-
Notifications
You must be signed in to change notification settings - Fork 0
/
Copy pathEST.json
1 lines (1 loc) · 76 KB
/
EST.json
1
{"chapters":[{"id":0,"title":"पुस्तक परिचय","verses":[{"id":1,"text":"यो पुस्तकका घटना फारसका सम्राटको हिउँदे महलमा घटेका थिए। त्यही महलकी रानी एस्तर यस पुस्तकको केन्द्रिय व्यक्तित्व हुन्। उनी एक यहूदी थिइन्। आफ्नो रूप र गुणको कारणले उनी रानीको स्थानमा पुगिन्। यहूदीहरूको एक भयानक शत्रुले यहूदी जातिलाई काटमार गरी मेटाइदिने षडयन्त्र गर्दा आफ्नो जातिलाई एस्तर महारानीले बचाइन्। त्यही अद्भुत महान् कामको वर्णन नै एस्तरको पुस्तकको मूल विषय हो।"},{"id":2,"text":"पुरीम भनिने यहूदी पर्वको सुरुवात कसरी भयो भनी हामी एस्तरको कथाबाट थाहा पाउँछौं। यस पुस्तकको लेखकको नाम थाहा हुन सकेको छैन। तर यहूदी राष्ट्र र जातिको विषयमा राम्रो ज्ञान भएको कोही भक्त यहूदीले यो पुस्तक लेखेका थिए भनी हामी अनुमान गर्न सक्छौं। एस्तरको पुस्तकमा परमेश्वरको नाउँ उल्लेख भएको छैन। तरै पनि हामी यहाँ देख्दछौं कसरी परमेश्वरले षडयन्त्रहरू पल्टाउन सक्नुहुन्छ र आफ्नो जनको सुरक्षाको लागि अचम्मको युक्ति निकाल्न सक्नुहुन्छ।"}]},{"id":1,"title":"एस्तर 1","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EST/1-a746138ac721c1ba2a0dcd8ede9e1a13.mp3?version_id=1483","verses":[{"id":1,"text":"यहाँ वर्णन गरिएका घटनाहरू अहासूरस राजाको पालामा भएका थिए। उनी त्यही अहासूरस थिए जसले भारतदेखि लिएर कूश देशसम्म एक सय सत्ताईस प्रान्तहरूमाथि राज्य गर्थे। "},{"id":2,"text":"त्यस बेला उनी आफ्नो राजधानी शूशनमा भएको राजसिंहासनबाट राजशासन गर्थे। "},{"id":3,"text":"उनका शासनकालको तेस्रो वर्षमा उनले आफ्ना सबै भारदार र अधिकारीहरूलाई एउटा ठूलो भोज दिए। राजकुमारहरू, फारसी र मादी सेनाका प्रतिष्ठित नायकहरू, र प्रान्त-प्रान्तका मुख्य मानिसहरू उनको सामुन्ने उपस्थित भए।"},{"id":4,"text":"उनले एक सय असी दिनसम्म आफ्ना राज्यका धन-सम्पत्ति र आफ्नो रवाफ र ऐश्वर्य प्रदर्शन गरे। "},{"id":5,"text":"ती दिन खतम भएपछि राजाले आफ्नो राजधानी शूशनका ठूला र साना सबै मानिसहरूलाई ठूलो भोज दिए। त्यो भोज राजाका राजदरबारको बगैँचामा सात दिनसम्म भइरह्यो। "},{"id":6,"text":"त्यहाँ बगैँचामा सूती कपड़ाका सेता र नीला पर्दाहरू झुण्डिएका थिए, जो सेता र बैजनी रङ्गका डोरीहरूले सिङ्गमरमरका खम्बाहरूमा भएका चाँदीका गोलचक्रसित बाँधिएका थिए। त्यहाँ बुट्टा बनाइएका राता, सेता, सिङ्गमरमरका र अरू मूल्यवान् पत्थरहरूले छापिएको फर्शमाथि सुन र चाँदीका बस्ने आसनहरू थिए। "},{"id":7,"text":"राजाले एक-अर्काबाट भिन्नाभिन्नै भएका सुनका कचौराहरूमा दाखमद्य दिए। राजाले दिएको दाखमद्य राजसी उदारताको प्रशस्ततामा थियो। "},{"id":8,"text":"त्यहाँ कसैलाई जबरजस्तसँग पियाउने नियम थिएन। हरेक मानिसका इच्छाको ख्याल राख्नू भनी राजाले आफ्ना भण्डारका मद्य टक्र्याउने सबै सेवकहरूलाई हुकुम गरेका थिए।"},{"id":9,"text":"यसबाहेक रानी वश्तीले पनि राजा अहासूरसकै राजमहलमा स्त्रीहरूलाई एउटा ठूलो भोज दिइन्।"},{"id":10,"text":"सातौँ दिनमा जब राजा दाखमद्य पिएर मस्त भएका थिए, तब तिनले आफ्नो घरको व्यवस्था मिलाउने सात जना नपुंसक सेवकहरू, अर्थात् महूमान, बिज्था, हर्बोना, बिग्ता, अबगथा, जेथेर र कर्कासलाई, "},{"id":11,"text":"मानिसहरू र भारदारहरूका सामु रानी वश्तीको सौन्दर्य देखाउनलाई राजसी शिरपेच पहिरेर ल्याउनू भनी हुकुम गरे, किनभने तिनी असाध्य सुन्दरी थिइन्। "},{"id":12,"text":"तर ती नपुंसकद्वारा दिइएको राजाको हुकुम मानेर आउन रानी वश्तीले इन्कार गरिन्। यसले गर्दा राजा अत्यन्त क्रोधित भए। उनी रीसले आगो भए।"},{"id":13,"text":"राजाले यस्तो दुराचरणसम्बन्धी राजसी चलनअनुसार कानून र न्यायमा पोख्त र ज्ञानी सल्लाहकारहरूसँग सल्लाह लिए। "},{"id":14,"text":"तीमध्ये हालको परिस्थिति बुझ्ने फारस र मादीका सात जना भारदार, कर्शेना, शेथार, अद्माथा, तर्शीश, मेरेस, मर्सेना र ममूकान थिए। उनीहरू राजाको नजिकका थिए। उनीहरूलाई राजाको उपस्थितिमा प्रवेश गर्ने विशेष अधिकार थियो। उनीहरूले राज्यमा विशेष स्थान पाएका थिए।"},{"id":15,"text":"राजाले उनीहरूलाई सोधे, “नपुंसकद्वारा दिइएको राजा अहासूरसको हुकुम इन्कार गरेकोमा रानी वश्तीलाई कस्तो व्यवहार गर्नुपर्छ? कानूनले के भन्छ?”"},{"id":16,"text":"तब ममूकानले राजा र भारदारहरूका सामुन्ने यो जवाफ दिए: “रानी वश्तीले केवल राजाको मात्र होइन तर राजा अहासूरसका सारा प्रान्तका सबै भारदारहरू र मानिसहरूको अनादर गर्नुभयो। "},{"id":17,"text":"रानीले गर्नुभएको काम सबै स्त्रीले थाहा पाउनेछन्, र त्यसले गर्दा तिनीहरूले आफ्ना पतिहरूलाई तुच्छ ठान्नेछन्। तिनीहरूले यसो भन्नेछन्, ‘राजा अहासूरसले रानी वश्तीलाई आफ्नो सामु ल्याउन हुकुम गर्नुभएको थियो, तर उहाँ आउनुभएन’। "},{"id":18,"text":"रानीका व्यवहारको विषयमा सुन्ने फारस र मादीका ठूला घरानाका स्त्रीहरूले राजाका सबै भारदारहरूसित आजका दिनको कुरा गर्नेछन्, र यसले गर्दा अनादर र अशिष्टताको सीमा रहनेछैन।"},{"id":19,"text":"“यदि हजूरको इच्छा भए ‘वश्तीले फेरि कहिल्यै राजा अहासूरसको सामुन्ने देखा पर्न नपाऊन्’ भन्ने हजूरबाट एउटा राजकीय उर्दी निकालिबक्सिओस् र त्यो फरिसी र मादीहरूको ऐनमा कहिल्यै रद्द नहुने गरी लेखिओस्। अनि राजाले उहाँको सट्टामा उहाँभन्दा अझै योग्यकी स्त्रीलाई रानीको स्थान दिइबक्सिओस्। "},{"id":20,"text":"यसरी जब यो राजकीय उर्दी राज्यको चारैतिर सुनिन्छ, तब ठूला र साना दर्जाका सबै स्त्रीहरूले आफ्ना पतिहरूको आदर गर्नेछन्।”"},{"id":21,"text":"ममूकानको सल्लाहलाई भारदारहरू सबैले असल ठाने, र तिनको प्रस्ताव राजाले स्वीकार गरे। "},{"id":22,"text":"तब हरेक मानिस आफ्नो घरको मालिक भएर आफ्नो सबै परिवारमाथि अधिकार चलाओस् भनेर राज्यको चारैतिर हरेक प्रदेशमा आ-आफ्नो लिपिबमोजिम र हरेक जातिलाई आ-आफ्नो भाषामा पत्रहरू पठाइए।"}]},{"id":2,"title":"एस्तर 2","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EST/2-729cfe70af17f0d11c35301c88664d49.mp3?version_id=1483","verses":[{"id":1,"text":"पछि जब राजा अहासूरसको रीस मर्यो तब उनलाई रानी वश्ती र तिनले गरेको कामको विरुद्धमा निकालेको उर्दीको सम्झना भयो। "},{"id":2,"text":"यसैले राजाका निज सेवकहरूले भने, “हजूरको निम्ति सुन्दरी-सुन्दरी कन्ये-केटीहरू खोजीबक्सिओस्। "},{"id":3,"text":"हजूरले आफ्नो राज्यका सबै प्रान्तहरूबाट यी सबै सुन्दरी युवती कन्ये-केटीहरूलाई राजधानी शूशनको महिला-गृहमा ल्याउनलाई उच्च कर्मचारीहरू खटाइबक्सिओस्। तिनीहरूलाई महाराजाका स्त्रीहरूका जिम्मावाल नपुंसक हेगेको जिम्मामा दिइबक्सिओस्। सिङ्गारपटारका वस्तुहरू तिनीहरूलाई दिइऊन्। "},{"id":4,"text":"जुन युवती महाराजाको दृष्टिमा ग्रहणयोग्य हुनेछ, तिनैलाई वश्तीको सट्टामा रानी तुल्याइबक्सिओस्।” यो सल्लाह राजालाई मन पर्यो। उनले त्यहीबमोजिम गरे।"},{"id":5,"text":"राजधानी शूशनमा मोर्दकै नाउँका एक यहूदी थिए। उनी याईरका छोरा, शिमीका नाति र कीशका पनाति बेन्यामीनको कुलका थिए, जुन कीशचाहिँ "},{"id":6,"text":"बेबिलोनका राजा नबूकदनेसरले यरूशलेमबाट यहूदाका राजा यहोयाकीनसँग कैदमा लगेकाहरूमध्ये एक थिए। "},{"id":7,"text":"मोर्दकैले आफ्ना काकाकी छोरी हदस्सा, अर्थात् एस्तरलाई धर्मपुत्री बनाएका थिए। एस्तरका माता-पिता थिएनन्। तिनी राम्री र सुन्दरी थिइन्। तिनका माता-पिताको मृत्युपछि मोर्दकैले तिनलाई आफ्नै छोरीजस्तै गरी पालेका थिए।"},{"id":8,"text":"जब राजाको हुकुम र उर्दी प्रसार भयो, र हेगेको जिम्मामा दिनलाई धेरै ठिटीहरू राजधानी शूशनमा ल्याइए, तब एस्तर पनि स्त्रीहरूका जिम्मावाल हेगेको जिम्मामा दिन राजमहलमा लगिइन्। "},{"id":9,"text":"तिनलाई देखेर त्यो नपुंसक खुशी भयो, र एस्तरले त्यसबाट विशेष निगाह पाइन्। त्यसले तिनलाई तुरुन्तै खुशीसित सिङ्गारपटारका सामग्रीहरू र विशेष किसिमका खानेकुराको भाग जुटाइदियो। राजाको महलबाट सात जना चुनिएका सहेलीहरूलाई पनि त्यसले खटाइदियो। स्त्रीहरू बस्ने घरमा तिनलाई र तिनका सहेलीहरूलाई विशेष सुविधा पनि दिइयो।"},{"id":10,"text":"एस्तरले आफ्नो घराना र जातिको विषयमा कसैलाई बताएकी थिइनन्, किनभने त्यसो गर्न मोर्दकैले तिनलाई मनाही गरेका थिए। "},{"id":11,"text":"एस्तरलाई के कसो हुँदैछ सो जान्न मोर्दकै दिनहुँ महिला-गृहको आँगनबाट भएर जाने गर्थे।"},{"id":12,"text":"छ महिना मूर्रको तेल दलेर र छ महिना अत्तर र सिङ्गारका वस्तुहरूले सिँगारिदिएर स्त्रीहरूलाई तयारी हुने तोकिएको पूरा समय बाह्र महिना थियो। समय पूरा भएपछि अहासूरस राजाकहाँ जाने हरेक युवतीको पालो आउँथ्यो। "},{"id":13,"text":"कुनै युवती घरबाट राजाको महलमा जाँदा त्यसले मागेको जेसुकै थोक त्यसलाई लान दिइन्थ्यो। "},{"id":14,"text":"बेलुका त्यो महलभित्र जान्थी र बिहान उपपत्नीहरूको जिम्मावाल राजाको नपुंसक शाश्गजको अधीनमा रहन महिला-गृहको अर्को भागमा फर्केर जान्थी। राजाले आफ्नो इच्छा प्रकट गरेर त्यसको नाउँ काढ़ीकन नबोलाउञ्जेल त्यो फेरि राजाकहाँ जान पाउँदिनथी।"},{"id":15,"text":"जब मोर्दकैकी धर्मपुत्री, उनका काका अबीहेलकी छोरी एस्तरको राजाकहाँ जाने पालो आयो, तब तिनले स्त्रीहरूको जिम्मावाल राजाको नपुंसक हेगेले सल्लाह दिएका कुराबाहेक अरू केही लगिनन्। तिनलाई देख्ने सबैलाई एस्तरले मोहित गराइन्। "},{"id":16,"text":"अहासूरसका राज्यकालको सातौँ वर्षको दशौँ महिना, अर्थात् तेबेत महिनामा तिनी राजमहलमा राजा अहासूरसकहाँ लगिइन्।"},{"id":17,"text":"राजालाई अरू सबै स्त्रीहरूभन्दा एस्तरलाई नै मन पर्यो। अनि राजाले अरू कन्ये-केटीहरूभन्दा तिनलाई निगाह र स्वीकृति देखाए। उनले तिनको शिरमा राजकीय शिरपेच लगाइदिए, र वश्तीको सट्टामा तिनलाई आफ्नी रानी तुल्याए। "},{"id":18,"text":"त्यसपछि राजाले आफ्ना सबै भारदार र अधिकारीहरूलाई एस्तरको सम्मानमा एउटा ठूलो भोज दिए। तिनले प्रान्त-प्रान्तहरूमा बिदाको घोषणा गरेर राजाले दिनुपर्ने योग्यका उपहारहरू दिए।"},{"id":19,"text":"दोस्रो पल्ट कन्ये-केटीहरू भेला गर्दा मोर्दकै राजाका दरबारको मूल ढोकामा उपस्थित थिए। "},{"id":20,"text":"मोर्दकैको आदेशअनुसार एस्तरले आफ्नो घराना र वंशको कुरा गुप्तमा राखेकी थिइन्। मोर्दकैको अधीनमा हुँदा उनले तिनलाई आदेश दिएझैँ तिनले गरिन्।"},{"id":21,"text":"एक दिन मोर्दकै राजदरबारको मूल ढोकामा भएको बेला राजाको ढोकामा पालो बस्ने दुई अधिकृतहरू, बिग्थाना र तेरेशले असन्तुष्ट भएर राजा अहासूरसलाई मार्ने षड्यन्त्र रचे। "},{"id":22,"text":"यो कुरो मोर्दकैले थाहा पाएर रानी एस्तरलाई भनिदिए। रानीले मोर्दकैको नाउँ लिएर राजालाई सो कुरो बताइदिइन्। "},{"id":23,"text":"यस कुराको जाँचबुझ भएपछि पक्का सबूत भयो, र राजाले ती दुई मानिसहरूलाई फाँसीको सजाय दिएर काठमा झुण्ड्याइदिए। यी सबै कुरा राजाको सामुन्ने इतिहासमा लेखिए।"}]},{"id":3,"title":"एस्तर 3","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EST/3-8a702f846303b64ead06451d7aebc1e6.mp3?version_id=1483","verses":[{"id":1,"text":"त्यसपछि राजा अहासूरसले अगागी हम्मदाताका छोरा हामानको दर्जा बढ़ाइदिएर तिनका सबै सङ्गी-भारदारहरूभन्दा तिनलाई श्रेष्ठ स्थान दिई उच्च पदमा राखे। "},{"id":2,"text":"यसैले राजदरबारको ढोकामा हुने अधिकारीहरू सबैले राजाको आज्ञाअनुसार हामानलाई घुँड़ा टेकेर दण्डवत् गर्थे। तर मोर्दकैले चाहिँ तिनलाई यसरी घुँड़ा टेकेर दण्डवत् गर्दैनथे।"},{"id":3,"text":"एक पल्ट राजदरबारका अधिकारीहरूले मोर्दकैलाई भने, “तपाईं किन राजाको आज्ञा उल्लङ्घन गर्नुहुन्छ?” "},{"id":4,"text":"उनीहरूले उनलाई दिनदिनै त्यही कुरा भन्थे। तर उनले उनीहरूको कुरा सुन्दैनथे। मोर्दकैले इन्कार गरेको कुरा हामानले सहन्छ कि सहँदैन भनी बुझ्नलाई उनीहरूले हामानलाई यो कुरा जनाइदिए। किनभने “म एक यहूदी हुँ” भनी मोर्दकैले उनीहरूलाई भनिदिएका थिए।"},{"id":5,"text":"मोर्दकैले तिनलाई घुँड़ा टेकी दण्डवत् नगरेको कुरा हामानले थाहा पाएर तिनी रीसले चूर भए। "},{"id":6,"text":"हामानले मोर्दकैका जात-भाइ को रहेछन् भनी थाहा पाएपछि तिनलाई मात्र हात हाल्न मन गरेनन्, र अहासूरसको समस्त राज्यका सबै यहूदीहरू, मोर्दकै र उनका सबै जातिलाई नै नाश गर्ने उपाय तिनले खोज्न लागे।"},{"id":7,"text":"अहासूरस राजाको बाह्रौँ वर्षको पहिलो महिना, अर्थात् नीसान महिनामा, हामानको सामु दिन र महिना तोक्नका निम्ति उनीहरूले चिट्ठा हाले। त्यस चिट्ठालाई “पूर” भन्थे। चिट्ठा बाह्रौँ महिना, अर्थात् अदार महिनामा पर्यो।"},{"id":8,"text":"तब हामानले राजा अहासूरसलाई भने, “हजूरको राज्यका समस्त प्रान्तमा धेरै मानिसहरूका बीचमा फैलिएको एउटा जाति छ। तिनीहरू अलग्गै बस्छन्। तिनीहरूका रीतिरिवाजहरू अरू सबै जातिका भन्दा बेग्लै छन्। तिनीहरूले हजूरका ऐन-कानुन पालन गर्दैनन्। हजूरले तिनीहरूलाई सहानुभूति देखाउनु उचित छैन। "},{"id":9,"text":"यदि महाराजाको इच्छा भए तिनीहरूका विनाशको निम्ति एउटा लिखित आज्ञा निकालिबक्सिओस्। यो काम गर्ने हजूरका कर्मचारीहरूका लागि म राजकोषमा जम्मा गर्न तीन लाख किलो चाँदी दिनेछु।”"},{"id":10,"text":"तब राजाले आफ्नो छाप-औँठी आफ्नो औँलाबाट झिकेर यहूदीहरूको शत्रु अगागी हम्मदाताका छोरा हामानलाई दिए। "},{"id":11,"text":"उनले हामानलाई भने, “त्यो चाँदी आफूसँग राख। ती मानिसहरूप्रति तिमीलाई जे इच्छा लाग्छ त्यही गर।”"},{"id":12,"text":"तब पहिलो महिनाको तेह्रौँ दिनमा राजाका सचिवहरू बोलाइए। अनि हामानको आदेशअनुसार राजाका प्रान्तका बड़ाहाकिमहरू, विभिन्न प्रान्तका राज्यपालहरू र विभिन्न जातिका भारदारहरूलाई लिखित रूपमा हुकुम पठाइयो— हरेक प्रान्तमा त्यहाँकै लिपि र हरेक जातिलाई उनीहरूको आफ्नै भाषामा त्यो पठाइयो। राजा अहासूरसको नाउँमा त्यो निकालियो, र राजाकै छाप त्यसमा लगाइएको थियो। "},{"id":13,"text":"यसरी अदार भन्ने बाह्रौँ महिनाको तेह्रौँ दिनमा समस्त यहूदीहरूलाई, जवान, बूढ़ा, स्त्री, बाल-बालिकाहरू सबैलाई नाश गर्ने, मार्ने र तिनीहरूको नाउँनिशानै मेटिदिने अनि तिनीहरूका सम्पत्ति लुट्ने हुकुम राज्यका सारा प्रान्तहरूमा राजकीय दूतहरूद्वारा पठाइयो। "},{"id":14,"text":"त्यस दिनको निम्ति तयार हुनू भनी त्यो लिखित आज्ञाको एउटा नकल उर्दीको रूपमा हरेक प्रान्तमा घोषणा गरेर सबै मानिसहरूलाई प्रचार गर्नु थियो।"},{"id":15,"text":"राजाको आज्ञामा ती राजकीय दूतहरू चाँड़ोभन्दा चाँड़ो जान पठाइए। त्यो उर्दी राजधानी शूशनमा पनि प्रसार गरियो। त्यसपछि राजा र हामान पिउन बसे। तर शूशन सहरमा चाहिँ हलचल मच्चियो।"}]},{"id":4,"title":"एस्तर 4","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EST/4-7b8344a5c691041b813497378936089d.mp3?version_id=1483","verses":[{"id":1,"text":"यी सबै कुरा सुनेर मोर्दकैले आफ्नो लुगा च्याते, अनि भाङ्ग्रा र खरानी लाएर चर्को सोरले विलाप गर्दै सहरका चारैतिर गए। "},{"id":2,"text":"उनी राजमहलका मूल ढोकासम्म मात्र गए, किनभने भाङ्ग्रा लाएको कुनै पनि मानिस मूल ढोकाबाट भएर भित्र जान पाउँदैनथ्यो। "},{"id":3,"text":"राजाको आज्ञा र उर्दी पुगेको हरेक प्रान्तमा यहूदीहरूका बीचमा उपवास, रुवाबासी, शोक र विलाप भयो। तिनीहरूमध्ये धेरै जना भाङ्ग्रा लाएर खरानीको ओछ्यानमा बसे।"},{"id":4,"text":"जब एस्तर रानीका चाकर्नी र नपुंसकहरूले आएर तिनलाई यो कुरा बताइदिए, तब तिनी व्याकुल भइन्। भाङ्ग्रा फुकालेर लुगा लगाउन भनी तिनले मोर्दकैको निम्ति लुगा पठाइदिइन्। तर उनले ती ग्रहण गर्न मानेनन्। "},{"id":5,"text":"तब एस्तरले आफ्नो सेवामा खटाइएको राजाको एक नपुंसक हताकलाई बोलाइपठाएर मोर्दकैलाई के दु:ख पर्यो र किन त्यसो गरेको भनी मोर्दकैसित सोध्न हुकुम गरी पठाइन्।"},{"id":6,"text":"हताक राजमहलको अगाड़ि भएको सहरको खुला चोकमा मोर्दकैकहाँ गए। "},{"id":7,"text":"मोर्दकैले आफूलाई के-कसो भएको छ ती सबै कुरा र हामानले यहूदीहरूलाई नाश गर्नका निम्ति कति पैसा राजकोषमा दिएको छ सो पनि हताकलाई बताइदिए। "},{"id":8,"text":"र मोर्दकैले त्यस विषयमा एस्तरलाई भनिदिन र राजाकहाँ गएर निगाह प्राप्त गरेर आफ्नो जातिको निम्ति बिन्ती चढ़ाउन भनी अनुरोध गरी शूशनमा तिनीहरूको सत्यनाशको लागि निकालिएको राजाज्ञाको एउटा नकल पनि एस्तरलाई देखाउन भनी पठाइदिए।"},{"id":9,"text":"हताकले एस्तरकहाँ गएर मोर्दकैले भनेका कुरा बताइदियो। "},{"id":10,"text":"अनि तिनले हताकद्वारा फेरि यो समाचार दिएर पठाइन्, "},{"id":11,"text":"“राजाका सबै अधिकारीहरू र प्रान्तका सारा मानिसहरूलाई यो कुरा विदितै छ, कि यदि कुनै पुरुष वा स्त्री राजाको हुकुमविना राजाको उपस्थितिमा भित्री दरबारमा पस्छ भने त्यसको निम्ति एउटै मात्र कानून यही छ, कि राजाले आफ्नो सुनको राजदण्ड पसार्नुभएन भने त्यो मारिनेछ। अनि सुनको राजदण्ड पसार्नुभयो भने मात्र त्यो बाँच्नेछ। म आफैलाई पनि राजाकहाँ जाने हुकुम नभएको तीस दिन भइसक्यो।”"},{"id":12,"text":"तर जब एस्तरले भनेको कुरा मोर्दकैलाई सुनाइयो, "},{"id":13,"text":"तब उनले एस्तरकहाँ यही जवाफ भनिपठाए: “यो नसोच, कि तिमी राजमहलमा भएकीले सबै यहूदीहरूमध्ये तिमी मात्रै बाँच्नेछौ। "},{"id":14,"text":"यस्तो बेलामा तिमी चूपै लागी बस्यौ भने यहूदीहरूका निम्ति सहायता र छुटकारा अरूद्वारै आउनेछ। तर तिमी र तिम्रा पिताको घरानाचाहिँ नष्ट हुनेछन्। शायद यस्तै समयको निम्ति नै तिमी यो राजपदमा पुगेकी हौ कि?”"},{"id":15,"text":"तब एस्तरले मोर्दकैकहाँ यस्तो जवाफ पठाइन्: "},{"id":16,"text":"“गएर शूशनमा भेट्टाएका जति सबै यहूदीहरूलाई मेरो निम्ति उपवास बस्न भेला गर्नुहोस्। तीन दिन र तीन रातसम्म न त खानेकुरा खानुहोस् न पानी पिउनुहोस्। म र मेरा चाकर्नीहरू पनि तपाईंहरूजस्तै उपवास बस्नेछौं। त्यसपछि कानूनको विरुद्धै भए पनि म राजाकहाँ जानेछु। यदि मेरो नाश हुन्छ भने पनि होस्।”"},{"id":17,"text":"तब मोर्दकै गइहाले, र एस्तरले हुकुम गरेअनुसार नै गरे।"}]},{"id":5,"title":"एस्तर 5","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EST/5-e587f569831f5695f545a3b614a30a75.mp3?version_id=1483","verses":[{"id":1,"text":"तेस्रो दिन एस्तरले आफ्नो राजकीय पोशाक पहिरिन्, र राजमहलको भित्री आँगनमा उभिरहिन्। राजाचाहिँ सिंहासनमा बसेर मूल ढोकातिर फर्केका थिए। "},{"id":2,"text":"जब राजाले एस्तर रानीलाई आँगनमा उभिरहेकी देखे, तब राजाको निगाह तिनीमाथि भयो, र आफ्नो साथमा लिइराखेको सुनको राजदण्ड उनले तिनीतिर पसारे। तब अगि बढ़ेर एस्तरले राजदण्डको टुप्पालाई छोइन्।"},{"id":3,"text":"राजाले तिनलाई भने, “रानी एस्तर, तिमी के चाहन्छ्यौ? तिमी जेसुकै माग, मेरो आधा राज्यसम्म पनि म तिमीलाई दिनेछु।”"},{"id":4,"text":"एस्तरले भनिन्, “हे महाराजा, हजूरलाई असल लागे हजूरको निम्ति मैले तयार गरेको भोजमा आज हामानको साथमा हजूरको सवारी होस्।”"},{"id":5,"text":"एस्तरको इच्छा पूरा गर्न राजाले हामानलाई तुरुन्तै बोलाएर ल्याउने हुकुम गरे।तब एस्तरले तयार गरेको भोजमा राजा र हामान गए। "},{"id":6,"text":"दाखमद्य पिउँदै राजाले एस्तरलाई फेरि भने, “तिमीले मलाई जेसुकै मागे पनि म तिमीलाई दिनेछु। तिम्रो माग के हो भन, मेरो आधा राज्यसम्म पनि म तिमीलाई दिनेछु।”"},{"id":7,"text":"जवाफमा एस्तरले भनिन्, “मेरो बिन्ती र अनुरोध यही छ: "},{"id":8,"text":"यदि मैले महाराजाको निगाह पाएकी छु, र यदि मैले मागेको कुरा दिनु र मैले चढ़ाएको बिन्ती पूरा गर्नु महाराजालाई असल लागे हजूर दुवैका निम्ति मैले तयार गरेको भोजमा हजूर महाराजा र हामान भोलि पनि आइबक्सिओस्। भोलि म महाराजालाई आफ्नो कुरा भन्नेछु।”"},{"id":9,"text":"त्यस दिन हामान रमाउँदै र मनमा खुशी हुँदै गए। तर जब तिनले मोर्दकैलाई राजाको मूल ढोकामा र तिनको सामु खड़ा नभएका र नडराएका देखे, तब तिनी रीसले चूर भए। "},{"id":10,"text":"तर आफैलाई सह्मालेर तिनी घर गए।त्यसपछि तिनले आफ्ना मित्रहरू र आफ्नी पत्नी जेरेशलाई बोलाइपठाए, र तिनीहरूलाई आफ्ना धन-सम्पत्ति र धेरै छोराहरू भएको रवाफ, "},{"id":11,"text":"र राजाले तिनलाई उच्च पद दिएका र अरू भारदारहरू र अधिकारीहरूमा आफूलाई बढ़ी मान दिएका कुरा बताए। "},{"id":12,"text":"हामानले भने, “त्यति मात्र होइन, तर रानी एस्तरले तयार गर्नुभएको भोजमा राजासित जान मलाई मात्र रानीले निम्तो दिनुभयो। अनि राजासित जान भोलि पनि मलाई निम्तो दिनुभएको छ। "},{"id":13,"text":"तापनि त्यस यहूदी मोर्दकैलाई राजदरबारको मूल ढोकामा बसिरहेको देख्दा यी सबैले सन्तोषै लाग्दैन।”"},{"id":14,"text":"तब तिनकी पत्नी जेरेश र तिनका सबै मित्रहरूले तिनलाई भने, “पच्चीस मिटर अल्गो एउटा फाँसीको काठ खड़ा गर्नुहोस्, र बिहान मोर्दकैलाई त्यसमा झुण्ड्याउन राजासित बिन्ती गर्नुहोस्। त्यसपछि खुशीसित राजाकहाँ भोजमा जानुहोस्।” हामानलाई यो कुरो साह्रै असल लाग्यो, र तिनले त्यो फाँसीको काठ खड़ा गर्न लगाए।"}]},{"id":6,"title":"एस्तर 6","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EST/6-9fc28ccc1f32c6b303a885723e7fc52d.mp3?version_id=1483","verses":[{"id":1,"text":"त्यस रात राजालाई निद्रै लागेन। उनले आफ्नो राज्यकालका विवरण भएको इतिहासको पुस्तक ल्याएर पढ़िसुनाउने हुकुम गरे, र त्यो राजालाई पढ़ेर सुनाइयो। "},{"id":2,"text":"त्यसमा दुई जना ढोके, बिग्थाना र तेरेशले राजा अहासूरसलाई मार्ने षड्यन्त्र गरेका र मोर्दकैले त्यो जाहेर गरिदिएका विषयमा लेखिएको थियो। "},{"id":3,"text":"तब राजाले भने, “यसको निम्ति मोर्दकैले कुन सम्मान अथवा पद पाए त?”त्यहाँ उपस्थित भएका राजाका सेवकहरूले भने, “मोर्दकैको निम्ति त केही गरिएको छैन।”"},{"id":4,"text":"राजाले सोधे, “त्यहाँ चोकमा को छ?” त्यस बेला हामान भर्खरै आफूले तयार गरेको फाँसीको काठमा मोर्दकैलाई झुण्ड्याउन भनी राजासित बिन्ती गर्न महलको बाहिर चोकमा आइपुगेका थिए।"},{"id":5,"text":"राजाका सेवकहरूले जवाफ दिए, “हामान चोकमा उभिरहेका छन्।”राजाले तिनलाई भित्र ल्याउने हुकुम गरे। "},{"id":6,"text":"जब हामान भित्र आए, तब राजाले तिनलाई सोधे, “राजा आफैले सम्मान दिन इच्छा गरेको मानिसलाई के गर्नुपर्छ?”हामानले मनमनै सोचे, “मबाहेक राजाले अरू कसलाई सम्मान दिन इच्छा गर्नुभएको होला र?” "},{"id":7,"text":"यसकारण तिनले राजालाई भने, “जुन मानिसलाई राजाले सम्मान दिने इच्छा गरिबक्सिन्छ, "},{"id":8,"text":"त्यसको निम्ति राजा आफैले लाउने पोशाक र राजाले सवार गर्ने घोड़ा ल्याईओस्, जसको शिरमा राजसी चिन्ह लगाइएको छ। "},{"id":9,"text":"त्यो पोशाक र घोड़ा राजाका सबैभन्दा माननीय पदाधिकारीहरूमा एक जनाको हातमा सुम्पिओस्, अनि राजाले सम्मान गर्न इच्छा गर्नुभएको त्यस मानिसलाई तिनीहरूले पहिराइदेऊन्, र त्यही घोड़ामा सवार गराएर सहरका सड़कहरूमा तिनीहरू जाँदा यसो भन्दै कराऊन्, ‘राजाले सम्मान गर्न इच्छा गर्नुभएको मानिसको निम्ति के गरिएको छ, सो हेर’।”"},{"id":10,"text":"तब राजाले हामानलाई भने, “झट्टै गएर तिमीले भनेझैँ पोशाक र घोड़ा ल्याऊ, र यहूदी मोर्दकैको निम्ति त्यसै गर। उनी दरबारको मूल ढोकामा रहन्छन्। तिमीले भनेबमोजिम सबै कुरामध्ये केही नछुटोस्।”"},{"id":11,"text":"यसकारण हामानले त्यो पोशाक मोर्दकैलाई पहिराइदिए, र घोड़ा लिएर उनलाई चढ़ाई सहरका सड़कहरूमा यसो भन्दै तिनी कराए, “राजाले सम्मान गर्न खुशी हुनुभएका मानिसलाई के गरिन्छ, हेर।”"},{"id":12,"text":"त्यसपछि मोर्दकै राजदरबारको मूल ढोकामा फर्किआए। हामानचाहिँ मुख छोपेर अफसोस गर्दै हतार-हतार आफ्नो घर गए। "},{"id":13,"text":"तिनले आफ्नी पत्नी जेरेश र आफ्ना सबै मित्रहरूलाई तिनीमाथि भएका सबै कुरा बताए।तिनका सल्लाहकारहरू र तिनकी पत्नीले यो भने, “यदि मोर्दकै, जसको सामुन्ने तपाईंको पतन सुरु भएको छ, ती यहूदी जातिका हुन् भने तपाईं उनको विरुद्धमा केही पनि गर्न सक्नुहुन्न। तपाईंको निश्चय नै पतन हुनेछ।”"},{"id":14,"text":"हामानसित तिनीहरू कुरा गरिरहँदा राजाका नपुंसकहरू आइपुगे, र तिनलाई एस्तरले तयार गरेको भोजमा लगिहाले।"}]},{"id":7,"title":"एस्तर 7","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EST/7-2bf14b59b4c2e6a7437af4be81f43848.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब राजा र हामान रानी एस्तरसित भोजन गर्न गए। "},{"id":2,"text":"त्यस दिन पनि दाखमद्य पिउँदै राजाले फेरि भने, “रानी एस्तर, तिम्रो बिन्ती के हो? मलाई भन। मेरो आधा राज्यसम्म मागे तापनि त्यो पूरा गरिदिनेछु।”"},{"id":3,"text":"तब रानी एस्तरले जवाफ दिइन्, “यदि मैले महाराजाको निगाह प्राप्त गरेकी छु, र हे राजा, यदि महाराजाको मर्जी भए बिन्ती यही छ कि मेरो आफ्नो ज्यान र मेरो जातिको ज्यान जोगाइबक्सिओस्। "},{"id":4,"text":"किनभने म र मेरो जाति नाश गरिन, मारिन र नाउँनिशानै मेटिनलाई बेचिएका छौं। यदि हामी, पुरुष र स्त्री सबैलाई दासत्वमा बेच्ने कुरो मात्र भएको भए त म चूपै लागिरहनेथिएँ। किनभने त्यति मात्र कुराले त महाराजालाई झिजो गर्नु न्यायसङ्गत हुनेथिएन।”"},{"id":5,"text":"राजा अहासूरसले एस्तर रानीलाई भने, “यस्तो काम गर्न आँट गर्ने मानिस कहाँ छ? त्यो को हो?”"},{"id":6,"text":"एस्तरले भनिन्, “त्यो विरोधी र शत्रु यही दुष्ट हामान हो।”तब राजा र रानीको सामुन्ने हामान डरले अवाक् भए। "},{"id":7,"text":"तब राजा रीसले चूर भएर उठे, र मद्य पिउन छोड़ेर महलको बगैँचामा गए। तर हामानचाहिँ राजाले मनमनै तिनलाई सत्यानाश गर्न निश्चय गरिसकेका छन् भनी तिनले बुझे। रानी एस्तरसँग प्राणदानको लागि बिन्ती चढ़ाउन भनी आफू बसेकै ठाउँमा बसिरहे।"},{"id":8,"text":"राजा बगैँचाबाट भोज गर्ने कोठामा फर्केर आएकै बेला हामानचाहिँ एस्तर ढल्किरहेको पलङ्गको छेउमा पसारो परिरहेका थिए।तब राजाले आश्चर्यचकित भएर कराए, “के रानी यहाँ मसँग हुँदा पनि यसले बलात्कार गर्न चाहन्छ?”राजाको मुखबाट यो कुरो निस्कने बित्तिकै तिनीहरूले हामानको मुख छोपे। "},{"id":9,"text":"तब राजाको सामु हाजिर रहने नपुंसकहरूमध्येको एक जना हर्बोनाले भन्यो, “महाराजाको प्राण जोगाइदिने मोर्दकैलाई झुण्ड्याउन भनी हामानले आफ्नै घरमा पच्चीस मिटर अल्गो फाँसीको काठ बनाएको छ।”राजाले भने, “त्यसैमा हामानलाई झुण्ड्या!” "},{"id":10,"text":"तब मोर्दकैको निम्ति आफैले तयार गरेको फाँसीको काठमा तिनीहरूले हामानलाई लगेर झुण्ड्याए। त्यसपछि राजाको रीस शान्त भयो।"}]},{"id":8,"title":"एस्तर 8","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EST/8-c8549a393b0348220e1cb3713c395abf.mp3?version_id=1483","verses":[{"id":1,"text":"त्यसै दिन राजा अहासूरसले यहूदीहरूको शत्रु हामानका घर र जग्गाजमिन एस्तरलाई दिए। अनि एस्तरले मोर्दकै तिनको आफ्नै पर्छ भनेकी हुनाले मोर्दकै राजाको उपस्थितिमा हाजिर भए। "},{"id":2,"text":"तब राजाले हामानबाट लिएको छापऔँठी फुकालेर मोर्दकैलाई उपहारस्वरूप दिए। एस्तरले मोर्दकैलाई हामानको घर र जग्गा जमिनको जिम्मा दिइन्।"},{"id":3,"text":"फेरि एस्तरले रुँदै राजाको पाउमा परेर अगागी हामानले यहूदीहरूका विरुद्धमा गरेको दुष्ट योजना टारिदिन भनी बिन्ती चढ़ाइन्। "},{"id":4,"text":"राजाले एस्तरतिर सुनको राजदण्ड पसारे। तिनी उठिन् र राजाको सामु खड़ा भएर उभिन्।"},{"id":5,"text":"एस्तरले भनिन्, “महाराजाको इच्छा भए, र यदि मैले हजूरको निगाह पाएकी छु भने, मैले दिन लागेको प्रस्ताव महाराजाले उचित सम्झिबक्सिए र मैले हजूरको स्वीकृति पाउन सके अगागी हम्मदाताको छोरा हामानले राजाका सबै प्रान्तहरूका यहूदीहरूलाई नाश गर्न योजना बनाएर लेखेका पत्रहरूलाई रद्द गर्न एउटा लिखित राजाज्ञा पठाइबक्सिओस्। "},{"id":6,"text":"किनभने मेरा जात-भाइहरूमाथि परेको विपत्ति म कसरी सहन सकुँला? अथवा मेरो परिवारको विनाश म कसरी सहन सकुँला?”"},{"id":7,"text":"राजा अहासूरसले रानी एस्तर र यहूदी मोर्दकैलाई भने, “त्यसले यहूदीहरूलाई नाश गर्ने प्रयत्न गरेको हुनाले मैले हामानको सम्पत्ति एस्तरलाई दिएको छु, र त्योचाहिँ फाँसीको काठमा झुण्ड्याइयो। "},{"id":8,"text":"अब यहूदीहरूका पक्षमा तिमीहरूलाई उचित लाग्ने एउटा अर्को राजउर्दी मेरो नाउँमा निकाल। त्यसमा राजकीय मोहोर लगाऊ, किनभने राजाको नाउँमा लेखिएको राजकीय मोहोर लगाइएको लिखित पत्र रद्द गर्न सकिँदैन।”"},{"id":9,"text":"त्यसपछि तेस्रो महिना, अर्थात् सीवान महिनाको तेईसौँ दिनमा राजाका सचिवहरू बोलाइए। मोर्दकैले यहूदीहरूलाई दिएको हुकुमबमोजिम भारतदेखि कूश देशसम्मका एक सय सत्ताईस प्रान्तका बड़ाहाकिमहरू, राज्यपालहरू र भारदारहरूका निम्ति हरेक प्रान्तलाई आ-आफ्नो लिपिअनुसार र हरेक जातिलाई आफ्नै भाषामा, र यहूदीहरूलाई पनि आफ्नै लिपि र भाषामा एउटा लिखित राजाज्ञा निकालियो। "},{"id":10,"text":"मोर्दकैले त्यो उर्दी राजा अहासूरसको नाउँमा लेखेर त्यसमा राजकीय मोहोर लगाए। त्यो उर्दी राजकीय अस्तबलका घोड़ाहरूमा सवार भएर समाचारवाहकहरूद्वारा पठाइयो।"},{"id":11,"text":"यस राजउर्दीमा राजाले हरेक सहरमा यहूदीहरूलाई सङ्गठित भएर आफ्नो रक्षा गर्न, र तिनीहरूलाई आक्रमण गर्ने कुनै पनि जाति वा प्रान्तका सशस्त्र सेनाहरू जसले तिनीहरूका स्त्रीहरू र बालकहरूसमेत आक्रमण गर्छन्, "},{"id":12,"text":"उनीहरूलाई एकै दिनमा, अर्थात् बाह्रौँ महिनाको वा अदार महिनाको तेह्रौँ दिनमा नाश गर्न, मार्न र नाउँनिशानै मेटिदिन, अनि अहासूरस राजाका सबै प्रान्तभरि नै उनीहरूका अधिकारको जग्गाजमिन लुट्न भनी मन्जूरी भयो। "},{"id":13,"text":"यस आज्ञापत्रको एउटा नकल हरेक प्रान्तमा उर्दीको रूपमा निकालिने र सारा मानिसहरूका बीचमा प्रचार गरिने भयो। यहूदीहरूचाहिँ त्यस दिनमा आफ्ना शत्रुहरूमाथि साटो लिनका निम्ति तयार रहून् भन्ने यो आज्ञापत्र निकालिएको थियो।"},{"id":14,"text":"यसैले ती समाचारवाहकहरू राजकीय घोड़ाहरूमा सवार भएर राजाको जरूरी उर्दी चाँड़ै लैजान पठाइए। यो उर्दी राजधानी शूशनमा पनि निकालियो।"},{"id":15,"text":"तब मोर्दकै नीलो र सेतो राजकीय पोशाक र ठूलो सुनको मुकुट पहिरेर, मलमलको बैजनी वस्त्र लगाएर राजाको उपस्थितिबाट निस्के। अनि समस्त शूशन सहरले खुशी र आनन्द मनायो। "},{"id":16,"text":"यहूदीहरूका निम्ति चाहिँ त्यो दिन आनन्द र खुशी, प्रसन्नता र इज्जतको दिन भयो। "},{"id":17,"text":"उर्दी पुगेको, राजाको हरेक प्रान्त र हरेक सहरमा यहूदीहरूका निम्ति आनन्द र हर्ष, भोज र उत्सवको दिन भयो। अनि अरू जातिका धेरै मानिसहरू यहूदी भए, किनभने यहूदीहरूको डर तिनीहरूमाथि परेको थियो।"}]},{"id":9,"title":"एस्तर 9","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EST/9-1e1efb12fce421b470b7e9966d6570b7.mp3?version_id=1483","verses":[{"id":1,"text":"बाह्रौँ महिना, अर्थात् अदार महिनाको तेह्रौँ दिनमा राजाको उर्दी पूरा गरिने दिन आइपुग्यो। त्यही दिन यहूदीहरूका शत्रुहरूले तिनीहरूलाई आफ्नो अधीनमा पार्ने आशा गरेका थिए। तर त्यसको विपरीत तिनीहरूलाई घृणा गर्नेहरूलाई यहूदीहरूले अधीन गर्ने दिन भयो। "},{"id":2,"text":"त्यस दिन तिनीहरूको सत्यनाश गर्न खोज्नेहरूमाथि आक्रमण गर्न राजा अहासूरसका सबै प्रान्तका सहरहरूमा यहूदीहरू सङ्गठित भएका थिए। तिनीहरूलाई कसैले विरोध गर्न सकेन, किनभने अरू सबै जातिका मानिसहरूमाथि तिनीहरूको डर परेको थियो। "},{"id":3,"text":"र मोर्दकैको डर तिनीहरूमाथि भएकोले गर्दा प्रान्त-प्रान्तका सबै भारदारहरू, बड़ाहाकिमहरू, राज्यपालहरू र राजकीय अध्यक्षहरूले यहूदीहरूलाई सघाए। "},{"id":4,"text":"राजदरबारमा मोर्दकै एक प्रमुख व्यक्ति भए, र उनी झन्-झन् शक्तिशाली भए र उनको ख्याति सबै प्रान्तहरूमा फिँजियो।"},{"id":5,"text":"यसरी यहूदीहरूले आफ्ना सबै शत्रुहरूलाई ठूलो मारकाट र विनाश गरेर तरवारले मारे। आफूलाई घृणा गर्नेहरूमाथि तिनीहरूले आफूखुशी गरे। "},{"id":6,"text":"राजधानी शूशनमा यहूदीहरूले पाँच सय पुरुषहरूलाई मारेर नाश गरे। "},{"id":7,"text":"तिनीहरूले पर्शन्दाता, दल्फोन, अस्पाता, "},{"id":8,"text":"पोराता, अदलिया, अरीदाता, "},{"id":9,"text":"पर्मशता, अरीशै, अरीदै र बैजाता, "},{"id":10,"text":"हम्मदाताको छोरा यहूदीहरूको शत्रु हामानका यी दशै जना छोराहरूलाई पनि मारे। तर तिनीहरूले लूटपीटमा हात लगाएनन्।"},{"id":11,"text":"त्यसै दिन राजधानी शूशनमा मारिएकाहरूको संख्या राजालाई सुनाइयो। "},{"id":12,"text":"राजाले रानी एस्तरलाई भने, “राजधानी शूशनमा यहूदीहरूले पाँच सय मानिसहरूलाई र हामानका दशै जना छोराहरूलाई मारेर नाश पारेका छन्। राजाका अरू प्रान्तहरूमा तिनीहरूले के-के गरे होलान्? अझ भन, तिम्रो अरू बिन्ती के छ? त्यो तिमीलाई दिनेछु। तिमी के चाहन्छ्यौ, त्यो स्वीकार गरिनेछ।”"},{"id":13,"text":"एस्तरले उनलाई जवाफ दिइन्, “महाराजाको इच्छा भए आजको उर्दीअनुसार भोलि पनि यसै गरी शूशनमा यहूदीहरूले गर्न पाऊन् भन्ने मन्जूरी दिइबक्सिओस्। र हामानका ती दशै जना छोराहरूका लाश फाँसीको काठमा झुण्ड्याइऊन्।”"},{"id":14,"text":"तब त्यसो गर्ने राजाले हुकुम दिए। शूशनमा उर्दी निकालियो, र हामानका दशै जना छोराहरूका लाश फाँसीको काठमा झुण्ड्याइए। "},{"id":15,"text":"अदार महिनाको चौधौँ दिनमा यहूदीहरू फेरि सङ्गठित भएर शूशनमा तीन सय जना मानिसहरूलाई मारे। तर तिनीहरूले लूटपीटमा हात लगाएनन्।"},{"id":16,"text":"यसै बीचमा राजाका प्रान्तहरूका बाँकी यहूदीहरू आफूलाई रक्षा गर्न र आफ्ना शत्रुहरूबाट बचून् भनी सङ्गठित भएका थिए। तिनीहरूले पचहत्तर हजार जनालाई मारे, तर तिनीहरूले लूटपीटमा हात लगाएनन्। "},{"id":17,"text":"योचाहिँ अदार महिनाको तेह्रौँ दिनमा गरियो। अनि चौधौँ दिनमा तिनीहरूले विश्राम लिए। त्यो दिन एक चाड़ र हर्षको दिन मनाइयो।"},{"id":18,"text":"शूशनका यहूदीहरूले चाहिँ त्यस महिनाको तेह्रौँ र चौधौँ दिनमा सङ्गठित भए र पन्ध्रौँ दिनमा विश्राम लिए, र त्यस दिनलाई चाड़ र हर्षको दिन ठहराए।"},{"id":19,"text":"यसैले टाढ़ा-टाढ़ाका गाउँहरूमा बस्ने यहूदीहरूले अदार महिनाको चौधौँ दिन हर्ष र चाड़को दिन मनाउँछन्, र त्यस दिन तिनीहरू एक-अर्कालाई उपहारहरू पठाउँछन्।"},{"id":20,"text":"मोर्दकैले यी कुरा लिखित रूपमा प्रतिवेदन गरे, र राजा अहासूरसका समस्त प्रान्तहरूका टाढ़ा र नजिकका सबै यहूदीहरूलाई उनले यस्तो लेखेर पत्रहरू पठाए, कि "},{"id":21,"text":"वर्षेनी अदार महिनामा चौधौँ र पन्ध्रौँ दिन "},{"id":22,"text":"आफ्ना शत्रुहरूदेखि विश्राम पाएका समयझैँ र तिनीहरूका निम्ति शोकबाट हर्ष र विलापबाट उत्सवमा परिवर्तन भएको महिनाझैँ मनाउनलाई स्थापित गरे। तिनीहरूले ती दिन चाड़ र हर्ष, एक-अर्कालाई खानेकुराको सौगात पठाउने र गरीबहरूलाई उपहार दिने दिनझैँ मनाउनुपर्छ भनी उनले लेखे।"},{"id":23,"text":"यसैकारण मोर्दकैको पत्रअनुसार सुरु गरेको रीति कायम राख्नलाई यहूदीहरू सहमत भए। "},{"id":24,"text":"यो तिनीहरूले यसकारण गरे, किनभने सबै यहूदीहरूको शत्रु अगागी हम्मदाताको छोरा हामानले यहूदीहरूलाई नष्ट पार्ने हेतुले षड्यन्त्र रचेर कुनै एउटा दिनको लागि चिट्ठा हालेको थियो। त्यसलाई “पूर” (अर्थात् चिट्ठा) भनिन्थ्यो। "},{"id":25,"text":"तर जब यो षड्यन्त्र राजाकहाँ जाहेर भयो तब यहूदीहरूका विरुद्धमा हामानले रचेको त्यो खराब योजनालाई त्यसकै शिरमा राख्न र त्यो र त्यसका छोराहरूलाई फाँसीको काठमा झुण्ड्याउन राजाले लिखित हुकुम निकाले। "},{"id":26,"text":"(त्यसैकारण यी दिनहरूलाई “पूर” शब्दअनुसार “पूरीम” भनिन्थ्यो।) त्यस पत्रमा लेखेअनुसार र त्यस विषयमा तिनीहरूले देखेका र अनुभव गरेका कुराले गर्दा, "},{"id":27,"text":"यहूदीहरूले आफ्नै, आफ्ना सन्तानहरूका र तिनीहरूसँग मिल्नेहरू सबैका पक्षमा यी दुई दिनलाई वर्षेनी निर्दिष्ट रीतिबमोजिम र ठहराएको समयमा मनाउनुपर्छ, "},{"id":28,"text":"र पुस्तौँसम्म हरेक घरानाले हरेक प्रान्त र सहरमा यहूदीहरूका बीचमा पूरीमका दिनहरू मान्नैपर्छ र तिनको सम्झना तिनीहरूका सन्तान-दरसन्तानहरूमा कहिल्यै नरोकिओस् भनी तिनीहरूले ठहराए।"},{"id":29,"text":"तब अबीहेलकी छोरी रानी एस्तर र यहूदी मोर्दकैले पूरीम विषयमा दोस्रो पत्र पूर्ण अधिकारसहित लेखे। "},{"id":30,"text":"यहूदी मोर्दकै र रानी एस्तरले यहूदीहरूका निम्ति उर्दी दिएझैँ पूरीमका यी दिन तिनका ठहराएको समयमा मान्न बाध्य तुल्याउँदै राजा अहासूरसका एक सय सत्ताईस प्रान्तहरूमा शान्ति र सुरक्षाको शुभकामना प्रकट गर्दै सबै यहूदीहरूलाई पत्रहरू पठाए। "},{"id":31,"text":"त्यसै गरी यहूदीहरूले आफ्नै निम्ति र आफ्ना सन्तानहरूका निम्ति उपवास र विलापका नियमहरू तोकिदिए। "},{"id":32,"text":"पूरीमको निम्ति यी नियमहरू एस्तरको उर्दीले पक्का गराइए, र ती विवरण लिखित रूपमा पुस्तकमा लेखेर राखिए।"}]},{"id":10,"title":"एस्तर 10","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EST/10-bd05a9048244904e438d5496857f5d04.mp3?version_id=1483","verses":[{"id":1,"text":"राजा अहासूरसले आफ्ना साम्राज्यभरि समुद्रको किनारका देशहरूसम्म कर तिर्न लगाए। "},{"id":2,"text":"राजाका अधिकार र शक्तिका कार्यहरू र तिनले मोर्दकैमाथि बक्सेका सम्मानहरू मादी र फारसका राजाहरूका इतिहासमा लेखिएका छन्। "},{"id":3,"text":"यहूदी मोर्दकै राजादेखि दोस्रो दर्जामुनि थिए। उनी यहूदीहरूमा एक अति गौरवशाली मानिस भए, र आफ्ना स्वदेशी यहूदी दाजुभाइहरूका बीचमा उनी लोकप्रिय भए, किनभने उनले आफ्ना मानिसहरूको हित गरे, र सारा यहूदीहरूका भलाइको निम्ति बोले।"}]}]}