेमको बन्धनले बाँधेर डोर्याएँ। तिनीहरूका काँधबाट जुवा उतारिदिएर तिनीहरूलाई खुवाउन म झुकें।"},{"id":5,"text":"“के तिनीहरू मिश्रदेशमा फर्केर जानेछैनन्, र अश्शूरले तिनीहरूमाथि शासन गर्नेछैन र? किनभने तिनीहरूले पश्चात्ताप गर्न अस्वीकार गरे। "},{"id":6,"text":"तिनीहरूका सहरहरूमा तरवार चल्नेछन्, र तिनीहरूका ढोकाहरूका बारहरू भत्काइदिनेछन्, र तिनीहरूका योजनाको अन्त्य गर्नेछन्। "},{"id":7,"text":"मेरा प्रजाले मबाट फर्किजाने सङ्कल्प गरेका छन्। तिनीहरूले सर्वोच्चलाई पुकारे तापनि उहाँले तिनीहरूलाई उच्च पार्नुहुनेछैन।"},{"id":8,"text":"“ए एफ्राइम, म तँलाई कसरी छोड़िदिन सक्छु र! ए इस्राएल, म तँलाई कसरी दुश्मनका हातमा सुम्पिदिन सक्छु? म तँलाई कसरी अदमालाई झैँ व्यवहार गर्न सक्छु? म तँलाई कसरी सबोयीमलाई झैँ बनाउन सक्छु! मेरो हृदय मभित्र परिवर्तित भएको छ। मेरो मन दयाले जागृत भएको छ। "},{"id":9,"text":"म मेरो प्रचण्ड रीस प्रयोग गर्नेछैनँ। म एफ्राइमलाई फेरि सर्वनाश गर्नेछैनँ। किनकि म परमेश्वर हुँ, मानिस होइनँ— तिमीहरूका बीचमा परमपवित्र। म क्रोधमा आउनेछैनँ। "},{"id":10,"text":"तिनीहरूले परमप्रभुलाई पछ्याउनेछन्। उहाँ सिंहझैँ गर्जनुहुन्छ। जब उहाँ गर्जनुहुन्छ, उहाँका बालकहरू थरथर काम्दै पश्चिमबाट आउनेछन्। "},{"id":11,"text":"तिनीहरू मिश्रदेशदेखि चराझैँ र अश्शूरदेखि ढुकुरझैँ थरथर काम्दै आउनेछन्, म तिनीहरूलाई आ-आफ्नै घरमा बसाल्नेछु,” परमप्रभु भन्नुहुन्छ।"},{"id":12,"text":"एफ्राइमले झूट र इस्राएलका घरानाले छलले मलाई घेरेका छन्। यहूदा परमेश्वरको विरुद्धमा, परमपवित्रको विरुद्धमा खड़ा भएको छ।"}]},{"id":12,"title":"होशे 12","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/HOS/12-1edcb367860efc0ecd6c8c8f429f353c.mp3?version_id=1483","verses":[{"id":1,"text":"एफ्राइमले बतास खान्छ, त्यसले सारा दिन पूर्वीय बतासलाई खेद्छ। त्यसले निरन्तर झूट र हिंसाको संख्या बढ़ाउँछ। त्यसले अश्शूरसित सन्धि गर्छ, र मिश्रदेशमा जैतूनको तेल पठाउँछ। "},{"id":2,"text":"यहूदाको विरुद्धमा परमप्रभुको एउटा आरोप छ। अनि याकूबलाई तिनका चालअनुसार उहाँले दण्ड दिनुहुनेछ, र तिनका कामअनुसार उहाँले तिनलाई बदला दिनुहुनेछ। "},{"id":3,"text":"गर्भमा तिनले आफ्नो दाजुको कुर्कुच्चो पक्रे, र जवान भएपछि तिनले परमेश्वरसँग लड़न्त गरे। "},{"id":4,"text":"तिनले स्वर्गदूतसित लड़न्त गरे, र उनलाई जिते। तिनी रोए र उनीसित निगाहको निम्ति बिन्ती गरे। तिनले बेथेलमा उहाँलाई भेटे, र उहाँसँग तिनले बातचीत गरे— "},{"id":5,"text":"सर्वशक्तिमान् परमप्रभु परमेश्वरसँगै। उहाँको नाउँ प्रसिद्ध छ। "},{"id":6,"text":"तर तिमीहरू आफ्ना परमेश्वरतिर फर्कनैपर्छ। प्रेम र न्याय कायम राख, र निरन्तर आफ्ना परमेश्वरको प्रतीक्षा गर।"},{"id":7,"text":"व्यापारीले छलको तराजू प्रयोग गर्छ, छल गर्न त्यो मन पराउँछ। "},{"id":8,"text":"एफ्राइमले यस कुराको घमण्ड गर्छ, “म असाध्य धनी छु, म धनाढ्य भएको छु। मेरा सारा धन-सम्पत्तिले गर्दा तिनीहरूले ममा कुनै अधर्म पाउनेछैनन्।”"},{"id":9,"text":"“म तेरा परमप्रभु परमेश्वर हुँ। मैले तँलाई मिश्रदेशदेखि ल्याएको छु। तेरा ठहराइएका चाड़का दिनमा झैँ म तँलाई फेरि पालहरूमा बस्न लाउनेछु। "},{"id":10,"text":"मैले अगमवक्ताहरूसित कुरा गरें, तिनीहरूलाई धेरै दर्शनहरू दिएँ, र तिनीहरूद्वारा मैले दृष्टान्तहरू दिएँ।”"},{"id":11,"text":"के गिलाद दुष्ट छ? त्यसका मानिसहरू बेकामका छन्! के तिनीहरू गिलगालमा साँढ़ेहरूको बलि गर्छन्? तिनीहरूका वेदीहरू हलो जोतेका खेतमा ढुङ्गाका रासजस्तै हुनेछन्। "},{"id":12,"text":"याकूब भागेर अरामको देशमा गए। इस्राएलले एउटी पत्नीको निम्ति चाकरी गरे, र त्यसको ज्यालाको निम्ति भेड़ाहरू चराए। "},{"id":13,"text":"परमप्रभुले इस्राएललाई मिश्रदेशबाट निकालेर ल्याउन एक जना अगमवक्ता प्रयोग गर्नुभयो, र एक जना अगमवक्ताद्वारा उहाँले तिनको हेरचाह गर्नुभयो। "},{"id":14,"text":"तर एफ्राइमले उहाँलाई असाध्यै रीस उठाएको छ। त्यसका परमप्रभुले त्यसले बगाएको रगतको दोष त्यसमाथि रहन दिनुहुनेछ, र त्यसका अवहेलनाको निम्ति उहाँले बदला लिनुहुनेछ।"}]},{"id":13,"title":"होशे 13","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/HOS/13-cde8b0b0f8728fa20e7d40331c300cd6.mp3?version_id=1483","verses":[{"id":1,"text":"एफ्राइम बोल्दा मानिसहरू काम्थे। इस्राएलमा त्यो उच्च पारियो, तर बाल देवताको पूजा गरेर त्यो दोषी भयो र त्यसको मृत्यु भयो। "},{"id":2,"text":"अब तिनीहरू झन् बढ़ी पाप गर्छन्। तिनीहरूले आफ्ना निम्ति आफ्नो चाँदीले ढालिएको मूर्ति बनाउँछन्, अर्थात् चतुर्याइँसित आकृति निकालेका मूर्तिहरू, ती सबै शिल्पकारका कामहरू हुन्। यी मानिसहरूका विषयमा यो भनिएको छ, “तिनीहरू मानव-बलि चढ़ाउँछन्, बाछाका मूर्तिलाई चुम्बन गर्दछन्।” "},{"id":3,"text":"यसैकारण तिनीहरू बिहानको कुइरो, सबेरै बिलाउने शीत, हुरीले खलाबाट उड़ाइलैजाने भुस, र झ्यालबाट निस्कने धूवाँझैँ हुनेछन्।"},{"id":4,"text":"“तर म त परमप्रभु तिमीहरूका परमेश्वर हुँ। मैले तिमीहरूलाई मिश्रदेशबाट निकालेर ल्याएको छु। मबाहेक तिमीहरूले अर्को कुनै ईश्वरलाई, अर्को कुनै उद्धारकलाई स्वीकार गर्नेछैनौ। "},{"id":5,"text":"मरुभूमि, अर्थात् चर्को गर्मी भएको देशमा मैले नै तिमीहरूको हेरचाह गरें। "},{"id":6,"text":"जब मैले तिनीहरूलाई खुवाएँ, तब तिनीहरू सन्तुष्ट भए। जब तिनीहरू सन्तुष्ट भए, तब तिनीहरू घमण्डी भए। त्यसपछि तिनीहरूले मलाई भुलिहाले। "},{"id":7,"text":"यसैले म तिनीहरूकहाँ सिंहजस्तै आउनेछु। चितुवाझैँ तिनीहरूको बाटोमा म ढुकिबस्नेछु। "},{"id":8,"text":"छाउराहरू खोसिएको माउ भालूझैँ तिनीहरूलाई आक्रमण गरेर म तिनीहरूलाई च्यातचुत पार्नेछु। सिंहझैँ म तिनीहरूलाई भक्षण गर्नेछु। जङ्गली जन्तुले तिनीहरूलाई फहराउनेछ।"},{"id":9,"text":"“हे इस्राएल, म तिमीहरूलाई सर्वनाश गर्नेछु, किनकि तिमीहरू मेरो विरुद्धमा, तिमीहरूका सहायकको विरुद्धमा छौ। "},{"id":10,"text":"तिमीहरूको राजा कहाँ छ, कि त्यसले तिमीहरूलाई बचाउन सकोस्? तिमीहरूका सबै नगरका शासकहरू कहाँ छन्, जसका विषयमा तिमीहरू भन्थ्यौ, ‘हामीलाई एउटा राजा र राजकुमारहरू दिनुहोस्’? "},{"id":11,"text":"यसैले मेरो रीसमा मैले तिमीहरूलाई एउटा राजा दिएँ, र मेरो क्रोधमा मैले त्यसलाई उठाइलगें। "},{"id":12,"text":"एफ्राइमको दोष सञ्चित गरिएको छ। त्यसका पापहरूको लेखा राखिएको छ। "},{"id":13,"text":"स्त्रीको प्रसववेदनाजस्तै त्यसमाथि दु:ख आउनेछ। तर त्यो अज्ञान बालकझैँ छ, जन्मने समय त्यो गर्भको मुखमा आउँदैन।"},{"id":14,"text":"“म तिनीहरूलाई चिहानको शक्तिदेखि मोल तिरेर छुटाउनेछु। म तिनीहरूलाई मृत्युदेखि मुक्त गर्नेछु। ए मृत्यु, तेरा महामारीको प्रकोप कहाँ छ? ए चिहान, तेरो नाश गर्ने शक्ति कहाँ छ? "},{"id":15,"text":"“आफ्ना दाजुभाइहरूका बीचमा त्यसको फलिफाप भयो भने पनि म त्यसप्रति दयालु हुनेछैनँ। परमप्रभुबाट एउटा पूर्वीय बतास मरुभूमितिरबाट बहेर आउनेछ। त्यसको मुहान सुक्नेछ, र त्यसको इनार सुकिजानेछ। त्यसका सबै बहुमूल्य वस्तुको भण्डार लुटिनेछ। "},{"id":16,"text":"सामरियाका मानिसहरूले आफ्नो दोष भोग्नैपर्छ, किनभने तिनीहरू आफ्ना परमेश्वरको विरुद्धमा बागी भएका छन्। तिनीहरू तरवारले ढल्नेछन्। तिनीहरूका बालकहरू भूइँमा लड़ाइएर मारिनेछन्, र तिनीहरूका गर्भवती स्त्रीहरूका पेट चिरिनेछन्।”"}]},{"id":14,"title":"होशे 14","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/HOS/14-71953d678c7cf61e5ae87ab89579f2e2.mp3?version_id=1483","verses":[{"id":1,"text":"ए इस्राएल, परमप्रभु आफ्ना परमेश्वरतिर फर्केर आओ। तिम्रा पापहरू नै तिम्रो पतनका कारण हुन्। "},{"id":2,"text":"वचनहरू लिएर परमप्रभुतिर फर्क। उहाँलाई भन, “हाम्रा सबै पापहरू क्षमा गर्नुहोस्, र अनुग्रहपूर्वक हामीलाई ग्रहण गर्नुहोस्, र हामी आफ्ना ओठको फल चढ़ाउन सकौं। "},{"id":3,"text":"अश्शूरले हामीलाई बचाउन सक्दैन। हामी युद्धका घोड़ाहरूमाथि सवार हुनेछैनौं। हामी फेरि कहिल्यै आफ्नै हातले बनाएका थोकलाई ‘हाम्रा देवताहरू’ भनी भन्नेछैनौं, किनकि टुहुराहरूले तपाईंबाट कृपा पाउँदछन्।”"},{"id":4,"text":"“तिनीहरू मबाट तर्किगएकामा म तिनीहरूलाई क्षमा गर्नेछु। म तिनीहरूलाई सित्तैँमा प्रेम देखाउनेछु, किनकि मेरो रीस तिनीहरूदेखि फर्केको छ। "},{"id":5,"text":"म इस्राएलको निम्ति शीतझैँ हुनेछु। त्यो लिली फूलझैँ फुल्नेछ। लेबनानको देवदारुझैँ त्यसका जरा गड्नेछन्। "},{"id":6,"text":"त्यसका भर्खरै पलाएका मुनाहरू बढ्नेछन्। त्यसको प्रताप जैतूनको रूखझैँ हुनेछ। त्यसको बास्ना लेबनानको देवदारुझैँ हुनेछ। "},{"id":7,"text":"मानिसहरू फेरि त्यसको छहारीमा बस्नेछन्। मकैझैँ त्यो लहलह बढ्नेछ र दाखको बोटझैँ त्यो फुल्नेछ, र त्यसको ख्याति लेबनानको दाखमद्यजस्तै हुनेछ। "},{"id":8,"text":"हे एफ्राइम, मूर्तिहरूसित मेरो के काम? म त्यसलाई जवाफ दिनेछु र त्यसको वास्ता गर्नेछु। म एउटा हरियो सल्लोको रूखझैँ छु। मबाटै तँ फलवन्त हुनेछस्।”"},{"id":9,"text":"को बुद्धिमान् छ? उसले यी कुराहरू याद गर्नेछ। को समझदार छ? त्यसले यी कुराहरू बुझ्नेछ। परमप्रभुका मार्ग ठीक छन्। धर्मी जन तिनैमा हिँड्छन्, तर बागीहरू तिनमा ठेस खान्छन्।"}]}]}