-
Notifications
You must be signed in to change notification settings - Fork 0
/
Copy pathEXO.json
1 lines (1 loc) · 419 KB
/
EXO.json
1
{"chapters":[{"id":0,"title":"पुस्तक परिचय","verses":[{"id":1,"text":"प्रस्थानको पुस्तकको शीर्षक प्रस्थान १:१ र उत्पत्ति ४६:८ “आ-आफ्नो परिवार लिएर याकूबसित मिश्रमा जाने इस्राएलका छोराहरूका नाउँ यिनै हुन्” बाट राखिएको हो। यसकारण प्रस्थानको पुस्तक एउटा छुट्टै घटना क्रमको पुस्तक पनि हो।"},{"id":2,"text":"आफ्ना जन इस्राएलीहरूलाई पाप र दासत्वको बन्धनबाट अचम्मको छुटकारा दिने शक्तिशाली ईश्वरको रूपमा हामी परमेश्वरलाई यस पुस्तकमा भेट्टाउँछौं। यस पुस्तकले परमेश्वरको नाम, गुणहरू, छुटकाराको काम, व्यवस्था र उहाँको आराधना कसरी गर्ने भन्ने बारेमा ईश्वर-विज्ञानको जग बसाल्ने काम गरेको छ। यस बाहेक परमेश्वरले आफ्ना मानिसलाई वास्ता र सम्झना गर्नुहुन्छ भन्ने कुरा मुख्य रूपमा उल्लेख गरिएको छ (प्रस्थान २:२४; ३:१५-१७; ६:२-८; १९:३-८)।"}]},{"id":1,"title":"प्रस्थान 1","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EXO/1-178d47458f0a1643227ff254f1469b83.mp3?version_id=1483","verses":[{"id":1,"text":"आ-आफ्नो परिवार लिएर याकूबसित मिश्रमा आउने इस्राएलका छोराहरूका नाउँ यी नै हुन्: "},{"id":2,"text":"रूबेन, शिमियोन, लेवी र यहूदा, "},{"id":3,"text":"इस्साखार, जबूलून, र बेन्यामीन, "},{"id":4,"text":"दान, नप्ताली, गाद र आशेर। "},{"id":5,"text":"याकूबका सन्तानमा जम्मा सत्तरी जना थिए। योसेफचाहिँ अघिबाटै मिश्रमा थिए।"},{"id":6,"text":"योसेफ र तिनका सबै दाजुभाइहरू र त्यस पुस्ताका सबै जना मरे। "},{"id":7,"text":"तर इस्राएलका सन्तान फल्दै-फुल्दै र संख्यामा अति धेरै हुँदैगए, यहाँसम्म कि सारा देश तिनीहरूद्वारा भरियो। "},{"id":8,"text":"तब मिश्रमा योसेफलाई नचिन्ने एक जना नयाँ राजाले शासन गर्न थाले। "},{"id":9,"text":"उनले आफ्ना प्रजालाई भने, “हेर, इस्राएलीहरू संख्यामा हामीभन्दा अति धेरै र अति शक्तिशाली भएका छन्। "},{"id":10,"text":"अब हामीले तिनीहरूसित बुद्धिले काम लिनुपर्छ, नत्रता तिनीहरू संख्यामा अझ बढ्दैजानेछन्, र यदि युद्ध भयो भने हाम्रा शत्रुहरूसँग मिलेर हाम्रै विरुद्धमा लड़ाइँ गर्नेछन् र देश छाड़ेर जानेछन्।” "},{"id":11,"text":"यसैकारण उनीहरूले तिनीहरूलाई कठोर काम लगाएर सताउनलाई तिनीहरूमाथि नाइकेहरू खटाए, र तिनीहरूले फारोको निम्ति पिताम र रामसेस भन्ने भण्डारका सहरहरू बनाए। "},{"id":12,"text":"तर जति-जति उनीहरूले तिनीहरूलाई सताए उति-उति तिनीहरूको संख्या बढ्न लाग्यो, र तिनीहरू झन्-झन् फैलिँदैगए। यसैले इस्राएली जातिसँग उनीहरू डराउन लागे। "},{"id":13,"text":"यसकारण मिश्रीहरूले इस्राएली जातिलाई निर्दयपूर्वक काममा लगाए, "},{"id":14,"text":"अनि मसला र इँटको र खेतका सबै किसिमका कठोर काम गर्न लगाएर तिनीहरूको जीवनै तीतो बनाइदिए।"},{"id":15,"text":"तब मिश्रका राजाले शिप्रा र पूआ नाउँ भएका हिब्रू सुँड़ेनीहरूलाई बोलाएर भने, "},{"id":16,"text":"“जब हिब्रू स्त्रीहरूले बच्चा जन्माउँछन् र उनीहरूलाई जन्माउने पिरामा हेरचाह गर्छौ, तब छोरो रहेछ भने त्यसलाई मार। तर छोरी रहिछ भने त्यसलाई जिउँदै राख।” "},{"id":17,"text":"तर सुँड़ेनीहरू परमेश्वरसँग डराउँथे, र मिश्रका राजाले आज्ञा गरेबमोजिम गरेनन्, तर छोराहरूलाई पनि जिउँदै राखे। "},{"id":18,"text":"यसैले मिश्रका राजाले सुँड़ेनीहरूलाई बोलाएर सोधे, “तिमीहरूले छोराहरूलाई किन छोड़्यौ? यसो किन गर्यौ?”"},{"id":19,"text":"सुँड़ेनीहरूले फारोलाई भने, “हिब्रू स्त्रीहरू मिश्री स्त्रीहरूजस्ता छैनन्। तिनीहरू हट्टाकट्टा छन्, र सुँड़ेनी पुग्नुभन्दा अघि नै बच्चा जन्माइसकेका हुन्छन्।”"},{"id":20,"text":"अनि परमेश्वरले सुँड़ेनीहरूमाथि दया देखाउनुभयो, र इस्राएलीहरू संख्यामा झन् बढ्दैगए र शक्तिशाली भए। "},{"id":21,"text":"सुँड़ेनीहरूले परमेश्वरको डर मानेका हुनाले उहाँले तिनीहरूलाई सन्तान दिनुभयो।"},{"id":22,"text":"तब फारोले आफ्ना सारा प्रजालाई यसो भनेर आज्ञा दिए, “हिब्रूहरूका जति छोरा जन्मन्छन् तिनीहरू सबैलाई नील नदीमा फालिदिनू, तर छोरीहरू जतिलाई चाहिँ जीवितै राख्नू।” "}]},{"id":2,"title":"प्रस्थान 2","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EXO/2-0e3cae51eb808d78e508251384c05d9e.mp3?version_id=1483","verses":[{"id":1,"text":"अब लेवीका कुलका एक जना मानिसले लेवीकै कुलकी एउटी केटीलाई विवाह गरे। "},{"id":2,"text":"अनि ती स्त्री गर्भवती भइन् र एक जना छोरो जन्माइन्। त्यस बालकलाई सुन्दर देखेर तिनले त्यसलाई तीन महिनासम्म लुकाइराखिन्। "},{"id":3,"text":"जब तिनले त्यसलाई अझ लुकाउन सकिनन्, तब त्यसको निम्ति कुशको एउटा टोकरी ल्याइन्, र त्यसलाई तारपीन र अलकत्राले लिपेर बालकलाई त्यसैमा राखेर नील नदीको तीरमा नर्कट झाड़ीको बीचमा राखिदिइन्। "},{"id":4,"text":"अनि बालककी दिदीचाहिँ त्यसलाई के हुँदोरहेछ भनेर हेर्नलाई टाढ़ामा उभिरही।"},{"id":5,"text":"यसै बीचमा फारोकी छोरी नील नदीमा नुहाउनलाई आइन्। तिनका सहेलीहरूचाहिँ नदीको किनारमा टहल्न लागे। तिनले झाड़ीको बीचमा त्यो टोकरी देखिन्, र आफ्नी दासीलाई त्यो लिन पठाइन्। "},{"id":6,"text":"तिनले त्यो खोल्दा बालकलाई देखिन्। त्यो बालक रोइरहेको थियो, अनि तिनले टिठ्याएर त्यसलाई हेरिन् र भनिन्, “यो हिब्रूहरूको कोही एउटा बालक हो।”"},{"id":7,"text":"तब त्यस बालककी दिदीले फारोकी छोरीलाई भनी, “के म गएर हिब्रू स्त्रीहरूमध्ये कोही धाईलाई हजूरको निम्ति यस बालकलाई दूध खुवाउन बोलाएर ल्याऊँ?”"},{"id":8,"text":"तब फारोकी छोरीले त्यसलाई भनिन्, “हुन्छ, जा।” अनि त्यो ठिटी गएर बालककी आमालाई बोलाएर ल्याई। "},{"id":9,"text":"तब फारोकी छोरीले तिनलाई भनिन्, “यस बालकलाई लगेर मेरो निम्ति दूध खुवाउने गर्, र म तेरो ज्याला दिनेछु।” यसैले ती स्त्रीले बालकलाई लगिन्, र त्यसलाई दूध खुवाउने गरिन्। "},{"id":10,"text":"बालक ठूलो भएपछि तिनले त्यसलाई फारोकी छोरीकहाँ ल्याइन्, र त्यो तिनको छोरो भयो। तिनले त्यसको नाउँ मोशा राखिन्, किनकि तिनले भन्थिन्, “मैले यसलाई पानीबाट निकालेकी हुँ।” "},{"id":11,"text":"जब मोशा ठूला भए तब तिनी आफ्ना भाइबन्धुहरूकहाँ गए, र तिनीहरूले गरेका कठिन काम देखे। तिनले आफ्ना भाइबन्धुहरूमध्ये एक जनालाई, अर्थात् एक जना हिब्रूलाई एक जना मिश्रीले हिर्काइरहेको देखे। "},{"id":12,"text":"तब तिनले यताउता हेरे, र कोही पनि नदेख्दा त्यस मिश्रीलाई मारेर बालुवामा पुरिदिए। "},{"id":13,"text":"भोलिपल्ट त्यहाँ जाँदा दुई जना हिब्रूहरू आपसमा कुटपिट गरिरहेका तिनले देखे। तिनले अन्याय गर्नेचाहिँलाई भने, “तिमी आफ्नै हिब्रू मान्छेलाई किन हिर्काउँछौ?”"},{"id":14,"text":"त्यसले भन्यो, “कसले तिमीलाई हाम्रो शासक र न्यायकर्ता तुल्यायो? त्यस मिश्रीलाई मारेजस्तो मलाई पनि मार्न चाहन्छौ?” तब मोशाले डराएर मनमनै भने, “अवश्य यो कुरो फिँजिन लागेछ।”"},{"id":15,"text":"फारोलाई यो कुरा थाहा भयो र उनले मोशालाई मार्ने विचार गरे। तब मोशा फारोदेखि भागेर मिद्यान देशमा गए र त्यहाँ एउटा कूवानेर बसे। "},{"id":16,"text":"मिद्यानका पूजाहारीका सात जना छोरीहरू थिए। तिनीहरू त्यहाँ पानी भर्नलाई आए, र आफ्ना बुबाका भेड़ाबाख्रालाई पानी खुवाउन डूँड़ भर्न लागे। "},{"id":17,"text":"यसै बीचमा गोठालाहरू आएर तिनीहरूलाई धपाउन लागे। तर मोशा उठेर तिनीहरूलाई सहायता गरे, र तिनीहरूका भेड़ाबाख्राहरूलाई पानी खान दिए। "},{"id":18,"text":"जब तिनीहरू आफ्ना बुबा रूएलकहाँ आए तब उनले सोधे, “तिमीहरू कसरी आज यति चाँड़ै आयौ?”"},{"id":19,"text":"तिनीहरूले भने, “एक जना मिश्रीले हामीलाई गोठालाहरूका हातबाट छुटाए। त्यसबाहेक तिनले हाम्रा निम्ति पानी तानेर भेड़ाबाख्राहरूलाई पनि पानी खान दिए।”"},{"id":20,"text":"तब उनले आफ्ना छोरीहरूलाई भने, “तिनी कहाँ छन्? किन तिमीहरूले ती मानिसलाई छोड़ेर आयौ? जाओ, र हामीसित खान तिनलाई बोलाएर ल्याओ।”"},{"id":21,"text":"तब मोशा ती मानिससित बस्न राजी भए। उनले आफ्नी छोरी सिप्पोराचाहिँ मोशालाई विवाहमा दिए। "},{"id":22,"text":"सिप्पोराले एक जना छोरो जन्माइन्, र मोशाले त्यसको नाउँ गेर्शोम राखे, किनकि तिनले भने, “म विदेशमा प्रवासी भएर बसेको छु।”"},{"id":23,"text":"धेरै दिन बितेपछि मिश्रका राजा मरे। इस्राएली जातिले दासत्वको कारण सुस्केरा हालेर पुकारा गर्न लागे। दासत्वको बन्धनमा तिनीहरूले गरेको पुकारा परमेश्वरकहाँ पुग्यो। "},{"id":24,"text":"परमेश्वरले तिनीहरूको सुस्केरा सुन्नुभयो, र अब्राहाम, इसहाक र याकूबसित गर्नुभएको आफ्नो करार सम्झनुभयो। "},{"id":25,"text":"यसैले परमेश्वरले इस्राएलीहरूमाथि नजर राख्नुभयो, र उहाँ तिनीहरूको अवस्थामा चिन्तित हुनुभयो।"}]},{"id":3,"title":"प्रस्थान 3","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EXO/3-9e76c7bad133eb8ed2482127043b68c4.mp3?version_id=1483","verses":[{"id":1,"text":"मोशाले आफ्ना ससुरा मिद्यानका पूजाहारी यित्रोका भेड़ाबाख्रा चराइरहेका थिए, र तिनले भेड़ाबाख्रा चराउँदै उजाड़-स्थानको पारितिर परमेश्वरको पर्वत, अर्थात् होरेबसम्मै लगे। "},{"id":2,"text":"त्यहाँ एउटा जलिरहेको पोथ्राको ज्वालामा परमप्रभुका दूत तिनीकहाँ प्रकट भए, र तिनले पोथ्रालाई हेरे। त्यो पोथ्रा जलिरहेको थियो— तापनि भस्म हुँदैनथ्यो। "},{"id":3,"text":"मोशाले भने, “अब म छेवैमा गएर यो गजबको दृश्यलाई हेर्नेछु। त्यो पोथ्रा किन भस्म हुँदोरहेनछ?”"},{"id":4,"text":"जब हेर्नलाई तिनी त्यतातिर लागेका परमप्रभुले देख्नुभयो, तब परमेश्वरले पोथ्राको बीचबाट “मोशा, ए मोशा” भनेर तिनलाई बोलाउनुभयो।अनि तिनले भने “म यहीँ छु।”"},{"id":5,"text":"तब परमेश्वरले भन्नुभयो, “यता नजिक नआइज। तेरो खुट्टाबाट जुत्ता फुकाल्, किनभने तँ उभिएको यो ठाउँ पवित्र भूमि हो।” "},{"id":6,"text":"उहाँले अझै भन्नुभयो, “म तेरा पिता-पुर्खाका परमेश्वर हुँ। अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुँ।” तब मोशाले आफ्नो मुख ढाके, किनकि तिनी परमेश्वरलाई हेर्न डराए।"},{"id":7,"text":"तब परमप्रभुले भन्नुभयो, “मिश्रमा भएका मेरा प्रजाको दु:ख मैले देखेको छु, र कामदारहरूको अत्याचारमा तिनीहरूले पुकारा गरेका मैले सुनेको छु। तिनीहरूको दु:ख मलाई थाहा छ। "},{"id":8,"text":"यसैले तिनीहरूलाई मिश्रीहरूका हातबाट छुटकारा दिएर त्यस देशबाट एक असल र ठूलो देश, अर्थात् दूध र मह बग्ने देश— कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूका देशमा ल्याउनलाई म ओर्लिएको छु। "},{"id":9,"text":"अब हेर्, इस्राएलीहरूको पुकारा मकहाँ आइपुगेको छ। मिश्रीहरूले तिनीहरूमाथि गरेको अत्याचार मैले देखेको छु। "},{"id":10,"text":"यसकारण अब जा, मेरा प्रजा, अर्थात् इस्राएलीहरूलाई मिश्रबाट निकालेर ल्याउन म तँलाई फारोकहाँ पठाउँदैछु।”"},{"id":11,"text":"तर मोशाले परमेश्वरलाई भने, “फारोकहाँ गएर इस्राएलीहरूलाई मिश्रबाट ल्याउन सक्ने म को हुँ र?”"},{"id":12,"text":"अनि परमेश्वरले भन्नुभयो, “म तँसित हुनेछु, र मैले तँलाई पठाएको हुँ भन्ने कुराको चिन्ह तँलाई यो हुनेछ: जब तैंले ती मानिसहरूलाई मिश्रबाट निकालेर ल्याउनेछस्, तब तिमीहरूले यही पर्वतमा परमेश्वरको आराधना गर्नेछौ।”"},{"id":13,"text":"मोशाले परमेश्वरलाई भने, “हेर्नुहोस्, जब म इस्राएलीहरूकहाँ गएर तिनीहरूलाई भन्नेछु, ‘तिमीहरूका पिता-पुर्खाका परमेश्वरले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो,’ तब तिनीहरूले ‘उहाँको नाउँ के हो त?’ भनेर सोधे भने, मैले तिनीहरूलाई के भन्ने?” "},{"id":14,"text":"तब परमेश्वरले मोशालाई भन्नुभयो, “म हुँ जो म हुँ।” फेरि उहाँले भन्नुभयो, इस्राएलीहरूलाई तैंले यसो भन्नू, “म हुँ” भन्नेले तिमीहरूकहाँ मलाई पठाउनुभएको हो। "},{"id":15,"text":"परमेश्वरले मोशालाई यो पनि भन्नुभयो, “इस्राएलीहरूलाई भन्, परमप्रभु, तिमीहरूका पिता-पुर्खाका परमेश्वर, अर्थात् अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वरले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो। मेरो नाउँ सदा यही रहनेछ, र सबै पुस्तासम्म मेरो नाउँको सम्झना यही हुनेछ।"},{"id":16,"text":"“जा, गएर इस्राएलका धर्म-गुरुहरूलाई जम्मा गरेर तिनीहरूलाई भन्: ‘परमप्रभु, तिमीहरूका पिता-पुर्खाका परमेश्वर, अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर मकहाँ प्रकट भएर भन्नुभयो, मैले तिमीहरूको हेर-विचार गरेको छु र मिश्रमा तिमीहरूले जे भोग्दैछौ सो मैले देखेको छु। "},{"id":17,"text":"मैले तिमीहरूलाई मिश्रको कष्टबाट निकालेर कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूको देश, एउटा दूध र मह बग्ने देशमा लैजाने निश्चय गरेको छु’।”"},{"id":18,"text":"“इस्राएलका धर्म-गुरुहरूले तेरो कुरा सुन्नेछन्। तब तँ र इस्राएलका ती धर्म-गुरुहरू मिश्रका राजाकहाँ जानेछौ, र तिमीहरूले त्यसलाई भन्नेछौ, ‘परमप्रभु हिब्रूहरूका परमेश्वरले हामीसित भेट गर्नुभएको छ, र अब हामी बिन्ती गर्दछौं, कि परमप्रभु हाम्रा परमेश्वरको निम्ति बलि चढ़ाउनलाई उजाड़-स्थानमा हामीलाई तीन दिनको यात्रामा जाने अनुमति दिनुहोस्।’ "},{"id":19,"text":"तर मलाई थाहा छ, कि मिश्रको राजाले करमा परेर मात्र तिमीहरूलाई जान दिनेछ। "},{"id":20,"text":"यसकारण म मेरो हात उठाएर त्यहाँ तिनीहरूका बीचमा मेरा सारा आश्चर्यकर्महरूद्वारा मिश्रीहरूलाई प्रहार गर्नेछु, र त्यसपछि उनले तिमीहरूलाई जान दिनेछन्।"},{"id":21,"text":"“म यस जातिमाथि मिश्रीहरूको निगाह राखिदिनेछु, र तिमीहरू जाँदा रित्तो हात लिएर जानेछैनौ। "},{"id":22,"text":"हरेक स्त्रीले आफ्नो छिमेकी र त्यसको घरमा बस्ने स्त्रीलाई सुन र चाँदीका गहनाहरू र लुगाफाटाहरू माग्नेछ, र तिमीहरूले ती आ-आफ्ना छोराछोरीहरूलाई लगाइदिनेछौ। यसरी तिमीहरूले मिश्रीहरूलाई लुट्नेछौ।”"}]},{"id":4,"title":"प्रस्थान 4","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EXO/4-aea609f2d466d6e4ad1e6b0d19a3e19f.mp3?version_id=1483","verses":[{"id":1,"text":"मोशाले भने, “यदि तिनीहरूले मलाई पत्याएनन् र मेरा कुरा नसुनी ‘परमप्रभु तिमीकहाँ देखा पर्नुभएको होइन’ भनेर जवाफ दिए भने, के गर्ने?”"},{"id":2,"text":"तब परमप्रभुले तिनलाई भन्नुभयो, “तेरो हातमा के छ?”तिनले भने, “लट्ठी।”"},{"id":3,"text":"परमप्रभुले भन्नुभयो, “त्यो भूइँमा फाल्।”मोशाले त्यो भूइँमा फालिदिए, र त्यो एउटा सर्प भयो, र मोशा त्यसदेखि डराएर भागे। "},{"id":4,"text":"तब परमेश्वरले मोशालाई भन्नुभयो, “तेरो हात लम्काएर त्यसको पुच्छरमा समात्।” अनि मोशाले हात लम्काएर समाते, र त्यो तिनको हातमा फेरि लट्ठी नै भइहाल्यो। "},{"id":5,"text":"परमप्रभुले भन्नुभयो, “तिनीहरूले तिनीहरूका पिता-पुर्खाका परमेश्वर, अर्थात् अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर तँकहाँ देखा पर्नुभएको हो रहेछ भनी तिनीहरूले यही कामबाट पत्याऊन्।”"},{"id":6,"text":"तब परमप्रभुले तिनलाई अझै यसो भन्नुभयो, “तेरो हात आफ्नो खास्टोभित्र हाल्।” तिनले आफ्नो हात खास्टोभित्र हाले, र जब तिनले त्यो बाहिर निकाले, तब त्यो कुष्ठरोग लागेर हिउँजस्तै सेतो भएको रहेछ।"},{"id":7,"text":"उहाँले तिनलाई भन्नुभयो, “तेरो हात फेरि खास्टोभित्र हाल्।” तिनले फेरि आफ्नो हात खास्टोभित्र हाले, र जब फेरि निकाले, तब त्यो आफ्नो शरीरको अरू मासुजस्तै भइहाल्यो।"},{"id":8,"text":"तब परमेश्वरले भन्नुभयो, “तिनीहरूले तेरा कुरा पत्याएनन् र त्यो पहिलो चिन्हलाई वास्ता गरेनन् भने, शायद तिनीहरूले पछिल्लो चिन्हलाई पत्याउनेछन्। "},{"id":9,"text":"तर तिनीहरूले यी दुवै चिन्हहरू पनि पत्याएनन् र तेरा कुरा पनि सुनेनन् भने, नील नदीका केही पानी लिएर सुक्खा जमिनमा खन्याइदे। तैंले नील नदीबाट लिएको त्यो पानी जमिनमा रगत हुनेछ।”"},{"id":10,"text":"त्यसपछि मोशाले परमप्रभुलाई भने, “प्रभु, म बोल्नमा उस्तो सिपालु छैनँ, न त अघि म सिपालु थिएँ न अहिले तपाईं बोल्नुभएपछि म सिपालु भएको छु, किनकि म बोल्नमा र जिब्रो चलाउनमा ढिलो छु।”"},{"id":11,"text":"परमप्रभुले तिनलाई भन्नुभयो, “मानिसको मुख कसले बनायो? मानिसलाई लाटो वा बहिरो कि देख्ने वा अन्धो कसले बनाउँछ? के म परमप्रभुले नै होइन र? "},{"id":12,"text":"अब जा, म तँलाई बोल्न सहायता गर्नेछु, र तैंले के-के बोल्नुपर्ने हो सो सिकाउनेछु।”"},{"id":13,"text":"तर मोशाले भने, “हे प्रभु, बिन्ती छ, अरू कसैलाई नै पठाउनुहोस्।”"},{"id":14,"text":"तब परमप्रभुको क्रोध मोशामाथि उठ्यो, र उहाँले भन्नुभयो, “के लेवी हारून तेरो दाजु छैन र? मलाई थाहा छ कि त्यो राम्ररी बोल्न सक्छ। त्यो तँलाई भेट्न आउँदैछ, र तँलाई देखेर त्यो खुशी हुनेछ। "},{"id":15,"text":"त्यसैसँग कुरा गर् र त्यसले भन्नुपर्ने कुरा तैंले बता, र म तिमीहरू दुवैसँग हुनेछु र तिमीहरूले के गर्नुपर्ने हो सो बताउनेछु। "},{"id":16,"text":"त्योचाहिँ तेरो निम्ति मानिसहरूसित बोल्नेछ, र तेरो मुखझैँ हुनेछ, र तँचाहिँ त्यसको निम्ति ईश्वरतुल्य हुनेछस्। "},{"id":17,"text":"तर यो लट्ठी तेरो हातैमा लैजा। त्यसद्वारा तैंले यी आश्चर्यपूर्ण चिन्हहरू गर्नेछस्।”"},{"id":18,"text":"त्यसपछि मोशा फर्केर आफ्ना ससुरा यित्रोकहाँ आएर तिनलाई भने, “बिन्ती छ, मिश्रमा भएका मेरा दाजुभाइहरू बाँचेकै छन् कि छैनन्, गएर हेर्ने अनुमति दिनुहोस्।”यित्रोले मोशालाई भने, “हुन्छ, कुशलसित जाऊ।”"},{"id":19,"text":"परमप्रभुले मिद्यान देशमा मोशालाई भन्नुभएको थियो, “मिश्रमा फर्केर जा, किनकि तेरो ज्यान लिन खोज्नेहरू सबै मरिसके।” "},{"id":20,"text":"यसकारण आफ्नी पत्नी र छोराहरूलाई एउटा गधामा चढ़ाएर मोशा मिश्रमा फर्के। र तिनले परमेश्वरको लट्ठी हातैमा लिएर गए।"},{"id":21,"text":"तब परमप्रभुले मोशालाई भन्नुभयो, “जब तँ मिश्रमा फर्कन्छस् तब मैले तेरो हातको शक्तिमा राखिदिएका सबै उदेकका कामहरू फारोको सामुन्ने गर्। तर म त्यसको हृदय कठोर गरिदिनेछु, र त्यसले मानिसहरूलाई जान दिनेछैन। "},{"id":22,"text":"तब तैंले फारोलाई भन्, ‘परमप्रभु भन्नुहुन्छ: इस्राएल मेरो जेठो छोरो हो। "},{"id":23,"text":"मैले तँलाई भनें, “मेरो छोरालाई जान दे, र त्यसले मेरो सेवा गरोस्।” तर तैंले चाहिँ त्यसलाई जान दिन इन्कार गरिस्। यसैले म तेरो जेठो छोरालाई मार्नेछु’।” "},{"id":24,"text":"अनि बाटोमा वास बस्ने ठाउँमा परमप्रभुले मोशालाई भेट्नुभयो, र तिनलाई मार्ने इच्छा गर्नुभयो। "},{"id":25,"text":"तर सिप्पोराले एउटा चकमकको कर्द लिएर आफ्नो छोराको खलड़ी च्वाट्टै काटेर मोशाको खुट्टामा छुवाइन्, अनि तिनले भनिन्, “तपाईं मेरो निम्ति रगतको दुलहा हुनुहुन्छ।” "},{"id":26,"text":"यसैले परमप्रभुले तिनलाई छोड़िदिनुभयो। तिनले खतनाको कारणले गर्दा भनेकी थिइन्, “तपाईं रगतको दुलहा हुनुहुन्छ।”"},{"id":27,"text":"परमप्रभुले हारूनलाई भन्नुभयो, “मोशालाई भेट गर्न उजाड़-स्थानतिर जा।” तब उनी परमेश्वरको पर्वतमा मोशालाई भेट गर्न गए, र भेटेर तिनलाई म्वाइँ खाए। "},{"id":28,"text":"अनि परमप्रभुले तिनलाई भनेर पठाउनुभएका सबै कुराहरू, र देखाउनू भनेर आज्ञा दिनुभएका सबै आश्चर्यपूर्ण चिन्हहरूका विषयमा मोशाले हारूनलाई बताए।"},{"id":29,"text":"तब मोशा र हारून गए, र इस्राएलीहरूका जम्मै धर्म-गुरुहरूलाई जम्मा गरे। "},{"id":30,"text":"अनि परमेश्वरले मोशालाई भन्नुभएका सबै कुराहरू हारूनले तिनीहरूलाई बताए। मोशाले मानिसहरूका आँखाकै सामुन्ने ती चिन्हहरू देखाए, "},{"id":31,"text":"र मानिसहरूले पत्याए। परमप्रभु इस्राएलीहरूको चिन्ता लिनुहुन्छ र तिनीहरूको कष्ट पनि देख्नुभएको छ भनी जब तिनीहरूले सुने, तब तिनीहरूले आफ्ना शिर निहुराएर दण्डवत् गरी आराधना गरे।"}]},{"id":5,"title":"प्रस्थान 5","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EXO/5-c1af5682333865367871617fe35685f2.mp3?version_id=1483","verses":[{"id":1,"text":"त्यसपछि मोशा र हारून फारोकहाँ गएर भने, “परमप्रभु इस्राएलीहरूका परमेश्वर यसो भन्नुहुन्छ, ‘उजाड़-स्थानमा मेरो निम्ति चाड़ मनाउनलाई मेरो प्रजालाई जान दे’।”"},{"id":2,"text":"फारोले भने, “परमप्रभु को हो, र म तिनको कुरा मानेर इस्राएलीहरूलाई जान दिऊँ? परमप्रभुलाई म चिन्दिनँ, र इस्राएलीहरूलाई म जान पनि दिन्नँ।”"},{"id":3,"text":"तब तिनीहरूले भने, “हिब्रूहरूका परमेश्वरले हामीलाई भेट गर्नुभएको छ। बिन्ती छ, उजाड़-स्थानमा तीन दिनको बाटो गएर हाम्रा परमेश्वरको निम्ति बलि चढ़ाउन हामीलाई जान दिनुहोस्, नत्रता उहाँले हामीलाई रूढ़ी वा तरवारले प्रहार गर्नुहुनेछ।”"},{"id":4,"text":"तब मिश्रका राजाले तिनीहरूलाई भने, “ए मोशा र हारून, तिमीहरू मानिसहरूका काममा किन बाधा गर्छौ? तिमीहरू आफ्ना काममा लाग।” "},{"id":5,"text":"फारोले फेरि भने, “हेर, देशका मानिसहरू अब धेरै भएका छन्, र तिमीहरूचाहिँ तिनीहरूलाई काम गर्नबाट रोक्न चाहन्छौ!”"},{"id":6,"text":"त्यही दिन फारोले कामदारहरू र तिनका नाइकेहरूलाई यस्तो हुकुम दिए: "},{"id":7,"text":"“इँट बनाउनलाई अहिलेसम्म दिने गरेको पराल अब तिनीहरूलाई नदिनू। तिनीहरू आफै गएर आफ्ना निम्ति पराल बटुलून्। "},{"id":8,"text":"तर इँट भने तिनीहरूले अझसम्म जति बनाउँदैआएका छन् तिमीहरूले त्यति नै बनाउन लगाओ। तिनको संख्या कत्ति पनि नघटाओ, किनकि तिनीहरू अल्छे भएका छन्। यसैले त तिनीहरू ‘हाम्रा परमेश्वरको निम्ति बलि चढ़ाउनलाई जान दिनुहोस्’ भन्दै कराउँछन्। "},{"id":9,"text":"यी मानिसहरूमाथि अझ चर्को काम हालिदेओ, र तिनीहरूले त्यसमा परिश्रम गरून्, र झूटा कुरातिर ध्यान नदेऊन्।”"},{"id":10,"text":"तब कामदारहरू र नाइकेहरूले गएर मानिसहरूलाई भने, “फारो यसो भन्नुहुन्छ: ‘म तिमीहरूलाई पराल दिन्नँ। "},{"id":11,"text":"तिमीहरू आफै गएर जहाँ पाउँछौ त्यहीँबाट पराल खोजेर ल्याओ। तर तिमीहरूको कामचाहिँ अलिकता पनि घटाइनेछैन’।” "},{"id":12,"text":"यसैले मानिसहरू मिश्रभरि परालका टुक्राटाक्रीहरू बटुल्नलाई तितरबितर भएर फिँजिए। "},{"id":13,"text":"ती कामदारहरूले तिनीहरूलाई यसो भन्दै आतुरी लाए, “पराल दिँदा दिनमा जति काम गर्थ्यौ त्यति नै पूरा गर।” "},{"id":14,"text":"इस्राएलीहरूमाथि नियुक्त भएका इस्राएली नाइकेहरूलाई फारोका कामदारहरूले पिटे, र तिनीहरूलाई यसो भनेर सोधे, “अघिझैँ इँट नबनाएर हिजो र आज आफ्नो काम किन पूरा गरेनौ?”"},{"id":15,"text":"तब इस्राएली नाइकेहरूले फारोकहाँ गएर बिन्ती चढ़ाए, “हजूरका दासहरूप्रति हजूरले किन यस्तो व्यवहार गर्नुहुन्छ? "},{"id":16,"text":"तिनीहरूले हजूरका दासहरूलाई पराल पनि दिँदैनन्, तर तिनीहरू हामीलाई ‘इँट बनाओ’ पनि भन्छन्। हामी हजूरका दासहरू कुटाइ खाँदैछौं, तर कसूर त हजूरकै मानिसहरूको छ।”"},{"id":17,"text":"तर फारोले भने, “तिमीहरू अल्छे छौ, अल्छे! यसैकारण तिमीहरू भन्छौ, ‘हामीलाई परमप्रभुको निम्ति बलि चढ़ाउन जान दिनुहोस्।’ "},{"id":18,"text":"अब गएर काम गर। परालचाहिँ तिमीहरूलाई दिइनेछैन, तापनि इँटको तोकेको संख्या तिमीहरूले दिनैपर्छ।”"},{"id":19,"text":"“दिनहुँ दिनुपर्ने इँटको संख्या कम हुनु हुँदैन” भनेको सुनेर इस्राएली नाइकेहरूले सङ्कष्टमा परेका थाहा पाए। "},{"id":20,"text":"जब तिनीहरू फारोकहाँबाट निस्के तब तिनीहरूले मोशा र हारूनलाई बाटैमा पर्खिरहेका भेट्टाए। "},{"id":21,"text":"तिनीहरूले भने, “परमप्रभुले तपाईंहरूको इन्साफ गरून्, किनभने तपाईंहरूले फारो र उनका चाकरहरूको दृष्टिमा हामीलाई तिरस्कृत तुल्याउनुभएको छ, र हामीलाई काट्न उनीहरूका हातमा तरवारै दिनुभएको छ।”"},{"id":22,"text":"तब मोशा परमप्रभुकहाँ फर्केर गए, र भने, “हे प्रभु, तपाईंले यी मानिसहरूमा किन सङ्कष्ट ल्याउनुभएको छ? यसैको लागि मलाई पठाउनुभएको हो? "},{"id":23,"text":"म तपाईंको नाउँमा बोल्नलाई फारोकहाँ गएदेखि यता उनले यी मानिसहरूको खराबी गर्न लागेका छन्। तर तपाईंले आफ्ना मानिसहरूलाई छुटकारा पनि दिनुभएको छैन।”"}]},{"id":6,"title":"प्रस्थान 6","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EXO/6-9250143c85ec27fec7b20c589022d468.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब परमप्रभुले मोशालाई भन्नुभयो, “म फारोलाई के गर्नेछु, अब तैंले देख्नेछस्। त्यसले मेरो शक्तिशाली हातको कारणले तिनीहरूलाई जान दिनेछ। मेरो बलियो हातको कारणले तिनीहरूलाई आफ्नो देशबाट त्यसले धपाउनेछ।”"},{"id":2,"text":"अनि परमेश्वरले मोशालाई भन्नुभयो, “म परमप्रभु हुँ”। "},{"id":3,"text":"अब्राहाम, इसहाक र याकूबकहाँ म सर्वशक्तिमान् परमेश्वरको रूपमा देखा परें, तर “परमप्रभु” भन्ने मेरो नाउँले त तिनीहरूकहाँ प्रकट भइनँ। "},{"id":4,"text":"तिनीहरू प्रवास गरेको देश, अर्थात् कनान देश तिनीहरूलाई दिने मेरो करार मैले तिनीहरूसित बाँधेको छु। "},{"id":5,"text":"यसबाहेक मिश्रीहरूले दासत्वमा राखेका इस्राएलीहरूका कष्टको सुस्केरा मैले सुनेको छु, र मलाई मेरो करारको सम्झना भएको छ।"},{"id":6,"text":"“यसकारण इस्राएलीहरूलाई भन्, ‘म परमप्रभु हुँ’। म तिमीहरूलाई मिश्रीहरूका बोझामुनिबाट निकाल्नेछु, र तिनीहरूको दासत्वबाट छुटकारा दिनेछु। आफ्नो हात उठाएर तिनीहरूलाई ठूलो दण्ड दिएर म तिमीहरूको उद्धार गर्नेछु। "},{"id":7,"text":"म तिमीहरूलाई मेरै प्रजा हुनलाई ग्रहण गर्नेछु, र म तिमीहरूका परमेश्वर हुनेछु। अनि म तिमीहरूका परमप्रभु परमेश्वर हुँ, जसले तिमीहरूलाई मिश्रीहरूको दासत्वबाट निकाल्नुभयो भन्ने कुरा तिमीहरूले जान्नेछौ। "},{"id":8,"text":"अनि म तिमीहरूलाई त्यस देशमा ल्याउनेछु जो अब्राहाम, इसहाक र याकूबलाई दिने मैले शपथ खाएर प्रतिज्ञा गरेको थिएँ। म त्यो तिमीहरूको अधिकारमा दिनेछु। म परमप्रभु हुँ।”"},{"id":9,"text":"तब मोशाले इस्राएलीहरूलाई त्यसै भनेर सुनाए, तर कठोर दासत्व र नैराश्यले गर्दा तिनीहरूले मोशाका कुरा सुनेनन्।"},{"id":10,"text":"अनि परमप्रभुले मोशालाई भन्नुभयो, "},{"id":11,"text":"“जा, मिश्रको राजा फारोलाई त्यसले इस्राएलीहरूलाई त्यसको देशबाट जान देओस् भन्।”"},{"id":12,"text":"तर मोशाले परमप्रभुलाई भने, “इस्राएलीहरूले मेरो कुरा सुनेनन् भने, म बोल्नै नजान्ने मानिसको कुरा फारोले झन् कसरी सुन्लान् र?”"},{"id":13,"text":"तब इस्राएलीहरू र मिश्रका राजा फारोका विषयमा परमप्रभुले मोशा र हारूनसित बोल्नुभयो, र इस्राएलीहरूलाई मिश्रबाट निकाली ल्याउने आज्ञा तिनीहरूलाई दिनुभयो।"},{"id":14,"text":"तिनीहरूका परिवारका मुख्य-मुख्य मानिसहरू यी नै हुन्:इस्राएलका पहिले जन्मेका रूबेनका छोराहरू हानोक, पल्लु, हेस्रोन र कर्मी थिए। रूबेनका वंशहरू यी नै हुन्।"},{"id":15,"text":"शिमियोनका छोराहरू यमूएल, यामीन, ओहद, याकीन सोहोर र कनानी स्त्रीका छोरा शौल थिए। शिमियोनका वंशहरू यी नै हुन्।"},{"id":16,"text":"लेवीका छोराहरूका नाउँ तिनका पुस्ताअनुसार यी नै हुन्: गेर्शोन, कहात र मरारी। लेवी एक सय वर्षसम्म बाँचे। "},{"id":17,"text":"गेर्शोनका छोराहरू तिनका वंशअनुसार लिब्नी र शिमी थिए।"},{"id":18,"text":"कहातका छोराहरू अम्राम, यिसहार, हेब्रोन र उज्जीएल थिए। कहात एक सय तेत्तीस वर्षसम्म बाँचे।"},{"id":19,"text":"मरारीका छोराहरू महली र मूशी थिए।लेवीका वंशहरू तिनका पुस्ताअनुसार यी नै हुन्।"},{"id":20,"text":"अम्रामले आफ्नी फुपू योकेबेदलाई विवाह गरे, र तिनले उनीबाट हारून र मोशालाई जन्माइन्। अम्राम एक सय सैँतीस वर्षसम्म बाँचे।"},{"id":21,"text":"यिसहारका छोराहरू कोरह, नेपेग र जिक्री थिए।"},{"id":22,"text":"उज्जीएलका छोराहरू मीशाएल, एलसाफान र सिथ्री थिए।"},{"id":23,"text":"हारूनले अम्मीनादाबकी छोरी नहशोनकी बहिनी एलीशेबालाई विवाह गरे, र तिनले उनीबाट नादाब, अबीहू, एलाजार र ईतामारलाई जन्माइन्।"},{"id":24,"text":"कोरहका छोराहरू अस्सीर, एल्काना र अबिआसाप थिए। कोरहका वंशहरू यी नै हुन्।"},{"id":25,"text":"हारूनका छोरा एलाजारले पतीएलकी छोरीहरूमध्ये एउटीलाई विवाह गरे, र तिनले उनीबाट पीनहासलाई जन्माइन्।लेवीहरूका परिवारका मुख्य-मुख्य मानिसहरू तिनीहरूका वंश-वंशअनुसार यी नै हुन्।"},{"id":26,"text":"यी तिनै हारून र मोशा हुन्, जसलाई परमप्रभुले इस्राएलीहरूलाई तिनीहरूका दल-दलअनुसार मिश्रबाट निकालेर ल्याउनू भनी भन्नुभएको थियो। "},{"id":27,"text":"यी तिनै हुन्, जसले मिश्रका राजा फारोसित इस्राएलीहरूलाई मिश्रबाट ल्याउनलाई कुरा गरेका थिए। ती मोशा र हारून यी नै हुन्।"},{"id":28,"text":"जुन दिन परमप्रभुले मिश्रमा मोशासित कुरा गर्नुभयो, "},{"id":29,"text":"त्यसै दिन यसो भन्नुभयो, “म परमप्रभु हुँ। मैले तँलाई जे-जे कुरा भन्न लागेको छु, ती सबै मिश्रको राजा फारोलाई भन,”"},{"id":30,"text":"तर मोशाले परमप्रभुलाई भने, “म बोल्न जान्दिनँ। फारोले कसरी मेरो कुरा खालान् र?”"}]},{"id":7,"title":"प्रस्थान 7","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EXO/7-1e29e8336b34e2de40d8905b9f9ab510.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब परमप्रभुले मोशालाई भन्नुभयो, “हेर्, मैले तँलाई फारोको निम्ति ईश्वरतुल्य बनाएको छु, र तेरो दाजु हारून तेरो प्रवक्ता हुनेछ। "},{"id":2,"text":"म जे तँलाई हुकुम गर्नेछु तैंले त्यही बता, र तेरो दाजु हारूनले इस्राएलीहरूलाई त्यसको देशबाट जान देओस् भनी फारोलाई भन्नेछ। "},{"id":3,"text":"तर म फारोको हृदय कठोर गराइदिनेछु। अनि मेरा चिन्हहरू र आश्चर्यकर्महरूको संख्या मिश्रमा बढ़ाउनेछु। "},{"id":4,"text":"तर फारोले चाहिँ तिमीहरूका कुरा सुन्नेछैन। तब म आफ्नो शक्ति मिश्रमाथि देखाउनेछु, र ठूलो इन्साफ गरीकन म मेरा दलहरू, अर्थात् मेरा प्रजा इस्राएलीहरूलाई मिश्रबाट निकालेर ल्याउनेछु। "},{"id":5,"text":"जब म मिश्रमाथि आफ्नो हात उठाएर उनीहरूकै बीचबाट इस्राएलीहरूलाई निकालेर ल्याउनेछु, तब मिश्रीहरूले थाहा पाउनेछन् कि म परमप्रभु रहेछु।”"},{"id":6,"text":"मोशा र हारूनले परमप्रभुले तिनीहरूलाई हुकुम गर्नुभएबमोजिम तिनीहरूले गरे। "},{"id":7,"text":"फारोसित कुरा गर्दा मोशा असी वर्षका र हारूनचाहिँ त्रियासी वर्षका थिए।"},{"id":8,"text":"तब परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, "},{"id":9,"text":"“फारोले तिमीहरूलाई ‘कुनै आश्चर्यकर्म देखाओ’ भन्दा, तैंले चाहिँ हारूनलाई भन्नू, ‘तपाईंको लहुरो लिएर फारोको सामु फ्याँकिदिनुहोस्, र त्यो साँप बन्नेछ।”"},{"id":10,"text":"तब मोशा र हारून फारोकहाँ गएर परमप्रभुले आज्ञा गर्नुभएबमोजिम गरे। हारूनले आफ्नो लहुरो लिएर फारो र उनका अधिकारीहरूका सामुन्ने फालिदिए, र त्यो साँप बन्यो। "},{"id":11,"text":"तब फारोले पनि ज्ञानी मानिस र टुनामुना गर्नेहरूलाई बोलाइपठाए, र ती मिश्रका जादूगरहरूले पनि आ-आफ्नो गोप्य सीपले त्यसै गरे: "},{"id":12,"text":"हरेकले आ-आफ्नो लहुरो फाल्यो, र त्यो साँप बन्यो। तर हारूनको लहुरोले उनीहरूका लहुरालाई निल्यो। "},{"id":13,"text":"तर फारोको हृदय कठोर भयो, र परमप्रभुले भन्नुभएअनुसार नै उनले तिनीहरूका कुरा सुनेनन्।"},{"id":14,"text":"तब परमप्रभुले मोशालाई भन्नुभयो, फारोको हृदय कठोर भएको छ। त्यसले मानिसहरूलाई जान दिँदैन। "},{"id":15,"text":"तँचाहिँ बिहानै फारो नदीतिर गइरहेको बेलामा त्यसकहाँ जा। नील नदीको किनारमा त्यसलाई भेट्न उभिरहनू, र त्यो साँप बनेको लहुरो पनि हातमा लैजा। "},{"id":16,"text":"त्यसलाई यसो भन्नू, “परमप्रभु हिब्रूहरूका परमेश्वरले मलाई यसो भनेर तपाईंकहाँ पठाउनुभएको छ: ‘मेरा प्रजालाई उजाड़-स्थानमा मेरो आराधना गर्नलाई जान दे। तर तैंले अहिलेसम्म मानिनस्। "},{"id":17,"text":"यसकारण परमप्रभु भन्नुहुन्छ: म परमप्रभु हुँ भन्ने कुरा तैंले यसरी थाहा पाउनेछस्। हेर्, म नील नदीको पानी मेरो हातमा भएको लहुरोले हिर्काउनेछु, र त्यो रगत बन्नेछ। "},{"id":18,"text":"अनि नदीका माछा मर्नेछन्, र नदी साह्रै गन्हाएको कारण मिश्रीहरूले त्यसको पानी खान सक्नेछैनन्’।”"},{"id":19,"text":"फेरि परमप्रभुले मोशालाई भन्नुभयो, “हारूनलाई भन्, ‘तपाईंको लहुरो लिएर मिश्रमा जति पानी छ, अर्थात् खोला, कुला र पोखरीका पानी रगत भइजाऊन् भनी ती सबैमाथि तपाईंको हात पसार्नुहोस्।’ अनि तिनीहरू रगत हुनेछन्। मिश्रभरि भएको पानी, काठ अथवा ढुङ्गाका घड़ाहरूको पानीसमेत रगत हुनेछ।”"},{"id":20,"text":"तब मोशा र हारूनले परमप्रभुको आज्ञाबमोजिम गरे। फारो र उनका अधिकारीहरूकै सामुन्ने तिनले लहुरो उठाएर नील नदीको पानीमा हिर्काए। तब जम्मै पानी रगत भइहाल्यो। "},{"id":21,"text":"नील नदीका माछाहरू मरे, र नदी गन्हाउन लाग्यो, र मिश्रीहरूले नदीको पानी खान सकेनन्। मिश्रको सबै पानी रगत भयो।"},{"id":22,"text":"तर मिश्रका जादूगरहरूले पनि आफ्ना गोप्य सीपद्वारा त्यसै गरे। अनि परमप्रभुले भन्नुभएझैँ फारोको हृदय कठोर भयो, र उनले तिनीहरूका कुरा सुनेनन्। "},{"id":23,"text":"तब फारो फर्केर आफ्नो महल गए, अनि उनले यस कुराको ख्यालै पनि राखेनन्। "},{"id":24,"text":"सारा मिश्रीहरूले नीलको वरिपरि पानीको लागि खन्न लागे, किनभने नील नदीको पानी खान सकिँदैनथ्यो। "},{"id":25,"text":"परमप्रभुको प्रहार नदीमाथि सात दिन रह्यो।"}]},{"id":8,"title":"प्रस्थान 8","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EXO/8-4ee0cb42ff8294cf828c6a4bd8006563.mp3?version_id=1483","verses":[{"id":1,"text":"फेरि परमप्रभुले मोशालाई भन्नुभयो, “गएर फारोलाई भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: मेरा प्रजाहरूलाई मेरो आराधना गर्नलाई जान दे। "},{"id":2,"text":"तैंले तिनीहरूलाई जान दिइनस् भने म तेरो सारा देशलाई भ्यागुताहरू पठाएर सताउनेछु। "},{"id":3,"text":"अनि नील नदी भ्यागुताले भरिनेछ, र ती तेरो महल, तेरो सुत्ने कोठा, तेरो पलङ्ग, तेरा अधिकारीहरूका घर-घरमा र तेरा प्रजामाथि, र तेरा चुलाहरू र पीठो मुछ्ने आह्रीहरूमा आउनेछन्। "},{"id":4,"text":"ती भ्यागुताहरू तँ र तेरा प्रजाहरू, र तेरा सारा अधिकारीहरूमाथि पनि आउनेछन्’।”"},{"id":5,"text":"तब परमप्रभुले मोशालाई भन्नुभयो, “हारूनलाई भन्, ‘आफ्नो लहुरो लिएर खोलाहरू, कुलाहरू र पोखरीहरूमाथि हात पसार्नुहोस्, र मिश्रभरि भ्यागुताहरू आऊन्’।”"},{"id":6,"text":"यसैले हारूनले आफ्नो हात मिश्रका पानीहरूमाथि पसारे र भ्यागुताहरू निस्केर मिश्रदेशै ढाके। "},{"id":7,"text":"तर जादूगरहरूले पनि आफ्ना गोप्य सीपद्वारा त्यसै गरे, र मिश्रमा भ्यागुताहरू निकाले।"},{"id":8,"text":"तब फारोले मोशा र हारूनलाई बोलाउन पठाए, र भने, “परमप्रभुसित बिन्ती गर, कि उहाँले म र मेरा प्रजाबाट भ्यागुताहरू लैजाऊन्, अनि परमप्रभुको निम्ति बलि चढ़ाउनलाई तिम्रा मानिसलाई म जान दिनेछु।”"},{"id":9,"text":"मोशाले फारोलाई भने, “हुकुम गर्नुहोस्, कुन बेला म तपाईं र तपाईंका अधिकारीहरू र तपाईंका प्रजाका निम्ति बिन्ती गरूँ, र भ्यागुताहरू तपाईं र तपाईंका घरहरूबाट नष्ट भएर जाऊन् र नील नदीमा मात्रै रहून्?”"},{"id":10,"text":"उनले भने, “भोलि।”मोशाले भने, “तपाईंको वचनअनुसार होस्, र तपाईंले जान्नुहोला कि परमप्रभु हाम्रा परमेश्वरजस्तो अरू कोही छैन। "},{"id":11,"text":"भ्यागुताहरू तपाईं र तपाईंका घरहरू र तपाईंका अधिकारीहरू र तपाईंका प्रजाबाट फर्केर जानेछन्, र केवल नील नदीमा मात्र रहनेछन्।”"},{"id":12,"text":"तब मोशा र हारून फारोकहाँबाट निस्केर गए। परमप्रभुले फारोमाथि पठाउनुभएका भ्यागुताहरूका बारेमा मोशाले पुकारा गरे। "},{"id":13,"text":"अनि परमप्रभुले मोशाको वचनअनुसार गर्नुभयो। भ्यागुताहरू घर, आँगन र मैदानमा मरे। "},{"id":14,"text":"मानिसहरूले ती बटुलेर थुप्रो लगाए, र देश गन्हाउन लाग्यो। "},{"id":15,"text":"तर जब फारोले सबै शान्त भएका देखे, तब परमप्रभुले भन्नुभएझैँ उनले आफ्नो हृदय कठोर पारे, र मोशा र हारूनका कुरा सुनेनन्।"},{"id":16,"text":"फेरि परमप्रभुले मोशालाई भन्नुभयो, “हारूनलाई भन्, ‘तपाईंको लहुरो लिएर जमिनको धूलोमा हिर्काउनुहोस्, र ती मिश्रभरि भुसुना बनिऊन्’।” "},{"id":17,"text":"तिनीहरूले त्यसै गरे। जब हारूनले लहुरो लिएर आफ्नो हात पसारेर जमिनको धूलोमाथि हिर्काए, तब मानिसहरू र पशुहरूमा भुसुना लागे। सारा मिश्रभरिको धूलो भुसुनै-भुसुना भयो। "},{"id":18,"text":"ती जादूगरहरूले पनि आफ्ना गोप्य सीपद्वारा भुसुना ल्याउन खोजे, तर सकेनन्। मानिसहरू र पशुहरूमा भुसुना रहिरहे।"},{"id":19,"text":"तब जादूगरहरूले फारोलाई भने, “यसमा त परमेश्वरकै हात छ।” तर परमप्रभुले भन्नुभएबमोजिम फारोको हृदय कठोर भयो, र उनले तिनीहरूका कुरा सुनेनन्। "},{"id":20,"text":"फेरि परमप्रभुले मोशालाई भन्नुभयो, “बिहान सबेरै उठेर फारो नदीतिर जाँदा त्यसको सामु हाजिर हो। त्यसलाई भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: मेरो आराधना गर्न मेरा प्रजालाई जान दे। "},{"id":21,"text":"मेरा प्रजालाई जान दिइनस् भने, हेर्, तँ, तेरा अधिकारीहरू र तेरा प्रजामाथि र तेरा घरहरूमा म हूलका हूल झीँगा पठाउनेछु, र मिश्रीहरूका घर-घरमा र तिनीहरू रहेका ठाउँहरूमा समेत हूलका हूल झीँगा थुप्रिनेछन्।"},{"id":22,"text":"“‘तर त्यस दिन म मेरा मानिसहरू बस्ने गोशेन प्रदेशलाई चाहिँ छुट्ट्याउनेछु, र त्यहाँ झीँगाका बथान हुनेछैन। तब तैंले जान्नेछस् कि म, परमप्रभु यस देशमा छु। "},{"id":23,"text":"यसरी म मेरो प्रजा र तेरो प्रजाको बीचमा भिन्नता ल्याउनेछु। यो आश्चर्यपूर्ण चिन्ह भोलि हुनेछ’।”"},{"id":24,"text":"अनि परमप्रभुले त्यसै गर्नुभयो। फारोको महल, उनका अधिकारीहरूका घर-घरमा हूलका हूल झीँगाहरू आए, र झीँगाहरूको कारण मिश्र बरबाद भयो।"},{"id":25,"text":"तब फारोले मोशा र हारूनलाई बोलाएर भने, “तिमीहरू गएर यही देशभित्र आफ्ना परमेश्वरको निम्ति बलि चढ़ाओ।”"},{"id":26,"text":"तर मोशाले भने, “यसो गर्नु ठीक हुँदैन, किनकि परमप्रभु हाम्रा परमेश्वरको निम्ति हामीले चढ़ाउने बलिदेखि मिश्रीहरू घीन मान्छन्। मिश्रीहरूकै आँखाका सामुन्ने उनीहरूले घीन गर्ने बलि हामीले चढ़ायौं भनेता उनीहरूले हामीलाई ढुङ्गाले नहान्लान्? "},{"id":27,"text":"हामी तीन दिनको बाटो गएर उजाड़-स्थानमा परमप्रभु आफ्ना परमेश्वरले आज्ञा गर्नुभएबमोजिम उहाँको निम्ति हामीले बलि चढ़ाउनुपर्छ।”"},{"id":28,"text":"फारोले भने, “म तिमीहरूलाई उजाड़-स्थानमा परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति बलि चढ़ाउनलाई जान त दिनेछु, तर धेरै टाढ़ाचाहिँ नजाओ। अब मेरो निम्ति बिन्ती चढ़ाइदेओ।”"},{"id":29,"text":"मोशाले भने, “म तपाईंबाट बाहिर जानासाथ, फारो र तपाईंका अधिकारीहरू र प्रजाबाट भोलि नै ती झीँगाका हूल हटून् भनी म प्रार्थना गर्नेछु। तर परमप्रभुको निम्ति बलि गर्न जान नदिएर फारोले फेरि-फेरि छल नगर्नुहोला।”"},{"id":30,"text":"तब मोशा फारोकहाँबाट बाहिर गएर परमप्रभुलाई बिन्ती गरे। "},{"id":31,"text":"अनि परमप्रभुले मोशाको वचनअनुसार गर्नुभयो, र फारो र उनका अधिकारीहरू र उनका प्रजाकहाँबाट ती झीँगाका हूल एउटै पनि नरहने गरी हटे। "},{"id":32,"text":"तर यस पल्ट पनि फारोले आफ्नो हृदय कठोर पारे र मानिसहरूलाई जान दिएनन्।"}]},{"id":9,"title":"प्रस्थान 9","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EXO/9-bce24b90f1512d6430403ca85da5aae4.mp3?version_id=1483","verses":[{"id":1,"text":"फेरि परमप्रभुले मोशालाई भन्नुभयो, “फारोकहाँ गएर त्यसलाई भन्, ‘परमप्रभु हिब्रूहरूका परमेश्वर यसो भन्नुहुन्छ: मेरा प्रजालाई मेरो आराधना गर्नलाई जान दे। "},{"id":2,"text":"तैंले तिनीहरूलाई जान दिन अस्वीकार गरिस् र अझै रोकेर राखिस् भने, "},{"id":3,"text":"खेत-मैदानमा भएका तेरा पशुहरू, अर्थात् घोड़ा, गधा, ऊँट, गाईबस्तुहरू र भेड़ाबाख्राहरूमाथि परमप्रभुको हात पर्नेछ, र त्यहाँ भयानक रूढ़ी आउनेछ। "},{"id":4,"text":"तर परमप्रभुले इस्राएलका गाईबस्तु र मिश्रका गाईबस्तुमा भेद राख्नुहुनेछ, र इस्राएलीहरूको एउटै पनि पशु मर्नेछैन’।”"},{"id":5,"text":"परमप्रभुले यसो भनेर एक निश्चित समय ठहराउनुभयो, “भोलि नै यस देशमा परमप्रभुले यो काम गर्नुहुन्छ।” "},{"id":6,"text":"अनि भोलिपल्ट परमप्रभुले त्यो काम गर्नुभयो, र मिश्रका सबै गाईबस्तु मरे, तर इस्राएलीहरूको एउटै पनि गाईबस्तु मरेन। "},{"id":7,"text":"फारोले सो हेर्नलाई मानिसहरू पठाए, तर इस्राएलीहरूका गाईबस्तुहरूमध्येको एउटै पनि मरेको उनीहरूले देखेनन्। तापनि फारोको हृदय कठोर भई नै रह्यो, र उनले मानिसहरूलाई जान दिएनन्।"},{"id":8,"text":"फेरि परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “भट्टीबाट आ-आफ्ना मुट्ठीभरि खरानी लेओ, र मोशाले फारोका आँखाकै सामु यो आकाशतिर छरिदेओस्। "},{"id":9,"text":"त्यो सारा मिश्रमा मसिनो धूलो भएर मिश्रका सबै मानिस र पशुका शरीरमा खटिरा बन्नेछन्।”"},{"id":10,"text":"तब तिनीहरू भट्टीको खरानी लिएर फारोको सामुन्ने खड़ा भए, र मोशाले हावामा त्यो छरिदिए। अनि मानिस र पशुका शरीरमा खटिरा निस्किआए। "},{"id":11,"text":"जादूगरहरू खटिराको कारणले गर्दा मोशाको सामुन्ने टिक्नै सकेनन्, किनकि जादूगरहरूका शरीरमा र सारा मिश्रीहरूका शरीरमा खटिरा निस्केका थिए। "},{"id":12,"text":"तर परमप्रभुले फारोको हृदय कठोर गराउनुभयो, र परमप्रभुले मोशालाई भन्नुभएझैँ उनले मोशा र हारूनका कुरा सुनेनन्।"},{"id":13,"text":"फेरि परमप्रभुले मोशालाई भन्नुभयो, “बिहान सबेरै उठेर फारोको सामुन्ने हाजिर हो, र त्यसलाई भन्, परमप्रभु हिब्रूहरूका परमेश्वर यसो भन्नुहुन्छ: मेरो आराधना गर्नलाई मेरा प्रजालाई जान दे। "},{"id":14,"text":"नत्रभने यस पल्ट तँमाथि र तेरा अधिकारीहरू र प्रजामाथि पूरा शक्तिमा मेरा सबै विपत्तिहरू म पठाउनेछु, ताकि सारा पृथ्वीमा मजस्तो कोही रहेनछ भनी तँलाई थाहा होस्। "},{"id":15,"text":"किनकि यदि मैले आफ्नो हात पसारेर तँलाई र तेरा प्रजालाई रूढ़ीले प्रहार गरेको भएदेखि तँ पृथ्वीबाट मेटिनेथिइस्। "},{"id":16,"text":"तर मेरो शक्ति प्रकट गर्ने अभिप्रायले नै मैले तँलाई जीवित राखेको छु, कि सारा संसारमा मेरो नाउँको घोषणा होस्। "},{"id":17,"text":"अझै पनि मेरो प्रजालाई जान नदिएर तँ आफै खूब ठूलो बन्छस्। "},{"id":18,"text":"यसकारण भोलि यसै बेला म यस्तो घोर असिना बर्साउनेछु जो मिश्र स्थापित भएको दिनदेखि अहिलेसम्म बर्सिएको छैन। "},{"id":19,"text":"अब मानिसहरू पठाएर मैदानमा भएका गाईबस्तुहरू र जे-जे छन्, सबै चाँड़ै भित्र्या, किनकि मैदानमा छोड़िएका र घरमा नहुलेको हरेक मानिस र पशुमाथि असिना बर्सिनेछ, र ती मर्नेछन्।”"},{"id":20,"text":"फारोका अधिकारीहरूमध्ये जस-जसले परमप्रभुका वचनको डर माने, उनीहरूले आ-आफ्ना नोकरहरू र गाईबस्तुहरूलाई घरभित्र हुले। "},{"id":21,"text":"तर परमप्रभुका वचनको वास्ता नगर्नेचाहिँले आ-आफ्ना नोकरहरू र गाईबस्तुहरू मैदानमा नै रहन दिए।"},{"id":22,"text":"तब परमप्रभुले मोशालाई भन्नुभयो, “तेरो हात आकाशतिर पसार्, र सारा मिश्रभरि असिना परोस्— मिश्रभरिका मानिस, पशु, बारीमा उम्रने सबैमा असिना बर्सोस्।” "},{"id":23,"text":"तब मोशाले आफ्नो लहुरो आकाशतिर पसारे, र परमप्रभुले गर्जन र असिना पठाउनुभयो, र पृथ्वीसम्म बिजुली चम्क्यो। अनि परमप्रभुले मिश्रमा असिना बर्साउनुभयो। "},{"id":24,"text":"असिना पर्यो र बिजुली चम्क्यो। यस्तो त मिश्र राष्ट्रको प्रारम्भदेखि भएको थिएन। "},{"id":25,"text":"असिनाले सारा मिश्रभरिका मैदानका मानिस र पशु दुवैलाई चुट्यो। असिनाले बारीमा उम्रेका सबैलाई चुट्यो र सबै रूखहरू नाङ्गा पार्यो। "},{"id":26,"text":"केवल इस्राएलीहरू भएको गोशेन प्रदेशमा असिना परेन।"},{"id":27,"text":"तब फारोले मोशा र हारूनलाई बोलाएर भने, “यस पल्ट मैले पाप गरें। परमप्रभु धर्मी हुनुहुन्छ, म र मेरा प्रजा गलत रहेछौं। "},{"id":28,"text":"परमप्रभुलाई बिन्ती गरिदेऊ, किनकि यो गर्जन र असिना अति भयो। म तिमीहरूलाई जान दिनेछु। तिमीहरू अब कति पनि बस्नुपर्दैन।”"},{"id":29,"text":"मोशाले उनलाई जवाफ दिए, “सहरबाट निस्कने बित्तिकै म परमप्रभुतिर आफ्नो हात पसार्नेछु, र गर्जन थामिनेछ, र असिना बर्सिनेछैन। अनि तपाईं जान्नुहोला कि पृथ्वी परमप्रभुकै हो। "},{"id":30,"text":"तर मलाई थाहा छ, तपाईं र तपाईंका अधिकारीहरूले भने परमप्रभु परमेश्वरको डर अझसम्म मान्नुभएको छैन।”"},{"id":31,"text":"(सनपाट र जौमा असिनाको प्रहार परेको थियो, किनकि जौमा बाला लागिसकेको थियो, र सनपाटचाहिँ फुलिसकेका थिए। "},{"id":32,"text":"तर गहूँ र कठियागहूँमा चाहिँ प्रहार परेन, किनकि तीचाहिँ पछि पाक्छन्।)"},{"id":33,"text":"अनि मोशा फारोबाट सहरदेखि निस्केर गए, र परमप्रभुतिर आफ्ना हात पसारे। तब गर्जन र असिना थामियो, र जमिनमा पानी ओइरिएन। "},{"id":34,"text":"तर जब फारोले पानी, असिना र गर्जन थामिएका देखे, तब उनले अझ बढ्ता पाप गरे, र उनले र उनका अधिकारीहरूले आफ्ना हृदय कठोर गरे। "},{"id":35,"text":"यसरी फारोको हृदय कठोर भयो, र परमप्रभुले मोशालाई भन्नुभएबमोजिम उनले इस्राएलीहरूलाई जान दिएनन्।"}]},{"id":10,"title":"प्रस्थान 10","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EXO/10-76ad26b9fcf4b83582f37e9cb02437b2.mp3?version_id=1483","verses":[{"id":1,"text":"फेरि परमप्रभुले मोशालाई भन्नुभयो, “फारोकहाँ जा, किनकि उनीहरूका बीचमा मेरा यी चिन्हहरू देखाऊँ भनेर नै मैले त्यो र त्यसका अधिकारीहरूका हृदय कठोर गरेको हुँ, "},{"id":2,"text":"ताकि मैले कसरी मिश्रीहरूको उपहास गरें, र उनीहरूका बीचमा कस्ता-कस्ता चिन्हहरू देखाएँ सो तैंले आफ्ना छोरा-नातिहरूलाई बताउनू, र परमप्रभु म नै हुँ भनी तँलाई थाहा होस्।”"},{"id":3,"text":"तब मोशा र हारून फारोकहाँ गएर उनलाई भने, “परमप्रभु हिब्रूहरूका परमेश्वर भन्नुहुन्छ, ‘कहिलेसम्म तँ मेरो अगि नम्र हुन अस्वीकार गर्छस्? मेरा प्रजालाई जान दे, र तिनीहरूले मेरो आराधना गरून्। "},{"id":4,"text":"तैंले मेरा प्रजालाई जान दिन अस्वीकार गरिस् भने, भोलि म तेरा सिमानाभित्र सलहहरू ल्याउनेछु। "},{"id":5,"text":"तिनीहरूले जमिनको सतह यस्तो गरी ढाक्नेछन् कि जमिन देखिनेछैन। असिनाबाट जोगिएर उब्रेका सबै कुरा तिनीहरूले खानेछन्। तिमीहरूका वनमा उम्रेका सबै रूखपात तिनीहरूले खानेछन्। "},{"id":6,"text":"तेरा घरमा र तेरा सबै अधिकारीहरूका घरमा र सारा मिश्रीहरूका घरमा ती भरिनेछन्। त्यति बिघ्न सलह त तेरा पिता-पुर्खाहरूले यस देशमा आएदेखि आजसम्म कहिल्यै देखेका थिएनन्’।” तब मोशा फर्केर फारोबाट निस्केर गए।"},{"id":7,"text":"फारोका अधिकारीहरूले उनलाई भने, “कहिलेसम्म यो मानिस हाम्रा लागि पासो बन्ने? ती मानिसहरूलाई तिनीहरूका परमप्रभु परमेश्वरको आराधना गर्नलाई जान दिनुहोस्। मिश्रदेश नष्ट भइसक्यो भन्ने के हजूरलाई थाहा छैन?”"},{"id":8,"text":"अनि मोशा र हारून फारोकहाँ ल्याइए। उनले तिनीहरूलाई भने, “जाओ, परमप्रभु तिमीहरूका परमेश्वरको आराधना गर। तर जानेहरूचाहिँ को-को हुन्?”"},{"id":9,"text":"मोशाले भने, “हामी, हाम्रा केटाकेटी, बूढ़ाबूढ़ी, छोराछोरी, भेड़ाबाख्रा र गाईबस्तुहरू लिएर जानेछौं, किनकि हामीले परमप्रभुको निम्ति चाड़ मान्नुपर्छ।”"},{"id":10,"text":"फारोले भने, “तिमीहरूका परमप्रभु तिमीहरूसँगै रहून्। मैले तिमीहरूलाई आफ्ना आइमाई र बालबच्चाहरूसमेत जान दिने? तिमीहरूको मनमा केही दुष्ट अभिप्राय छ। "},{"id":11,"text":"अँहँ, त्यसो हुँदैन। तिमी पुरुषहरू मात्र गएर परमप्रभुको आराधना गर, किनकि तिमीहरूले त्यही माग गरेका छौ।” अनि मोशा र हारून फारोको सामुन्नेबाट लघारिए।"},{"id":12,"text":"तब परमप्रभुले मोशालाई भन्नुभयो, “सलहहरू मिश्रमा आऊन् भनी आफ्नो हात पसार्, र ती मिश्रमा आएर असिनाबाट बाँचेका बारीका जम्मै सागपातहरू खाइदेऊन्।”"},{"id":13,"text":"अनि मोशाले आफ्नो लहुरो मिश्रमाथि पसारे, र परमप्रभुले त्यस दिनभरि र रातभरि देशमा पूर्वीय बतास चलाउनुभयो। जब बिहान भयो तब पूर्वीय बतासले सलहहरू ल्याएको थियो। "},{"id":14,"text":"अनि सलहहरू मिश्रमा आए, र सारा देशभरि हूलका हूलमा बसे। त्यतिका सलहहरू न त अघि आएका थिए न पछि फेरि आउनेछन्। "},{"id":15,"text":"तिनीहरूले सारा भूमिलाई ढाके, यहाँसम्म कि जमिनै कालो देखियो। अनि तिनीहरूले असिनाबाट बाँचेका, देशका सब सागपात र रूखका सबै फलहरू खाइहाले। मिश्रभरि हरियोपरियो केही रहेन।"},{"id":16,"text":"तब फारोले मोशा र हारूनलाई झट्टै बोलाउन पठाए, र उनले भने, “मैले परमप्रभु तिमीहरूका परमेश्वरको विरुद्धमा र तिमीहरूका विरुद्धमा पाप गरें। "},{"id":17,"text":"यसकारण अब म बिन्ती गर्दछु, फेरि मेरो पाप क्षमा गर, र परमप्रभु आफ्ना परमेश्वरसँग बिन्ती गर, र उहाँले ममाथि आइलागेको यो विपत्ति मबाट हटाइदेऊन्।”"},{"id":18,"text":"तब मोशा फारोकहाँबाट निस्केर गए, र परमप्रभुलाई बिन्ती गरे। "},{"id":19,"text":"अनि परमप्रभुले अति ठूलो पश्चिमी बतास चलाइदिनुभयो, जसले सलहहरूलाई लाल समुद्रतिर उड़ाएर लग्यो, र मिश्रभित्र एउटै पनि सलह रहेन। "},{"id":20,"text":"तर परमप्रभुले फारोको हृदय कठोर पारिदिनुभयो, र उनले इस्राएलीहरूलाई जान दिएनन्।"},{"id":21,"text":"फेरि परमप्रभुले मोशालाई भन्नुभयो, “तेरो हात आकाशतिर पसार्, र मिश्रमा अँध्यारो भइजाओस्। छाम्दा थाहा पाउनेजस्तो अन्धकार होस्।” "},{"id":22,"text":"अनि मोशाले आफ्नो हात आकाशतिर पसारे, र सारा मिश्रमा तीन दिनसम्म निस्पट्ट अन्धकार भयो। "},{"id":23,"text":"तीन दिनसम्म न त कसैले कसैलाई देख्न सक्यो, न कोही आफ्नो ठाउँबाट उठ्न सक्यो। तर सारा इस्राएलीहरू बसेका ठाउँहरूमा भने उज्यालै रह्यो।"},{"id":24,"text":"तब फारोले मोशालाई बोलाउन पठाए, र भने, “जाओ, तिमीहरू आफ्ना परमप्रभुको आराधना गर। केवल तिमीहरूका भेड़ाबाख्रा र गाईबस्तुहरू छोड़िराख। तिमीहरूका आइमाई र बालबच्चाहरू पनि तिमीहरूसँगै जाऊन्।”"},{"id":25,"text":"तर मोशाले भने, “परमप्रभु हाम्रा परमेश्वरको निम्ति बलि गर्नलाई तपाईंले हाम्रा हातमा बलिका सामग्री र होमबलि लिन पनि दिनुपर्छ। "},{"id":26,"text":"हाम्रा गाईबस्तुहरू पनि हामीसँगै जानेछन्, र एउटा खुर पनि पछि छोड़िनु हुन्न। तिनीहरूमध्येकै कुनै-कुनै हामीले परमप्रभु आफ्ना परमेश्वरलाई पुज्नलाई चढ़ाउनुपर्नेछ। जबसम्म हामी त्यहाँ पुग्दैनौं तबसम्म हामीलाई थाहा हुँदैन कि के-के चढ़ाएर हामीले परमप्रभुलाई पुज्नुपर्छ।”"},{"id":27,"text":"तर परमप्रभुले फारोको हृदय कठोर पारिदिनुभयो, र तिनीहरूलाई जान दिन उनी राजी थिएनन्। "},{"id":28,"text":"तब फारोले मोशालाई भने, “मेरो सामुन्नेबाट गइहाल्। होशियार बस्, मेरो सामुन्ने फेरि देखा नपर्, किनभने जुन दिन तैंले मेरो मुख हेर्लास् त्यो दिन तँ मर्नेछस्।” "},{"id":29,"text":"मोशाले भने, “तपाईंले भन्नुभएजस्तै होस्, म फेरि कहिल्यै तपाईंको मुख हेर्नेछैनँ।”"}]},{"id":11,"title":"प्रस्थान 11","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EXO/11-65c213bbe0d318475ee7c6e0a6c57baa.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब परमप्रभुले मोशालाई भन्नुभयो, “अझै एउटा विपत्ति म फारो र मिश्रमाथि ल्याउनेछु। त्यसपछि त्यसले तिमीहरूलाई यहाँबाट जान दिनेछ, र त्यसो गर्दा तिमीहरूलाई यहाँबाट पूर्ण रूपले निकालिदिनेछ। "},{"id":2,"text":"अब मानिसहरूलाई भन्, कि तिनीहरू हरेक पुरुष र स्त्रीले आ-आफ्ना छिमेकीसित सुन र चाँदीका गरगहना मागोस्।” "},{"id":3,"text":"(अनि परमप्रभुले मिश्रीहरूलाई ती मानिसहरूप्रति कृपालु बनाइदिनुभयो। त्यसबाहेक मोशा मिश्रदेशमा फारोका अधिकारीहरू र समाजका दृष्टिमा महान् ठानिए।)"},{"id":4,"text":"यसैले मोशाले भने, “परमप्रभु यसो भन्नुहुन्छ: ‘मध्यराततिर म मिश्रको बीचबाट भएर जानेछु। "},{"id":5,"text":"सिंहासनमा बस्ने फारोको जेठो छोरादेखि लिएर जाँतो पिँध्ने कमारीको जेठो छोरासम्म, गाईबस्तुका सबै पहिले बियाएका समेत, मिश्रका पहिले जन्मेका सबै मर्नेछन्। "},{"id":6,"text":"सारा मिश्रभरि अघि कहिल्यै नसुनिएको क्रन्दन सुनिनेछ, जो फेरि सुनिनेछैन। "},{"id":7,"text":"तर पशुको विरुद्धमा होस् वा मान्छेको विरुद्धमा होस् इस्राएलीहरूका बीचमा एउटा कुकुर पनि भुक्नेछैन’। तब तिमीहरूले थाहा पाउनेछौ कि परमप्रभुले मिश्रीहरू र इस्राएलीहरूमा भेद राख्नुहुन्छ। "},{"id":8,"text":"अनि तेरा यी सबै अधिकारीहरू मकहाँ आएर मलाई दण्डवत् गरेर भन्नेछन्, ‘तपाईंका पछि लाग्ने सारा मानिसहरूसमेत तपाईं निस्किजानुहोस्।’ त्यसपछि म निस्किजानेछु।” तब मोशा अत्यन्त क्रोधित भएर फारोकहाँबाट गइहाले।"},{"id":9,"text":"परमप्रभुले मोशालाई भन्नुभएको थियो, “मिश्रमा मेरा आश्चर्यका कामहरू अझ बढ्दैजाऊन् भनेर फारोले तेरो कुरा सुन्नेछैन।” "},{"id":10,"text":"मोशा र हारूनले यी सबै आश्चर्यका कामहरू फारोको सामु गरे। तर परमप्रभुले फारोको हृदय कठोर गराइदिनुभयो, र उनले इस्राएलीहरूलाई आफ्नो देशबाट जान दिएनन्।"}]},{"id":12,"title":"प्रस्थान 12","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EXO/12-b54959cab370469cc17fb8d11988a670.mp3?version_id=1483","verses":[{"id":1,"text":"मिश्रदेशमा परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, "},{"id":2,"text":"“यो महिनाचाहिँ तिमीहरूका निम्ति महिनाहरूको सुरु, वर्षको पहिलो महिना हुनेछ। "},{"id":3,"text":"इस्राएलका सारा समुदायलाई यसो भन, कि महिनाको दशौँ दिनमा तिनीहरू हरेकले आ-आफ्नो परिवारको निम्ति, हरेक घरानाअनुसार एउटा-एउटा पाठो ल्याएर राखोस्। "},{"id":4,"text":"कसैको घरानामा एउटा पाठाको लागि मानिस थोरै भए त्यसले आफ्नो घरका नजिकको छिमेकीसँग मानिसहरूको गन्तीअनुसार मिलोस्। हरेक मानिसको खुवाइअनुसार पाठोको गन्ती गर्नू। "},{"id":5,"text":"तिमीहरूको पाठो खोटरहित होस्— एक वर्षको पाठो। तिमीहरूले त्यो भेड़ा अथवा बाख्राबाट लिनू। "},{"id":6,"text":"त्यो तिमीहरूले त्यस महिनाको चौधौँ दिनसम्म राख्नू, र इस्राएलको समुदायका सबै मानिसहरूले यो बेलुकीपख मारून्। "},{"id":7,"text":"तब तिनीहरूले त्यसको रगत लिएर जुन-जुन घरमा त्यो खाइन्छ, त्यसको ढोकाको चौकोसका दुईपट्टिका खम्बाहरू र माथिल्लो भागमा लाऊन्। "},{"id":8,"text":"तिनीहरूले त्यही रात त्यसको मासु आगोमा पोलेर खमिर नहालेको रोटीसित खाऊन्। तीतो सागसित तिनीहरूले त्यो खाऊन्। "},{"id":9,"text":"त्यो काँचै नखाओ, पानीमा उमालेर पनि होइन, तर आगोमा पोलेर त्यसका शिर, खुट्टाहरू र भित्री भागहरूसमेत खाओ। "},{"id":10,"text":"त्यसबाट केही पनि बिहानसम्म नउबार्नू, तर केही बिहानसम्म रह्यो भने त्यो आगोमा जलाइदिनू। "},{"id":11,"text":"पटुका कसेर, खुट्टामा जुत्ता लाएर, हातमा लहुरो लिएर र हतार-हतार गरी तिमीहरूले त्यो खानू। यो परमप्रभुको निस्तार-चाड़ हो।"},{"id":12,"text":"“त्यस रात म मिश्र भएर जानेछु, र मिश्रका मानिस र पशु दुवैका पहिले जन्मेका र बियाएकाहरूलाई मार्नेछु, र मिश्रका सबै देवताहरूका विरुद्धमा म इन्साफ गर्नेछु। म परमप्रभु हुँ। "},{"id":13,"text":"तिमीहरू बसेका घरहरूमा त्यो रगत तिमीहरूका निम्ति चिन्ह हुनेछ। जब म त्यो रगत देख्नेछु तब तिमीहरूलाई चाहिँ छोड़िदिनेछु, र मैले मिश्रलाई प्रहार गर्दा नाश गर्ने कुनै विपत्तिले तिमीहरूलाई छुनेछैन।"},{"id":14,"text":"“त्यो दिन तिमीहरूका निम्ति एउटा स्मरणीय दिन हुनेछ, र तिमीहरूले त्यो दिन परमप्रभुको निम्ति चाड़ मनाउनेछौ। तिमीहरूले यो पुस्तौँसम्म एउटा रहिरहने विधि स्वरूप मान्नू। "},{"id":15,"text":"सात दिनसम्म तिमीहरूले अखमिरी रोटी खानू। पहिलो दिनमा नै तिमीहरूले आ-आफ्नो घरबाट खमिर निकाल्नू, किनभने जसले पहिलो दिनदेखि सातौँ दिनसम्म खमिर हालेको रोटी खाला त्यो मानिस इस्राएलबाट बहिष्कृत हुनेछ। "},{"id":16,"text":"पहिलो दिनमा तिमीहरूले एउटा पवित्र सभा राख्नू, सातौँ दिनमा अर्को। ती दिनमा कुनै किसिमको काम नगर्नू, केवल हरेक मानिसले खानका निम्ति जति गर्नुपर्छ त्यति मात्र गर्नू।"},{"id":17,"text":"“तिमीहरूले अखमिरी रोटीको चाड़ मान्नू, किनकि यही दिनमा नै मैले तिमीहरूका दल-दललाई मिश्रबाट ल्याएको हुँ। यसकारण त्यो दिन तिमीहरूले पुस्तौँसम्म एउटा रहिरहने विधि स्वरूप मान्नू। "},{"id":18,"text":"पहिलो महिनाको चौधौँ दिनको बेलुकीदेखि एक्काईसौँ दिनको बेलुकासम्म खमिर नहालेको रोटी खानू। "},{"id":19,"text":"सात दिनसम्म तिमीहरूका घरमा केही खमिर नहोस्। कसैले खमिर भएको केही खायो भने त्यो चाहे प्रवासी होस्, चाहे स्वदेशी होस्, त्यो इस्राएलको समुदायबाट बहिष्कृत हुनेछ। "},{"id":20,"text":"तिमीहरूले खमिर हालेको केही पनि नखानू। तिमीहरू जहाँ बसे पनि खमिर नहालेको रोटी खानू।”"},{"id":21,"text":"तब मोशाले इस्राएलका सबै धर्म-गुरुहरूलाई बोलाउन पठाएर तिनीहरूलाई भने, “गएर आ-आफ्नो परिवारअनुसार एउटा-एउटा थुमा निकाल, र निस्तार-चाड़का बलिको निम्ति मार। "},{"id":22,"text":"हिसपको झुप्पा भाँड़ाको रगतमा चोपेर ढोकाको चौकोसको माथिल्लो भाग र दुवैतिरका खम्बामा छ्याप्नू। तिमीहरूमध्ये कोही पनि बिहानसम्म घरको ढोकाबाहिर ननिस्कनू। "},{"id":23,"text":"जब परमप्रभु मिश्रीहरूलाई प्रहार गर्न देश भएर जानुहुनेछ, तब उहाँले चौकोसको माथिल्लो भाग र दुवैतिरका खम्बामा रगत देख्नुहुनेछ, र त्यस ढोकालाई छोड़ेर, निस्तार गरी, विनाश पार्नेलाई तिमीहरूका घरमा तिमीहरूलाई मार्न पस्न दिनुहुन्न। "},{"id":24,"text":"“तिमीहरूले यी कुरा सदाको निम्ति एक रहिरहने विधि स्वरूप आफू र आफ्ना भावी सन्तानका लागि मान्नू। "},{"id":25,"text":"जब तिमीहरू परमप्रभुले प्रतिज्ञा गरेर दिनुभएको देशमा पस्नेछौ, तब तिमीहरूले यो चाड़ मान्नू। "},{"id":26,"text":"जब तिमीहरूका छोराछोरीले यस चाड़को अर्थ के हो भनी सोध्छन्, "},{"id":27,"text":"तब तिमीहरूले भन्नू, ‘यो परमप्रभुको निस्तार-चाड़को बलिदान हो। उहाँ मिश्रमा इस्राएलीहरूका घरहरूबाट भएर जानुभयो, र उहाँले मिश्रीहरूलाई प्रहार गर्नुहुँदा हामीहरूका घरचाहिँ उहाँले छोड्नुभएको थियो’।” तब मानिसहरूले शिर निहुराएर आराधना गरे। "},{"id":28,"text":"अनि इस्राएलीहरूले परमप्रभुले मोशा र हारूनलाई आज्ञा गर्नुभएझैँ गरे।"},{"id":29,"text":"मध्यरातमा सिंहासनमा बस्ने फारोको जेठो छोरादेखि लिएर झ्यालखानमा हुने कैदीको जेठो छोरासम्म, सबै गाईबस्तुहरूका पहिले बियाएकासमेत, मिश्रमा सबैलाई पहिले जन्मेकाहरू परमप्रभुले मार्नुभयो। "},{"id":30,"text":"फारो, उनका सबै अधिकारीहरू, र सारा मिश्रीहरू राती नै उठे। मिश्रमा ठूलो रुवाबासी भयो, किनकि त्यहाँ एउटा नमरेको कुनै घर थिएन।"},{"id":31,"text":"फारोले राती नै मोशा र हारूनलाई बोलाउन पठाएर भने, “तिमीहरू र सबै इस्राएलीहरू मेरा प्रजाका बीचबाट निक्लेर गइहाल, र तिमीहरूले भनेबमोजिम परमप्रभुको आराधना गर। "},{"id":32,"text":"तिमीहरूले भनेबमोजिम आ-आफ्ना भेड़ाबाख्रा र गाईबस्तु लिएर गइहाल। मलाई पनि आशीर्वाद देओ।”"},{"id":33,"text":"मिश्रीहरूले इस्राएलीहरूलाई देशबाट झट्टै पठाउन हतार गरे। तिनीहरूले भने, “नत्रता हामी सबै मर्नेछौं।” "},{"id":34,"text":"यसैले इस्राएलीहरूले आ-आफ्नो मुछेको पीठो खमिर हाल्न अघि नै उठाए, र तिनीहरूले आ-आफ्नो मुछ्ने भाँड़ाहरू लुगामा बाँधेर काँधमा हाले। "},{"id":35,"text":"मोशाले भनेबमोजिम इस्राएलीहरूले गरे, र तिनीहरूले मिश्रीहरूलाई सुनका गहना, चाँदीका गहना र लुगाफाटा मागे। "},{"id":36,"text":"परमप्रभुले मिश्रीहरूलाई इस्राएलीहरूप्रति कृपालु बनाइदिनुभएको थियो, र मिश्रीहरूले तिनीहरूलाई मागेअनुसार सबै दिए। यसरी तिनीहरूले मिश्रीहरूलाई लुटे।"},{"id":37,"text":"इस्राएलीहरू रामसेसबाट हिँड़ेर सुक्कोतमा गए। आइमाई र केटाकेटीहरू छोड़ेर करीब छ लाख पैदल हिँड्ने मानिसहरू थिए। "},{"id":38,"text":"तिनीहरूका साथमा अरू मानिसहरू र थुप्रै भेड़ाबाख्रा र गाईबस्तु पनि लगे। "},{"id":39,"text":"तिनीहरूले आफूसाथ मिश्रबाट ल्याएको, मुछेको पीठोको अखमिरी रोटी बनाए। त्यो खमिरा भएको थिएन, किनभने तिनीहरू मिश्रबाट धपाइँदा आफ्ना निम्ति भोजन बनाउने पनि तिनीहरूले समय पाएका थिएनन्।"},{"id":40,"text":"इस्राएलीहरू मिश्रमा प्रवास गरेका चार सय तीस वर्ष भएको थियो। "},{"id":41,"text":"चार सय तीस वर्ष बितेकै दिन परमप्रभुका सम्पूर्ण दलहरू मिश्रबाट निस्के। "},{"id":42,"text":"तिनीहरूलाई मिश्रबाट निकालेर ल्याउन त्यस रात परमप्रभु जागरण बस्नुभएकोले, इस्राएलीहरूले पनि त्यही रात जागरण बसी पुस्तौँसम्म परमप्रभुलाई आदर गरून्।"},{"id":43,"text":"परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “निस्तार-चाड़का विधिहरू यी नै हुन्:“कोही विदेशीले त्यसबाट नखाओस्। "},{"id":44,"text":"तर किनिएको हरेक कमाराले खतना गरेपछि मात्र खाओस्, "},{"id":45,"text":"तर परदेशी र ज्यालादारी नोकरले त्यो नखाओस्।"},{"id":46,"text":"“त्यो एउटै घरमा खाइनेछ। त्यसको मासुबाट केही पनि घरबाट बाहिर नलैजानू, न त त्यसका कुनै हाड़ भाँच्नू। "},{"id":47,"text":"इस्राएलको सारा समुदायले त्यो पालन गरोस्।"},{"id":48,"text":"“तँसित प्रवास गर्ने कोही परदेशी छ, र परमप्रभुको निस्तार-चाड़ मनाउन त्यसले इच्छा गर्छ भने, त्यसको घरका सबै पुरुषको खतना होस्। तब त्यसले त्यो देशमै जन्मेको जस्तो गरी सो चाड़मा भाग लिन सक्छ। खतना नभएको कुनै मानिसले त्यो नखाओस्। "},{"id":49,"text":"स्वदेशी र तिमीहरूका बीचमा प्रवास गर्ने परदेशीको निम्ति समान नियम हुनेछ।”"},{"id":50,"text":"परमप्रभुले मोशा र हारूनलाई आज्ञा गर्नुभएअनुसार सारा इस्राएलीहरूले गरे। "},{"id":51,"text":"ठीक त्यही दिन इस्राएलीहरूलाई तिनीहरूका दल-दल गरी परमप्रभुले मिश्रबाट निकालेर ल्याउनुभयो।"}]},{"id":13,"title":"प्रस्थान 13","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EXO/13-96f74959cff6da2dcc130ff5b61a5d61.mp3?version_id=1483","verses":[{"id":1,"text":"परमप्रभुले मोशालाई भन्नुभयो, "},{"id":2,"text":"“इस्राएलीहरूमध्येका मानिस र पशुका गर्भका प्रथम फल, अर्थात् पहिले जन्मेका सबै नरहरूलाई मेरो निम्ति अर्पण गर्। ती मेरा हुन्।” "},{"id":3,"text":"तब मोशाले मानिसहरूलाई भने, “दासत्वको देश, मिश्रबाट निस्केर आएको यस दिनको तिमीहरूले सम्झना राख, किनकि परमप्रभुले आफ्नो बाहुलीको शक्तिले तिमीहरूलाई त्यस ठाउँबाट निकालेर ल्याउनुभयो। यस दिन खमिर हालेको कुनै रोटी नखाइओस्। "},{"id":4,"text":"आबीब महिनाको आजकै दिनमा तिमीहरू निस्केर जाँदैछौ। "},{"id":5,"text":"जब परमप्रभुले तिमीहरूलाई कनानी, हित्ती, एमोरी, हिव्वी र यबूसीहरूको देश, अर्थात् दूध र मह बग्ने देशमा ल्याउनुहुनेछ, जुन देश उहाँले तिमीहरूका पिता-पुर्खासित ‘म दिन्छु’ भन्ने शपथ खानुभएको थियो, तब यही महिनामा यो चाड़ मान्नू। "},{"id":6,"text":"सात दिनसम्म तिमीहरूले अखमिरी रोटी खानू, र सातौँ दिनमा चाहिँ परमप्रभुको निम्ति एउटा चाड़ मनाउनू। "},{"id":7,"text":"ती सात दिनसम्म अखमिरी रोटी खानू। तिमीहरूका साँधसिमानाभित्र खमिर भएका चीज र खमिर देखिनुहुँदैन। "},{"id":8,"text":"त्यस दिन तिमीहरूले आफ्नो छोरालाई यसो भन्नू, ‘जब म मिश्रबाट निस्केर आएँ, तब परमप्रभुले मेरो निम्ति जे गर्नुभयो, यो त्यसैको निम्ति गरिएको हो’। "},{"id":9,"text":"परमप्रभुको व्यवस्था तिमीहरूका मुखमा रहोस् भनेर यो तिमीहरूका निम्ति हातमा एउटा चिन्ह र निधार अगि तिमीहरूलाई सम्झना गराउने कुरा हुनेछ, किनकि परमप्रभुले आफ्नो शक्तिशाली हातले तिमीहरूलाई मिश्रबाट निकालेर ल्याउनुभएको हो। "},{"id":10,"text":"यो विधि वर्षेनी ठहराइएको समयमा मान्ने गर्नू।"},{"id":11,"text":"“जब परमप्रभुले तिमीहरू र तिमीहरूका पिता-पुर्खासित शपथ खाएर प्रतिज्ञा गर्नुभएबमोजिम कनानीहरूको देशमा तिमीहरूलाई पुर्याएर त्यो देश तिमीहरूलाई दिनुहुनेछ, "},{"id":12,"text":"तब हरेक गर्भको प्रथम फल परमप्रभुलाई दिनू। तिमीहरूका पशुहरूबाट पहिले बियाएका सबै नरहरूचाहिँ परमप्रभुको निम्ति हुनेछन्। "},{"id":13,"text":"पहिले बियाएको बछेड़ोलाई एउटा पाठो दिएर छुटाउनू, तर त्यो छुटाएनौ भने त्यसको घाँटी भाँचिदिनू। आफ्ना छोराहरूमध्ये जेठालाई छुटाउनू।"},{"id":14,"text":"“जब भविष्यमा तिमीहरूको छोराहरूले तिमीहरूलाई यो के हो भनी सोध्नेछ, तब तिमीहरूले त्यसलाई भन्नू, परमप्रभुले हामीलाई दासत्वको देश, मिश्रबाट आफ्नो शक्तिशाली बाहुलीले निकालेर ल्याउनुभयो। "},{"id":15,"text":"जब फारोले कठोर भएर हामीलाई जान दिएनन्, तब परमप्रभुले मिश्रमा सबै मानिस र पशु दुवैका पहिले जन्मेकालाई मार्नुभयो। यसैकारण हरेक गर्भको पहिलो बियाएको पाठालाई परमप्रभुको निम्ति बलिदान गर्दछु, र मेरा छोराहरूमध्येका जेठालाई चाहिँ छुटाउँछु। "},{"id":16,"text":"यो परमप्रभुले हामीलाई आफ्नो शक्तिशाली बाहुलीले मिश्रबाट निकालेर ल्याउनुभएको हो भनी तिमीहरूका निम्ति हातमा भएको एउटा चिन्ह र निधारमा भएको एउटा सङ्केत हुनेछ।”"},{"id":17,"text":"जब फारोले ती मानिसहरूलाई जान दिए, तब पलिश्तीहरूका देशको बाटो छोटो भए तापनि परमेश्वरले तिनीहरूलाई त्यो बाटो भएर ल्याउनुभएन। किनकि परमेश्वरले भन्नुभयो, “यी मानिसहरू लड़ाइँ देखेर पछुतो गर्लान् र मिश्रमा नै फर्की जालान्।” "},{"id":18,"text":"यसकारण परमेश्वरले तिनीहरूलाई घुमाएर उजाड़-स्थानको बाटो भएर लाल समुद्रतिर लानुभयो। युद्धको लागि इस्राएलीहरू सशस्त्र भई मिश्रबाट हिँड़े।"},{"id":19,"text":"मोशाले योसेफका अस्थिहरू साथमा लगे, किनकि तिनले इस्राएलीहरूलाई यस कुरामा यसो भनेर शपथ खान लाएका थिए, “परमेश्वरले अवश्य तिमीहरूको हेर-विचार गर्नुहुनेछ। त्यस बेला तिमीहरूले मेरा अस्थिहरू यहाँबाट लैजानू।” "},{"id":20,"text":"तिनीहरू सुक्कोतबाट गएपछि, उजाड़-स्थानको नजिकै एथाममा डेरा बनाएर वास बसे। "},{"id":21,"text":"अनि तिनीहरू रातदिन हिँड्न सकून् भनेर तिनीहरूलाई बाटो देखाउनका निम्ति परमप्रभु दिनमा बादलको खामो र राती आगोको खामोमा तिनीहरूको अगिअगि जानुहुन्थ्यो। "},{"id":22,"text":"दिनमा बादलको खामो र राती आगोको खामो मानिसहरूका अगिअगि जान कहिल्यै छोड़ेन।"}]},{"id":14,"title":"प्रस्थान 14","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EXO/14-7951a3156d4e896291620142a563dcc8.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब परमप्रभुले मोशालाई भन्नुभयो, "},{"id":2,"text":"“इस्राएलीहरूलाई आज्ञा दे कि तिनीहरू फर्केर मिग्दोल र समुद्रको बीचमा पी-हहीरोत नजिकै वास बसून्। समुद्रनेर बाल-सेफोनकै अगाड़ि डेरा हालेर बसून्। "},{"id":3,"text":"फारोले इस्राएलीहरूका विषयमा भन्नेछन्, ‘तिनीहरू त अलमल्ल परी मुलुक घुमिरहेछन्, र उजाड़-स्थानले तिनीहरूलाई थुनिदिएछ’। "},{"id":4,"text":"अनि म फारोको हृदय कठोर पार्नेछु र त्यसले इस्राएलीहरूलाई खेद्नेछ। तर फारो र त्यसको सारा सेनाद्वारा म आफ्नो लागि महिमा पाउनेछु, र मिश्रीहरूले म नै परमप्रभु हुँ भनी थाहा पाउनेछन्।” तब इस्राएलीहरूले त्यसै गरे।"},{"id":5,"text":"जब मिश्रका राजाकहाँ ती मानिसहरू भागेका खबर पुग्यो तब तिनीहरूप्रति फारो र उनको अधिकारीहरूको मन बद्लियो। उनीहरूले भने, “यो हामीले के गर्यौं? इस्राएलीहरूलाई त हाम्रो सेवा गर्न नलगाएर छोड़ी पो दिएछौं!” "},{"id":6,"text":"अनि उनले आफ्नो रथ तयार गरेर आफ्नो सेनालाई साथमा लिए। "},{"id":7,"text":"उनले छ सय असल-असल रथहरू र मिश्रका अरू सारा रथहरू र ती सबैमाथिका अधिकृतहरू पनि लिए। "},{"id":8,"text":"अनि परमप्रभुले मिश्रका राजा फारोको हृदय कठोर पारिदिनुभयो, र उनले साहससँग हिँड़िरहेका इस्राएलीहरूलाई खेदे। "},{"id":9,"text":"तब मिश्रीहरू, अर्थात् फारोका सारा घोड़ा, रथ, उनका घोड़चढ़ीहरू र सेनाले तिनीहरूलाई खेदे, र तिनीहरूलाई पी-हहीरोतनेर बालसेफोनको अगाड़ि समुद्रको किनारमा डेरा हालेर वास बसेकै बेलामा भेट्टाए।"},{"id":10,"text":"जब फारो बढ़ेर आए, तब इस्राएलीहरूले आँखा उठाएर हेर्दा मिश्रीहरूलाई तिनीहरूका पछिपछि आइरहेका देखे। इस्राएलीहरू साह्रै डराएर परमप्रभुलाई पुकारा गरे। "},{"id":11,"text":"तिनीहरूले मोशालाई भने, “के मिश्रमा चिहानहरू थिएनन्, र तपाईंले हामीलाई यस उजाड़-स्थानमा मर्नलाई ल्याउनुभयो? हामीलाई मिश्रबाट ल्याएर यो के गर्नुभयो? "},{"id":12,"text":"के मिश्रमा ‘हामीलाई मिश्रीहरूको सेवा गर्न छोड़िदिनुहोस्’ भनी हामीले तपाईंलाई भनेका थिएनौं र? उजाड़-स्थानमा मर्नुभन्दा त हामीलाई मिश्रीहरूकै सेवा गर्न असल हुने थियो।”"},{"id":13,"text":"मोशाले इस्राएलीहरूलाई भने, “तिमीहरू नडराओ, स्थिर होओ, र परमप्रभुले आज तिमीहरूलाई दिनुहुने छुटकारा हेर। यी मिश्रीहरू जसलाई तिमीहरूले आज देखेका छौ, उनीहरूलाई तिमीहरू फेरि कहिल्यै देख्नेछैनौ। "},{"id":14,"text":"परमप्रभु नै तिमीहरूका निम्ति लड्नुहुनेछ। तिमीहरू केवल स्थिर बस।”"},{"id":15,"text":"तब परमप्रभुले मोशालाई भन्नुभयो, “तँ किन मेरो पुकारा गर्छस्? इस्राएलीहरूलाई अगि बढ्ने आज्ञा दे। "},{"id":16,"text":"तैंले चाहिँ आफ्नो लहुरो उठाएर आफ्नो हात समुद्रतिर पसारेर त्यसलाई दुई भाग गर्, कि इस्राएलीहरू समुद्रको बीचबाट ओबानो जमिनमा हिँड़ेर जाऊन्। "},{"id":17,"text":"म मिश्रीहरूका मन कठोर गराउनेछु, र उनीहरू तिनीहरूका पछिपछि लाग्नेछन्। अनि फारो र त्यसका सारा सेना, त्यसका रथहरू र त्यसका घोडचढ़ीहरूद्वारा मेरो महिमा हुनेछ। "},{"id":18,"text":"जब फारो, त्यसका रथहरू र त्यसका घोड़चढ़ीहरूद्वारा मेरो महिमा हुनेछ, तब मिश्रीहरूले म नै परमप्रभु हुँ भन्ने कुरा थाहा पाउनेछन्।”"},{"id":19,"text":"तब इस्राएलका सैनिकहरूका अगिअगि हिँड्ने परमेश्वरका दूत हटेर तिनीहरूका पछिल्तिर गए, र बादलको खामो तिनीहरूका अगिबाट हटेर तिनीहरूका पछिल्तिर खड़ा भयो। "},{"id":20,"text":"त्यो मिश्रीको सेना र इस्राएलको सेनाको बीचमा आयो। रातभरि बादलले एकातिर अँध्यारो पार्यो र अर्कोतिर उज्यालो पार्यो। तिनीहरू रातभरि एक-अर्काको नजिक आएनन्।"},{"id":21,"text":"तब मोशाले आफ्नो हात समुद्रमाथि पसारे, र परमप्रभुले रातभरि जोडसित पूर्वीय बतास चलाइदिनुभयो, र समुद्रलाई पछि पन्साइदिनुभयो, र पानी दुई भाग भएर समुद्र ओबानो जमिन भयो। "},{"id":22,"text":"इस्राएलीहरू समुद्रको बीचबाट ओबानो जमिनमा हिँड़ेर गए, र पानी तिनीहरूका दाहिने र देब्रेपट्टि तिनीहरूका निम्ति पर्खाल भयो। "},{"id":23,"text":"मिश्रीहरू, फारोका घोड़ाहरू, उनका रथहरू र घोड़चढ़ीहरू तिनीहरूलाई खेदेर समुद्रभित्रै तिनीहरूका पछिपछि लागे। "},{"id":24,"text":"अनि रातको पछिल्लो पहरमा परमप्रभुले मिश्रीहरूको सेनालाई आगो र बादलको खम्बाबाट हेर्नुभयो, र मिश्रीहरूको सेनालाई अलमल्ल गराइदिनुभयो। "},{"id":25,"text":"उहाँले उनीहरूका रथका पाङ्ग्राहरू फुस्काइदिनुभयो र उनीहरूलाई ती चलाउन कठिन भयो। मिश्रीहरू भन्न लागे, “हामी इस्राएलीहरूदेखि भागौं, किनकि परमप्रभु तिनीहरूका पक्षमा भएर मिश्रीहरूका विरुद्धमा लड्दैहुनुहुन्छ।”"},{"id":26,"text":"तब परमप्रभुले मोशालाई भन्नुभयो, “तेरो हात समुद्रमाथि पसार्, र मिश्रीहरू र उनीहरूका रथहरू र घोड़चढ़ीहरूमाथि त्यो पानी फेरि बढ़ेर आओस्।” "},{"id":27,"text":"मोशाले आफ्नो हात समुद्रमाथि पसारे, र बिहान उज्यालो हुँदा समुद्र फेरि फर्केर आफ्नो ठाउँमा आयो। मिश्रीहरू त्यसको विपरीत दिशातिर भाग्न लागे, तर परमप्रभुले मिश्रीहरूलाई समुद्रमै फ्याँकिदिनुभयो। "},{"id":28,"text":"पानी फर्केर आयो र रथहरू, घोड़चढ़ीहरू, अर्थात् इस्राएलका पछिपछि आएका फारोका जम्मै सेनालाई छोप्यो; र उनीहरूमध्ये एउटै पनि बाँचेन।"},{"id":29,"text":"तर इस्राएलीहरूचाहिँ समुद्रको बीचबाट ओबानो जमिनमा हिँड़ेर गए। पानीचाहिँ तिनीहरूका दाहिने र देब्रेतिर पर्खाल भयो। "},{"id":30,"text":"त्यस दिन परमप्रभुले इस्राएलीहरूलाई मिश्रीहरूका हातबाट बचाउनुभयो, र इस्राएलीहरूले मिश्रीहरूलाई समुद्रको किनारमा मरेर लड़िरहेका देखे। "},{"id":31,"text":"परमप्रभुले मिश्रीहरूमाथि गर्नुभएको त्यो ठूलो काम जब इस्राएलीहरूले देखे, तब तिनीहरूले परमप्रभुको भय माने, र परमप्रभु र उहाँका दास मोशामाथि विश्वास गरे।"}]},{"id":15,"title":"प्रस्थान 15","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EXO/15-4ca0fad4d0001e11e7ea400685fa9ea3.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब मोशा र इस्राएलीहरूले परमप्रभुको नाउँमा यो स्तुति गाए: \n“म परमप्रभुको स्तुतिगान गाउनेछु,\nकिनकि उहाँ धेरै उचालिनुभएको छ।\nघोड़ा र त्यसको सवारलाई\nउहाँले समुद्रमा फालिदिनुभएको छ।"},{"id":2,"text":"परमप्रभु नै मेरो शक्ति र गीत हुनुहुन्छ, \nर उहाँ मेरो मुक्ति हुनुभएको छ।\nउहाँ मेरा परमेश्वर हुनुहुन्छ, म उहाँको स्तुति गर्नेछु।\nमेरा पिता-पुर्खाका परमेश्वर, म उहाँको नाउँ उच्च पार्नेछु।"},{"id":3,"text":"परमप्रभु नै योद्धा हुनुहुन्छ,\nउहाँको नाउँ परमप्रभु हो।"},{"id":4,"text":"फारोका रथहरू र उनका सेनालाई समेत\nउहाँले समुद्रमा फालिदिनुभएको छ।\nफारोका सर्वश्रेष्ठ अधिकृतहरू लाल समुद्रमा डुबे।"},{"id":5,"text":"गहिरा पानीले उनीहरूलाई छोपे।\nउनीहरू ढुङ्गाझैँ गहिराइमा डुबे।"},{"id":6,"text":"हे परमप्रभु, तपाईंको दाहिने बाहुली\nशक्तिमा प्रतापी थियो, हे परमप्रभु,\nतपाईंको दाहिने बाहुलीले\nशत्रुहरूलाई चकनाचूर पार्यो।"},{"id":7,"text":"तपाईंका विरुद्धमा उठ्नेहरूलाई\nतपाईंका गौरवको उच्चतामा तपाईंले तल झार्नुभयो।\nतपाईंले आफ्नो जल्दो क्रोध प्रकट गर्नुभयो,\nर त्यसले उनीहरूलाई ठोसाझैँ भस्म पार्यो।"},{"id":8,"text":"तपाईंका नाकको सासले पानीको थुप्रो लाग्यो, उर्लिंदो पानी एकै थुप्रो भई पर्खालजस्तो स्थिर भई उभियो, गहिरो पानी समुद्रको बीचमा जम्यो।"},{"id":9,"text":"“शत्रुले धाक लगायो,\n‘म तिनीहरूलाई खेदेर भेट्टाउनेछु,\nलुटिएका मालहरू म बाँड्नेछु।\nतिनीहरूमा म टन्न भोज गर्नेछु।\nम मेरो तरवार थुत्नेछु,\nर मेरो हातले तिनीहरूलाई नष्ट पार्नेछु।’"},{"id":10,"text":"तर तपाईंले आफ्नो सास फुक्नुभयो,\nर समुद्रले उनीहरूलाई छोप्यो।\nशक्तिशाली समुद्रमा उनीहरू सीसाझैँ डुबे।"},{"id":11,"text":"हे परमप्रभु, देवताहरूमा\nतपाईंझैँ को छ र?\nपवित्रतामा अति महान्, महिमामा भययोग्य,\nर उदेकका कर्म गर्नुहुने तपाईंझैँ को छ र?"},{"id":12,"text":"तपाईंले आफ्नो दाहिने बाहुली पसार्नुभयो,\nर पृथ्वीले उनीहरूलाई निलिहाल्यो।"},{"id":13,"text":"“तपाईंले छुटकारा गर्नुभएका मानिसहरूलाई\nतपाईंले आफ्नो नचुक्ने प्रेममा डोर्याउनुहुनेछ।\nतपाईंले आफ्नो शक्तिद्वारै तिनीहरूलाई\nआफ्नो पवित्र वासस्थानमा अगुवाइ गर्नुहुनेछ।"},{"id":14,"text":"जातिहरूले सुन्नेछन् र काम्नेछन्।\nपलिश्त देशमा वास गर्नेहरूलाई पीडाले पक्रनेछ।"},{"id":15,"text":"एदोमका अधिपतिहरू भयभीत हुनेछन्,\nमोआबका नेताहरूलाई कम्पले पक्रनेछ।\nकनानका सारा बासिन्दाहरू पग्लनेछन्,\nडर र त्रास उनीहरूमाथि पर्नेछ।"},{"id":16,"text":"हे प्रभु, तपाईंका प्रजा पार नहोउञ्जेल,\nतपाईंले किन्नुभएका प्रजा पार नहोउञ्जेल\nतपाईंका पाखुराको शक्तिले\nउनीहरू पत्थरझैँ अचल रहनेछन्।"},{"id":17,"text":"तपाईंले तिनीहरूलाई ल्याएर तपाईंको\nआफ्नो उत्तराधिकारको पर्वतमा रोप्नुहुनेछ— त्यसै ठाउँमा,\nहे परमप्रभु, जो तपाईंले आफ्नो वासको निम्ति बनाउनुभयो,\nत्यही पवित्रस्थानमा, हे परमप्रभु, जो तपाईंका बाहुलीहरूले स्थापना गरे।"},{"id":18,"text":"परमप्रभुले सदासर्वदै राज्य गर्नुहुनेछ।”"},{"id":19,"text":"जब फारोका घोड़ाहरू र उनका रथहरू र घोड़चढ़ीहरू समुद्रमा परे, तब परमप्रभुले उनीहरूमाथि समुद्रको पानी फर्काएर ल्याउनुभयो, तर इस्राएलीहरू समुद्रको बीचबाट ओबानो जमिनमा हिँड़ेर गए।"},{"id":20,"text":"तब हारूनकी दिदी, मिरियम अगमवादिनीले हातमा खैँजड़ी लिइन्, र सबै स्त्रीहरू पनि खैँजड़ी लिएर नाच्दै तिनका पछिपछि निस्के। "},{"id":21,"text":"मिरियम यसो भन्दै गाउन लागिन्:\n“परमप्रभुको स्तुति गाओ,\nकिनभने उहाँ धेरै उचालिनुभएको छ।\nघोड़ा र त्यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभएको छ।”"},{"id":22,"text":"तब मोशाले इस्राएलीहरूलाई लाल समुद्रबाट अगि डोराएर लगे, र तिनीहरू शूरको उजाड़-स्थानतिर लागे। उजाड़-स्थानमा हिँड्दा तीन दिनसम्म तिनीहरूले पानी पाएनन्।"},{"id":23,"text":"अनि मारा भन्ने ठाउँमा आएपछि माराको पानी तिनीहरूले खान सकेनन्, किनकि त्यो तीतो थियो। (यसैले त्यसको नाउँ मारा भयो।) "},{"id":24,"text":"यसकारण मानिसहरू “हामीले के पिउने?” भनेर मोशासित गनगनाउन लागे।"},{"id":25,"text":"तब मोशाले परमप्रभुलाई पुकारा गरे। अनि परमप्रभुले तिनलाई एउटा काठको टुक्रा देखाइदिनुभयो, र तिनले त्यो पानीमा हाल्दा पानी मीठो भयो।त्यहीँ नै परमप्रभुले तिनीहरूका निम्ति एक विधि र विधान बनाउनुभयो, र उहाँले तिनीहरूको जाँच गर्नुभयो। "},{"id":26,"text":"र उहाँले भन्नुभयो, “तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरका कुरा ध्यानसित सुन्यौ, उहाँको दृष्टिमा जे ठीक छ सो गर्यौ, र उहाँका आज्ञाहरूमा ध्यान लगायौ, र उहाँका सबै विधिहरू मान्यौ भने, जुन रोगहरू मैले मिश्रीहरूमाथि ल्याएको थिएँ, तीमध्ये एउटै पनि तिमीहरूमाथि ल्याउनेछैनँ, किनकि तिमीहरूलाई निको पार्ने म परमप्रभु हुँ।”"},{"id":27,"text":"अनि तिनीहरू एलीममा आइपुगे, जहाँ बाह्र वटा पानीका मूल र सत्तरी वटा खजूरका बोटहरू थिए। तिनीहरूले त्यही पानीनेर पाल टाँगे।"}]},{"id":16,"title":"प्रस्थान 16","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EXO/16-036623b8340ed3392b828c4e688a6c1a.mp3?version_id=1483","verses":[{"id":1,"text":"इस्राएलीहरूका सारा समुदाय एलीमबाट यात्रा गरेर मिश्रबाट निस्केको दोस्रो महिनाको पन्ध्रौँ दिनमा, एलीम र सीनै पर्वतको बीचमा भएको सीनको उजाड़-स्थानमा आइपुगे। "},{"id":2,"text":"तब सारा समुदाय त्यहाँ मोशा र हारूनसित गनगनाउन लागे। "},{"id":3,"text":"अनि इस्राएलीहरूले तिनीहरूलाई भने, “हामी मिश्रमा मासुका कराहीहरूका वरिपरि बसी अघाउञ्जेल खाना खान्थ्यौं। त्यसै बेला हामी परमप्रभुको हातबाट मरेका भएदेखि असल हुनेथियो। तर तपाईंहरूले हामी र हाम्रा यस जम्मै समुदायलाई भोकले मार्न उजाड़-स्थानमा ल्याउनुभएको छ।”"},{"id":4,"text":"तब परमप्रभुले मोशालाई भन्नुभयो, “म तिमीहरूका निम्ति स्वर्गबाट रोटी वर्साउनेछु। मानिसहरूले दिनहुँ बाहिर गएर एक दिनको हिस्सा बटुलून्। यसरी तिनीहरू मेरा आदेशमा हिँड्छन् कि हिँड्दैनन् सो म जाँच गर्न सकूँला। "},{"id":5,"text":"छैटौँ दिन तिनीहरूले जति बटुल्छन् त्यो तयारी पारिराखून्, र त्यो अरू दिनभन्दा दोबर होस्।”"},{"id":6,"text":"यसकारण मोशा र हारूनले सारा इस्राएलीहरूलाई भने, “बेलुकी तिमीहरूले थाहा पाउनेछौ, कि परमप्रभुले नै तिमीहरूलाई मिश्रबाट निकालेर ल्याउनुभएको हो। "},{"id":7,"text":"अनि बिहानचाहिँ तिमीहरूले परमप्रभुको महिमा देख्नेछौ, किनकि परमप्रभुको विरुद्धमा गरेको गनगन उहाँले सुन्नुभएको छ। हामी को हौं र तिमीहरू हाम्रा विरुद्धमा गनगनाउँछौ?” "},{"id":8,"text":"फेरि मोशाले भने, “परमप्रभुले तिमीहरूलाई बेलुकी खानलाई मासु र बिहान अघाउञ्जेल रोटी दिनुहुनेछ, किनभने तिमीहरूले उहाँको विरुद्ध गरेको गनगन उहाँले सुन्नुभएको छ। हामीचाहिँ को हौं र? तिमीहरूको यो गनगन हाम्रो विरुद्धमा होइन, तर परमप्रभुको विरुद्धमा भएको छ।”"},{"id":9,"text":"तब मोशाले हारूनलाई भने, “इस्राएलीका सारा समुदायलाई भन्नुहोस्, ‘परमप्रभुको सामु आओ, किनभने उहाँले तिमीहरूको गनगन सुन्नुभएको छ’।”"},{"id":10,"text":"अनि इस्राएलका सारा समुदायसित हारून बोल्दा, तिनीहरूले उजाड़-स्थानतिर हेरे। त्यहाँ परमप्रभुको महिमा बादलमा देखियो।"},{"id":11,"text":"परमप्रभुले मोशालाई भन्नुभयो, "},{"id":12,"text":"“इस्राएलीहरूको गनगन मैले सुनेको छु। तिनीहरूलाई भन्, ‘बेलुकी तिमीहरूले मासु खानेछौ, र बिहान रोटीले अघाउनेछौ। तब म परमप्रभु तिमीहरूका परमेश्वर रहेछु भन्ने तिमीहरूले थाहा पाउनेछौ’।”"},{"id":13,"text":"तब बेलुकी बट्टाई चराहरू आएर छाउनी नै ढाके, र बिहानचाहिँ छाउनीका चारैतिर शीत परिरह्यो। "},{"id":14,"text":"जब त्यो शीत सुक्यो तब जमिनमा परेको तुसारोझैँ ससाना डल्ला उजाड़-स्थानभरि रहेछन्। "},{"id":15,"text":"इस्राएलीहरूले त्यो देखेर आपसमा भन्न लागे, “यो के हो?” किनकि तिनीहरूले त्यो के हो भनी जान्दैनथे। मोशाले तिनीहरूलाई भने, “यो परमप्रभुले तिमीहरूलाई दिनुभएको रोटी हो। "},{"id":16,"text":"परमप्रभुले यो आज्ञा गर्नुभएको छ: ‘यसबाट हरेकले आफूले खाने जति बटुल। तिमीहरूका आ-आफ्नो पालमा हुने हरेकको निम्ति एक-एक ओमेर बटुल’।”"},{"id":17,"text":"इस्राएलीहरूले त्यसै गरे, कसैले धेरै, कसैले थोरै बटुले। "},{"id":18,"text":"जब तिनीहरूले त्यो ओमेरले नापे, तब धेरै बटुल्नेको ज्यादा भएन र थोरै बटुल्नेको कम भएन। तिनीहरू हरेकले आफूले खाने जति नै बटुले। "},{"id":19,"text":"तब मोशाले तिनीहरूलाई भने, “कसैले पनि त्यसबाट केही पनि बिहानसम्म नराखोस्।”"},{"id":20,"text":"तर तिनीहरूमध्ये कसैले मोशाको कुरा सुनेनन्, र तिनीहरूले त्यसबाट केही भाग बिहानसम्मै राखे। तर त्यसमा कीरा लागेर गन्हाउन लाग्यो। मोशा तिनीहरूसित क्रोधित भए।"},{"id":21,"text":"यसरी बिहान-बिहान तिनीहरू हरेक मानिसले आफूले खाने जति बटुल्थे, र घाम छिप्पिएपछि त्यो बिलाइहाल्थ्यो। "},{"id":22,"text":"छैटौँ दिनचाहिँ तिनीहरूले दोबर, अर्थात् हरेकको निम्ति दुई-दुई ओमेर बटुले, अनि समुदायका सबै नाइकेहरू आएर मोशालाई त्यो कुरा बताए। "},{"id":23,"text":"तब तिनले तिनीहरूलाई भने, “परमप्रभुले अह्राउनुभएको कुरा यही हो: ‘भोलि विश्रामको दिन हो, परमप्रभुको निम्ति एक पवित्र शबाथ हो। जे पकाउनु छ, सो पकाओ, र जे उमाल्नु छ, सो उमाल। जति उब्रिन्छ त्यो आफ्नो निम्ति बिहानसम्मलाई राख’।” "},{"id":24,"text":"मोशाले आज्ञा गरेझैँ त्यो तिनीहरूले बिहानसम्मै छोड़िराखे। त्यो गन्हाएन र त्यसमा कुनै कीरा पनि लागेन। "},{"id":25,"text":"तब मोशाले भने, “त्यो आज खाओ, किनकि आज परमप्रभुको निम्ति शबाथ हो। आज त्यो तिमीहरूले भूमिमा पाउनेछैनौ। "},{"id":26,"text":"छ दिनसम्म तिमीहरूले त्यो बटुल, तर सातौँ दिन शबाथ हो, र त्यसमा केही हुनेछैन।”"},{"id":27,"text":"तरै पनि सातौँ दिनमा मानिसहरूमध्ये कति जना त्यो बटुल्न गए, तर केही पाएनन्। "},{"id":28,"text":"तब परमप्रभुले मोशालाई भन्नुभयो, “कहिलेसम्म तिमीहरू मेरा आज्ञा र मेरा आदेशहरू मान्न अस्वीकार गर्नेछौ? "},{"id":29,"text":"याद राख, कि परमप्रभुले तिमीहरूलाई शबाथ दिनुभएको छ। यसैकारण परमप्रभुले तिमीहरूका निम्ति छैटौँ दिनमा दुई दिनको भोजन दिनुहुन्छ। सातौँ दिनमा तिमीहरू हरेक जहाँ छौ त्यहीँ नै बसिरहनू, कुनै पनि मानिस आफ्नो डेराबाट बाहिर नजाओस्।” "},{"id":30,"text":"यसकारण मानिसहरूले सातौँ दिनमा विश्राम गरे।"},{"id":31,"text":"इस्राएलीहरूले त्यस रोटीको नाउँ “मन्न” राखे। त्यो धनियाँजस्तो सेतो थियो। त्यसको स्वादचाहिँ महमा बनाएको बाबरजस्तो थियो। "},{"id":32,"text":"मोशाले भने, “परमप्रभुले यो आज्ञा गर्नुभएको छ: ‘जुन भोजन तिमीहरूलाई मिश्रबाट निकालेर ल्याउँदा उजाड़-स्थानमा तिमीहरूलाई खुवाएको थिएँ, आउने पुस्ताहरूले त्यो देखून् भनेर त्यसबाट एक ओमेर पुस्तौँ-पुस्तौँसम्म राख’।”"},{"id":33,"text":"अनि मोशाले हारूनलाई भने, “एउटा भाँड़ो लिएर त्यसमा एक ओमेर मन्न हाल्नुहोस्, र आउने पुस्ताहरूका निम्ति परमप्रभुको अगाड़ि राख्नुहोस्।” "},{"id":34,"text":"तब परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम हारूनले गवाही-पाटीको सामु रहिरहोस् भनेर मन्न राखे। "},{"id":35,"text":"इस्राएलीहरूले मानिसले बसोबास गरेको जमिनसम्म नपुगुञ्जेल चालीस वर्षसम्म मन्न खाइरहे। कनान देशको सिमानामा नपुगुञ्जेल तिनीहरूले त्यो मन्न खाइरहे। "},{"id":36,"text":"(एक ओमेर आधा पाथी हो।)"}]},{"id":17,"title":"प्रस्थान 17","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EXO/17-56a76d8736f3000d4eae1414fa13dcb2.mp3?version_id=1483","verses":[{"id":1,"text":"इस्राएलीहरूका सारा समुदाय सीनको उजाड़-स्थानबाट परमप्रभुको आज्ञाबमोजिम ठाउँ-ठाउँमा यात्रा गरेर रपीदीममा आइपुगे। त्यहाँ तिनीहरूले डेरा बनाए, तर मानिसहरूका निम्ति खाने पानी थिएन। "},{"id":2,"text":"यसकारण तिनीहरूले मोशासित झगड़ा गरेर भने, “हामीलाई खाने पानी दिनुहोस्।”मोशाले तिनीहरूलाई भने, “तिमीहरू किन मसित कलह गर्दछौ? तिमीहरू किन परमप्रभुको परीक्षा गर्दछौ?”"},{"id":3,"text":"तर मानिसहरूलाई पानीको तिर्खा लाग्यो, र ती यसो भनेर मोशाको विरुद्धमा गनगनाए, “तपाईंले हामी, हाम्रा बालबच्चा र पशुहरूलाई तिर्खाले मार्न किन मिश्रबाट यहाँ ल्याउनुभयो?”"},{"id":4,"text":"तब मोशाले यसो भनी परमप्रभुलाई पुकारा गरे, “म यी मानिसहरूलाई के गरूँ? यिनीहरूले त मलाई ढुङ्गाले हान्नै आँटेका छन्।”"},{"id":5,"text":"परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलीहरूका धर्म-गुरुहरूमध्ये कतिलाई साथमा लिएर मानिसहरूका अगिअगि जा, र तैंले नील नदीलाई हिर्काएको तेरो लहुरो पनि आफ्नो हातमा लिएर जा। "},{"id":6,"text":"म होरेबमा भएको चट्टानमा तेरो अगि खड़ा हुनेछु। तैंले चट्टानलाई हिर्काउनू, र मानिसहरूले पिउनलाई त्यहाँबाट पानी निस्कनेछ।” तब मोशाले इस्राएलीहरूका धर्म-गुरुहरूका सामुन्ने त्यसै गरे। "},{"id":7,"text":"“परमप्रभु हाम्रा बीचमा हुनुहुन्छ कि हुनुहुन्न” भन्ने इस्राएलीहरूका झगड़ाको कारण र तिनीहरूले परमप्रभुको परीक्षा गरेको कारण त्यस ठाउँको नाउँ तिनले मस्साह र मेरीबा राखे।"},{"id":8,"text":"तब अमालेकीहरू आएर रपीदीममा इस्राएलीहरूमाथि आक्रमण गरे। "},{"id":9,"text":"अनि मोशाले यहोशूलाई भने, “हाम्रा निम्ति मानिसहरू चुनेर अमालेकीहरूसित युद्ध गर्न जाऊ। भोलि परमप्रभुको लहुरो मेरा हातमा लिएर म डाँड़ाको टाकुरामा खड़ा हुनेछु।”"},{"id":10,"text":"तब मोशाले तिनलाई भनेबमोजिम यहोशूले गरे, र अमालेकीहरूका विरुद्धमा लड्न लागे। मोशा, हारून र हूरचाहिँ डाँड़ाको टाकुरामा गए। "},{"id":11,"text":"मोशाले आफ्ना हात माथि उचालिराख्दा इस्राएलीहरू विजयी हुन्थे। तर तिनले आफ्ना हात तल झार्दा अमालेकीहरू विजयी हुन्थे। "},{"id":12,"text":"जब मोशाका हात थाके, तब तिनीहरूले एउटा ढुङ्गा ल्याएर तिनीमुनि राखिदिए, र तिनी त्यसमाथि बसे। हारून र हूरले चाहिँ तिनका हात थामिराखे, एउटाले एकापट्टि र अर्काले अर्कोपट्टि। यसरी सूर्यास्त नहोउञ्जेल तिनका हात स्थिर रहे। "},{"id":13,"text":"अनि यहोशूले अमालेकी फौजलाई तरवारले जिते।"},{"id":14,"text":"तब परमप्रभुले मोशालाई भन्नुभयो, “यो कुरो सम्झनाको निम्ति एउटा पुस्तकमा लेख्, र त्यो यहोशूलाई बताइदे, किनकि म अमालेकको स्मृति आकाशमुनिदेखि बिलकुलै मेटिदिनेछु।” "},{"id":15,"text":"मोशाले त्यहाँ एउटा वेदी बनाएर त्यसको नाउँ “परमप्रभु मेरो झन्डा” राखे। "},{"id":16,"text":"अनि तिनले भने, “परमप्रभुको सिंहासनतर्फ हातहरू उचालिएका थिए। परमप्रभु पुस्तौँ-पुस्तौँसम्म अमालेकीहरूसित युद्ध गर्नुहुनेछ।”"}]},{"id":18,"title":"प्रस्थान 18","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EXO/18-d90bdc3aeeb4b977c2dc3a1d4d67d526.mp3?version_id=1483","verses":[{"id":1,"text":"परमेश्वरले मोशा र आफ्नो प्रजा इस्राएलका निम्ति गर्नुभएका सारा कुरा, कसरी परमप्रभुले इस्राएलीहरूलाई मिश्रबाट निकालेर ल्याउनुभएको थियो, सो मिद्यानका पूजाहारी, मोशाका ससुरा यित्रोले सुने।"},{"id":2,"text":"मोशाले आफ्नी पत्नी सिप्पोरालाई माइत पठाएपछि, तिनका ससुरा यित्रोले सिप्पोरा "},{"id":3,"text":"र तिनका दुई छोराहरूलाई लिए। ती छोराहरूमध्ये एक जनाको नाउँ गेर्शोम थियो, किनभने मोशाले भने, “म परदेशमा रहने प्रवासी भएको छु।” "},{"id":4,"text":"अर्काको नाउँचाहिँ एलीएजर थियो, किनभने तिनले भने, “मेरा पिताका परमेश्वर मेरा सहायक भएर मलाई फारोको तरवारबाट छुटकारा दिनुभयो।”"},{"id":5,"text":"मोशाका छोराहरू र पत्नी लिएर मोशाका ससुरा यित्रो परमेश्वरको पर्वत नजिक मोशा पाल टाँगेर बसेको उजाड़-स्थानमा आए। "},{"id":6,"text":"यित्रोले मोशालाई यसो भनेर खबर पठाएका थिए, “म तिम्रा ससुरा यित्रो, तिम्री पत्नी र तिम्रा दुवै छोराहरूलाई लिएर तिमीकहाँ आउँदैछु।”"},{"id":7,"text":"मोशा आफ्ना ससुरालाई भेट्न निस्के, र भेटेर तिनलाई ढोगेर म्वाइँ खाए। तिनीहरूले एक-अर्काको हालखबर सोधपूछ गरे, र पालभित्र पसे। "},{"id":8,"text":"परमप्रभुले इस्राएलीहरूका खातिर फारो र मिश्रीहरूलाई के-कसो गर्नुभयो, र बाटोमा तिनीहरूलाई के-के कष्ट भयो, र परमप्रभुले कसरी तिनीहरूलाई छुटकारा दिनुभयो सो वृत्तान्त मोशाले आफ्ना ससुरालाई सुनाए।"},{"id":9,"text":"तिनीहरूलाई मिश्रीहरूका हातबाट छुटकारा दिएर ल्याउनुहुँदा इस्राएलीहरूका निम्ति परमप्रभुले गर्नुभएका सबै कल्याणको कारण यित्रो खुशी भए। "},{"id":10,"text":"यित्रोले भने, “तिमीहरूलाई मिश्रीहरू र फारोका हातबाट छुटाउनुहुने परमप्रभुको प्रशंसा होस्। "},{"id":11,"text":"अब मलाई थाहा भयो कि परमप्रभु सारा देवताहरूभन्दा महान् हुनुहुँदोरहेछ, किनकि जब मिश्रीहरूले इस्राएलीहरूमाथि अभिमानी व्यवहार गरे तब उहाँले उनीहरूलाई त्यसो गर्नुभयो।” "},{"id":12,"text":"त्यसपछि मोशाका ससुरा यित्रोले परमेश्वरको निम्ति होमबलि र अरू बलिदानहरू चढ़ाए। अनि हारून र इस्राएलका सबै धर्म-गुरुहरू मोशाका ससुरा यित्रोसँग परमेश्वरको उपस्थितिमा रोटी खान आए।"},{"id":13,"text":"भोलिपल्ट मोशा मानिसहरूका निम्ति न्याय गर्नलाई बसे। मानिसहरूचाहिँ बिहानदेखि बेलुकासम्म मोशाको वरिपरि आए। "},{"id":14,"text":"मोशाले मानिसहरूका निम्ति गरेका सबै काम मोशाका ससुराले देखेर तिनलाई सोधे, “यो तिमीले मानिसहरूका निम्ति गरेको के काम हो? किन तिमी मात्र न्याय गर्न एकलै बसिरहन्छौ, र मानिसहरूचाहिँ बिहानदेखि बेलुकासम्म तिम्रो वरिपरि उभिरहन्छन्?”"},{"id":15,"text":"मोशाले आफ्ना ससुरालाई भने, “मानिसहरू मद्वारा परमेश्वरको इच्छा बुझ्न आउँछन्। "},{"id":16,"text":"तिनीहरूको केही विवाद छ भने तिनीहरू मकहाँ आउँछन्, र कुनै मानिस र त्यसको भाइबन्धुको बीचमा म न्याय गरिदिन्छु, अनि म तिनीहरूलाई परमेश्वरका विधिविधानहरू बताइदिन्छु।”"},{"id":17,"text":"मोशाका ससुराले तिनलाई भने, “तिमीले गरेको यो काम ठीक भएन। "},{"id":18,"text":"तिमी घोटिनेछौ— तिमी र तिमीकहाँ आउने यी सबै मानिसहरू। किनभने यो काम तिम्रो निम्ति साह्रै चर्को छ। तिमीले यो काम एकलै गर्न सक्नेछैनौ। "},{"id":19,"text":"मेरो कुरा सुन, म तिमीलाई केही सल्लाह दिनेछु, र परमेश्वर तिमीसित रहून्। तिमीचाहिँ परमेश्वरको अगि मानिसहरूका प्रतिनिधि भएर तिनीहरूका मुद्दा उहाँको सामु लैजानू। "},{"id":20,"text":"तिमीले तिनीहरूलाई विधिविधानहरू सिकाउने गर्नू, र तिनीहरूले जिउने तरीका र गर्नुपर्ने कर्तव्य तिनीहरूलाई सिकाइदिनू। "},{"id":21,"text":"तर सबै मानिसहरूमध्येबाट परमेश्वरको भय मान्ने, योग्य मानिसहरू चुन। तिनीहरू अनुचित फाइदा घिनाउने ईमानदार व्यक्तिहरू होऊन्। तिनीहरूलाई हजार-हजार, सय-सय, पचास-पचास र दश-दशमाथि नायक हुनलाई नियुक्त गर। "},{"id":22,"text":"तिनीहरूले हरसमय मानिसहरूका न्यायकर्ता भएर सेवा गरून्। सबै ठूला-ठूला मुद्दाहरूचाहिँ तिनीहरूले तिम्रो सामु ल्याऊन्, तर साना-साना मुद्दाहरूचाहिँ तिनीहरूले नै इन्साफ गरून्। यसरी तिमीलाई सजिलो पर्नेछ, किनकि तिनीहरूले पनि तिम्रो भार बाँड्नेछन्। "},{"id":23,"text":"तिमीले यो उपाय गर्यौ भने र परमेश्वरले पनि यही आज्ञा तिमीलाई दिनुभयो भने, तिमी टिक्न सक्नेछौ, र यी सबै मानिसहरू पनि आ-आफ्नो घरमा चित्त बुझाएर जानेछन्।”"},{"id":24,"text":"मोशाले आफ्ना ससुराले भनेका कुरा माने, र तिनले भनेबमोजिम सबै गरे। "},{"id":25,"text":"मोशाले सारा इस्राएलबाटका योग्य-योग्य मानिसहरूलाई छाने, र तिनीहरूलाई मानिसहरूमाथि नायक बनाए, अर्थात् हजार-हजारका नायक, सय-सयका नायक, पचास-पचासका नायक र दश-दशका नायक। "},{"id":26,"text":"तिनीहरूले हरसमय मानिसहरूका न्यायकर्ताका रूपमा सेवा गर्थे। गाह्रा-गाह्रा विषयहरूचाहिँ तिनीहरूले मोशाकहाँ ल्याउँथे, तर हरेक मामुली कुरा तिनीहरू आफैले इन्साफ गर्थे।"},{"id":27,"text":"तब मोशाले आफ्ना ससुरालाई बिदा गरे, र यित्रो आफ्नो देशको बाटो लागे।"}]},{"id":19,"title":"प्रस्थान 19","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EXO/19-e3fd79b80acfa9c50108a1ad6d51b802.mp3?version_id=1483","verses":[{"id":1,"text":"इस्राएलीहरू मिश्रबाट निक्लेका तीन महिना भएपछि— त्यही दिनमा तिनीहरू सीनैको उजाड़-स्थानमा आइपुगे। "},{"id":2,"text":"जब तिनीहरू रपीदीमबाट हिड़ेर सीनैको उजाड़-स्थानमा आए, त्यही पर्वतकै सामुन्ने इस्राएलीहरूले छाउनी बनाए।"},{"id":3,"text":"तब मोशा परमेश्वरकहाँ गए र परमप्रभुले तिनलाई पर्वतबाट भन्नुभयो, “याकूबका घराना र इस्राएलीहरूलाई तैंले यसो भन्नू: "},{"id":4,"text":"‘मैले मिश्रीहरूलाई के गरें, र तिमीहरूलाई कसरी गरुडका पखेटामा झैँ बोकेर मकहाँ ल्याएँ, सो तिमीहरूले देखेका छौ। "},{"id":5,"text":"अब यदि तिमीहरूले मेरा कुरा साँच्चै नै सुन्यौ र मेरो करार पालन गर्यौ भने, सबै जातिहरूमध्ये तिमीहरूचाहिँ मेरो बहुमूल्य निज धन हुनेछौ। सारा पृथ्वी मेरै भए तापनि "},{"id":6,"text":"तिमीहरू मेरो निम्ति पूजाहारीहरूको एक राज्य र एक पवित्र जाति हुनेछौ’। इस्राएलीहरूलाई तैंले भन्नुपर्ने कुरा यी नै हुन्।” "},{"id":7,"text":"अनि मोशा तल आए, र मानिसहरूका धर्म-गुरुहरूलाई बोलाउन पठाए, र परमप्रभुले तिनलाई बोल्नू भनी आज्ञा गर्नुभएका यी सबै कुराहरू तिनीहरूका सामु राखिदिए। "},{"id":8,"text":"सारा मानिसहरूले एकसाथ यसो भने, “परमप्रभुले भन्नुभएका सबै कुराहरू हामी पालन गर्नेछौं।” तब मोशाले मानिसहरूको जवाफ परमप्रभुलाई सुनाइदिए।"},{"id":9,"text":"परमप्रभुले मोशालाई भन्नुभयो, “हेर्, म तँसित कुरा गर्दा मानिसहरूले सुनून् र तँलाई सधैँ विश्वास पनि गरून् भनेर म तँकहाँ बाक्लो बादलमा आउनेछु।” तब मोशाले मानिसहरूले भनेका कुरा परमप्रभुलाई सुनाए।"},{"id":10,"text":"अनि परमप्रभुले मोशालाई भन्नुभयो, “मानिसहरूकहाँ गएर तिनीहरूलाई आज र भोलि शुद्ध गर्। तिनीहरूले आ-आफ्ना लुगा धोऊन्, "},{"id":11,"text":"र तेस्रो दिनको निम्ति तिनीहरू तयार रहून्, किनकि तेस्रो दिन सीनै पर्वतमा सबै मानिसहरूका आँखाकै सामुन्ने परमप्रभु आउनुहुनेछ। "},{"id":12,"text":"तैंले चाहिँ मानिसहरूका निम्ति चारैतिर यसो भनेर बार लगाउनू, ‘होशियार बस, तिमीहरू पर्वतमाथि नजानू, र त्यसका सिमाना पनि नछुनू। जसले पर्वत छुन्छ त्यो निश्चय नै मारिनेछ। "},{"id":13,"text":"कसैले पनि त्यसलाई नछुनू, तर ढुङ्गाले वा काँड़ले हानेर त्यसलाई मार्नू। पशु होस् अथवा मानिस, त्यो जीवित रहनेछैन’। तुरही लामो गरी बज्दा तिनीहरू पर्वतसम्म आऊन्।”"},{"id":14,"text":"मोशा पर्वतबाट तल मानिसहरूकहाँ उत्रेर आएपछि, तिनले मानिसहरूलाई शुद्ध गरे, र तिनीहरूले आ-आफ्ना लुगा धोए। "},{"id":15,"text":"तब तिनले मानिसहरूलाई भने, “तेस्रो दिनको निम्ति तयार होओ। यौनक्रिया नगर।”"},{"id":16,"text":"तेस्रो दिन जब बिहान भयो तब पर्वतमा गड्याङगुडुङ भयो र बिजुली चम्क्यो र बाक्लो बादल पर्वतमा उठ्यो, र तुरहीको अति चर्को आवाज सुनियो। छाउनीमा भएका सबै जना थरथर कामे। "},{"id":17,"text":"तब मोशाले मानिसहरूलाई छाउनीबाट परमेश्वरसँग भेट गर्न ल्याए। तिनीहरूचाहिँ पर्वतको फेदीमा खड़ा भए। "},{"id":18,"text":"परमप्रभु आगोमा ओर्लेर त्यहाँ आउनुभएको कारणले सीनै पर्वत बिलकुलै धूवैँधूवाँले भरियो। पर्वतबाट धूवाँ भट्टीबाट झैँ निस्क्यो र सारा पर्वत जोडसित काँप्न लाग्यो, "},{"id":19,"text":"र तुरहीको आवाज अझ चर्को गरी बज्न लाग्यो। तब मोशा बोल्न लागे, र परमेश्वरले मेघ गर्जनमा तिनलाई जवाफ दिनुभयो।"},{"id":20,"text":"अनि परमप्रभु सीनै पर्वतको टाकुरामा ओर्लेर आउनुभयो, र परमप्रभुले मोशालाई पर्वतको टाकुरामा बोलाउनुभयो, र मोशा माथि उक्लेर गए। "},{"id":21,"text":"तब परमप्रभुले मोशालाई भन्नुभयो, “तल गएर मानिसहरूलाई सावधान गर्, नत्रता तिनीहरू परमप्रभुलाई हेर्न बार नाघेर माथि आउलान् र तिनीहरूमध्ये धेरै नष्ट होलान्। "},{"id":22,"text":"परमप्रभुको नजिक आउन पूजाहारीले पनि आफैलाई शुद्ध गरून्, नत्रता परमप्रभुले तिनीहरूलाई तत्कालै नाश गर्नुहुन्छ।”"},{"id":23,"text":"मोशाले परमप्रभुलाई भने, “मानिसहरू सीनै पर्वतमा उक्लेर आउन सक्दैनन्, किनकि तपाईंले हामीलाई ‘पर्वतको वरिपरि बार लगाएर पवित्र भनी अलग गर,’ भनी आज्ञा दिनुभएको थियो।”"},{"id":24,"text":"अनि परमप्रभुले तिनलाई भन्नुभयो, “जा, तँ आफै तल जा, र हारूनको साथमा माथि उक्लेर आइज। तर पूजाहारीहरू र मानिसहरूचाहिँ परमप्रभुकहाँ बार नाघेर उक्ली नआऊन्, नत्रता उहाँले तिनीहरूलाई तत्कालै नाश गर्नुहुनेछ।”"},{"id":25,"text":"यसैले मोशा तल मानिसहरूकहाँ ओर्लेर गए, र तिनीहरूलाई यी कुरा बताइदिए।"}]},{"id":20,"title":"प्रस्थान 20","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EXO/20-41674799dbb50d0800e90b22b72b4b04.mp3?version_id=1483","verses":[{"id":1,"text":"अनि यी सब कुरा परमेश्वरले भन्नुभयो: "},{"id":2,"text":"“म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, जसले तिमीहरूलाई मिश्रदेश, अर्थात् दासत्वको देशबाट निकालेर ल्याएँ।"},{"id":3,"text":"“मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू।"},{"id":4,"text":"“आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनू। "},{"id":5,"text":"तिनीहरूका सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू, किनकि म परमप्रभु तिमीहरूका परमेश्वर डाह गर्ने परमेश्वर हुँ। मेरो अवहेलना गर्ने पिता-पुर्खाका अधर्मको दण्ड उनीहरूका सन्तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्तासम्म दिनेछु, "},{"id":6,"text":"तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौँ पुस्तामाथि म कृपा गर्नेछु।"},{"id":7,"text":"“परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनू, किनकि उहाँको नाउँ व्यर्थैमा लिनेलाई परमप्रभुले निरपराध ठहराउनुहुनेछैन। "},{"id":8,"text":"“शबाथ-दिन पवित्र मान्नुपर्छ भनी याद राख्नू। "},{"id":9,"text":"छ दिनसम्म परिश्रम गरेर आफ्ना सबै काम गर्नू, "},{"id":10,"text":"तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति शबाथ-दिन हो। त्यसमा तिमीहरूले केही काम नगर्नू, न त आफ्नो छोराले, न छोरीले, न कमारा-कमारीले, न गाईबस्तुले, न मूल ढोकाभित्र भएको परदेशीले केही काम गरोस्। "},{"id":11,"text":"किनकि छ दिनमा परमप्रभुले आकाश, पृथ्वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनुभयो, तर सातौँ दिनमा चाहिँ विश्राम गर्नुभयो। त्यसकारण परमप्रभुले शबाथ-दिनलाई आशिष् दिनुभयो, र त्यसलाई पवित्र गर्नुभयो। "},{"id":12,"text":"“आफ्ना बुबा र आमालाई आदर गर, कि जुन देश तिमीहरूलाई परमप्रभु आफ्ना परमेश्वरले दिनुहुन्छ, त्यहाँ तिमीहरूको आयु लामो होस्। "},{"id":13,"text":"“हत्या नगर्नू। "},{"id":14,"text":"“व्यभिचार नगर्नू। "},{"id":15,"text":"“चोरी नगर्नू। "},{"id":16,"text":"“आफ्नो छिमेकीको विरुद्धमा झूटो गवाही नदिनू। "},{"id":17,"text":"“आफ्नो छिमेकीका घरको लालच नगर्नू। आफ्नो छिमेकीकी पत्नीको लालच नगर्नू, आफ्नो छिमेकीको कमारा, कमारी, गोरु, गधा वा त्यसको कुनै पनि थोकको लालच नगर्नू।” "},{"id":18,"text":"जब सारा मानिसहरूले गर्जन, बिजुली र तुरहीको आवाज सुने र पर्वतबाट धूवाँ उठिरहेको देखे, तब तिनीहरू थरथर काँपे र टाढ़ै उभिरहे। "},{"id":19,"text":"तिनीहरूले मोशालाई भने, “तपाईं हामीसित कुरा गर्नुहोस् र हामी सुन्नेछौं, तर परमेश्वर हामीसित नबोलून्, नत्रता हामी मर्नेछौं।”"},{"id":20,"text":"मोशाले मानिसहरूलाई भने, “नडराओ, किनकि परमेश्वर तिमीहरूलाई जाँच्नलाई, र उहाँको भय तिमीहरूका सामु रहोस्, र तिमीहरूले पाप नगर भनेर आउनुभएको छ।”"},{"id":21,"text":"मानिसहरू टाढ़ै उभिरहे। परमेश्वर हुनुभएको त्यो बाक्लो बादलमा उहाँको नजिक मोशा गए।"},{"id":22,"text":"तब परमप्रभुले मोशालाई भन्नुभयो, “तैंले इस्राएलीहरूलाई यसो भन्नू: स्वर्गबाट म तिमीहरूसित बातचीत गरेको तिमीहरू आफैले सुनेका छौ। "},{"id":23,"text":"मसँगसँगै तिमीहरूले अरू देवताहरू नबनाउनू। तिमीहरूले चाँदीका देवताहरू, सुनका देवताहरू आफ्ना निम्ति नबनाउनू।"},{"id":24,"text":"“मेरो निम्ति माटोको वेदी बनाएर त्यसैमा तिमीहरूका होमबलि, मेलबलि, भेड़ाबाख्राहरू र गाईबस्तुहरू चढ़ाउनू। जहाँ-जहाँ म मेरो नाउँको आदर गराउनेछु, त्यहाँ-त्यहाँ आएर म तिमीहरूलाई आशिष् दिनेछु। "},{"id":25,"text":"तिमीहरूले मेरो निम्ति ढुङ्गाको वेदी बनाउँदा कुँदेको ढुङ्गाको वेदी नबनाउनू। किनकि त्यसमा तिमीहरूको हतियार चलाउँदा तिमीहरूले त्यसलाई अशुद्ध पार्नेछौ। "},{"id":26,"text":"र मेरै वेदीमा खुट्किलो बनाएर नउक्लनू। किनभने त्यसो गर्दा त्यसमाथि तिमीहरूको नग्नता उघ्रनेछ।"}]},{"id":21,"title":"प्रस्थान 21","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EXO/21-1e6a312586dbd0ab45c7d6bd03b84bf4.mp3?version_id=1483","verses":[{"id":1,"text":"“अब मैले तिमीहरूको सामु राख्ने विधानहरू यी नै हुन्। "},{"id":2,"text":"“तिमीहरूले हिब्रू कमारा किन्यौ भने त्यसले छ वर्षसम्म सेवा गरोस्। तर सातौँ वर्षमा केही नतिरी त्यो स्वतन्त्र भएर जाओस्। "},{"id":3,"text":"त्यो एकलै आएको भए एकलै जाओस्। त्यसले विवाह गरेर आएको भए त्यसकी पत्नी पनि त्यसैसँग जाओस्। "},{"id":4,"text":"यदि त्यसका मालिकले त्यसलाई पत्नी दिएका भए, र त्यसले छोराछोरीहरू जन्माई भने, पत्नी र छोराछोरीहरू त्यसका मालिकका हुनेछन्, र त्यो मात्र स्वतन्त्र भएर जाओस्।"},{"id":5,"text":"“तर यदि त्यस कमाराले स्पष्टसँग, मलाई मेरा पत्नी र छोराछोरीहरूको माया लाग्छ, म स्वतन्त्र हुन चाहन्नँ भन्यो भने, "},{"id":6,"text":"त्यसको मालिकले त्यसलाई न्यायकर्ताहरूकहाँ ल्याओस्, र त्यसलाई ढोका कि ढोकाको सँघारमा ल्याएर त्यसको कान सुतारोले छेड़ोस्। त्यसपछि त्यो आजीवन मालिकको नोकर हुनेछ।"},{"id":7,"text":"“यदि कुनै मानिसले आफ्नी छोरी कमारी हुनलाई बेचेको छ भने, त्योचाहिँ कमाराझैँ स्वतन्त्र भएर नजाओस्। "},{"id":8,"text":"त्यसलाई ल्याएर पनि त्यसको मालिकलाई त्यो असल लागेन भने मोल तिरेर त्यो छुटोस्। मालिकले त्यससँग कुव्यवहार गरेको कारण त्यसलाई विदेशीको हातमा बेच्ने त्यसलाई अधिकार हुनेछैन। "},{"id":9,"text":"यदि मालिकले त्यसलाई आफ्नो छोरालाई दिएको भए, त्यससित छोरीलाईझैँ व्यवहार गरोस्। "},{"id":10,"text":"त्यसले अर्की पत्नी ल्यायो भने, पहिलीलाई खानेकुरा र लुगाफाटा दिन र दाम्पत्य कर्तव्य पूरा गर्न त्यसले नछोड़ोस्। "},{"id":11,"text":"यदि मालिकले त्यससित यी तीनै वटा काम गरेन भने, त्यो केही नतिरी विनामोल स्वतन्त्र होस्।"},{"id":12,"text":"“कसैले कुनै मानिसलाई मर्ने गरी हिर्कायो भने त्यो पनि मारिनैपर्छ। "},{"id":13,"text":"तर यदि कुनै मानिसले सो जानाजानी गरेको थिएन तर परमेश्वरले त्यसो हुन दिनुभएको हो भने, त्यो भाग्नलाई म एउटा स्थान तोकिदिनेछु। "},{"id":14,"text":"तर यदि अर्को मानिसलाई युक्ति गरेर कुनै मानिसले मार्यो भने, त्यसलाई मेरो वेदीबाटै भएपनि मार्नका निम्ति लैजानू।"},{"id":15,"text":"“जसले आफ्नो बुबा वा आमालाई हिर्काउँछ, त्यो मारिनैपर्छ।"},{"id":16,"text":"जसले कुनै मानिसलाई अपहरण गर्छ वा बेच्छ अथवा पक्रिँदा त्यो त्यसकै हातमा फेला पर्छ, त्यो मारिनैपर्छ। "},{"id":17,"text":"“जसले आफ्नो बुबा वा आमालाई सराप्छ, त्यो मारिनैपर्छ। "},{"id":18,"text":"“यदि मानिसहरू झगड़ा गरेर एउटाले अर्कालाई ढुङ्गाले अथवा मुक्काले हिर्कायो, र त्यो मर्न त मरेन तर ओछ्यानमा पर्यो, "},{"id":19,"text":"र त्यो फेरि उठेर लाठीको भरले यताउता हिँड्डुल गर्ने भयो भने, त्यसलाई हिर्काउने मानिस निर्दोष ठहरिनेछ। तर त्यो पस्रिरहेको समयको खर्च हिर्काउने मानिसले देओस्, र त्यो पूरा निको नभएसम्म त्यसले त्यसको उपचार गरोस्।”"},{"id":20,"text":"“यदि कुनै मानिसले आफ्नो कमारा वा कमारीलाई लाठीले हिर्काउँदा त्यसको हातले त्यो मर्यो भने, त्यसको दण्ड हुनैपर्छ। "},{"id":21,"text":"तर त्यो एक-दुई दिनपछि उठ्यो भने मालिकलाई दण्ड नमिलोस्, किनकि त्यो उसको धन हो।"},{"id":22,"text":"“यदि मानिसहरू आपसमा लड़न्त गर्दा कुनै गर्भवती स्त्रीलाई चोट लाग्यो, र महिना नपुगीकनै त्यसले बच्चा जन्माई तर स्त्रीलाई चाहिँ केही नोक्सानी भएन भने स्त्रीको पतिले भनेबमोजिम र अदालतले तोकेअनुसारको दण्ड चोट लगाउने मानिसले देओस्। "},{"id":23,"text":"तर स्त्रीको केही नोक्सानी भयो भने, प्राणको सट्टा प्राण, "},{"id":24,"text":"आँखाको सट्टा आँखा, दाँतको सट्टा दाँत, हातको सट्टा हात, खुट्टाको सट्टा खुट्टा, "},{"id":25,"text":"डामको सट्टा डाम, चोटको सट्टा चोट, कुटाइको सट्टा कुटाइ त्यस मानिसलाई मिलोस्।”"},{"id":26,"text":"“यदि कुनै मानिसले आफ्नो कमारो अथवा कमारीको आँखामा हिर्काएर त्यो बिगारिदियो भने, त्यसको आँखाको कारण त्यसलाई स्वतन्त्र गरिदेओस्। "},{"id":27,"text":"यदि त्यसले कमारो अथवा कमारीको दाँत झारिदियो भने, त्यसलाई त्यसको दाँतको कारण स्वतन्त्र गरिदेओस्।"},{"id":28,"text":"“यदि गोरुले कुनै पुरुष वा स्त्रीलाई सीङले हानेर मार्यो भने, त्यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ। "},{"id":29,"text":"तर यदि त्यस गोरुको अघि पनि हान्ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्यसले गोरु बाँधेर नराख्दा कुनै पुरुष वा स्त्रीलाई मार्यो भने, त्यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्यसको मालिकलाई पनि मार्नू। "},{"id":30,"text":"तर त्यस मानिसलाई तिरेर छुटाउने मोल तोकिएको भए त्यसले आफ्नो प्राणको निम्ति तोकिएको मोल देओस्। "},{"id":31,"text":"गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्यो भने पनि यही नियमअनुसार गर्नू। "},{"id":32,"text":"यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्यसको मालिकलाई चाँदीका तीस सिक्का देओस्, र त्यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू।"},{"id":33,"text":"“यदि कुनै मानिसले कूवा उदाङ्गै राख्यो वा कूवा खनेर त्यो छोपेन र त्यसमा गोरु कि गधा खस्यो भने, "},{"id":34,"text":"त्यो कूवाको मालिकले त्यसको क्षतिपूर्ति गरोस्। त्यसले गोरु कि गधाको मालिकलाई रुपियाँ दिओस्, र त्यो मरेको पशुचाहिँ त्यसकै होस्।"},{"id":35,"text":"“यदि कसैको गोरुले अर्काको गोरुलाई हानेर मार्यो भने, तिनीहरूले जिउँदो गोरुलाई बेचेर त्यसको दाम र त्यो मरेको गोरु पनि बराबर बाँड़ेर लैजाऊन्। "},{"id":36,"text":"तर त्यस गोरुको अघिदेखि नै हान्ने बानी छ भनेर थाहा भएर पनि त्यसको मालिकले त्यसलाई बाँधेर राखेको थिएन भने, त्यसले गोरुको सट्टामा गोरु देओस्, र त्यो मरेको पशुचाहिँ त्यसको नै होस्।”"}]},{"id":22,"title":"प्रस्थान 22","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EXO/22-3f5df02f6c008b8f47e08c2d14b121ac.mp3?version_id=1483","verses":[{"id":1,"text":"यदि कसैले गोरु अथवा भेड़ा चोरेर त्यसलाई मार्यो कि बेच्यो भने, त्यसले गोरुको सट्टा पाँच वटा गोरु र भेड़ाको सट्टा चार वटा भेड़ा देओस्।"},{"id":2,"text":"“यदि चोर घर फोर्दैगरेको फेला पर्यो भने र त्यसलाई पिट्दा त्यो मर्यो भने, त्यसको हत्याको दोष पिट्नेलाई लाग्नेछैन। "},{"id":3,"text":"तर घाम झुल्किसकेको भए, त्यो दोषी हुनेछ। चोरले नोक्सानी भरिदिनुपर्छ। तर त्यससँग केही छैन भने, चोरीको निम्ति त्यो बेचिओस्।”"},{"id":4,"text":"“यदि चोरीको माल त्यससँग जीवित पाइयो भने— त्यो गोरु अथवा गधा वा भेड़ा जे भए पनि— त्यसको निम्ति दुई गुणा तिर्नुपर्छ।”"},{"id":5,"text":"“कसैले आफ्नो पशुलाई चराउँदा छोड़िदियो र त्यो अर्काको खेत अथवा दाखबारीमा चरेर खायो भने, त्यसले आफ्नो खेत र दाखबारीको सबैभन्दा असल उब्जनी त्यसको सट्टा देओस्।”"},{"id":6,"text":"“यदि झाड़ीमा आगलागी भएर अन्नको बिटा अथवा मकैका बोटहरू कि पूरा खेत नै भस्म गर्यो भने, त्यो आगो लगाउनेले क्षतिपूर्ति गरिदिनैपर्छ।”"},{"id":7,"text":"“कसैले आफ्नो छिमेकीलाई रुपियाँ अथवा सामान राख्नलाई दियो, र त्यो त्यस मानिसको घरबाट चोरियो र चोर पक्राउ पर्यो भने, त्यस चोरले दोबर तिरोस्। "},{"id":8,"text":"तर चोरचाहिँ पक्राउ परेन भने, त्यस घरको मालिकले आफ्नो छिमेकीको सामानमा हात हालेको छ कि छैन सो थाहा पाउनलाई न्यायकर्ताहरूकहाँ त्यो आओस्। "},{"id":9,"text":"जुनसुकै विषयको अपराध होस्, चाहे गोरु अथवा गधा, वा भेड़ा, लुगाफाटा कि कुनै हराएको वस्तु देखाएर कसैले त्यो मेरो हो भन्यो भने, दुवै जना न्यायकर्ताहरूका अगि आऊन्। न्यायकर्ताले जसलाई दोषी ठहराउनेछ, त्यसले नै आफ्नो छिमेकीलाई दोबर देओस्।”"},{"id":10,"text":"“यदि कुनै मानिसले आफ्नो छिमेकीलाई गधा अथवा गोरु वा भेड़ा वा अरू कुनै पशु राख्न दियो, र त्यो कसैले नदेखीकन मर्यो अथवा त्यसलाई चोट लाग्यो वा त्यो खेदेर भगाइयो भने, "},{"id":11,"text":"ती दुवैका बीचको झगड़ा आफ्नो छिमेकीको सम्पत्तिमा हात लगाएको होइन भनेर परमप्रभुको अगि शपथ खाएर मिलाइओस्। तब त्यसको मालिकले त्यो कुरा स्वीकार गरोस्, र त्यसले क्षतिपूर्ति गर्नुपर्नेछैन। "},{"id":12,"text":"तर त्यो छिमेकीबाट चोरिएको हो भनेता, त्यसको मालिकलाई भर्ना दिनुपर्नेछ। "},{"id":13,"text":"त्यो जङ्गली पशुले छिन्नभिन्न पारेको छ भने, त्यसले त्यो गवाहीको निम्ति ल्याओस्, र त्यो छिन्नभिन्न भएको कारण त्यसले भर्ना तिर्नुपर्दैन।”"},{"id":14,"text":"“यदि कसैले आफ्नो छिमेकीबाट पशुको पैँचो लियो, र त्यसको मालिक साथमा नहुँदा त्यसलाई चोट लाग्यो कि मर्यो भने, त्यसले त्यसको भर्ना देओस्। "},{"id":15,"text":"तर त्यसको मालिक साथै भएदेखि पैँचो लिनेले त्यसको भर्ना दिनुपर्नेछैन। त्यो पशु ज्यालाको हो भने, ज्यालाको लागि तिरेको रकमले सो नोक्सानी बेहोर्छ।”"},{"id":16,"text":"“यदि कसैले मगनी नभएकी कन्ये-केटीलाई फकाएर त्यससित सुत्यो भने, त्यस मानिसले दुलहीको दाम दिएर त्यसलाई आफ्नी पत्नी तुल्याओस्। "},{"id":17,"text":"तर त्यस केटीको बुबाले त्यो केटी त्यसलाई दिन इन्कार गर्यो भने, त्यसले कन्ये-केटीको रीतिबमोजिम दुलहीको दाम दिनुपर्छ।"},{"id":18,"text":"“जादुगरी गर्ने स्त्रीलाई जीवित नराख। "},{"id":19,"text":"जसले पशुसित यौन सम्बन्ध राख्छ, त्यो मारिनैपर्छ। "},{"id":20,"text":"जसले परमप्रभुलाई बाहेक अरू कुनै देवतालाई बलिदान चढ़ाउला, त्यो बिलकुलै नष्ट पारिओस्। "},{"id":21,"text":"परदेशीलाई नसताओ, त्यसलाई अत्याचार पनि नगर, किनकि तिमीहरू पनि मिश्रमा परदेशी नै थियौ। "},{"id":22,"text":"“विधवा अथवा टुहुराबाट फाइदा नलेओ। "},{"id":23,"text":"फाइदा लियौ र तिनीहरूले मेरो पुकारा गरे भने, म निश्चय नै तिनीहरूको पुकारा सुन्नेछु। "},{"id":24,"text":"मेरो क्रोध दन्कनेछ। म तिमीहरूलाई तरवारले मार्नेछु, र तिमीहरूका पत्नीहरू विधवा हुनेछन् र तिमीहरूका छोराछोरीहरू पितृहीन हुनेछन्।"},{"id":25,"text":"तिमीहरूसँग हुने मेरो कुनै गरीब मानिसलाई ऋण दियौ भने त्यसप्रति साहुकारजस्तै नहोओ। त्यससित ब्याज पनि नलेओ। "},{"id":26,"text":"तिमीहरूका छिमेकीको खास्टो बन्धकमा लिएका छौ भने, सूर्यास्त हुन अघि नै त्यो त्यसलाई फर्काइदेओ, "},{"id":27,"text":"किनकि त्यो त्यसको एउटै मात्र ओढ्ने हो। त्यसबाहेक त्यो केमा सुत्छ? त्यसले मेरो पुकारा गर्यो भने म त्यसको पुकारा सुन्नेछु, किनकि म कृपालु छु।"},{"id":28,"text":"“परमेश्वरको विरुद्धमा निन्दा नगर्, र तिमीहरूको शासकलाई पनि नसराप। "},{"id":29,"text":"“आफ्नो खेतबारीको फसल र दाखको रसबाट चढ़ाउन विलम्ब नगर।“तिमीहरूका छोराहरूमध्ये जेठोचाहिँ मेरो निम्ति देओ। "},{"id":30,"text":"त्यस्तै गरी तिमीहरूका गाईबस्तु र भेड़ाहरूबाट पनि देओ। सात दिनसम्म ती आफ्ना माउसित रहून्। आठौँ दिनमा चाहिँ ती तिमीहरूले मेरो निम्ति देओ।”"},{"id":31,"text":"“तिमीहरू मेरो निम्ति पवित्र जन हुनुपर्छ। यसकारण तिमीहरूले जङ्गलका पशुहरूबाट फहराइएको पशुको मासु नखानू। त्यो तिमीहरूले कुकुरहरूलाई फालिदिनू।” "}]},{"id":23,"title":"प्रस्थान 23","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EXO/23-770fa044cefd561d551ffe477574c4d7.mp3?version_id=1483","verses":[{"id":1,"text":"झूटा गवाही नदेओ। दुष्टको साथ लागेर त्यसको निम्ति ईर्ष्यापूर्ण गवाह नबन। "},{"id":2,"text":"खराबी गर्न भीड़सँग नलाग। मुद्दामा बहुमततिर लागी गवाही दिएर इन्साफ नबिगार। "},{"id":3,"text":"गरीब भनेर उसको मुद्दामा पनपक्ष नगर। "},{"id":4,"text":"यदि तिमीहरूले आफ्नो शत्रुको गोरु वा गधा बिच्केर जाँदैगरेको देख्यौ भने, त्यसलाई फर्काएर फेरि त्यसकहाँ ल्याइदेओ। "},{"id":5,"text":"तिमीहरूसित रीस-इबी गर्नेको गधा भारीले थिचिएको देख्यौ भने, त्यसलाई त्यतिकै नछोड़, तर त्यसलाई उठाओ।"},{"id":6,"text":"मुद्दामा गरीब मानिसको न्याय नखोस। "},{"id":7,"text":"झूटा कुराबाट दूर बस। निरपराध र ईमानदारलाई प्राणदण्ड नदेओ, किनकि दोषीलाई म कहिल्यै निर्दोष ठहराउनेछैनँ।"},{"id":8,"text":"“घूस नखाओ, किनकि घूसले मानिसलाई अन्धा तुल्याउँछ, र धार्मिकताको कुरालाई उल्टाइदिन्छ।”"},{"id":9,"text":"“प्रवासीलाई अत्याचार नगर। तिमीहरू मिश्रमा परदेशी रहेको कारण तिमीहरूले प्रवासीको मनलाई जान्दछौ।” "},{"id":10,"text":"“छ वर्षसम्म आफ्नो जमिनमा बीउ छरेर त्यसको उब्जनी बटुल, "},{"id":11,"text":"तर सातौँ वर्षमा चाहिँ त्यसलाई नजोती बाँझै छोड़िदेओ, र त्यसबाट तिमीहरूमध्येका गरीबहरूले खाऊन्। तिनीहरूले उबारेका चाहिँ जङ्गली पशुहरूले खाऊन्। तिमीहरूका दाखबारी र भद्राक्षबारीलाई पनि त्यसै गर।”"},{"id":12,"text":"छ दिनसम्म आफ्नो कामकाज गर र सातौँ दिनमा चाहिँ विश्राम लेओ, र तिमीहरूको गोरु, गधा, तिम्रो घरमा जन्मेको दास, र विदेशी पनि ताजा होऊन्। "},{"id":13,"text":"मैले भनेका सबै कुरामा तिमीहरूले ध्यान देओ। अरू देवताहरूको नाउँ नै पनि नलेओ। ती तिमीहरूको मुखबाट उच्चारण नै नहोस्।"},{"id":14,"text":"“वर्षमा तीन पल्ट तिमीहरूले मेरो निम्ति चाड़ मनाओ। "},{"id":15,"text":"तिमीहरूले अखमिरी रोटीको चाड़ मान। तिमीहरूलाई आज्ञा गरेबमोजिम आबीब महिनाको ठहराएको समयमा सात दिनसम्म अखमिरी रोटी खानू, किनकि त्यही महिनामा तिमीहरू मिश्रबाट निस्केर आएका हौ। “कोही पनि मेरो सामुन्ने रित्तो हात लिएर देखा नपरोस्।”"},{"id":16,"text":"“तिमीहरूले खेतमा छरेको अन्नको अगौटे फल चढ़ाएर कटनीको चाड़ मनाओ।” “वर्षको अन्तमा जब तिमीहरू आफ्नो खेतबाट आफ्नो मेहनतको फल बटुल्छौ, त्यस बेला अन्न भित्र्याउने चाड़ मनाओ।"},{"id":17,"text":"“वर्षमा तीन पल्ट तिमीहरूका सबै पुरुषहरू परमप्रभुको सामु देखा परून्।"},{"id":18,"text":"“मलाई चढ़ाउने बलिको रगत खमिरको रोटीसँग नचढ़ाओ।मेरो निम्ति चाड़मा चढ़ाउने बलिको बोसो बिहानसम्म रहन नदेओ।"},{"id":19,"text":"“तिमीहरूको जमिनका अगौटे फलमध्येका सबभन्दा असल फलचाहिँ परमप्रभु आफ्ना परमेश्वरको घरमा ल्याउनू। “बाख्राको पाठो त्यसको माउको दूधमा नपकाओ।"},{"id":20,"text":"“हेर, बाटामा तिमीहरूलाई रक्षा गर्नलाई र मैले तयार पारेको ठाउँमा तिमीहरूलाई पुर्याउनलाई म एउटा दूत तिमीहरूका अगिअगि पठाउनेछु। "},{"id":21,"text":"ध्यान दिएर तिनको कुरा सुन। तिनको विरुद्धमा नउठ, किनभने तिनले तिमीहरूको अपराध क्षमा गर्नेछैनन्, किनकि तिनैमा मेरो नाउँ छ। "},{"id":22,"text":"यदि तिमीहरूले तिनको कुरा सुन्यौ, र मैले भनेको सबै गर्यौ भने, म तिमीहरूका शत्रुहरूको शत्रु र तिमीहरूका विरोधीहरूको विरोधी हुनेछु। "},{"id":23,"text":"मेरा दूत तिमीहरूका अगिअगि जानेछन्, र एमोरी, हित्ती, परिज्जी, कनानी, हिव्वी र यबूसीहरूको देशमा तिमीहरूलाई पुर्याउनेछन्, र म उनीहरूको नाउँनिशान मेटिदिनेछु। "},{"id":24,"text":"उनीहरूका देवताहरूलाई नढोग, पूजा नगर, र उनीहरूका रीतिअनुसार नगर, तर उनीहरूलाई बिलकुलै नाश गर, र उनीहरूका चोखा ढुङ्गाहरूलाई टुक्रा-टुक्रा पार। "},{"id":25,"text":"तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको आराधना गर्नू, र उहाँले तिमीहरूका अन्नपानीमा आशिष् दिनुहुनेछ। म तिमीहरूका बीचबाट रोगहरू हटाइदिनेछु। "},{"id":26,"text":"तिमीहरूको देशमा कोही गर्भ तुहुने वा बाँझी हुनेछैन। म तिमीहरूलाई पूरा आयु दिनेछु।”"},{"id":27,"text":"“म आफ्नो आतङ्क तिमीहरूका अगिअगि फैलाउनेछु, र तिमीहरू जुन जातिकहाँ जानेछौ उनीहरू सबैमा म गोलमाल ल्याउनेछु। म तिमीहरूका सबै शत्रुहरूलाई तिमीहरूको सामुन्नेबाट भगाउनेछु। "},{"id":28,"text":"म तिमीहरूका अगिअगि अरिङ्गाल पठाउनेछु, र त्यसले हिव्वी, कनानी र हित्तीहरूलाई तिमीहरूका सामुन्नेबाट धपाउनेछ। "},{"id":29,"text":"तर म उनीहरूलाई तिमीहरूका सामुन्नेबाट एकै वर्षमा धपाउनेछैनँ, नत्रता देश उजाड़ भएर जानेछ, र जङ्गलका जन्तुहरू तिमीहरूका लागि संख्यामा धेरै हुनेछन्। "},{"id":30,"text":"तिमीहरू बढ़ेर त्यो देश आफ्नो अधिकारमा नपारुञ्जेल अलि-अलि गरेर म उनीहरूलाई तिमीहरूका सामुन्नेबाट धपाउनेछु।”"},{"id":31,"text":"“म तिमीहरूका सिमाना लाल समुद्रदेखि पलिश्तीहरूको समुद्रसम्म, र उजाड़-स्थानदेखि यसो यूफ्रेटिससम्मै तोकिदिनेछु। म त्यस देशका बासिन्दाहरूलाई तिमीहरूका हातमा सुम्पनेछु, र तिमीहरूले उनीहरूलाई धपाउनेछौ। "},{"id":32,"text":"तिमीहरूले उनीहरू र उनीहरूका देवताहरूसँग करार नबाँध्नू। "},{"id":33,"text":"तिमीहरूको देशमा उनीहरूलाई बस्न नदिनू, नत्रता उनीहरूले तिमीहरूलाई मेरो विरुद्धमा पाप गर्न लाउँछन्, किनकि तिमीहरूले उनीहरूका देवताको पूजा गर्यौ भने तिमीहरू निश्चय नै उनीहरूका फन्दामा पर्नेछौ।”"}]},{"id":24,"title":"प्रस्थान 24","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EXO/24-fff534bcf68d910d81e71972cf679bcb.mp3?version_id=1483","verses":[{"id":1,"text":"फेरि उहाँले मोशालाई भन्नुभयो, “तँ, हारून, नादाब, अबीहू र इस्राएलका धर्म-गुरुहरूमध्ये सत्तरी जना परमप्रभुकहाँ माथि उक्लेर आओ, र टाढ़ैबाट आफ्नो भक्ति चढ़ाओ। "},{"id":2,"text":"तर मोशा मात्र परमप्रभुकहाँ आओस्, अरूहरूचाहिँ नजिक नआऊन्। मानिसहरू पनि त्योसित माथि उक्लेर नआऊन्।”"},{"id":3,"text":"जब मोशाले गएर परमप्रभुका सबै कुरा र विधिविधानहरू मानिसहरूलाई सुनाए, तब तिनीहरू सबैले एकै सोर गरी भने, “परमप्रभुले भन्नुभएका सबै वचनहरू हामी पालन गर्नेछौं।” "},{"id":4,"text":"तब मोशाले परमप्रभुका सबै वचनहरू लेखे।बिहान सबेरै उठेर मोशाले पर्वतको पल्लो छेउमा एउटा वेदी बनाएर इस्राएलका बाह्र कुलअनुसार बाह्र वटा ढुङ्गाका खम्बा उभ्याए। "},{"id":5,"text":"तब तिनले इस्राएलका जवानहरूलाई पठाए, र तिनीहरूले परमप्रभुको निम्ति होमबलि र साँढ़ेहरूको मेलबलि चढ़ाए। "},{"id":6,"text":"मोशाले आधा रगत लिएर कचौरामा हाले, र आधा रगतचाहिँ वेदीमा छर्के। "},{"id":7,"text":"त्यसपछि तिनले करारको पुस्तक लिएर मानिसहरूका सामुन्ने पढ़े। तिनीहरूले जवाफ दिए, “परमप्रभुले भन्नुभएका सबै कुरा हामी गर्नेछौं र आज्ञाकारी हुनेछौं।”"},{"id":8,"text":"तब मोशाले रगत लिएर मानिसहरूमाथि छर्के, र भने, “हेर, यो त्यस करारको रगत हो, जो परमप्रभुले आफ्ना यी सबै वचनअनुसार तिमीहरूसित बाँध्नुभएको छ।” "},{"id":9,"text":"त्यसपछि मोशा, हारून, नादाब, अबीहू र इस्राएलका धर्म-गुरुहरूमध्ये सत्तरी जना माथि उक्ले, "},{"id":10,"text":"र इस्राएलका परमेश्वरलाई देखे। उहाँका खुट्टामुनि नीरले छापेको, आकाशजस्तै सफा भएको पेटीजस्तो थियो। "},{"id":11,"text":"तर उहाँले इस्राएलीहरूका नाइकेहरूका विरुद्धमा आफ्नो हात उठाउनुभएन, र तिनीहरूले परमेश्वरलाई देखे र खानपान गरे।"},{"id":12,"text":"अनि परमप्रभुले मोशालाई भन्नुभयो, “पर्वतमाथि मकहाँ आएर यहाँ बस्। तैंले तिनीहरूलाई सिकाउनलाई मैले लेखेका व्यवस्था र आज्ञाहरूका शिला-पाटीहरू तँलाई दिनेछु।”"},{"id":13,"text":"तब मोशा र तिनका सेवक यहोशू उठेर परमेश्वरको पर्वतमा गए। "},{"id":14,"text":"मोशाले धर्म-गुरुहरूलाई भने, “हामी तिमीहरूकहाँ नआउञ्जेल तिमीहरू यहीँ हामीहरूलाई पर्ख। हारून र हूर तिमीहरूसँग छन्। कसैको केही विवाद भए तिनीहरूकहाँ जाऊन्।”"},{"id":15,"text":"तब मोशा पर्वतमा उक्ले र बादलले पर्वतलाई ढाकिराख्यो। "},{"id":16,"text":"परमप्रभुको महिमा सीनै पर्वतमा रह्यो, र बादलले छ दिनसम्म पर्वतलाई ढाकिराख्यो। सातौँ दिनमा परमप्रभुले बादलको बीचबाट मोशालाई बोलाउनुभयो। "},{"id":17,"text":"इस्राएलीहरूका दृष्टिमा परमप्रभुका महिमाको रूप पर्वतको टाकुरामा भस्म पार्ने आगोजस्तै थियो। "},{"id":18,"text":"तब मोशा बादलको बीचमा भएर पर्वतमा उक्ले, र तिनी पर्वतमा चालीस दिन र चालीस रात रहे। "}]},{"id":25,"title":"प्रस्थान 25","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EXO/25-9860fcb0f0c30aea8f6e994fcb4bfd2e.mp3?version_id=1483","verses":[{"id":1,"text":"परमप्रभुले मोशालाई भन्नुभयो, "},{"id":2,"text":"इस्राएलीहरूलाई भन्, कि तिनीहरूले मेरो निम्ति भेटी ल्याऊन्। हरेकले आफ्नो मनको राजीखुशीअनुसार चढ़ाएको भेटी तैंले मेरो निम्ति ग्रहण गर्। "},{"id":3,"text":"तिनीहरूबाट लिने भेटीचाहिँ यी नै हुन्छन्: सुन, चाँदी, काँसो, "},{"id":4,"text":"नीलो, बैजनी, रातो धागो र मलमलको कपड़ा, बाख्राका भुत्ला, "},{"id":5,"text":"रातो रङ्गले रङ्गाएका भेड़ाका छालाहरू, सीलका छालाहरू, बबुलका काठ, "},{"id":6,"text":"बत्तीको निम्ति भद्राक्षको तेल, अभिषेक गर्ने तेल र सुगन्धित धूपको निम्ति मसला, "},{"id":7,"text":"एपोद र छाती-पातामा जड्नका निम्ति आनिक्स र अरू किसिमका रत्नहरू।"},{"id":8,"text":"म तिनीहरूका मध्यमा बस्नलाई तिनीहरूले मेरो लागि एउटा पवित्रस्थान बनाऊन्। "},{"id":9,"text":"मैले तँलाई देखाउने नमूनाबमोजिम पवित्र वासस्थान र त्यसका सबै सामानहरू तैंले बनाउनू।"},{"id":10,"text":"“तिनीहरूले बबुल काठको एउटा सन्दूक बनाऊन्। त्यसको लमाइ दुई हात आधा, चौड़ाइ एक हात आधा र उचाइ एक हात आधाको होस्। "},{"id":11,"text":"तैंले त्यसलाई निखुर सुनले मोहोर्नू। भित्र, बाहिर तैंले त्यसलाई मोहोर्नू। त्यसको चारैतिर सुनको बिट बनाउनू। "},{"id":12,"text":"त्यसको निम्ति सुनका चार वटा मुन्द्रा ढालेर त्यसका चार खुट्टामा लगाउनू— दुई वटा मुन्द्रा एकापट्टि र दुई वटा मुन्द्रा अर्कोपट्टि होऊन्। "},{"id":13,"text":"तब तैंले बबुल काठका डन्डाहरू बनाएर ती सुनले मोहोर्नू। "},{"id":14,"text":"ती डन्डाहरू सन्दूकका दुवैतिर भएका मुन्द्राहरूमा सन्दूक बोक्नलाई हाल्नू। "},{"id":15,"text":"ती डन्डाहरू सन्दूकका मुन्द्राहरूमै रहनुपर्छ, ती त्यहाँबाट ननिकाल्नू। "},{"id":16,"text":"तब त्यस सन्दूकभित्र गवाही-पाटी राख्नू, जो म तँलाई दिनेछु।"},{"id":17,"text":"“अनि तैंले निखुर सुनको एउटा कृपा-आसन बनाउनू। त्यसको लमाइ दुई हात आधा र चौड़ाइ एक हात आधाको होस्। "},{"id":18,"text":"पिटेको सुनका दुई वटा करूबहरू कृपा-आसनका दुवै किनारमा होऊन्— "},{"id":19,"text":"एउटा करूब एक किनारमा र अर्को करूब अर्को किनारमा। ती दुई करूबहरू र कृपा-आसन एउटै टुक्रा सुनबाट त्यसका दुई किनारमा बनाउनू। "},{"id":20,"text":"ती करूबहरूले आ-आफ्ना पखेटा मास्तिर फैलाएका र कृपा-आसनलाई आफ्ना पखेटाले ढाकेको हुनुपर्छ। तिनीहरूका मुख आमनेसामने कृपा-आसनतिर फर्केका हुनुपर्छ। "},{"id":21,"text":"त्यो कृपा-आसनलाई सन्दूकको माथि राख्नू, अनि सन्दूकभित्र गवाही-पाटी राख्नू, जो म तँलाई दिनेछु। "},{"id":22,"text":"त्यहीँ म तँसित भेट गर्नेछु, अनि कृपा-आसनमाथि, गवाही-पाटीको सन्दूकमाथि हुने ती दुई करूबहरूका बीचबाट इस्राएलीहरूका निम्ति सबै आज्ञाहरू म तँलाई दिनेछु।”"},{"id":23,"text":"“तैंले बबुल काठको एउटा टेबिल बनाउनू। त्यसको लमाइ दुई हात, चौड़ाइ एक हात र उचाइ एक हात आधाको होस्। "},{"id":24,"text":"त्यसलाई निखुर सुनले मोहोर्नू, र त्यसका चारैतिर सुनको बिट लगाउनू। "},{"id":25,"text":"त्यसका चारैतिर चार अङ्गुल चौड़ा भएको एउटा घेरो बनाउनू, र घेरोका चारैतिर सुनको बिट लगाउनू। "},{"id":26,"text":"टेबिलका निम्ति सुनका चार वटा मुन्द्रा बनाउनू, र ती मुन्द्राहरू त्यसका चार खुट्टा भएका चारै कुनामा लगाउनू। "},{"id":27,"text":"टेबिल बोक्ने डन्डाहरूका निम्ति ठाउँ हुनलाई ती मुन्द्राहरू घेरोको छेवैमा होऊन्। "},{"id":28,"text":"ती डन्डाहरू बबुल काठका होऊन्। तिनलाई सुनले मोहोर्नू, र तिनैले टेबिल बोकिओस्। "},{"id":29,"text":"तैंले टेबिलका निम्ति निखुर सुनका थालहरू, धूपदानहरू, र अर्घ खन्याउनका निम्ति करुवा र कचौराहरू बनाउनू। "},{"id":30,"text":"टेबिलमा मेरो अगि सधैँ उपस्थितिको रोटी राख्नू। "},{"id":31,"text":"“तैंले निखुर सुनको एउटा सामदान पिटेर बनाउनू। त्यसका आधार, डन्डा, फूलजस्ता कचौरा, कोपिला र फूलहरू सबै त्यही एउटै टुक्राबाट बनाउनू। "},{"id":32,"text":"त्यसका छ वटा हाँगा बाहिरतिर निस्केका होऊन्— तीन वटा हाँगा सामदानको एकापट्टि र तीन वटा हाँगा अर्कोपट्टि। "},{"id":33,"text":"एउटा हाँगामा हाड़े-बदामका फूलजस्ता तीन कचौरा, र साथै कोपिला र फूलहरू होऊन्। अर्को हाँगामा पनि तीन वटा। सामदानबाट निस्केका ती छ वटै हाँगामा यस्तै होऊन्। "},{"id":34,"text":"साथै, सामदानमा हाड़े-बदामका फूलजस्ता चार वटा कचौरा, आ-आफ्नै कोपिला र फूलसमेत होऊन्। "},{"id":35,"text":"सामदानबाट निस्केको पहिलो जोड़ी हाँगामुनि एउटा कोपिलो, दोस्रो जोड़ीमुनि दोस्रो कोपिलो, तेस्रो जोड़ीमुनि तेस्रो— छ वटै हाँगाहरूमध्येका दुई-दुई वटा हाँगामुनि एक-एक वटा कोपिला होस्। "},{"id":36,"text":"सामदान, त्यसका कोपिला र हाँगाहरू एउटै टुक्रा पिटेको निखुर सुनको होस्।"},{"id":37,"text":"त्यसका सात वटा दियाहरू बनाउनू। ती दियाहरू सामदानको अगाड़ि उज्यालो पार्नलाई बालिराख्नू। "},{"id":38,"text":"त्यसका सलेदाका चिम्टा र त्यसका मोसोदानी निखुर सुनका होऊन्। "},{"id":39,"text":"सामदान र यी सबै पात्रहरू एक तोड़ा निखुर सुनका बनिऊन्। "},{"id":40,"text":"पर्वतमा तँलाई देखाएको नमूनाबमोजिम तैंले होश गरी ती बनाउनू। "}]},{"id":26,"title":"प्रस्थान 26","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EXO/26-32835a0b2574b40089a8d7bb8ae04261.mp3?version_id=1483","verses":[{"id":1,"text":"“तैंले दश वटा पर्दा भएको पवित्र वासस्थान बनाउनू। ती पर्दा मसिनो गरी बाटेको सूती कपड़ाका र नीलो, बैजनी र रातो रङ्गको धागोका होऊन्। तिनमा सिपालु शिल्पकारको काम भएका करूबहरूसमेत तैंले बनाउनू। "},{"id":2,"text":"हरेक पर्दाको लमाइ अट्ठाइस हात र चौड़ाइ चार हातको होस्। सबै पर्दा एकै नापका होऊन्। "},{"id":3,"text":"पाँच वटा पर्दा एक-अर्कोसित गाँस्नू, र अर्का पाँच वटा पनि एक-अर्कोसित गाँस्नू। "},{"id":4,"text":"पहिलो गाँसिएको भागको पल्लो पर्दाको छेउमा नीलो सुर्काउनी बनाउनू। दोस्रो गाँसिएको भागको पल्लो पर्दाको छेउमा पनि त्यस्तै बनाउनू। "},{"id":5,"text":"एउटा पर्दामा पचास वटा सुर्काउनी बनाउनू, अनि दोस्रो गाँसिएको भागको पल्लो पर्दामा पचास वटा सुर्काउनी बनाउनू। ती सुर्काउनीहरू आमनेसामने होऊन्। "},{"id":6,"text":"तब सुनका पचास वटा अङ्कुसे बनाएर पर्दाहरू एक-अर्कोसित ती अङ्कुसेहरूले जोड्नू, र यसरी पवित्र वासस्थान एउटै हुनेछ।"},{"id":7,"text":"“पवित्र वासस्थानमाथिका पालको निम्ति बाख्राको भुत्लाका पर्दाहरू बनाउनू। तैंले एघार वटा पर्दा बनाउनू। "},{"id":8,"text":"प्रत्येक पर्दाको लमाइ तीस हात र चौड़ाइ चार हातको होस्। एघारै पर्दाको नाप एउटै हुनुपर्छ। "},{"id":9,"text":"पाँच वटा पर्दा एकसाथ र छ वटा पर्दा एकसाथ जोड्नू। छैटौँ पर्दालाई चाहिँ पालको अगिल्तिर दोबर पार्नू। "},{"id":10,"text":"पहिलो गाँसिएको भागको पल्लो पर्दाको छेउमा पचास वटा सुर्काउनी बनाउनू, र अर्को गाँसिएको भागको पल्लो पर्दाको छेउमा पनि पचास वटा सुर्काउनी बनाउनू। "},{"id":11,"text":"पाल जोड़ेर एउटै बनाउनलाई तैंले काँसाका पचास वटा अङ्कुसे बनाउनू, र ती अङ्कुसे सुर्काउनीहरूमा लगाउनू। "},{"id":12,"text":"पालका पर्दाहरूका बाँकी रहेको भाग, अर्थात् आधा पर्दाचाहिँ पवित्र वासस्थानको पछिल्तिर झुण्डिरहोस्। "},{"id":13,"text":"पालका पर्दाहरूको बाँकी रहेको एक हात यतातिर र एक हात उतातिर पवित्र वासस्थान ढाक्नलाई त्यसका दुवै छेउ-छेउमा झुण्डिरहून्। "},{"id":14,"text":"रातो रङ्गले लगाएको भेड़ाका छालाको छत पाल ढाक्नलाई बनाउनू, र त्यसको माथि ढाक्नलाई सीलका छालाको अर्को एउटा छत बनाउनू।”"},{"id":15,"text":"“पवित्र वासस्थानको निम्ति बबुल काठका फल्याकहरू ठाड़ो-ठाड़ो बनाउनू। "},{"id":16,"text":"हरेक फल्याकको लमाइ दश हात र चौड़ाइ एक हात आधाको होस्। "},{"id":17,"text":"हरेक फल्याकमा दुई-दुई वटा चोसाहरू एकअर्कोको सामुन्ने राखिएका होऊन्। पवित्र वासस्थानका सबै फल्याकहरू तैंले यसरी नै बनाउनू। "},{"id":18,"text":"पवित्र वासस्थानको दक्षिण भागको निम्ति बीस वटा फल्याक बनाउनू। "},{"id":19,"text":"ती बीसै वटा फल्याकहरूका मुन्तिर चाँदीका चालीस वटा आधार बनाउनू— दुई आधारहरू एक फल्याकको मुन्तिर र हरेक चोसोमुनि एउटा। "},{"id":20,"text":"पवित्र वासस्थानको अर्कोपट्टि, अर्थात् उत्तरपट्टिको निम्ति बीस वटा फल्याक, "},{"id":21,"text":"र तिनका चालीस चाँदीका आधारहरू बनाउनू— एउटा फल्याकको मुन्तिर दुई वटा आधार। "},{"id":22,"text":"पवित्र वासस्थानको टाढ़ाको भाग, अर्थात् पश्चिमी भागको निम्ति छ वटा फल्याक बनाउनू। "},{"id":23,"text":"टाढ़ाको भागका कुनाहरूका निम्ति तैंले दुई वटा फल्याक बनाउनू। "},{"id":24,"text":"ती तलदेखि माथिसम्म दोबर खप्टाइएका होऊन्, र यसरी ती एउटै मुन्द्रामा जोड़िऊन्। ती दुवै फल्याक यस्तै होऊन्। "},{"id":25,"text":"त्यहाँ आठ वटा फल्याक होऊन्, र तिनका निम्ति चाँदीका सोह्र वटा आधार होऊन्। एउटा फल्याकको मुन्तिर दुई वटा आधार होऊन्।”"},{"id":26,"text":"“तैंले बबुल काठका बारहरू बनाउनू— पवित्र वासस्थानका एकातिरका फल्याकहरूका निम्ति पाँच वटा बार, "},{"id":27,"text":"र अर्कोतिरका फल्याकहरूका निम्ति पाँच वटा बार, र पश्चिमतिर टाढ़ाको भागका फल्याकहरूका निम्ति पाँच वटा बार। "},{"id":28,"text":"फल्याकहरूका बीचमा भएको बारचाहिँ एक छेउदेखि अर्को छेउसम्म पुगोस्। "},{"id":29,"text":"फल्याकहरू सुनले मोहोर्नू। बारहरू पक्रनका निम्ति सुनका मुन्द्राहरू बनाउनू। बारहरू पनि सुनले मोहोर्नू।”"},{"id":30,"text":"“तँलाई पर्वतमा देखाएको नमूनाअनुसार पवित्र वासस्थान खड़ा गर्नू।”"},{"id":31,"text":"“अनि नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको एउटा छेक्ने पर्दा बनाउनू, र त्यसमा सिपालु शिल्पकारले बनाएका करूबहरू भएका होस्। "},{"id":32,"text":"सुनले मोहोरिएका बबुल काठका चार वटा खम्बामा सुनका अङ्कुसेहरूले त्यो टाँग्नू। ती खम्बाहरू चार वटा चाँदीका आधारमाथि होऊन्। "},{"id":33,"text":"तैंले त्यो छेक्ने पर्दा अङ्कुसेहरूबाट झुण्ड्याउनू र त्यसको पछाड़ि गवाहीको सन्दूक राख्नू। त्यस पर्दाले तिमीहरूका निम्ति पवित्रस्थानलाई महा-पवित्रस्थानबाट अलग गर्नेछ। "},{"id":34,"text":"महा-पवित्रस्थानमा गवाहीको सन्दूकमाथि कृपा-आसन राख्नू। "},{"id":35,"text":"छेक्ने पर्दाको बाहिरपट्टि चाहिँ पवित्र वासस्थानको उत्तरतिर टेबिल राख्नू, र पवित्र वासस्थानको दक्षिणतिर टेबिलको सामुन्ने सामदान राख्नू।”"},{"id":36,"text":"“पालको ढोकाको निम्ति तैंले नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको, बुट्टा भर्नेको काम भएको एउटा पर्दा बनाउनू। "},{"id":37,"text":"त्यस पर्दाको निम्ति बबुल काठका पाँच वटा खम्बा बनाउनू, र तिनलाई सुनले मोहोर्नू। तिनका अङ्कुसे सुनका होऊन्, र तिनका निम्ति काँसाका पाँच वटा आधार बनाउनू।”"}]},{"id":27,"title":"प्रस्थान 27","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EXO/27-355c763e979223183f4950a57e60acf4.mp3?version_id=1483","verses":[{"id":1,"text":"“तैंले बबुल काठको पाँच हात लामो र पाँच हात चौड़ा भएको एउटा वर्गाकार वेदी बनाउनू। त्यसको उचाइ तीन हातको होस्। "},{"id":2,"text":"त्यसका चारै कुनामा एउटा-एउटा सीङ बनाउनू। वेदी र त्यसका सीङ त्यही एउटै टुक्राले बनाइएका होऊन्। वेदीलाई काँसाले मोहोर्नू। "},{"id":3,"text":"त्यसका खरानी उठाउनका निम्ति भाँड़ाहरू, र बेल्चाहरू, छर्कने बाटाहरू, मासु उठाउने काँटाहरू र आगो राख्ने पात्रहरू बनाउनू— त्यसका सबै पात्रहरू काँसाका होऊन्। "},{"id":4,"text":"त्यसको निम्ति काँसाका जालीको एउटा झिँजा बनाउनू, र जालीमाथि त्यसका चारै कुनामा काँसाका चार वटा मुन्द्रा लगाउनू। "},{"id":5,"text":"तैंले योचाहिँ वेदीको मुन्तिर चारैपट्टिको बिटमुनि राख्नू, र जाली वेदीको बीचसम्म पुगोस्। "},{"id":6,"text":"वेदीको निम्ति बबुल काठका डन्डाहरू बनाउनू। ती काँसाले मोहोर्नू। "},{"id":7,"text":"त्यसका डन्डाहरू मुन्द्रामा हाल्नू, र त्यो उठाउँदा ती डन्डा वेदीका दुवैतिर होऊन्। "},{"id":8,"text":"वेदी तैंले फल्याकसितै खोक्रो बनाउनू। तँलाई पर्वतमा देखाएबमोजिम त्यो बनाइओस्।”"},{"id":9,"text":"“तैंले पवित्र वासस्थानको निम्ति चोक बनाउनू। त्यसको दक्षिण भागको लमाइ एक सय हातको होस्, र त्यसको निम्ति मसिनो गरी बाटेको सूती कपड़ाका पर्दाहरू बनाउनू। "},{"id":10,"text":"तिनका खम्बाहरू बीस वटा र तिनका आधारहरू पनि बीस वटै काँसाका होऊन्। खम्बाका अङ्कुसेहरू र तिनका फित्ताहरूचाहिँ चाँदीका होऊन्। "},{"id":11,"text":"त्यसै गरी उत्तरका भागको निम्ति पनि सय हात लामा पर्दाहरू होऊन्, र तिनका खम्बाहरू बीस वटा र तिनका आधारहरू पनि बीस वटै होऊन्, सबै काँसाका। तर खम्बाहरूका अङ्कुसे र फित्ताहरूचाहिँ चाँदीका होऊन्।”"},{"id":12,"text":"“चोकका पश्चिमतिरको चौड़ाइको निम्ति पचास हातका पर्दाहरू होऊन्। तिनका खम्बाहरू दश वटा र आधारहरू दश वटै होऊन्। "},{"id":13,"text":"चोकको सूर्योदय हुने वा पूर्वतिरको चौड़ाइ पचास हातको होस्। "},{"id":14,"text":"मूल ढोकाको एकतर्फको निम्ति पन्ध्र हातका पर्दाहरू होऊन्। तिनका खम्बाहरू तीन वटा र आधारहरू पनि तीन वटै होऊन्। "},{"id":15,"text":"अर्को तर्फको निम्ति पन्ध्र हातका पर्दाहरू होऊन्। तिनका खम्बाहरू तीन वटा र आधारहरू पनि तीन वटै होऊन्।”"},{"id":16,"text":"“चोकको ढोकाको निम्ति नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको बीस हातको पर्दा होस्। त्यसमा बुट्टा हाल्नेको काम होस्। त्यसका खम्बाहरू चार वटा र आधारहरू पनि चार वटै होऊन्। "},{"id":17,"text":"चोकका चारैतिरका सबै खम्बाहरूका फित्ता र अङ्कुसेहरू चाँदीका होऊन्। तिनका आधारहरूचाहिँ काँसाका होऊन्। "},{"id":18,"text":"चोकको लमाइ एक सय हातको र त्यसको चौड़ाइ पचास हातको होस्। त्यसका पर्दाहरूको उचाइ पाँच हातको होस्। ती मसिनो गरी बाटेको सूती कपड़ाका होऊन्, र तिनका आधारहरूचाहिँ काँसाका होऊन्। "},{"id":19,"text":"पवित्र वासस्थानका सबै सेवाका सारा सामानहरू र त्यसका र चोकका सबै कीलाहरू काँसाका होऊन्।”"},{"id":20,"text":"“तैंले इस्राएलीहरूलाई आज्ञा दिनू, कि तिनीहरूले प्रकाशको निम्ति कुटेका भद्राक्षको शुद्ध तेल ल्याऊन्, र दियाहरू निरन्तर बलिरहून्। "},{"id":21,"text":"भेट हुने पालमा गवाही-पाटीको सामु भएको पर्दाबाहिर हारून र त्यसका छोराहरूले ती दियाहरू साँझदेखि बिहानसम्म परमप्रभुको सामुन्ने बालिरहने गरून्। इस्राएलीहरूका निम्ति तिनका पुस्तौँसम्मलाई यो अनन्तको विधि होस्।”"}]},{"id":28,"title":"प्रस्थान 28","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EXO/28-271c1eeafb082ea27cd9a38a7e00bfaa.mp3?version_id=1483","verses":[{"id":1,"text":"तैंले इस्राएलीहरूका बीचबाट तेरो दाजु हारून र त्यसका छोराहरूलाई तँकहाँ ले, र तिनीहरूले मेरो निम्ति पूजाहारीको काममा सेवा गरून्— हारून र त्यसका छोराहरू, नादाब, अबीहू, एलाजार र ईतामार। "},{"id":2,"text":"गौरव र शोभाको निम्ति तैंले तेरो दाजु हारूनको निम्ति पवित्र पोशाकहरू बनाउनू। "},{"id":3,"text":"जति शिल्पकारहरू छन्, जसलाई यस्ता कुरामा मैले बुद्धिले परिपूर्ण पारेको छु, तिनीहरूलाई तैंले भन्नू, कि तिनीहरूले हारूनका पोशाक त्यसलाई यो कामको निम्ति नियुक्त गर्नलाई बनाऊन्, र त्यसले पूजाहारीको पदमा मेरो सेवा गरोस्। "},{"id":4,"text":"तिनीहरूले बनाउनुपर्ने पोशाकहरू यी नै हुन्: छाती-पाता, एपोद, अलखा, बुनेको लबेदा, एउटा फेटा र पटुका। तिनीहरूले तेरो दाजु हारून र त्यसका छोराहरूका निम्ति पूजाहारीको पदमा मेरो सेवा गर्नलाई पवित्र वस्त्र बनाऊन्। "},{"id":5,"text":"तिनीहरूले सुन, र नीलो, बैजनी, रातो धागो र मसिनो गरी सूती कपड़ा प्रयोग गरून्।"},{"id":6,"text":"तिनीहरूले एपोदचाहिँ सुनको, र नीलो, बैजनी, रातो धागो र मसिनो गरी सूती कपड़ाले निपुणताका साथ बनाऊन्। "},{"id":7,"text":"त्यो गाँस्नलाई त्यसका दुवै छेउमा गाँसेका दुई काँधे-बन्धन होऊन्। "},{"id":8,"text":"त्यसमाथि भएको खूब राम्रोसँग बुनेको कमरपेटी एपोदको त्यही टुक्राको र त्यस्तै काम भएको सुनको, र नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको होस्।"},{"id":9,"text":"“तैंले दुई वटा आनिक्स लिएर त्यसमा इस्राएलका छोराहरूका नाउँ खोप्नू। "},{"id":10,"text":"तिनीहरूका जन्मअनुसार तिनीहरूमध्ये छ जनाका नाउँ एउटा पत्थरमा र बाँकी छ जनाका नाउँ अर्को पत्थरमा खोप्नू। "},{"id":11,"text":"पत्थर खोप्ने शिल्पकारले जसरी छाप खोप्छ, त्यसरी नै ती दुवै पत्थरहरूमा इस्राएलका छोराहरूका नाउँ खोप्नू। तब तैंले ती पत्थर सुनका रत्न जड़िने मणिघरमा जड्न लगाउनू। "},{"id":12,"text":"ती दुवै पत्थर एपोदका काँधे-बन्धनमा इस्राएलका छोराहरूका निम्ति सम्झनाको पत्थर हुनलाई लगाउनू, र हारूनले तिनीहरूका नाउँ परमप्रभुको सामु आफ्ना दुवै काँधमा सम्झनाको निम्ति बोक्ने गरोस्। "},{"id":13,"text":"अनि तैंले सुनका मणिघर बनाउनू। "},{"id":14,"text":"डोरीजस्ता बाटेका निखुर सुनका दुई वटा सिक्री बनाउनू, र ती बाटेका सिक्री ती मणिघरमा लगाउनू।”"},{"id":15,"text":"“न्याय गर्नलाई छाती-पाता सिपालु शिल्पकारद्वारा बनाउनू, — एपोदको बनावटजस्तै त्यो पनि सुनको, र नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको होस्। "},{"id":16,"text":"त्यो वर्गाकार र दोबर पट्ट्याइएको होस्। त्यसको लमाइ एक बित्ता र चौड़ाइ एक बित्तै होस्। "},{"id":17,"text":"तब तैंले त्यसमा मणिहरूका चार लहर गरी मणि जड्नू— पहिलो लहर मानिक, पुष्पराज र बेरूजको होस्। "},{"id":18,"text":"दोस्रो लहर फिरोजा, नीर र पन्नाको, "},{"id":19,"text":"तेस्रो लहर नीलमणि, हाकिक र कटेलाको, "},{"id":20,"text":"चौथो लहर पीतमणि, आनिक्स र बिल्लौरको होस्। यी सबै सुनका मणिघरहरूमा जड़िऊन्। "},{"id":21,"text":"ती मणिहरू इस्राएलका छोराहरूका नाउँअनुसार बाह्र वटा होऊन्। हरेकमा छापमा खोपेजस्तै बाह्रै कुलमध्ये एउटाको नाउँ होऊन्।”"},{"id":22,"text":"“छाती-पाताको लागि डोरीजस्तो बाटेको निखुर सुनका सिक्रीहरू बनाउनू। "},{"id":23,"text":"तैंले त्यसको निम्ति सुनका दुई वटा मुन्द्री बनाएर छाती-पाताका दुवै कुनामा लगाउनू। "},{"id":24,"text":"सुनका दुई वटा सिक्री छाती-पाताको छेउ-छेउमा भएका ती दुई मुन्द्रीमा लगाउनू। "},{"id":25,"text":"दुवै सिक्रीका अर्का दुई छेउचाहिँ ती दुवै मणिघरमा जड़ेर एपोदका काँधे-बन्धनमा अगाड़िपट्टि लगाउनू। "},{"id":26,"text":"फेरि सुनका दुई वटा मुन्द्री बनाएर छाती-पाताका अर्का दुवै कुनामा एपोदतिर भित्रपट्टि बिटमा लगाउनू। "},{"id":27,"text":"सुनका अझ दुई वटा मुन्द्री बनाएर एपोदको अगाड़िपट्टि दुवै काँधे-बन्धनका मुनिबाट र एपोदको कमरपेटीमाथिको सिउनीनेर लगाउनू। "},{"id":28,"text":"छाती-पाताचाहिँ त्यसका मुन्द्रीहरूद्वारा एपोदका मुन्द्रीहरूमा नीलो फित्ताले कमरपेटीमा बाँध्नू, कि त्यो एपोददेखि सर्न नपाओस्।”"},{"id":29,"text":"“जब हारून पवित्रस्थानमा प्रवेश गर्नेछ, तब त्यसले आफ्नो हृदयमाथि न्यायको छाती-पातामा परमप्रभुको सामु निरन्तर सम्झनाको निम्ति इस्राएलका छोराहरूको नाउँ बोकोस्। "},{"id":30,"text":"तैंले न्यायको छाती-पातामा “ऊरीम” र “तुम्मीम” राख्नू, ताकि जहिले-जहिले हारून परमप्रभुको सामुन्ने जान्छ तहिले-तहिले ती त्यसको हृदयमा होऊन्। यसरी हारूनले इस्राएलीहरूका निम्ति न्याय गर्ने साधनहरू आफ्नो हृदयमा परमप्रभुको सामुन्ने निरन्तर बोकोस्। "},{"id":31,"text":"तैंले एपोदको सम्पूर्ण अलखा नीलो रङ्गको बनाउनू। "},{"id":32,"text":"त्यसको बीचमा टाउको छिराउन प्वाल बनाउनू, र नच्यातिनलाई कठालोको प्वालजस्तै बुनेको बिट होस्। "},{"id":33,"text":"त्यसको तलको फेरोमा नीलो, बैजनी र रातो धागोका दारिमहरू बनाउनू र बीच-बीचमा सुनका घण्टीहरू लगाउनू, "},{"id":34,"text":"एउटा सुनको घण्टी र फेरि एउटा दारिम पर्ने गरी अलखाको वरिपरि होस्। "},{"id":35,"text":"हारूनले सेवा गर्दा त्यो लगाओस्। पवित्रस्थानभित्र परमप्रभुको सामुन्ने प्रवेश गर्दा र बाहिर निस्कँदा, त्यसको आवाज सुनिओस् र हारून नमरोस्।"},{"id":36,"text":"“तैंले निखुर सुनको एउटा पाता बनाएर त्यसमा औँठीको छाप खोपेझैँ यो कुरो खोप्नू, ‘परमप्रभुको निम्ति पवित्र’। "},{"id":37,"text":"त्यो नीलो फित्ताले फेटामा बाँध्नू, र त्यो फेटा अगाड़ि होस्। "},{"id":38,"text":"हारूनको निधारमा त्यो होस्, र इस्राएलीहरूले जे-जति पवित्र भेटी चढ़ाउँछन्, ती पवित्र थोकहरूको दोष हारूनले बोकोस्। त्यो निरन्तर त्यसको निधारमा रहनेछ। यसरी ती भेटीहरू परमप्रभुको सामु ग्रहण हुन सकून्।”"},{"id":39,"text":"“लबेदाचाहिँ मसिनो सूती कपड़ाको बुन्नू र फेटा पनि मसिनो सूती कपड़ाको बनाउनू। बुट्टा हाल्नेद्वारा पटुका पनि बनाइओस्। "},{"id":40,"text":"तैंले हारूनका छोराहरूका निम्ति लबेदा, पटुका र फेटाहरू तिनीहरूका गौरव र शोभाको निम्ति बनाउनू। "},{"id":41,"text":"ती तैंले आफ्नो दाजु हारून र त्यसका छोराहरूलाई पहिराएर तिनीहरूलाई अभिषेक गरी नियुक्त गर्नू। तिनीहरूलाई पवित्र पार्नू, र तिनीहरूले पूजाहारीको पदमा मेरो सेवा गरून्।”"},{"id":42,"text":"“तैंले तिनीहरूका शरीर ढाक्नलाई सूती कपड़ाका भित्री वस्त्र बनाउनू। ती कम्मरदेखि जाँघसम्म पुगून्। "},{"id":43,"text":"हारून र त्यसका छोराहरू भेट हुने पालमा प्रवेश गर्दा अथवा पवित्रस्थानमा सेवाको निम्ति वेदीको नजिक आउँदा, ती लगाएका होऊन्, ताकि तिनीहरू दोषी नहोऊन् र नमरून्।”“योचाहिँ हारून र त्यसका सन्तानका निम्ति अनन्तको विधि होस्।”"}]},{"id":29,"title":"प्रस्थान 29","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EXO/29-fb83380e1c58bdb750a81d08b4482b84.mp3?version_id=1483","verses":[{"id":1,"text":"तिनीहरूले पूजाहारीको पदमा मेरो सेवा गरून् भनेर तिनीहरूलाई पवित्र गर्न तैंले तिनीहरूका निम्ति गर्नुपर्ने काम यही हो: एउटा बाछा र दुई वटा निष्खोट भेड़ा लिएर आइज, "},{"id":2,"text":"र रोटी, र तेलमा मुछेको फुरौला र तेल दलेका पातलो बाबर— ती सबै अखमिरी मसिनो गहूँको पीठाको बनाउनू। "},{"id":3,"text":"अनि ती डालोमा हालेर त्यो टोकरी, बाछा र ती दुवै भेड़ा ल्याउनू। "},{"id":4,"text":"त्यसपछि हारून र त्यसका छोराहरूलाई भेट हुने पालको ढोकानेर ल्याएर तिनीहरूलाई तैंले पानीले नुहाइदिनू। "},{"id":5,"text":"ती पोशाकहरू ल्याएर हारूनलाई चाहिँ लबेदा, एपोदको अलखा, एपोद र छाती-पाता पहिराएर निपुणताका साथ बुनेको कमरपेटी त्यसमाथि बाँधिदिनू। "},{"id":6,"text":"त्यसको शिरमा त्यो फेटा लगाइदिनू, र फेटामाथि पवित्र मुकुट लगाइदिनू। "},{"id":7,"text":"त्यसपछि अभिषेक गर्ने तेल लिएर त्यसको शिरमा खन्याई त्यसलाई अभिषेक गर्नू। "},{"id":8,"text":"अनि त्यसका छोराहरूलाई ल्याएर तिनीहरूलाई लबेदा पहिराइदिनू, "},{"id":9,"text":"र तिनीहरूका शिरमा फेटा लगाइदिनू। तब हारून र त्यसका छोराहरूलाई पटुका बाँधिदिनू। सदाको विधिद्वारा तिनीहरूले पूजाहारी पद पाउनेछन्। यसरी तैंले हारून र त्यसका छोराहरूलाई नियुक्त गर्नू।"},{"id":10,"text":"“त्यो बाछा भेट हुने पालको सामुन्ने ल्याउनू, र हारून र त्यसका छोराहरूले बाछाको शिरमा आफ्ना हात राखून्। "},{"id":11,"text":"त्यस बाछालाई परमप्रभुको सामुन्ने भेट हुने पालको ढोकाको अगाड़ि बलि गर्नू। "},{"id":12,"text":"तेरो औँलाले बाछाको रगतबाट केही लिएर वेदीका सीङहरूमा लगाउनू, र त्यसको बाँकी रगतचाहिँ वेदीको आधारमा खन्याइदिनू। "},{"id":13,"text":"अनि तैंले आन्द्रा-भुँड़ी ढाक्ने सबै बोसो र कलेजाको मासु र दुवै मिर्गौला र तीमाथिको बोसो लिएर वेदीमा जलाउनू। "},{"id":14,"text":"तर बाछाको मासु र त्यसको छाला र त्यसको गोबरचाहिँ छाउनीदेखि बाहिर आगोमा जलाउनू। त्यो पापबलि हो।”"},{"id":15,"text":"“फेरि एउटा भेड़ा लिनू, र हारून र त्यसका छोराहरूले भेड़ाको शिरमा आ-आफ्ना हात राखून्। "},{"id":16,"text":"भेड़ालाई बलि गरी त्यसको रगत लिएर वेदीमा वरिपरि छर्कनू। "},{"id":17,"text":"त्यस भेड़ालाई टुक्रा-टुक्रा पारेर त्यसका आन्द्रा र खुट्टाहरू धोएर त्यसका टुक्राहरू र शिरसँगै राखिदिनू। "},{"id":18,"text":"त्यो सिङ्गै भेड़ा वेदीमा जलाउनू। त्योचाहिँ परमप्रभुलाई मन पर्ने मीठो बास्ना भएको, आगोद्वारा चढ़ाइएको होमबलि हो।” "},{"id":19,"text":"“तैंले अर्को भेड़ा लिनू, र हारून र त्यसका छोराहरूले भेड़ाको शिरमाथि आ-आफ्ना हात राखून्। "},{"id":20,"text":"तब भेड़ालाई बलि गरेर त्यसको रगतबाट केही लिएर हारूनको दाहिने कानको र त्यसका छोराहरूका दाहिने कानका लोतीमा, र तिनीहरूका दाहिने-दाहिने हातका बूढ़ी औँला र दाहिने-दाहिने खुट्टाका बूढ़ी औँलामा लगाउनू। त्यसपछि रगत वेदीमा वरिपरि छर्कनू। "},{"id":21,"text":"अनि वेदीमा भएको रगत र अभिषेक गर्ने तेलबाट अलि-अलि लिएर हारून र त्यसका पोशाकहरू र त्यसका छोराहरूमाथि र छोराहरूका पोशाकहरूमाथि छर्कनू। यसरी त्यो, त्यसका छोराहरू र तिनीहरू सबैका पोशाकहरूसमेत पवित्र हुनेछन्।”"},{"id":22,"text":"“तैंले त्यस भेड़ाको बोसो र बोसेपुच्छर र आन्द्रा-भुँड़ी ढाक्ने बोसो र कलेजाको मासु र बोसोसमेतको दुवै मिर्गौला र दाहिने साँप्रो लिनू। (त्योचाहिँ नियुक्त गर्दा प्रयोग गरिने अर्पणको भेड़ा हो।) "},{"id":23,"text":"परमप्रभुको सामु भएको अखमिरी रोटीको डालोबाट एउटा रोटी र तेलमा पोलेको एउटा फुरौला र एउटा बाबर लिएर "},{"id":24,"text":"ती सबै हारून र त्यसका छोराहरूका हातमा राख्नू। ती परमप्रभुको सामुन्ने डोलाइने बलिको रूपमा डोलाउनू। "},{"id":25,"text":"तब तिनीहरूका हातबाट ती लिएर परमप्रभुलाई मन पर्ने बास्नाको निम्ति होमबलिका साथ वेदीमा जलाइदिनू। यो परमप्रभुको निम्ति आगोद्वारा चढ़ाइएको बलि हो। "},{"id":26,"text":"अनि हारूनका अर्पणको भेड़ाको ह्याकुलो लिएर परमप्रभुको सामुन्ने डोलाइने बलिको रूपमा डोलाउनू। त्योचाहिँ तेरो भाग हुनेछ।”"},{"id":27,"text":"“अर्पणको भेड़ाबाट हारून र त्यसका छोराहरूका निम्ति हुने डोलाएको ह्याकुला र चढ़ाइएको साँप्रो पवित्र गर्नू। "},{"id":28,"text":"हारून र त्यसका छोराहरूका निम्ति इस्राएलीहरूले सधैँ दिनुपर्ने भाग यही होस्, किनभने इस्राएलीहरूले आफ्नो मेलबलिहरूबाट परमप्रभुलाई चढ़ाउनुपर्ने भाग त्यही हो।”"},{"id":29,"text":"“हारूनका पवित्र पोशाकहरू त्यसका सन्तानहरूका निम्ति होऊन्, र तिनीहरू ती पहिरेर अभिषेक भई नियुक्त गरिऊन्। "},{"id":30,"text":"त्यसको सट्टामा पूजाहारी हुने छोरो भेट हुने पालमा पवित्रस्थानभित्र सेवा गर्नलाई आउँदा, सात दिनसम्म त्यसले ती पहिरोस्।"},{"id":31,"text":"नियुक्त गर्दा प्रयोग गरिने अर्पणको भेड़ा लिएर त्यसको मासु एक पवित्र ठाउँमा पकाउनू। "},{"id":32,"text":"त्यसपछि हारून र त्यसका छोराहरूले त्यस भेड़ाको मासु र डालोमा भएको रोटी भेट हुने पालको ढोकानेर खाऊन्। "},{"id":33,"text":"तिनीहरूलाई नियुक्त र पवित्र गर्नलाई जुन-जुन थोकद्वारा प्रायश्चित गरिएको थियो, ती तिनीहरूले खाऊन्। तर कुनै अन्य मानिसहरूले चाहिँ नखाऊन्, किनभने ती पवित्र हुन्। "},{"id":34,"text":"अर्पणको भेड़ाको मासु अथवा रोटीमध्येको केही बिहानसम्म उब्र्यो भने त्यो उब्रेको भाग आगोमा जलाइदिनू। त्यो नखानू, किनभने त्यो पवित्र हो।"},{"id":35,"text":"“तँलाई मैले दिएका सबै आज्ञाबमोजिम हारून र त्यसका छोराहरूलाई गर्नू। सात दिन लगाएर तिनीहरूलाई नियुक्त गर्नू। "},{"id":36,"text":"प्रायश्चितको निम्ति पापबलिको साँढ़े दिनहुँ तैंले चढ़ाउनू। जब वेदीको लागि प्रायश्चित गर्लास्, तब पवित्र गर्नका निम्ति त्यसलाई अभिषेक गर्नू। "},{"id":37,"text":"सात दिनसम्म तैंले वेदीको निम्ति प्रायश्चित गर्दैरहनू, र त्यसलाई पवित्र पार्नू। यसरी वेदी महा पवित्र हुनेछ। जे-जेले त्यो वेदी छोला त्यो पवित्र हुनेछ।”"},{"id":38,"text":"“अब वेदीमा दिनहुँ तैंले निरन्तर चढ़ाउनुपर्ने कुरो यही हो: दुई वटा एक वर्षका थुमा। "},{"id":39,"text":"एउटा थुमा बिहान चढ़ाउनू र अर्को बेलुकी। "},{"id":40,"text":"पहिलो थुमासित एक लिटर कुटेको भद्राक्षको तेलमा मुछेको आधा पाथी मसिनो पीठो, र अर्घ-बलिको निम्ति चाहिँ एक लिटर दाखमद्य चढ़ाउनू। "},{"id":41,"text":"अर्कोचाहिँ थुमा बेलुकी चढ़ाउनू, र त्यससँग बिहानको जस्तै अन्नबलि र अर्घबलि होस्। परमप्रभुको निम्ति मीठो बास्ना भएको, आगोद्वारा चढ़ाइएको बलि त्यो होस्।”"},{"id":42,"text":"“तिमीहरूका पुस्ता-पुस्ताका निम्ति परमप्रभुको सामुन्ने भेट हुने पालको ढोकानेर त्यो निरन्तरको होमबलि होस्। त्यही ठाउँमा म तँसित कुरा गर्नलाई तँसँग भेट गर्नेछु। "},{"id":43,"text":"इस्राएलीहरूसित म त्यहीँ नै भेट गर्नेछु, र त्यो पाल मेरो महिमाले पवित्र हुनेछ।"},{"id":44,"text":"“म भेट हुने पाल र वेदीलाई पवित्र गर्नेछु। हारून र त्यसका छोराहरूलाई पनि मेरो निम्ति पूजाहारी पदमा मेरो सेवा गर्नलाई पवित्र गर्नेछु। "},{"id":45,"text":"म इस्राएलीहरूका बीचमा वास गर्नेछु, र तिनीहरूका परमेश्वर हुनेछु। "},{"id":46,"text":"तिनीहरूका मध्यमा बस्न भनी तिनीहरूलाई मिश्रबाट निकालेर ल्याउने म परमप्रभु तिनीहरूका परमेश्वर हुँ भनी तिनीहरूले जान्नेछन्। म परमप्रभु तिनीहरूका परमेश्वर हुँ।”"}]},{"id":30,"title":"प्रस्थान 30","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EXO/30-6bc2aabae6c24333b6f1b00d1eb30df1.mp3?version_id=1483","verses":[{"id":1,"text":"“तैंले धूप बाल्नका निम्ति एउटा वेदी बबुल काठको बनाउनू। "},{"id":2,"text":"त्यसको लमाइ एक हात र त्यसको चौड़ाइ एक हातको होस्। त्यो वर्गाकार होस्, र त्यसको उचाइ दुई हातको होस्। त्यसका सीङहरू त्यही एउटै टुक्रा काठकै होऊन्। "},{"id":3,"text":"त्यसका माथिल्लो र चारैतिरका पाटाहरू त्यसका सीङहरूसमेत निखुर सुनले मोहोर्नू, र त्यसको निम्ति वरिपरि सुनको एउटा बिट बनाउनू। "},{"id":4,"text":"त्यसको बिटमुनि वेदीका दुवै पाटामा सुनका दुई वटा मुन्द्रा बनाएर त्यसका दुवैतिर लगाउनू, र बोक्ने डन्डाहरूको लागि ती मुन्द्राचाहिँ घर होऊन्। "},{"id":5,"text":"डन्डाहरू बबुल काठका बनाएर सुनले मोहोर्नू। "},{"id":6,"text":"त्यो वेदी गवाहीको सन्दूक अगाड़ि भएको पर्दाको सामुन्ने राख्नू, अर्थात् गवाही-पाटीमाथि भएको कृपा-आसनको सामुन्ने, जहाँ म तँसित भेट गर्नेछु।”"},{"id":7,"text":"“वेदीमा हारूनले सुगन्धित मसलाको धूप प्रत्येक बिहान बत्तीहरू सच्याउँदा जलाओस्। "},{"id":8,"text":"फेरि बेलुकी हारूनले बत्ती बाल्दा त्यो जलाओस्। यसरी आउने पुस्ता-पुस्तासम्म परमप्रभुको सामुन्ने त्यो निरन्तर बल्ने धूप हुनेछ। "},{"id":9,"text":"त्यस वेदीमा तैंले अरू किसिमको धूप, होमबलि, अन्नबलि नचढ़ाउनू, र अर्घ-बलि पनि नचढ़ाउनू। "},{"id":10,"text":"हारूनले वर्षमा एक पल्ट त्यसका सीङहरूमा प्रायश्चित गरोस् अर्थात् तिमीहरूका पुस्ता-पुस्तासम्म वर्षमा एक पल्ट प्रायश्चितको पापबलिको रगतले त्यसमा प्रायश्चित गरोस्। त्यो परमप्रभुको निम्ति अति पवित्र हो।”"},{"id":11,"text":"तब परमप्रभुले मोशालाई भन्नुभयो, "},{"id":12,"text":"“तैंले इस्राएलीहरूको जनगणना गर्दा तिनीहरूमध्येको हरेक जनले आ-आफ्नो प्राणको छुटकाराको निम्ति परमप्रभुलाई यसरी मोल तिरोस्, र गणना गर्दा तिनीहरूमाथि कुनै विपत्ति आउनेछैन। "},{"id":13,"text":"जति जना गनिन्छन् तिनीहरूले पवित्रस्थानको शेकेलको हिसाबले आधा-शेकेल दिनुपर्नेछ। एक शेकेल बीस गेराको हुन्छ। यसरी परमप्रभुको भेटी आधा-शेकेलको होस्। "},{"id":14,"text":"जति जना बीस वर्ष र त्यसभन्दा माथिका गनिन्छन्, उतिले परमप्रभुको भेटी देऊन्। "},{"id":15,"text":"जब तिमीहरूका प्राणका प्रायश्चितको निम्ति परमप्रभुको भेटी दिइन्छ, तब धनीले आधा-शेकेलभन्दा बढ़ी र गरीबले त्यसभन्दा कम नदेओस्। "},{"id":16,"text":"इस्राएलीहरूबाट प्रायश्चितको पैसा लिएर भेट हुने पालका सेवाको निम्ति प्रयोग गर्नू, र त्यो तिमीहरूका प्राणको प्रायश्चित गर्नलाई परमप्रभुको सामुन्ने इस्राएलीहरूका निम्ति सम्झना होस्।”"},{"id":17,"text":"तब परमप्रभुले मोशालाई भन्नुभयो, "},{"id":18,"text":"“धुनलाई काँसाको बाटा बना। त्यसको खुट्टा पनि काँसाको होस्। त्यो भेट हुने पाल र वेदीको बीचमा राखेर त्यसमा पानी हाल्नू। "},{"id":19,"text":"त्यस पानीले हारून र त्यसका छोराहरूले आ-आफ्ना हातगोड़ा धोऊन्। "},{"id":20,"text":"जब तिनीहरू भेट हुने पालमा पस्छन्, कि वेदीनेर सेवा गर्नलाई परमप्रभुको निम्ति आगोद्वारा चढ़ाइने बलि जलाउनलाई आउँछन्, "},{"id":21,"text":"तब तिनीहरूले यही पानीले हात-गोड़ा धोऊन् र तिनीहरू नमरून्। यो हारून र त्यसका सन्तानका निम्ति तिनीहरूका पुस्ताभरि अनन्तको विधि होस्।”"},{"id":22,"text":"फेरि परमप्रभुले मोशालाई भन्नुभयो, "},{"id":23,"text":"“तैंले असल-असल मसला, अर्थात् ५०० शेकेल तरल मूर्र र त्यसको आधा, अर्थात् २५० शेकेल दालचिनी, र २५० शेकेल बोझो, "},{"id":24,"text":"र ५०० शेकेल तेजपात— यी सबैको नाप पवित्रस्थानको शेकेलको हिसाबले होस्— र एक हीन भद्राक्षको तेल लिएर "},{"id":25,"text":"अभिषेक गर्ने पवित्र तेल बनाउनू, अर्थात् बास्ना दिने सुगन्धित मसला बनाउनेले झैँ बनाउनू। अभिषेक गर्ने त्यो पवित्र तेल होस्। "},{"id":26,"text":"भेट हुने पाल र गवाहीको सन्दूक, "},{"id":27,"text":"र टेबिल, त्यसका सबै सामानसमेत, र सामदान, त्यसका सबै सामानसमेत, र धूपको वेदी, "},{"id":28,"text":"होमबलिको वेदी, त्यसका सबै सामानहरू, र धुने बाटा, त्यसका खुट्टाहरूसमेत, त्यसैले अभिषेक गर्नू। "},{"id":29,"text":"यसरी यिनीहरूलाई पवित्र गर्नू, र ती अति पवित्र होऊन्। जुन चीजले तिनीहरूलाई छुन्छ त्यो पवित्र हुनेछ।”"},{"id":30,"text":"“हारून र त्यसका छोराहरूलाई अभिषेक गरेर तिनीहरूलाई पवित्र गर्नू, र तिनीहरूले पूजाहारी पदमा मेरो सेवा गरून्। "},{"id":31,"text":"इस्राएलीहरूलाई यसो भन्नू, ‘त्यो तिमीहरूका पुस्तौँभरि मेरो निम्ति पवित्र अभिषेक-तेल होस्।’ "},{"id":32,"text":"त्यो कोही मानिसको शरीरमा नखन्याऊन्, र त्यही पदार्थहरू मिसाएर त्योजस्तै अरू तेल नबनाउनू। त्योचाहिँ पवित्र हो, र तिमीहरू त्यसलाई पवित्र ठान। "},{"id":33,"text":"जसले मिसाएर त्योजस्तै अत्तर बनाउला, र त्यसबाट पूजाहारीबाहेक कोही अन्य मानिसको शरीरमा लगाउला, त्यो आफ्नो मानिसहरूबाट बहिष्कृत हुनेछ।”"},{"id":34,"text":"फेरि परमप्रभुले मोशालाई भन्नुभयो, “सुगन्धित मसला— खोटो, सेखलेट र हिङजस्तै चोप— शुद्ध सेतो-धूपसमेत तौलमा बराबर लिएर "},{"id":35,"text":"त्यसको सुगन्धित, मिश्रित धूप अत्तर बनाउनेले जस्तै गरी बनाउनू। त्यो नून मिसिएको शुद्ध र पवित्र होस्। "},{"id":36,"text":"त्यसबाट केही कुटेर मसिनो पार्नू, र अलिकताचाहिँ भेट हुने पालमा तँसित भेट गर्ने स्थानमा गवाही-पाटीको सामुन्ने राख्नू। त्यो तिमीहरूका निम्ति अति पवित्र होस्। "},{"id":37,"text":"त्यसको मिसावटअनुसार त्यो धूप तिमीहरूले आफ्नै निम्ति नबनाउनू। त्यो तेरो नजरमा परमप्रभुको निम्ति पवित्र होस्। "},{"id":38,"text":"कसैले बास्ना मन पराएर त्यो जस्तै केही धूप बनायो भने त्यो आफ्ना मानिसहरूबाट बहिष्कृत होस्।”"}]},{"id":31,"title":"प्रस्थान 31","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EXO/31-b2895b215502c80a0b1ce8a3dedcfd75.mp3?version_id=1483","verses":[{"id":1,"text":"अनि परमप्रभुले मोशालाई भन्नुभयो, "},{"id":2,"text":"“हेर्, मैले यहूदाका कुलको हूरको नाति, ऊरीको छोरो बजलेललाई चुनेको छु। "},{"id":3,"text":"मैले त्यसलाई परमेश्वरका आत्माले, र सीप, दक्षता र सबै किसिमका कारीगरीको ज्ञानले परिपूर्ण पारेको छु। "},{"id":4,"text":"त्यसले सुन, चाँदी, काँसाका कलापूर्ण आकार कोर्ने, "},{"id":5,"text":"र पत्थर काट्ने र जड्ने, काठ खोप्ने र सबै किसिमका कारीगरीका काम गरोस् भनेर हो। "},{"id":6,"text":"दानका कुलको अहीसामाकको छोरा ओहोलीआबलाई मैले त्यसलाई सहयोग गर्न नियुक्त गरेको छु। जे-जति मैले तँलाई आज्ञा गरेको छु, ती सब बनाउनलाई सबै कारीगरहरूलाई मैले दक्षता दिएको छु: "},{"id":7,"text":"अर्थात्, भेट हुने पाल, गवाहीको सन्दूक र त्यसमाथि हुने कृपा-आसन, र पालका अरू सबै सामानहरू— "},{"id":8,"text":"टेबिल र त्यसका सामानहरू, शुद्ध सुनको सामदान र त्यसका सबै सामान, र धूपको वेदी, "},{"id":9,"text":"होमबलिको वेदी र त्यसका सबै सामानहरू, धुने बाटा र त्यसका खुट्टाहरू— "},{"id":10,"text":"बुनेका पोशाकहरू, हारून पूजाहारीको निम्ति पवित्र पोशाकहरू र त्यसका छोराहरूका पूजाहारी पदमा सेवा गर्ने पोशाकहरू, "},{"id":11,"text":"र पवित्रस्थानको निम्ति अभिषेक गर्ने तेल र सुगन्धित धूप तिनीहरूले बनाऊन्। मैले तँलाई दिएका सबै आज्ञाअनुसार तिनीहरूले गरून्।”"},{"id":12,"text":"तब परमप्रभुले मोशालाई भन्नुभयो, "},{"id":13,"text":"“तैंले इस्राएलीहरूलाई यसो पनि भन्नू: तिमीहरूले निश्चय मेरा शबाथहरू मान्नू। तिमीहरू र मेरो बीचमा यो एउटा चिन्ह हुनेछ, कि म, परमप्रभु नै, तिमीहरूलाई पवित्र गर्दछु भनी तिमीहरूले थाहा पाओ।”"},{"id":14,"text":"“‘तिमीहरूले शबाथ मान्नू, किनभने तिमीहरूका निम्ति त्यो पवित्र हो। त्यो अपवित्र गर्ने निश्चय नै मारिओस्। जस-जसले त्यस दिन केही कामकाज गर्ला त्यो आफ्ना मानिसहरूबाट बहिष्कृत हुनेछ। "},{"id":15,"text":"छ दिनसम्म कामकाज गरिओस्, तर सातौँ दिनचाहिँ विश्रामको शबाथ हो, जो परमप्रभुको निम्ति पवित्र हो। जस-जसले शबाथमा केही कामकाज गर्ला त्यो मारिनैपर्छ। "},{"id":16,"text":"इस्राएलीहरूले शबाथ मानून्, र त्यो दिन आफ्ना सारा पुस्ताभरि अविराम करारको रूपमा मान्ने गरून्। "},{"id":17,"text":"म र इस्राएलीहरूका बीचमा त्यो सदाको निम्ति एउटा चिन्ह हुनेछ, किनभने परमप्रभुले छ दिनमा आकाश र पृथ्वी बनाउनुभयो, तर सातौँ दिनमा उहाँले काम छोड़ेर विश्राम गर्नुभयो’।” "},{"id":18,"text":"परमेश्वरले मोशासित सीनै पर्वतमा कुरा गरिसक्नुभएपछि, उहाँका आफ्ना औँलाले लेखेका दुई शिला-पाटीहरू उहाँले तिनलाई दिनुभयो।"}]},{"id":32,"title":"प्रस्थान 32","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EXO/32-e78a754c828f7de51177e2a0faee856d.mp3?version_id=1483","verses":[{"id":1,"text":"जब मानिसहरूले मोशालाई पर्वतबाट ओर्लन बियाँलो गरेका देखे, तब तिनीहरू हारूनकहाँ भेला भएर तिनलाई भन्न लागे, “उठ्नुहोस्, र हाम्रा अगिअगि जानलाई देवताहरू बनाउनुहोस्, किनकि हामीलाई मिश्रबाट निकालेर ल्याउने मोशालाई के भयो हामी जान्दैनौं” "},{"id":2,"text":"हारूनले तिनीहरूलाई भने, “तिमीहरूका पत्नीहरू र छोराछोरीहरूका कानमा भएका सुनका कुण्डलहरू फुकाली यहाँ मकहाँ ल्याओ।” "},{"id":3,"text":"तब सबै मानिसहरूले आ-आफ्ना कानमा भएका सुनका कुण्डलहरू फुकालेर हारूनकहाँ ल्याए। "},{"id":4,"text":"तिनले ती तिनीहरूका हातबाट लिएर हतियारले खोपे, र ढालेर बाछाको आकारको एउटा मूर्ति बनाए। तब तिनीहरूले भने, “हे इस्राएली हो, तिमीहरूलाई मिश्रबाट निकालेर ल्याउने तिमीहरूका देवताहरू यी नै हुन्।” "},{"id":5,"text":"यो देखेर हारूनले बाछाकै सामु एउटा वेदी बनाए, र तिनले यसो भनेर घोषणा गरे, “भोलि परमप्रभुको निम्ति एउटा चाड़ हुनेछ।” "},{"id":6,"text":"भोलिपल्ट मानिसहरू बिहानै उठेर होमबलि चढ़ाए, र मेलबलि पनि ल्याए। तब तिनीहरू खानपान गर्नलाई बसे, अनि त्यसपछि मोजमा डुब्न उठे। "},{"id":7,"text":"तब परमप्रभुले मोशालाई भन्नुभयो, “तल ओर्ली, किनकि तैंले मिश्रबाट निकालेर ल्याएका तेरा मानिसहरूले आफैलाई भ्रष्ट पारेका छन्। "},{"id":8,"text":"तिनीहरूलाई जुन मार्गमा हिँड्ने आज्ञा मैले दिएको थिएँ, त्यसबाट तिनीहरू यति चाँड़ै अर्कोतिर लागेका छन्। तिनीहरूले आफ्ना निम्ति बाछाको आकारमा एउटा ढालेको मूर्ति बनाएर त्यसैलाई पुजेका छन्, र त्यसैको निम्ति बलि चढ़ाएर भनेका छन्, ‘हे इस्राएली हो, तिमीहरूलाई मिश्रबाट निकालेर ल्याउने तिमीहरूका देवताहरू यी नै हुन्’।”"},{"id":9,"text":"परमप्रभुले मोशालाई भन्नुभयो, “मैले यी मानिसहरूलाई देखें। यिनीहरू त हठी मानिसहरू रहेछन्। "},{"id":10,"text":"अब मलाई नरोक्, र मेरो क्रोध यिनीहरूमाथि दन्किओस्। म यिनीहरूलाई भस्म पार्नेछु। अनि तँबाट नै म एउटा ठूलो जाति बनाउनेछु।”"},{"id":11,"text":"तर मोशाले परमप्रभु आफ्ना परमेश्वरलाई आग्रहपूर्वक भने, “हे परमप्रभु, तपाईंले आफ्नो ठूलो सामर्थ्य र शक्तिशाली हातले मिश्रबाट निकालेर ल्याउनुभएका आफ्ना मानिसहरूमाथि तपाईंको क्रोध किन यति साह्रै जलेको छ? "},{"id":12,"text":"मिश्रीहरूले किन यसो भन्ने मौका पाऊन्? ‘कुभलो चिताएर पर्वतहरूमा तिनीहरूलाई मार्न, र तिनीहरूलाई पृथ्वीबाट नाश गर्न उहाँले तिनीहरूलाई ल्याउनुभयो’। तपाईं आफ्नो भयङ्कर क्रोधलाई शान्त गर्नुहोस्, र आफ्ना मानिसहरूलाई हानी गर्नदेखि आफ्नो मन बद्लनुहोस्। "},{"id":13,"text":"आफ्ना दासहरू अब्राहाम, इसहाक र याकूबलाई सम्झनुहोस्, जुनहरूसित तपाईंले आफ्नै नाउँमा शपथ खाएर यसो भन्नुभएको थियो, ‘म तिमीहरूका सन्तानलाई आकाशका ताराहरूजस्तै बढ़ाउनेछु। मैले प्रतिज्ञा गरेको यो सारा देश तिमीहरूका सन्तानलाई दिनेछु, र तिनीहरू सधैँको निम्ति त्यसको अधिकारी हुनेछन्’।” "},{"id":14,"text":"तब आफ्ना मानिसहरूलाई हानि गर्नदेखि परमप्रभुले आफ्नो मन बद्लनुभयो।"},{"id":15,"text":"अनि मोशा फर्केर आफ्ना हातमा गवाहीका दुवै शिला-पाटी लिएर पर्वतबाट ओर्ले। ती पाटीहरूमा अगाड़ि र पछाड़ि दुवैपट्टि लेखिएका थिए। "},{"id":16,"text":"ती पाटीहरू परमेश्वरका काम थिए। तिनका लेखोट परमेश्वरद्वारा खोपेर लेखिएका थिए।"},{"id":17,"text":"यहोशूले मानिसहरू चिच्च्याएका सुनेर मोशालाई भने, “छाउनीमा त लड़ाइँको सोरजस्तो पो सुनिँदैछ।”"},{"id":18,"text":"मोशाले भने,\n“यो सोर न त जित्नेहरूको\nन हार्नेहरूको हो,\nतर म त गाउनेहरूको सोर सुन्दैछु।”"},{"id":19,"text":"छाउनीनेर आउँदाआउँदै मोशाले बाछो र नाच देखे। मोशालाई साह्रै रीस उठ्यो, र तिनले ती पाटीहरू आफ्ना हातले पर्वतको फेदीमा फ्याँकेर फुटाइदिए। "},{"id":20,"text":"तब तिनीहरूले बनाएको त्यो बाछो लिएर तिनले आगोमा जलाइदिए, र त्यसलाई धूलोपीठो पारेर पानीमा छरिदिए। अनि तिनले इस्राएलीहरूलाई त्यो पिउन लाए।"},{"id":21,"text":"त्यसपछि मोशाले हारूनलाई भने, “यी मानिसहरूले तपाईंलाई के गरे, र तपाईंले यिनीहरूलाई यस्तो ठूलो पापमा लानुभयो?”"},{"id":22,"text":"हारूनले जवाफ दिए, “हजूरको रीस ममाथि नउठोस्। तपाईं त यी मानिसहरूलाई जान्नु नै हुन्छ। यिनीहरू कति खराबीतिर लागेका छन्। "},{"id":23,"text":"तिनीहरूले मलाई भने, ‘हाम्रा निम्ति हाम्रा अगिअगि जानलाई देवताहरू बनाऊ, किनकि हामीलाई मिश्रबाट निकालेर ल्याउने मोशालाई के भयो हामी जान्दैनौं’। "},{"id":24,"text":"तब मैले तिनीहरूलाई भनें, ‘जस-जसकहाँ सुनका गहनाहरू छन्, ती फुकालेर ल्याओ’। अनि तिनीहरूले मलाई सुन दिए। मैले आगोमा हालिदिएँ, र यो बाछो निस्क्यो।”"},{"id":25,"text":"मोशाले देखे कि मानिसहरू त छाड़ा भइसकेका थिए, किनकि हारूनले तिनीहरूलाई छाड़ा हुन दिएका थिए, यतिसम्म कि तिनीहरू आफ्ना वैरीका सामुन्ने हाँसोको कारण बनेका थिए। "},{"id":26,"text":"तब मोशाले छाउनीको ढोकानेर उभिएर भने, “जो-जो परमप्रभुतर्फ छन्, तिनीहरू मकहाँ यता आऊन्।” अनि लेवीका सारा सन्तानचाहिँ तिनीकहाँ आएर भेला भए।"},{"id":27,"text":"मोशाले तिनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘तिमीहरू हरेकले आ-आफ्नो तरवार भिरेर छाउनीको वल्लो छेउदेखि पल्लो छेउसम्म ढोका-ढोकामा गएर हरेकले आफ्नो भाइ र आफ्नो मित्र र आफ्नो छिमेकीलाई मार’।” "},{"id":28,"text":"तब लेवीका सन्तानहरूले मोशाले भनेअनुसार गरे। त्यस दिन मानिसहरूमध्ये तीन हजार जति पुरुष मारिए। "},{"id":29,"text":"तब मोशाले भने, “आज तिमीहरू आ-आफ्ना छोरा र आ-आफ्ना भाइलाई नाश गरी परमप्रभुको निम्ति अलग गरिएका छौ। आज उहाँले तिमीहरूलाई आशिष् दिनुभएको छ।”"},{"id":30,"text":"भोलिपल्ट मोशाले मानिसहरूलाई भने, “तिमीहरूले ठूलो पाप गरेका छौ। तर अब म परमप्रभुकहाँ उक्लेर जानेछु। शायद तिमीहरूको यो पापको निम्ति म प्रायश्चित गर्न सक्छु होला।”"},{"id":31,"text":"अनि मोशाले परमप्रभुकहाँ फर्किगएर यसो भने, “हाय! यी मानिसहरूले कस्तो ठूलो पाप गरेका छन्! तिनीहरूले आफ्ना निम्ति सुनका देवताहरू बनाएका छन्। "},{"id":32,"text":"तापनि तपाईंले तिनीहरूको पाप क्षमा गर्नुहुन्छ होला— हुन्न भनेता, तपाईंले लेख्नुभएको पुस्तकबाट मेरो नाउँनिशानै मेटिदिनुहोस्।” "},{"id":33,"text":"तब परमप्रभुले मोशालाई भन्नुभयो, “जसले मेरो विरुद्धमा पाप गरेको छ, त्यसलाई नै म आफ्नो पुस्तकबाट मेटिदिनेछु। "},{"id":34,"text":"अब जा, मैले तँलाई भनेको स्थानमा मानिसहरूलाई अगुवाइ गरेर लैजा, र मेरा दूत तेरो अगिअगि जानेछन्, तापनि तिनीहरूलाई सजाय दिने समय आएपछि म तिनीहरूको पापको दण्ड दिनेछु।”"},{"id":35,"text":"अनि हारूनले बनाएको बाछोप्रति तिनीहरूले जे गरे त्यसैको निम्ति परमप्रभुले मानिसहरूलाई रूढ़ीले मार्नुभयो।"}]},{"id":33,"title":"प्रस्थान 33","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EXO/33-8d50bff76e170025d5d1e411e3e59358.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब परमप्रभुले मोशालाई भन्नुभयो, “मिश्रबाट ल्याएका यी मानिसहरूसँग त्यस देशमा जा, जसको विषयमा ‘तेरा सन्तानलाई दिनेछु’ भनेर मैले अब्राहाम, इसहाक र याकूबसित शपथ खाएको थिएँ। "},{"id":2,"text":"म तिमीहरूका अगिअगि एउटा दूत पठाउनेछु, र कनानी, एमोरी, हित्ती, परिज्जी, हिव्वी र यबूसीहरूलाई धपाउनेछु। "},{"id":3,"text":"दूध र मह बग्ने त्यो देशमा जाओ। तर तिमीहरू हठी मानिस हौ, यसकारण म तिमीहरूका बीचमा हिँड्नेछैनँ, नत्रता बाटैमा म तिमीहरूलाई नाश गरुँला।”"},{"id":4,"text":"जब मानिसहरूले यो नराम्रो समाचार सुने, तब तिनीहरूले अफसोस गरे, र कसैले आफ्ना गहनाहरू लगाएन। "},{"id":5,"text":"किनकि परमप्रभुले मोशालाई भन्नुभएको थियो, “इस्राएलीहरूलाई भन्, ‘तिमीहरू हठी मानिस हौ। म एक क्षणको निम्ति पनि तिमीहरूका बीचमा आएँ भने म तिमीहरूलाई भस्म पार्नेछु। अब तिमीहरूले आफ्ना गहनाहरू फुकाल, र तिमीहरूसित के गर्नुपर्ने हो, सो म विचार गरुँला’।” "},{"id":6,"text":"यसैले होरेब पर्वतमा इस्राएलीहरूले आफ्ना गहनाहरू फुकाले।"},{"id":7,"text":"मोशाले चाहिँ छाउनीदेखि बाहिर धेरै टाढ़ामा पाल टाँग्ने गर्थे। तिनले त्यसलाई “भेट हुने पाल” भन्थे। परमप्रभुसित भेट गर्न चाहने प्रत्येक व्यक्ति छाउनीको बाहिर भएको त्यही भेट हुने पालमा जान्थ्यो। "},{"id":8,"text":"जब मोशा निस्केर भेट हुने पालमा जान्थे, तब सबै मानिसहरू उठेर आफ्नो पालको ढोकामा खड़ा भई मोशा त्यस पालभित्र नपसुञ्जेलसम्म तिनीतिर नै हेरिरहन्थे। "},{"id":9,"text":"जब मोशा त्यस पालभित्र पस्थे तब बादलको खामो ओर्लेर पालको ढोकामा खड़ा रहन्थ्यो। तब परमप्रभु मोशासित कुरा गर्नुहुन्थ्यो। "},{"id":10,"text":"जब मानिसहरूले बादलको खामो पालको ढोकामा खड़ा भएको देख्तथे, तब तिनीहरू उठेर आ-आफ्नो पालको ढोकामा आराधना गर्थे। "},{"id":11,"text":"परमप्रभु मोशासित यसरी आमने-सामने कुरा गर्नुहुन्थ्यो, जसरी कोही आफ्ना मित्रसित कुरा गर्दछ। तब मोशा फर्केर छाउनीमा आउँथे, तर तिनको जवान सहायक, नूनका छोरा यहोशू, त्यस पालबाट निस्कँदैनथे।"},{"id":12,"text":"अनि मोशाले परमप्रभुलाई भने, “तपाईंले मलाई ‘यी मानिसहरूलाई लिएर जा’ भन्नुहुन्छ, तर मसित को-को पठाउनुहुन्छ तपाईंले मलाई थाहा दिनुभएको छैन। तपाईंले भन्नुभएको छ, ‘म त तँलाई तेरो नाउँले नै चिन्छु: र तँमाथि मेरो निगाह भएको छ’। "},{"id":13,"text":"यदि तपाईंको निगाह ममाथि भएको छ भने, अब मलाई तपाईंको मार्ग देखाउनुहोस्, र म तपाईंलाई चिन्न सकूँ र तपाईंको दृष्टिमा निगाह पाइरहन सकूँ। यो जाति तपाईंकै हो भनी सम्झनुहोस्।”"},{"id":14,"text":"अनि परमप्रभुले भन्नुभयो, “मेरो उपस्थिति तँसँग जानेछ, र म तँलाई विश्राम दिनेछु।”"},{"id":15,"text":"तब मोशाले उहाँलाई भने, “यदि तपाईंको उपस्थिति हामीसित गएन भने हामीलाई यहाँबाट उता नलानुहोस्। "},{"id":16,"text":"तपाईं हामीसितै नगएसम्म म र तपाईंका यी मानिसहरूले तपाईंको निगाह पाएका छौं भनेर हामीले कसरी जान्ने? अरू के कुराले म र तपाईंका मानिसहरू पृथ्वीका सारा मानिसहरूदेखि भिन्नै हुन्छौं?”"},{"id":17,"text":"तब परमप्रभुले मोशालाई भन्नुभयो, “तैंले भनेकै कुरा म गर्नेछु, किनकि तैंले मेरो दृष्टिमा निगाह पाएको छस्, र मैले तँलाई नाउँले नै चिनेको छु।”"},{"id":18,"text":"तिनले भने, “अब मलाई तपाईंको महिमा देखाउनुहोस्।”"},{"id":19,"text":"उहाँले भन्नुभयो, “म तेरै सामुन्ने मेरो सारा श्रेष्ठता देखाउनेछु, र तेरै सामुन्ने ‘परमप्रभु’ नाउँको घोषणा गर्नेछु। जसलाई म अनुग्रह गर्न चाहन्छु त्यसलाई म अनुग्रह गर्नेछु। जसलाई म कृपा देखाउन चाहन्छु, त्यसलाई म कृपा देखाउनेछु।” "},{"id":20,"text":"अनि उहाँले भन्नुभयो, “तर तैंले मेरो अनुहार हेर्न सक्दैनस्, किनकि मेरो अनुहार हेरेर मानिस जीवितै रहन सक्दैन।”"},{"id":21,"text":"तब परमप्रभुले भन्नुभयो, “मेरो छेउमा एउटा ठाउँ छ, जहाँ तँ एउटा चट्टानमा खड़ा हो। "},{"id":22,"text":"मेरो महिमा त्यहाँबाट भएर जाँदा तँलाई म त्यस चट्टानको धाँदोमा राख्नेछु, र म त्यहाँबाट भएर नजाउञ्जेल तँलाई मेरै हातले छोपिराख्नेछु। "},{"id":23,"text":"त्यसपछि म मेरो हात उठाउनेछु, र तैंले मेरो पछिको भाग देख्नेछस्, तर मेरो अनुहारचाहिँ देखिनेछैन।”"}]},{"id":34,"title":"प्रस्थान 34","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EXO/34-ec6ba609f8b40d951564e349757b61e4.mp3?version_id=1483","verses":[{"id":1,"text":"परमप्रभुले मोशालाई भन्नुभयो, “पहिलेका जस्तै ढुङ्गाका दुई वटा पाटी काटेर ले। म ती पाटीमा त्यही कुरा लेख्नेछु, जो तैंले फुटाएको पहिलेका पाटीमा लेखिएका थिए। "},{"id":2,"text":"बिहानै तयार भएर सीनै पर्वतको टाकुरामा उक्लेर तँ मेरो सामुन्ने हाजिर हो। "},{"id":3,"text":"कोही मानिस तँसँग नआओस्, न त पर्वतको कुनै भागमा देखा परोस्। कुनै भेड़ाबाख्रा वा गाईबस्तु त्यस पर्वतको अगाड़ि नचरोस्।”"},{"id":4,"text":"तब मोशाले पहिलेकै जस्तो ढुङ्गाका दुई वटा पाटी काटेर परमप्रभुले आज्ञा गर्नुभएझैँ बिहान सबेरै उठी सीनै पर्वतमा उक्ले। तिनले आफ्ना हातमा ती दुई वटा शिला-पाटी पनि लगे। "},{"id":5,"text":"अनि परमप्रभु बादलमा ओर्लनुभयो, र तिनीसँग त्यहाँ खड़ा भएर उहाँले आफ्नो नाउँ “परमप्रभु” घोषणा गर्नुभयो। "},{"id":6,"text":"त्यसपछि परमप्रभु तिनको सामुन्नेबाट गएर यसो भनी घोषणा गर्नुभयो, “परमप्रभु, परमप्रभु टिठ्याउनमा भरिपूर्ण र दयालु परमेश्वर, जो क्रोध गर्नमा ढिलो, र प्रेम र विश्वस्ततामा प्रशस्त हुनुहुन्छ। "},{"id":7,"text":"उहाँले हजारौँ हजारमाथि कृपा देखाउनुहुन्छ, र दुष्टता, विद्रोह र पाप क्षमा गर्नुहुन्छ। तर उहाँले दोषीलाई कुनै किसिमले पनि सजाय दिनुहुन्छ। पिता-पुर्खाका दुष्टताको दण्ड तिनीहरूका छोराछोरी, नातिनातिना, र तेस्रो र चौथो पुस्तासम्म दिनुहुन्छ।”"},{"id":8,"text":"तब मोशाले हत्तपत्त भूइँतिर आफ्नो शिर निहुराएर आराधना गरे। "},{"id":9,"text":"तिनले भने, “यदि मैले तपाईंको दृष्टिमा निगाह पाएको छु भने, हे परमप्रभु, बिन्ती छ, परमप्रभु नै हाम्रा साथमा हिँड्नुहोला। यिनीहरू हठी मानिस भए तापनि हाम्रा दुष्टता र पाप क्षमा गरेर हामीलाई आफ्नो निज उत्तराधिकारको रूपमा ग्रहण गर्नुहोस्।”"},{"id":10,"text":"तब परमप्रभुले भन्नुभयो, “हेर्, तँसँग म एउटा करार बाँध्छु। तेरा सारा मानिसहरूकै सामु म यस्ता आश्चर्यका कामहरू गर्नेछु, जो सारा पृथ्वीमा कुनै जातिमा कहिल्यै गरिएका छैनन्। यी मानिसहरू, जसका बीचमा तँ छस्, तिनीहरूले देख्नेछन् कि म, परमप्रभु, तेरो लागि एउटा आश्चर्यपूर्ण काम गर्नेछु। "},{"id":11,"text":"जुन आज्ञा आज म तँलाई दिँदैछु, त्यो तैंले पालन गर्। हेर्, म तेरो सामुन्नेबाट एमोरी, कनानी, हित्ती, परिज्जी, हिव्वी, र यबूसीहरूलाई धपाउनेछु। "},{"id":12,"text":"होशियार बस्! जुन देशमा तँ जान्छस्, त्यहाँका बासिन्दाहरूसँग तैंले सन्धि नगर्नू, नत्रता उनीहरू तिमीहरूका निम्ति पासो बन्नेछन्। "},{"id":13,"text":"उनीहरूका वेदीहरू भत्काइदिनू। उनीहरूका चोखा ढुङ्गाहरू टुक्रा-टुक्रा पारिदिनू, र उनीहरूका अशेरा देवीका मूर्तिहरूलाई काटेर ढालिदिनू। "},{"id":14,"text":"तिमीहरूले अन्य कुनै देवताको पूजा नगर्नू, किनकि परमप्रभु, जसको नाउँ “डाही” हो, डाह गर्ने परमेश्वर नै हुनुहुन्छ।"},{"id":15,"text":"“होशियार, त्यस देशका बासिन्दाहरूसित तिमीहरूले सन्धि नगर्नू, नत्र उनीहरू आफ्ना देवताहरूका पछि लागेर आत्मिक व्यभिचारझैँ गर्दा र आफ्ना देवताहरूका लागि बलि गर्दा, उनीहरूले तिमीहरूलाई बोलाउनेछन् र तिमीहरूले उनीहरूका बलिदानहरू खानेछौ। "},{"id":16,"text":"जब उनीहरूका छोरीहरूमध्येका कुनैलाई तिमीहरूले आफ्ना छोराहरूका निम्ति ल्याऔला, र ती छोरीहरू आफ्ना देवताहरूपछि आत्मिक व्यभिचारझैँ गर्लान्, तब तिनीहरूले तिमीहरूका छोराहरूलाई पनि त्यही गर्न लाउनेछन्।"},{"id":17,"text":"“तिमीहरूले आफ्ना निम्ति ढलौटे मूर्तिहरू नबनाउनू। "},{"id":18,"text":"“अखमिरी रोटीको चाड़ मान्नू। मेरो आज्ञाबमोजिम आबीब महिनाको तोकिएको समयमा सात दिनसम्म अखमिरी रोटी खाँदैरहनू। किनभने आबीब महिनामा तिमीहरू मिश्रदेशबाट निक्लेर आएका हौ। "},{"id":19,"text":"“गर्भ खोल्ने सबै मेरा हुन्। तिमीहरूका पशुका सबै भाले, गाईबस्तुका र भेड़ाबाख्राका पहिले बियाएका मेरै हुन्। "},{"id":20,"text":"गधैनीको पहिलो बियाएको बछेड़ालाई पाठो दिएर छुटाउनू। त्यसलाई छुटाएनौ भने त्यसको घाँटी भाँचिदिनू। आफ्ना सबै जेठा छोराहरूलाई केही दिएर छुटाउनू।” “मेरो सामुन्ने कोही पनि रित्तै देखा नपरोस्।"},{"id":21,"text":"“छ दिनसम्म आफ्ना कामकाज गर्दैरहनू, तर सातौँ दिनमा चाहिँ विश्राम गर्नू। हलो जोत्ने र कटनी गर्ने समयमा पनि विश्राम गर्नू। "},{"id":22,"text":"“तिमीहरूले साताहरूको चाड़ पहिले उब्जिएको गहूँसाथ मान्नू, र वर्षको आखिरमा अन्न भित्र्याउने चाड़ पनि मान्नू। "},{"id":23,"text":"वर्षमा तीन पल्ट तिमीहरूका सबै पुरुषहरू इस्राएलका परमप्रभु परमेश्वरको सामु देखा परून्। "},{"id":24,"text":"म जाति-जातिहरूलाई तिमीहरूका सामुबाट निकालिदिनेछु, र तिमीहरूको सिमाना बढ़ाइदिनेछु। जब तिमीहरू परमप्रभु आफ्ना परमेश्वरको सामु वर्षमा तीन पल्ट देखा परौला, तब कसैले तिमीहरूका जमिनको लोभ गर्नेछैन।"},{"id":25,"text":"“मलाई चढ़ाइने बलिको रगत खमिर हालेको केही रोटीसित नचढ़ाउनू, र निस्तार-चाड़को बलिमध्येको केही पनि बिहानसम्म नछोड्नू। "},{"id":26,"text":"“तिमीहरूको जमिनका अगौटे फलमध्येका सबभन्दा असल फलचाहिँ परमप्रभु आफ्ना परमेश्वरको घरमा ल्याउनू।” “बाख्राको पाठो त्यसको माउको दूधमा नपकाओ।”"},{"id":27,"text":"तब परमप्रभुले मोशालाई भन्नुभयो, “यी कुरा लेख्, किनकि यी नै कुराबमोजिम तँ र इस्राएलसित मैले करार बाँधेको छु।” "},{"id":28,"text":"मोशा त्यहाँ परमप्रभुसित चालीस दिन र चालीस रात रहे। तिनले न त रोटी खाए न पानी पिए। तिनले ती शिला-पाटीहरूमा त्यस करारका वचन, अर्थात् ती दश आज्ञाहरू लेखे।"},{"id":29,"text":"जब मोशा गवाहीका ती दुई शिला-पाटी आफ्ना हातमा लिएर सीनै पर्वतबाट ओर्लेर आए, तब परमेश्वर तिनीसित कुरा गर्नुभएकोले आफ्नो अनुहार चम्कँदैछ भन्ने कुरो मोशालाई थाहा थिएन। "},{"id":30,"text":"जब हारून र सारा इस्राएलीहरूले मोशालाई देखे, तब तिनको अनुहार चम्केको तिनीहरूले देखे, र तिनको नजिक आउन तिनीहरू डराए। "},{"id":31,"text":"तर मोशाले तिनीहरूलाई बोलाए, र समुदायका सारा नाइकेहरूसमेत हारून तिनीकहाँ फर्केर आए, अनि मोशाले तिनीहरूसित कुरा गरे। "},{"id":32,"text":"त्यसपछि सारा इस्राएलीहरू पनि नजिक आए, अनि जे परमप्रभुले तिनलाई सीनै पर्वतमा भन्नुभएको थियो, ती सबै तिनले तिनीहरूलाई आज्ञाको रूपमा सुनाए।"},{"id":33,"text":"जब मोशाले तिनीहरूसित कुरा गरिसके, तब तिनले आफ्नो अनुहारमा एउटा घुम्टो हाले। "},{"id":34,"text":"तर जब मोशा परमप्रभुको सामुन्ने उहाँसित कुरा गर्न जान्थे, तब बाहिर ननिस्कुञ्जेल त्यो घुम्टो उतार्थे। जे आज्ञा तिनले पाउँथे, त्यो तिनले बाहिर आएर इस्राएलीहरूलाई सुनाउँथे। "},{"id":35,"text":"इस्राएलीहरूले मोशाको अनुहार चम्केको देख्तथे। तब मोशाले परमप्रभुसित कुरा गर्नलाई भित्र नपसुञ्जेल त्यो घुम्टो आफ्नो अनुहारमा फेरि लगाउँथे।"}]},{"id":35,"title":"प्रस्थान 35","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EXO/35-15abd68b1d3bfbc8604ce49b1db6a996.mp3?version_id=1483","verses":[{"id":1,"text":"मोशाले इस्राएलीहरूका सारा समुदायलाई भेला गराएर तिनीहरूलाई भने, “परमप्रभुले आज्ञा गर्नुभएका तिमीहरूले गर्नुपर्ने कुरा यी नै हुन्: "},{"id":2,"text":"छ दिनसम्म काम गरिओस्, तर सातौँचाहिँ दिन तिमीहरूका निम्ति पवित्र हो। त्यो परमप्रभुको निम्ति शबाथ हो। कसैले त्यस दिन काम गर्यो भने त्यो मारिओस्। "},{"id":3,"text":"तिमीहरूका कुनै घरमा पनि शबाथमा आगो नफुक्नू।”"},{"id":4,"text":"मोशाले इस्राएलीहरूका सारा समुदायलाई यसो भने, परमप्रभुले आज्ञा गर्नुभएको कुरा यही हो: "},{"id":5,"text":"आफ्ना बीचबाट परमप्रभुको निम्ति भेटी ल्याओ। राजीखुशीसँग दिन चाहनेले परमप्रभुका भेटीको रूपमा यी कुरा ल्याओस्: सुन, चाँदी र काँसा, "},{"id":6,"text":"नीलो, बैजनी, रातो धागो र मसिनो सूती कपड़ा, र बाख्राको भुत्ला, "},{"id":7,"text":"रातो रङ्गले रङ्गाएको भेड़ाका छाला, सीलका छाला, र बबुल काठ, "},{"id":8,"text":"प्रकाशको निम्ति तेल, र अभिषेक गर्ने तेलको निम्ति र सुगन्धित धूपको निम्ति मसला, "},{"id":9,"text":"एपोद र छाती-पातामा जड्नका निम्ति आनिक्स र अरू मणिहरू।"},{"id":10,"text":"“तिमीहरूमध्येका जति निपुण छन्, तिनीहरू सबै आएर परमप्रभुले आज्ञा गर्नुभएका सबै कुरा बनाऊन्: "},{"id":11,"text":"पवित्र वासस्थान र त्यसको पाल, पालका छत, अङ्कुसेहरू, फल्याकहरू, बारहरू, खम्बाहरू र आधारहरू, "},{"id":12,"text":"सन्दूक र त्यसका डन्डाहरू, कृपा-आसन र छेक्ने पर्दा, "},{"id":13,"text":"टेबिल र त्यसका डन्डाहरू र त्यसका सबै पात्रहरू र उपस्थितिको रोटी, "},{"id":14,"text":"बत्तीको निम्ति सामदान र त्यसका दियाहरू, र बत्तीको निम्ति तेल, "},{"id":15,"text":"धूपको वेदी र त्यसका डन्डाहरू, अभिषेक गर्ने तेल, सुगन्धित धूप, पवित्र वासस्थानको ढोकाका पर्दा, "},{"id":16,"text":"होमबलिको वेदी र त्यसका काँसाको जाली, त्यसका डन्डाहरू र सबै पात्रहरू, काँसाको धुने बाटा, त्यसका खुट्टासमेत, "},{"id":17,"text":"चोकका पर्दाहरू र त्यसका खम्बाहरू र त्यसका आधारहरू, चोकको मूल ढोकाको निम्ति पर्दा, "},{"id":18,"text":"पवित्र वासस्थान र चोकका कीलाहरू र तिनका डोरीहरू, "},{"id":19,"text":"पवित्रस्थानमा सेवा गर्नका निम्ति बुनेका पोशाकहरू— हारून पूजाहारीको निम्ति पवित्र पोशाकहरू र पूजाहारीको काममा सेवा गर्नलाई तिनका छोराहरूका पोशाकहरू।”"},{"id":20,"text":"तब इस्राएलका सारा समुदाय मोशाका सामुबाट बिदा भए। "},{"id":21,"text":"जस-जसका हृदय प्रेरणाले भरिए र जसका मन इच्छुक भए, तिनीहरूले भेट हुने पालको काम, त्यसका सबै सेवाका काम र पवित्र पोशाकको निम्ति परमप्रभुको लागि भेटी ल्याए। "},{"id":22,"text":"राजीखुशी मन भएका पुरुष र स्त्री दुवैले सबै किसिमका सुनका गहना ल्याए: पीन, कुण्डल, औँठी र सिङ्गारका सामानहरू। तिनीहरूले आफ्ना सुन परमप्रभुलाई डोलाउने भेटीको रूपमा चढ़ाए। "},{"id":23,"text":"जससँग नीलो, बैजनी, रातो धागो, मसिनो सूती कपड़ा, बाख्राका भुत्ला, रातो रङ्ग रङ्गाएका भेड़ाका छालाहरू, र सीलका छालाहरू थिए, ती ल्याए। "},{"id":24,"text":"चाँदी र काँसाका भेटी चढ़ाउने सबैले परमप्रभुको निम्ति भेटीको रूपमा ल्याए। जस-जसकहाँ सेवाको कुनै कामको निम्ति बबुल काठ थियो, त्यो तिनीहरूले ल्याए। "},{"id":25,"text":"आफ्ना हातले कातेका नीलो, बैजनी, रातो धागो र मसिनो सूती कपड़ा हुने निपुण स्त्रीहरूले ती ल्याए। "},{"id":26,"text":"राजीखुशीसँग गर्न चाहने र दक्षता भएका स्त्रीहरूले बाख्राका भुत्ला काते। "},{"id":27,"text":"नायकहरूले एपोद र छाती-पातामा जड्नका निम्ति आनिक्स र अरू मणिहरू ल्याए। "},{"id":28,"text":"बत्ती, अभिषेक गर्ने तेल र सुगन्धित धूपको निम्ति मसला र तेल ल्याए। "},{"id":29,"text":"परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएका सबै कामका निम्ति मनमा इच्छुक भएका इस्राएलीहरूका हरेक स्त्री र पुरुषले राजीखुशीका भेटी ल्याए।"},{"id":30,"text":"तब मोशाले इस्राएलीहरूलाई भने, “हेर, परमप्रभुले यहूदाको कुलका हूरका नाति, ऊरीका छोरा बजलेललाई बोलाउनुभएको छ। "},{"id":31,"text":"उहाँले तिनलाई परमेश्वरका आत्माले, सीप, दक्षता र सबै किसिमका कारीगरीको ज्ञानले परिपूर्ण पार्नुभएको छ। "},{"id":32,"text":"तिनले सुन, चाँदी, काँसामा कलापूर्ण आकार कोर्ने, "},{"id":33,"text":"र पत्थर काट्ने र जड्ने, काठ खोप्ने र सबै किसिमका कारीगरीका काम गरून् भन्ने ध्येयले हो। "},{"id":34,"text":"तिनले र दानका कुलका अहीसामाकका छोरा ओहोलीआबले अरूहरूलाई सिकाऊन् भनेर उहाँले तिनीहरूलाई प्रेरणा दिनुभएको छ। "},{"id":35,"text":"तिनीहरूले सबै किसिमका शिल्पकारी, चित्र बनाउने काम, नीलो, बैजनी, रातो धागो र मसिनो सूती कपड़ामा बुट्टा भर्ने र बुन्ने काममा, सबै किसिमका शिल्पकारी र कलाकारका निपुण काम गरून् भनी तिनीहरूलाई उहाँले दक्षताले परिपूर्ण पार्नुभएको छ।”"}]},{"id":36,"title":"प्रस्थान 36","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EXO/36-b911c9595bfad9a8dd3b9d0ef356a730.mp3?version_id=1483","verses":[{"id":1,"text":"“यसैले बजलेल, ओहोलीआब र प्रत्येक निपुण मानिस जसलाई यो पवित्रस्थान बनाउने काम गर्न परमप्रभुले ज्ञान र दक्षता दिनुभएको छ, तिनीहरू सबैले परमप्रभुले आज्ञा गर्नुभएअनुसार काम गरून्।”"},{"id":2,"text":"तब बजलेल, ओहोलीआब र परमप्रभुले दक्षता र काम गर्नलाई प्रेरणा दिनुभएका सबै मानिसहरूलाई मोशाले बोलाए। "},{"id":3,"text":"इस्राएलीहरूले पवित्रस्थानको निर्माण कार्यको निम्ति जे-जे ल्याएका थिए, ती सबै भेटी तिनीहरूले मोशाको हातबाट लिए। मानिसहरूले बिहानैपिच्छे स्वेच्छाले अरू पनि भेटी ल्याउँथे। "},{"id":4,"text":"पवित्रस्थानका काम गर्ने सबै निपुण मानिसहरू आ-आफ्नो काम छोड़ेर मोशाकहाँ आए, "},{"id":5,"text":"र तिनीहरूले मोशालाई भने, “परमप्रभुले बनाउनलाई आज्ञा गर्नुभएको कामको निम्ति चाहिएको भन्दा पनि औधी ज्यादा सामानहरू मानिसहरूले ल्याउँदैछन्।”"},{"id":6,"text":"तब मोशाले आज्ञा गरे, र तिनीहरूले छाउनीभरि यो घोषणा गर्न लागे, “पवित्रस्थानका भेटीको निम्ति अब कुनै पुरुष वा स्त्रीले अरू केही थोक नबनाओस्।” यसरी मानिसहरूलाई अझै सामान ल्याउन मनाही गरियो, "},{"id":7,"text":"किनकि निर्माण कार्यको निम्ति तिनीहरूकहाँ चाहिएको भन्दा ज्यादा सामान थियो।"},{"id":8,"text":"काम गर्नेहरूमा जति जना निपुण थिए, तिनीहरूले दश वटा पर्दा भएको पवित्र वासस्थान बनाए। ती पर्दा मसिनो गरी बाटेका सूती कपड़ाका र नीलो, बैजनी र रातो धागोका, सिपालु शिल्पकारले बनाएका करूबहरू भएका थिए। "},{"id":9,"text":"हरेक पर्दाको लमाइ अट्ठाइस हात र चौड़ाइ चार हातको थियो। सबै पर्दाको नाप एकै थियो। "},{"id":10,"text":"तिनीहरूले पाँच पर्दा एक-अर्कोसित गाँसे, अर्का पाँच वटा पर्दा पनि एक-अर्कोसित गाँसे। "},{"id":11,"text":"पहिलो गाँसिएको भागको पल्लो पर्दाको छेउमा तिनीहरूले नीलो सुर्काउनी बनाए। दोस्रो गाँसिएको भागको पल्लो पर्दाको छेउमा पनि त्यसै गरे। "},{"id":12,"text":"एउटा पर्दामा तिनीहरूले पचास वटा सुर्काउनी बनाए, र अर्को गाँसिएको भागको पल्लो पर्दामा पनि तिनीहरूले पचास वटा सुर्काउनी बनाए। ती सुर्काउनीहरू एक-दोस्रोका सामुन्ने थिए। "},{"id":13,"text":"तिनीहरूले सुनका पचास वटा अङ्कुसे बनाएर पर्दाका दुई भाग एक-अर्कासँग जोड़े। यसरी पवित्र वासस्थान एउटै भयो।"},{"id":14,"text":"पवित्र वासस्थानमाथिका पालको निम्ति तिनीहरूले बाख्राको भुत्लाका एघार वटा पर्दाहरू बनाए। "},{"id":15,"text":"हरेक पर्दाको लमाइ तीस र चौड़ाइ चार हातको थियो। ती एघारै वटा पर्दा एउटै नापका थिए। "},{"id":16,"text":"तिनीहरूले पाँच वटा पर्दा एकसाथ र छ वटा पर्दा एकसाथ जोड़े। "},{"id":17,"text":"पहिलो गाँसिएको भागको पल्लो पर्दाको छेउमा तिनीहरूले पचास वटा सुर्काउनी बनाए। अर्को गाँसिएको भागको पल्लो पर्दाको छेउमा पनि तिनीहरूले पचास वटा सुर्काउनी बनाए। "},{"id":18,"text":"फेरि तिनीहरूले त्यो पाल जोड़ेर एउटै पार्नका निम्ति काँसाका पचास वटा अङ्कुसे बनाए। "},{"id":19,"text":"पालको निम्ति तिनीहरूले रातो रङ्गले रङ्गाएको भेड़ाका छालाहरूको एउटा छत बनाए, र त्यसमाथि सीलका छालाहरूको अर्को एउटा छत बनाए।"},{"id":20,"text":"तिनले पवित्र वासस्थानको निम्ति बबुल काठका फल्याकहरू ठाड़ो-ठाड़ो बनाए। "},{"id":21,"text":"हरेक फल्याकको लमाइ दश हात र चौड़ाइ एक हात आधाको थियो। "},{"id":22,"text":"हरेक फल्याकमा दुई-दुई वटा चोसा एक-अर्कोको सामुन्ने राखिएका थिए। यस्तै किसिमले तिनीहरूले पवित्र वासस्थानका सबै फल्याकहरू बनाए। "},{"id":23,"text":"तिनीहरूले पवित्र वासस्थानको दक्षिण भागको निम्ति बीस वटा फल्याक, "},{"id":24,"text":"र बीसै वटा फल्याकका मुन्तिर चाँदीका चालीस वटा आधार बनाए— एक फल्याकको मुन्तिर दुई आधार, र हरेक चोसोमुनि एउटा आधार। "},{"id":25,"text":"अर्कोतिर, अर्थात् पवित्र वासस्थानको उत्तरपट्टि तिनीहरूले बीस वटा फल्याक, "},{"id":26,"text":"र तिनका निम्ति चाँदीका चालीस वटा आधार बनाए— हरेक फल्याकको मुन्तिर दुई वटा आधार। "},{"id":27,"text":"पवित्र वासस्थानको पश्चिमतिर टाढ़ाका भागको निम्ति तिनीहरूले छ वटा फल्याक बनाए। "},{"id":28,"text":"पवित्रस्थानका टाढ़ाका कुनाहरूको निम्ति तिनले दुई वटा फल्याक बनाए। "},{"id":29,"text":"ती दुई कुनाका फल्याकहरू तलदेखि माथिसम्म दोबर खप्टिएका थिए। यसरी ती एउटै मुन्द्रामा जोड़िएका थिए। यसै गरी तिनीहरूले ती दुई एकनास बनाए। "},{"id":30,"text":"जम्मा आठ वटा फल्याक भए, र तिनका निम्ति चाँदीका सोह्र वटा आधार बनाइए। एक-एक फल्याकको मुन्तिर दुई-दुई वटा आधार थिए।"},{"id":31,"text":"तिनीहरूले बबुल काठका बारहरू बनाए— पवित्र वासस्थानको एकापट्टिका फल्याकहरूका निम्ति पाँच वटा बार, "},{"id":32,"text":"र अर्कोपट्टिका फल्याकहरूका निम्ति पाँच वटा बार, र पश्चिमतिर टाढ़ाको भागका फल्याकहरूका निम्ति पाँच वटा बार। "},{"id":33,"text":"तिनीहरूले फल्याकहरूका बीचमा हुने बारचाहिँ एक छेउबाट अर्को छेउसम्म पुग्ने बनाए। "},{"id":34,"text":"तिनीहरूले ती फल्याकहरू सुनले मोहोरे, र बारहरू पक्रनका निम्ति सुनका मुन्द्राहरू बनाए। ती बारहरू पनि तिनीहरूले सुनले मोहोरे।"},{"id":35,"text":"तिनीहरूले नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको एउटा छेक्ने पर्दा बनाए। त्यो निपुण शिल्पकारको काम भएका करूबहरू भएको थियो। "},{"id":36,"text":"तिनीहरूले त्यसको निम्ति बबुल काठका चार वटा खम्बाहरू बनाएर सुनले मोहोरे। तिनका अङ्कुसेहरू सुनका थिए। तिनीहरूले तिनका निम्ति चाँदीका चार वटा आधारहरू बनाए। "},{"id":37,"text":"तिनीहरूले पालको ढोकाको निम्ति नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको, बुट्टा भर्नेको काम भएको एउटा पर्दा बनाए। "},{"id":38,"text":"तिनीहरूले त्यसका पाँच वटा खम्बा तिनका अङ्कुसेहरूसमेत बनाए। तिनीहरूले खम्बाका टुप्पा र तिनका फित्ता सुनले मोहोरे, र तिनका पाँच वटा आधार काँसाका बनाए।"}]},{"id":37,"title":"प्रस्थान 37","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EXO/37-b1d4db6c7a519c3699daa7ab192162cf.mp3?version_id=1483","verses":[{"id":1,"text":"बजलेलले बबुल काठको सन्दूक बनाए। त्यसको लमाइ दुई हात आधा, चौड़ाइ एक हात आधा र उचाइ एक हात आधाको थियो। "},{"id":2,"text":"तिनले त्यसको भित्र र बाहिर निखुर सुनले मोहोरे, र त्यसको वरिपरि सुनको बिट बनाए। "},{"id":3,"text":"तिनले त्यसको निम्ति सुनका चार वटा मुन्द्रा ढाले, र ती त्यसका चार खुट्टामा लगाए— दुई वटा मुन्द्रा एकातिर र दुई वटा मुन्द्रा अर्कोतिर। "},{"id":4,"text":"तब तिनले बबुल काठका डन्डाहरू बनाएर ती सुनले मोहोरे। "},{"id":5,"text":"तिनले ती डन्डाहरू सन्दूकका दुवैतिर भएका मुन्द्राहरूमा त्यो बोक्नका निम्ति हाले।"},{"id":6,"text":"तिनले निखुर सुनको एउटा कृपा-आसन बनाए। त्यसको लमाइ दुई हात आधा र चौड़ाइ एक हात आधाको थियो। "},{"id":7,"text":"पिटेको सुनका दुई वटा करूबहरू तिनले बनाए। ती तिनले कृपा-आसनका दुवै किनारमा बनाए— "},{"id":8,"text":"एउटा करूब एक किनारमा र अर्को करूब अर्को किनारमा। ती दुई करूबहरू र कृपा-आसन एउटै टुक्रा सुनबाट त्यसका दुवै किनारमा बनाए। "},{"id":9,"text":"ती करूबहरूले आ-आफ्ना पखेटा माथितिर फिँजाएर पखेटाले कृपा-आसनमाथि छाया पारेका थिए। तिनीहरूका मुखचाहिँ आमनेसामने कृपा-आसनतिर फर्केका थिए।"},{"id":10,"text":"तिनले बबुल काठको टेबिल बनाए। त्यसको लमाइ दुई हात, चौड़ाइ एक हात र उचाइ एक हात आधाको थियो। "},{"id":11,"text":"तिनले त्यो निखुर सुनले मोहोरे, र त्यसका चारैतिर सुनको बिट लगाए। "},{"id":12,"text":"तिनले त्यसका चारैतिर चार अङ्गुल चौड़ा भएको एउटा घेरो बनाए, र घेरोका चारैतिर सुनको बिट लगाए। "},{"id":13,"text":"टेबिलको निम्ति तिनले सुनका चार वटा मुन्द्रा ढालेर बनाए, र ती मुन्द्राहरू त्यसका चार खुट्टा भएका चारै कुनामा लगाए। "},{"id":14,"text":"ती मुन्द्राहरू टेबिल बोक्ने डन्डाहरूका निम्ति ठाउँ हुनलाई घेरेको छेवैमा थिए। "},{"id":15,"text":"तिनले टेबिल बोक्नलाई ती डन्डाहरू बबुल काठका बनाएर तिनलाई सुनले मोहोरे। "},{"id":16,"text":"तिनले टेबिलका सामानहरू, अर्थात् थालहरू, धूपदानहरू, कचौराहरू र अर्घ खन्याउनका निम्ति करुवाहरू सबै निखुर सुनका बनाए।"},{"id":17,"text":"तिनले निखुर सुनलाई पिटेर सामदान बनाए। त्यसका आधार, डन्डा, फूलजस्ता कचौरा, कोपिला र फूलहरू सबै त्यही एउटै टुक्राबाट थिए। "},{"id":18,"text":"त्यसका छ वटा हाँगा बाहिरतिर निस्केका थिए— तीन वटा हाँगा सामदानको एकातिर र तीन वटा हाँगा अर्कोतिर। "},{"id":19,"text":"एउटा हाँगामा हाड़े-बदामका फूलजस्ता तीन कचौरा, र साथै कोपिला र फूलहरू थिए। अर्को हाँगामा पनि तीन वटा कचौराहरू थिए। सामदानबाट निस्केका ती छ वटा हाँगा एउटै किसिमका थिए। "},{"id":20,"text":"सामदानमा हाड़े-बदामका फूलजस्ता चार वटा कचौरा, आफ्ना-आफ्नै कोपिला र फूलसमेत थिए। "},{"id":21,"text":"सामदानबाट निस्केका छ वटा हाँगामध्ये पहिलो जोड़ी हाँगामुनि एउटा कोपिलो, दोस्रो जोड़ी हाँगामुनि दोस्रो कोपिलो, र तेस्रो जोड़ी हाँगामुनि तेस्रो कोपिलो थिए। "},{"id":22,"text":"सामदान, त्यसका कोपिला र हाँगाहरू निखुर सुनको एउटै टुक्राबाट ढालिएका थिए।"},{"id":23,"text":"तिनले त्यसका सात वटा दियाहरू र त्यसका सलेदोका चिम्टा र त्यसका मोसोदानी निखुर सुनका बनाए। "},{"id":24,"text":"तिनले सामदान र त्यसका सबै पात्रहरू एक तोड़ा निखुर सुनका बनाए।"},{"id":25,"text":"तिनले बबुल काठको धूप-वेदी बनाए। त्यसको लमाइ एक हात र चौड़ाइ एक हातको थियो। त्यो वर्गाकार थियो, र त्यसको उचाइ दुई हातको थियो। त्यसका सीङहरू त्यही एउटै टुक्रा काठकै थिए। "},{"id":26,"text":"तिनले त्यसका माथिल्लो र चारैतिरका पाटाहरू त्यसका सीङहरूसमेत निखुर सुनले मोहोरे, र त्यसको निम्ति वरिपरि सुनको एउटा बिट बनाए। "},{"id":27,"text":"त्यो बोक्ने डन्डाहरूका निम्ति घर हुनलाई तिनले त्यसको बिटमुनि वेदीका दुवै पाटामा सुनका दुई वटा मुन्द्रा बनाएर त्यसका दुईतिर लगाए। "},{"id":28,"text":"डन्डाहरू बबुल काठका बनाएर ती तिनले सुनले मोहोरे।"},{"id":29,"text":"तिनले अभिषेक गर्ने पवित्र तेल र अत्तर बनाउनेले जस्तै सुगन्धित शुद्ध धूप बनाए। "}]},{"id":38,"title":"प्रस्थान 38","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EXO/38-5c09c4a7bba959c91cec44a48202bb75.mp3?version_id=1483","verses":[{"id":1,"text":"तिनले बबुल काठको होम-वेदी बनाए। त्यसको लमाइ पाँच हात, चौड़ाइ पाँच हात, वर्गाकार, र त्यसको उचाइ तीन हातको थियो। "},{"id":2,"text":"त्यसका चारै कुनामा तिनले सीङहरू बनाए। ती सीङ र वेदी त्यही एउटै टुक्राका थिए, र तिनले त्यो काँसाले मोहोरे। "},{"id":3,"text":"तिनले वेदीका सबै पात्रहरू— भाँड़ाहरू, बेल्चाहरू, छर्कने बाटाहरू, मासु उठाउने काँटाहरू र आगो राख्ने पात्रहरू— काँसाका बनाए। "},{"id":4,"text":"वेदीको निम्ति त्यसको मुन्तिर चारैतिर बिटमुनि त्यसको बीचसम्मै पुग्ने काँसाका जालीको एउटा झिँजा तिनले बनाए। "},{"id":5,"text":"त्यस काँसाको झिँजाका चार कुनाका निम्ति डन्डाहरूको घर हुनलाई तिनले चार वटा मुन्द्रा ढाले। "},{"id":6,"text":"डण्डाहरू बबुल काठका बनाएर तिनले ती काँसाले मोहोरे। "},{"id":7,"text":"ती डन्डाहरू वेदीका किनाराका मुन्द्राहरूमा त्यो बोक्नलाई हाले। तिनले ती फल्याकबाट त्यो खोक्रो बनाए।"},{"id":8,"text":"तिनले भेट हुने पालको ढोकामा सेवा गर्ने स्त्रीहरूका ऐनाबाट काँसाका धुने भाँड़ा र त्यसका खुट्टा बनाए। "},{"id":9,"text":"तब तिनले चोक बनाए। त्यसको दक्षिण भागको लमाइ एक सय हातको थियो, र त्यसको मसिनो गरी बाटेको सूती कपड़ाका पर्दाहरू थिए। "},{"id":10,"text":"तिनका खम्बाहरू बीस वटा र तिनका आधारहरू पनि बीस वटै काँसाका थिए। खम्बाका अङ्कुसेहरू र तिनका फित्ताहरूचाहिँ चाँदीका थिए। "},{"id":11,"text":"उत्तरका भागको निम्ति पनि सय हातका पर्दाहरू, र तिनका खम्बाहरू बीस वटा र तिनका आधारहरू पनि बीस वटै थिए, सबै काँसाका। तर खम्बाहरूका अङ्कुसे र फित्ताहरूचाहिँ चाँदीका थिए।"},{"id":12,"text":"पश्चिमतर्फको निम्ति पचास हातका पर्दाहरू थिए। तिनका खम्बाहरू दश वटा र आधारहरू दश वटै थिए, तर खम्बाहरूका अङ्कुसे र फित्ताहरू चाँदीका थिए। "},{"id":13,"text":"पूर्व वा सूर्योदयतर्फको चौड़ाइ पचास हातको थियो। "},{"id":14,"text":"मूल ढोकाको एकातर्फको निम्ति पन्ध्र हातका पर्दाहरू थिए। तिनका खम्बाहरू तीन वटा र आधारहरू पनि तीन वटै थिए। "},{"id":15,"text":"अर्को तर्फको निम्ति यस्तै थियो। चोकको ढोकाको दायाँ र बायाँ पन्ध्र-पन्ध्र हातका पर्दाहरू थिए। तिनका खम्बाहरू तीन वटा र तिनका आधारहरू तीन वटै थिए। "},{"id":16,"text":"चोकका चारैपट्टि सबै पर्दाहरू मसिनो गरी बाटेका सूती कपड़ाका थिए। "},{"id":17,"text":"खम्बाका आधारहरू काँसाका थिए, तर खम्बाका अङ्कुसे र फित्ताहरूचाहिँ चाँदीका थिए। तिनका टुप्पाहरू चाँदीले मोहोरिएका थिए। चोकका सबै खम्बाहरूका फित्ताहरू चाँदीका थिए।"},{"id":18,"text":"चोकको मूल ढोकाको पर्दा बुट्टा हाल्नेको काम भएको नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको बनिएको थियो। त्यसको लमाइ बीस हात र उचाइ चोकका पर्दाको बराबर पाँच हातको थियो। "},{"id":19,"text":"तिनका खम्बाहरू चार वटा र तिनका काँसाका आधारहरू चार वटै थिए। तिनका अङ्कुसे र फित्ताहरू चाँदीका थिए, र तिनका टुप्पाहरू पनि चाँदीले मोहोरिएका थिए। "},{"id":20,"text":"पवित्र वासस्थान र त्यसको वरिपरिको चोकका सबै कीलाहरू काँसाका थिए।"},{"id":21,"text":"पवित्र वासस्थान, अर्थात् गवाहीका मण्डपको निम्ति चलाइएका सामानको जुन गन्ती मोशाको आज्ञाबमोजिम हारून पूजाहारीका छोरा ईतामारद्वारा लेवीहरूले गरेका थिए, त्यसको वर्णन यही हो। "},{"id":22,"text":"(परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम यहूदाको कुलका हूरका नाति, ऊरीका छोरा बजलेलले सबै थोक बनाए। "},{"id":23,"text":"तिनीसित दानको कुलका अहीसामाकका छोरा ओहोलीआब थिए, जो शिल्पकारको काम गर्न, आकारहरू बनाउन, र नीलो, बैजनी, रातो धागो र मसिनो सूती कपड़ामा बुट्टा भर्न सिपालु थिए।) "},{"id":24,"text":"पवित्रस्थानका सबै कामका निम्ति डोलाउने बलिको जम्मै सुन, पवित्रस्थानको शेकेलको हिसाबअनुसार २९ तोड़ा र ७३० शेकेलको थियो।"},{"id":25,"text":"समुदायमा गन्ती भएका मानिसहरूका चाँदी पवित्रस्थानको शेकेलको हिसाबअनुसार एक सय तोड़ा र सत्र सय पचहत्तर शेकेलको थियो— "},{"id":26,"text":"जति जना बीस वर्ष र त्यसभन्दा बढ़ी उमेरका मानिसहरूमा गनिएका थिए, ती छ लाख तीन हजार पाँच सय पचास मानिसहरू हरेकबाट एक-एक बेका, अर्थात् पवित्रस्थानको शेकेलको हिसाबले आधा शेकेल थियो। "},{"id":27,"text":"एक सय तोड़ाचाहिँ पवित्रस्थान र पर्दाका आधारहरू ढाल्नका निम्ति थियो। सब आधारहरूमा सय तोड़ा थियो— एक आधारको निम्ति एक तोड़ा। "},{"id":28,"text":"ती सत्र सय पचहत्तर शेकेलबाट तिनीहरूले टुप्पाहरूका निम्ति अङ्कुसे बनाए, तिनका टुप्पाहरू मोहोरे र तिनका निम्ति फित्ताहरू बनाए।"},{"id":29,"text":"डोलाइने बलिको काँसो सत्तरी तोड़ा र दुई हजार चार सय शेकेलको थियो। "},{"id":30,"text":"तिनैबाट तिनीहरूले भेट हुने पालको ढोकाको निम्ति आधारहरू, काँसाको वेदी र त्यसका काँसाको झिँजा र वेदीका सबै सामान, "},{"id":31,"text":"र चारैतर्फको चोकका आधारहरू र चोकको मूल ढोकाका आधारहरू, र पवित्र वासस्थानका सबै कीलाहरू र चोकका चारैतर्फका सबै कीलाहरू बनाए।"}]},{"id":39,"title":"प्रस्थान 39","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EXO/39-e11abf31d7db0576f52c57a15495a0b0.mp3?version_id=1483","verses":[{"id":1,"text":"पवित्रस्थानका सेवाको निम्ति तिनीहरूले नीलो, बैजनी, रातो रङ्गको धागोबाट बुनेका कपड़ाहरू, र हारूनको निम्ति परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम पवित्र पोशाकहरू बनाए। "},{"id":2,"text":"एपोदचाहिँ तिनीहरूले सुनको, र नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको बनाए। "},{"id":3,"text":"तिनीहरूले सुन पिटेर पतला पाताहरू काटेर तारहरू बनाए। ती नीलो, बैजनी, रातो धागो र मसिनो सूती कपड़ामा मिलाउनलाई सिपालु शिल्पकारको काम भएको थियो। "},{"id":4,"text":"एपोदको निम्ति तिनीहरूले त्यसका दुई छेउमा गाँसेका दुई काँधे-बन्धनहरू बनाए। "},{"id":5,"text":"त्यसमाथि भएको खूब राम्रोसँग बुनेको कमरपेटी एपोदसँग एउटै टुक्राको र त्यस्तै काम भएको सुनको, र नीलो बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको थियो, जस्तो परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो।"},{"id":6,"text":"तिनीहरूले सुनका मणिघरहरूमा आनिक्सहरू जड़े र इस्राएलका छोराहरूका नाम छापमा झैँ त्यसमा लेखे। "},{"id":7,"text":"परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम तिनीहरूले एपोदका काँधे-बन्धनहरूमा इस्राएलका छोराहरूका निम्ति सम्झनाको मणि हुनलाई ती लगाए।"},{"id":8,"text":"तिनीहरूले एपोदको कामजस्तै सिपालु शिल्पकारको कामको छाती-पाता सुनको, र नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको कपड़ाको बनाए। "},{"id":9,"text":"त्यो वर्गाकार र दोबर पट्ट्याइएको थियो। त्यो एक बित्ता लामो र एकै बित्ता चौड़ा थियो। "},{"id":10,"text":"त्यसमा मणिहरूका चार लहर गरी मणि जड़े। पहिलो लहर मानिक, पुष्पराज र बेरूजको थियो। "},{"id":11,"text":"दोस्रो लहर फिरोजा, नीर र पन्नाको थियो। "},{"id":12,"text":"तेस्रो लहर लालमणि, हाकिक र कटेलाको थियो। "},{"id":13,"text":"अनि चौथो लहर पीतमणि, आनिक्स र बिल्लौरको थियो। यी सबै सुनका मणिघरहरूमा जड़िएका थिए। "},{"id":14,"text":"ती मणिहरू इस्राएलका छोराहरूका नाउँअनुसार बाह्र वटा थिए। हरेकमा छापमा खोपेझैँ बाह्र कुलमध्ये एउटाको नाउँ थियो।"},{"id":15,"text":"तिनीहरूले छाती-पाताको लागि डोरीजस्तो बाटेको निखुर सुनका सिक्रीहरू बनाए, "},{"id":16,"text":"सुनका दुई मणिघरहरू र सुनका दुई वटा मुन्द्रीहरू बनाएर दुवै मुन्द्री छाती-पाताका दुवै कुनामा लगाए। "},{"id":17,"text":"सुनका दुई वटा सिक्री छाती-पाताका छेउ-छेउमा भएका ती दुई मुन्द्रीमा लगाए। "},{"id":18,"text":"दुवै सिक्रीका अर्का दुई छेउचाहिँ ती दुवै मणिघरमा जोड़ेर एपोदका काँधे-बन्धनमा अगाड़िपट्टि लगाए। "},{"id":19,"text":"तिनीहरूले सुनका दुई वटा मुन्द्री बनाएर छाती-पाताका अर्का दुवै कुनामा एपोदतिर भित्रपट्टि बिटमा लगाए। "},{"id":20,"text":"तिनीहरूले सुनका अझ दुई वटा मुन्द्री बनाएर एपोदको अगाड़िपट्टि दुवै काँधे-बन्धनका मुनिबाट र एपोदको कमरपेटीमाथिको सिउनीनेर लगाए। "},{"id":21,"text":"छाती-पाताचाहिँ त्यसका मुन्द्रीहरूद्वारा एपोदका मुन्द्रीहरूमा नीलो फित्ताले कमरपेटीमा बाँधे, कि त्यो एपोददेखि सर्न नपाओस्, जस्तो परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो।"},{"id":22,"text":"अनि तिनीहरूले एपोदको सम्पूर्ण अलखा नीलो रङ्गको बुनेको कपड़ाको बनाए। "},{"id":23,"text":"त्यसको बीचमा कठालोको प्वालजस्तो अलखाको प्वाल बनाए, र त्यो नच्यातिनका निम्ति प्वालको वरिपरि बिट बुनिदिए। "},{"id":24,"text":"त्यसको तलको फेरोमा चाहिँ नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाका दारिमहरू बनाए। "},{"id":25,"text":"निखुर सुनका घण्टीहरू बनाएर ती तलको फेरोमा, वरिपरि दारिमका बीच-बीचमा तिनीहरूले लगाए। "},{"id":26,"text":"सेवा गर्दा लगाउने अलखाको तलको फेरोमा एउटा घण्टी र फेरि एउटा दारिम पर्ने गरी वरिपरि लगाए, जस्तो परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो।"},{"id":27,"text":"हारून र तिनका छोराहरूका निम्ति बुनेका मसिनो सूती कपड़ाका लबेदाहरू, "},{"id":28,"text":"र मसिनो सूती कपड़ाको फेटा, र सूती कपड़ाका अरू फेटाहरू र मसिनो सूती कपड़ाका भित्री वस्त्र तिनीहरूले बनाए। "},{"id":29,"text":"अनि तिनीहरूले मसिनो गरी बाटेका सूती कपड़ाको, र नीलो, बैजनी, रातो धागोको, बुट्टा भर्नेको काम भएको पटुका बनाए, जस्तो परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो।"},{"id":30,"text":"तिनीहरूले पाता, अर्थात् पवित्र मुकुट निखुर सुनको बनाए, र त्यहाँ छापको खोपाइझैँ यी कुरा खोपे, “परमप्रभुको निम्ति पवित्र।” "},{"id":31,"text":"तिनीहरूले त्यो नीलो फित्ताले फेटामा लगाउनलाई बाँधे, जस्तो परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो।"},{"id":32,"text":"यसरी भेट हुने पाल, अर्थात् पवित्र वासस्थानका सबै काम समाप्त भए। परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ इस्राएलीहरूले गरे। "},{"id":33,"text":"तब तिनीहरूले मोशाकहाँ पवित्र वासस्थान ल्याए, पाल र त्यसका सारा सामानहरूसमेत: त्यसका अङ्कुसेहरू, फल्याकहरू, बारहरू, खम्बाहरू, आधारहरू, "},{"id":34,"text":"रातो रङ्गले रङ्गाएको भेड़ाका छालाहरूको छत, सीलका छालाहरूको छत, छेक्ने पर्दा, "},{"id":35,"text":"गवाहीको सन्दूक र त्यसका डन्डाहरू र कृपा-आसन, "},{"id":36,"text":"टेबिल र त्यसका सबै सामानहरू र उपस्थितिको रोटी, "},{"id":37,"text":"निखुर सुनको सामदान र त्यसका दियाहरू र त्यसका सबै सामानहरू र प्रकाशको निम्ति तेल, "},{"id":38,"text":"सुनको वेदी, अभिषेक गर्ने तेल, सुगन्धित धूप, पालको ढोकाको निम्ति पर्दा, "},{"id":39,"text":"काँसाको वेदी, त्यसको काँसाको झिँजा, त्यसका डन्डाहरू र त्यसका सबै सामानहरू, पानीको बाटा र त्यसका खुट्टा, "},{"id":40,"text":"चोकका पर्दाहरू, त्यसका खम्बाहरू र आधारहरू, चोकको ढोकाको पर्दा, त्यसका डोरीहरू र कीलाहरू, र भेट हुने पाल, पवित्र वासस्थानको निम्ति सेवाका सबै सामान, "},{"id":41,"text":"पवित्रस्थानमा सेवाका कामको निम्ति बुनेका पोशाकहरू, हारून पूजाहारीका पवित्र पोशाक र पूजाहारी पदमा सेवा गर्नका निम्ति तिनका छोराहरूका पोशाकहरू।"},{"id":42,"text":"परमप्रभुले मोशालाई दिनुभएको आज्ञाबमोजिम सबै काम इस्राएलीहरूले गरे। "},{"id":43,"text":"तब मोशाले ती कामहरू हेरे, र जस्तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो तिनीहरूले त्यस्तै नै गरेका थिए। अनि मोशाले ती सबैलाई आशीर्वाद दिए।"}]},{"id":40,"title":"प्रस्थान 40","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EXO/40-e3ae523f758839b87c9c8f66e4504d43.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब परमप्रभुले मोशालाई भन्नुभयो, "},{"id":2,"text":"“पहिलो महिनाको पहिलो दिन भेट हुने पाल, अर्थात् पवित्र वासस्थान खड़ा गर्नू। "},{"id":3,"text":"त्यसमा गवाहीको सन्दूक राखेर त्यसलाई पर्दाले छेक्नू। "},{"id":4,"text":"टेबिल भित्र ल्याएर त्यसमाथि हुने थोकहरू सजाउनू, र सामदान भित्र ल्याएर त्यसमा दियाहरू मिलाउनू। "},{"id":5,"text":"गवाहीको सन्दूकको सामुन्ने सुनको धूप-वेदी राख्नू, र पवित्र वासस्थानको ढोकाको पर्दा लाउनू।"},{"id":6,"text":"“भेट हुने पाल, अर्थात् पवित्र वासस्थानको ढोकाको सामु होमबलिको वेदी राख्नू। "},{"id":7,"text":"त्यसपछि भेट हुने पाल र वेदीको बीचमा बाटा राखेर त्यसमा पानी हाल्नू। "},{"id":8,"text":"अनि चोकको घेरा वरिपरि खड़ा गर्नू, र चोकको ढोकाको पर्दा टाँग्नू।"},{"id":9,"text":"“अभिषेक गर्ने तेल लिएर पवित्र वासस्थान र त्यसमा भएका सबै थोकलाई अभिषेक गर्नू र त्यसलाई र त्यसका सबै सामान पवित्र गर्नू, अनि त्यो पवित्र हुनेछ। "},{"id":10,"text":"तब होमबलिको वेदी त्यसको सबै सामानसमेत अभिषेक गरेर त्यसलाई पवित्र गर्नू, र त्यो अति पवित्र हुनेछ। "},{"id":11,"text":"बाटा र त्यसका खुट्टा अभिषेक गरेर पवित्र गर्नू।"},{"id":12,"text":"“त्यसपछि हारून र त्यसका छोराहरूलाई भेट हुने पालको ढोकामा ल्याएर तिनीहरूलाई पानीले नुहाउनू। "},{"id":13,"text":"अनि हारूनलाई पवित्र पोशाक पहिराएर त्यसलाई अभिषेक गर्नू, र त्यसले पूजाहारी पदमा मेरो सेवा गरोस् भनेर त्यसलाई पवित्र गर्नू। "},{"id":14,"text":"त्यसका छोराहरूलाई ल्याएर तिनीहरूलाई लबेदा पहिराउनू। "},{"id":15,"text":"तैंले तिनीहरूको बुबालाई अभिषेक गरेझैँ तिनीहरूलाई पनि अभिषेक गर्नू, र तिनीहरूले पूजाहारी पदमा मेरो सेवा गरून्। तिनीहरूको अभिषेकचाहिँ एक अनन्त पूजाहारीगिरीको रूपमा तिनीहरूका सम्पूर्ण पुस्ताभरि हुनेछ।” "},{"id":16,"text":"तब मोशाले त्यसै नै गरे। परमप्रभुले दिनुभएको सबै आज्ञाबमोजिम तिनले गरे।"},{"id":17,"text":"यसरी दोस्रो वर्षको पहिलो महिनाको पहिलो दिन पवित्र वासस्थान खड़ा गरियो। "},{"id":18,"text":"मोशाले पवित्र वासस्थान खड़ा गरे, र त्यसका आधारहरू राखेर त्यसका फल्याकहरू ठाड़ो राखी तिनीहरूमा बार लगाई त्यसका खम्बाहरू खड़ा गरे। "},{"id":19,"text":"त्यसपछि तिनले पवित्र वासस्थानमाथि पाल फिँजाएर पालमाथि छत लगाए, जस्तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो।"},{"id":20,"text":"अनि तिनले गवाही-पाटी ल्याई सन्दूकभित्र राखेर डन्डाहरू सन्दूकमा हाले, र कृपा-आसन सन्दूकमाथि राखे। "},{"id":21,"text":"तब तिनले सन्दूक पवित्र वासस्थानभित्र ल्याए, र छेक्ने पर्दा टाँगेर गवाहीको सन्दूक छेके, जस्तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो।"},{"id":22,"text":"अनि मोशाले भेट हुने पालमा पवित्र वासस्थानको उत्तरतर्फ पर्दाको बाहिरपट्टि टेबिल राखे। "},{"id":23,"text":"त्यसपछि तिनले त्यसमाथि परमप्रभुको सामुन्ने रोटी सजाएर राखे, जस्तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो।"},{"id":24,"text":"तिनले भेट हुने पालमा टेबिलको सामु पवित्र वासस्थानको दक्षिणतिर सामदान राखे। "},{"id":25,"text":"तिनले परमप्रभुको सामुन्ने दियाहरू मिलाए, जस्तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो।"},{"id":26,"text":"मोशाले भेट हुने पालमा पर्दाको सामु सुनको वेदी राखे। "},{"id":27,"text":"तिनले त्यसमा सुगन्धित धूप बाले, जस्तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो। "},{"id":28,"text":"अनि तिनले पवित्र वासस्थानको ढोकामा पर्दा टाँगे।"},{"id":29,"text":"तब तिनले भेट हुने पाल, अर्थात् पवित्र वासस्थानको ढोकामा होमबलिको वेदी राखेर त्यसमा होमबलि र अन्नबलि चढ़ाए, जस्तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो।"},{"id":30,"text":"तिनले भेट हुने पाल र वेदीको बीचमा बाटा राखेर धुनलाई पानी हाले। "},{"id":31,"text":"मोशा, हारून र तिनका छोराहरूले त्यसमा आ-आफ्ना हात-खुट्टा धोए। "},{"id":32,"text":"तिनीहरू भेट हुने पालमा पस्दा अथवा वेदीमा जाँदा तिनीहरूले हात-खुट्टा धुने गर्थे, जस्तो परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो।"},{"id":33,"text":"तब मोशाले पवित्र वासस्थान र वेदीका चारैतिर चोकको घेरा खड़ा गरे, र चोकको ढोकाको पर्दा टाँगे। यसरी मोशाले काम समाप्त गरे।"},{"id":34,"text":"तब भेट हुने पाल बादलले छोप्यो, र परमप्रभुको महिमाले पवित्र वासस्थान भरियो। "},{"id":35,"text":"अनि मोशा भेट हुने पालमा पस्न सकेनन्, किनकि त्यो बादल त्यसमा बसिरह्यो, र परमप्रभुको महिमाले पवित्र वासस्थान भरियो।"},{"id":36,"text":"आफ्ना सबै यात्राहरूमा, जब त्यो बादल पवित्र वासस्थानबाट माथि उठ्थ्यो, तब इस्राएलीहरू अगि बढ्थे। "},{"id":37,"text":"तर त्यो बादल माथि उठेन भने, जुन दिनसम्म त्यो माथि उठ्दैनथ्यो तिनीहरू हिँड्दैनथे। "},{"id":38,"text":"तसर्थ सबै इस्राएलीहरूका घरानाअगि र तिनीहरूका सबै यात्राभरि दिउँसो परमप्रभुको बादल पवित्र वासस्थानमा हुन्थ्यो, र रातीचाहिँ बादलमा आगो हुन्थ्यो।"}]}]}