-
Notifications
You must be signed in to change notification settings - Fork 0
/
Copy pathACT.json
1 lines (1 loc) · 356 KB
/
ACT.json
1
{"chapters":[{"id":0,"title":"पुस्तक परिचय","verses":[{"id":1,"text":"“प्रेरितहरूको काम” भन्ने पुस्तक लूकाले लेखेको इतिहासको दोस्रो खण्ड हो; पहिलो खण्डचाहिँ लूकाको सुसमाचार हो। तिनको सुसमाचारमा लूकाले येशू ख्रीष्टको विषयमा लेखेका छन्, र “प्रेरितहरूका काम” को पुस्तकमा तिनले विशेष गरी येशूका चेला र पावल प्रेरितका कामका विषयमा लेखेका छन्। प्रेरितहरूका कामको पुस्तक ईश्वी सम्बत् ६० र ६५ को बीचमा लेखिएको थियो भन्ने धेरैजसो विद्वानहरूको विचार छ। पावल रोममा गएर आफ्नो मुद्दाको फैसला पर्खिरहेका थिए। (रोम अहिले यूरोप महादेशको दक्षिण भागमा रहेको इटाली भन्ने देशको राजधानी हो।) नयाँ करारको समयमा रोम संसारको सबभन्दा महत्वपूर्ण सहर थियो। त्यति बेला रोममा धेरै जना प्रमुख मानिसहरूले ‘यो नयाँ ख्रीष्टियान धर्म कस्तो धर्म हो, कहाँबाट निस्क्यो’ भनेर सोध्दैथिए।” त्यसकारण ख्रीष्टियान धर्म कसरी सुरु भयो, येशू ख्रीष्ट को हुनुहुन्छ, उहाँको सुसमाचार कसरी यरूशलेमबाट रोमसम्म फैलिन गयो भन्ने विषयमा लूकाले पक्का इतिहास लेख्ने निर्णय गरे। लेखेपछि लूकाले यो इतिहास एक जना रोमी अधिकृत “माननीय थियोफिलस” लाई पठाए (हेर्नोस् लूका १:१-४; प्रेरित १:१)। थियोफिलसको बारेमा अरू केही थाहा छैन।"},{"id":2,"text":"पावल लूकालाई “प्रिय डाक्टर लूका” भन्दछन् (कलस्सी ४:१४)। लूका मध्यपूर्वको सिरिया देशको एन्टिओखिया भन्ने एउटा सहरका मानिस थिए। शायद पावल एन्टिओखियामा बस्दा लूका र तिनको भेट भएको थियो। जब पावल रोममा गए, तब त्यस अन्तिम यात्रामा लूका पनि सँगसँगै गए (प्रेरित २७:१; २८:१६)।"},{"id":3,"text":"ख्रीष्टियान मण्डलीको सुरुवातको विषयमा लेखिएको यो पुस्तकलाई “प्रेरितहरूका काम” भनिएको छ, तर खास गरी यस पुस्तकलाई “पवित्र आत्माको काम” पनि भन्न सकिन्छ। किनभने जुन काम ती प्रेरितहरूले गरे, ती कामहरू पवित्र आत्माको अनुग्रह र शक्तिले नै गरिएका थिए। मानिसहरूका विषयमा मात्र होइन तर ती मानिसहरूमा काम गरिरहनुहुने पवित्र आत्माको विषयमा पनि यो पुस्तक लेखिएको छ।"}]},{"id":1,"title":"प्रेरित 1","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ACT/1-9b9b3ab836b4529b226651ee9f61ba9b.mp3?version_id=1483","verses":[{"id":1,"text":"प्रिय थियोफिलस, येशूले गर्न र सिकाउन थाल्नुभएका सबै कुराका विषयमा मेरो पहिलो पुस्तकमा मैले लेखेको छु। "},{"id":2,"text":"आफैले छान्नुभएका प्रेरितहरूलाई येशूले पवित्र आत्माद्वारा आज्ञा दिनुभएपछि उहाँ स्वर्गमा उचाली लगिनुभएको दिनसम्मका सबै कुरा त्यस पुस्तकमा लेखिएका छन्। "},{"id":3,"text":"आफ्नो दुःख-भोगपछि धेरै अकाट्य प्रमाणद्वारा तिनीहरूका सम्मुख उहाँले आफैलाई जीवित प्रस्तुत गर्नुभयो। चालीस दिनसम्म उहाँ तिनीहरूकहाँ देखा पर्नुभयो अनि परमेश्वरका राज्यको विषयमा तिनीहरूलाई बताउनुभयो। "},{"id":4,"text":"तिनीहरूसँग भोजनमा बस्नुहुँदा उहाँले तिनीहरूलाई यस्तो आदेश दिनुभयो, <red>“तिमीहरू यरूशलेमबाट कतै नजाओ, तर पिताले गर्नुभएको प्रतिज्ञाको प्रतीक्षा गर। यसबारे तिमीहरूले मबाट सुनिसकेका छौ।” </red>"},{"id":5,"text":"<red>किनभने यूहन्नाले त पानीले बप्तिस्मा दिए, तर अबका थोरै दिनमा पवित्र आत्मामा तिमीहरूको बप्तिस्मा हुनेछ।” </red>"},{"id":6,"text":"यसकारण जब प्रेरितहरू भेला भए, तब तिनीहरूले उहाँलाई सोधे, “हे प्रभु, के तपाईंले इस्राएल राज्यको पुनर्स्थापन गरिदिनुहुनेछ?”"},{"id":7,"text":"उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“पिताले आफ्नो अधिकारद्वारा तोक्नुभएको बेला वा समय जान्ने तिमीहरूको काम होइन।</red>"},{"id":8,"text":"<red>तर पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ,</red><red>र तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ।”</red>"},{"id":9,"text":"उहाँले यो कुरा भन्नुभएपछि, तिनीहरूले हेर्दाहेर्दै उहाँ उँभो उचालिनुभयो, र बादलमा उहाँ तिनीहरूका दृष्टिबाट लोप हुनुभयो।"},{"id":10,"text":"जब तिनीहरूले उहाँ जाँदैगर्नुभएको एकटक आकाशतिर हेरिरहेका थिए, तब अचानक सेतो पोशाक लाएका दुई जना मानिस तिनीहरूका नजिक खड़ा भए। "},{"id":11,"text":"तिनीहरूले भने, “गालीलका मानिस हो, तिमीहरू किन आकाशतिर हेर्दै उभिरहेका छौ? यही येशू, जो तिमीहरूबाट स्वर्गमा लगिनुभयो, अहिले जसरी तिमीहरूले उहाँलाई स्वर्गमा जानुभएको देख्यौ, त्यसरी नै उहाँ फेरि आउनुहुनेछ।”"},{"id":12,"text":"तब तिनीहरू जैतून भनिने पहाड़बाट यरूशलेम फर्के। यरूशलेमदेखि यो पहाड प्राय: एक किलोमिटर जति टाढ़ा पर्छ। "},{"id":13,"text":"सहर भित्र पसेपछि तिनीहरू माथिल्लो तलाको आफू बस्ने कोठामा उक्ले। तिनीहरूचाहिँ पत्रुस, यूहन्ना, याकूब, अन्द्रियास, फिलिप र थोमा, बारथोलोमाइ र मत्ती, अल्फयसको छोरो याकूब र उग्रपन्थी दलको सिमोन र याकूबको छोरो यहूदा थिए।"},{"id":14,"text":"कति जना स्त्रीहरू र येशूकी आमा मरियम अनि उहाँका भाइहरूका साथ यिनीहरू सबै एक मनका भएर निरन्तर प्रार्थना गरिरहन्थे।"},{"id":15,"text":"ती दिनमा भाइहरूका बीचमा पत्रुस खड़ा भए (यी मानिसहरूको संख्या प्राय: एक सय बीस थियो), र भने, "},{"id":16,"text":"“भाइ हो, धर्मशास्त्रको वचन पूरा हुनुपर्दथियो, जुन वचन येशूलाई पक्रनेहरूको अगुवा यहूदाको विषयमा दाऊदको मुखबाट अघिबाटै पवित्र आत्माले बोल्नुभएको थियो। "},{"id":17,"text":"किनकि त्यसको गणना हामीसँगै भएको थियो। र यही सेवामा त्यसले हिस्सा पाएको थियो।”"},{"id":18,"text":"त्यस मानिसले अधर्मको कमाइबाट एउटा जग्गा किन्यो, र उँधोमुन्टो भई खस्यो र त्यसको भुँड़ी फुट्यो, र त्यसका सबै आन्द्रा-भुँड़ी निस्के।"},{"id":19,"text":"यो कुरा यरूशलेमका बासिन्दाहरू सबैलाई थाहा भयो। त्यो जग्गाको नाउँ तिनीहरूको आफ्नो भाषामा आखेल्दामा राखियो, अर्थात् रगतको खेत।"},{"id":20,"text":"पत्रुसले भने, “किनकि भजनको पुस्तकमा यसो लेखिएको छ,\n‘त्यसको वासस्थान उजाड होस्,\nर त्यहाँ वास गर्ने कोही नहोस्,\nर त्यसको कार्य पदाधिकार अर्कोले लिओस्।’"},{"id":21,"text":"यसैकारण हाम्रा साथमा रहने मानिसहरूमध्ये यस्तो एक जना छान्नु आवश्यक छ, जुन व्यक्ति प्रभु येशू हाम्रा बीचमा रही भित्र-बाहिर गर्नुहुँदा सधैँ हामीसँग थियो, "},{"id":22,"text":"अर्थात् यस्तो व्यक्ति जो यूहन्नाको बप्तिस्मादेखि लिएर उहाँ हामीबाट उँभो लगिनुभएको दिनसम्म हामीसँग थियो। त्यो मानिस हामी सँगसँगै उहाँको पुनरुत्थानको साक्षी हुनुपर्छ।”"},{"id":23,"text":"तिनीहरूले दुई जना, अर्थात् बारसाबास भन्ने योसेफ, जसको कुलनाउँ युस्तस थियो, र मतियासको नाउँ प्रस्ताव गरे। "},{"id":24,"text":"तिनीहरूले यसरी प्रार्थना गरे, “सबै मानिसका हृदयको कुरा जान्नुहुने प्रभु, यी दुईमध्ये तपाईंले कसलाई चुन्नुभएको छ सो हामीलाई देखाउनुहोस्, "},{"id":25,"text":"र त्यो यस सेवा र प्रेरितको काममा प्रवेश गर्न सकोस्, जुन सेवाबाट यहूदा भड्केर आफ्नो निज ठाउँमा मर्यो।” "},{"id":26,"text":"अनि तिनीहरूले ती दुईका बीचमा गोला हाले, र मतियासको नाउँमा पर्यो, र एघार प्रेरितहरूसँग तिनको गणना भयो।"}]},{"id":2,"title":"प्रेरित 2","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ACT/2-c267523d5a8ee94656e03dcb248b6bd5.mp3?version_id=1483","verses":[{"id":1,"text":"जब पेन्तिकोसको दिन आयो, तिनीहरू सबै एकै ठाउँमा भेला भएका थिए।"},{"id":2,"text":"अनि स्वर्गबाट अचानक ठूलो बतासको झोक्काजस्तै एउटा आवाज आयो, र तिनीहरू बसेको पूरा घरै भरिदियो। "},{"id":3,"text":"आगोका जिब्राहरूजस्ता तिनीहरूकहाँ देखा परे, र भाग-भाग भएर तिनीहरू हरेकमाथि बसे। "},{"id":4,"text":"अनि तिनीहरू सबै जना पवित्र आत्माले भरिए, र पवित्र आत्माले तिनीहरूलाई दिनुभएको उच्चारणबमोजिम तिनीहरू अन्य भाषाहरूमा बोल्न लागे।"},{"id":5,"text":"स्वर्गमुनि भएको हरेक देशबाट ईश्वरभक्त यहूदीहरू त्यस बेला यरूशलेममा बसेका थिए। "},{"id":6,"text":"तब यो आवाज सुनेर भीड जम्मा भयो। तिनीहरू आश्चर्यचकित भए, किनकि हरेकले आ-आफ्ना भाषामा तिनीहरू बोलिरहेका सुन्यो। "},{"id":7,"text":"तिनीहरू सबै आश्चर्यचकित भए, र अचम्म मानेर भन्न लागे, “के यी बोल्नेहरू सबै गालीलीहरू होइनन् र? "},{"id":8,"text":"त कसरी तिनीहरू हरेकले हाम्रा आफ्ना मातृभाषामा बोलेको हामी सुन्छौं? "},{"id":9,"text":"हामीहरू यहाँ पार्थीहरू, मादीहरू र एलामीहरू, र मेसोपोटामियाका, यहूदियाका, कापाडोकियाका, पोन्टस र एशियाका बासिन्दाहरू छौं। "},{"id":10,"text":"अनि फ्रिगिया, पामफिलिया, मिश्र र कुरेनीमा पर्ने लिबियाका कतिपय क्षेत्रहरू र रोमबाट आएका यहूदी र यहूदी मत मान्नेहरू दुवै छौं, "},{"id":11,"text":"क्रेटका बासिन्दाहरू र अरबीहरू पनि छौं, अनि हामी आ-आफ्ना भाषामा परमेश्वरका महान् कार्यहरूको चर्चा तिनीहरूले गरिरहेका सुन्दैछौं।” "},{"id":12,"text":"तिनीहरू सबै आश्चर्यचकित भए र अन्योलमा परेर एउटाले अर्कालाई यसो भन्न लागे, “यसको अर्थ के हो?”"},{"id":13,"text":"तर अरूहरूले हाँसो गरेर भने, “तिनीहरू नयाँ मद्यले मातेका छन्।”"},{"id":14,"text":"तर पत्रुसले एघार जनासँग खड़ा भएर उच्च सोरमा तिनीहरूलाई भने, “यहूदियाका मानिस हो, र यरूशलेमका जम्मै बासिन्दाहरू, तपाईंहरूलाई यो कुरा थाहा होस्, र मेरा कुरा सुन्नुहोस्। "},{"id":15,"text":"किनभने तपाईंहरूले ठान्नुभएझैँ यिनीहरू मातेका छैनन्, किनकि अहिले बिहानको नौ मात्र बजेको छ। "},{"id":16,"text":"तर योएल अगमवक्ताद्वारा भनिएको कुरा यही हो,"},{"id":17,"text":"‘आखिरी दिनहरूमा यस्तो हुनेछ भनी परमेश्वर भन्नुहुन्छ,\nम सबै मानिसहरूमाथि मेरा आत्मा खन्याइदिनेछु,\nर तिमीहरूका छोराहरू, र तिमीहरूका छोरीहरूले अगमवाणी बोल्नेछन्,\nर तिमीहरूका युवकहरूले दर्शन देख्नेछन्,\nर तिमीहरूका बूढ़ापाकाहरू स्वप्नदर्शी हुनेछन्।"},{"id":18,"text":"हो, म आफ्ना दास-दासीहरूमाथि ती दिनमा मेरा आत्मा खन्याइदिनेछु,\nर तिनीहरूले अगमवाणी बोल्नेछन्।"},{"id":19,"text":"माथि आकाशमा म अचम्मका काम\nर तल पृथ्वीमा चिन्हहरू देखाउनेछु,\nअर्थात् रगत, आगो, र धूवाँको मुस्लो।"},{"id":20,"text":"परमप्रभुको महान् र गौरवमय दिन आउन अगाडि\nसूर्य अन्धकारमा र चन्द्र रक्तमा परिवर्तन हुनेछन्।"},{"id":21,"text":"अनि जसले परमप्रभुको नाउँ लिनेछ,\nत्यसले उद्धार पाउनेछ।’"},{"id":22,"text":"“इस्राएलका मानिस हो, यी कुरा सुन्नुहोस्, नासरतका येशू यस्ता व्यक्ति हुनुहुन्थ्यो, जसलाई परमेश्वरले शक्तिशाली कामहरू, अचम्मका कामहरू र चिन्हहरूद्वारा तपाईंहरूका सामुन्ने प्रमाणित गर्नुभयो। तपाईंहरूलाई थाहै छ कि परमेश्वरले तपाईंहरूका बीचमा यी कामहरू उहाँद्वारा गर्नुभएको हो। "},{"id":23,"text":"परमेश्वरले ठहराउनुभएको निश्चित योजना र पूर्वज्ञानअनुसार पक्राउ पर्नुभएको यिनै येशूलाई अधर्मी मानिसहरूका हातद्वारा तपाईंहरूले क्रूसमा टाँगेर मार्नुभयो।"},{"id":24,"text":"उहाँलाई परमेश्वरले मृत्युको पीडाबाट छुटकारा दिएर जीवित पार्नुभयो। किनकि मृत्युको अधीनमा उहाँ भइरहनु असम्भव थियो,"},{"id":25,"text":"किनकि दाऊदले उहाँको विषयमा भन्दछन्,\n‘मैले प्रभुलाई सधैँ मेरो सामने देखें,\nकिनभने म नडगमगाऊँ भनेर उहाँ मेरो दाहिनेतर्फ हुनुहुन्छ।"},{"id":26,"text":"यसकारण मेरो हृदय आनन्दित\nर मेरो जिब्रो हर्षित भयो।\nयसबाहेक मेरो शरीरले पनि आशामा जिउनेछ।"},{"id":27,"text":"किनकि तपाईंले मेरो प्राणलाई पातालमा छोड्नुहुनेछैन,\nन त तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ।"},{"id":28,"text":"तपाईंले मलाई जीवनको मार्गहरू बताउनुभयो,\nतपाईंले मलाई आफ्नो उपस्थितिद्वारा आनन्दले गद्गद् पार्नुहुनेछ।’"},{"id":29,"text":"“भाइ हो, हाम्रा पुर्खा दाऊदको विषयमा म तपाईंहरूलाई निश्चयतासाथ भन्न सक्छु, कि उनी मरे र गाडिए, अनि आजको दिनसम्म उनको चिहान छँदैछ। "},{"id":30,"text":"यसकारण एक अगमवक्ता भएका हुनाले, उनले जान्दथिए कि परमेश्वरले शपथ खानुभएको थियो कि उनकै सन्तानबाट उनको सिंहासनमा एक जनालाई परमेश्वरले बसाल्नुहुनेछ।"},{"id":31,"text":"अघिबाटै यो देखेर उनले ख्रीष्टको पुनरुत्थानको विषयमा भने कि उहाँ न पातालमा छोडिनुभयो, न त उहाँको शरीर नै कुह्यो। "},{"id":32,"text":"यिनै येशूलाई परमेश्वरले जीवित पार्नुभयो। यस कुराका हामी सबै साक्षी छौं। "},{"id":33,"text":"यसैकारण परमेश्वरको दाहिने बाहुलीपट्टि उहाँ उच्च पारिनुभयो, र पिताबाट पवित्र आत्माको प्रतिज्ञा पाउनुभयो, र उहाँले यो खन्याइदिनुभएको हो, जे तपाईंहरू देख्नु र सुन्नुहुन्छ। "},{"id":34,"text":"किनकि दाऊद त स्वर्गमा चढ़ेनन्, तर उनी आफैले भन्दछन्,\n‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो,\nतिमी मेरो दाहिने हातपट्टि बस"},{"id":35,"text":"जबसम्म म तिम्रा शत्रुहरूलाई\nतिम्रा खुट्टाको पाउदान तुल्याउँदिनँ।’"},{"id":36,"text":"“त्यसैकारण इस्राएलको सारा परिवारले यो पक्का गरी जानोस्, कि येशू, जसलाई तपाईंहरूले क्रूसमा टाँग्नुभयो, परमेश्वरले उहाँलाई प्रभु र ख्रीष्ट बनाउनुभयो।”"},{"id":37,"text":"यो कुरा सुनेर तिनीहरूको हृदय छियाछिया भयो, अनि पत्रुस र अरू प्रेरितहरूलाई तिनीहरूले भने, “ए भाइ हो, हामीले के गर्ने?”"},{"id":38,"text":"पत्रुसले तिनीहरूलाई भने, “पश्चात्ताप गर, र तिमीहरूका पाप-क्षमाको निम्ति येशू ख्रीष्टको नाउँमा तिमीहरू प्रत्येकले बप्तिस्मा लेऊ, र तिमीहरूले पवित्र आत्माको वरदान पाउनेछौ। "},{"id":39,"text":"किनकि प्रतिज्ञा तिमीहरूका निम्ति, तिमीहरूका सन्तानको निम्ति र टाढ़ा-टाढ़ामा रहेका सबैका निम्ति हो, प्रत्येक जसलाई प्रभु हाम्रा परमेश्वरले बोलाउनुहुन्छ।”"},{"id":40,"text":"अरू धेरै कुराहरूद्वारा उनले तिनीहरूलाई गवाही दिए, र यसो भनेर अर्ती दिए, “यस दुष्ट पुस्ताबाट तिमीहरूले आफैलाई बचाओ।” "},{"id":41,"text":"तब जस-जसले उनको कुरा ग्रहण गरे तिनीहरूले बप्तिस्मा लिए, र त्यसै दिन प्राय: तीन हजार मानिसहरू तिनीहरूको संख्यामा थपिए।"},{"id":42,"text":"तिनीहरू प्रेरितहरूका शिक्षा, सङ्गति र रोटी भाँच्न र प्रार्थनामा भक्तिसाथ लागिरहन्थे। "},{"id":43,"text":"हरेकको हृदयमा भय उत्पन्न भयो, र प्रेरितहरूद्वारा धेरै अचम्मका काम र चिन्हहरू भए। "},{"id":44,"text":"विश्वास गर्नेहरू जति सबै एकसाथ बस्थे, र तिनीहरूका सबै थोक साझा थिए।"},{"id":45,"text":"तिनीहरूले आफ्ना सम्पत्ति र मालमत्ता बेचिकन जस-जसलाई जे-जे कुराको खाँचो पर्थ्यो सबैलाई ती बाँड़िदिन्थे। "},{"id":46,"text":"तिनीहरू एकै मनका भई मन्दिरमा एकसाथ उपस्थित हुन्थे, र घर-घरमा रोटी भाँच्थे, र तिनीहरू खुशी र शुद्ध हृदयले मिलीजुली खान्थे, "},{"id":47,"text":"र परमेश्वरको प्रशंसा गर्दै, र सबै मानिसहरूबाट शुभेच्छा पाउँदै बस्थे। उद्धार पाउनेहरूलाई प्रभुले दिनदिनै तिनीहरूको संख्यामा थपिदिनुहुन्थ्यो।"}]},{"id":3,"title":"प्रेरित 3","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ACT/3-59a594e9e9f02748ccc9dde0cf84e6ea.mp3?version_id=1483","verses":[{"id":1,"text":"पत्रुस र यूहन्ना दिउँसो तीन बजे प्रार्थनाको समयमा मन्दिरमा जाँदैथिए। "},{"id":2,"text":"मन्दिरभित्र पस्नेहरूसँग भीख माग्न जन्मैदेखिको एक जना लङ्गड़ालाई मानिसहरू बोकेर ल्याउँथे र दिनहुँ मन्दिरको सुन्दर नामक ढोकामा राखिदिन्थे। "},{"id":3,"text":"पत्रुस र यूहन्नालाई मन्दिरभित्र पस्न लागेका देखेर त्यसले भीख माग्यो। "},{"id":4,"text":"यूहन्नासँगै पत्रुसले त्यसलाई एकटक लाएर हेरिकन भने, “हामीतिर हेर्!” "},{"id":5,"text":"तिनीहरूबाट केही पाउने आशा गरेर त्यसले ध्यान दिएर तिनीहरूलाई हेर्यो।"},{"id":6,"text":"तब पत्रुसले भने, “सुनचाँदी मसित छैन। तर जे मसित छ, त्यही म तँलाई दिन्छु। नासरतका येशू ख्रीष्टको नाउँमा हिँड्!” "},{"id":7,"text":"तिनले त्यसको दाहिने हात समातेर त्यसलाई उठाए, र तुरुन्तै त्यसका खुट्टाहरू र गोलीगाँठामा ताकत आयो। "},{"id":8,"text":"अनि जुरुक्कै उठेर त्यो खड़ा भयो र हिँड्न थाल्यो, र हिँड्दै र उफ्रँदै र परमेश्वरको स्तुति गर्दै तिनीहरूसँग मन्दिरमा पस्यो। "},{"id":9,"text":"तब सबै मानिसहरूले त्यसलाई हिँड्दैगरेको र परमेश्वरको प्रशंसा गरिरहेको देखे। "},{"id":10,"text":"तिनीहरूले त्यसलाई मन्दिरको सुन्दर ढोकामा भीख माग्न बसिरहने यही नै हो भनेर चिने, र त्यसमाथि भएको कुरामा तिनीहरूले अचम्म माने र आश्चर्यचकित भए।"},{"id":11,"text":"त्यो मानिस पत्रुस र यूहन्नाको पछिपछि लागेको देखेर सबै मानिसहरू अति अचम्म मान्दै सोलोमन नामक दलानमा एकसाथ तिनीहरूकहाँ दगुरी आए। "},{"id":12,"text":"यो देखेर पत्रुसले मानिसहरूलाई भने, “इस्राएलका मानिस हो, यस कुरामा तपाईंहरू किन अचम्म मान्नुहुन्छ? अथवा हाम्रो आफ्नै शक्ति वा भक्तिद्वारा हामीले यसलाई हिँड्ने तुल्याएजस्तै किन वाल्ल परेर हामीलाई हेर्नुहुन्छ? "},{"id":13,"text":"अब्राहाम, इसहाक र याकूबका परमेश्वर, हाम्रा पुर्खाका परमेश्वरले आफ्ना सेवक येशूलाई महिमित पार्नुभयो, जसलाई तपाईंहरूले चाहिँ पक्राइदिनुभयो, र पिलातसले उहाँलाई छोडिदिने विचार गर्दा पनि तपाईंहरूले उहाँलाई उनकै सामने अस्वीकार गर्नुभयो।"},{"id":14,"text":"तर तपाईंहरूले पवित्र र धर्मी जनलाई अस्वीकार गरिकन एक जना ज्यानमारालाई छोडिदिने माग गर्नुभयो,"},{"id":15,"text":"र जीवनका कर्तालाई तपाईंहरूले मार्नुभयो, जसलाई परमेश्वरले मृतकबाट बिउँताउनुभयो, हामी यसका साक्षी छौं। "},{"id":16,"text":"उहाँको नाउँमाथि गरेको विश्वासले र उहाँकै नाउँले तपाईंहरूले देखेका र जानेका यस मानिसलाई बलियो तुल्यायो। येशूबाट पाएको विश्वासले यस मानिसलाई तपाईंहरू सबैका सामुन्ने पूरा निको पार्यो।"},{"id":17,"text":"अब भाइ हो, मलाई थाहा छ, कि तपाईंहरूले अजानमा त्यसो गर्नुभयो, र तपाईंका शासकहरूले पनि त्यसै गरे। "},{"id":18,"text":"उहाँका ख्रीष्टले दुःख भोग्नुपर्छ भनी परमेश्वरले सबै अगमवक्ताका मुखबाट भन्नुभएको अगमवाणी उहाँले यसरी पूरा गर्नुभयो। "},{"id":19,"text":"यसकारण पश्चात्ताप गर्नुहोस् र फर्कनुहोस्, कि तपाईंहरूका पाप मेटिऊन्, र परमप्रभुको उपस्थितिबाट आनन्दको समय आओस्, "},{"id":20,"text":"र उहाँले तपाईंहरूका निम्ति अघिबाटै नियुक्त गर्नुभएको ख्रीष्ट, अर्थात् येशूलाई पठाइदिनुहुन्छ। "},{"id":21,"text":"परमेश्वरले प्राचीन कालदेखि आफ्ना पवित्र अगमवक्ताहरूका मुखबाट बोल्नुभएका सबै थोकको पुनर्स्थापना हुने समय नआउञ्जेल ख्रीष्ट स्वर्गमा अवश्य रहनुपर्छ। "},{"id":22,"text":"मोशाले भनेका थिए, ‘परमप्रभु परमेश्वरले मलाई खड़ा गर्नुभएजस्तै तिमीहरूका दाजुभाइहरूका माझबाट एक जना अगमवक्ता तिमीहरूका निम्ति खड़ा गर्नुहुनेछ। उहाँले तिमीहरूलाई जे-जे भन्नुहुनेछ ती सबै कुरा तिमीहरूले सुन्नुपर्छ।"},{"id":23,"text":"यसो हुनेछ, कि त्यस अगमवक्तालाई नसुन्ने जति हरेक प्राणी मानिसहरूका बीचबाट नष्ट हुनेछ।’"},{"id":24,"text":"“शमूएलदेखि लिएर त्यसपछिका सबै अगमवक्ताहरू जत्तिले बोलेका छन्, ती सबले यिनै दिनहरूको घोषणा गरेका छन्। "},{"id":25,"text":"तपाईंहरू तिनै अगमवक्ताहरूका र त्यही करारका सन्तान हुनुहुन्छ, जुन करार परमेश्वरले तपाईंहरूका पुर्खा अब्राहामसँग यसो भनेर बाँध्नुभयो, ‘तिम्रा सन्तानमा पृथ्वीका सबै परिवारले आशिष् पाउनेछन्।’"},{"id":26,"text":"तपाईंहरू हरेकलाई आफ्नो दुष्टताबाट फर्काएर तपाईंहरूलाई आशिष् दिन भनी परमेश्वरले आफ्ना सेवकलाई खड़ा गर्नुभयो र सर्वप्रथम तपाईंहरूकहाँ पठाउनुभयो।”"}]},{"id":4,"title":"प्रेरित 4","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ACT/4-4f4a96fb14f1267d9ca57869cb4e09e4.mp3?version_id=1483","verses":[{"id":1,"text":"पत्रुस र यूहन्ना मानिसहरूसँग बोल्दै नै थिए, पूजाहारीहरू, मन्दिरका कप्तान र सदुकीहरू तिनीहरूकहाँ आए। "},{"id":2,"text":"उनीहरू रिसाएका थिए, किनकि येशूमा पुनरुत्थान हुन्छ भन्ने कुरा तिनीहरूले मानिसहरूलाई सिकाउँदैथिए र घोषणा गर्दैथिए। "},{"id":3,"text":"तब उनीहरूले यिनीहरूलाई पक्रे, र भोलिपल्टसम्म थुनामा राखे, किनभने त्यस बेला साँझ परिसकेको थियो। "},{"id":4,"text":"तर वचन सुन्नेहरूमध्ये धेरैले नै विश्वास गरे, र विश्वास गर्ने मानिसहरूको संख्या प्राय: पाँच हजार भयो।"},{"id":5,"text":"भोलिपल्ट यिनीहरूका शासकहरू, धर्म-गुरुहरू र शास्त्रीहरू यरूशलेममा भेला भएका थिए। "},{"id":6,"text":"प्रधान पूजाहारी हन्नास, कैयाफा, यूहन्ना, अलेक्जेन्डर र प्रधान पूजाहारीका परिवारका जम्मै त्यहाँ थिए। "},{"id":7,"text":"तिनीहरूले पत्रुस र यूहन्नालाई बीचमा खड़ा गराएर सोधे, “कुन शक्तिबाट अथवा कसको नाउँमा तिमीहरूले यो गरेका हौ?”"},{"id":8,"text":"तब पवित्र आत्माले भरिपूर्ण भएर पत्रुसले तिनीहरूलाई भने, “मानिसहरूका शासक र धर्म-गुरु हो, "},{"id":9,"text":"आज हामीले एक जना लङ्गड़ो मानिसप्रति एउटा असल काम गरेको विषयमा त्यो कुन उपायले निको पारियो भनेर प्रश्न गर्नुहुन्छ भने, "},{"id":10,"text":"तपाईंहरू सबैलाई र इस्राएलका सारा मानिसलाई थाहा होस्, कि तपाईंहरूले क्रूसमा टाँग्नुभएको र परमेश्वरले मृतकबाट जीवित पार्नुभएका, उनै नासरतका येशू ख्रीष्टको नाउँमा यो मानिस तपाईंहरूका सामुन्ने निको भएर उभिएको छ।"},{"id":11,"text":"‘यो त्यही ढुङ्गो हो, जो तपाईं,\nनिर्माताहरूले इन्कार गर्नुभएको थियो,\nसो अहिले कुनाको शिर-ढुङ्गो हुन आएको छ।’"},{"id":12,"text":"अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन।”"},{"id":13,"text":"जब तिनीहरूले पत्रुस र यूहन्नाको साहस देखे, र यिनीहरू अशिक्षित र साधारण मानिसहरू रहेछन् भनी थाहा पाए, तब तिनीहरू छक्क परे, र यिनीहरू येशूको साथमा रहन्थे भन्ने तिनीहरूले थाहा पाए। "},{"id":14,"text":"तर निको भएको मानिसलाई यिनीहरूसँग उभिरहेको देखेर तिनीहरूले केही बोल्न सकेनन्। "},{"id":15,"text":"यसैले यिनीहरूलाई महासभाबाट बाहिर जाने आज्ञा दिएर तिनीहरूले यसो भनी आपसमा मतो गरे, "},{"id":16,"text":"“यी मानिसहरूलाई अब हामीले के गर्ने हो? किनभने साँच्ची नै यिनीहरूबाट एउटा अचम्मको काम भएको छ भन्ने यरूशलेमका बासिन्दा जम्मैलाई प्रकट भइसकेको छ, र हामी यो इन्कार गर्न सक्दैनौं। "},{"id":17,"text":"तर यो कुरो जनतामा नफैलिओस् भनी ‘फेरि यस नाउँमा कुनै मानिससँग तिमीहरू केही नबोल्नू’ भनी हामीले यिनीहरूलाई चेताउनी दिनुपर्छ।”"},{"id":18,"text":"अनि यिनीहरूलाई बोलाएर “अब उप्रान्त येशूको नाउँमा नबोल्नू र कुनै शिक्षा नदिनू” भनी तिनीहरूले आज्ञा दिए।"},{"id":19,"text":"तर पत्रुस र यूहन्नाले तिनीहरूलाई उत्तर दिए, “परमेश्वरको कुरा सुन्नुभन्दा तपाईंहरूको कुरा सुन्नु परमेश्वरको दृष्टिमा ठीक हो कि होइन तपाईंहरू आफै विचार गर्नुहोस्। "},{"id":20,"text":"किनकि हामीले देखेका र सुनेका कुराहरू हामी नबोली सक्दैसक्दैनौं।”"},{"id":21,"text":"तिनीहरूले सजाय दिने केही उपाय नभएर यिनीहरूलाई अझ बढ़ी धम्काएर छोडिदिए, किनभने जे घटना घटेको थियो त्यसको निम्ति सबै मानिसहरूले परमेश्वरको प्रशंसा गरिरहेका थिए। "},{"id":22,"text":"किनकि जुन मानिस आश्चर्य कामद्वारा निको पारिएको थियो, त्यसको उमेर चालीस वर्षभन्दा बढ़ी थियो।"},{"id":23,"text":"छुटकारा पाएर तिनीहरू आफ्ना साथीहरूकहाँ आए, र मुख्य पूजाहारीहरू र धर्म-गुरुहरूले भनेका सबै कुराहरू उनीहरूलाई बताइदिए। "},{"id":24,"text":"जब तिनीहरूले यो सुने, तब तिनीहरूले एकसाथ परमेश्वरतिर आफ्ना सोर उचाली भने, “हे प्रभु, जसले स्वर्ग, पृथ्वी, समुद्र र तिनमा भएका यावत् थोक बनाउनुभयो,"},{"id":25,"text":"जसले पवित्र आत्माद्वारा आफ्ना सेवक हाम्रा पुर्खा दाऊदका मुखबाट भन्नुभयो,\n‘अन्यजातिहरू किन झोकिए,\nर मानिसहरूले व्यर्थका कुराहरू किन कल्पना गरे?"},{"id":26,"text":"परमप्रभुको विरुद्धमा र उहाँका अभिषिक्त जनको विरुद्धमा पृथ्वीका राजाहरू खड़ा भए,\nर शासकहरू एकसाथ भेला भए।’"},{"id":27,"text":"किनभने साँच्चै तपाईंले अभिषेक गर्नुभएका, तपाईंका पवित्र सेवक येशूको विरुद्धमा हेरोद र पन्तियस पिलातस दुवै जना, अन्यजाति र इस्राएलीहरूसँग यसै सहरमा भेला भएका थिए।"},{"id":28,"text":"त्यही गर्नलाई जे तपाईंको बाहुलीबाट र तपाईंको योजनाअनुसार अघिबाटै ठहराइएको थियो। "},{"id":29,"text":"अब हे प्रभु, तिनीहरूका धम्कीमाथि नजर गर्नुहोस्, र तपाईंका दासहरूलाई पूरा साहससित तपाईंको वचन बोल्न दिनुहोस्, "},{"id":30,"text":"र निको पार्नलाई तपाईंले आफ्नो बाहुली फैलाउनुहुँदा, आफ्ना पवित्र सेवक येशूको नाउँद्वारा चिन्ह र आश्चर्य कामहरू होऊन्।”"},{"id":31,"text":"तिनीहरूले प्रार्थना गरिसकेपछि तिनीहरू भेला भएको ठाउँमा कम्प भयो, र तिनीहरू सबै जना पवित्र आत्माले भरिए, र तिनीहरूले साहससित परमेश्वरको वचन बोले।"},{"id":32,"text":"विश्वास गर्नेहरूको समूह सबै एकै हृदय र एकै आत्माका भएका थिए, र तिनीहरूमध्ये एउटाले पनि आफ्नो धन-सम्पत्तिको केही थोक यो मेरो आफ्नो हो भनी भन्दैन थियो, तर तिनीहरूका सबै थोक साझा थिए।"},{"id":33,"text":"ती प्रेरितहरूले बड़ो शक्तिसाथ प्रभु येशूका पुनरुत्थानको गवाही दिन्थे, र तिनीहरू सबैमाथि ठूलो अनुग्रह रहेको थियो। "},{"id":34,"text":"तिनीहरूमध्ये कसैलाई केही कुराको खाँचो पर्दैनथ्यो, किनकि जति जना जग्गा जमिन कि घरका मालिक थिए, तिनीहरूले ती बेचेर त्यसको मोल ल्याउँथे, "},{"id":35,"text":"र प्रेरितहरूका चरणमा राखिदिन्थे, र जस-जसलाई जे-जे कुराको खाँचो पर्थ्यो, सो हरेकलाई बाँड़िदिन्थे।"},{"id":36,"text":"अब साइप्रस देशको लेवी कुलका योसेफ, जसलाई प्रेरितहरूले बारनाबास भनी नाउँ राखेका थिए (जसको अर्थ उत्साहको पुत्र हो), "},{"id":37,"text":"उनले आफ्नो जमिन बेचे र त्यो रकम ल्याएर प्रेरितहरूका चरणमा राखिदिए।"}]},{"id":5,"title":"प्रेरित 5","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ACT/5-7047333202d4038c1ee3f41cec7b5091.mp3?version_id=1483","verses":[{"id":1,"text":"तर हननिया नाउँका कोही एक जना र तिनकी पत्नी सफीराले एक टुक्रा जमिन बेचे, "},{"id":2,"text":"र त्यसको मोलबाट तिनकी पत्नीकै जानकारीमा केही हिस्सा आफूसँग राखे, र केही हिस्सा ल्याएर प्रेरितहरूका चरणमा राखिदिए।"},{"id":3,"text":"तर पत्रुसले भने, “ए हननिया, पवित्र आत्मासँग झूट बोल्ने र जमिनको बिक्रीको मोलबाट केही हिस्सा आफूसँग राख्ने कुरा शैतानले कसरी तिम्रो मनमा भरिदियो? "},{"id":4,"text":"त्यो बिक्री नभइञ्जेल के त्यो तिम्रो आफ्नै थिएन? र त्यो बिक्री भएपछि पनि त्यो तिम्रै अधिकारमा थिएन र? यस्तो काम गर्ने विचार तिम्रो हृदयमा कसरी आयो? तिमीले मानिसहरूलाई त होइन, तर परमेश्वरलाई नै ढाँटेका छौ।”"},{"id":5,"text":"यो कुरा सुनेर हननिया भूइँमा लड़े र तिनले प्राण त्यागे। यो सुन्नेहरू सबैमाथि ठूलो डर छायो। "},{"id":6,"text":"तब जवानहरूले उठेर तिनलाई लुगाले बेह्रे र बाहिर बोकी लगे, र गाडिदिए।"},{"id":7,"text":"जे भइसकेको थियो सो थाहा नपाई प्राय: तीन घण्टापछि तिनकी पत्नी पनि भित्र आई। "},{"id":8,"text":"पत्रुसले त्यसलाई सोधे, “मलाई भन, तिमीहरूले जमिन त्यत्तिमै बेचेका हौ?”अनि त्यसले भनी, “ज्यू, त्यत्तिमै।”"},{"id":9,"text":"तर पत्रुसले त्यसलाई भने, “तिमीहरूले प्रभुका आत्माको परीक्षा गर्न कसरी मिलेर मतो गर्यौ? हेर, तिम्रा पतिलाई गाड्नेहरू ढोकामै छन् र तिनीहरूले तिमीलाई बोकेर बाहिर लैजानेछन्।”"},{"id":10,"text":"अनि तुरुन्तै त्यो उनका पाउनेर लड़ी र प्राण त्याग गरी। जब जवानहरू भित्र आए, त्यसलाई मरिसकेकी देखेर बाहिर बोकेर लगे, र त्यसको पतिको नजिकमा गाडिदिए। "},{"id":11,"text":"सारा मण्डलीमाथि र यी कुरा सुन्ने सबैमाथि ठूलो डर छायो।"},{"id":12,"text":"अब प्रेरितहरूका हातबाट धेरै चिन्हहरू र आश्चर्यकर्महरू जनताका बीचमा हुन लागे, र तिनीहरू सबै सोलोमनको दलानमा एकसाथ जम्मा भएका थिए। "},{"id":13,"text":"तर अरूहरूमध्ये कसैको पनि तिनीहरूसँग मिल्न आउने आँट भएन, तैपनि मानिसहरूले तिनीहरूलाई आदर गर्थे। "},{"id":14,"text":"प्रभुमा विश्वास गर्ने पुरुष र स्त्रीहरू दुवैको भीड झन् बढ़ी थपिन लागे, "},{"id":15,"text":"यहाँसम्म कि मानिसहरूले सड़क-सड़कमा बिरामीहरूलाई ल्याए, र पत्रुस आउँदा तिनको छाया मात्र भए पनि तिनीहरूमध्ये कोही-कोहीमाथि परोस् भनी ओछ्यान र खाटहरूमा तिनीहरूलाई सुताइराख्थे। "},{"id":16,"text":"यरूशलेमका वरिपरिका सहरहरूबाट पनि धेरै मानिसहरूले बिरामीहरू र अशुद्ध आत्माले सताएकाहरूलाई लिएर आउँथे र ती सबै निको हुन्थे।"},{"id":17,"text":"प्रधान पूजाहारी र तिनीसँग हुने सबै (जो सदुकी पन्थका थिए) डाहले भरिएर प्रेरितहरूका विरुद्धमा खड़ा भए, "},{"id":18,"text":"र तिनीहरूलाई पक्रेर सार्वजनिक झ्यालखानमा हालिदिए। "},{"id":19,"text":"तर प्रभुका एउटा दूतले राती झ्यालखानका ढोकाहरू खोलिदिए, र तिनीहरूलाई बाहिर ल्याएर भने, "},{"id":20,"text":"“जाओ र मन्दिरमा खड़ा भएर यस जीवनका सारा सन्देश मानिसहरूलाई सुनाओ।”"},{"id":21,"text":"यो सुनेपछि तिनीहरू एकाबिहानै मन्दिरभित्र पसे र शिक्षा दिन थाले। तर प्रधान पूजाहारी र तिनीसँग हुनेहरू आए, र महासभा, अर्थात् इस्राएलीहरूको सम्पूर्ण सभाका सबैलाई बोलाए, र प्रेरितहरूलाई झ्यालखानबाट ल्याउन मानिसहरू पठाए। "},{"id":22,"text":"तर अधिकृतहरूले तिनीहरूलाई झ्यालखानमा नभेट्टाउँदा फर्की आएर यो खबर दिए, "},{"id":23,"text":"“हामीले झ्यालखानमा सुरक्षितसाथ ताला लाएका र पालेहरू ढोकाहरूमा खड़ा भएकै देख्यौं, तर ढोका उघार्दा हामीले भित्र कसैलाई भेट्टाएनौं।” "},{"id":24,"text":"जब मन्दिरका कप्तान र मुख्य पूजाहारीहरूले यो खबर सुने तब यी सबको नतीजा के हुने हो भनी तिनीहरू प्रेरितहरूका विषयमा अन्योलमा परे।"},{"id":25,"text":"तर कोही एक जनाले आएर तिनीहरूलाई भन्यो, “हेर्नुहोस्, तपाईंहरूले जुन मानिसहरूलाई झ्यालखानमा राख्नुभएको थियो तिनीहरू मन्दिरमा खड़ा भएर मानिसहरूलाई शिक्षा दिइरहेछन्।” "},{"id":26,"text":"तब अफिसरहरूका साथमा कप्तान गईकन तिनीहरूलाई बलजफत नगरिकन ल्याए, किनभने मानिसहरूले तिनीहरूलाई ढुङ्गाले हान्लान् भनी तिनीहरू डराए।"},{"id":27,"text":"उनीहरूले तिनीहरूलाई ल्याएर महासभाको अगाडि खड़ा गराए, र प्रधान पूजाहारीले तिनीहरूलाई सोधे, "},{"id":28,"text":"“हामीले तिमीहरूलाई यस नाउँमा केही शिक्षा नदिने कड़ा आज्ञा दिएका थियौं, तर तिमीहरूले आफ्ना शिक्षाले सारा यरूशलेम भरिसक्यौ, र त्यस मानिसका रक्तपातको दोष हामीमाथि ल्याउन चाहन्छौ।” "},{"id":29,"text":"तर पत्रुस र प्रेरितहरूले भने, “हामीले मानिसहरूको होइन तर परमेश्वरको आज्ञा पालन गर्नैपर्छ। "},{"id":30,"text":"हाम्रा पिता-पुर्खाका परमेश्वरले येशूलाई मृतकबाट जीवित पार्नुभयो, जसलाई तपाईंहरूले काठमा टाँगेर मार्नुभएको थियो। "},{"id":31,"text":"परमेश्वरले इस्राएलको पश्चात्तापको लागि र तिनीहरूका पापहरूको क्षमा दिन उहाँलाई राजा र मुक्तिदाता तुल्याईकन आफ्नो दाहिने बाहुलीले उच्च पार्नुभयो। "},{"id":32,"text":"यी सबै कुराका हामी साक्षी छौं, र त्यस्तै गरी पवित्र आत्मा पनि, जसलाई परमेश्वरले आफ्ना आज्ञा पालन गर्नेहरूलाई दिनुभएको छ।”"},{"id":33,"text":"तर जब उनीहरूले यो सुने तब उनीहरू साह्रै रिसाए, र तिनीहरूलाई मार्न खोजे। "},{"id":34,"text":"तर व्यवस्थाका पण्डित र जनतामा माननीय गमलिएल नाम भएका फरिसीले महासभामा उठेर तिनीहरूलाई केही बेर बाहिर जाने आदेश दिए, "},{"id":35,"text":"र उनले महासभाका मानिसहरूलाई भने, “इस्राएली हो, यी मानिसहरूलाई तपाईंहरूले जे गर्न आँट्नुभएको छ, त्यसमा होशियार हुनुहोस्। "},{"id":36,"text":"किनकि आजभन्दा अघि पनि थूदासले कोही हुँ भन्ने दाबी गर्यो र प्राय: चार सय मानिसहरू त्यसको पछि लागे। त्यो मारियो, र त्यसको पछि लाग्नेहरू सबै छरपष्ट भए र सब व्यर्थ भयो। "},{"id":37,"text":"यस मानिसपछि जनगणनाको समयमा गालीलको यहूदा भन्ने खड़ा भयो, र कतिपय मानिसहरूलाई आफूतिर खिँच्यो। त्यो पनि नष्ट भयो, र त्यसलाई मान्नेहरू यताउता छरिएर गए। "},{"id":38,"text":"अहिलेको यस मामिलामा म तपाईंहरूलाई भन्दछु, कि यी मानिसहरूबाट अलग्ग बस्नुहोस्, र यिनीहरूलाई छोडिदिनुहोस्, किनकि यिनीहरूको यो योजना अथवा यो काम मानिसहरूबाट रहेछ भने त्यो आफै मेटिनेछ। "},{"id":39,"text":"तर यदि यो परमेश्वरबाट हो भनेता तपाईंहरूले यसलाई रोक्न सक्नुहुन्न। नत्रता तपाईंहरू परमेश्वरको विरुद्धमा उठेका ठहरिनुहुनेछ।”"},{"id":40,"text":"तब उनीहरूले तिनका सल्लाह माने। अनि उनीहरूले प्रेरितहरूलाई भित्र बोलाएर पिटे, र “येशूको नाउँमा नबोल्नू” भन्ने आज्ञा दिई तिनीहरूलाई छोडिदिए। "},{"id":41,"text":"तब येशूको नाउँमा अपमान सहने योग्यका ठहरियौं भन्ने कुरामा आनन्द मनाउँदै तिनीहरू महासभाको उपस्थितिबाट निस्केर गए। "},{"id":42,"text":"अनि हरेक दिन तिनीहरूले मन्दिरमा र घर-घरमा गएर येशू नै ख्रीष्ट हुनुहुन्छ भनी सिकाउन र प्रचार गर्न छोड़ेनन्।"}]},{"id":6,"title":"प्रेरित 6","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ACT/6-e8e6089b6a53bc29904235a534800909.mp3?version_id=1483","verses":[{"id":1,"text":"ती दिनमा जब चेलाहरूको संख्या बढ्दैगएको थियो, तब हिब्रूहरूका विरुद्धमा ग्रीक-यहूदीहरूले गनगन गरे, किनभने दैनिक खाद्य वितरणमा तिनीहरूका विधवाहरूले चाहिँदो भोजन पाउँदैनथिए। "},{"id":2,"text":"तब बाह्रैले चेलाहरूको समूहलाई बोलाएर भने, “परमेश्वरको वचन प्रचार गर्न छोड़ेर खुवाउने-पियाउने सेवा गर्न हामीलाई उचित हुँदैन। "},{"id":3,"text":"यसकारण भाइ हो, तिमीहरू मध्येबाट पवित्र आत्मा र बुद्धिले भरिएका र सबैको आदर पाएका सात जना मानिस छान जसलाई हामी यस काममा नियुक्त गरौं। "},{"id":4,"text":"तर हामीचाहिँ प्रार्थना र वचनको सेवकाइमा सम्पूर्ण समय दिनेछौं।”"},{"id":5,"text":"यो कुरा समूहका सबैलाई मन पर्यो र भेला भएका जम्मैलाई असल लाग्यो, र तिनीहरूले पवित्र आत्मा र विश्वासले भरिपूर्ण भएका स्तिफनस, फिलिप, प्रखरस, निकनोर, तीमोन, पर्मिनास र एन्टिओखियाका यहूदी मत मान्ने निकोलाउसलाई छाने। "},{"id":6,"text":"तिनीहरूले यी मानिसहरूलाई प्रेरितहरूका सामुन्ने ल्याए र प्रेरितहरूले प्रार्थना गरे र यिनीहरूमाथि आफ्ना हात राखे।"},{"id":7,"text":"परमेश्वरको वचन बढ्दैगयो, र चेलाहरूको संख्या यरूशलेममा अत्यन्तै बढ़्यो। पूजाहारीहरूमध्ये धेरै जनाले यस विश्वासलाई ग्रहण गरे।"},{"id":8,"text":"स्तिफनसले अनुग्रह र शक्तिले पूर्ण भएर मानिसहरूका बीचमा ठूला-ठूला अचम्मका काम र चिन्हहरू गरे। "},{"id":9,"text":"तर कोही-कोहीचाहिँ जो स्वतन्त्र-दलका सभाघरकाहरू (यसको नाम यही थियो), र कुरेनी, अलेक्जेन्ड्रिया, किलिकिया र एशियाका मानिसहरू थिए, तिनीहरूले खड़ा भई स्तिफनससँग वाद-विवाद गर्न लागे। "},{"id":10,"text":"तिनी जुन बुद्धिले र आत्माद्वारा बोल्थे, तिनीहरूले त्यसको सामना गर्न सकेनन्।"},{"id":11,"text":"तब तिनीहरूले गुप्तमा मानिसहरूलाई उक्साएर यसो भन्न लाए, “मोशा र परमेश्वरको विरुद्धमा यसले निन्दात्मक कुरा बोलेको हामीले सुन्यौं।”"},{"id":12,"text":"तब तिनीहरूले जनता, धर्म-गुरु र शास्त्रीहरूलाई भड्काए, र तिनीहरूलाई हमला गरे र पक्रेर महासभामा ल्याए। "},{"id":13,"text":"तिनीहरूले यसो भन्ने झूटा साक्षीहरूलाई अगि सारे, “यस मानिसले पवित्रस्थान र व्यवस्थाको विरुद्धमा कुराहरू बोल्न छोड्दैन। "},{"id":14,"text":"किनभने यसले यसो भनेको हामीले सुन्यौं, ‘नासरतका येशूले यस ठाउँलाई नाश गर्नेछ, र मोशाले हामीलाई दिएका रीतिथिति पनि बदली गरिदिनेछ’।”"},{"id":15,"text":"महासभामा बसेका ती सबैले तिनलाई नियालेर हेरे, र तिनको मोहड़ा स्वर्गदूतको मोहड़ाजस्तै देखे।"}]},{"id":7,"title":"प्रेरित 7","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ACT/7-1289aa23f044749cb368f85452b9a872.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब प्रधान पूजाहारीले सोधे, “के यी कुरा ठीक हुन्?”"},{"id":2,"text":"तिनले भने, “दाजुभाइ र बुबा हो, सुन्नुहोस्। महिमाका परमेश्वरले हाम्रा पितामह अब्राहामलाई तिनी हारानमा बस्न अघि मेसोपोटामियामा छँदा दर्शन दिनुभएको थियो,"},{"id":3,"text":"र तिनलाई भन्नुभएको थियो, ‘तिमी आफ्नो देश र आफ्ना कुटुम्बबाट निस्केर, जुन देश म तिमीलाई देखाउँछु, त्यहाँ जाऊ।’"},{"id":4,"text":"“तब तिनी कल्दीहरूको देशबाट निस्केर हारानमा आएर बसे, र तिनका पिताको मृत्यु भएपछि परमेश्वरले तिनलाई त्यहाँबाट यस मुलुकमा सार्नुभयो, जहाँ अहिले तपाईंहरू वास गर्नुहुन्छ।"},{"id":5,"text":"तिनलाई त्यस ठाउँमा जायजात त परै जाओस्, पाइला राख्ने ठाउँसम्म पनि दिनुभएन। तर तिनको सन्तान नभए तापनि त्यो जायजात परमेश्वरले तिनका सन्तान-दरसन्तानलाई निजी सम्पत्तिको रूपमा दिने प्रतिज्ञा गर्नुभयो।"},{"id":6,"text":"परमेश्वरले यसरी भन्नुभयो, ‘तेरा सन्तान अर्काको मुलुकमा गएर बस्नुपर्नेछ, र उनीहरूले तिनीहरूलाई कमारा तुल्याएर चार सय वर्षसम्म थिचोमिचो गरी राख्नेछन्।’"},{"id":7,"text":"परमेश्वरले भन्नुभयो ‘तर तिनीहरू जुन जातिका कमारा भएर बस्नेछन् त्यस जातिको इन्साफ म गर्नेछु। त्यसपछि तिनीहरू निस्किआएर यसै ठाउँमा मेरो आराधना गर्नेछन्।’"},{"id":8,"text":"उहाँले तिनीसँग खतनाको करार बाँध्नुभयो, र अब्राहाम इसहाकका पिता भएर आठौँ दिनमा इसहाकको खतना गरे। इसहाक याकूबका पिता भए, र याकूब बाह्रै कुलका पिता भए।"},{"id":9,"text":"“कुलपतिहरूले योसेफसँग डाह गरेर तिनलाई मिश्रदेशमा बेचिदिए। तर परमेश्वर तिनीसँग हुनुहुन्थ्यो। "},{"id":10,"text":"परमेश्वरले तिनका सारा कष्टबाट छुटाएर मिश्रदेशका राजा फारोको सामुन्ने तिनलाई कृपा गर्नुभयो र बुद्धि दिनुभयो, र फारोले तिनलाई मिश्रदेश र उनका सारा घरका हाकिम तुल्याए।"},{"id":11,"text":"“त्यसपछि सारा मिश्रदेश र कनानमा अनिकाल परेर ठूलो कष्ट भयो, र हाम्रा पुर्खाहरूले अन्न पाएनन्।"},{"id":12,"text":"तर याकूबले मिश्रदेशमा अन्न छ भन्ने कुरा सुनेर हाम्रा पुर्खाहरूलाई पहिलो पल्ट त्यहाँ पठाए। "},{"id":13,"text":"दोस्रो पटकको भेटमा योसेफले तिनका दाजुभाइहरूलाई आफ्नो परिचय दिए, र योसेफको परिवार पनि फारोकहाँ जाहेर भयो।"},{"id":14,"text":"योसेफले आफ्ना बुबा याकूबलाई र आफ्ना जम्मै कुटुम्बलाई, जो पचहत्तर प्राणी थिए, उनीकहाँ डाकिपठाए।"},{"id":15,"text":"याकूब मिश्रदेशमा गए, र त्यहीँ उनको देहान्त भयो, र हाम्रा पुर्खाहरूको पनि त्यहाँ नै देहान्त भयो।"},{"id":16,"text":"त्यसपछि तिनीहरूका मृत शरीर शकेममा लगे, र अब्राहामले शकेममा हमोरका छोराहरूबाट दाम तिरेर किनेको चिहानमा राखे।"},{"id":17,"text":"“तर जब परमेश्वरले अब्राहामलाई गर्नुभएको करार पूरा हुने समय नजिक आयो तब मिश्रदेशमा ती मानिसहरू बढ्न लागे, र तिनीहरूको संख्यामा वृद्धि भयो।"},{"id":18,"text":"तब मिश्रदेशमा योसेफलाई नचिन्ने अर्का राजा खड़ा भए। "},{"id":19,"text":"उनले हाम्रा जातिसँग धूर्तताको व्यवहार गरे, र हाम्रा पुर्खाहरूलाई तिनका शिशुहरू बाहिर ल्याएर राख्न कर लाउँथे, र यसरी भर्खर जन्मेका सबै शिशुहरू मर्थे।"},{"id":20,"text":"“यसै बेला मोशाको जन्म भयो। तिनी परमेश्वरको दृष्टिमा सुन्दर थिए। तिनी तीन महिनासम्म आफ्ना पिताको घरमा पालिए।"},{"id":21,"text":"तिनी बाहिर फालिएपछि फारोकी छोरीले तिनलाई उठाएर लगिन्, र आफ्नै छोरा तुल्याएर पालिन्।"},{"id":22,"text":"मोशालाई मिश्रीहरूका सारा विद्यामा शिक्षा दिइयो, र मोशा आफ्ना वचन र काममा शक्तिशाली भए।"},{"id":23,"text":"“जब तिनी चालीस वर्षका भए, तब आफ्ना इस्राएली दाजुभाइहरूलाई भेट गर्ने इच्छा तिनको हृदयमा उठ्यो।"},{"id":24,"text":"आफ्ना जातभाइमध्ये एक जनामाथि अन्याय भइरहेको देखेर, तिनले त्यसलाई रक्षा गरे, र त्यस अन्याय गर्ने मिश्रीलाई मारी आफ्ना भाइमाथि भएको अत्याचारको बदला लिए। "},{"id":25,"text":"परमेश्वरले मेरो हातबाट तिनीहरूको उद्धार गर्नुहुन्छ भन्ने मेरा भाइबन्धुले बुझ्लान् भन्ने तिनले विचार गरेका थिए। तर तिनीहरूले सो बुझेनन्। "},{"id":26,"text":"भोलिपल्ट तिनीहरू नै आपसमा झगड़ा गरिरहेको बेलामा तिनी आए, र तिनीहरूलाई मिलाउने कोसिस गरेर भने, ‘मानिस हो, तिमीहरू त दाजुभाइ हौ, तब किन एउटाले अर्कालाई अन्याय गर्छौ?’"},{"id":27,"text":"“तर आफ्नो छिमेकीमाथि अन्याय गर्नेले तिनलाई यसो भनेर घचेटिदियो, ‘हामीमाथि हाकिम र न्यायकर्ता हुन तिमीलाई कसले नियुक्त गर्यो? "},{"id":28,"text":"हिजो त्यस मिश्रीलाई मारेजस्तो तिमी मलाई पनि मार्न चाहन्छौ?’ "},{"id":29,"text":"यस्तो जवाफ सुनेर मोशा भागेर मिद्यान देशमा गई प्रवासी भए। त्यहाँ तिनका दुई छोराहरू जन्मे।"},{"id":30,"text":"“चालीस वर्ष बितेपछि सीनै पर्वतको उजाड-स्थानमा जलिरहेको पोथ्राको ज्वालामा एउटा स्वर्गदूत तिनीकहाँ देखा परे।"},{"id":31,"text":"जब मोशाले यो देखे तब तिनी यस दर्शनले छक्क परे, र त्यो हेर्नलाई नजिक जाँदा परमप्रभुको यस्तो वाणी भयो, "},{"id":32,"text":"‘म तिम्रा पुर्खाहरूका परमेश्वर हुँ— अब्राहाम, इसहाक र याकूबका परमेश्वर।’ मोशा काम्न लागे, र तिनले त्यतातिर हेर्नेसम्म आँट गरेनन्।"},{"id":33,"text":"“तब परमप्रभुले तिनलाई भन्नुभयो, ‘तिम्रा खुट्टाका जुत्ता फुकाल, किनकि जुन स्थानमा तिमी खड़ा छौ, त्यो पवित्र स्थान हो। "},{"id":34,"text":"मिश्रमा भएका मेरा प्रजाको दुर्दशा मैले देखें, र तिनीहरूको बिलौना पनि सुनें। तिनीहरूलाई छुटकारा दिन म ओर्लिआएको छु। अब आऊ, म तिमीलाई मिश्रदेशमा पठाउनेछु।’"},{"id":35,"text":"“यही मोशा, जसलाई तिनीहरूले ‘कसले तिमीलाई हाकिम र न्यायकर्ता तुल्यायो’ भनेर इन्कार गरेका थिए, तिनलाई परमेश्वरले पोथ्रामा देखा पर्ने स्वर्गदूतद्वारा हाकिम र उद्धारकर्ता तुल्याएर पठाउनुभयो।"},{"id":36,"text":"यिनै मानिसले मिश्रदेशमा, लाल समुद्रमा र चालीस वर्षभरि उजाड-स्थानमा उदेकका काम र चिन्हहरू गरिकन तिनीहरूलाई बाहिर ल्याए।"},{"id":37,"text":"“ती तिनै मोशा हुन्, जसले इस्राएलीहरूलाई भनेका थिए, ‘परमेश्वरले मलाई खड़ा गर्नुभएजस्तै तिमीहरूका दाजुभाइहरूमध्येबाट तिमीहरूका निम्ति एक जना अगमवक्ता खड़ा गर्नुहुनेछ।’"},{"id":38,"text":"यी तिनै मोशा हुन्, जो उजाड-स्थानमा भएको समुदायमा स्वर्गदूतसँग थिए, जुन स्वर्गदूतले सीनै पर्वतमा र हाम्रा पुर्खाहरूसँग बोलेका थिए, र तिनैले हामीलाई दिनका निम्ति जीवित वाणीहरू पाएका थिए।"},{"id":39,"text":"“हाम्रा पुर्खाहरूले तिनको आज्ञापालन गर्न इन्कार गरे। तिनीहरूले तिनलाई पन्छाएर मिश्रदेशमै फर्केर जाने मन गरे। "},{"id":40,"text":"तिनीहरूले हारूनलाई यसो भने, ‘हाम्रा अगिअगि लाग्ने कोही देवताहरू हाम्रा निम्ति बनाइदिनुहोस्, किनकि हामीलाई मिश्रदेशबाट निकालेर ल्याउने यी मोशालाई के कसो भयो हामी जान्दैनौं।’"},{"id":41,"text":"ती दिनमा तिनीहरूले एउटा बाछाको मूर्ति बनाए, र त्यसमा बलि पनि चढ़ाए, र आफ्ना हातको काममा खुशी मनाए।"},{"id":42,"text":"तर परमेश्वरले तिनीहरूलाई तिरस्कार गर्नुभयो, र तिनीहरूलाई आकाशका तारामण्डलको उपासना गर्न छोडिदिनुभयो, जस्तो अगमवक्ताहरूका पुस्तकमा लेखिएको छ,\n‘इस्राएलका मानिस हो, के तिमीहरूले चालीस वर्षसम्म\nउजाड-स्थानमा मलाई पशुबलि र भेटीहरू चढ़ायौ?"},{"id":43,"text":"तिमीहरूले मोलोखको तम्बू र रेफन देवताको तारा,\nर तिमीहरूले पुज्नलाई बनाएका मूर्तिहरू उठाइलग्यौ।\nअब म तिमीहरूलाई बेबिलोनदेखि पारी निर्वासित गर्नेछु।’"},{"id":44,"text":"“उजाड-स्थानमा हाम्रा पुर्खाहरूका गवाहीको मण्डप थियो। मोशाले देखेका नमूनाबमोजिम परमेश्वरको आदेशअनुसार यो बनिएको थियो।"},{"id":45,"text":"हाम्रा पुर्खाहरूले पनि उनीहरूको पालोमा अन्यजातिहरूको देश अधिकारमा ल्याउँदा यहोशूको साथमा त्यो तम्बू ल्याए। दाऊदको पालोसम्मै त्यो त्यहीँ रह्यो।"},{"id":46,"text":"तिनले परमेश्वरको निगाह पाए, र याकूबका परमेश्वरको निम्ति एउटा वासस्थान बनाउने अनुमति मागे।"},{"id":47,"text":"तर उहाँको निम्ति भवनचाहिँ सोलोमनले बनाए।"},{"id":48,"text":"“तर हातले बनाएका भवनहरूमा परमेश्वर वास गर्नुहुन्न, जस्तो अगमवक्ताले भनेका छन्,"},{"id":49,"text":"‘मेरो सिंहासन स्वर्ग हो,\nर पृथ्वी मेरो खुट्टाको पाउदान,\nतिमीहरूले मेरो निम्ति कस्तो भवन बनाउने हो? परमप्रभु भन्नुहुन्छ, मेरो विश्रामको ठाउँ कुन हो?"},{"id":50,"text":"के यी सबै थोक मेरै हातले बनाएका होइनन् र?’"},{"id":51,"text":"“हे हठी मानिसहरू हो, कठोर हृदय र बहिरा कान भएका हो, तपाईंहरू सधैँ पवित्र आत्माको विरोध गर्नुहुन्छ। तपाईंहरूका पुर्खाले जस्तो गरे तपाईंहरू पनि त्यस्तै गर्नुहुन्छ।"},{"id":52,"text":"अगमवक्ताहरूमध्ये कुनचाहिँलाई तपाईंहरूका पुर्खाहरूले सताएनन्? उनीहरूले धार्मिक जनको आगमन अघिबाटै घोषणा गर्नेहरू सबैको हत्या गरे। उहाँलाई तपाईंहरूले विश्वासघात गर्नुभयो, र उहाँको हत्या गर्नुभयो। ती सबैलाई मारे, जसले ती धार्मिक जनको आउने समाचार अगाडिदेखि नै सुनाएका थिए। अब तपाईंहरूचाहिँ उहाँकै विश्वासघातक र ज्यानमारा हुनुभएको छ। "},{"id":53,"text":"स्वर्गदूतहरूले सुम्पेको व्यवस्था तपाईंहरूले पाउनुभयो, तर त्यसको पालन गर्नुभएन।”"},{"id":54,"text":"जब तिनीहरूले यी कुरा सुने तब तिनीहरू क्रुद्ध भए र रीसले दाह्रा किट्न लागे। "},{"id":55,"text":"तर तिनले चाहिँ पवित्र आत्माले भरिपूर्ण भईकन स्वर्गतिर एकटक लाएर हेरे, र परमेश्वरको महिमा र येशूलाई परमेश्वरको दाहिनेपट्टि उभिरहनुभएको देखे। "},{"id":56,"text":"तिनले भने, “हेर, स्वर्ग उघ्रेको म देख्छु, र मानिसको पुत्रलाई परमेश्वरको दाहिनेपट्टि उभिरहनुभएको म देख्तछु।”"},{"id":57,"text":"तर तिनीहरू उच्च सोरले कराई उठे, र आ-आफ्ना कान थुने, र तिनीहरू एकसाथ तिनीमाथि झम्टे। "},{"id":58,"text":"तिनीहरूले तिनलाई सहर बाहिर निकाली लगे, र तिनीमाथि ढुङ्गा बर्साए। र साक्षीहरूले आफ्ना वस्त्रहरू शाऊल नाउँ भएको एक जना युवकका खुट्टानेर राखे।"},{"id":59,"text":"जसै तिनीहरूले स्तिफनसमाथि ढुङ्गा हानिरहेका थिए, तिनले प्रार्थना गरे, “हे प्रभु येशू, मेरो आत्मालाई ग्रहण गर्नुहोस्।” "},{"id":60,"text":"तिनले घुँडा टेकेर ठूलो सोरले कराएर भने, “हे प्रभु, यो पापको दोष यिनीहरूलाई नलागोस्।” यति भनेर तिनले प्राण त्याग गरे।"}]},{"id":8,"title":"प्रेरित 8","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ACT/8-4ac57b2a0ed2a425c6e63654abd0a987.mp3?version_id=1483","verses":[{"id":1,"text":"तिनको हत्यामा शाऊल पनि सहमत थिए। त्यसै दिन यरूशलेममा भएका मण्डलीको विरुद्धमा ठूलो सतावट सुरु भयो, र प्रेरितहरूबाहेक तिनीहरू सबै यहूदिया र सामरियाका इलाकातिर छरपष्ट भए। "},{"id":2,"text":"भक्तजनहरूले स्तिफनसलाई लगेर गाड़े, र तिनको निम्ति ठूलो विलाप गरे। "},{"id":3,"text":"तर शाऊलले चाहिँ घर-घरमा पसेर मण्डलीलाई संहार गरिरहेका थिए। तिनले पुरुष र स्त्रीहरूलाई घिस्स्याउँदै लगी झ्यालखानमा हालिदिन्थे।"},{"id":4,"text":"तब ती छरपष्ट भएकाहरूले चारैपट्टि गएर वचन प्रचार गरे। "},{"id":5,"text":"फिलिपचाहिँ सामरियाको एउटा सहरमा गएर तिनीहरूलाई ख्रीष्ट प्रचार गरे। "},{"id":6,"text":"फिलिपले भनेका वचन सुनेर अनि तिनले गरेका चिन्हहरू देखेर, भीड़ले एक मनका भई तिनका कुरामा ध्यान दिए। "},{"id":7,"text":"किनकि धेरै जनाबाट अशुद्ध आत्माहरू ठूलो सोरले चिच्च्याउँदै निस्कन लागे, र धेरै जना पक्षाघातका रोगीहरू र लङ्गड़ाहरू पनि निको पारिए। "},{"id":8,"text":"यसरी त्यस सहरमा ज्यादै आनन्द भयो।"},{"id":9,"text":"सिमोन नाउँ भएको एक जना मानिस त्यहाँ थियो। त्यसले अगाडिदेखि नै त्यस सहरमा जादूगरी गरेर सामरियाका मानिसहरूलाई आश्चर्यचकित पारेको थियो, र आफूलाई मै हुँ भनी ठान्दथियो। "},{"id":10,"text":"त्यस मानिसलाई सानादेखि ठूलासम्म सबैले यसो भनेर मान्थे, “यो मानिस परमेश्वरको त्यो शक्ति हो, जसलाई महाशक्ति भनिन्छ।” "},{"id":11,"text":"तिनीहरूले त्यसलाई मान्थे, किनभने धेरै समयदेखि त्यसले आफ्नो जादूगरीले मानिसहरूलाई आश्चर्यचकित पारिराखेको थियो। "},{"id":12,"text":"तर जब तिनीहरूले परमेश्वरको राज्य र येशू ख्रीष्टको नाउँको सुसमाचार सुनाउने फिलिपका कुरामा विश्वास गरे, तब पुरुष र स्त्रीहरूले बप्तिस्मा लिए। "},{"id":13,"text":"सिमोन आफैले पनि विश्वास गर्यो। त्यसले बप्तिस्मा लियो, र त्यो फिलिपसँग लागिरह्यो, र चिन्हहरू र ठूला-ठूला अचम्मका काम गरेको देखेर त्यसलाई आश्चर्य लाग्यो।"},{"id":14,"text":"सामरियाका मानिसहरूले परमेश्वरको वचन ग्रहण गरे भन्ने सुनेर यरूशलेममा रहेका प्रेरितहरूले पत्रुस र यूहन्नालाई तिनीहरूकहाँ पठाए। "},{"id":15,"text":"उनीहरू त्यहाँ आएर तिनीहरूले पवित्र आत्मा पाऊन् भनेर तिनीहरूका निम्ति प्रार्थना गरे। "},{"id":16,"text":"किनकि त्यतिञ्जेलसम्म तिनीहरूमध्ये कुनैमाथि पनि उहाँ आउनुभएको थिएन। तिनीहरूको बप्तिस्मा प्रभु येशूको नाउँमा मात्र भएको थियो। "},{"id":17,"text":"तब उनीहरूले आफ्ना हात तिनीहरूमाथि राखे, र तिनीहरूले पवित्र आत्मा पाए।"},{"id":18,"text":"अब प्रेरितहरूले हात राख्दा पवित्र आत्मा पाइँदोरहेछ भन्ने देखेर सिमोनले यसो भन्दै तिनीहरूलाई रुपियाँ दिन ल्यायो, "},{"id":19,"text":"“मलाई पनि यो शक्ति दिनुहोस्, र मैले जोसुकैमाथि हात राखिदिएपछि त्यसले पवित्र आत्मा पाओस्।”"},{"id":20,"text":"तर पत्रुसले भने, “तेरा रुपियाँ तँसँग नष्ट होस्, किनकि परमेश्वरको वरदान रुपियाँले किन्न सकिन्छ भनी तैंले विचार गरिस्। "},{"id":21,"text":"यस विषयमा न त तेरो केही भाग छ न हिस्सा नै छ, किनकि परमेश्वरको सामुन्ने तेरो हृदय ठीक रहेनछ। "},{"id":22,"text":"यसकारण तेरो आफ्नो यस दुष्टताको निम्ति पश्चात्ताप गर् अनि प्रभुमा प्रार्थना चढ़ा, र शायद तेरो हृदयको यस्तो विचार क्षमा होला। "},{"id":23,"text":"किनकि म देख्तछु, तँ तिक्तताले भरिएको छस्, अनि अधर्मको बन्धनमा छस्।”"},{"id":24,"text":"तब सिमोनले भन्यो, “तपाईंहरूले नै मेरो निम्ति प्रभुमा प्रार्थना गरिदिनुहोस्, र तपाईंहरूले भन्नुभएको कुनै पनि कुरा ममाथि आई नलागोस्।”"},{"id":25,"text":"अनि तिनीहरूले गवाही दिइसकेपछि र प्रभुको वचन बोलिसकेपछि सामरीहरूका धेरै गाउँहरूमा सुसमाचार प्रचार गर्दै तिनीहरू यरूशलेम फर्के।"},{"id":26,"text":"त्यसपछि प्रभुका एउटा दूतले फिलिपलाई भने, “उठेर दक्षिणतिर यरूशलेमबाट गाजातर्फ जाने बाटोमा जाऊ। त्यहाँ मरुभूमिको बाटो छ।” "},{"id":27,"text":"अनि फिलिप उठेर गए, र एक जना इथियोपियाली नपुंसकलाई भेटे, जो इथियोपिया देशकी महारानी कन्दाकीका ठूला पदाधिकारी र समस्त सम्पत्तिका कोषाध्यक्ष थिए। उनी यरूशलेममा आराधना गर्न गएका थिए। "},{"id":28,"text":"उनी फर्किरहेका थिए, र आफ्नो रथमा बसी यशैया अगमवक्ताको पुस्तक पढ़िरहेका थिए। "},{"id":29,"text":"तब पवित्र आत्माले फिलिपलाई भन्नुभयो, “जाऊ र त्यस रथको साथ लाग।”"},{"id":30,"text":"फिलिप तिनीकहाँ दौड़ेर गए, र तिनलाई यशैया अगमवक्ताको पुस्तक पढ़िरहेको सुनेर उनले सोधे, “तपाईंले पढ़िरहनुभएको कुरा बुझ्नुहुन्छ?”"},{"id":31,"text":"तब तिनले भने, “कसैले नबताईकन म कसरी बुझ्न सक्छु र?” अनि तिनले फिलिपलाई रथमा चढ़ी तिनको साथमा बस्ने अनुरोध गरे। "},{"id":32,"text":"अब तिनले पढ़िरहेका धर्मशास्त्रको खण्ड यो थियो,\n“जसरी भेड़ा काटिनलाई लगिन्छ,\nवा थुमा ऊन कत्रनेको सामु चूप रहन्छ,\nत्यसरी नै उसले आफ्नो मुख खोलेन।"},{"id":33,"text":"उसको अपमानित अवस्थामा उसलाई न्याय मिलेन।\nउसको पुस्ताको बयान कसले गर्ने?\nकिनभने उसको जीवन पृथ्वीबाट हरण भयो।”"},{"id":34,"text":"तब ती नपुंसकले फिलिपलाई भने, “कृपा गरी मलाई भन्नुहोस्, अगमवक्ताले यो कसको विषयमा भनेका हुन्, उनको आफ्नै विषयमा कि अरू कसैको विषयमा?” "},{"id":35,"text":"तब फिलिपले आफ्नो मुख खोलेर धर्मशास्त्रको यसै खण्डबाट तिनलाई येशूको सुसमाचार सुनाए।"},{"id":36,"text":"अनि उनीहरू बाटोमा जाँदाजाँदै केही पानी भएको एउटा ठाउँनेर आइपुगे। ती नपुंसकले भने, “हेर्नुहोस्, यहाँ पानी रहेछ, मलाई बप्तिस्मा हुनदेखि केले रोक्न सक्छ?” [ "},{"id":37,"text":"फिलिपले भने, “यदि सारा हृदयले नै विश्वास गर्नुहुन्छ भने तपाईंले बप्तिस्मा लिन सक्नुहुन्छ।” तिनले जवाफ दिए “येशू ख्रीष्ट नै परमेश्वरका पुत्र हुनुहुन्छ भनी म विश्वास गर्दछु।”] "},{"id":38,"text":"तिनले रथ रोक्ने आज्ञा दिए, अनि फिलिप र ती नपुंसक दुवै पानीमा ओर्ले, र उनले तिनलाई बप्तिस्मा दिए। "},{"id":39,"text":"तर जब उनीहरू पानीबाट बाहिर उक्लिआए, तब प्रभुका आत्माले फिलिपलाई पक्रेर लैजानुभयो, र ती नपुंसकले उनलाई फेरि देखेनन्, र ती रमाउँदै आफ्नो बाटो लागे। "},{"id":40,"text":"तर फिलिप अश्दोदमा देखा परे, र कैसरिया नपुगुञ्जेल सबै सहरहरूमा सुसमाचार सुनाउँदै गए।"}]},{"id":9,"title":"प्रेरित 9","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ACT/9-bb2fcfbd45f2e944c5c54a92b44df88a.mp3?version_id=1483","verses":[{"id":1,"text":"शाऊल प्रभुका चेलाहरूका विरुद्धमा अझ पनि धम्की र हत्याको धुनमा प्रधान पूजाहारीकहाँ गए, "},{"id":2,"text":"र तिनले त्यस मार्गका पुरुष होस् वा स्त्री, जसलाई फेला पारे पनि तिनीहरूलाई बाँधेर यरूशलेममा ल्याउन पाऊँ भनी दमस्कसका सभाघरहरूको नाउँमा पुर्जी मागे। "},{"id":3,"text":"जब शाऊल यात्रा गर्दै दमस्कसको नजिक पुगे, अचानक स्वर्गबाट एउटा ज्योति तिनको वरिपरि चम्क्यो। "},{"id":4,"text":"तिनी भूइँमा लोटे, र तिनले यसो भन्ने सोर सुने, <red>“शाऊल, शाऊल, तिमी किन मलाई सताउँछौ?”</red>"},{"id":5,"text":"तिनले भने, “प्रभु, तपाईं को हुनुहुन्छ?”अनि उहाँले भन्नुभयो, <red>“म येशू हुँ, जसलाई तिमी सताउँदैछौ। </red>"},{"id":6,"text":"<red>तर उठेर सहरमा जाऊ, र तिमीले जे गर्नुपर्छ सो तिमीलाई बताइनेछ।”</red>"},{"id":7,"text":"तिनको साथमा जाने मानिसहरूले सोरचाहिँ सुने, तर कसैलाई नदेख्दा अवाक भई उभिरहे। "},{"id":8,"text":"तब शाऊल भूइँबाट उठे र आँखा खोल्दा तिनले केही पनि देखेनन्, र तिनीहरूले तिनका हात समाती डोर्याएर तिनलाई दमस्कसमा ल्याए। "},{"id":9,"text":"अनि तीन दिनसम्म तिनी नदेख्ने भए, र न त खाना खाए न पानी पिए।"},{"id":10,"text":"दमस्कसमा हननिया नाउँ भएका एक जना चेला थिए। तिनलाई प्रभुले दर्शनमा भन्नुभयो, “ए हननिया।”तिनले भने, “प्रभु, हाजिर छु।”"},{"id":11,"text":"तब प्रभुले तिनलाई भन्नुभयो, <red>“उठ, र ‘सीधा’ नामक गल्लीमा जाऊ, र त्यहाँ यहूदाको घरमा शाऊल नाउँ भएका टार्सस-निवासीलाई खोज, किनकि तिनी प्रार्थना गरिरहेका छन्।</red>"},{"id":12,"text":"<red>तिनले दर्शनमा हननिया नाउँ भएका एक जना मानिस भित्र आएर तिनले दृष्टि पाऊन् भनेर आफूमाथि उनका हात राखेका देखेका छन्।”</red>"},{"id":13,"text":"तर हननियाले भने, “प्रभु, यी मानिसले यरूशलेममा तपाईंका सन्तानहरूलाई कत्ति धेरै खराबी गरेका छन्, सो मैले धेरै जनाबाट सुनेको छु। "},{"id":14,"text":"यहाँ पनि तपाईंको नाउँ लिने सबैलाई बाँध्ने अधिकार मुख्य पूजाहारीहरूबाट तिनले पाएका छन्।”"},{"id":15,"text":"तर प्रभुले तिनलाई भन्नुभयो, <red>“जाऊ, किनकि अन्यजातिहरू, राजाहरू र इस्राएलका सन्तानका सामुन्ने मेरो नाउँ प्रचार गर्न तिनी छानिएका मेरा एक पात्र हुन्,</red>"},{"id":16,"text":"<red>किनकि मेरो नाउँको खातिर तिनले कति कष्ट भोग्नुपर्छ, सो म तिनलाई देखाउनेछु।” </red>"},{"id":17,"text":"तब हननिया गएर त्यस घरभित्र पसे, र तिनीमाथि आफ्ना हात राखेर भने, “भाइ शाऊल, जुन प्रभु येशू तिमी आइरहेको बाटोमा तिमीकहाँ देखा पर्नुभएको थियो, उहाँले नै तिमीले दृष्टि पाऊ र तिमी पवित्र आत्माले भरिपूर्ण होऊ भनी मलाई पठाउनुभएको छ।” "},{"id":18,"text":"तुरुन्तै तिनका आँखाबाट पाप्राजस्ता केही खसे, र तिनले फेरि दृष्टि पाए। तब तिनी उठे र बप्तिस्मा लिए, "},{"id":19,"text":"अनि भोजन खाएर तिनले बल पाए।शाऊल निकै दिनसम्म दमस्कसमा भएका चेलाहरूसँग रहे। "},{"id":20,"text":"अनि तुरुन्तै तिनले सभाघरहरूमा येशूको घोषणा यसरी गरे, “उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ।” "},{"id":21,"text":"तब सुन्नेहरू जति सबैले अचम्म मानेर भने, “यो नाउँ लिने जतिलाई यरूशलेममा संहार गर्ने र यहाँ पनि तिनीहरूलाई बाँधेर मुख्य पूजाहारीहरूकहाँ लैजाने अभिप्रायले आउने यही होइन र?” "},{"id":22,"text":"तर शाऊल अझ बढ़ी शक्तिशाली हुँदैगए, र येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने प्रमाण दिएर दमस्कसमा रहने यहूदीहरूलाई अकमक्क पारिदिए।"},{"id":23,"text":"अनि धेरै दिन बितेपछि यहूदीहरूले तिनलाई मार्ने षड्यन्त्र रचे।"},{"id":24,"text":"तर तिनीहरूको षड्यन्त्र शाऊललाई थाहा भयो। उनीहरू तिनलाई मार्न रातदिन सहरका ढोकाहरूमा ढुकेर बस्थे। "},{"id":25,"text":"तर तिनका चेलाहरूले तिनलाई राती नै डालोमा हाली पर्खालबाट ओह्रालिदिए।"},{"id":26,"text":"तिनी यरूशलेममा आएपछि तिनले चेलाहरूसँग मिल्ने प्रयत्न गरे। तर तिनीहरूलाई उनी चेला हुन् भन्ने पत्यार नहुँदा सबै तिनीसँग डराए। "},{"id":27,"text":"तर बारनाबासले तिनलाई साथमा लिएर प्रेरितहरूकहाँ लगे। अनि शाऊलले प्रभुलाई बाटोमा देखेका र प्रभु तिनीसँग बोल्नुभएको र तिनले दमस्कसमा साहससित येशूको नाउँमा प्रचार गरेका कुरा तिनीहरूलाई बताइदिए। "},{"id":28,"text":"शाऊल यरूशलेममा तिनीहरूसँगसँगै खुल्लमखुल्ला हिँड्न थाले, र साहससित प्रभुको नाउँमा प्रचार गर्न लागे, "},{"id":29,"text":"अनि तिनी ग्रीक-यहूदीहरूसँग वाद-विवाद गर्थे, तर उनीहरूले तिनलाई मार्न खोज्थे। "},{"id":30,"text":"तर यो थाहा पाएर भाइहरूले तिनलाई कैसरियामा ल्याए र त्यहाँबाट तिनलाई टार्ससमा पठाइदिए।"},{"id":31,"text":"त्यसरी सारा यहूदिया, गालील र सामरियाभरि मण्डलीमा शान्ति भयो र मण्डली सुदृढ़ भयो। प्रभुको भयमा हिँड्दै र पवित्र आत्माको सान्त्वना पाएर मण्डलीमा वृद्धि हुँदैगयो।"},{"id":32,"text":"पत्रुस यताउता सबै ठाउँमा यात्रा गर्दै लुड्डामा भएका सन्तहरूकहाँ पनि आइपुगे। "},{"id":33,"text":"तिनले त्यहाँ एनियास नाउँको कोही एक जना मानिसलाई भेट्टाए, जो आठ वर्षदेखि पक्षाघातको रोगले ओछ्यानमा पड़िरहेको थियो। "},{"id":34,"text":"पत्रुसले त्यसलाई भने, “ए एनियास, येशू ख्रीष्टले तिमीलाई निको पार्नुहुन्छ। उठ, र तिम्रो ओछ्यान मिलाऊ।” अनि त्यो तुरुन्तै उठिहाल्यो। "},{"id":35,"text":"लुड्डा र शारोनमा बस्ने जति सबै जनाले त्यसलाई देखेर प्रभुतिर फर्के।"},{"id":36,"text":"योप्पा नगरमा तबीता, अर्थात् डोरकास (हरिणी) भन्ने एउटी शिष्य थिइन्। तिनी असल काम गर्न र दान दिनमा लागिरहन्थिन्। "},{"id":37,"text":"ती दिनमा तिनी बिरामी भइन् र तिनको मृत्यु भयो, र मानिसहरूले नुहाइदिएर तिनलाई माथिल्लो तलाको एउटा कोठामा राखे। "},{"id":38,"text":"लुड्डा योप्पाको नजिक भएको हुनाले, चेलाहरूले पत्रुस त्यहाँ छन् भन्ने सुनेर तिनीकहाँ दुई जना मानिसलाई यस्तो बिन्ती गर्न पठाए, “हामीकहाँ ढिलो नगरी आउनुहोस्।”"},{"id":39,"text":"तब पत्रुस उठेर तिनीहरूसँग गए। त्यहाँ पुगेपछि तिनीहरूले तिनलाई माथिल्लो कोठामा लगे। विधवाहरू सबै तिनको नजिक उभिएर रुन लागे, र डोरकास तिनीहरूसँग हुँदा तिनले बनाइराखेका पोशाक र अरू वस्त्रहरू देखाए।"},{"id":40,"text":"तर पत्रुसले तिनीहरू सबैलाई बाहिर पठाएर घुँड़ा टेके अनि प्रार्थना गरे, र त्यस लाशतिर फर्केर भने, “तबीता, उठ!” अनि तिनले आँखा उघारिन्, र पत्रुसलाई देखी उठेर बसिन्। "},{"id":41,"text":"उनले तिनलाई आफ्ना हातले समाती जुरुक्कै उठाए, अनि सन्तहरू र विधवाहरूलाई बोलाएर तिनलाई जीवित प्रस्तुत गरे। "},{"id":42,"text":"अब यो कुरा सारा योप्पाभरि जाहेर भयो, र धेरैले प्रभुमा विश्वास गरे। "},{"id":43,"text":"अनि तिनी निकै दिनसम्म एक जना सिमोन भन्ने चर्मकारसँग योप्पामा बसे।"}]},{"id":10,"title":"प्रेरित 10","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ACT/10-6df8f510957e0e9445441b748ab787bf.mp3?version_id=1483","verses":[{"id":1,"text":"कैसरियामा कर्नेलियस नाउँका एक जना मानिस थिए, जो इटालिया भन्ने पल्टनका एक कप्तान थिए। "},{"id":2,"text":"तिनी ईश्वरभक्त थिए, र तिनी र तिनको सारा परिवारले परमेश्वरको भय मान्थे। तिनले मानिसहरूलाई उदारतासाथ दान दिई परमेश्वरलाई सधैँ प्रार्थना गर्थे। "},{"id":3,"text":"तिनले दिउँसो तीन बजेतिर दर्शनमा स्पष्ट रूपले परमेश्वरका एउटा स्वर्गदूत आफूतर्फ आएर यसो भनिरहेका सुने, “कर्नेलियस!”"},{"id":4,"text":"भयभीत भएर तिनले उनलाई नियालेर हेरे र भने, “प्रभु, भन्नुहोस्।”अनि उनले तिनलाई भने, “तिम्रा प्रार्थना र गरीबहरूलाई दिएका दान सम्झनाको रूपमा परमेश्वरको सामने पुगेका छन्। "},{"id":5,"text":"अब मानिसहरूलाई योप्पामा पठाऊ, र पत्रुस भनिने सिमोनलाई बोलाइपठाऊ। "},{"id":6,"text":"तिनी चर्मकार सिमोनकहाँ बसेका छन्, जसको घर समुद्रको किनारमा छ।”"},{"id":7,"text":"जब तिनीसँग बोल्ने स्वर्गदूत बिदा भए, तब तिनले आफ्ना नोकरहरूमध्ये दुई जना र निरन्तर तिनको सेवा-टहल गर्ने एक जना भक्त सिपाहीलाई बोलाए, "},{"id":8,"text":"र तिनीहरूलाई सबै कुरा बताएर योप्पामा पठाए।"},{"id":9,"text":"भोलिपल्ट तिनीहरू आफ्नो यात्रामा त्यस सहरको नजिक आइपुग्दा, दिउँसो बाह्र बजेतिर पत्रुसचाहिँ प्रार्थना गर्न घरको कौसीमा उक्ले। "},{"id":10,"text":"तिनी भोकाए, र तिनले केही खाने मन गरे, तर अरूहरूले भोजन तयार गरिरहेको बेला तिनी ध्यान-मग्न भए। "},{"id":11,"text":"तिनले स्वर्ग उघ्रेको र त्यहाँबाट चारै कुनामा बाँधिएको तन्नाजस्तो केही पृथ्वीतिर झरिरहेको देखे। "},{"id":12,"text":"त्यस तन्नामा पृथ्वीका सबै किसिमका चारखुट्टे जनावर र घस्रने प्राणी र आकाशका चराचुरुङ्गीहरू थिए। "},{"id":13,"text":"तब तिनले एउटा आवाज सुने, <red>“ए पत्रुस उठ, र मारेर खाऊ।”</red>"},{"id":14,"text":"तर पत्रुसले भने, “होइन प्रभु, किनभने मैले कहिल्यै केही अपवित्र वा अशुद्ध थोक खाएको छैनँ।”"},{"id":15,"text":"त्यो आवाज फेरि दोस्रो पल्ट तिनले सुने, <red>“परमेश्वरले जे शुद्ध गर्नुभएको छ त्यसलाई तिमी अपवित्र नठान।”</red>"},{"id":16,"text":"तीन पल्टसम्म यस्तो भयो, र तुरुन्तै त्यो तन्ना स्वर्गतिर लगियो।"},{"id":17,"text":"जब पत्रुस आफूले देखेको यो दर्शनको अर्थ के होला भनेर मनमनै अन्योलमा परेका थिए, त्यति नै बेला कर्नेलियसले पठाएका मानिसहरू सिमोनको घर खोज्दै ढोका अगाडि खड़ा भए, "},{"id":18,"text":"“पत्रुस भनिने सिमोन यहाँ बसेका छन् कि?” भनी उच्च सोरमा सोधे।"},{"id":19,"text":"जब पत्रुस दर्शनको विषयमा विचार गरिरहेका थिए तब पवित्र आत्माले तिनलाई भन्नुभयो, “हेर, तीन जना मानिसले तिमीलाई खोज्दैछन्। "},{"id":20,"text":"उठ, र तल जाऊ, र नहिचकिचाईकन तिनीहरूका साथ लाग, किनभने तिनीहरूलाई मैले पठाएको हुँ।”"},{"id":21,"text":"तब पत्रुस ओर्ले, र ती मानिसहरूकहाँ गएर भने, “हेर, तिमीहरूले खोजेको मानिस मै हुँ। तिमीहरू यहाँ आएको कारण के हो?”"},{"id":22,"text":"तिनीहरूले भने, “एक जना कप्तान कर्नेलियस, जो सोझा र परमेश्वरसँग डराउने र सारा यहूदी जातिबाट सम्मान पाएका व्यक्ति हुनुहुन्छ, तपाईंलाई उहाँको घरमा बोलाइपठाउने र तपाईंबाट सन्देश सुन्नू भनी एउटा पवित्र स्वर्गदूतबाट उहाँलाई आदेश मिलेको छ। "},{"id":23,"text":"तब तिनले तिनीहरूलाई भित्र बोलाएर तिनीहरूको सत्कार गरे।भोलिपल्ट पत्रुस उठेर तिनीहरूसँग गए, र योप्पाका कतिपय भाइहरू तिनको साथ लागे। "},{"id":24,"text":"पर्सिपल्ट तिनीहरू कैसरिया पुगे। आफ्ना कुटुम्बहरू र घनिष्ठ मित्रहरूलाई बोलाएर जम्मा गरी कर्नेलियस तिनीहरूको बाटो हेरिरहेका थिए। "},{"id":25,"text":"जब पत्रुस भित्र आए तब कर्नेलियसले तिनीसँग भेट गरी तिनका पाउ परी दण्डवत् गरे। "},{"id":26,"text":"तर पत्रुसले उनलाई यसो भन्दै उठाए, “उठ्नुहोस्, म आफै पनि त मानिस नै हुँ।”"},{"id":27,"text":"तब तिनी उनीसँग कुरा गर्दै घरभित्र गए, र त्यहाँ तिनले धेरै जना जम्मा भएका भेट्टाए। "},{"id":28,"text":"तब पत्रुसले तिनीहरूलाई भने, “अरू जातिसँग सङ्गत गर्नु, अथवा तिनीहरूलाई भेटघाट गर्नु एक यहूदीको लागि कति अनुचित हो भन्ने कुरा तपाईंहरूलाई थाहै छ, तापनि परमेश्वरले मलाई कुनै मानिसलाई अपवित्र अथवा अशुद्ध नठान्नू भनी देखाउनुभएको छ। "},{"id":29,"text":"यसैकारण डाक्ने बित्तिकै केही आपत्ति नजनाई म तपाईंहरूकहाँ आएँ। तपाईंहरूले मलाई किन डाक्नुभयो? अब भन्नुहोस्।”"},{"id":30,"text":"तब कर्नेलियसले भने, “चार दिनअघि प्राय: यही समय घरमा म तीन बजेको प्रार्थना गरिरहेको थिएँ, तब चहकिलो पोशाक पहिरेका एक जना मानिस मेरो सामुन्ने खड़ा भए, "},{"id":31,"text":"र भने, ‘कर्नेलियस, परमेश्वरको सामुन्ने तिम्रो प्रार्थनाको सुनाइ भएको छ, र तिमीले गरीबहरूलाई दिएका दानको सम्झना भएको छ। "},{"id":32,"text":"यसकारण योप्पामा मान्छे पठाएर पत्रुस भनिने सिमोनलाई बोलाइपठाऊ। तिनी समुद्रको किनारमा चर्मकार सिमोनको घरमा बसेका छन्।’ "},{"id":33,"text":"तब मैले तुरुन्तै तपाईंकहाँ मानिस पठाएँ, र तपाईं कृपापूर्वक आउनुभयो। अब प्रभुबाट तपाईंलाई आज्ञा भएका सबै कुराहरू सुन्न हामी सबै परमेश्वरको सामुन्ने यहाँ उपस्थित छौं।”"},{"id":34,"text":"तब पत्रुसले बोल्न थाले, “साँच्ची नै म देख्तछु, कि परमेश्वरले पक्षपात गर्नुहुन्न,"},{"id":35,"text":"तर हरेक जातिमा जो उहासँग डराउँछ, र उचित काम गर्छ, त्यो उहाँको सामुन्ने ग्रहणयोग्य हुन्छ। "},{"id":36,"text":"परमेश्वरले इस्राएलीहरूलाई पठाउनुभएको सन्देश, अर्थात् ख्रीष्टद्वारा प्रचार गरिएको शान्तिको सुसमाचार तपाईंहरूलाई थाहा छ। (उहाँ नै सबैका प्रभु हुनुहुन्छ।) "},{"id":37,"text":"यूहन्नाले प्रचार गरेको बप्तिस्मापछि, गालीलदेखि सुरु गरेर सारा यहूदियाभरि प्रचार गरिएको वचन यही हो, "},{"id":38,"text":"कि परमेश्वरले नासरतका येशूलाई पवित्र आत्मा र शक्तिले अभिषेक गर्नुभयो। उहाँ सुकर्म गर्दै र दियाबलसबाट पेलिएकाहरूलाई निको पार्दै हिँड्नुभयो, किनकि परमेश्वर उहाँको साथमा हुनुहुन्थ्यो।"},{"id":39,"text":"“अनि उहाँले यहूदीहरूको देशमा र यरूशलेममा गर्नुभएका सबै कुराका हामी साक्षी हौं। उहाँलाई तिनीहरूले काठमा झुण्ड्याएर पनि मारे। "},{"id":40,"text":"उहाँलाई नै परमेश्वरले तेस्रो दिनमा जीवित पारी उठाउनुभयो, र उहाँलाई प्रकट गराउनुभयो, "},{"id":41,"text":"सबै मानिसलाई होइन, तर हामी जसलाई परमेश्वरले साक्षीको रूपमा छान्नुभयो, र उहाँ मृतकबाट जीवित हुनुभएपछि हामीले उहाँसँग खानपान गर्यौं। "},{"id":42,"text":"उहाँले हामीलाई जनतामा प्रचार गर्न, र उहाँ जीवित र मृतकहरूका न्यायकर्ता हुनलाई परमेश्वरद्वारा नियुक्त हुनुभएको व्यक्ति हुनुहुन्छ भन्ने गवाही दिनलाई आज्ञा गर्नुभएको छ। "},{"id":43,"text":"सबै अगमवक्ताहरूले उहाँको गवाही दिएका छन्, कि उहाँमाथि विश्वास गर्ने प्रत्येकले उहाँको नाउँद्वारा पाप-क्षमा पाउँछ।”"},{"id":44,"text":"पत्रुसले यी कुरा बोल्दाबोल्दै वचन सुन्ने सबैमाथि पवित्र आत्मा ओर्लनुभयो। "},{"id":45,"text":"अन्यजातिहरूमाथि पनि पवित्र आत्माको वरदान खन्याइएको देखेर पत्रुसको साथमा आउने यहूदी विश्वासीहरू आश्चर्यचकित भए। "},{"id":46,"text":"किनकि अन्य भाषामा बोलेर तिनीहरूले परमेश्वरको प्रशंसा गरिरहेका उनीहरूले सुने। तब पत्रुसले भने, "},{"id":47,"text":"“हामीझैँ पवित्र आत्मा पाउने यिनीहरूलाई पानीको बप्तिस्मा हुनदेखि कसले मनाही गर्न सक्छ?” "},{"id":48,"text":"अनि तिनले तिनीहरूलाई येशू ख्रीष्टको नाउँमा बप्तिस्मा दिनू भनी आज्ञा गरे। तब तिनीहरूले पत्रुसलाई केही दिन त्यहीँ रहनुहोस् भनी अनुरोध गरे।"}]},{"id":11,"title":"प्रेरित 11","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ACT/11-614fc997dfcb5daf6cae912a7d0c82f6.mp3?version_id=1483","verses":[{"id":1,"text":"यहूदियामा हुने प्रेरित र भाइहरूले अन्यजातिहरूले पनि परमेश्वरको वचन ग्रहण गरेछन् भन्ने सुने। "},{"id":2,"text":"जब पत्रुस यरूशलेममा आए, तब खतना गर्नेहरूको दलले तिनीसित यसो भन्दै तिनको आलोचना गरे, "},{"id":3,"text":"“खतना नगर्ने मानिसहरूकहाँ गएर तिनीहरूसँग तपाईंले किन खानपान गर्नुभयो?”"},{"id":4,"text":"तब पत्रुसले क्रमैसँग तिनीहरूलाई व्याख्या दिन थाले: "},{"id":5,"text":"“म योप्पा सहरमा प्रार्थना गर्दैथिएँ, र ध्यान-मग्न थिए, तब एउटा ठूलो तन्नाजस्तो चार कुनामा समाती तल झरिराखेको केही थोक मैले दर्शनमा देखें, र त्यो मकहाँ आयो। "},{"id":6,"text":"मैले नियालेर हेर्दा त्यहाँ पृथ्वीका जनावर र जङ्गली पशुहरू, घस्रने जन्तु र आकाशका चराचुरुङ्गीहरू देखें। "},{"id":7,"text":"मलाई यसो भनेको एउटा आवाज मैले सुनें, <red>‘पत्रुस उठ, र मारेर खाऊ।’ </red>"},{"id":8,"text":"“तर मैले भनें, ‘होइन प्रभु, कुनै अपवित्र अथवा अशुद्ध कुरो मेरो मुखमा कहिल्यै परेको छैन।’"},{"id":9,"text":"“तर त्यस आवाजले दोस्रो पल्ट स्वर्गबाट मलाई भन्यो, <red>‘जे परमेश्वरले शुद्ध गर्नुभएको छ त्यसलाई तिमी अपवित्र नभन।’</red>"},{"id":10,"text":"तीन पल्ट त्यस्तै भयो, र ती सबै फेरि स्वर्गमा लगिए।"},{"id":11,"text":"“त्यति नै बेला कैसरियाबाट मकहाँ पठाइएका तीन जना मानिसहरू हामी बसेको घरमा आइपुगे। "},{"id":12,"text":"नहिचकिचाई तिनीहरूका साथमा जान मलाई पवित्र आत्माले भन्नुभयो। यी छ जना भाइहरू पनि मेरो साथ लागेका थिए, र हामी त्यस मानिसको घरमा पस्यौं। "},{"id":13,"text":"उनले हामीलाई बताए, कि एउटा स्वर्गदूत उनको घरमा उभिएर यसो भनिरहेका उनले देखे, ‘योप्पामा मान्छे पठाएर पत्रुस भनिने सिमोनलाई बोलाइपठाऊ। "},{"id":14,"text":"उनले तिमीलाई वचन सुनाउनेछन्, जसद्वारा तिमीले उद्धार पाउनेछौ— तिमी र तिम्रा सारा परिवारले।’"},{"id":15,"text":"“जब मैले बोल्न थालें, तब सुरुमा हामीमाथि ओर्लनुभएकोजस्तै पवित्र आत्मा तिनीहरूमाथि पनि ओर्लनुभयो। "},{"id":16,"text":"तब प्रभुले भन्नुभएको त्यो वचन मलाई याद भयो, <red>‘यूहन्नाले त पानीले बप्तिस्मा दिए, तर पवित्र आत्मामा तिमीहरूको बप्तिस्मा हुनेछ।’ </red>"},{"id":17,"text":"प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्दा परमेश्वरले हामीलाई जुन वरदान दिनुभयो, तिनीहरूलाई पनि त्यही वरदान दिनुभएपछि परमेश्वरलाई रोक्न सक्ने म को हुँ र?”"},{"id":18,"text":"यी कुरा सुनेपछि तिनीहरू चूप भए, र यसो भन्दै तिनीहरूले परमेश्वरको महिमा गरे, “अब त परमेश्वरले अन्यजातिहरूलाई पनि जीवनको निम्ति पश्चात्ताप दिनुभएछ।”"},{"id":19,"text":"स्तिफनसको सम्बन्धमा सुरु भएको सतावटको कारण जताततै छरपष्ट भएकाहरूले अरूलाई होइन, तर यहूदीहरूलाई मात्र वचन प्रचार गर्दै, फोनिके, साइप्रस र एन्टिओखियासम्म यात्रा गरे।"},{"id":20,"text":"तर तिनीहरूमध्ये कोही-कोही साइप्रस र कुरेनीका मानिसहरू थिए। तिनीहरूले एन्टिओखियामा आएर ग्रीकहरूलाई पनि प्रभु येशू प्रचार गरे। "},{"id":21,"text":"प्रभुको बाहुली तिनीहरूसँग भएकोले विश्वास गर्नेहरू धेरै संख्यामा प्रभुतिर फर्के।"},{"id":22,"text":"यो समाचार यरूशलेममा भएको मण्डलीको कानमा पुग्यो, र तिनीहरूले बारनाबासलाई एन्टिओखियामा पठाए। "},{"id":23,"text":"तिनी त्यहाँ आएर परमेश्वरको अनुग्रह देखिकन खुशी भए, र तिनीहरू सबैलाई सम्पूर्ण हृदयले प्रभुप्रति विश्वासी रहिरहन प्रोत्साहन दिए। "},{"id":24,"text":"किनभने तिनी असल, पवित्र आत्मा र विश्वासले भरिपूर्ण भएका मानिस थिए। मानिसहरूको ठूलो समूह प्रभुमा थपियो।"},{"id":25,"text":"तब शाऊललाई खोज्न बारनाबास टार्ससमा गए। "},{"id":26,"text":"जब तिनले उनलाई भेट्टाए तब उनलाई एन्टिओखियामा ल्याए। तब पूरा एक वर्षसम्मै मण्डलीका मानिसहरूसँग तिनीहरूले भेटघाट गरिरहे, र मानिसहरूको ठूलो समूहलाई शिक्षा दिए। चेलाहरू पहिलो पटक एन्टिओखियामा नै ख्रीष्टियान भनिए।"},{"id":27,"text":"त्यस बेला कोही अगमवक्ताहरू यरूशलेमबाट एन्टिओखियामा आए। "},{"id":28,"text":"तिनीहरूमध्ये अगाबस नाउँ भएका एक जना खड़ा भएर सारा संसारमा ठूलो अनिकाल पर्न आँटेको छ भन्ने पवित्र आत्माद्वारा भविष्यवाणी बोले। त्यो अनिकाल क्लौडियसको शासनकालमा पर्यो।"},{"id":29,"text":"तब चेलाहरू हरेकले आ-आफ्नो औकातअनुसार यहूदियामा बस्ने भाइहरूका सहायताको निम्ति भेटी पठाउने निश्चय गर्यो। "},{"id":30,"text":"तिनीहरूले यसै गरे, र बारनाबास र शाऊलका हातद्वारा तिनीहरूको भेटी एल्डरहरूकहाँ पठाइदिए।"}]},{"id":12,"title":"प्रेरित 12","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ACT/12-bb412682bffd71683b26c863bad58f88.mp3?version_id=1483","verses":[{"id":1,"text":"ती दिनमा हेरोद राजाले मण्डलीका कति जनामाथि कठोर अत्याचार गर्न थाले। "},{"id":2,"text":"उनले यूहन्नाका दाजु याकूबलाई तरवारले मारे। "},{"id":3,"text":"यस कामले यहूदीहरू खुशी भएका देखेर पत्रुसलाई पनि पक्रने तरखर गरे। यो घटना अखमिरी रोटीका चाड़को समयमा भएको थियो। "},{"id":4,"text":"हेरोदले पत्रुसलाई गिरफ्तार गरेर झ्यालखानमा हालिदिए, र निस्तारचाड़पछि तिनलाई जनताका सामने ल्याउने विचार गरेर तिनको पहरा गर्नलाई सिपाहीका चार टोलीको जिम्मा लाइदिए।"},{"id":5,"text":"यसरी पत्रुस झ्यालखानमा राखिए, तर तिनको निम्ति मण्डलीले परमेश्वरलाई बड़ो जोशसँग प्रार्थना गरिरहेको थियो।"},{"id":6,"text":"हेरोदले तिनलाई बाहिर निकालिल्याउन खोजेकै रात, पत्रुस दुई वटा साङ्लाले बाँधिएर दुई जना सिपाहीहरूका बीचमा सुतिरहेका थिए। सिपाहीहरू पनि ढोका अगिल्तिर उभिएर झ्यालखानको पहरा दिइरहेका थिए। "},{"id":7,"text":"अचानक प्रभुका एउटा स्वर्गदूत त्यहाँ देखा परे, र कोठरीमा ज्योति चम्क्यो। स्वर्गदूतले पत्रुसलाई कोखामा हिर्काए अनि “छिटो उठ” भनेर तिनलाई जगाए। तब साङ्लाहरू तिनका हातबाट फुस्केर खसे।"},{"id":8,"text":"स्वर्गदूतले तिनलाई भने, “लुगा लगाऊ, र जुत्ता लाऊ।” तब तिनले त्यसै गरे। उनले तिनलाई भने, “खास्टो ओढ़ेर मेरो पछिपछि लाग।” "},{"id":9,"text":"अनि तिनी निस्केर उनको पछिपछि लागे। स्वर्गदूतबाट गरिएको कुरो साँच्चीकै हो भन्ने तिनलाई थाहै भएन। तर दर्शन देख्दैछु भनी तिनले ठाने। "},{"id":10,"text":"जब पहिलो र दोस्रो पहरा-टोली नाघेर सहरमा पस्ने फलामे ढोकामा तिनीहरू पुगे, तब त्यो ढोका आफै तिनीहरूका लागि उघ्रियो, र तिनीहरू बाहिर निस्केर एउटा गल्लीको बाटो भएर गए, र तुरुन्तै स्वर्गदूत तिनलाई छोड़ेर गए।"},{"id":11,"text":"जब पत्रुसको होश खुल्यो तब तिनले भने, “अब मलाई साँच्ची नै थाहा भयो, कि प्रभुले आफ्ना दूत पठाउनुभएर हेरोद राजाको हातबाट, र यहूदीहरूले जे गर्न चाहन्थे ती सबैबाट मलाई छुटकारा दिनुभयो।”"},{"id":12,"text":"यो कुरा तिनलाई थाहा भएपछि, तिनी मर्कूस भनिने यूहन्नाकी आमा मरियमको घरमा गए। त्यहाँ धेरै जना जम्मा भएर प्रार्थना गरिरहेका थिए। "},{"id":13,"text":"तिनले ढोका ढकढक्याउँदा रोदा नाउँ भएकी नोकर्नी ढोका खोल्न आई। "},{"id":14,"text":"पत्रुसको सोर चिनेपछि त्यो खुशी भएर ढोकै नखोली भित्र दगुरेर गई “पत्रुस ढोकामा उभिरहेका छन्” भनी खबर दिई।"},{"id":15,"text":"तर तिनीहरूले त्यसलाई भने, “तँ बौलाही होस्।” तर त्यसले भनेकी कुरा साँच्चै हो भनी त्यसले जिद्दी गरी। तब तिनीहरूले भने, “त्यो उनको स्वर्गदूत होला।”"},{"id":16,"text":"तर पत्रुसले चाहिँ ढकढक्याइरहे। ढोका खोल्दा तिनलाई देखेर तिनीहरू छक्क परे। "},{"id":17,"text":"तिनले “चूप लाग” भनी हातले इशारा गरे, र प्रभुले तिनलाई कसरी झ्यालखानबाट बाहिर निकाल्नुभयो सो तिनीहरूलाई बताए। यी कुराको समाचार याकूब र अरू भाइहरूलाई दिनू भनेर तिनी बिदा भएर अर्कै ठाउँमा गइहाले।"},{"id":18,"text":"उज्यालो भएपछि पत्रुसलाई के भयो भनी सिपाहीहरूका बीचमा ठूलो हलचल भयो। "},{"id":19,"text":"हेरोदले तिनको खोजी गरेर पनि फेला नपार्दा, सिपाहीहरूको जाँच गरी तिनीहरूलाई ज्यानसजायको हुकुम गरे।हेरोदचाहिँ यहूदियाबाट कैसरिया गएर त्यहीँ नै बसे।"},{"id":20,"text":"हेरोद टुरोस र सीदोनका मानिसहरूसँग अत्यन्तै नाराज भएका थिए। तिनीहरू एक दल भएर उनीकहाँ आए, र राजाका भित्री कर्मचारी बलस्तससँग खुशामद गरेर मिलापको लागि बिन्ती गरे। किनकि तिनीहरूको देश अन्नको निम्ति राजाको देशमा निर्भर थियो।"},{"id":21,"text":"तोकिएको दिनमा राजकीय पोशाक पहिरेर हेरोद उनको सिंहासनमा बसे, र तिनीहरूलाई उनले भाषण दिए। "},{"id":22,"text":"मानिसहरू “यो त ईश्वरको बोली हो, मानिसको होइन!” भनेर कराए। "},{"id":23,"text":"तर परमेश्वरलाई महिमा नदिएकोमा त्यत्तिखेरै प्रभुका एउटा स्वर्गदूतले उनलाई प्रहार गरे, र स्याउँ-स्याउँ कीरा परेर उनको देहान्त भयो।"},{"id":24,"text":"तर प्रभुको वचन बढ्दै र फैलिँदैगयो। "},{"id":25,"text":"बारनाबास र शाऊल आफ्ना मिशन पूरा गरेर यरूशलेमबाट फर्के। तिनीहरूसँग मर्कूस भनिने यूहन्ना पनि गए।"}]},{"id":13,"title":"प्रेरित 13","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ACT/13-d2e74d7076ed3fb532164030c3671765.mp3?version_id=1483","verses":[{"id":1,"text":"एन्टिओखियाको मण्डलीमा अगमवक्ताहरू र शिक्षकहरू, अर्थात् बारनाबास, काला भनिने शिमियोन, कुरेनीका लुकियस, प्रान्तीय शासक हेरोदसँग हुर्केका मनेन र शाऊल थिए। "},{"id":2,"text":"तिनीहरूले प्रभुको आराधना गरिरहेका र उपवास बसिरहेका बेला पवित्र आत्माले भन्नुभयो, “मेरो निम्ति बारनाबास र शाऊललाई त्यस कामको लागि अलग्ग गर, जुन कामको निम्ति मैले तिनीहरूलाई बोलाएको छु।” "},{"id":3,"text":"तब उपवास र प्रार्थना गरेर तिनीहरूले उनीहरूमाथि आफ्ना हात राखेर उनीहरूलाई बिदा दिए।"},{"id":4,"text":"तब पवित्र आत्माद्वारा पठाइएका हुनाले तिनीहरू सिलुकियामा गए र त्यहाँबाट जहाजमा चढ़ी साइप्रसतिर गए। "},{"id":5,"text":"सलामिसमा आइपुगेपछि तिनीहरूले यहूदीहरूका सभाघरहरूमा परमेश्वरको सुसमाचार प्रचार गरे। तिनीहरूलाई सहायता गर्न यूहन्ना तिनीहरूसँग थिए।"},{"id":6,"text":"जब तिनीहरू समस्त टापूको यात्रा गर्दै पाफोससम्म आइपुगे, तब त्यहाँ तिनीहरूले एक जना यहूदी झूटा अगमवक्ता बार-येशू भन्ने एक जना जादूगरलाई भेट्टाए। "},{"id":7,"text":"त्यो जादूगर एउटा प्रान्तका शासक सर्गियस पौलससँग बस्तथियो। सर्गियस पौलस बुद्धिमान् मानिस थिए। तिनले शाऊल र बारनाबासलाई बोलाएर परमेश्वरको वचन सुन्ने इच्छा गरे। "},{"id":8,"text":"तर एलुमास जादूगरले (किनकि ग्रीक भाषामा त्यसको नाउँको अर्थ यही हो) सर्गियस पौलसलाई विश्वासबाट फर्काउन खोजेर तिनीहरूको सामना गर्यो। "},{"id":9,"text":"तर शाऊलले, जसलाई पावल पनि भनिन्छ, पवित्र आत्माले भरिएर त्यसमाथि एकटक लाएर हेरे, "},{"id":10,"text":"“तँ दियाबलसको छोरो, सारा धार्मिकताको शत्रु, सम्पूर्ण छल र दुष्टताले भरिएको! के तँ प्रभुको सोझो मार्ग बङ्ग्याउन छोड्दैनस्? "},{"id":11,"text":"अब हेर्, प्रभुको हात तँमाथि परेको छ, र तँ अब केही समयसम्म घामको प्रकाश नदेख्ने भई अन्धो हुनेछस्।”अनि उत्तिखेरै कुइरो र अन्धकारले त्यसलाई छोप्यो, र कसैले त्यसको हात पक्रेर डोर्याइदेला कि भनेर त्यो यताउता जान लाग्यो। "},{"id":12,"text":"तब प्रान्तका ती शासकले यो भएको देखेर विश्वास गरे, किनकि प्रभुको शिक्षामा तिनी छक्क परेका थिए।"},{"id":13,"text":"पावल र तिनका साथीहरू पाफोसबाट जहाज चढ़ी पामफिलियाको पर्गामा पुगे, र यूहन्नाचाहिँ तिनीहरूबाट छुट्टिएर यरूशलेम फर्के। "},{"id":14,"text":"तर तिनीहरू पर्गाबाट निस्केर पिसिदियाको एन्टिओखियामा आए, र शबाथमा सभाघरभित्र गएर बसे। "},{"id":15,"text":"अब व्यवस्था र अगमवक्ताका पुस्तकको पाठ पढ़ेपछि सभाघरका शासकहरूले तिनीहरूकहाँ यसो भनी पठाए, “ए भाइ हो, तपाईंहरूसित मानिसहरूका निम्ति अर्तीको वचन केही छ भने भन्नुहोस्।”"},{"id":16,"text":"तब खड़ा भएर पावलले हातले इशारा गरी भने, “हे इस्राएलका मानिस र परमेश्वरको डर मान्ने हो, सुन्नुहोस्, "},{"id":17,"text":"इस्राएल जातिका परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई चुनिकन मिश्रदेशमा रहँदा तिनीहरूलाई महान् तुल्याउनुभयो, र उहाँको शक्तिशाली बाहुलीले तिनीहरूलाई त्यस देशबाट निकाली ल्याउनुभयो। "},{"id":18,"text":"उजाड-स्थानमा प्राय: चालीस वर्षसम्म उहाँले तिनीहरूको हेरचाह गर्नुभयो। "},{"id":19,"text":"तब उहाँले कनान देशमा सात वटा जातिलाई नाश पारेर उनीहरूका देशको अधिकार प्राय: चार सय पचास वर्षसम्म तिनीहरूलाई दिनुभयो। "},{"id":20,"text":"“यी कुरापछि शमूएल अगमवक्ताको पालोसम्म उहाँले न्यायकर्ताहरू दिनुभयो। "},{"id":21,"text":"त्यसपछि तिनीहरूले राजा मागे, र परमेश्वरले बेन्यामीन कुलका कीशका छोरा शाऊललाई चालीस वर्षसम्म तिनीहरूमाथि राज्य गर्न दिनुभयो। "},{"id":22,"text":"उहाँले तिनलाई हटाउनुभएपछि दाऊदलाई तिनीहरूका राजा हुन खड़ा गर्नुभयो। उनको विषयमा परमेश्वरले गवाही दिएर भन्नुभयो, ‘मैले यिशैको छोरो दाऊदलाई मेरो हृदयअनुसारको मान्छे पाएँ, जसले मेरा सबै इच्छा पूरा गर्नेछ।’ "},{"id":23,"text":"“यही मानिसको भावी सन्तानबाट, उहाँको प्रतिज्ञाबमोजिम, परमेश्वरले इस्राएलको लागि एक मुक्तिदाता, येशूलाई ल्याउनुभयो। "},{"id":24,"text":"उहाँ आउनभन्दा अघि यूहन्नाले इस्राएलका सबै मानिसलाई पश्चात्तापका बप्तिस्माको प्रचार गरेका थिए। "},{"id":25,"text":"यूहन्नाले आफ्नो कार्य समाप्त गर्न लाग्दा भनेका थिए, ‘तिमीहरू के ठान्छौ, म को हुँ? म ऊ होइनँ। तर मपछि एक जना आउनुहुनेछ, जसका खुट्टाका जुत्तासम्म पनि फुकाल्ने लायकको म छैनँ।’"},{"id":26,"text":"“ए, अब्राहामका वंशको सन्तान, र तिमीहरूमध्ये परमेश्वरको डर मान्ने ए भाइ हो, हामीकहाँ नै यो मुक्तिको सन्देश पठाइएको छ। "},{"id":27,"text":"किनभने यरूशलेमका बासिन्दा र तिनीहरूका शासकहरूले उहाँलाई नचिनेर र हरेक शबाथमा पढ़िने अगमवक्ताका वचनहरू नबुझेर उहाँलाई दण्डको आज्ञा दिई ती वचन पूरा गरे। "},{"id":28,"text":"ज्यानसजायको केही कारण नपाए तापनि तिनीहरूले उहाँलाई मार्नुपर्छ भनी पिलातससँग बिन्ती गरे,"},{"id":29,"text":"र उहाँको विषयमा लेखिएका सबै कुरा तिनीहरूले पूरा गरेपछि तिनीहरूले उहाँलाई काठबाट झारेर चिहानमा राखे।"},{"id":30,"text":"तर परमेश्वरले उहाँलाई मृतकबाट जीवित पार्नुभयो। "},{"id":31,"text":"आफूसँग गालीलबाट यरूशलेममा आउनेहरूकहाँ उहाँ धेरै दिनसम्म देखा परिरहनुभयो, र उनीहरू अहिले जनतामा उहाँका साक्षी छँदैछन्। "},{"id":32,"text":"“परमेश्वरले पिता-पुर्खालाई गर्नुभएको त्यो प्रतिज्ञाको सुसमाचार हामी तपाईंहरूकहाँ ल्याउँछौं। "},{"id":33,"text":"अर्थात्, कसरी परमेश्वरले येशूलाई जीवित पारी उठाएर त्यो कुरो हामी, तिनीहरूका सन्तानका निम्ति पूरा गरिदिनुभयो, जस्तो दोस्रो भजनमा पनि लेखिएको छ,\n‘तिमी मेरा पुत्र हौ,\nआजको दिन मैले तिमीलाई जन्माएको छु।’"},{"id":34,"text":"उहाँले ख्रीष्टलाई कहिले नसड्ने गरी मृतकबाट जीवित पार्नुभएको विषयमा चाहिँ यसो भन्नुभएको छ, ‘म तिमीहरूलाई दाऊदलाई दिएका पवित्र र अटल आशीर्वाद दिनेछु।’"},{"id":35,"text":"किनकि अर्को ठाउँमा पनि यसो भनिएको छ,‘तपाईंले आफ्ना पवित्र जनको शरीर सड्न दिनुहुनेछैन।’"},{"id":36,"text":"“किनकि उनको आफ्नै पुस्तामा परमेश्वरको उद्देश्यअनुसार सेवा गरेर मरेपछि उनका पिता-पुर्खाहरूसँग दाऊद गाडिए, र उनको शरीर सड़ेर गयो। "},{"id":37,"text":"तर जसलाई परमेश्वरले मृतकबाट जीवित पार्नुभयो उहाँको शरीरचाहिँ सड़ेन।"},{"id":38,"text":"“यसकारण भाइ हो, तपाईंहरूलाई थाहा होस्, कि यी नै मानिसद्वारा पाप-क्षमा हुन्छ भन्ने घोषणा तपाईंहरूलाई गरिएको छ। "},{"id":39,"text":"तपाईं विश्वास गर्नेहरू हरेकले उहाँद्वारा नै सबै कुराबाट छुटकारा पाउनुभएको छ, जुन छुटकारा मोशाको व्यवस्थाद्वारा तपाईंहरूका निम्ति सम्भव थिएन। "},{"id":40,"text":"यसकारण होशियार रहनुहोस्, नत्रता अगमवक्ताहरूका पुस्तकमा भनिएका यी कुरा तपाईंहरूमाथि आइपर्नेछन्:"},{"id":41,"text":"‘हे निन्दा गर्ने हो, हेर र आश्चर्य मान,\nअनि नष्ट भइजाओ,\nकिनकि तिमीहरूको समयमा म एउटा काम गर्छु,\nयस्तो काम जसको विषयमा कसैले बयान गरिदिए पनि\nतिमीहरूले कहिल्यै विश्वास गर्नेछैनौ’।”"},{"id":42,"text":"पावल र बारनाबास सभाघरबाट निस्केर जान लाग्दा आउँदो शबाथमा पनि यी कुरा सुनाइदिनुहोस् भनी मानिसहरूले तिनीहरूलाई बिन्ती गरे। "},{"id":43,"text":"सभा विसर्जन भएपछि धेरै यहूदीहरू र यहूदी मत मान्ने भक्तहरू पावल र बारनाबासको पछि लागे, र तिनीहरूले उनीहरूसँग बोल्दै उनीहरूलाई परमेश्वरको अनुग्रहमा रहिरहनू भनी आग्रह गरे।"},{"id":44,"text":"अर्को शबाथमा झण्डै सम्पूर्ण सहर परमेश्वरको वचन सुन्नलाई उल्टेर आयो। "},{"id":45,"text":"भीड़लाई देख्दा, यहूदीहरू डाहले भरिए र पावलले भनेका कुराको खण्डन गरे, र तिनको निन्दा गरे।"},{"id":46,"text":"तर पावल र बारनाबासले साहस गरेर भने, “परमेश्वरको वचन सर्वप्रथम तपाईंहरूलाई नै सुनाउनु आवश्यक थियो। तपाईंहरूले यसलाई इन्कार गरी आफैलाई अनन्त जीवनको अयोग्य ठहराउनुभएकोले हामी अब अन्यजातिहरूकहाँ जानेछौं।"},{"id":47,"text":"किनकि प्रभुले हामीलाई यस्तो आज्ञा दिनुभएको छ,\n‘पृथ्वीको पल्लो छेउसम्म मुक्ति पुर्याउन\nमैले तिमीलाई अन्यजातिहरूका निम्ति\nज्योति हुन नियुक्त गरेको छु’।”"},{"id":48,"text":"जब अन्यजातिहरूले यी कुरा सुने, तिनीहरू खुशी भए, र परमेश्वरको वचनको प्रशंसा गरे, र अनन्त जीवनको लागि नियुक्त भएकाहरू जतिले विश्वास गरे।"},{"id":49,"text":"प्रभुको वचन सबै इलाकाभरि फैलियो। "},{"id":50,"text":"तर पावल र बारनाबासका विरुद्ध यहूदीहरूले भक्त र प्रतिष्ठित स्त्रीहरू र सहरका मुख्य-मुख्य मानिसहरूलाई उक्साए, र उनीहरूलाई आफ्नो साँधसिमाना बाहिर कटाइदिए। "},{"id":51,"text":"तर उनीहरूचाहिँ आफ्ना खुट्टाको धुलो तिनीहरूका विरुद्धमा टकटक्याएर, आइकोनियनमा आए।"},{"id":52,"text":"चेलाहरू आनन्द र पवित्र आत्माले परिपूर्ण भए।"}]},{"id":14,"title":"प्रेरित 14","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ACT/14-47ef9ea02edb8da2c611692e62b7654b.mp3?version_id=1483","verses":[{"id":1,"text":"अब आइकोनियनमा तिनीहरू एकसाथ यहूदीहरूको सभाघरमा पसेर यस्तो किसिमले बोले, कि यहूदीहरू र ग्रीकहरूको ठूलो दलले विश्वास गर्यो। "},{"id":2,"text":"तर विश्वास नगर्ने यहूदीहरूले चाहिँ अन्यजातिहरूलाई भड्काएर भाइहरूका विरुद्ध उनीहरूको मन तीतो पारिदिए। "},{"id":3,"text":"प्रभुको भरोसामा साहससँग बोल्दै धेरै समयसम्म पावल र बारनाबास त्यहाँ रहे। प्रभुले तिनीहरूका हातबाट चिन्हहरू र अचम्मका कामहरू गराईकन आफ्नो अनुग्रहका वचनको गवाही दिनुभयो। "},{"id":4,"text":"तर सहरका मानिसहरूमा फाटो हुन गयो, र कोही यहूदीहरूतर्फ र कोही प्रेरितहरूतर्फ लागे। "},{"id":5,"text":"अन्यजाति र यहूदीहरू दुवैले उनीहरूका शासकहरूसँग मिलेर तिनीहरूलाई सताउने र ढुङ्गा हान्ने प्रयत्न गरे। "},{"id":6,"text":"तिनीहरूले यो कुरा चाल पाए, र लुकोनियाका सहरहरू लुस्त्रा, डर्बी र छेउछाउका जिल्ला हुँदो भागेर गए, "},{"id":7,"text":"र त्यहाँ तिनीहरूले सुसमाचार प्रचार गरिनैरहे।"},{"id":8,"text":"अब लुस्त्रा सहरमा खुट्टा चलाउन नसक्ने एक जना मानिस बसिरहेको थियो। त्यो जन्मैको लङ्गड़ो थियो, र कहिल्यै हिँड़ेको थिएन। "},{"id":9,"text":"पावलले बोलेको त्यसले सुन्दैथियो। पावलले त्यसलाई एकटक लगाएर हेरे, र निको हुने त्यसको विश्वास छ भन्ने देखिकन "},{"id":10,"text":"ठूलो सोरले कराएर भने, “तेरा खुट्टाको भरमा सीधा उभी।” अनि त्यो जुरुक्क उठ्यो र हिँड्न लाग्यो।"},{"id":11,"text":"जब पावलले गरेको यो काम भीड़ले देख्यो, तब तिनीहरूले लुकोनियाको भाषामा उच्च सोरले यसो भने, “देवहरू मान्छेको रूपमा हामीकहाँ ओर्लेर आएछन्।” "},{"id":12,"text":"तिनीहरूले बारनाबासलाई जिउस देवता र पावललाई हर्मेस देवता भन्न लागे, किनकि यिनीचाहिँ मुख्य वक्ता थिए। "},{"id":13,"text":"सहरको अगिल्तिर भएको जिउसको मन्दिरका पूजाहारीले मूल ढोकाहरूमा गोरुहरू र फूलका मालाहरू ल्याएर त्यहाँका मानिसहरूसँग मिली बलि-पूजा गर्ने इच्छा गरे।"},{"id":14,"text":"तर जब प्रेरितहरू, बारनाबास र पावलले यो कुरा सुने, तब तिनीहरू आफ्नो वस्त्र च्याती यसो भन्दै कराएर मानिसहरूका बीचमा दौड्दैगए र भने, "},{"id":15,"text":"“मानिसहरू हो, तपाईंहरू किन यस्तो काम गर्नुहुन्छ? हामी पनि त तपाईंहरूजस्तै दुःख-सुख भोग्ने मानिसहरू हौं, र तपाईंहरूलाई यी व्यर्थका कुराहरूबाट जीवित परमेश्वरतर्फ फिराउनलाई सुसमाचार सुनाउँछौं, जुन परमेश्वरले स्वर्ग, पृथ्वी, समुद्र र तिनमा भएका यावत् थोक बनाउनुभयो।"},{"id":16,"text":"उहाँले अघि बितिसकेका पुस्तामा सब जातिहरूलाई आ-आफ्नै रीतिअनुसार चल्न दिनुभयो। "},{"id":17,"text":"तापनि उहाँले आफूलाई गवाहीविना छोड्नुभएन, किनकि उहाँले भलो गरेर तपाईंहरूलाई स्वर्गबाट पानीको झरी र फलवन्त ऋतु दिनुभयो र तपाईंहरूका हृदयलाई भोजन र आनन्दले सन्तुष्ट पार्नुभयो।” "},{"id":18,"text":"यी कुरा भनेर तिनीहरूले मुश्किलले तिनीहरूलाई बलि-पूजा चढ़ाउनबाट ती मानिसहरूलाई रोके।"},{"id":19,"text":"तर कुनै-कुनै यहूदीहरू एन्टिओखिया र आइकोनियनबाट त्यहाँ आइपुगे, र भीड़लाई मनाएर पावललाई ढुङ्गा बर्साए, र तिनी मरे होलान् भन्ठानेर सहरदेखि बाहिर घिस्स्याएर लगे। "},{"id":20,"text":"तर जब चेलाहरू तिनको वरिपरि उभिए तिनी उठे, अनि सहरभित्र पसे, र भोलिपल्ट बारनाबाससँग निस्केर डर्बीमा गए।"},{"id":21,"text":"तिनीहरूले त्यस सहरमा सुसमाचार प्रचार गरेर धेरै चेलाहरू बनाए, र तिनीहरू लुस्त्रा, आइकोनियन र एन्टिओखियामा फर्के, "},{"id":22,"text":"चेलाहरूका आत्मालाई सुदृढ़ गराउँदै उनीहरूलाई विश्वासमा रहिरहने अर्ती दिए, र धेरै कष्ट सहेर हामी परमेश्वरको राज्यमा प्रवेश गर्नुपर्छ भनी उनीहरूलाई भने। "},{"id":23,"text":"जब तिनीहरूले उनीहरूको हरेक मण्डलीमा एल्डरहरू नियुक्त गरे, तब प्रार्थना र उपवाससहित उनीहरू आफूले विश्वास गरेका प्रभुको जिम्मामा उनीहरूलाई सुम्पिदिए। "},{"id":24,"text":"त्यसपछि तिनीहरू पिसिदियाबाट भएर पामफिलियामा आए। "},{"id":25,"text":"पर्गामा वचन प्रचार गरेर तिनीहरू अटालियामा झरे।"},{"id":26,"text":"अनि त्यहाँबाट तिनीहरू समुद्रयात्रा गरी एन्टिओखियामा गए, जहाँ तिनीहरूले पूरा गरेका कामको निम्ति परमेश्वरको अनुग्रहमा तिनीहरूलाई अर्पण गरिएको थियो। "},{"id":27,"text":"जब तिनीहरू एन्टिओखियामा आइपुगे, तब मण्डलीलाई भेला गराए, अनि परमेश्वरले तिनीहरूका साथमा गर्नुभएका सबै कामको बयान गरे, र कसरी उहाँले अन्यजातिहरूका निम्ति विश्वासको ढोका खोलिदिनुभयो सो सुनाए। "},{"id":28,"text":"तिनीहरू त्यहाँ चेलाहरूसँग निकै दिन बसे।"}]},{"id":15,"title":"प्रेरित 15","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ACT/15-d42a9518cf79327e32cc655a4010e95c.mp3?version_id=1483","verses":[{"id":1,"text":"अब कोही मानिसहरूले यहूदियाबाट एन्टिओखियामा आएर भाइहरूलाई यस्तो शिक्षा दिन लागे, “तिमीहरू मोशाको रीतिअनुसार खतना भएनौ भने त तिमीहरूको उद्धार हुन सक्नेछैन।” "},{"id":2,"text":"तब पावल र बारनाबासको तिनीहरूसँग धेरै मतभेद र वाद-विवाद भएपछि, त्यहाँका भाइहरूले पावल र बारनाबास र अरू कति जनालाई यस प्रश्नको फैसलाको निम्ति प्रेरितहरू र एल्डरहरूकहाँ यरूशलेम जानलाई नियुक्त गरे। "},{"id":3,"text":"मण्डलीका सदस्यहरूले तिनीहरूलाई त्यहाँबाट बिदा दिए। तिनीहरू फोनिके र सामरियाबाट भएर जाँदा अन्यजातिहरूले प्रभुलाई ग्रहण गरेको कुरा तिनीहरूलाई सविस्तार सुनाए। यस खबरले त्यहाँका भाइहरू अत्यन्तै आनन्दित भए। "},{"id":4,"text":"जब तिनीहरू यरूशलेम आइपुगे, तब तिनीहरूलाई मण्डली, प्रेरित र एल्डरहरूले स्वागत गरे। परमेश्वरले तिनीहरूसँग गर्नुभएका सबै कुराको प्रतिवेदन तिनीहरूले त्यहाँ दिए।"},{"id":5,"text":"तब फरिसी दलका कतिपय विश्वास गर्नेहरूले उभिएर भने, “अन्यजातिहरूको खतना हुनु र तिनीहरूलाई मोशाको व्यवस्था पालन गर्ने आज्ञा दिनु आवश्यक छ।”"},{"id":6,"text":"यस विषयमा सोच-विचार गर्नलाई प्रेरितहरू र एल्डरहरू भेला भए। "},{"id":7,"text":"निकै बहस चलेपछि पत्रुसले खड़ा भएर तिनीहरूलाई भने, “भाइ हो, तपाईंहरूलाई थाहै छ, सुरुका दिनहरूमा कसरी परमेश्वरले मेरो मुखबाट अन्यजातिहरूले सुसमाचारको वचन सुनून् र विश्वास गरून् भनी तिमीहरूका बीचबाट मलाई चुन्नुभयो। "},{"id":8,"text":"हृदयका कुरा जान्नुहुने परमेश्वरले तिनीहरूलाई पनि हामीलाई जस्तै पवित्र आत्मा दिनुभएर तिनीहरूलाई ग्रहण गर्नुभएको कुरा देखाउनुभयो। "},{"id":9,"text":"उहाँले तिनीहरू र हामीहरूका बीच कुनै भेदभाव राख्नुभएन, तर तिनीहरूका हृदय विश्वासद्वारा शुद्ध पार्नुभयो। "},{"id":10,"text":"यसकारण चेलाहरूका काँधमा यो जुवा राखिदिएर किन परमेश्वरको परीक्षा गर्नुहुन्छ? यो जुवा न त हाम्रा पिता-पुर्खाले न हामीले बोक्न सक्यौं। "},{"id":11,"text":"तर हामी विश्वास गर्दछौं, कि प्रभु येशूको अनुग्रहबाट हामीले उद्धार पाएका छौं, जसरी तिनीहरूले पनि पाएका छन्।”"},{"id":12,"text":"तब सभामा सबै चूप बसे, अनि अन्यजातिहरूका बीचमा परमेश्वरले तिनीहरूद्वारा कस्ता चिन्हहरू र आश्चर्यकर्महरू गर्नुभयो त्यसको बयान बारनाबास र पावलले गरे। उनीहरूले यो बयान सुने। "},{"id":13,"text":"तिनीहरू बोलिसकेपछि याकूबले यसो भने, “भाइ हो, मेरो कुरा सुन्नुहोस्, "},{"id":14,"text":"परमेश्वरले आफ्नै नाउँको निम्ति अन्यजातिहरूबाट एउटा जाति छान्ने कृपा गर्नुभयो भन्ने कुरो सिमोनले बताएका छन्। "},{"id":15,"text":"यसै कुरासँग अगमवक्ताका वचन पनि मिल्छन्, जस्तो लेखिएको छ,"},{"id":16,"text":"‘यी कुरापछि म फर्कनेछु,\nर दाऊदको भत्केको वासस्थान फेरि बनाउनेछु,\nत्यसको भग्नावशेष म फेरि बनाइदिनेछु, र त्यसलाई खड़ा गर्नेछु,"},{"id":17,"text":"र बाँकी मानिसहरूले परमप्रभुलाई खोज्न सकून्,\nर सबै अन्यजातिहरूले पनि,\nजुनहरू मेरो नाउँद्वारा बोलाइएका छन्,"},{"id":18,"text":"यो कुरा परमप्रभु भन्नुहुन्छ,\nजसले प्राचीन कालदेखि यी कुराहरू जनाउनुभएको छ,\nजो सृष्टिको आरम्भदेखि जानिएका छन्।’"},{"id":19,"text":"“यसकारण मेरो फैसला यो छ, कि परमेश्वरतर्फ फर्कने अन्यजातिहरूलाई हामी दुःख नदिऔं, "},{"id":20,"text":"तर तिनीहरूलाई यी कुरा लेखिदिऔं, कि तिनीहरू मूर्तिपूजाको अशुद्धताबाट अलग्ग रहून्, व्यभिचारबाट, घोक्रो अँठ्याएर मारेको पशुको मासु र रगतबाट अलग्ग रहून्।"},{"id":21,"text":"किनभने अघिका पुस्तादेखि नै सहरैपिच्छे मोशाका व्यवस्थाको प्रचार भइरहेको छ, किनकि यो हरेक सभाघरमा हरेक शबाथमा पढिँदैछ।”"},{"id":22,"text":"तब प्रेरितहरू, एल्डरहरू र सम्पूर्ण मण्डलीले मिलेर आफ्ना बीचबाट कतिपय मानिसहरूलाई चुनेर पावल र बारनाबाससँग एन्टिओखियामा पठाउन उचित ठाने, र भाइहरूमध्ये मुख्य मानिसहरू, यहूदा भनिने बारसाबास र सिलासलाई चुने "},{"id":23,"text":"र तिनका साथमा उनीहरूले यो पत्र पठाए:“एन्टिओखिया, सिरिया र किलिकियामा रहने अन्यजाति विश्वासी भाइहरूलाई, प्रेरितहरू र एल्डरहरूको अभिवादन। "},{"id":24,"text":"हामीले सुनेका छौं, कि हाम्रा बीचका कुनै-कुनैले हाम्रो आदेशविना नै तपाईंहरूका मन अस्थिर तुल्याएर तपाईंहरूलाई कैयौँ कुराले दुःख दिएका छन्। "},{"id":25,"text":"यसकारण हामी सबैले सर्वसम्मतिद्वारा गरेको निर्णयअनुसार कतिपय मानिसहरूलाई चुनेर तिनीहरूलाई हाम्रा प्रिय बारनाबास र पावलका साथमा तपाईंहरूकहाँ पठाउन हामीलाई उचित लाग्यो। "},{"id":26,"text":"यी मानिसहरू यस्ता हुन्, जसले हाम्रा प्रभु येशू ख्रीष्टको खातिर आफ्ना प्राण जोखिममा पारेका छन्। "},{"id":27,"text":"यसकारण हामीले यहूदा र सिलासलाई पठाएका छौं। तिनीहरूले पनि सोही कुराहरू मुखैले बताउनेछन्। "},{"id":28,"text":"किनभने पवित्र आत्मा र हामीहरूलाई यो उचित लाग्यो, कि यी आवश्यक कुराहरूबाहेक अरू बढ़ी बोझ तपाईंहरूलाई बोकाउनुहुँदैन। "},{"id":29,"text":"तपाईंहरू मूर्तिहरूलाई बलि चढ़ाएको थोक, रगत, गला अँठ्याएर मारेको पशुको मासु र व्यभिचारबाट अलग्ग रहनुहोस्। यी कुराहरूबाट अलग्ग रहनुभयो भने असल हुनेछ। बिदा।”"},{"id":30,"text":"बिदाबारी भएपछि तिनीहरू एन्टिओखियामा आए, र समुदायलाई एकसाथ जम्मा गरेर सो पत्र दिए। "},{"id":31,"text":"पत्रमा भएका अर्तीका कुरा पढ़ी तिनीहरू खुशी भए। "},{"id":32,"text":"यहूदा र सिलास आफैहरू पनि अगमवक्ता भएका हुनाले भाइहरूलाई धेरै वचनद्वारा अर्ती दिएर तिनीहरूलाई बलिया गराए। "},{"id":33,"text":"यिनीहरूले केही दिन त्यहाँ बिताएपछि, त्यहाँका भाइहरूले यिनीहरूलाई पठाउनेहरूकहाँ शुभेच्छासहित बिदा दिई पठाए। [ "},{"id":34,"text":"तर सिलासलाई त्यहीँ बस्न असल लाग्यो।] "},{"id":35,"text":"पावल र बारनाबासचाहिँ शिक्षा दिँदै र प्रभुको वचन प्रचार गर्दै अरू धेरै जनाका साथ एन्टिओखियामा बसे।"},{"id":36,"text":"केही दिनपछि पावलले बारनाबासलाई भने, “आऊ, जुन-जुन सहरमा प्रभुको वचन हामीले प्रचार गरेका थियौं ती सहरहरूमा फर्केर गई भाइहरूलाई भेट गरौं र तिनीहरू के-कस्ता छन् हेरौं।” "},{"id":37,"text":"बारनाबासले मर्कूस भनिने यूहन्नालाई तिनीहरूका साथमा लैजाने इच्छा गरे। "},{"id":38,"text":"तर पावलले मर्कूसलाई साथमा लैजान ठीक ठानेनन्, किनभने तिनी पामफिलियाबाट तिनीहरूसँग छुट्टिएर गएका थिए, र तिनीहरूका साथ काममा गएका थिएनन्।"},{"id":39,"text":"तिनीहरूका बीचमा यति ठूलो मतभेद भयो, कि तिनीहरू एक-अर्काबाट छुट्टिए, र बारनाबास मर्कूसलाई साथमा लिएर साइप्रसतिर गए। "},{"id":40,"text":"तर पावलले सिलासलाई चुने, अनि भाइहरूबाट परमेश्वरको अनुग्रहमा अर्पण भई बिदा भए। "},{"id":41,"text":"मण्डलीहरूलाई बलिया गराउँदै तिनले सिरिया र किलिकियाको भ्रमण गरे।"}]},{"id":16,"title":"प्रेरित 16","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ACT/16-0524d3010162e13b1ffc818c876fd861.mp3?version_id=1483","verses":[{"id":1,"text":"पावल डर्बी र लुस्त्रामा पनि आए। त्यहाँ तिमोथी नाउँ भएका एक जना चेला थिए। तिनी एउटी विश्वासी यहूदी स्त्रीका छोरा थिए, तर तिनका बुबा भने ग्रीक थिए। "},{"id":2,"text":"लुस्त्रा र आइकोनियनका भाइहरूमा तिनको नाउँ चलेको थियो। "},{"id":3,"text":"तिनलाई पावलले साथमा लैजान इच्छा गरे। ती ठाउँहरूमा रहने यहूदीहरूका कारणले गर्दा पावलले तिनलाई लगेर खतना गरे। किनकि तिनका बुबा ग्रीक थिए भन्ने उनीहरू सबैलाई थाहा थियो। "},{"id":4,"text":"अब तिनीहरू सहरहरूका बाटो भएर जाँदा तिनीहरूले यरूशलेमका प्रेरितहरू र एल्डरहरूले गरेका निर्णयहरू यिनीहरूलाई पालन गर्नू भनी सुनाइदिए। "},{"id":5,"text":"यसरी मण्डलीहरू विश्वासमा दह्रिला हुँदै र संख्यामा दिनहुँ बढ्दैगए।"},{"id":6,"text":"पवित्र आत्माबाट एशियामा वचन प्रचार गर्न मनाही भएकोले तिनीहरू फ्रिगिया र गलातियाका इलाकाहरू भएर गए। "},{"id":7,"text":"माइसियाको साँधमा आएपछि तिनीहरूले बिथिनियातर्फ जाने विचार गरे। तर येशूका आत्माले तिनीहरूलाई जान दिनुभएन। "},{"id":8,"text":"तब माइसिया भएर तिनीहरू त्रोआसमा गए। "},{"id":9,"text":"राती पावललाई एउटा दर्शन भयो— माकेडोनियाको एक जना मानिस खड़ा भई तिनलाई बिन्ती गरिरहेको थियो, “माकेडोनिया आउनुहोस्, र हामीलाई सहायता गर्नोस्।” "},{"id":10,"text":"जब तिनले यो दर्शन पाए, तुरुन्तै हामी माकेडोनिया जान तयार भयौं। हामीले यो निश्चय गर्यौं कि तिनीहरूलाई सुसमाचार प्रचार गर्न परमेश्वरले हामीलाई बोलाउनुभएको रहेछ।"},{"id":11,"text":"तब हामीहरू त्रोआसबाट जहाजमा चढ़ी सोझै सामोथ्राकेतिर गयौं, र भोलिपल्ट नियापोलिसमा आइपुग्यौं, "},{"id":12,"text":"र त्यहाँबाट फिलिप्पीमा आइपुग्यौं, जो माकेडोनियाको प्रमुख सहर र रोमी उपनिवेश पनि हो। हामी त्यस सहरमा केही दिन बस्यौं।"},{"id":13,"text":"अब शबाथमा सहरको ढोकाबाट बाहिर नदी किनारमा गयौं, किनकि त्यहाँ प्रार्थना गर्ने ठाउँ छ भनी हामीले अनुमान लगाएका थियौं, र त्यहाँ हामी बस्यौं र जम्मा भएका स्त्रीहरूसँग बातचीत गर्न लाग्यौं। "},{"id":14,"text":"अनि थिआटीरा सहरकी निवासी, बैजनी वस्त्रको व्यापार गर्ने लिडिया नाउँकी एउटी ईश्वरभक्त स्त्रीले हाम्रा वचन सुनिन्। पावलले बोलेका कुरा ध्यानसँग सुनून् भनेर प्रभुले तिनको हृदय खोलिदिनुभयो। "},{"id":15,"text":"जब तिनी र तिनका घरका सबैको बप्तिस्मा भयो, तब तिनले हामीलाई बिन्ती गरिन्, “यदि तपाईंहरूले मलाई प्रभुकी विश्वासीनी ठान्नुहुन्छ भने मेरो घरमा आएर बस्नुहोस्।” र तिनले हामीलाई कर लगाइन्।"},{"id":16,"text":"जब हामी प्रार्थना गर्ने ठाउँमा गइरहेका थियौं, तब जोखना हेर्ने आत्मा भएकी एउटी कमारी केटीसँग हाम्रो भेट भयो, जसले जोखना हेरेर त्यसका मालिकहरूका निम्ति धेरै कमाइ गरिदिन्थी। "},{"id":17,"text":"त्यो पावल र हाम्रा पछिपछि लागी, र यसो भन्दै चिच्च्याई, “यी मानिसहरू सर्वोच्च परमेश्वरका सेवकहरू हुन्। यिनीहरूले तिमीहरूलाई मुक्तिका बाटोको घोषणा गर्छन्।” "},{"id":18,"text":"त्यसले धेरै दिनसम्म यसो गरिरही। तब पावलले झिजो मानेर फनक्क फर्की त्यस दुष्टात्मालाई भने, “येशू ख्रीष्टको नाउँमा म तँलाई त्यसबाट निस्कने आज्ञा गर्दछु।” अनि त्यो दुष्टात्मा त्यही घड़ी निस्किहाल्यो।"},{"id":19,"text":"तर त्यसका मालिकहरूले तिनीहरूका कमाइका आशा विफल भएको देखेर पावल र सिलासलाई समातेर बजारको चोकमा शासकहरूकहाँ तान्दै लगे। "},{"id":20,"text":"अनि तिनीहरूलाई सहरका हाकिमहरूकहाँ ल्याएर भने, “यी मानिसहरू यहूदी हुन्, यिनीहरूले हाम्रो सहरमा गोलमाल मच्चाउँछन्। "},{"id":21,"text":"यिनीहरूले यस्ता-यस्ता प्रथाहरू सिकाउँछन् जो हामी रोमीहरूलाई ग्रहण गर्न वा पालन गर्न न्यायसङ्गत छैन।”"},{"id":22,"text":"तब भीड़हरू मिलेर तिनीहरूमाथि जाइलागे। सहरका हाकिमहरूले तिनीहरूका वस्त्र च्यातेर फालिदिए, र तिनीहरूलाई छड़ी लगाउने आज्ञा दिए। "},{"id":23,"text":"उनीहरूले तिनीहरूलाई निकै छड़ी लगाएपछि तिनीहरूलाई झ्यालखानमा हालिदिए, र झ्यालखानका हाकिमलाई यी कैदीहरूलाई कड़ा निगरानीमा राख्ने हुकुम दिए। "},{"id":24,"text":"यस्तो हुकुम पाएर उनले तिनीहरूलाई झ्यालखानको भित्री भागमा लगी तिनीहरूका खुट्टामा ठिँगुरो ठोकेर राखिदिए।"},{"id":25,"text":"तर आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्वरका भजन गाइरहेका थिए, र अरू कैदीहरूले सो सुनिरहेका थिए। "},{"id":26,"text":"तब एक्कासि एउटा ठूलो भैँचालो गयो, र झ्यालखानका जगहरू हल्लिए, र तुरुन्तै जम्मै ढोकाहरू उघ्रिए, र सबैका बन्धनहरू खुले। "},{"id":27,"text":"झ्यालखानका हाकिम निद्राबाट ब्यूँझे, र झ्यालखानका ढोकाहरू उघ्रेका देखेर कैदीहरू सबै भागिसके भन्ठानेर उनले अपहत्या गर्ने विचारले आफ्नो तरवार थुते। "},{"id":28,"text":"तर पावलले चर्को सोरले यसो भन्दै कराए, “तपाईंले आफूलाई केही नोक्सानी नगर्नुहोस्, किनकि हामी सबै यहीँ छौं।”"},{"id":29,"text":"तब बत्ती मागेर उनी हामफाल्दै भित्र आए, र डरले काम्दै पावल र सिलासका अगाडि घोप्टो परे। "},{"id":30,"text":"तिनीहरूलाई बाहिर ल्याएर उनले भने, “उद्धार पाउनलाई मैले के गर्नुपर्छ?”"},{"id":31,"text":"अनि तिनीहरूले भने, “प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस्, र तपाईंले उद्धार पाउनुहुनेछ— तपाईं र तपाईंका परिवारले।” "},{"id":32,"text":"तिनीहरूले उनलाई र उनको घरमा भएका जति सबैलाई प्रभुको वचन सुनाए। "},{"id":33,"text":"तब रातको त्यही घड़ी उनले तिनीहरूलाई लगेर घाउ धोइदिए। अनि उनी र उनका परिवारले तुरुन्तै बप्तिस्मा लिए। "},{"id":34,"text":"त्यसपछि तिनीहरूलाई घरमा ल्याएर तिनीहरूका सामने भोजन राखिदिए, र परमेश्वरमा विश्वास गरे भन्ने कुरामा उनका सारा परिवारसँग उनी आनन्दित भए।"},{"id":35,"text":"तर उज्यालो भएपछि सहरका हाकिमहरूले सिपाहीहरूलाई यो आदेश दिई पठाए, “ती मानिसहरूलाई छोडिदेओ।” "},{"id":36,"text":"तब झ्यालखानका हाकिमले पावललाई यो कुरा सुनाए, “सहरका हाकिमहरूले तपाईंहरूलाई छोडिदिने आदेश दिनुभएको छ। यसकारण अब निस्केर शान्तिसँग जानुहोस्।”"},{"id":37,"text":"तर पावलले तिनीहरूलाई भने, “हामी रोमी नागरिकलाई दोषी नै नठहराईकन उनीहरूले मानिसहरूका सामुन्ने पिटे, र झ्यालखानमा पनि हाले, र अब हामीलाई गुप्तमा निकाल्न खोज्छन्? यो हुन सक्दैन। उनीहरू आफै आऊन् र हामीलाई निकालेर लैजाऊन्।”"},{"id":38,"text":"ती सिपाहीहरूले हाकिमहरूलाई यी कुरा सुनाए। तिनीहरू त रोमी नागरिक रहेछन् भन्ने सुनेर उनीहरू डराए। "},{"id":39,"text":"उनीहरूले आएर तिनीहरूसँग क्षमा मागे, र तिनीहरूलाई बाहिर लगे र सहर छोडी जाने अनुरोध गरे। "},{"id":40,"text":"तिनीहरू झ्यालखानबाट बाहिर निस्केर लिडियाको घरमा गए, र भाइहरूसँग भेटघाट गरेपछि उनीहरूलाई प्रोत्साहन दिई बिदा भए।"}]},{"id":17,"title":"प्रेरित 17","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ACT/17-642238633fd9bc4fd63fc044cb5c35a2.mp3?version_id=1483","verses":[{"id":1,"text":"पावल र सिलास अम्फिपोलिस र अपोल्लोनियाको बाटो भएर थेसलोनिकेमा आए। त्यहाँ यहूदीहरूको एउटा सभाघर थियो। "},{"id":2,"text":"पावल आफ्नो आदतअनुसार तिनीहरूकहाँ भित्र गए, र तीन सातासम्म धर्मशास्त्रबाट तिनीहरूसँग बहस गर्दैरहे। "},{"id":3,"text":"“ख्रीष्टलाई अवश्य दुःख भोग्नु र मृतकबाट जीवित हुनुपर्थ्यो, र यी नै येशू, जसको सुसमाचार म तपाईंहरूलाई सुनाउँछु, उहाँ नै ख्रीष्ट हुनुहुन्छ” भन्ने कुराको अर्थ खोलिकन तिनले प्रमाणित गरिदिए। "},{"id":4,"text":"तिनीहरूमध्ये कति जना विश्वास गरेर पावल र सिलासतर्फ लागे। ठूलो संख्यामा ईश्वरभक्त ग्रीकहरू र कतिपय प्रमुख महिलाहरू पनि लागेका थिए।"},{"id":5,"text":"तर डाहले भरिएर यहूदीहरूले बजारका बदमाशहरूलाई जम्मा गरी हूल उठाएर सहरमा खैलाबैला मच्चाउन लाए, अनि यासोनको घरमा हमला गरेर पावल र सिलासलाई जनताको सामुन्ने ल्याउन खोजे। "},{"id":6,"text":"तिनीहरूलाई फेला पार्न नसक्दा, उनीहरूले यासोन र कुनै-कुनै भाइहरूलाई सहरका शासकहरूकहाँ यसो भनेर कराउँदै घिस्स्याएर ल्याए, “संसारलाई उलटपुलट पार्ने यी मानिसहरू यहाँ पनि आइपुगेका छन्। "},{"id":7,"text":"तिनीहरू यासोनका पाहुना भएका छन्, र तिनीहरू सबैले येशू भन्ने एक जना अर्कै राजा छन् भनेर कैसरका हुकुमको विरुद्ध काम गर्दछन्।” "},{"id":8,"text":"यो कुरा सुनेर मानिसहरू र सहरका शासकहरू आत्तिए। "},{"id":9,"text":"उनीहरूले यासोन र तिनका साथमा भएका बाँकी मानिसहरूसँग धरौटी लिएर तिनीहरूलाई छोडिदिए।"},{"id":10,"text":"भाइहरूले तुरुन्तै पावल र सिलासलाई राती नै बेरिया पठाइदिए, अनि जब तिनीहरू त्यहाँ पुगे तब तिनी यहूदीहरूको सभाघरभित्र गए। "},{"id":11,"text":"यहाँका यहूदीहरू थेसलोनिकेकाहरूभन्दा बढ़ी भला थिए किनभने यिनीहरूले पूरा उत्सुकतासाथ वचन ग्रहण गरे, र ती कुराहरू ठीकै त्यस्तै हुन् कि होइनन् भनी दिनहुँ धर्मशास्त्र छानबिन गर्थे। "},{"id":12,"text":"यसकारण यिनीहरूमध्ये धेरैले, साथै निकै जना उच्च घरानाका ग्रीक महिलाहरूले र पुरुषहरूले समेत विश्वास गरे।"},{"id":13,"text":"तर जब परमेश्वरको वचन पावलद्वारा बेरियामा पनि प्रचार भइरहेको छ भन्ने थेसलोनिकेका यहूदीहरूले थाहा पाए, तब उनीहरू त्यहाँ पनि भीड़हरूलाई उचाल्न र उक्साउन आइपुगे। "},{"id":14,"text":"तब भाइहरूले तुरुन्तै पावललाई समुद्रपट्टि पठाइदिए। तर सिलास र तिमोथीचाहिँ त्यहीँ नै बसे। "},{"id":15,"text":"पावललाई पुर्याउन जानेहरूले तिनलाई एथेन्ससम्म ल्याए। सिलास र तिमोथीचाहिँ जति सक्दो चाँड़ै तिनीकहाँ आउनुपर्छ भन्ने आज्ञा पाएर तिनीहरू फर्के।"},{"id":16,"text":"पावलले तिनीहरूलाई एथेन्समा पर्खिरहँदा, त्यो सहरलाई मूर्ति नै मूर्तिले भरिएको देखेर तिनको आत्मा तिनीभित्र व्याकुल भयो। "},{"id":17,"text":"यसैकारण तिनले यहूदीहरू र ईश्वरभक्त जनहरूसँग सभाघरमा, र भेटिएका जतिसँग चाहिँ बजारमा दिनहुँ तर्क गर्थे। "},{"id":18,"text":"इपिक्युरी र स्तोइकी दार्शनिकहरूमध्ये पनि कतिले तिनीसँग वाद-विवाद गरे। उनीहरू कतिले भने, “यो बकबके के भन्छ?” अरूहरूले भने, “अरू कुनै विदेशी देवी-देवताहरूको प्रचार गर्नेजस्तो देखिन्छ।” किनकि तिनले येशू र मृतकबाट जीवित हुने कुराको प्रचार गर्थे। "},{"id":19,"text":"तब उनीहरूले तिनलाई अरियोपागसमा लगे र सोधे, “तपाईंले दिनुभएको यो नयाँ शिक्षा के हो, के हामी जान्न सक्छौं? "},{"id":20,"text":"किनकि तपाईं हाम्रो कानमा अनौठा कुराहरू सुनाउँदैहुनुहुन्छ। यसकारण यी कुराको मतलब के हो सो हामी जान्न चाहन्छौं।” "},{"id":21,"text":"सबै एथेन्सबासीहरू र त्यहाँ बस्ने विदेशीहरू नौलो-नौलो कुरा भन्न वा सुन्नबाहेक आफ्नो समय अरू कुनै कुरामा बिताउँदैनथे।"},{"id":22,"text":"पावलले अरियोपागसको बीचमा खड़ा भएर भने, “एथेन्सका मानिस हो, तपाईंहरूलाई म सब कुरामा अति धर्मानुरागी देख्तछु, "},{"id":23,"text":"किनकि घुमफिर गर्दैजाँदा तपाईंहरूले पुज्ने वस्तुहरू मैले देखे। मैले एउटा यस्तो वेदी पनि भेट्टाएँ जसमा “अज्ञात देवताको निम्ति” भन्ने खोपिएको रहेछ। यसैले जसलाई तपाईंहरू नजानिकन पुज्नुहुन्छ उनलाई म तपाईंहरूका माझमा घोषणा गर्दछु।"},{"id":24,"text":"“परमेश्वर, जसले संसार र त्यसमा भएका यावत् थोक बनाउनुभयो, उहाँ स्वर्ग र पृथ्वीका प्रभु भएका हुनाले हातले बनाएको मन्दिरमा वास गर्नुहुन्न,"},{"id":25,"text":"उहाँलाई कुनै थोकको खाँचो परेजस्तो गरी मान्छेको हातबाट उहाँको सेवा हुनुपर्छ भनी नसोच्नुहोस्। किनभने उहाँले नै सबैलाई जीवन, सास र सबै चीज दिनुहुन्छ। "},{"id":26,"text":"उहाँले एक जनाबाट समस्त पृथ्वीमा वास गर्न मानिसको प्रत्येक जाति बनाउनुभयो। तिनीहरूका निवासका अवधि र सीमा पनि तोकिदिनुभयो, "},{"id":27,"text":"तिनीहरूले परमेश्वरलाई खोजून्, शायद तिनीहरूले छामछुम गरेर उहाँलाई भेट्टाउलान् कि भन्ने आशामा यसो गरियो। तर पनि उहाँ हामी हरेकबाट टाढ़ा हुनुहुन्न। "},{"id":28,"text":"किनभने\n“हामी उहाँमा जिउँछौं, र उहाँमा चहलपहल गर्छौं र उहाँमा हाम्रो अस्तित्व छ।”तपाईंहरूका आफ्नै कविहरूले पनि भनेका छन्,\n‘हामी निश्चय उहाँकै सन्तान हौं।’"},{"id":29,"text":"“तब हामी परमेश्वरका सन्तान भएका हुनाले, परमेश्वर सुन, चाँदी वा पत्थरजस्तै हो भनी हामीले ठान्नुहुँदैन— यिनीहरूचाहिँ मान्छेका कला र कल्पनाका प्रतिरूप मात्र हुन्। "},{"id":30,"text":"यस्तो अज्ञानताका समयलाई परमेश्वरले ध्यान दिनुभएन, तर अब प्रत्येक ठाउँमा सब मानिसहरूलाई पश्चात्ताप गर्ने आज्ञा दिनुहुन्छ। "},{"id":31,"text":"किनकि उहाँले एक दिन तोकिदिनुभएको छ, जुन दिन उहाँले आफूले नियुक्त गर्नुभएका एक जना व्यक्तिद्वारा धार्मिकतामा संसारको इन्साफ गर्नुहुनेछ। उनलाई मृतकबाट जीवित पार्नुभएर उहाँले सबै मानिसहरूलाई यसको प्रमाण दिनुभएको छ।”"},{"id":32,"text":"जब तिनीहरूले मृतकबाट जीवित हुने विषयमा सुने, तब कसै-कसैले गिल्ला गरे। तर अरूहरूले चाहिँ “हामी फेरि यस विषयमा तिम्रा कुरा सुन्नेछौं” भने। "},{"id":33,"text":"त्यसपछि पावल तिनीहरूका बीचबाट गए। "},{"id":34,"text":"तर कोही मानिसहरू तिनका साथ लागे, अनि विश्वास गरे। तिनीहरूमध्ये अरियोपागसका डियनुसियस, दामारिस नाउँ भएकी एउटी स्त्री, र अरूहरू पनि थिए।"}]},{"id":18,"title":"प्रेरित 18","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ACT/18-f554b48b69963a38d9e4120ebbc6e8cc.mp3?version_id=1483","verses":[{"id":1,"text":"त्यसपछि तिनी एथेन्सबाट बिदा भएर कोरिन्थमा गए। "},{"id":2,"text":"तिनले पोन्टस-निवासी अकिलास नाउँ भएका एक जना यहूदीलाई भेटे। तिनी आफ्नी पत्नी प्रिस्किलासँग इटालियाबाट आएका थिए, किनकि सम्राट् क्लौडियसले सबै यहूदीहरूलाई रोमबाट निस्किजाने आज्ञा दिएका थिए। पावल उनीहरूलाई भेट्न गए। "},{"id":3,"text":"एकै पेशाका हुनाले तिनी पनि उनीहरूसँगै बसे, र काम गरे। किनकि उनीहरूको पेशा पाल बनाउने थियो। "},{"id":4,"text":"हरेक शबाथमा तिनी सभाघरमा बहस गर्थे, र यहूदी र ग्रीकहरूलाई बुझाउने प्रयत्न गर्थे।"},{"id":5,"text":"जब सिलास र तिमोथी माकेडोनियाबाट आइपुगे, पावल वचनको प्रचारमा व्यस्त थिए, र यहूदीहरूलाई येशू नै ख्रीष्ट हुनुहुन्छ भनी तिनले शिक्षा दिँदैथिए। "},{"id":6,"text":"तर जब उनीहरूले विरोध गरेर तिनको निन्दा गर्न लागे, तब तिनले आफ्नो लुगा टकटक्याएर उनीहरूलाई भने, “तिमीहरूको रगत तिमीहरूकै थाप्लोमा परोस्, म निर्दोष छु। अब उप्रान्त म अन्यजातिहरूकहाँ जानेछु।”"},{"id":7,"text":"तब तिनी त्यहाँबाट परमेश्वरको भक्ति गर्ने तीतस युस्तस नाउँ भएका मानिसको घरमा गए। उनको घर सभाघरको छेवैमा थियो। "},{"id":8,"text":"सभाघरका शासक क्रिस्पसले सपरिवार प्रभुमा विश्वास गरे, र कोरिन्थीहरूमध्ये पनि धेरैले पावलका वचन सुनेर विश्वास गरे, र बप्तिस्मा लिए।"},{"id":9,"text":"एक रात दर्शनमा प्रभुले पावललाई भन्नुभयो, "},{"id":10,"text":"<red>“नडराऊ, तर बोल्दैजाऊ, र चूप नलाग, किनकि म तिम्रो साथ छु, र कसैले तिमीलाई आक्रमण गरेर हानि गर्न सक्नेछैन, किनकि यस सहरमा मेरा धेरै मानिसहरू छन्।”</red>"},{"id":11,"text":"अनि परमेश्वरको वचन सिकाउँदै पावल एक वर्ष छ महिनासम्म तिनीहरूसँग बसे।"},{"id":12,"text":"जब गलियोन अखैयाका शासक भए, तब यहूदीहरू एकै मतका भईकन पावलमाथि आक्रमण गरे, र तिनलाई अदालतमा ल्याए, "},{"id":13,"text":"र यसो भने, “यस मानिसले व्यवस्थाको विरुद्ध परमेश्वरको आराधना गर्न मानिसहरूलाई सिकाइरहेछ।”"},{"id":14,"text":"जब पावल बोल्नै लागेका थिए, तब गलियोनले ती यहूदीहरूलाई भने, “यहूदी हो, यदि साँच्ची नै यो केही अन्याय वा दुष्ट अपराधको कुरो हुँदो हो त मैले तिमीहरूको कुरा सुन्न उचित हुनेथियो। "},{"id":15,"text":"तर शब्दहरू, नाउँहरू र तिमीहरूको आफ्नै व्यवस्थाको सवाल भएको हुनाले तिमीहरू आफै विचार गर। म यस्ता कुराहरूको इन्साफ गर्न इन्कार गर्छु।” "},{"id":16,"text":"अनि उनले तिनीहरूलाई अदालतबाट धपाइदिए। "},{"id":17,"text":"तब तिनीहरू सबैले सभाघरका शासक सोस्थेनेसलाई समातेर अदालतको सामने पिटे। तर गलियोनले त्यस कुराको केही वास्तै राखेनन्।"},{"id":18,"text":"यसपछि पावल धेरै दिनसम्म त्यहाँ बसे। तब भाइहरूसँग बिदा भई तिनी जहाजमा सिरिया गए। तिनीसँग प्रिस्किला र अकिलास पनि थिए। कुनै भाकलको करारमा तिनले किंक्रियामा आफ्नो कपाल खौरे।"},{"id":19,"text":"तिनीहरू एफिससमा आइपुगे, अनि पावलले तिनीहरूलाई त्यहीँ छोड़े, र आफूचाहिँ एउटा सभाघरमा पसेर यहूदीहरूसित बहस गर्न लागे। "},{"id":20,"text":"तब उनीहरूले तिनलाई अझ केही दिन बस्ने बिन्ती गर्दा तिनले इन्कार गरे। "},{"id":21,"text":"उनीहरूसँग बिदा हुँदा तिनले भने, “परमेश्वरको इच्छा भए म फेरि तिमीहरूकहाँ फर्केर आउनेछु।” तब तिनी जहाजमा चढ़ी एफिससबाट गए।"},{"id":22,"text":"जब तिनी कैसरियामा उत्रे तब माथि उक्लेर मण्डलीलाई भेटघाट गरी अभिवादन गरेर एन्टिओखियातिर ओर्ले।"},{"id":23,"text":"तिनले त्यहाँ केही दिन बिताएर त्यहाँबाट निस्की गलातिया र फ्रिगियाका इलाकाहरू भएर सबै चेलाहरूलाई हौसला दिँदै भिन्न-भिन्न स्थानमा गए।"},{"id":24,"text":"अलेक्जेन्ड्रिया-निवासी अपोल्लोस नाउँका एक जना यहूदी एफिससमा आए। तिनी एक जना कुशल वक्ता र धर्मशास्त्रमा पोख्त थिए। "},{"id":25,"text":"तिनले प्रभुका मार्गको शिक्षा पाएका थिए, र आत्मामा उत्साहित भई तिनले येशूका विषयका कुराहरू ठीक-ठीकसँग बोल्ने र सिकाउने गर्थे। यद्यपि तिनले यूहन्नाको बप्तिस्मा मात्र जानेका थिए। "},{"id":26,"text":"तिनी सभाघरमा साहसपूर्वक बोल्न थाले। तर तिनले बोलेका कुरा सुनेर प्रिस्किला र अकिलासले तिनलाई आफ्नो घरमा ल्याए, र परमेश्वरका मार्गको अर्थ झन् प्रष्टसँग बुझाइदिए।"},{"id":27,"text":"तिनले अखैयामा जाने मन गर्दा भाइहरूले तिनलाई त्यहाँ जाने प्रोत्साहन दिए, र तिनलाई ग्रहण गरून् भनी त्यहाँका चेलाहरूलाई उत्साह दिएर पत्र लेखे। तिनले त्यहाँ पुगेर अनुग्रहद्वारा विश्वास गर्नेहरूलाई धेरै सहायता गरे। "},{"id":28,"text":"किनकि तिनले धर्मशास्त्रका वचनद्वारा येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा देखाईकन यहूदीहरूलाई सबैका सामुन्ने बिलकुल निरुत्तर तुल्याए।"}]},{"id":19,"title":"प्रेरित 19","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ACT/19-97f1065f8be640187bd7c6058e62db15.mp3?version_id=1483","verses":[{"id":1,"text":"अपोल्लोस कोरिन्थमा हुँदा पावल भित्री इलाकाहरू भएर एफिससमा आए। त्यहाँ तिनले कुनै-कुनै चेलाहरूलाई भेट्टाए। "},{"id":2,"text":"तिनले उनीहरूलाई भने, “जब तिमीहरूले विश्वास गर्यौ के तिमीहरूले पवित्र आत्मा पायौ?”उनीहरूले तिनलाई भने, “पवित्र आत्मा हुनुहुन्छ भन्ने त हामीले सुनेका पनि छैनौं।”"},{"id":3,"text":"अनि तिनले उनीहरूलाई भने, “तब तिमीहरूले कस्तो बप्तिस्मा लियौ?”उनीहरूले भने, “यूहन्नाको बप्तिस्मा।”"},{"id":4,"text":"तब पावलले भने, “यूहन्नाले दिएको बप्तिस्माचाहिँ पश्चात्तापको बप्तिस्मा थियो। उनीपछि आउनुहुने व्यक्ति, अर्थात् येशूमाथि विश्वास गर्नू भनी उनले मानिसहरूलाई बताउँथे।”"},{"id":5,"text":"यो कुरा सुनेर उनीहरूले प्रभु येशूको नाउँमा बप्तिस्मा लिए। "},{"id":6,"text":"जब पावलले उनीहरूमाथि हात राखे, तब पवित्र आत्मा उनीहरूमाथि आउनुभयो, र उनीहरू अन्य भाषामा बोले र अगमवाणी गरे। "},{"id":7,"text":"उनीहरू प्राय: बाह्र जना जति थिए।"},{"id":8,"text":"पावल सभाघरमा पसिकन तीन महिनासम्म परमेश्वरका राज्यको विषयमा तिनीहरूसँग साहसपूर्वक बहस गरे र मानिसहरूलाई बुझाइरहे। "},{"id":9,"text":"तर जब कुनै-कुनैले हठी भएर विश्वास गरेनन्, र यस समुदायको विरुद्धमा झुण्डको सामुन्ने बोल्न लागे, तब पावल तिनीहरूबाट अलग्ग भए, र चेलाहरूलाई साथमा लगी टुरान्नसको विद्यालयमा बहस गर्न लागे। "},{"id":10,"text":"यो काम दुई वर्षसम्म चलिरह्यो, र एशियाका सबै बासिन्दाहरू, यहूदी र ग्रीक दुवैले प्रभुको वचन सुने।"},{"id":11,"text":"परमेश्वरले पावलको हातबाट असाधारण आश्चर्य कामहरू गर्नुभयो, "},{"id":12,"text":"यहाँसम्म कि रूमाल अथवा पछ्यौरा तिनको शरीरमा छुवाएर बिरामीहरूकहाँ लगिन्थे, र तिनीहरूका शरीरबाट रोग जान्थे र दुष्टात्मा पनि निस्कन्थे।"},{"id":13,"text":"तर कुनै-कुनै यताउता घुमफिर गर्ने यहूदी झारफूकेहरूले भूतात्मा लागेकाहरूलाई प्रभु येशूको नाउँ उच्चारण गर्दै यसो भने, “पावलले प्रचार गरेका येशूद्वारा म तँलाई आज्ञा गर्दछु।” "},{"id":14,"text":"त्यहाँ एक जना स्केवास नाउँ भएको यहूदी प्रधान पूजाहारीका सात जना छोराहरूले यसो गर्थे। "},{"id":15,"text":"तब भूतात्माले जवाफ दिएर तिनीहरूलाई भन्यो, “येशूलाई म चिन्छु, र पावललाई पनि म चिन्छु, तर तिमीहरूचाहिँ को हौ?” "},{"id":16,"text":"त्यो भूतात्मा भएको मानिस तिनीहरूमाथि उफ्रँदै आयो, र तिनीहरू सबैलाई वशमा पारेर तिनीहरूलाई पछार्यो र तिनीहरू त्यस घरबाट नाङ्गो र घाइते भएर भागे।"},{"id":17,"text":"यो कुरा एफिसस-निवासी, यहूदी र ग्रीकहरूमा जाहेर भयो। अनि तिनीहरू सबैमाथि डर छायो, र प्रभु येशूको नाउँको प्रशंसा भयो। "},{"id":18,"text":"विश्वास गरेकाहरू धेरै जना आए, र तिनीहरूले गरेका आफ्ना-आफ्ना दुष्ट कामहरूको स्वीकार गरे र ती प्रकट गरे। "},{"id":19,"text":"तिनीहरूमध्ये धेरै जना, जस-जसले टुनामुना गर्थे, आ-आफ्ना पुस्तकहरू बटुलेर ल्याए, र सबैका सामुन्ने जलाइदिए। तिनीहरूले तिनको मोल गर्दा पचास हजार चाँदीका सिक्काको हिसाब लाग्यो। "},{"id":20,"text":"यसरी प्रभुको वचन फैलँदैगयो, र प्रभावशाली भयो।"},{"id":21,"text":"यी घटनाहरूपछि, पवित्र आत्माको प्रेरणामा पावलले अखैयाको बाटो भएर यरूशलेम जाने निर्णय गरे। तिनले भने, “त्यहाँ पुगेपछि म रोम जानैपर्छ” "},{"id":22,"text":"तिनका सेवा गर्नेहरू दुई जना, तिमोथी र इरास्तसलाई तिनले माकेडोनियामा पठाए, तर तिनी आफैचाहिँ केही दिन एशियामै बसे।"},{"id":23,"text":"त्यही बेलातिर यस मार्गको विषयमा खूबै हलचल मच्चियो। "},{"id":24,"text":"किनभने डेमेत्रियस नाउँ भएको एक जना चाँदीको शिल्पकारले आर्तेमिस देवीका चाँदीका ससाना मन्दिरहरू बनाएर कारीगरहरूलाई धेरै काम दिलाउँथ्यो। "},{"id":25,"text":"तब यिनीहरूलाई र अरू यस्तै पेशा भएकाहरूलाई त्यसले जम्मा गरेर भन्यो, “भाइ हो, तिमीहरूलाई थाहै छ, कि यही व्यापारबाट हामीलाई राम्रो आम्दानी हुन्छ। "},{"id":26,"text":"तिमीहरू देखिरहेछौ र सुनिरहेछौ, कि एफिससमा मात्र होइन, तर प्राय: समस्त एशियामा हातले बनाएका देवदेवताचाहिँ केही होइन भनी पावलले धेरै मानिसहरूका समूहलाई फुस्लाएर बहकाई लगेको छ। "},{"id":27,"text":"यसकारण हाम्रो व्यापारको प्रतिष्ठा नाश हुने मात्र होइन तर महान् देवी आर्तेमिसको मन्दिरसमेत बेकम्मा हुनेछ, र सारा एशिया र संसारले मानिआएको देवी आफ्नो गौरवबाट पतित हुनेछिन्।”"},{"id":28,"text":"यो सुनेर तिनीहरू रीसले चूर भए, र “एफिसीहरूकी आर्तेमिस महान् हुन्।” भनी चिच्च्याउन लागे। "},{"id":29,"text":"सारा सहरमा होहल्ला मच्चियो र तिनीहरू एक जुट भएर पावलका सहयात्री माकेडोनियावासी गायस र अरिस्तार्खसलाई समातेर रङ्गशालाभित्र घिस्स्याउँदै लगे। "},{"id":30,"text":"पावल मानिसहरूको भीड़मा जान चाहे, तर चेलाहरूले तिनलाई जान दिएनन्। "},{"id":31,"text":"एशियाका कतिपय प्रमुख मानिसहरू पावलका मित्र थिए। तिनीहरूले पावललाई रङ्गशालाभित्र नजानुहोस् भनी बिन्ती गरी पठाए।"},{"id":32,"text":"तब तिनीहरू भिन्नाभिन्नै कुरा गर्दै चिच्च्याउन लागे। किनकि त्यो भीड़मा होहल्ला मच्चिएको थियो, र धेरैजसो मानिसहरूले त तिनीहरू किन जम्मा भएका हुन् सो पनि जानेका थिएनन्। "},{"id":33,"text":"भीड़का कति मानिसहरूले अलेक्जेन्डरलाई अगि सारे, जसलाई यहूदीहरूले खड़ा गरेका थिए। अलेक्जेन्डरले हातले इशारा गरेर मानिसहरूका सामुन्ने बचाउको निम्ति केही भन्ने इच्छा व्यक्त गरे। "},{"id":34,"text":"तर तिनीहरूले त्यो त यहूदी रहेछ भन्ने थाहा पाएर सबै जनाले एक सोरले करीब दुई घण्टा जति “एफिसीहरूकी आर्तेमिस महान् हुन्” भन्दै कराए।"},{"id":35,"text":"नगरका हाकिमले मानिसहरूलाई शान्त पारेपछि भने, “एफिससका मानिस हो, एफिसीहरूको सहरचाहिँ महान् आर्तेमिसको मन्दिर र आकाशबाट खसेको तिनको मूर्तिको रक्षक हो भन्ने कुरा कसलाई थाहा छैन र? "},{"id":36,"text":"तपाईंहरू जान्नुहुन्छ यो कुरा अकाट्य छ, यसकारण तपाईंहरू शान्त हुनुपर्छ र कुनै उत्ताउलो काम गर्नुहुँदैन। "},{"id":37,"text":"किनभने तपाईंहरूले ल्याउनुभएका यी मानिसहरूले मन्दिर लुटेका छैनन् र हाम्री देवीको अपमान पनि गरेका छैनन्। "},{"id":38,"text":"यसकारण यदि डेमेत्रियस र तिनीसँग हुने कारीगरहरूको कसैको विरुद्धमा केही उजूर भए अदालतहरू खुला छँदैछन्, र न्यायाधीशहरू पनि छँदैछन्, तिनीहरू एक-अर्काको विरुद्ध मुद्दा लडून्। "},{"id":39,"text":"तर यसबाहेक अरू नै विषय उठाउन चाहनुहुन्छ भनेता त्यसको फैसला नियमित सभामा हुनेछ, "},{"id":40,"text":"किनकि आजको यस हूलदङ्गाको दोष हामीमाथि लाग्ने खतरा छ। किनभने यो कारणैविनाको दङ्गाफसादको केही स्पष्टीकरण हामी दिन सक्नेछैनौं।” "},{"id":41,"text":"यति भनेर तिनले सभालाई विसर्जन गरे।"}]},{"id":20,"title":"प्रेरित 20","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ACT/20-fe350cd32fe7fccb167842b6bcdcfa2d.mp3?version_id=1483","verses":[{"id":1,"text":"यो खैलाबैला थामिएपछि पावलले चेलाहरूलाई डाकिपठाए, र तिनीहरूलाई अर्ती दिए, र तिनीहरूसँग बिदा भई माकेडोनियातर्फ लागे। "},{"id":2,"text":"त्यहाँका इलाकाहरूमा गएर तिनीहरूलाई धेरै प्रोत्साहन दिएपछि तिनी ग्रीसमा गए। "},{"id":3,"text":"त्यहाँ तिनले तीन महिना बिताए। तिनी सिरियातर्फ जहाजद्वारा यात्रा गर्न लाग्दा यहूदीहरूले तिनको विरुद्धमा षड्यन्त्र गरेका हुनाले पावलले माकेडोनिया भएरै फर्कने निश्चय गरे। "},{"id":4,"text":"तब बेरिया-निवासी पुरसका छोरा सोपात्रोस, थेसलोनिकेबाट अरिस्तार्खस र सिकन्दस, डर्बीका गायस, अनि तिमोथी र एशियाका तुखिकस र त्रोफिमस तिनको साथ गए। "},{"id":5,"text":"यिनीहरू अगाडि नै पुगेर हामीलाई त्रोआसमा पर्खिरहेका थिए। "},{"id":6,"text":"तब हामीचाहिँ अखमिरी रोटीको चाड़का दिनहरूपछि फिलिप्पीबाट जहाजमा यात्रा गरी पाँच दिनमा त्रोआसमा तिनीहरूकहाँ आयौं, र त्यहाँ सात दिन रह्यौं।"},{"id":7,"text":"हप्ताको पहिलो दिनमा जब हामी रोटी भाँच्नलाई जम्मा भयौं, तब पावलले चाहिँ भोलिपल्ट जाने इच्छा गरेका हुनाले, तिनीहरूसँग मध्यरातसम्म बातचीत गरिरहे। "},{"id":8,"text":"हामी भेला भएको माथिल्लो तलाको कोठामा धेरै बत्तीहरू थिए। "},{"id":9,"text":"युटिकस नाउँ भएको एक जना युवक झ्यालमा बसेको थियो। पावलले धेरै बेरसम्म कुरा गरिरहँदा त्यो गहिरो निद्रामा पर्यो र निद्राको वशमा परी त्यो तेस्रो तलाबाट खस्यो र त्यसलाई तिनीहरूले मृत अवस्थामा उठाए। "},{"id":10,"text":"तब पावल तल ओर्ले, र घोप्टो परी त्यसलाई अँगालो हाले र भने, “नघबराओ किनभने त्यो जीवितै छ।” "},{"id":11,"text":"तब तिनी माथि उक्ले अनि रोटी भाँचेर खाइसकेपछि बिहान उज्यालो नभइञ्जेल धेरै बेर बातचीत गरिबसे। त्यसपछि बिदा भए। "},{"id":12,"text":"अनि तिनीहरूले त्यस युवकलाई जीवित अवस्थामै लगे र धेरै सान्त्वना पाए।"},{"id":13,"text":"हामी अघिबाटै जहाजसम्म गयौं र जहाजमा चढ़ी हामी अस्सोस गयौं। हामी पावललाई त्यहाँ जहाजमा चढ़ाउन चाहन्थ्यौं। पावलले यस्तै बन्दोबस्त गरेर तिनी अस्सोससम्म पैदलै गएका थिए। "},{"id":14,"text":"अनि जब तिनले हामीलाई अस्सोसमा भेटे, हामीले तिनलाई जहाजमा चढ़ायौं, र मितिलेनेमा आयौं। "},{"id":15,"text":"त्यहाँबाट जहाजमा यात्रा गरेर भोलिपल्ट खियसको छेउमा आइपुग्यौं, र पर्सिपल्ट सामोसमा आइपुग्यौं। त्यसको अर्को दिन मिलेटसमा आयौं, "},{"id":16,"text":"एशियामा समय बिताउने विचार नभएको हुनाले तिनले एफिसस नपसी जाने निश्चय गरे। किनभने सम्भव भए पेन्तिकोसको दिन यरूशलेममै पुग्ने तिनले आतुरी गरिरहेका थिए।"},{"id":17,"text":"तिनले मिलेटसबाट एफिससमा मानिस पठाएर मण्डलीका एल्डरहरूलाई बोलाइपठाए। "},{"id":18,"text":"जब उनीहरू तिनीकहाँ आए तिनले उनीहरूलाई भने, “एशियामा पाइला टेकेको पहिलो दिनदेखि नै मैले समस्त समय तपाईंहरूका बीचमा कुन किसिमले बिताएँ सो तपाईंहरू जान्नुहुन्छ। "},{"id":19,"text":"पूर्ण नम्रतामा आँसु बगाउँदै, यहूदी षड्यन्त्रको परीक्षामा पनि मैले प्रभुको सेवा गरें। "},{"id":20,"text":"तपाईंहरूको लाभ हुने कुरा तपाईंहरूका सामुन्ने घोषणा गर्नदेखि र घर-घरमा सबैका सामुन्ने तपाईंहरूलाई शिक्षा दिनदेखि म पछि हटिनँ। "},{"id":21,"text":"यहूदीहरूलाई र ग्रीकहरूलाई पश्चात्ताप गरेर परमेश्वरपट्टि फर्कनू र हाम्रा प्रभु येशू ख्रीष्टमाथि विश्वास राख्नू भन्ने कुराको गवाही मैले दिएको छु।"},{"id":22,"text":"“अब हेर्नुहोस्, म पवित्र आत्मामा बाध्य भएर यरूशलेमतिर जाँदैछु, त्यहाँ मलाई के-कसो परिआउने हो सो म केही जान्दिनँ। "},{"id":23,"text":"यति मात्र जान्दछु, कि हरेक सहरमा कैद र कष्ट ममाथि परिआउँछ भन्ने पवित्र आत्माले मलाई गवाही दिनुहुन्छ। "},{"id":24,"text":"तर म आफ्नो जीवनलाई कुनै मोलको र आफ्नो निम्ति प्रिय ठान्दिनँ। यति मात्र चाहन्छु, कि परमेश्वरका अनुग्रहको सुसमाचारको गवाही दिनलाई मेरो दौड र प्रभु येशूबाट मिलेको मेरो सेवकाइ म पूरा गर्न सकूँ।"},{"id":25,"text":"“अब हेर्नुहोस्, म जान्दछु कि तपाईंहरूमध्ये सबै, जस-जसलाई मैले राज्यको प्रचार गर्दै हिँड़े, तपाईंहरूले मेरो मुख फेरि कहिल्यै देख्नुहुनेछैन। "},{"id":26,"text":"यसैकारण आजको दिन म तपाईंहरूलाई गवाही दिँदछु, कि म कसैको रगतको दोषी हुनेछैनँ। "},{"id":27,"text":"किनभने परमेश्वरको समस्त अभिप्राय तपाईंहरूलाई बताउन म पछि हटिनँ। "},{"id":28,"text":"तपाईंहरू आफ्ना निम्ति र आफ्नो समस्त बगालको निम्ति सावधान रहनुहोस्। पवित्र आत्माले तपाईंहरूलाई बगालका जिम्मावाल बनाउनुभएको हुनाले उहाँले आफ्नै रगतले किन्नुभएको परमेश्वरका मण्डलीको हेरचाह तपाईंहरू गर्नुहोस्। "},{"id":29,"text":"किनभने मलाई थाहा छ, कि म गएपछि डरलाग्दा ब्वाँसाहरू तपाईंहरूका माझमा पस्नेछन्, जसले बगाललाई बाँकी राख्नेछैनन्। "},{"id":30,"text":"तपाईंहरूकै बीचबाट भर्माउने कुरा बोल्ने मानिसहरू उठ्नेछन्, जसले चेलाहरूलाई आफ्ना पछि लैजानेछन्। "},{"id":31,"text":"यसकारण यो सम्झेर होशियार हुनुहोस्, कि तीन वर्षसम्म दिनरात आँसु बगाउँदै हरेक मानिसलाई मैले चेताउनी दिइरहें।"},{"id":32,"text":"“अब म तपाईंहरूलाई परमेश्वरमा र उहाँका अनुग्रहको वचनमा सुम्पिदिन्छु, जसले तपाईंहरूलाई सुदृढ़ पार्न सक्छ, र पवित्र पारिएकाहरू सबैका बीचमा उत्तराधिकार दिन सक्छ। "},{"id":33,"text":"मैले कुनै मानिसको सुन, चाँदी, कि वस्त्रको लोभ गरिनँ। "},{"id":34,"text":"तपाईंहरू आफै जान्नुहुन्छ कि मेरा यिनै हातले मेरो आफ्नै र मेरा साथमा भएकाहरूको आवश्यकतालाई पूरा गरेका छन्। "},{"id":35,"text":"मैले सबै कुरामा तपाईंहरूलाई उदाहरण दिएको छु, कि तपाईंहरूले पनि यसरी नै कड़ा परिश्रम गरेर निर्धाहरूलाई मदत गर्नुपर्छ। प्रभु येशूको वचन याद राख्नुहोस्, कसरी उहाँ आफैले भन्नुभएको छ, <red>कि लिनुभन्दा दिनु अझ धन्य हो।”</red>"},{"id":36,"text":"यति भनेर तिनले घुँड़ा टेके र उनीहरू सबैका साथमा प्रार्थना गरे। "},{"id":37,"text":"उनीहरू सबै रोए, र पावललाई अँगालो हालेर चुम्बन गरे। "},{"id":38,"text":"उनीहरूले फेरि कहिल्यै तिनको मुख देख्नेछैनन् भनी पावलले भनेका कुरामा तिनीहरूले ज्यादै शोक गरे। अनि उनीहरूले तिनलाई जहाजमा पुर्याए।"}]},{"id":21,"title":"प्रेरित 21","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ACT/21-4038e23780966c38a0fcf4037ab0a604.mp3?version_id=1483","verses":[{"id":1,"text":"उनीहरूसँग बिदा भई हामी जहाजमा चढ़ेर सीधै कोसमा आयौं, र भोलिपल्ट रोडसमा र त्यहाँबाट पटारामा आइपुग्यौं। "},{"id":2,"text":"अनि फोनिकेमा जाने एउटा जहाज भेट्टाएर हामी त्यसैमा चढ़ेर गयौं। "},{"id":3,"text":"जब साइप्रस देखा पर्यो, तब हामी त्यसलाई देब्रेतिर पारी सिरियातर्फ लागेर टुरोसमा उत्र्यौं। किनभने जहाजका मालसामान त्यहाँ उतार्नुपरेको थियो। "},{"id":4,"text":"चेलाहरूलाई खोजी फेला पारेर तिनीहरूसँग हामी सात दिन त्यहाँ बस्यौं। पावललाई यरूशलेममा नजानू भनी तिनीहरूले पवित्र आत्माद्वारा भने। "},{"id":5,"text":"त्यहाँबाट हाम्रो हिँड्ने बेला भएपछि हामी बिदा भएर आफ्नो यात्रामा निक्लियौं। आफ्ना जहान र बालबच्चाहरूसमेत तिनीहरू जम्मै हामीलाई सहर बाहिरसम्म पुर्याउन आए, र हामीले समुद्र किनारमा घुँड़ा टेकी प्रार्थना गर्यौं, र एक-अर्कासँग बिदा भयौं। "},{"id":6,"text":"तब हामी जहाजमा चढ़्यौं, र तिनीहरूचाहिँ आफ्ना घर फर्के।"},{"id":7,"text":"टुरोसबाट समुद्र-यात्रा गरी हामी टोलेमाइसमा आइपुग्यौं। त्यहाँ भाइहरूलाई अभिवादन गरी तिनीहरूसँग एक दिन बस्यौं। "},{"id":8,"text":"भोलिपल्ट हामी बिदा भएर कैसरियामा आयौं, र प्रचारक फिलिपको घरमा पस्यौं। तिनी ती सात जनामध्ये एक थिए, र हामी तिनीसँग बस्यौं।"},{"id":9,"text":"अगमवाणी बोल्ने तिनका चार जना अविवाहित छोरीहरू थिए।"},{"id":10,"text":"हामी त्यहाँ केही दिन बस्दा यहूदियाबाट अगाबस नाउँका एक जना अगमवक्ता आए।"},{"id":11,"text":"उनले हामीकहाँ आएर पावलको पटुका लिई आफ्नो हात-खुट्टा बाँधे, र भने, “पवित्र आत्मा यसो भन्नुहुन्छ, ‘यो पटुका जुन मानिसको हो, त्यसलाई यरूशलेममा यहूदीहरूले यसैगरी बाँध्नेछन् र अन्यजातिहरूका हातमा सुम्पिदिनेछन्’।”"},{"id":12,"text":"यो कुरा सुनेर, हामी र त्यस ठाउँका मानिसहरू मिलेर तिनलाई यरूशलेममा नजानुहोस् भनी बिन्ती गर्यौं। "},{"id":13,"text":"तर पावलले जवाफ दिए, “तिमीहरू यसरी रोएर मेरो मनलाई किन छियाछिया पार्छौ? किनकि प्रभु येशूको नाउँको निम्ति कैदमा पर्नु मात्र होइन, तर यरूशलेममा मर्न पनि म तयार छु।” "},{"id":14,"text":"तिनलाई मनाउन नसक्दा “प्रभुको इच्छा पूरा होस्” भनेर हामी चूप लाग्यौं।"},{"id":15,"text":"ती दिनपछि हामी तयार भयौं, र यरूशलेमतर्फ लाग्यौं। "},{"id":16,"text":"हाम्रा साथमा कैसरियाका कुनै-कुनै चेलाहरू पनि गए, र तिनीहरूले हामीलाई साइप्रसका एक जना पुराना चेला मनासोन भन्नेको घरमा ल्याए। तिनीकहाँ हामीलाई बस्नुपरेको थियो।"},{"id":17,"text":"अनि जब हामी यरूशलेममा आइपुग्यौं, तब भाइहरूले हामीलाई खुशीसाथ स्वागत गरे। "},{"id":18,"text":"भोलिपल्ट पावल हामीसँग याकूबकहाँ गए। त्यहाँ सबै एल्डरहरू उपस्थित थिए। "},{"id":19,"text":"तिनीहरूलाई अभिवादन गरेपछि, पावलले तिनको सेवकाइद्वारा अन्यजातिहरूका बीचमा परमेश्वरले गर्नुभएका काम तिनीहरूलाई एक-एक गरी बयान गरे।"},{"id":20,"text":"यो सुनेपछि तिनीहरूले परमेश्वरको महिमा गरे। तब तिनलाई भने, “हेर्नुहोस् भाइ, यहूदीहरूका बीचमा विश्वास गर्नेहरू हजारौँ छन्, र व्यवस्थाका कुरामा उनीहरू सबै जोशिला छन्। "},{"id":21,"text":"उनीहरूले तपाईंको बारेमा पनि केही कुरा सुनेका छन्, सो के हो भने, अन्यजातिहरूका बीचमा बस्ने यहूदीहरूलाई तपाईंले ‘मोशालाई त्याग गर्नू र तिनीहरूका बालकहरूलाई खतना नगर्नू र रीतिथिति पालन नगर्नू’ भनेर सिकाउनुभएको छ, अरे। "},{"id":22,"text":"अब के गर्ने हो? तपाईं आउनुभएको छ भनी उनीहरूले निश्चय सुन्नेछन्। "},{"id":23,"text":"यसकारण जे हामी भन्दछौं, सो गर्नुहोस्— भाकल गर्नेहरू चार जना हामीसँग छन्।"},{"id":24,"text":"यिनीहरूलाई लिएर तपाईं पनि यिनीहरूका साथसाथै शुद्ध हुनुहोस्, र यिनीहरूलाई चाहिने खर्च तपाईंले भरिदिनुहोस्, र यिनीहरूले कपाल खौरून्। यसरी तपाईंले व्यवस्था पालन गर्नुभएको देखेर तपाईंको विषयमा सुनेको कुनै कुरो सत्य रहेनछ भनी सबैले थाहा पाउनेछन्। "},{"id":25,"text":"तर अन्यजातिहरू जसले विश्वास गरेका छन्, तिनीहरू मूर्तिलाई बलि चढ़ाएका थोक, रगत, गला अँठ्याएर मारेका पशुको मासु र व्यभिचारबाट अलग्ग रहनुपर्छ भन्ने हाम्रो निर्णय जनाएर हामीले पत्र लेखेका छौं।”"},{"id":26,"text":"तब पावलले ती मानिसहरूलाई लगे, र भोलिपल्ट तिनीहरूका साथसाथै आफूलाई पनि शुद्ध गराए, र शुद्धीकरणका दिनहरू कहिले पूरा हुने हो, तथा हरेकको निम्ति दिइने भेटीको सूचना दिन तिनी मन्दिरभित्र पसे।"},{"id":27,"text":"जब सातौँ दिन पूरा हुन लागेको थियो, तब एशियाका यहूदीहरूले पावललाई मन्दिरमा देखेर सारा भीड़लाई उत्तेजित पारे, र तिनलाई पक्रे। "},{"id":28,"text":"उनीहरू यसो भन्दै कराउन लागे “इस्राएलका मानिस हो, सहायता गर्नुहोस्! मानिसहरूलाई जताततै हाम्रो जाति, हाम्रो व्यवस्था र यस ठाउँको विरुद्धमा शिक्षा दिई हिँड्ने मान्छे यही हो। यति मात्र होइन, यसले ग्रीकहरूलाई पनि मन्दिरभित्र ल्याएर यस पवित्र ठाउँलाई अशुद्ध पारिदिएको छ।” "},{"id":29,"text":"किनभने यसको अगाडि उनीहरूले एफिससको त्रोफिमस भन्ने एक जनालाई तिनीसँग सहरमा देखेका हुनाले त्यसैलाई पावलले मन्दिरभित्र ल्याएका हुन् भनी उनीहरूले ठाने। "},{"id":30,"text":"तब जम्मै सहरमा हलचल भयो, र मानिसहरू एकसाथ दौड्दैआए। उनीहरूले पावललाई पक्रेर मन्दिरबाट बाहिर घिस्स्याउँदै ल्याए, र तुरुन्तै ढोकाहरू बन्द गरिए। "},{"id":31,"text":"जब उनीहरूले तिनलाई मार्ने चेष्टा गरिरहेका थिए, तब सारा यरूशलेम खलबलिएको छ भन्ने कुराको खबर पल्टनका सेनापतिकहाँ आइपुग्यो। "},{"id":32,"text":"उनी तुरुन्तै सिपाही र कप्तानहरू साथमा लिएर उनीहरूकहाँ दौड्दैआए। उनीहरूले सेनापति र सिपाहीहरूलाई देखे, र पावललाई कुट्न छोड़े।"},{"id":33,"text":"तब ती सेनापति नजिक आएर पावललाई समाते र दुई साङ्लाले तिनलाई बाँध्ने हुकुम दिए। यो को हो र यसले के गर्यो भनी उनले सोधे। "},{"id":34,"text":"तर त्यस भीड़मध्ये कसैले एक कुरा र कसैले अर्को कुरा भनेर कराए, र उनले त्यस होहल्लाले गर्दा घटना के हो सो थाहा पाउन नसकेकाले पावललाई ब्यारेकमा लैजानू भनी आज्ञा दिए। "},{"id":35,"text":"जब पावल भर्याङमा आइपुगे, तब धुइरोको हिंसक उत्तेजनाले गर्दा सिपाहीहरूले तिनलाई उचालेर लगे। "},{"id":36,"text":"किनभने मानिसहरूको भीड ‘त्यसलाई सिद्ध्याइदेऊ’ भनेर कराउँदै पछिपछि लागेको थियो।"},{"id":37,"text":"ब्यारेकभित्र पुर्याउन लाग्दा पावलले सेनापतिलाई भने, “हजूर, अनुमति पाए, म केही भन्न चाहन्छु।”उनले भने, “के तँलाई ग्रीक भाषा आउँछ? "},{"id":38,"text":"के तँ त्यही मिश्री होइनस्, जसले भर्खरै विद्रोह मच्चाई चार हजार विद्रोहीहरूलाई जङ्गलमा लगेको थियो?”"},{"id":39,"text":"तर पावलले जवाफ दिए, “म त किलिकियाको सहर टार्ससको एक यहूदी मानिस हुँ, सानोतिनो सहरको नागरिक होइनँ। बिन्ती छ, यी मानिसहरूलाई केही भन्ने मलाई मन्जूरी दिनुहोस्।”"},{"id":40,"text":"जब उनले मन्जूरी दिए, तब भर्याङमा उभिएर पावलले मानिसहरूलाई हातले इशारा गरे। मानिसहरू बिलकुलै शान्त भएपछि, तिनले उनीहरूलाई हिब्रू भाषामा यसो भने—"}]},{"id":22,"title":"प्रेरित 22","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ACT/22-53899baac7bf189887c99d699c73385e.mp3?version_id=1483","verses":[{"id":1,"text":"“भाइ हो तथा बाबै हो, तपाईंहरूका सामु मैले आफ्नो पक्षमा भन्नुपर्ने कुरा अब सुन्नुहोस्।”"},{"id":2,"text":"तिनी हिब्रू भाषामा बोलेका सुनेर उनीहरू अझ चूप भए।"},{"id":3,"text":"तिनले भने, “म किलिकियाको सहर टार्ससमा जन्मेको एक यहूदी हुँ, तर यस सहरमा गमलिएलका चरणमा हुर्किएको हुँ। हाम्रा पुर्खाका विधिअनुसार मैले ठीक-ठीक शिक्षा पाएको हुँ। आज तपाईंहरू परमेश्वरतर्फ जति उत्साही हुनुहुन्छ, म पनि त्यतिकै उत्साही थिएँ।"},{"id":4,"text":"मैले यस मार्गका मानिसहरूलाई मृत्युसम्मै सताएँ, अनि पुरुष र स्त्री दुवैलाई बाँध्दै झ्यालखानमा हालिदिएँ।"},{"id":5,"text":"प्रधान पूजाहारी र जम्मै महासभाले पनि मेरो पक्षमा गवाही दिन्छन्। उहाँहरूकै तर्फबाट भाइहरूका नाउँमा पुर्जी पाएर म त्यहाँ भएका विश्वासीहरूलाई बाँधेर यरूशलेममा ल्याई सजाय दिलाउन दमस्कसमा गएको थिएँ।"},{"id":6,"text":"“मेरो यात्रामा दमस्कसनेर आइपुग्दा प्राय: मध्यान्ह भएको हुँदो हो, अचानक स्वर्गबाट एउटा ठूलो ज्योति मेरो वरिपरि चम्क्यो, "},{"id":7,"text":"र म जमिनमा लोटें, अनि मलाई यसो भनिरहेको एउटा आवाज सुनें, <red>‘ए शाऊल, ए शाऊल, तिमी किन मलाई सताउँदछौ?’</red>"},{"id":8,"text":"अनि मैले सोधें, ‘हे प्रभु, तपाईं को हुनुहुन्छ?’अनि उहाँले मलाई भन्नुभयो, <red>‘नासरतको येशू मै हुँ, जसलाई तिमी सताइरहेछौ।’</red>"},{"id":9,"text":"तब मसँग जति जना थिए, तिनीहरूले ज्योति त देखे, तर मसँग बोल्नेको शब्द भने सुनेनन्।"},{"id":10,"text":"“मैले भने, ‘हे प्रभु, अब के गरूँ?’ अनि प्रभुले मलाई भन्नुभयो, <red>‘उठ, दमस्कसमा जाऊ, र तिमीले गर्नुपर्ने तोकेका कामहरू तिमीलाई बताइनेछन्।’</red>"},{"id":11,"text":"त्यस ज्योतिको तेजले गर्दा जब मैले केही देख्न सकिनँ, तब मसँग हुनेहरूले हातले समाती डोर्याएर मलाई दमस्कसमा ल्याए।"},{"id":12,"text":"“हननिया भन्ने एक जना व्यवस्थाअनुसार चल्ने भक्त मानिस जसले त्यहाँ बस्ने सबै यहूदीहरूबाट आदर पाएका थिए, "},{"id":13,"text":"तिनी मकहाँ आए, र मेरो छेउमा खड़ा भएर मलाई भने, ‘भाइ शाऊल, दृष्टि प्राप्त गर्नुहोस्।’ र मैले त्यही घड़ी दृष्टि प्राप्त गरें, र तिनलाई देखें।"},{"id":14,"text":"“अनि तिनले भने, ‘हाम्रा पिता-पुर्खाका परमेश्वरले उहाँको इच्छा तपाईंले जान्न, र ती धार्मिक पुरुषलाई देख्न, र उहाँको मुखबाट शब्द सुन्न तपाईंलाई नियुक्त गर्नुभएको छ। "},{"id":15,"text":"किनकि सबै मानिसहरूका सामु उहाँको निम्ति तपाईंले जे देख्नु र सुन्नुभएको छ, तपाईं त्यसको साक्षी हुनुहुनेछ। "},{"id":16,"text":"त अब किन पर्खनुहुन्छ? उठ्नुहोस्, र बप्तिस्मा लिनुहोस्, अनि उहाँको नाउँको पुकार गरेर आफ्ना पाप धुनुहोस्।’"},{"id":17,"text":"“यरूशलेममा फर्केर आएपछि मन्दिरमा प्रार्थना गरिरहँदा म ध्यान-मग्न भएँ। "},{"id":18,"text":"उहाँले मलाई यसो भनिरहनुभएको मैले देखें, <red>‘चाँड़ो गरेर यरूशलेमबाट निस्किहाल, किनकि मेरो विषयमा तिमीले दिएको गवाही तिनीहरूले ग्रहण गर्नेछैनन्।’</red>"},{"id":19,"text":"“मैले भनें, ‘हे प्रभु, मैले हरेक सभाघरमा गएर तपाईंमाथि विश्वास गर्नेहरूलाई झ्यालखानमा हालेको र कुटपिट गरेको यिनीहरू सबैलाई थाहै छ। "},{"id":20,"text":"तपाईंको साक्षी स्तिफनसको रक्तपात हुँदा म आफै पनि नजिकै उभी त्यस हत्यामा सहमत भई, उसलाई मार्नेहरूका वस्त्र कुरेर बसेका थिएँ।"},{"id":21,"text":"“तब प्रभुले मलाई भन्नुभयो, <red>‘जाऊ, किनकि म तिमीलाई अन्यजातिहरूकहाँ टाढ़ा-टाढ़ासम्म पठाउनेछु’।”</red>"},{"id":22,"text":"उनीहरूले पावलका कुरा यहाँसम्म मात्र सुने, र यसो भन्दै उनीहरू चर्को सोरले चिच्च्याउन थाले, “यस्तो मानिस पृथ्वीबाट हटाइओस्। किनकि त्यो बाँच्ने योग्यको छैन।”"},{"id":23,"text":"उनीहरू आफ्ना वस्त्र च्यात्दै र धुलो उड़ाउँदै कराउन लागे। "},{"id":24,"text":"सेनापतिले हुकुम गरे, “त्यो ब्यारेकभित्र ल्याइओस्, र कोर्रा लाएर जाँचिओस्, कि किन त्यसको विरुद्धमा तिनीहरू यसरी कराइरहेछन्।” "},{"id":25,"text":"अनि जब तिनीहरूले पावललाई छालाका डोरीले बाँधे, तब पावलले नजिकै उभिएका कप्तानलाई सोधे, “के रोमी नागरिक र दोषी नठहरिएको मानिसलाई कोर्रा लगाउन न्यायसङ्गत हो?”"},{"id":26,"text":"कप्तानले यो सुनेपछि सेनापतिकहाँ आई यसो भने, “तपाईंले के गर्न आँट्नुभएको छ? किनकि यो मानिस त रोमी नागरिक रहेछ।”"},{"id":27,"text":"तब सेनापतिले आएर पावललाई सोधे, “मलाई भन्, के तँ रोमी नागरिक होस्?”तिनले भने, “हुँ।”"},{"id":28,"text":"सेनापतिले जवाफ दिए, “मैले त यो नागरिक हक धेरै रुपियाँ तिरेर किनेको हुँ।”पावलले भने, “तर म त जन्मसिद्ध रोमी हुँ।”"},{"id":29,"text":"तर तिनलाई जाँच गर्न तयार भएकाहरू सबै तुरुन्तै हटेर गए, र पावल एक रोमी नागरिक रहेछन् भनी थाहा पाएर सेनापति पनि डराए, किनकि उनले तिनलाई बाँधेका थिए।"},{"id":30,"text":"तर भोलिपल्ट यहूदीहरूले पावललाई कुन खास कारणले दोष लाएका थिए सो बुझ्ने इच्छाले तिनलाई फुकाइदिए, र सबै मुख्य पूजाहारीहरू र महासभालाई जम्मा हुने आज्ञा गरे, अनि पावललाई तल ल्याई तिनीहरूका सामुन्ने खड़ा गरे।"}]},{"id":23,"title":"प्रेरित 23","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ACT/23-2c7dabe4782f45205461ac63c6a1bfa7.mp3?version_id=1483","verses":[{"id":1,"text":"पावलले महासभातिर एकटक लाएर हेरे, र भने, “भाइ हो, आजको दिनसम्म परमेश्वरको दृष्टिमा मैले शुद्ध विवेकले जीवन बिताएको छु।”"},{"id":2,"text":"यस कुरामा प्रधान पूजाहारी हननियाले तिनको छेउमा उभिनेहरूलाई मुखमा हिर्काउने हुकुम दिए। "},{"id":3,"text":"तब पावलले उनलाई भने, “हे चून पोतेको भित्तो! तिमीलाई पनि परमेश्वरले प्रहार गर्नुहुनेछ। तिमी व्यवस्थाबमोजिम मेरो इन्साफ गर्न बसेर के व्यवस्थाको विपरीत मलाई हिर्काउने हुकुम दिन्छौ?”"},{"id":4,"text":"अनि छेउमा उभिनेहरूले भने, “के तँ परमेश्वरका प्रधान पूजाहारीको अपमान गर्छस्?”"},{"id":5,"text":"तब पावलले भने, “भाइ हो, उहाँ प्रधान पूजाहारी हुनुहुन्छ भन्ने मलाई थाहा थिएन। किनकि लेखिएको छ, ‘तैंले आफ्ना जनताका शासकको खराबी नबोल्नू’।”"},{"id":6,"text":"तर त्यस महासभामा एक दल सदुकी र अर्को दल फरिसीहरू रहेछन् भन्ने थाहा पाएर पावलले उच्च सोरमा भने, “भाइ हो, म त फरिसीहरूका छोरो फरिसी नै हुँ। मरेकाहरूको आशा र पुनरुत्थानको कारण मेरो मुद्दा चलिरहेछ।”"},{"id":7,"text":"तिनले यसो भनेपछि फरिसीहरू र सदुकीहरूमा मतभेद भयो, र भीड़मा फाटो पर्यो। "},{"id":8,"text":"किनकि सदुकीहरू भन्दछन् कि पुनरुत्थान, स्वर्गदूत, आत्मा भन्ने केही पनि छैन। तर फरिसीहरू ती सबै मान्छन्।"},{"id":9,"text":"त्यहाँ ठूलो होहल्ला मच्चियो, र फरिसी दलका कोही शास्त्रीहरू खड़ा भएर यसो भन्दै प्रतिवाद गर्न लागे, “यस मानिसमा हामी केही खराबी पाउँदैनौं। यदि आत्मा वा स्वर्गदूतले यिनलाई यसो भनेका हुन् भने के त?” "},{"id":10,"text":"त्यहाँ ठूलो मतभेद भएपछि उनीहरूका हातबाट पावल लुछलाछ पारिएलान् भन्ने डरले सेनापतिले सिपाहीहरूलाई तल गएर तिनलाई उनीहरूका बीचबाट बलजफतीसँग ल्याएर ब्यारेकभित्र लैजानू भनी आज्ञा दिए।"},{"id":11,"text":"भोलिपल्ट राती प्रभुले तिनका नजिक उभिएर भन्नुभयो, <red>“साहस गर, पावल, किनकि जसरी तिमीले यरूशलेममा मेरो विषयमा गवाही दियौ, त्यसरी तिमीले रोममा पनि गवाही दिनुपर्छ।”</red>"},{"id":12,"text":"बिहान उज्यालो भएपछि यहूदीहरूले आपसमा गट्ठा बाँधेर पावलको हत्या नगरेसम्म केही नखाने र नपिउने शपथ खाए। "},{"id":13,"text":"यो षड्यन्त्र गर्ने मानिसहरू चालीसभन्दा पनि बढ़ी थिए। "},{"id":14,"text":"यिनीहरूले मुख्य पूजाहारीहरू र धर्म-गुरुहरूकहाँ गएर भने, “पावलको हत्या नगरेसम्म हामी केही खानेछैनौं भनी हामीले दृढ़ शपथ खाएका छौं। "},{"id":15,"text":"यसकारण तपाईंहरू र महासभा मिलेर सेनापतिलाई अपिल गर्नुहोस्, र त्यसको मुद्दाको निर्णय अझ ठीक रूपले गर्नुपर्छ भन्ने बहाना बनाई त्यसलाई झिकाउनुहोस्। अनि त्यो यहाँ आउनासाथ हामी त्यसको हत्या गर्न तयार रहन्छौं।”"},{"id":16,"text":"अब पावलको भानिजले यो षड्यन्त्र थाहा पाएर ब्यारेकभित्र गई पावललाई सुनाइदियो।"},{"id":17,"text":"तब पावलले कप्तानहरूमध्ये एक जनालाई बोलाएर भने, “यस युवकलाई सेनापतिकहाँ पुर्याइदिनुहोस्, किनकि यसको उहाँसँग केही भन्ने कुरा छ।”"},{"id":18,"text":"यसकारण उनले त्यसलाई लिएर सेनापतिकहाँ पुर्याएर भने, “बन्दी पावलले मलाई डाकेर यस ठिटालाई तपाईंकहाँ लैजानू भनेको छ, तपाईंलाई भन्नुपर्ने केही कुरा छ, अरे।”"},{"id":19,"text":"सेनापतिले त्यसको हात समातेर एकातिर लगी एकान्तमा सोधे, “तैंले मलाई भन्ने कुरा के हो?”"},{"id":20,"text":"त्यसले भन्यो, “यहूदीहरूले पावलको विषयमा अझ राम्ररी सोधपूछ गर्ने निहुँ गरी भोलि तिनलाई महासभामा ल्याइदिनुहोस् भनी तपाईंसँग अनुरोध गर्ने मतो गरेका छन्। "},{"id":21,"text":"तर तपाईंले तिनीहरूको कुरा नमान्नुहोला, किनकि तिनीहरूमध्ये चालीसभन्दा पनि बढ़ी मानिसहरूले तिनको हत्या नगरुञ्जेल केही खानपान नगर्ने शपथ खाएर तिनलाई मार्नलाई ढुकेर बसेका छन्, र अब तिनीहरू तपाईंका वचनको आशा गरी तयारीमा छन्।”"},{"id":22,"text":"यसकारण सेनापतिले त्यस ठिटालाई यसो भनी आज्ञा दिएर पठाए, “तैंले मलाई यो खबर दिएको कुरा कसैलाई नभन्।”"},{"id":23,"text":"त्यसपछि तिनले कप्तानहरूमध्ये दुई जनालाई बोलाई भने, “आज राती नौ बजेतिर दुई सय सिपाहीहरू, सत्तरी जना घोड़चढ़ी र दुई सय भालावालहरूलाई कैसरियासम्म जान तयार पारी राख। "},{"id":24,"text":"अनि पावलको निम्ति पनि घोडाको व्यवस्था गर, र उनलाई सुरक्षासाथ हाकिम फेलिक्सकहाँ पुर्याऊ।” "},{"id":25,"text":"तिनले यस किसिमको पत्र पनि लेखे:"},{"id":26,"text":"“माननीय हाकिम फेलिक्सलाई, क्लौडियस लुसियसको अभिवादन! "},{"id":27,"text":"यस मानिसलाई यहूदीहरूले पक्रेर मार्न खोजेका थिए, तर यो रोमी नागरिक रहेछ भन्ने मैले थाहा पाई फौजसँग त्यहाँ पुगी यसलाई छुटाएँ। "},{"id":28,"text":"कुन अभियोगमा तिनीहरूले यसलाई दोष लाएका रहेछन् भनी जान्ने इच्छाले मैले यसलाई तिनीहरूको महासभामा ल्याएँ। "},{"id":29,"text":"तिनीहरूले व्यवस्थाका प्रश्नबारे यसलाई दोष लाएका रहेछन्। तर ज्यानसजाय अथवा कैद गर्नुपर्ने माफिकको केही दोष मैले भेट्टाइनँ। "},{"id":30,"text":"यस मानिसको विरुद्ध षड्यन्त्र हुँदैछ भन्ने कुराको सूचना मलाई दिइयो, र यसलाई तुरुन्तै तपाईंको सामने पठाएको छु, र यसको विरुद्ध दोष लाउनेहरूलाई पनि तपाईंको सामु बयान दिनू भनी आदेश गरेको छु।”"},{"id":31,"text":"यसैले आज्ञा पाएबमोजिम सिपाहीहरूले पावललाई राती नै एन्टिपाट्रिसमा पुर्याए। "},{"id":32,"text":"घोड़चढ़ीहरूलाई तिनको साथ जान त्यहीँ छोड़ेर अर्को दिन तिनीहरू ब्यारेक फर्के। "},{"id":33,"text":"कैसरियामा पुगेपछि तिनीहरूले हाकिमलाई पत्र बुझाई पावललाई पनि उनका सामुन्ने हाजिर गराए। "},{"id":34,"text":"उनले पत्र पढ़ेपछि तिनी कुन जिल्लाका हुन् भनी सोधे। तिनी किलिकियाका हुन् भन्ने थाहा पाएपछि उनले भने, "},{"id":35,"text":"“तिमीलाई अभियोग लाउनेहरू आएपछि तिम्रो मुद्दा सुन्नेछु।” अनि उनले तिनलाई हेरोदले बनाएको दरबारमा राख्नू भनी हुकुम गरे।"}]},{"id":24,"title":"प्रेरित 24","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ACT/24-c020d367e05eeaf3b630b38fd1e29078.mp3?version_id=1483","verses":[{"id":1,"text":"पाँच दिनपछि प्रधान पूजाहारी हननिया र कतिपय धर्म-गुरुहरू, तर्तुल्लस नाउँका एक जना वकीलसँग त्यहाँ आए, र तिनीहरूले पावलको विरुद्ध हाकिमको अगि मुद्दा पेश गरे। "},{"id":2,"text":"पावल त्यहाँ झिकाइएपछि तर्तुल्लसले तिनलाई यसो भन्दै अभियोग लाउन थाले, “अति माननीय फेलिक्स, हजूरबाट हामीले ठूलो शान्ति भोग गर्दैछौं, र हजूरले यस जातिको निम्ति सुधारहरू सुरु गर्नुभएको छ। "},{"id":3,"text":"यो कुरा हरप्रकारले सबै ठाउँमा हामी कृतज्ञतासाथ स्वीकार गर्छौं। "},{"id":4,"text":"तर हजूरको बढ़ी समय नलिएर हाम्रो बिन्ती छोटकरीमा दया गरी सुनिदिनुहोस्। "},{"id":5,"text":"“किनकि हामीले यस मानिसलाई जताततै दुःख दिइहिँड्ने, संसारभरिका सारा यहूदीहरूका बीचमा आन्दोलन मच्चाउने, र नासरी पन्थका मुख्य अगुवाको रूपमा भेट्टाएका छौं। "},{"id":6,"text":"यसले मन्दिर अपवित्र पार्ने पनि कोसिस गरेको थियो, तर यसलाई हामीले पक्र्यौं। हाम्रो व्यवस्थाअनुसार कारवाही गर्ने पनि थियौं, "},{"id":7,"text":"तर सेनापति लुसियसले हामीकहाँ आएर बड़ो जबरदस्तसाथ त्यसलाई हाम्रा हातबाट खोसेर लैजानुभयो, र यसको विरुद्धमा अभियोग लाउनेहरूलाई हजूरकहाँ आउने आज्ञा गर्नुभयो। "},{"id":8,"text":"अब हजूर स्वयम्ले यसको जाँच गर्नुभएमा हामीले यसलाई लाएको अभियोगका यी सबै कुरा ऊबाट थाहा पाउन सक्नुहुन्छ।”"},{"id":9,"text":"ती यहूदीहरूले पनि ती कुराहरू सबै ठीक हुन् भनी समर्थन गरे।"},{"id":10,"text":"हाकिमले तिनलाई बोल्ने इशारा गरेपछि पावलले जवाफ दिए, “धेरै वर्षदेखि हजूर यहूदी जातिका न्यायाधीश हुनुभएको कुरा थाहा भएकोले म आफ्नो पक्षमा सहर्ष बोल्दछु। "},{"id":11,"text":"हजूरले पत्ता लाउन सक्नुहुन्छ कि म यरूशलेममा आराधना गर्न गएको बाह्र दिनभन्दा बढ़ी भएको छैन। "},{"id":12,"text":"यिनीहरूले न त मलाई कुनै मानिससँग बहस गरिरहेको भेट्टाए, न मन्दिरमा वा सभाघरमा अथवा सहरमा जनतालाई उत्तेजित पारेको भेट्टाए, "},{"id":13,"text":"न त मलाई अहिले दोष लाइरहेका कुराहरूको यिनीहरूले प्रमाण दिन सक्छन्। "},{"id":14,"text":"तर यो म हजूरकै सामने स्वीकार गर्दछु, कि जुन मार्गलाई तिनीहरू एउटा पन्थ भन्दछन्, त्यहीबमोजिम व्यवस्थामा भएका कुरा र अगमवक्ताका पुस्तकमा लेखिएका सबै कुरा विश्वास गरी मेरा पुर्खाहरूका परमेश्वरको आराधना म गर्दछु। "},{"id":15,"text":"धर्मी र अधर्मीहरू दुवैको मृतकबाट पुनरुत्थान हुन्छ भन्ने यिनीहरू आफैले स्वीकार गरेजस्तै म परमेश्वरमा आशा राख्दछु। "},{"id":16,"text":"यसैले परमेश्वरप्रति र मानिसहरूप्रति म सधैँ शुद्ध विवेक राख्ने प्रयत्न गर्दछु। "},{"id":17,"text":"“अब केही वर्षपछि आफ्नो जातिको निम्ति दान र भेटी दिन म आएको थिएँ।"},{"id":18,"text":"यिनीहरूले मलाई मन्दिरमा भेट्टाउँदा शुद्ध हुने विधि मैले पूरा गरिसकेको थिएँ। त्यहाँ कुनै भीड थिएन, होहल्ला पनि थिएन। तर त्यहाँ एशियाका कुनै यहूदीहरू थिए, "},{"id":19,"text":"तिनीहरू यहाँ हजूरको सामुन्ने हाजिर हुनुपर्नेथियो। मेरो विरुद्धमा यदि केही भन्ने कुरा भएदेखि तिनीहरूले अभियोग लाउन सक्थे। "},{"id":20,"text":"अथवा यी मानिसहरूले आफै यहाँ भनून्— म महासभाको सामुन्नेमा खड़ा हुँदा ममा के कसूर भेट्टाएका थिए? "},{"id":21,"text":"केवल यही एक कुरा मात्र हो, जो मैले तिनीहरूका बीचमा उभी कराएर भनेको थिएँ, ‘मरेकाहरूका पुनरुत्थानको विषयमा आज तपाईंहरूका सामुन्ने मेरो मुद्दा चलिरहेको छ’।”"},{"id":22,"text":"यस मार्गको विषयमा फेलिक्सलाई यथार्थ ज्ञान भएको हुनाले उनले यी कुराहरू सुनेपछि तिनीहरूलाई यसो भनी टारेर पठाए, “सेनापति लुसियस यहाँ आएपछि म तिमीहरूको मुद्दा फैसला गरिदिनेछु।” "},{"id":23,"text":"तब उनले पावललाई पहरामा राख्नू र तिनलाई केही स्वतन्त्रता दिनू, अनि तिनका कुनै पनि मित्रलाई तिनका खाँचोका कुरा पूरा गर्न नरोक्नू भनी कप्तानलाई आज्ञा दिए।"},{"id":24,"text":"केही दिनपछि फेलिक्स उनकी यहूदी पत्नी द्रूसिल्लालाई साथमा लिएर आए, र उनले पावललाई बोलाएर ख्रीष्ट येशूमाथिको विश्वासबारे तिनीबाट सुने। "},{"id":25,"text":"पावलले धार्मिकता, संयम र भावी इन्साफको विषयमा बहस गर्दा फेलिक्स आत्तिए, र यसो भने, “अहिलेलाई जाऊ, मौका परेको बेलामा म तिमीलाई बोलाउँला।” "},{"id":26,"text":"पावलबाट कतै रुपियाँ मिलिहाल्ला कि भनी उनले आशा पनि गरेका थिए। यसकारणले पनि उनले तिनलाई घरीघरी डाकी कुराकानी गर्ने गर्थे।"},{"id":27,"text":"तर दुई वर्षपछि जब फेलिक्सको बदलीमा पर्किअस फेस्तस आए, तब फेलिक्सले यहूदीहरूलाई खुशी राख्नका निम्ति पावललाई झ्यालखानमै राखेर गए।"}]},{"id":25,"title":"प्रेरित 25","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ACT/25-9ff413167458ca28a77922a08c203f86.mp3?version_id=1483","verses":[{"id":1,"text":"फेस्तस आफ्नो प्रान्तमा आएका तीन दिनपछि कैसरियाबाट यरूशलेम गए। "},{"id":2,"text":"मुख्य पूजाहारीहरू र यहूदीहरूका प्रमुख मानिसहरूले पावलको विरुद्धमा अभियोग लाए, "},{"id":3,"text":"र तिनलाई बाटैमा मार्ने षड्यन्त्र रचेर पावललाई यरूशलेममा झिकाइदिने कृपा होस् भन्ने बिन्ती गरे। "},{"id":4,"text":"तर फेस्तसले पावल कैसरियामै थुनामा राखिएको, र आफू पनि चाँड़ै जाने इच्छा भएको कुरा व्यक्त गरे। "},{"id":5,"text":"उनले भने, “यसकारण तिमीहरूमध्येका नेताहरू त्यहाँ मेरो साथ जाऊन्, र त्यस मानिसमा केही खराबी छ भने त्यसलाई अभियोग लगाऊन्।”"},{"id":6,"text":"तिनीहरूका बीचमा उनी आठ-दश दिनभन्दा बढ़ी नबसी कैसरिया फर्के, र त्यसकै भोलिपल्ट न्याय-आसनमा बसेर उनले पावललाई ल्याउने हुकुम गरे। "},{"id":7,"text":"तिनी आएपछि यरूशलेमबाट आएका यहूदीहरू तिनको वरिपरि उभिए, र पावलको विरुद्धमा अनेक गम्भीर अभियोग लगाए, जसको तिनीहरूले प्रमाण दिन सकेनन्।"},{"id":8,"text":"पावलले आफ्नो पक्षमा बोल्दै भने, “मैले यहूदीहरूको व्यवस्थाको विरुद्धमा, मन्दिरको विरुद्धमा, र कैसरको विरुद्धमा केही अपराध गरेको छैनँ।”"},{"id":9,"text":"तर फेस्तसले यहूदीहरूलाई खुशी तुल्याउनका निम्ति पावललाई भने, “के तिमी यरूशलेममा गएर त्यहाँ मेरो सामुन्ने यी कुराका विषयमा इन्साफ गरिओस् भन्ने इच्छा गर्छौ?”"},{"id":10,"text":"तर पावलले भने, “म कैसरको न्याय-आसनको सामुन्ने खड़ा भइरहेछु, जहाँ मेरो इन्साफ हुनुपर्छ। यहूदीहरूलाई मैले कुनै खराबी गरेको छैनँ, सो हजूरमा राम्रै जाहेर छ। "},{"id":11,"text":"यदि म अपराधी हुँ, र मैले ज्यानसजाय पाउने योग्यको काम गरेको छु भने मर्नलाई म इन्कार गर्दिनँ। तर यदि यिनीहरूले मलाई लगाएका अभियोगमा केही तथ्य छैन भने मलाई यिनीहरूका हातमा कसैले सुम्पन सक्दैन। म कैसरकहाँ अपिल गर्दछु।”"},{"id":12,"text":"तब फेस्तसले सल्लाहकारहरूसँग परामर्श गरेर भने, “तिमीले कैसरकहाँ अपिल गर्यौ, तिमी कैसरकहाँ नै जानेछौ।”"},{"id":13,"text":"केही दिन बितेपछि फेस्तसलाई अभिवादन गर्न राजा अग्रिपास र बरनिकी कैसरियामा आइपुगे। "},{"id":14,"text":"तिनीहरू त्यहाँ निकै दिन बसेपछि फेस्तसले पावलको मुद्दा राजाको सामुन्ने यसो भन्दै पेश गरे, “फेलिक्सले राखेर गएको एक जना बन्दी यहाँ छ, "},{"id":15,"text":"जसको बारेमा, म यरूशलेममा छँदा, मुख्य पूजाहारीहरू र यहूदीहरूका धर्म-गुरुहरूले त्यसको विरुद्धमा अभियोग लाएर त्यसलाई दण्ड दिनुपर्छ भनी अनुरोध गरेका थिए।"},{"id":16,"text":"“अभियुक्तले अभियोक्ताहरूसँग मुखामुख नभई, र आफ्नो विरुद्धमा लाएको अभियोगको विषयमा बोल्ने मौका नपाईकन कुनै मानिसलाई त्यसै दण्डाज्ञा दिने रोमीहरूको प्रथा छैन भनी मैले तिनीहरूलाई जवाफ दिएँ। "},{"id":17,"text":"जब तिनीहरू जम्मा भएर यहाँ आए, मैले ढिलो नगरिकन भोलिपल्टै न्याय-आसनमा बसेर तिनलाई हाजिर गराउने हुकुम गरें। "},{"id":18,"text":"जब अभियोक्ताहरू खड़ा भए मैले ठानेझैँ तिनको मुद्दामा कुनै खराब कुराहरूको अभियोग तिनीहरूले ल्याउन सकेनन्। "},{"id":19,"text":"तर तिनीहरूको मतभेदचाहिँ तिनीहरूकै धर्मको विषयमा र मरिसकेका येशूको विषयमा रहेछ, जसलाई पावलले चाहिँ अझै जीवित छ भनी दाबी गर्दथियो। "},{"id":20,"text":"यसैले यस कुराको जाँच पड़ताल गर्ने विषयमा म अलमल्ल परेको हुँदा यसको बारे छलफल गर्न यरूशलेममा जान त्यसको इच्छा छ कि भनेर त्यसलाई मैले सोधें। "},{"id":21,"text":"तर पावलले सम्राट्को फैसला नभएसम्म हिरासतमै राख्नू भनी अपिल गरेको हुनाले त्यसलाई कैसरकहाँ नपठाउञ्जेल पहरामा राख्ने हुकुम दिएँ।”"},{"id":22,"text":"तब अग्रिपासले फेस्तसलाई भने, “यस मानिसको कुरा म आफैले पनि सुन्न पाए हुन्थ्यो।”अनि उनले भने, “भोलि तपाईंले सुन्नुहोला।”"},{"id":23,"text":"भोलिपल्ट अग्रिपास र बरनिकी बड़ो रवाफसँग सेनापतिहरू र सहरका प्रमुख मानिसहरूका साथ सभाभवनमा पसे। अनि फेस्तसको हुकुम पाएर पावल हाजिर गराइए। "},{"id":24,"text":"फेस्तसले भने, “राजा अग्रिपास र हामीसँग यहाँ भएका सबै उपस्थित सज्जन हो, तपाईंहरूले यस मानिसलाई देख्नुहुन्छ, जसको विषयमा सारा यहूदीहरूले ‘यो मानिस अब उप्रान्त जिउने योग्यको छैन’ भनी यरूशलेममा र यहाँ पनि मसँग बिन्ती गरेका थिए। "},{"id":25,"text":"तर ज्यानसजाय पाउनुपर्ने यसले केही गरेको मैले नभेट्टाएकोले र यो आफैले पनि सम्राट्कहाँ अपिल गरेको हुनाले मैले यसलाई पठाउने निश्चय गरें। "},{"id":26,"text":"यसको विषयमा मैले मेरा सम्राट्लाई लेख्ने विशेष कुरा केही छैन। यसकारण मैले यसलाई तपाईंहरूका सामुन्ने, र खास गरेर, हे राजा अग्रिपास, तपाईंको सामुन्ने ल्याएको छु, र हामीले यसको जाँच गरेपछि शायद मैले केही लेख्ने कुरा पाउनेछु। "},{"id":27,"text":"किनभने कैदीको विरुद्धमा कुनै अभियोग नबताईकन त्यसलाई पठाउन मलाई मनासिब लाग्दैन।”"}]},{"id":26,"title":"प्रेरित 26","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ACT/26-bef5d3e1b09ec3a17373da2160349cc8.mp3?version_id=1483","verses":[{"id":1,"text":"अग्रिपासले पावललाई भने, “तिमीलाई आफ्नो पक्षमा बोल्ने अनुमति छ।”तब आफ्नो हात पसारेर पावलले आफ्नो बचाउमा बोल्न लागे: "},{"id":2,"text":"“हे राजा अग्रिपास, यहूदीहरूले मलाई लगाएका सबै दोषको विषयमा आज हजूरको सामुन्ने मैले आफ्नो बचाउमा बोल्न पाएकोमा म आफूलाई भाग्यशाली ठान्छु। "},{"id":3,"text":"यहूदीहरूका सबै प्रथा र वाद-विवादका कुरामा हजूर विशेष रूपले परिचित हुनुभएको हुनाले, मेरो बयान धैर्यपूर्वक सुनिदिनुहोस् भनी म बिन्ती गर्दछु।"},{"id":4,"text":"“मेरो जातिको बीचमा र यरूशलेममा सुरुदेखि बिताएको मेरो युवावस्थादेखिको मेरो जीवन शैली यहूदीहरूलाई थाहा छ। "},{"id":5,"text":"लामो समयदेखि तिनीहरूलाई थाहा भएकै कुरा हो, कि हाम्रो धर्मको सबैभन्दा कट्टर पन्थी दलअन्तर्गत मैले एक फरिसी भएर मेरो जीवन यापन गरेको छु। तिनीहरूले चाहे भने यस कुराको गवाही दिन सक्नेछन्।"},{"id":6,"text":"परमेश्वरले हाम्रा पुर्खाहरूलाई गर्नुभएको प्रतिज्ञामा मैले आशा राखेको कारणले आज म यस मुद्दामा खड़ा भएको छु। "},{"id":7,"text":"हाम्रा बाह्रै कुलहरूले यो आशा प्राप्त गर्नलाई रातदिन एक चित्तले आराधना गर्दछन्, र यही आशाको निम्ति, हे राजा, यहूदीहरूले मलाई दोष लगाएका छन्। "},{"id":8,"text":"परमेश्वरले मृतकहरूलाई जीवित पार्नुहुन्छ भन्ने कुरा किन तपाईंहरू कसैलाई पत्यार नलागेको?"},{"id":9,"text":"“नासरतका येशूका नाउँको विरुद्धमा धेरै कारबाई गर्नुपर्छ भन्ने म आफैलाई पनि विश्वास थियो।"},{"id":10,"text":"मैले यरूशलेममा त्यसै गरें, र मुख्य पूजाहारीहरूबाट अख्तियार पाएर धेरै सन्तहरूलाई मैले झ्यालखानमा हालेको मात्र होइन, तर तिनीहरूलाई मार्दा तिनीहरूकै विरुद्धमा मैले मेरो मत पनि दिएँ। "},{"id":11,"text":"अनि सबै सभाघरहरूमा तिनीहरूलाई बारम्बार सजाय दिईकन तिनीहरूलाई विश्वास त्याग गराउने चेष्टा गर्थे। तिनीहरूका विरुद्धमा क्रोधले उन्मत्त भईकन बाहिरका सहरहरूमा पनि मैले तिनीहरूलाई सताएँ।"},{"id":12,"text":"“यसरी मुख्य पूजाहारीहरूबाट अख्तियार र आज्ञा पत्र पाएर म दमस्कसतिर गएँ। "},{"id":13,"text":"हे राजा, मध्यदिनमा मैले स्वर्गबाट सूर्यभन्दा पनि उज्ज्वल ज्योति देखें, जो म र मसँग यात्रा गर्नेहरूका चारैतिर चम्किरहेको थियो। "},{"id":14,"text":"जब हामी सबै जमिनमा लोटेका थियौं, तब हिब्रू भाषामा मलाई यसो भनिरहेको आवाज मैले सुनें, <red>“शाऊल, शाऊल, तिमी किन मलाई सताउँदछौ? सुइरोमा लात हान्दा तिमीलाई नै दुख्छ।”</red>"},{"id":15,"text":"“अनि मैले भनें, ‘हे प्रभु, तपाईं को हुनुहुन्छ?’प्रभुले मलाई भन्नुभयो, <red>‘म येशू हुँ, जसलाई तिमी सताइरहेछौ।</red>"},{"id":16,"text":"<red>तर उठ र आफ्ना पाउमा खड़ा होऊ, किनभने ममा तिमीले देखेका र मैले तिमीलाई देखाउने कुराका निम्ति सेवक र साक्षी नियुक्त गर्ने उद्देश्यले म तिमीकहाँ देखा परेको छु।</red>"},{"id":17,"text":"<red>म तिमीलाई तिम्रा आफ्नै जाति र अन्यजातिबाट छुटकारा दिनेछु, जसकहाँ म तिमीलाई पठाउनेछु,</red>"},{"id":18,"text":"<red>कि तिमीले तिनीहरूका आँखा खोलिदेऊ, र तिनीहरू अन्धकारबाट ज्योतितर्फ, र शैतानको शक्तिबाट परमेश्वरतर्फ फर्कून्। यसरी तिनीहरूले पापको क्षमा पाउनेछन् र ममाथिको विश्वासद्वारा पवित्र भएकाहरूको स्थान तिनीहरूले पनि पाउनेछन्।’</red>"},{"id":19,"text":"“यसकारण, हे राजा अग्रिपास, स्वर्गीय दर्शनप्रति म अनाज्ञाकारी भइनँ। "},{"id":20,"text":"तर पहिले दमस्कसमा, तब यरूशलेममा र सारा यहूदिया देशभरि रहनेहरूलाई, र अन्यजातिहरूलाई पनि पश्चात्ताप गरेर परमेश्वरतिर फर्क र आफ्ना पश्चात्ताप योग्यका काम गर भनेर मैले प्रचार गरें।"},{"id":21,"text":"यसैकारण यहूदीहरूले मलाई मन्दिरमा पक्रेर मार्ने चेष्टा गरे। "},{"id":22,"text":"आजको दिनसम्म परमेश्वरबाट मैले सहायता पाएको छु। यसैले साना ठूला दुवैलाई गवाही दिँदै म यहाँ खड़ा भएको छु। अगमवक्ताहरूले र मोशाले बोलेका वचन अवश्य पूरा हुनेछन् भन्ने कुराबाहेक मैले अरू केही भनेको छैनँ— "},{"id":23,"text":"उनीहरूले भनेका थिए कि ख्रीष्टले दुःख भोग्नैपर्छ, र मृतकबाट जीवित हुनुभएको पहिलो भएर उहाँले आफ्ना जाति र अन्यजातिहरूलाई ज्योतिको घोषणा गर्नुहुनेछ।”"},{"id":24,"text":"तिनले आफ्नो बचाउका यी कुराहरू बोलिरहेकैमा फेस्तसले ठूलो स्वरमा भने, “ए पावल, तँ बौलाहा होस्, तेरो धेरै विद्याले तँलाई बौलाहा तुल्याएको छ।”"},{"id":25,"text":"तर पावलले भने, “अति आदरणीय फेस्तस, म बौलाहा होइनँ, तर सत्य र सुबुद्धिका कुराहरू बोल्दछु। "},{"id":26,"text":"किनकि राजा स्वयम्ले यी कुराका विषयमा जान्नुहुन्छ, जसको सामुन्ने म निर्धक्कसँग बोल्दैछु। किनकि यी कुनै कुरा उहाँबाट छिपेको छैन, किनकि यो कुरा गुपचूपमा गरिएको होइन। "},{"id":27,"text":"राजा अग्रिपास, के हजूरले अगमवक्ताहरूमाथि विश्वास गर्नुहुन्छ? म जान्दछु, हजूरले विश्वास गर्नुहुन्छ।”"},{"id":28,"text":"अग्रिपासले पावललाई भने, “के थोरै समयमा तिमी मलाई ख्रीष्टियान बनाउन चाहन्छौ?”"},{"id":29,"text":"पावलले जवाफ दिए, “थोरै समयमा होस् कि धेरैमा यी साङ्लाहरू छोड़ेर, हजूर मात्र होइन तर आज मेरो कुरा सुन्ने जति सबै मजस्तै होऊन् भनी म परमेश्वरमा प्रार्थना गर्छु।”"},{"id":30,"text":"तब राजा, हाकिम, बरनिकी र त्यहाँ बस्नेहरू जति सबै उठे। "},{"id":31,"text":"तब तिनीहरू निस्केपछि आपसमा यसो भन्दै कुरा गरे, “यस मानिसले प्राणदण्ड पाउने अथवा कैद जाने माफिकको केही काम गरेको छैन।”"},{"id":32,"text":"अग्रिपासले फेस्तसलाई भने, “यसले कैसरकहाँ अपिल नगरेको भए त यस मानिसलाई छोडिदिए पनि हुनेथियो।”"}]},{"id":27,"title":"प्रेरित 27","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ACT/27-7d849275d6d3f2c76ee49cd24138f881.mp3?version_id=1483","verses":[{"id":1,"text":"समुद्र-यात्राद्वारा हामी इटालिया जानुपर्छ भन्ने निर्णय भएपछि, तिनीहरूले पावल र अरू कतिपय कैदीहरूलाई सम्राट् अगस्टसका फौजको युलियस नामक कप्तानको जिम्मा लाइदिए। "},{"id":2,"text":"एड्रामिटेनोसबाट एशियाका विभिन्न बन्दरगाहहरू हुँदै जाने एउटा जहाजमा चढ़ेर हामीले यात्रा सुरु गर्यौं। अरिस्तार्खस नाउँ भएका थेसलोनिकेका एक जना माकेडोनी हाम्रा साथमा थिए।"},{"id":3,"text":"भोलिपल्ट हामीले सीदोनमा लङ्गर हाल्यौं। युलियसले पावललाई दया देखाई तिनका साथीहरूकहाँ गएर चाहिँदो सहायता लिने अनुमति दिए। "},{"id":4,"text":"त्यहाँबाट जहाज फेरि समुद्रतिर लाग्यो, र बतास चलेको हुनाले हामी साइप्रसको आड़ लिएर गयौं। "},{"id":5,"text":"किलिकिया र पामफिलिया पारिपट्टिको समुद्रमा पुगेपछि, हामी लुकियाको एउटा सहर माइरामा आइपुग्यौं। "},{"id":6,"text":"त्यहाँ इटालिया जाने अलेक्जेन्ड्रियाको एउटा जहाज भेट्टाएर कप्तानले हामीलाई त्यसमा चढ़ाइदिए। "},{"id":7,"text":"धेरै दिनसम्म बिस्तार-बिस्तार गएर कठिनतासाथ क्नीडसमा आइपुग्यौं र बतासले अझ अगि बढ्न नदिएको हुनाले क्रेटको आड़ लिएर हामी सालमोनेको छेउ-छेउ भएर गयौं। "},{"id":8,"text":"कठिनसँग त्यसको किनार-किनार लागेर हामी सुन्दर बन्दरगाह भनिने ठाउँमा आयौं। त्यहाँबाट लासिया सहर नजिकै थियो।"},{"id":9,"text":"समय धेरै बितिसकेको थियो र समुद्र-यात्रा पनि खतरनाक भएको थियो, साथै प्रायश्चित-दिवसका उपवासको समय पनि बितिसकेको हुनाले, पावलले तिनीहरूलाई "},{"id":10,"text":"यसो भन्दै सम्झाए, “मित्र हो, यो समुद्र-यात्राले केवल जहाज र मालसामानको मात्र होइन, तर हाम्रो जीउ-ज्यानको समेत खतरा र नोक्सानी होला भन्ने म देख्तछु।” "},{"id":11,"text":"तर कप्तानले पावलको कुराभन्दा जहाजको चालक र जहाजका मालिकलाई बेसी पत्यार गरे। "},{"id":12,"text":"यो बन्दरगाह हिउँद काट्नलाई असुबिधा भएकोले कुनै हालतले पनि फोनिक्समा नै पुगी जाडो बिताउनुपर्छ भनेर धेरैजसोले त्यहाँबाट जहाज चलाइहाल्ने नै सल्लाह दिए। फोनिक्सचाहिँ क्रेटको एउटा बन्दरगाह हो, जो दक्षिण-पश्चिम र उत्तर-पश्चिमपट्टि फर्केको छ।"},{"id":13,"text":"जब दक्षिणी बतास मन्द गतिले चल्न थाल्यो, तिनीहरूको उद्देश्य सिद्ध भयो भन्ने ठानेर, लङ्गर निकाली तिनीहरू क्रेटको किनार-किनार हुँदै यात्रा गर्न लागे। "},{"id":14,"text":"तर थोरै समयपछि त्यस टापूबाट प्रचण्ड आँधीको वेगमा उत्तर-पूर्वी कहलाइने तूफान चल्यो। "},{"id":15,"text":"जब जहाज आँधीको चपेटामा पर्यो, त्यसले तूफानको सामना गर्न सकेन, र हामीले त्यसलाई जता जान्छ जाओस् भनेर छोडिदियौं। "},{"id":16,"text":"क्लौडा भन्ने एउटा सानो टापूको आड़मा पुगेपछि हामीले मुश्किलले जहाजको डुङ्गालाई जोगाउन सक्यौं। "},{"id":17,"text":"त्यसलाई माथि उठाएपछि तिनीहरूले केही उपायले जहाजलाई मुन्तिरबाट बाँध्दै ल्याए, र सिरटिस भन्ने बलौटे धापमा फसिन्छ भन्ने डरले तिनीहरूले पाल झारिदिए, र जहाज आफै बहन थाल्यो। "},{"id":18,"text":"अब आँधीले हामीहरूलाई ज्यादै उचाल्न र पछार्न थाल्यो, र भोलिपल्ट तिनीहरूले जहाजका मालसामान फ्याँक्न थाले। "},{"id":19,"text":"अनि तेस्रो दिन तिनीहरूले आफ्नै हातले जहाजका लठारा मिल्काइदिए। "},{"id":20,"text":"धेरै दिनसम्म घाम, तारा केही देख्न पाइएन। तूफान लगातार चलिरहेकोले अन्त्यमा बाँच्ने आशासमेत हामीले त्यागिदियौं।"},{"id":21,"text":"धेरै दिनसम्म तिनीहरू नखाई बसेका थिए। तब पावलले तिनीहरूकहाँ आएर भने, “मित्र हो, तपाईंहरूले मेरो सल्लाह मानेर क्रेटबाट जहाज नचलाउनुपर्ने थियो, र यस्तो सङ्कष्ट र हानि तपाईंहरूले खप्नुपर्ने थिएन। "},{"id":22,"text":"अब म भन्दछु, साहस गर्नुहोस्। तपाईंहरूमध्ये कसैको ज्यान जानेछैन, तर जहाजचाहिँ नष्ट हुनेछ। "},{"id":23,"text":"किनभने जुन परमेश्वरको म हुँ, र जसको आराधना म गर्दछु, उहाँका एक दूत आज राती मेरो छेउमा खड़ा भए। "},{"id":24,"text":"उनले मलाई भने, ‘पावल, नडराऊ, तिमी कैसरको सामु अवश्य खड़ा हुनुपर्छ, र हेर, तिमीसँग जहाजमा चढ्ने जति सबैका प्राण परमेश्वरले तिम्रो हातमा दिनुभएको छ।’ "},{"id":25,"text":"यसकारण मित्र हो, साहस गर्नुहोस्। म परमेश्वरमा विश्वास गर्छु, मलाई जस्तो बताइएको छ, ठीक त्यस्तै हुनेछ। "},{"id":26,"text":"तर हामीचाहिँ कुनै एउटा टापूमा बजारिनुपर्नेछ।”"},{"id":27,"text":"तर जब चौधौँ रात भएथ्यो, र एड्रियास समुद्रमा हामी हुत्तिरहेका थियौं, तब आधाराततिर नावीहरूले हामी कुनै जमिनको नजिक पुगिरहेका छौं भन्ने अनुमान गरे, "},{"id":28,"text":"र गहिराइ नापेर हेर्दा तिनीहरूले सैँतीस मिटर पत्ता लगाए, र अलि पर गएर फेरि गहिराइ नाप्दा तिनीहरूले छब्बीस मिटर पत्ता लगाए। "},{"id":29,"text":"अनि कुनै चट्टानमाथि ठक्कर खान पुग्छौं कि भन्ने डरले, तिनीहरूले जहाजको पछाडितिरबाट चार वटा लङ्गर खसाले, र बिहान होस् भनी प्रार्थना गर्न लागे। "},{"id":30,"text":"जब नावीहरू जहाजबाट भाग्न खोजिरहेका थिए, र अगिल्तिर लङ्गर खसाल्ने बहानाले डुङ्गा समुद्रमा झारिसकेका थिए, "},{"id":31,"text":"तब पावलले कप्तान र सिपाहीहरूलाई भने, “यी मानिसहरू जहाजमा बसेनन् भने तपाईंहरू बाँच्न सक्नुहुनेछैन।” "},{"id":32,"text":"तब सिपाहीहरूले डुङ्गाका डोरीहरू काटिदिए, र डुङ्गालाई जान दिए।"},{"id":33,"text":"मिरमिरे उज्यालो हुन लागेको थियो, पावलले तिनीहरू सबैलाई भोजन गर्ने आग्रह गरे। तिनले भने, “आज चौध दिन भइसक्यो, तपाईंहरू अलमल्लमा परेर भोकभोकै केही नखाई बस्नुभएको छ। "},{"id":34,"text":"यसकारण केही खानुहोस् भनी म तपाईंहरूलाई आग्रह गर्दछु। केही खानुभयो भने तपाईंहरूले बल पाउनुहुनेछ, तपाईंहरू कसैका शिरको एउटा केश पनि नष्ट हुनेछैन।” "},{"id":35,"text":"यी कुरा भनेपछि तिनले रोटी लिए, र सबैका सामुन्ने परमेश्वरलाई धन्यवाद चढ़ाएर सो भाँचेर खान लागे। "},{"id":36,"text":"तब तिनीहरूले पनि हौसला पाएर केही खानेकुरो खाए। "},{"id":37,"text":"(जहाजमा हुने हामी जम्मा दुई सय छयहत्तर जना थियौं।) "},{"id":38,"text":"तिनीहरूले अघाउञ्जेल खाएपछि, जहाज हलुङ्गो तुल्याउन समुद्रमा गहूँ फालिदिए।"},{"id":39,"text":"उज्यालो भएपछि पनि तिनीहरूले त्यो ठाउँ चिन्न सकेनन्, तर तिनीहरूले एक खाडी देखे। यसको बलौटे किनार थियो। सम्भव भए जहाजलाई त्यहीँ किनार लाउने योजना तिनीहरूले गरे। "},{"id":40,"text":"तिनीहरूले लङ्गरहरू झारिदिए, र समुद्रमा नै ती रहन दिए। त्यसै बेला पतवारहरूलाई बाँधिराखेका डोरीहरू फुकाइदिए। अगिल्तिरका पाल उठाएर बतासतिर फर्काइदिए र जहाजलाई किनारातर्फ बढ़ाए। "},{"id":41,"text":"तर पानीमुनिको लुकेको बालुवाको रासमा जहाज ठोकिएर त्यहीँ भासियो, जहाजको अगिल्लो भाग अड्कियो र चल्नै सकेन, अनि पछिल्लो भागचाहिँ छालहरूका झोक्काले टुक्रिन थाल्यो।"},{"id":42,"text":"कैदीहरू पौड़ेर भाग्लान् कि भन्ठानेर सिपाहीहरूले तिनीहरूलाई मार्ने मतो गरे। "},{"id":43,"text":"तर कप्तानले पावललाई जोगाउने मन गरी तिनीहरूलाई त्यसो गर्नदेखि रोके। पौड्न सक्ने जति जहाजबाट पहिले हामफालेर पाखामा उत्रनू भन्ने हुकुम तिनले दिए, "},{"id":44,"text":"र बाँकी रहेकाहरूचाहिँ फल्याकहरूमा र जहाजका टुक्राहरूमा पारि जानू भने। यसरी सबै सकुशल किनारमा पुगे।"}]},{"id":28,"title":"प्रेरित 28","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ACT/28-0e1c8f5be8682c9aa2761893c47952d4.mp3?version_id=1483","verses":[{"id":1,"text":"हामी सकुशल किनार लागेपछि त्यस टापूको नाउँ माल्टा रहेछ भन्ने हामीलाई थाहा लाग्यो। "},{"id":2,"text":"त्यहाँका बासिन्दाहरूले हामीलाई अपूर्व दया देखाए। पानी परेर जाडो भएको कारणले तिनीहरूले आगो बालिदिए, र हामी सबैलाई स्वागत गरे। "},{"id":3,"text":"पावलले एक बिटा दाउरा जम्मा गरेका थिए र सो ल्याएर आगोमा हाले। आगोको तापले एउटा सर्प निस्केर आयो, र तिनको हातमा बेह्रियो। "},{"id":4,"text":"त्यहाँका बासिन्दाहरूले तिनको हातमा सर्प बेह्रिएको देखेर आपसमा भन्न लागे, “यो मानिस पक्का पनि ज्यानमारा नै हुनुपर्छ। यो समुद्रबाट बाँचेर त निस्क्यो तर इन्साफबाट यो उम्कन सकेन।” "},{"id":5,"text":"तर पावलले चाहिँ त्यस सर्पलाई आगोमा झट्कारिदिए, र तिनको केही बिगार हुन पाएन। "},{"id":6,"text":"तर तिनको शरीर सुनिनेछ, अथवा तिनी एक्कासि ढलेर मर्नेछन् भनी तिनीहरूले प्रतीक्षा गर्न लागे। तर धेरै बेरसम्म प्रतीक्षा गरिरहँदा पनि तिनको केही बिगार नभएको देखेर तिनीहरूले आफ्नो विचार बद्लेर भन्न लागे, “यिनी त देवता पो रहेछन्।”"},{"id":7,"text":"त्यस टापूका पब्लियस नाउँ भएका मुखियाको जग्गाजमिन त्यस ठाउँको छेउछाउमा थियो। उनले हामीलाई स्वागत गरे, र तीन दिनसम्म उनको घरमा हाम्रो अतिथिसेवा गरे। "},{"id":8,"text":"पब्लियसका बुबा जरो र आउँको रोगले बिरामी थिए। पावल तिनलाई हेर्न गए, र तिनको लागि प्रार्थना गरे, र आफ्नो हात तिनीमाथि राखी तिनलाई निको पारे। "},{"id":9,"text":"यो घटना भएपछि, त्यस टापूका अरू रोगी मानिसहरू पनि आए, र निको पारिए। "},{"id":10,"text":"तिनीहरूले धेरै प्रकारले हाम्रो आदर गरे। जब हामी जहाजमा चढ़्यौं, तिनीहरूले हामीलाई चाहिए जति सामानहरू जहाजमा हालिदिए।"},{"id":11,"text":"तीन महिनापछि, हामी अलेक्जेन्ड्रियाको जहाजमा चढ़्यौं। यो जहाज हिउँदमा यसै टापूमा थियो। जहाजको अगिल्लो भागमा जुम्ल्याहा देवको प्रतिमा कपेको थियो "},{"id":12,"text":"सुराकुसाईमा पुगेर हामी त्यहाँ तीन दिन बस्यौं। "},{"id":13,"text":"त्यहाँबाट हामी किनार-किनारै रेगियनमा आइपुग्यौं। एक दिनपछि दक्षिणी बतास चल्यो, र भोलिपल्ट हामी पटिओलीमा आइपुग्यौं। "},{"id":14,"text":"त्यहाँ हामीले भाइहरूलाई भेट्यौं, र उनीहरूले हामीलाई सात दिनसम्म उनीहरूका साथमा रहनलाई बिन्ती गरे। यसरी हामी रोममा आइपुग्यौं। "},{"id":15,"text":"त्यहाँबाट हाम्रो आगमनको खबर सुनेर भाइहरू हामीलाई भेट्न अप्पियसको बजार र तीन-पाटी भन्ने ठाउँमा आएका थिए। यिनीहरूलाई देखेर पावलले परमेश्वरमा धन्यवाद चढ़ाए, र साहस पाए।"},{"id":16,"text":"जब हामी रोममा पस्यौं, तब पावललाई एक जना सिपाहीको रेखदेखमा एकलै बस्ने अनुमति मिल्यो।"},{"id":17,"text":"तीन दिनपछि पावलले यहूदीहरूका स्थानीय अगुवाहरूलाई बोलाइपठाए। उनीहरू जम्मा भएपछि तिनले उनीहरूलाई भने, “भाइ हो, मैले त आफ्नो देशका मानिसहरू, अथवा पिता-पुर्खाका रीतिथितिका विरुद्धमा केही काम गरेको थिइनँ। तापनि बन्दी भई यरूशलेमदेखि रोमीहरूका हातमा मलाई सुम्पेको छ। "},{"id":18,"text":"उनीहरूले छानबिन गरेपछि ममा मृत्युदण्डको कुनै कारण नभेट्टाउँदा मलाई छोडिदिने मन गरेका थिए। "},{"id":19,"text":"तर यहूदीहरूले विरोध गरेका हुनाले कैसरकहाँ अपिल गर्न मलाई करै लाग्यो— मेरो जातिको विरुद्धमा कुनै अभियोग ल्याउने कुरा थिएन।"},{"id":20,"text":"यसैकारणले मैले तपाईंहरूसँग भेटेर बातचीत गर्न तपाईंहरूलाई बोलाएको हुँ। किनभने इस्राएलको आशा जो हो त्यसको निम्ति यस साङ्लामा म बाँधिएको छु।”"},{"id":21,"text":"उनीहरूले तिनलाई भने, “हामीले त तपाईंको विषयमा यहूदियाबाट केही चिट्ठी पाएका छैनौं। कोही भाइहरूले आएर तपाईंको विरुद्धमा कुनै नराम्रो कुरा पनि सुनाएका वा बोलेका छैनन्। "},{"id":22,"text":"तर तपाईंको विचार के हो, सो तपाईंबाट सुन्न चाहन्छौं। किनकि यस दलको विषयमा हामीलाई यति मात्र थाहा छ, कि जताततै मानिसहरू यसको विरुद्धमा मात्रै बोल्दछन्।”"},{"id":23,"text":"तब उनीहरूले तिनको निम्ति एउटा दिन तोकिदिए, र धेरै संख्यामा मानिसहरू तिनको डेरामा आए। तिनले उनीहरूलाई बिहानदेखि साँझसम्मै व्याख्यान दिए, र मोशाको व्यवस्था र अगमवक्ताहरूका पुस्तकबाट परमेश्वरका राज्यको गवाही दिए, अनि येशूको विषयमा उनीहरूलाई विश्वास दिलाउने चेष्टा गरे। "},{"id":24,"text":"तिनले भनेका कुरा कतिले विश्वास गरे, कतिले गरेनन्। "},{"id":25,"text":"उनीहरू आपसमा असहमत भए, र बिदा हुन लाग्दा पावलले यो अन्तिम वक्तव्य दिए, “तिमीहरूका पिता-पुर्खालाई यशैया अगमवक्ताद्वारा पवित्र आत्माले भन्नुभएको वचन ठीकै थियो,"},{"id":26,"text":"‘यी मानिसहरूकहाँ गएर भन्,\n“सुन्न त तिमीहरू सुन्छौ, तर कहिल्यै बुझ्दैनौ,\nहेर्न त हेर्छौ, तर कहिल्यै देख्दैनौ।”"},{"id":27,"text":"किनभने यी मानिसहरूको हृदय बोधो भएको छ,\nर तिनीहरूका कान बहिरा भएका छन्,\nर तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन्,\nनत्रता तिनीहरूले आँखाले देख्नेथिए,\nकानले सुन्नेथिए,\nहृदयले बुझ्नेथिए,\nर फर्कनेथिए,\nर म तिनीहरूलाई निको पार्नेथिएँ।’"},{"id":28,"text":"“यसकारण तिमीहरूलाई थाहा होस्, कि परमेश्वरको यो मुक्ति अन्यजातिहरूका निम्ति पठाइएको छ, र तिनीहरूले सुन्नेछन्।” [ "},{"id":29,"text":"अनि तिनले यी वचन भनेपछि, यहूदीहरू आपसमा धेरै वाद-विवाद गर्दै बिदा भए।]"},{"id":30,"text":"पावल पूरा दुई वर्षसम्म आफ्नै खर्चमा रोममा बसे, र तिनीकहाँ आउनेहरू सबैलाई तिनले स्वागत गरे। "},{"id":31,"text":"तिनले खुल्लमखुल्ला र विनारोकटोक परमेश्वरका राज्यको प्रचार गर्थे, र प्रभु येशू ख्रीष्टको बारेमा शिक्षा दिन्थे।"}]}]}