-
Notifications
You must be signed in to change notification settings - Fork 0
/
Copy path2PE.json
1 lines (1 loc) · 25.1 KB
/
2PE.json
1
{"chapters":[{"id":0,"title":"पुस्तक परिचय","verses":[{"id":1,"text":"येशूका बाह्र जना चेलाहरूमध्ये प्रमुख चेला, पत्रुस प्रेरितले आफ्नो जीवनको अन्ततिर प्राय: ईस्वी सम्बत् ६५ मा यो पत्र लेखे। मध्यपूर्वीय देशहरूमा फैलिँदै गएका झूटा शिक्षाको विरोध गर्नलाई पत्रुसले यो पत्र लेखेका हुन्। मानिसलाई येशूको विशेष ज्ञान चाहिन्छ, तर उहाँको आज्ञापालन गर्नु वा पवित्र जीवन बिताउनु आवश्यक छैन भनेर कुनै-कुनै झुटा शिक्षकहरू त्यो बेला सिकाउदै थिए। असल व्यवहारविना यस्तो ज्ञान नक्कली र झूटो हुन्छ भनेर पत्रुसले यस पत्रमा सिकाउँछन्।"}]},{"id":1,"title":"२ पत्रुस 1","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2PE/1-6196d1feb36cd3f2f880c24690735614.mp3?version_id=1483","verses":[{"id":1,"text":"येशू ख्रीष्टको दास र प्रेरित सिमोन पत्रुसबाट, र हाम्रा परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको धार्मिकतामा हाम्रो जस्तै अनमोल विश्वास प्राप्त गर्नेहरूलाई:"},{"id":2,"text":"परमेश्वरको र येशू हाम्रा प्रभुको ज्ञानमा अनुग्रह र शान्ति तिमीहरूमा प्रशस्त हुँदैजाओस्।"},{"id":3,"text":"आफ्नो महिमा र श्रेष्ठताद्वारा हामीलाई बोलाउनुहुनेलाई हामीले चिनेका हुनाले परमेश्वरको दिव्य शक्तिद्वारा जीवन र भक्तिको निम्ति हामीलाई चाहिने प्रत्येक थोक उहाँले दिनुभएको छ। "},{"id":4,"text":"यसैद्वारा उहाँले हामीलाई उहाँको अनमोल र महान् प्रतिज्ञाहरू दिनुभएको छ, कि यस संसारका कुइच्छाबाट आउने भ्रष्टताबाट उम्केर तिमीहरू ईश्वरीय स्वभावका सहभागी होओ। "},{"id":5,"text":"यसैकारण सबै किसिमका प्रयत्नद्वारा तिमीहरूको विश्वासमा सद्गुण र सद्गुणमा ज्ञान थप, "},{"id":6,"text":"ज्ञानमा आत्मसंयम, आत्मसंयममा धैर्य, धैर्यमा भक्ति, "},{"id":7,"text":"भक्तिमा भातृ-स्नेह, भातृ-स्नेहमा प्रेम थप। "},{"id":8,"text":"किनकि यी कुराहरू तिमीहरूमा प्रशस्त छन् भने हाम्रा प्रभु येशू ख्रीष्टको ज्ञानमा यी कुराहरूले तिमीहरूलाई बेकम्मा र निष्फल हुनदेखि बचाउनेछन्। "},{"id":9,"text":"किनकि यी कुराहरूमा अभाव भएको मानिसचाहिँ पुराना पापहरूबाट शुद्ध भएको कुरा बिर्सेर अन्धा र टाढ़ाका कुरा नदेख्नेजस्तो हुन्छ।"},{"id":10,"text":"यसैकारण भाइ हो, तिमीहरूको बोलावट र चुनाउ निश्चय गर्नलाई अझ जोशिला होओ, किनकि यी कुरा गर्नाले तिमीहरू कहिल्यै लोट्नेछैनौ। "},{"id":11,"text":"किनभने यसरी हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनन्त राज्यभित्र तिमीहरूलाई भव्य स्वागतसाथ प्रवेश मिल्नेछ।"},{"id":12,"text":"यसकारण यी कुराहरू तिमीहरूलाई म सधैँ सम्झाउनेछु, यद्यपि तिमीहरू यी सब जान्दछौ, र तिमीहरूमा भएको सत्यतामा तिमीहरू स्थिर छौ। "},{"id":13,"text":"जबसम्म म यस शरीरमा छु, तिमीहरूलाई सम्झना गराउँदै सचेत पार्नु म उचित ठान्छु। "},{"id":14,"text":"किनभने म जान्दछु, हाम्रा प्रभु येशू ख्रीष्टले मलाई देखाइदिनुभएको छ कि मेरो यो शरीर त्याग्ने बेला चाँड़ै नै आइरहेछ। "},{"id":15,"text":"मेरो मृत्युपछि पनि तिमीहरूले यी कुराहरू कुनै पनि समय सम्झन सक भनी म प्रयत्न गर्नेछु।"},{"id":16,"text":"किनकि हामीले तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्टको महाशक्ति र आगमनको समाचार दिँदा धूर्ततासँग रचिएका दन्त्यकथाहरूको हामीले अनुसरण गरेनौं, तर उहाँको वैभव प्रत्यक्ष देख्ने हामी साक्षी हौं। "},{"id":17,"text":"उहाँले परमेश्वर पिताबाट आदर र महिमा प्राप्त गर्नुभयो, जब त्यस तेजस्वी महिमाबाट एउटा वाणी निस्किआयो, “यिनी मेरा प्रिय पुत्र हुन्, जससँग म अति प्रसन्न छु।”"},{"id":18,"text":"त्यस पवित्र डाँड़ामा हामी उहाँसँग हुँदा स्वर्गबाट आएको त्यो वाणी हामी आफैले सुनेका थियौं।"},{"id":19,"text":"हामीसित भएका अगमवक्ताहरूको वचन अझ निश्चित भएको छ। झिसमिसे उज्यालो नहोउञ्जेल र तिमीहरूका हृदयमा बिहानको तारा नउदाउञ्जेल अन्धकारमा बलिरहेको दियोलाई झैँ तिमीहरूले त्यस वचनलाई ध्यान दियौ भने असल गर्नेछौ। "},{"id":20,"text":"सर्वप्रथम तिमीहरूले यो बुझ्नुपर्दछ, कि पवित्रधर्मशास्त्रको कुनै अगमवाणी व्यक्तिगत व्याख्याको विषय होइन। "},{"id":21,"text":"किनकि मानिसको इच्छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्माबाट प्रेरणा पाएर मानिसहरूले परमेश्वरको तर्फबाट बोलेका हुन्।"}]},{"id":2,"title":"२ पत्रुस 2","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2PE/2-ea2914597672eb5405e18ae021af3640.mp3?version_id=1483","verses":[{"id":1,"text":"जसरी इस्राएलीहरूका माझमा झूटा अगमवक्ताहरू पनि थिए, त्यसरी तिमीहरूका माझमा झूटा शिक्षकहरू खड़ा हुनेछन्। यिनीहरूले गुप्त रूपले विनाशकारी झूटा शिक्षाहरू ल्याउनेछन्, यहाँसम्म कि तिनीहरूलाई उद्धार गर्नुहुने स्वामीलाई पनि तिनीहरूले इन्कार गर्नेछन्, र आफैमाथि चाँड़ै विनाश ल्याउनेछन्। "},{"id":2,"text":"र धेरै जनाले तिनीहरूका विलासी आचरणको अनुसरण गर्नेछन्, र तिनीहरूको कारण सत्यका मार्गको बदनामी हुनेछ। "},{"id":3,"text":"लोभको वशमा परेर तिनीहरूले झूटा कुरा बनाएर तिमीहरूबाट फाइदा उठाउनेछन्। तिनीहरूका दण्डको कुरा अघिबाटै निर्णय भइसकेको छ, र तिनीहरूका विनाशको कुरा जागै छ।"},{"id":4,"text":"स्वर्गदूतहरूले पाप गर्दा परमेश्वरले तिनीहरूलाई बाँकी राख्नुभएन, तर तिनीहरूलाई नरकमा फालिदिनुभयो, र न्यायका दिनसम्मको निम्ति पातालको अन्धकारमा जकड़िराख्नुभयो। "},{"id":5,"text":"उहाँले प्राचीन संसारलाई बाँकी राख्नुभएन, तर भक्तिहीनताको संसारमा जलप्रलय गराउनुहुँदा धार्मिकताका प्रचारक नोआ र अरू सात जनालाई सुरक्षित राख्नुभयो। "},{"id":6,"text":"उहाँले सदोम र गमोरा सहरहरूलाई भस्म पारेर तिनको अस्तित्व नै मेटाइदिनुभयो, र भक्तिहीनहरूका सामु तिनीहरूलाई एक उदाहरण बनाउनुभयो।"},{"id":7,"text":"उहाँले दुष्टहरूका कामुकताबाट अति दुःखित भएका धार्मिक लोतलाई बचाउनुभयो।"},{"id":8,"text":"(ती मानिसहरूका माझमा बस्दा, र दिन प्रतिदिन तिनीहरूका कुकर्म देख्दा र सुन्दा, तिनी आफ्नो धार्मिक आत्मामा व्याकुल हुन्थे।) "},{"id":9,"text":"यसरी भक्तलाई परीक्षाबाट बचाउन र भक्तिहीनहरूलाई न्यायको दिनसम्म दण्डमा जकड़िराख्न प्रभु जान्नुहुन्छ, "},{"id":10,"text":"विशेष गरी तिनीहरूलाई, जो अशुद्ध पार्ने कामवासनामा डुबिरहन्छन्, र अधिकारको अवहेलना गर्छन्। यिनीहरू हठी र अहङ्कारी हुन्छन्, र स्वर्गीय प्राणीहरूको निन्दा गर्न डर मान्दैनन्।"},{"id":11,"text":"तर स्वर्गदूतहरू शक्ति र सामर्थ्यमा अझ उच्च भए तापनि प्रभुको सामने ती प्राणीहरूलाई निन्दापूर्ण दोष दिँदैनन्। "},{"id":12,"text":"तर यी मानिसहरू आफैले नबुझेका कुराहरूको निन्दा गर्छन्। यिनीहरू विवेकहीन जनावरहरूजस्ता छन्, र स्वाभाविक इच्छाहरूका वशमा रहन्छन्। यिनीहरू पक्रेर मारिनलाई जन्मेकाहरूजस्तै छन्, र यिनीहरू पशुहरूजस्तै नष्ट हुनेछन्।"},{"id":13,"text":"आफूले गरेका खराबीहरूका निम्ति तिनीहरू आफैले पनि खराबी भोग्नेछन्। दिउँसै भोग-विलासमा मग्न रहनु यिनीहरू खुशीको कुरा ठान्छन्। तिनीहरू धब्बा र खोटहरू हुन्, र तिमीहरूसँग भोजमा बस्दा तिनीहरू बेसरी खाँदै पिउँदै विलासितामा मग्न रहन्छन्। "},{"id":14,"text":"तिनीहरूका आँखा व्यभिचारले भरिएका हुन्छन्, र जत्ति पाप गर्दा पनि नअघाउने हुन्छन्। तिनीहरूले चञ्चल मन भएकाहरूलाई फुस्लाउँछन्। तिनीहरूका हृदयले लोभमा तालीम पाएका हुन्छन्। तिनीहरू श्रापित सन्तान हुन्। "},{"id":15,"text":"सोझो मार्ग छोड़ेर तिनीहरू कुमार्गमा लागेका छन्। खराब कामको लाभ असल मान्ने बओरको छोरो बालामको पछि तिनीहरू लागेका छन्।"},{"id":16,"text":"त्यसले आफ्नै अपराधको निम्ति हप्की पाएको थियो— गूँगो गधाले मानिसको बोलीमा त्यस अगमवक्ताको पागलपनालाई रोकिदिएको थियो। "},{"id":17,"text":"तिनीहरू पानी नभएका मुहानहरू हुन्, आँधीले उड़ाएका तुवाँला हुन्। तिनीहरूका निम्ति पातालको अन्धकार साँचिएको छ।"},{"id":18,"text":"तिनीहरू मूर्खतापूर्ण ठूला-ठूला अहङ्कारका कुरा हाँक्छन्, र कुमार्गबाट भर्खरै उम्केर आएकाहरूलाई शरीरका विलासमय कामवासनाका कुराले फसाउँछन्। "},{"id":19,"text":"तिनीहरूलाई स्वतन्त्रता दिलाइदिने प्रतिज्ञा गर्छन्, तर तिनीहरू आफै भ्रष्टताका दास छन्, किनकि जुन कुराले कुनै मानिसलाई जित्छ त्यही कुराले त्यसलाई दास बनाउँछ। "},{"id":20,"text":"तर यदि तिनीहरूले हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टलाई चिनेर पनि संसारका दूषित गराउने कुराबाट उम्किसकेपछि फेरि पापमा फसेर त्यसको वशमा परे भने, तिनीहरूको पछिल्लो अवस्था अगाडिको भन्दा अझ खराब हुन्छ। "},{"id":21,"text":"किनभने तिनीहरूलाई दिइएको पवित्र आज्ञा जानिकन पनि पछि हट्नुभन्दा त बरु तिनीहरूलाई धार्मिकताको मार्ग कहिल्यै थाहै नभएको भए असल हुनेथियो। "},{"id":22,"text":"यी सत्य उखानअनुसार नै तिनीहरूलाई यसो भएको छ, “कुकुर आफ्नै बान्तामा फर्किआउँछ,” “र नुहाइदिएको सुँगुर हिलैमा लड़ीबड़ी खेल्छ।”"}]},{"id":3,"title":"२ पत्रुस 3","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2PE/3-5620bc3b31144c3241a87aeb4bed6f35.mp3?version_id=1483","verses":[{"id":1,"text":"प्रिय हो, तिमीहरूलाई लेखेको यो मेरो दोस्रो पत्र हो, र दुवै पत्रमा कति कुराको याद दिलाएर तिमीहरूका निष्कपट मनलाई उत्साहित गराएको छु, "},{"id":2,"text":"कि पवित्र अगमवक्ताहरूका अगमवाणी र तिमीहरूका प्रेरितहरूद्वारा दिइएको प्रभु र मुक्तिदाताको आज्ञालाई तिमीहरूले सम्झनुपर्छ।"},{"id":3,"text":"सर्वप्रथम तिमीहरूले यो बुझ्नुपर्छ, कि पछिल्ला दिनहरूमा गिल्ला गर्नेहरू गिल्ला गर्दै, तिनीहरूका आफ्नै अभिलाषामा यसो भन्दै आउनेछन्,"},{"id":4,"text":"“उहाँका आगमनको प्रतिज्ञा कहाँ गयो? किनकि पिता-पुर्खाहरू सुतिसकेका दिनदेखि नै सबै कुरा सृष्टिको सुरुदेखि चलिआएजस्तै आज पनि छँदैछ।” "},{"id":5,"text":"जानी-बुझिकन पनि तिनीहरू यस कुराको वास्ता गर्दैनन्, कि परमेश्वरको वचनद्वारा स्वर्गहरू अघिदेखि नै थिए, र पृथ्वीचाहिँ पानीबाट र पानीद्वारा नै बनाइयो।"},{"id":6,"text":"त्यही पानीबाट त्यस समयको संसार जलप्रलयमा डुबेर नष्ट भयो।"},{"id":7,"text":"तर त्यही वचनले भक्तिहीन मानिसको इन्साफ र विनाशका दिनसम्मको लागि अहिलेको आकाश र पृथ्वी आगोको निम्ति साँचिराखिएका छन्।"},{"id":8,"text":"तर प्रिय हो, यो एउटा कुरा नभुल, कि प्रभुको निम्ति एक दिन हजार वर्षझैँ र हजार वर्ष एक दिनझैँ हुन्छ।"},{"id":9,"text":"आफ्नो प्रतिज्ञाको बारेमा प्रभु ढिलो गर्नुहुन्छ भन्ने कसै-कसैको भनाइ भए तापनि उहाँ ढिलो गर्नुहुन्न, तर कोही पनि नष्ट नहोस्, तर सबै जनाले पश्चात्ताप गरून् भन्ने इच्छा गरेर प्रभु तिमीहरूप्रति धैर्यवान् हुनुहुन्छ।"},{"id":10,"text":"तर प्रभुको दिन त चोरजस्तै गरी झट्टै आउनेछ, जसमा आकाशचाहिँ ठूलो आवाजसाथ बितिजानेछ, तत्त्वहरू आगोको रापले पग्लिनेछन्, र पृथ्वी र त्यसमा भएका सबै थोक भस्म हुनेछन्।"},{"id":11,"text":"यी सबै कुराहरू यसरी पग्लन्छन् भन्ने जानेर पवित्रता र भक्तिको जीवनमा तिमीहरू कस्ता किसिमका मानिस हुनुपर्छ? "},{"id":12,"text":"तिमीहरू परमेश्वरको दिन प्रतीक्षा गर्दछौ, र त्यस दिनलाई नजिक ल्याउन चाहन्छौ, जुन दिन आकाशहरू जलेर भस्म हुनेछन्, र तत्त्वहरू आगोको रापमा पग्लनेछन्। "},{"id":13,"text":"तर उहाँको प्रतिज्ञाबमोजिम हामी नयाँ स्वर्ग र नयाँ पृथ्वीको बाटो हेर्छौं, जसमा धार्मिकताले वास गर्छ।"},{"id":14,"text":"यसकारण प्रिय हो, तिमीहरू यी कुराको प्रतीक्षा गर्नेहरू भएका हुनाले, उहाँको दृष्टिमा तिमीहरू दाग वा खोट नभएकाहरू र शान्तिमा बस्नेहरू हुन प्रयत्न गर। "},{"id":15,"text":"हाम्रा प्रभुको धैर्यलाई मुक्तिझैँ ठान। हाम्रा प्रिय भाइ पावलले पनि उनलाई दिइएको बुद्धिअनुसार तिमीहरूलाई यही कुरा लेखे। "},{"id":16,"text":"उनका सबै पत्रहरूमा पनि उनले यी कुराहरूको उल्लेख गरेका छन्। तिनमा कुनै-कुनै कुराहरू बुझ्न कठिन छन्, र अशिक्षित र चञ्चल मानिसहरूले यी कुराहरूलाई अरू धर्मशास्त्रहरूलाई जस्तै उल्टापाल्टा पार्छन्, र आफ्नै विनाश ल्याउँछन्।"},{"id":17,"text":"यसकारण प्रिय हो, अघिबाटै यी कुरा जानेर होशियार रहो, दुष्ट मानिसहरूको भूल कुरामा अलमलिएर आफ्नो स्थिरता नगुमाओ। "},{"id":18,"text":"तर हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह र ज्ञानमा बढ्दैजाओ। उहाँलाई अहिले र सदासर्वदा महिमा होस्। आमेन।"}]}]}